Wednesday, December 31st, 2008 7:04:53 PM
पुरानो अंक
राशिफल
उडान तालिका
विदेशी विनिमय दर
महत्वपुर्ण टेलिफोन
पत्राचारकोलागी
मुख्यपृष्ठ
कभरस्टोरी
झन् नयाँ
देश
मोफसल
अर्थ
दृष्टिकोण
मध्यपृष्ठ
शाश्वत वाणी
विदेश
खेलकुद
सम्पादकीय
भनेको-सुनेको
पाठक-टिप्पणी
अन्तिम पृष्ठ
दृष्टिकोण
बोलिभिया ः निरक्षरतामाथि विजयगाथा सुपि्रयो चटर्जी
अन्य समाचार
- धावा नबोल न्यायालयमाथि प्रसंगवश : शोभाकर पराजुली
- संविधानमा आदिवासी जनजाति प्रावधान डा. कृष्ण भट्टचन
- सुपि्रयो चटर्जी अनुवाद : बिनु रिजाल 2008-12-31,Wednesday
विगत दुई शताब्दीका सरकारले गर्न नसकेको उपलब्धि इभो मोरालेसको सरकारले तीन वर्षमा हासिल गरेर देखायो । हो, बोलिभियालाई निरक्षरताको खाडलबाट मुक्त गर्न सफल भयो मोरालेस सरकार । ल्याटिन अमेरिकामा हैटीपछिको दोस्रो गरिब देश बोलिभिया हो, जो अब पूर्ण साक्षरता हासिल गर्ने तेस्रो ल्याटिन अमेरिकी राष्ट्र बनेको छ । बोलिभियाभन्दा अगाडि क्युबाले १९६१ मा र भेनेजुयलाले २००५ मा पूर्ण साक्षरता हासिल गरिसकेका छन् । बोलिभियामा शिक्षासम्बन्धी बृहत् सामाजिक परिचालन अभियान क्युबा र भेनेजुयलाको सहयोगमा सञ्चालन गरिएको हो । ती देशका सामग्रीका सहयोगमा आठ लाख १९ हजार चार सय १७ -९९.५) प्रतिशत जनता साक्षर भएका छन् । यसका लागि देशका नौ प्रान्तमा २८ हजार चार सय २४ केन्द्र स्थापना गरिएका थिए । क्युबाका एक सय ३० सल्लाहकार र भेनेजुयलाका ४७ सल्लाहकारले बोलिभियाको साक्षरता अभियानमा सहयोग गरेका थिए । क्युबाले ३० हजार टेलिभिजन सेट, त्यही संख्यामा भिडियो, १७ जोडी क्यासेट र सहजकर्ताका लागि म्यानुअल तथा १२ लाख वर्णमालाका पाठ्यपुस्तक सहयोग गरेको थियो । कयौँ सीमान्तीकृत जनता विद्युत् सुविधा नभएका दुर्गम स्थानमा बस्ने भएकाले उनीहरूका लागि क्युबा र भेनेजुयलाले आठ हजार तीन सय ५० सोलार प्यानल पनि सहयोग गरेका थिए । बोलिभिया आफैंले ४६ हजार चार सय ५७ सहजकर्ता र चार हजार आठ सय १० सुपरिवेक्षक परिचालन गरेको थियो । साक्षरता अभियानका क्रममा उनीहरूले क्युबाली अडियो, भिजुयल र 'यस आई क्यान' पद्धति प्रयोग गरेका थिए । यो साक्षरता अभियान महिलामाथि केन्दि्रत गरिएको थियो । किनभने, देशका ८५ प्रतिशत निरक्षर जनसंख्या महिला थिए । बोलिभियाको 'नेसनल अल्फाबेटाइजेसन कार्यक्रम'ले सञ्चालन गरेको यो साक्षरता अभियानको कुल खर्च तीन करोड ६७ लाख ...... लागेको थियो । बोलिभियाली, क्युबाली र भेनेजुयलावासी स्वयंसेवकले साक्षरता अभियानका लागि गरेको कडा परिश्रम शब्दमा वर्णन गर्न नसकिने खालको छ । क्युबा र भेनेजुयलाका स्वयंसेवकले आफ्नो देशभन्दा टाढा रहेर अत्यन्त ठन्डी तथा अप्ठेरो परिस्थितिसँग जुध्दै दुई वर्ष काम गरेका थिए । बोलिभियाको भिन्न वातावरणमा काम गर्दाको अनुभव यसरी सुनाउँछन् एक क्युबाली स्वयंसेवक, 'अप्ठेरो तर अत्यन्त सुन्दर अनुभव !' देशका सबैखाले स्थानमा साक्षरता कक्षा सञ्चालन गरिएका थिए । अतिप्राचीन भग्नावशेष फेला परेको क्वालाको चुक्वेसाकामा स्थानीय समुदायले म्युजियम स्थापना गरेका थिए । त्यहाँका वृद्धाश्रममा पनि साक्षरता कक्षाहरू सञ्चालन गरिएका थिए । एक ठाउँमा त सार्वजनिक स्थलमा यौनकर्मीलाई समेत साक्षरता कक्षा लिइएको थियो । मोरालेस सरकारका विपक्षीको नियन्त्रण रहेका जिल्लामा भने सहयोग पाउन अप्ठेरो भएको थियो । राष्ट्रले पूर्ण साक्षरता हासिल गरेको ऐतिहासिक दिनमा पनि दक्षिणपन्थी शक्तिले यसलाई केवल प्रोपोगान्डा भन्दै अस्वीकार गरेको देखियो । क्युबाका नेता फिडेल क्यास्त्रो र बोलिभियाका राष्ट्रपति इभो मोरालेसबीच डिसेम्बर २९, २००५ मा भएको बैठकमा यो साक्षरता अभियानको खाका कोरिएको थियो । यसको दुई महिनाभित्र, २००६ फेब्रुअरीको मध्यतिर क्युबाका सल्लाहकार बोलिभिया पुगेका थिए । यसै क्रममा मार्च १ तारिखको दिन कामिरीको सान्ता क्रुज डिपार्टमेन्टबाट साक्षरता अभियान कार्यक्रम सुरु गरिएको थियो । जुन महिनामा त कोचाबाम्बाबाट साक्षरता अभियानबाट पहिलो ब्याजका विद्यार्थी साक्षर भएर निस्किएका थिए । स्मरणीय छ, क्युबाको शैक्षिक पद्धति भेनेजुयलाको साक्षरता अभियानमा पनि प्रयोग गरिएको थियो । बोलिभियामा स्थानीय भाषाको आवश्यकतालाई समेट्दै क्युबाली शैक्षिक पद्धति लागू गरिएको हो । दुई लाख क्वेचुवा भाषीमध्ये अन्त्यमा २४ हजारले, तीन लाख याहामारा भाषीमध्ये ३० हजारले मात्र मातृभाषामा पढेका थिए । अन्य धेरैजसो मानिसले स्पेनिस भाषामा नै पढेका थिए । विगतमा यी भाषामा पढ्दा लज्जाबोध गरिने कारणले यस्तो भएको अभियानकर्ता बताउँछन् । साक्षरता कार्यक्रमको अर्काे चरणमा यस्तो भाषिक समस्यालाई पनि हल गर्ने अभियानकर्ता बताउँछन् । पूर्ण साक्षरतापछिको कार्यक्रम फेब्रुअरी २००९ देखि 'एस आई क्यान किप गोइङ' -हो, म गर्न सक्छु, निरन्तर अगाडि बढ) मूल नारासहित सुरु गरिँदै छ । यसको लक्ष्य भर्खरै साक्षर भएका जनतालाई स्पेनिस भाषा, गणित, भूगोल र इतिहासका प्राथमिक कक्षा पढाउनु हो । साक्षरता अभियानबाट सुरु भएको शिक्षा कार्यक्रमलाई माध्यमिक तहसम्म पुर्याउने र जनताको प्राविधिक सीप र ज्ञानलाई वृद्धि गर्दै लैजाने सरकारको महत्त्वाकांक्षी लक्ष्य रहेको छ । बोलिभियाको २००९ मा अनुमोदन गरिने नयाँ संविधानले प्रारम्भिक विश्वविद्यालय -पि्र-युनिभर्सिटी) तहसम्म सबैलाई निःशुल्क शिक्षाको प्रत्याभूति गर्नेछ । 'मानिसले लेख्न र पढ्न जानेसम्म कोही पनि अज्ञानी हुँदैन,' पूर्ण साक्षरता हासिल गरेको ऐतिहासिक अवसरमा कोचाबाम्बामा २० डिसेम्बरमा आयोजना गरिएको कार्यक्रममा मोरालेसले भनेका छन् । उपनिवेशवादले जनतालाई, विशेष गरी आदिवासी जनता -नेटिभ इन्डियन) लाई साक्षर गराउन नचाहेकाले निरक्षरता लामो समयदेखि कायम रहेको पनि मोरालेसले आरोप लगाएका छन् । बोलिभियाले पूर्ण सारक्षता हासिल गरेको उपलक्ष्यमा आयोजना गरिएको कार्यक्रममा पाराग्वेका राष्ट्रपति फर्डिनान्डो लुगो पनि उपस्थित भएका थिए । पाराग्वेमा रेड इन्डियन जातिको बाहुल्य रहेको छ, जसको अधिकांश जनसंख्या अशिक्षित छ । पाराग्वेका राष्ट्रपति लुगोले ल्याटिन अमेरिकाको चासोको विषय निरक्षरतामाथि बोलिभियाले विजय हासिल गरेको उपलब्धि आफैंमा गौरवको विषय भएको बताएका छन् । राष्ट्रपति लुगोको वचन र प्रयास हेर्दा पाराग्वेमा पनि साक्षरता कार्यक्रम विस्तारित हुने निश्चित छ । यसले इक्वेडर र पेरुका आदिवासी जनतालाई पनि सारक्षता कार्यक्रमको माग गर्न प्रोत्साहित गर्नेछ । क्युबाको शैक्षिक पद्धति अर्जेन्टिनाजस्ता अन्य देशमा पनि प्रयोग भएको छ । तर, अझै ल्याटिन अमेरिकाका असंख्य जनता निरक्षर रहन बाध्य छन् । ल्याटिन अमेरिकाको आर्थिक शक्ति मानिएको ब्राजिलमा करिब दुई करोड जनता निरक्षर छन् ।
No comments:
Post a Comment