Wednesday, December 31, 2008

बोलिभिया ः निरक्षरतामाथि विजयगाथा

Wednesday, December 31st, 2008 7:04:53 PM
पुरानो अंक
राशिफल
उडान तालिका
विदेशी विनिमय दर
महत्वपुर्ण टेलिफोन
पत्राचारकोलागी
मुख्यपृष्ठ
कभरस्टोरी
झन् नयाँ
देश
मोफसल
अर्थ
दृष्टिकोण
मध्यपृष्ठ
शाश्वत वाणी
विदेश
खेलकुद
सम्पादकीय
भनेको-सुनेको
पाठक-टिप्पणी
अन्तिम पृष्ठ
दृष्टिकोण
बोलिभिया ः निरक्षरतामाथि विजयगाथा सुपि्रयो चटर्जी
अन्य समाचार
- धावा नबोल न्यायालयमाथि प्रसंगवश : शोभाकर पराजुली
- संविधानमा आदिवासी जनजाति प्रावधान डा. कृष्ण भट्टचन
- सुपि्रयो चटर्जी अनुवाद : बिनु रिजाल 2008-12-31,Wednesday
विगत दुई शताब्दीका सरकारले गर्न नसकेको उपलब्धि इभो मोरालेसको सरकारले तीन वर्षमा हासिल गरेर देखायो । हो, बोलिभियालाई निरक्षरताको खाडलबाट मुक्त गर्न सफल भयो मोरालेस सरकार । ल्याटिन अमेरिकामा हैटीपछिको दोस्रो गरिब देश बोलिभिया हो, जो अब पूर्ण साक्षरता हासिल गर्ने तेस्रो ल्याटिन अमेरिकी राष्ट्र बनेको छ । बोलिभियाभन्दा अगाडि क्युबाले १९६१ मा र भेनेजुयलाले २००५ मा पूर्ण साक्षरता हासिल गरिसकेका छन् । बोलिभियामा शिक्षासम्बन्धी बृहत् सामाजिक परिचालन अभियान क्युबा र भेनेजुयलाको सहयोगमा सञ्चालन गरिएको हो । ती देशका सामग्रीका सहयोगमा आठ लाख १९ हजार चार सय १७ -९९.५) प्रतिशत जनता साक्षर भएका छन् । यसका लागि देशका नौ प्रान्तमा २८ हजार चार सय २४ केन्द्र स्थापना गरिएका थिए । क्युबाका एक सय ३० सल्लाहकार र भेनेजुयलाका ४७ सल्लाहकारले बोलिभियाको साक्षरता अभियानमा सहयोग गरेका थिए । क्युबाले ३० हजार टेलिभिजन सेट, त्यही संख्यामा भिडियो, १७ जोडी क्यासेट र सहजकर्ताका लागि म्यानुअल तथा १२ लाख वर्णमालाका पाठ्यपुस्तक सहयोग गरेको थियो । कयौँ सीमान्तीकृत जनता विद्युत् सुविधा नभएका दुर्गम स्थानमा बस्ने भएकाले उनीहरूका लागि क्युबा र भेनेजुयलाले आठ हजार तीन सय ५० सोलार प्यानल पनि सहयोग गरेका थिए । बोलिभिया आफैंले ४६ हजार चार सय ५७ सहजकर्ता र चार हजार आठ सय १० सुपरिवेक्षक परिचालन गरेको थियो । साक्षरता अभियानका क्रममा उनीहरूले क्युबाली अडियो, भिजुयल र 'यस आई क्यान' पद्धति प्रयोग गरेका थिए । यो साक्षरता अभियान महिलामाथि केन्दि्रत गरिएको थियो । किनभने, देशका ८५ प्रतिशत निरक्षर जनसंख्या महिला थिए । बोलिभियाको 'नेसनल अल्फाबेटाइजेसन कार्यक्रम'ले सञ्चालन गरेको यो साक्षरता अभियानको कुल खर्च तीन करोड ६७ लाख ...... लागेको थियो । बोलिभियाली, क्युबाली र भेनेजुयलावासी स्वयंसेवकले साक्षरता अभियानका लागि गरेको कडा परिश्रम शब्दमा वर्णन गर्न नसकिने खालको छ । क्युबा र भेनेजुयलाका स्वयंसेवकले आफ्नो देशभन्दा टाढा रहेर अत्यन्त ठन्डी तथा अप्ठेरो परिस्थितिसँग जुध्दै दुई वर्ष काम गरेका थिए । बोलिभियाको भिन्न वातावरणमा काम गर्दाको अनुभव यसरी सुनाउँछन् एक क्युबाली स्वयंसेवक, 'अप्ठेरो तर अत्यन्त सुन्दर अनुभव !' देशका सबैखाले स्थानमा साक्षरता कक्षा सञ्चालन गरिएका थिए । अतिप्राचीन भग्नावशेष फेला परेको क्वालाको चुक्वेसाकामा स्थानीय समुदायले म्युजियम स्थापना गरेका थिए । त्यहाँका वृद्धाश्रममा पनि साक्षरता कक्षाहरू सञ्चालन गरिएका थिए । एक ठाउँमा त सार्वजनिक स्थलमा यौनकर्मीलाई समेत साक्षरता कक्षा लिइएको थियो । मोरालेस सरकारका विपक्षीको नियन्त्रण रहेका जिल्लामा भने सहयोग पाउन अप्ठेरो भएको थियो । राष्ट्रले पूर्ण साक्षरता हासिल गरेको ऐतिहासिक दिनमा पनि दक्षिणपन्थी शक्तिले यसलाई केवल प्रोपोगान्डा भन्दै अस्वीकार गरेको देखियो । क्युबाका नेता फिडेल क्यास्त्रो र बोलिभियाका राष्ट्रपति इभो मोरालेसबीच डिसेम्बर २९, २००५ मा भएको बैठकमा यो साक्षरता अभियानको खाका कोरिएको थियो । यसको दुई महिनाभित्र, २००६ फेब्रुअरीको मध्यतिर क्युबाका सल्लाहकार बोलिभिया पुगेका थिए । यसै क्रममा मार्च १ तारिखको दिन कामिरीको सान्ता क्रुज डिपार्टमेन्टबाट साक्षरता अभियान कार्यक्रम सुरु गरिएको थियो । जुन महिनामा त कोचाबाम्बाबाट साक्षरता अभियानबाट पहिलो ब्याजका विद्यार्थी साक्षर भएर निस्किएका थिए । स्मरणीय छ, क्युबाको शैक्षिक पद्धति भेनेजुयलाको साक्षरता अभियानमा पनि प्रयोग गरिएको थियो । बोलिभियामा स्थानीय भाषाको आवश्यकतालाई समेट्दै क्युबाली शैक्षिक पद्धति लागू गरिएको हो । दुई लाख क्वेचुवा भाषीमध्ये अन्त्यमा २४ हजारले, तीन लाख याहामारा भाषीमध्ये ३० हजारले मात्र मातृभाषामा पढेका थिए । अन्य धेरैजसो मानिसले स्पेनिस भाषामा नै पढेका थिए । विगतमा यी भाषामा पढ्दा लज्जाबोध गरिने कारणले यस्तो भएको अभियानकर्ता बताउँछन् । साक्षरता कार्यक्रमको अर्काे चरणमा यस्तो भाषिक समस्यालाई पनि हल गर्ने अभियानकर्ता बताउँछन् । पूर्ण साक्षरतापछिको कार्यक्रम फेब्रुअरी २००९ देखि 'एस आई क्यान किप गोइङ' -हो, म गर्न सक्छु, निरन्तर अगाडि बढ) मूल नारासहित सुरु गरिँदै छ । यसको लक्ष्य भर्खरै साक्षर भएका जनतालाई स्पेनिस भाषा, गणित, भूगोल र इतिहासका प्राथमिक कक्षा पढाउनु हो । साक्षरता अभियानबाट सुरु भएको शिक्षा कार्यक्रमलाई माध्यमिक तहसम्म पुर्‍याउने र जनताको प्राविधिक सीप र ज्ञानलाई वृद्धि गर्दै लैजाने सरकारको महत्त्वाकांक्षी लक्ष्य रहेको छ । बोलिभियाको २००९ मा अनुमोदन गरिने नयाँ संविधानले प्रारम्भिक विश्वविद्यालय -पि्र-युनिभर्सिटी) तहसम्म सबैलाई निःशुल्क शिक्षाको प्रत्याभूति गर्नेछ । 'मानिसले लेख्न र पढ्न जानेसम्म कोही पनि अज्ञानी हुँदैन,' पूर्ण साक्षरता हासिल गरेको ऐतिहासिक अवसरमा कोचाबाम्बामा २० डिसेम्बरमा आयोजना गरिएको कार्यक्रममा मोरालेसले भनेका छन् । उपनिवेशवादले जनतालाई, विशेष गरी आदिवासी जनता -नेटिभ इन्डियन) लाई साक्षर गराउन नचाहेकाले निरक्षरता लामो समयदेखि कायम रहेको पनि मोरालेसले आरोप लगाएका छन् । बोलिभियाले पूर्ण सारक्षता हासिल गरेको उपलक्ष्यमा आयोजना गरिएको कार्यक्रममा पाराग्वेका राष्ट्रपति फर्डिनान्डो लुगो पनि उपस्थित भएका थिए । पाराग्वेमा रेड इन्डियन जातिको बाहुल्य रहेको छ, जसको अधिकांश जनसंख्या अशिक्षित छ । पाराग्वेका राष्ट्रपति लुगोले ल्याटिन अमेरिकाको चासोको विषय निरक्षरतामाथि बोलिभियाले विजय हासिल गरेको उपलब्धि आफैंमा गौरवको विषय भएको बताएका छन् । राष्ट्रपति लुगोको वचन र प्रयास हेर्दा पाराग्वेमा पनि साक्षरता कार्यक्रम विस्तारित हुने निश्चित छ । यसले इक्वेडर र पेरुका आदिवासी जनतालाई पनि सारक्षता कार्यक्रमको माग गर्न प्रोत्साहित गर्नेछ । क्युबाको शैक्षिक पद्धति अर्जेन्टिनाजस्ता अन्य देशमा पनि प्रयोग भएको छ । तर, अझै ल्याटिन अमेरिकाका असंख्य जनता निरक्षर रहन बाध्य छन् । ल्याटिन अमेरिकाको आर्थिक शक्ति मानिएको ब्राजिलमा करिब दुई करोड जनता निरक्षर छन् ।



Sunday, December 28, 2008

कथास्रष्टाको जीवनदृष्टि र सौन्दर्यबोध

डा गोपीन्द्र पौडेल
कथाको रचनाप्रक्रियासँग कथास्रष्टा अनिवार्य रूपमा गाँसिएको हुन्छ । एउटा कथाकारले कस्तो कथाको रचना कुन पद्धतिअनुरूप गर्दछ भन्ने सवाल निकै महत्त्वपूर्ण मानिन्छ । कथारचनाका सन्दर्भमा अगाडि आउने 'के कसरी’ भन्ने प्रश्न रचनाप्रक्रियासँग सम्बन्धित छ भने त्यसको ठोस उत्तर कथाकार स्वयंले दिने गर्दछ । कलात्मक कार्यमा संलग्न कथास्रष्टाको जीवनजगत्सम्बन्धी जस्तो दृष्टिकोण र बुझाइ रहेको छ । सोहीअनुरूप उसले सौन्दर्यानुभूति प्राप्त गरेको हुन्छ । एउटा कथास्रष्टाले सुदूर अतीतदेखि लिएर सुदूर भविष्यलाई कथामा प्रस्तुत गर्न सक्छ । एउटा कथाकार अन्तदर््रष्टा पनि हो त्यसैले ऊ मानवजीवनका अन्तरकुन्तरमा पस्ने गर्दछ । कथास्रष्टाले आफू बाँचेको वस्तुजगत्बाटै सौन्दर्यात्मक चेतना प्राप्त गर्ने हुनाले उसको जीवनजगत्सम्बन्धी बुझाइले नै सौन्दर्यचेतको निर्धारण गर्दछ । एउटा यथार्थवादी कथाकार समाजमा सम्पन्न हुने समस्या क्रियाकलापका सन्दर्भमा मूकदर्शक मात्र बन्दैन बरु ऊ त्यस्ता क्रियाकलापमा सक्रिय सहभागी बन्दछ । यतिबेला उसले जीवनजगत्का द्वन्द्वहरूमाथि हस्तक्षेप गर्नुका साथै तिनको कलात्मक पुनसिर्जन मात्र होइन हरेक घटनाका सन्दर्भमा तिनको कारण र परिणामको समेत व्याख्या गर्दछ । -खापचेाको, १९८६ : १९) । वस्तुतः सामाजिक जीवनका समस्या क्रियाकलापसँग कथाकारले नै उच्चतम सौन्दर्यानुभूति प्राप्त गर्न सक्ने देखिन्छ । कथास्रष्टाले प्राप्त गर्ने जीवनदृष्टि र सौन्दयर्भबोधका सन्दर्भमा मुख्य चार वटा पक्ष महत्त्वपूर्ण देखिन्छन् । ती तत्वहरू हुन् : -क) दार्शनिक एवं वैचारिक स्पष्टता, -ख) श्रम र वर्गसंघर्षमा संलग्नता, -ग) सौन्दयौबोधात्मकता र सिर्जनात्मक सीप र -घ) वर्गीय चिन्तन र चेतना ।
यसरी हेर्दा कथास्रष्टाले अवलम्बन गर्ने जीवनदृष्टिका सन्दर्भमा दार्शनिक एवं वैचारिक दृष्टिकोण पहिलो आवश्यकता हो । यहाँ दार्शनिक स्पष्टताको तात्पर्य ऐतिहासिक एवं द्वन्द्वात्मक भौतिकवादी दर्शनसम्बन्धी स्पष्टता हो भने वैचारिक दृष्टि भन्नाले यही दर्शनलाई पथप्रदर्शक मान्ने कम्युनिष्ट विचार हो र यसैको साहित्यिक संस्करणका रूपमा समाजवादी-यथार्थवाद वा प्रगतिवादलाई आत्मसात् गर्नु हो । जीवनजगत्लाई बुझ्ने र बदल्ने दर्शन भनेकै माक्र्सवादी दर्शन हो, ऐतिहासिक एवं द्वन्द्वात्मक भौतिकवादी दर्शन हो । वस्तुतः यही दर्शन र क्रान्तिकारी विचारधाराको अवलम्बन एउटा प्रगतिवादी कथास्रष्टाका लागि अनिवार्य आवश्यकता हो । राल्फ फक्सले उपन्यासको चर्चाका सन्दर्भमा एउटा उपन्यासकारले व्यक्तिको भाग्यको कथा त्यतिबेलासम्म लेख्न सक्दैन जबसम्म उसले वास्तविक, वैचारिक र दार्शनिक अवधारणा प्राप्त गर्दैन भन्ने उल्लेख गर्नुले -फक्स, १९८० : २५) पनि एउटा कथास्रष्टा यसबाट असम्पृक्त हुन सक्दैन । जीवन सञ्चालनका सम्पूर्ण क्रियाकलापलाई नियन्त्रण र निर्देशन गर्ने मूलतत्व भनेकै जीवनदृष्टि हो भने त्यही द्वन्द्ववादी दृष्टिकोणबाटै सौन्दर्यधात्मकता र सिर्जनात्मक सीपको पनि विकास हुन्छ । यदि कथास्रष्टामा उच्चउदात्त वैचारिक दृष्टि छैन भने उसले जीवनजगत्लाई वस्तुसम्मत रूपमा बुझ्न सक्दैन । जीवनजगत्लाई बुझ्न र बदल्न सिकाउने दर्शनका बारेमा कथास्रष्टा अनिविज्ञ छ भने उसले कसको कथा लेख्ने, किन कथा लेख्ने र कसका लागि लेख्ने भन्ने प्रश्नको उत्तर खोज्न सक्दैन । त्यसैले प्रथमोप्रथम कथास्रष्टाले उन्नत एवं वैज्ञानिक दर्शनचिन्तनलाई आत्मसात गरेको हुनुपर्छ ।
सिङ्गो मानवसमाज वर्गमा विभक्त छ । वर्गीय समाजमा राजनीतिक, साहित्यिक, सांस्कृतिकलगायतका सम्पूर्ण क्रियाकलापहरू वर्गीय हुने गर्दछन् । समाजमा विद्यमान दुई वर्गका बीचको द्वन्द्वकै परिणाम मानवसमाज आजको पुँजीवादी हुँदै समाजवादी युगतर्फ उन्मुख रहेको छ आफूले अवलम्बन गरेको वर्गीय सोचअनुरूप नै कथास्रष्टाले अन्तर्वस्तुको चयन गर्दछ । तर व्यवहारमा केही फरक दृष्टान्त पनि देखिन्छन् । द्वन्द्वात्मक भौतिकवादी दर्शनलाई स्वीकार्ने र आफूलाई क्रान्तिकारी आदर्शको नजिकमा पनि उभ्याउने तर व्यवहारमा सर्वहारा वर्गीय आचरण र क्रियाकलापबाट असम्पृक्त रहने कथाकार र पाठकका बीच अनुभूतिको मेल हुँदैन । त्यस्तो अवस्थामा कथामार्फत सम्प्रेषित विचारको कुनै औचित्य पनि रहादैन । त्यसैले मैनेजर पाण्डेयले पनि लेखक र पाठकका बीच विश्वदृष्टिकोणका साथै कलात्मक एवं सामाजिक चेतनामा समेत एकता हुनुपर्ने उल्लेख गरेका छन् -पाण्डेय १९९७ : ३८) ।
यसबाट लेखनसिर्जनामा पनि वर्गीय पक्षधरता तथा वर्गीय आन्दोलनमा संलग्नताबिना वर्गीय चिन्तनको अभिव्यक्ति हुन नसक्ने देखिन्छ । वर्गसंघर्षका सघन प्रक्रियामा संलग्न हुँदा सिर्जनाका लागि थप ऊर्जा प्राप्त हुने र क्रान्तिको समयमा खाँदाखाँदै र हिंड्दाहिंड्दै पनि कथा लेख्न सकिने धारणा कथाकार ऋषिराज बराल व्यक्त गर्दछन् -बराल, २०६३ : ख) । विगतको जनयुद्धका क्रममा सक्रिय सहभागिता देखाएका ऋषिराज बराल, सीपी गजुरेल, गंगा श्रेष्ठ, सरल सहयात्री, अन्जान विरही, सरला रेग्मीका कथाले यसैको पुष्टि गर्दछन् । वस्तुतः श्रमप्रक्रिया र वर्गसंघर्षमा प्रत्यक्ष संलग्न स्रष्टाले जुन रूपमा जीवनसंघर्षलाई नजिकैबाट अनुभूत गर्नसक्छ त्यो सञ्चारमाध्यममार्फत पढेसुनेको भरमा हुनु सम्भव छैन ।
साहित्यसिर्जनाको मूल स्रोत नै श्रम र संघर्ष हुनाले त्यसमा स्रष्टाको संलग्नता भएन भने उसले तत्सम्बन्धी सौन्दर्यचेत प्राप्त गर्न सक्दैन । श्रम र संघर्षमा जीवन बिताउने स्रष्टाले तत्सम्बन्धी गहन अनुभूति संगाल्ने र कथाचनाका क्रममा ती अनुभूतिसँग खेल्ने गर्दछ । श्रमजीवी जनता नै आमूल परिवर्तनका अगुवा हुनाले श्रम र संघर्षका क्रममा जनतासँग एकाकार हुनु नै उनीहरूका समग्र अनुभूतिसँग एकाकार हुनु हो । त्यसबेला कथास्रष्टाले प्राप्त गरेको सौन्दर्यचेत बढी भन्दा बढी तीव्र हुनुको कारण कथास्रष्टा र पाठकका बीचको दूरी न्यून हुन गई कथाकृति पनि सम्प्रेष्य बन्न पुग्छ । श्रममुखी र संघर्षमुखी जीवन भनेको सक्रिय जीवन हो । त्यसैले एउटा महान् लेखक त्यस्तो व्यक्ति हुनु सम्भव छैन जो आफ्नो कालको सक्रिय जीवनपद्धतिबाट उदासिन रहने गर्दछ । -फक्स उही : १३०) । स्रष्टाले सामाजिक सत्यको सत्वबोधन गर्नका लागि सत्यको अन्वेषण र सिर्जनात्मक संघर्ष पनि गर्नु आवश्यक छ । कलाकार आफ्नो देश तथा वर्गको संवेदनशील ग्रहणकर्ता हो र ऊ आफ्नो युगको आवाज पनि हो, त्यसैले उसको कर्तव्य विगत, वर्तमान र भविष्यलाई अधिकतम् रूपमा बुझ्नु हो भने यसनिम्ति उसमा ऐतिहासिक राजनीतिक, आर्थिक तथा सामाजिक ज्ञान पनि आवश्यक छ -गोर्की, १९७७ : ४२) ।
दार्शनिक एवं वैचारिक रूपमा माक्र्सवादी विश्वदृष्टिकोणलाई अवलम्बन गर्ने, सर्वहारा वर्गको पक्षमा आफूलाई उभ्याउने तथा श्रम र संघर्षलाई आफ्नो जीवनशैली बनाउने सबै मान्छे स्रष्टा हुँदैनन् । त्यसैले स्रष्टामा हुने फरक गुण भनेकै सौन्दर्यबोधात्मकता र कथास्रष्टाले समाज र जीवनका समस्त क्रियाकलापको निरीक्षण गर्न, त्यसलाई कलाविम्बमा प्रस्तुत गर्ने र कथाकृतिका माध्यमबाट परिवर्तनधर्मी चेतनाको सम्प्रेषण गर्न सक्दछ । कलाकारको मुख्य कार्य भनेकै सिर्जनात्मक सीपका माध्यमबाट मान्छेको वैयक्तिक जीवनलाई सामूहिकतामा बदल्न, मान्छेलाई सार्वभौमिकताको दिशातर्फ प्रेरित गर्नु तथा मान्छेको खोसिएको एकतालाई प्रतिष्ठित गर्नु हो । -फिसर, १९९० ः ४७) । एउटा कथास्रष्टाको जीवनदृष्टि उसको सिर्जनाका माध्यमबाट प्रस्तुत हुने भएकाले उसको सम्वेदनात्मक अन्तर्जगत्को पनि महत्त्वपूर्ण भूमिका हुने गर्दछ, त्यसैले एउटा कलाकारमा स्पष्ट विश्वदृष्टिकोणसँगै सिर्जनात्मक गुण पनि अपरिहार्य मानिन्छ ।
यदि कथास्रष्टा सिद्धान्तनिष्ठ छ भने उसले संसारका परस्पर विपरीत गुणका वस्तुको अध्ययन गरेर प्रमुख विरोधी शक्तिहरूलाई आफ्नो जीवनमार्ग संयोजन गर्ने कथानायक चयन गर्न सक्दछ -लुकाच, २०३१ : ११६) । तर कथाकार जीवनजगत्का महत्त्वपूर्ण घटना, संघर्ष र तत्सम्बन्धी अनुभूतिबाट विमुख रहेको छ भने उसले कथामार्फत जीवन्त विचारको उदेबोधन गर्न सक्दैन । कथाकारमा अन्तर्निकित यथार्थवादी दृष्टिकोणले नै कथामार्फत् यथार्थवादी चेतनाको सम्प्रेषण हुने गर्दछ । त्यसैले कथाको रचनात्मक सम्बन्धलाई कथाकारको विश्वदृष्टिकोण तथा जीवनजगत्बारेको अनुभवका बीचमा रहेको अन्तर्द्वन्द्वबाट पृथक गराउन सकिन्न् -गौतम, २०४१ ः४७) । वस्तुतः कथास्रष्टाको सिर्जनात्मक अन्तर्जगत् तथा बाहृय यथार्थका बीचको वस्तुनिष्ठ संयोगजनका माध्यमबाट कथाकृतिको जन्म हुन्छ र अन्तर्बाहृय यथार्थको योग तथा कलात्मक सिर्जनाले कथारचनामा महत्त्वपूर्ण भूमिका खेल्दछ । माक्र्सवादी विचार र सिद्धान्तको वकालत गर्दैमा कुनै पनि स्रष्टा प्रगतिवादी कथाकार बन्दैन, त्यसैले कथाकार बन्नका लागि आफूले अवलम्ब्न गरेको जीवनदर्शन र जनस्तरबाट प्राप्त गहन एवं मार्मिक अनुभूतिको सम्मीश्रण आवश्यक छ जसका माध्यमबाट समग्र सिर्जनात्मक गुणलाई आत्मसात गर्न सकिन्छ । यथार्थको चरित्र गतिशील हुनाले यथार्थको प्रत्यङ्कनको तात्पर्य मानवीय प्रतिलिपि उतार्नु होइन । यथार्थलाई बुझ्न भनेको यसको गतिशील चरित्रलाई ठम्याउनु हो । समग्र वस्तुजगत् गतिशील भएपछि यथार्थ पनि गतिशील हुने गर्दछ, त्यसैले सामाजिक विकासको द्वन्द्वात्मक प्रक्रियालाई नठम्याइ यथार्थलाई ठम्याउन सकिन्न । यथार्थको त्यही गतिशील चरित्रका कारण इतिहासको एक कालखण्डमा नयाँ बनेको यथार्थ अर्को कालखण्डमा पुरानो हुनसक्छ र त्यसको प्रभाव न्यून हुनसक्छ । समाज र युगजीवनलाई प्रभावव पार्ने यथार्थका विभिन्न पाटामध्ये जसले तत्कालीन मानवसमाजलाई प्रभावित गर्छ र बढीभन्दा बढी सम्वेद्य तुल्याउँछ त्यही त्यतिबेलाको नयाँ यथार्थ हुन्छ र प्रतिनिधि यथार्थ बन्न पुग्छ । उदाहरणस्वरूप भन्नुपर्दा २००७ सालको राजनीतिक आन्दोलनले सिर्जना गरेको परिवेश झण्डै २०१५ सालसम्म प्रतिनिधि यथार्थ वा नयाँ यथार्थका रूपमा विद्यमान रहन पुग्यो । त्यस्तै २०५२ सालदेखि थालिएको जनयुद्धको सघन प्रक्रियाले पनि विगतको यथार्थका जीवनमूल्यलाई विस्थापित गर्दै नयाँ यथार्थको जन्म हुन पुग्यो । अद्यावधि त्यसको प्रभाव ताजै छ र त्यसैको परिणामस्वरूप यतिबेला सिङ्गो मुलुक र रूपान्तरणको प्रक्रियामा छ । वस्तुतः समयसापेक्ष रूपमा परिवर्तन हुने यथार्थको स्वरूपलाई ठम्याउन सकियो भने मात्रै कथारचनाका सन्दर्भमा त्यसको प्रारूपीकरण गर्न सजिलो हुन्छ ।

अग्निशिखासंग हारेको मृत्यु

रघु पन्त
अस्तिको दिनमात्र ठमेलतिर लम्क“दै गर्दा थ“हिटीको मूलसडकको एउटा अग्लो घरतिर आ“खा पुग्यो । त्यो घरलाई देख्नासाथ म एकछिन टक्क रोकिए“ । मेरो स्मृतिपटलमा र्सर्रर पुराना दिन सिनेमाको रिलझैं घुमे । थ“हिटी, क्वाबहालको त्यो अग्लो घरको सबभन्दा माथिल्लो तलामा ०३४ भन्दा अघिदेखि नै रामेशदाइ बस्नुहुन्थ्यो । त्यसबेला रामेशदाइको त्यो कोठा साहित्यिक र सांस्कृतिक गतिविधिको एउटा केन्द्रजस्तै थियो । त्यो कोठामा रामेश, मञ्जुल, म, अग्निशिखा -शुकदेव नेपाल), मोहन श्रेष्ठ, तर्ीथ नेउपाने, सुन्दर जोशी, श्याम तमोट, हिमाञ्चल भट्टर्राई लगायत थुप्रै साथी नियमित जम्मा हुन्थ्यौं । पछि त्यो टोलीमा सुनील पौडेल, आरबी थहा“जु, अच्युत फुया“ल -आभास), ओम श्रेष्ठ आदि पनि थपिनुभयो । त्यो अग्लो घरको माथिल्लो तलामा आ“खा घुमाउ“दा-घुमाउ“दै मेरो आ“खाअघि पुराना दिनका साथै पुराना साथीहरूको अनुहार पनि नाच्ो । रामेश, मञ्जुल, अग्निशिखा, श्याम तमोट...आदि-आदि । 'संकल्प' र 'झिसमिसे'को कार्यालय रामेशदाइको त्यही कोठा थियो । प्रेसमा छापिएका पत्रिकाका प्रति त्यही कोठामा ल्याइन्थ्यो र त्यही“बाट देशभर वितरण गरिन्थ्यो ।
दुब्लो-पातलो अग्निशिखा त्यसबेला शिक्षा मन्त्रालयमा काम गर्नुहुन्थ्यो । 'संकल्प' र 'झिसमिसे'का कैयौं अंकमा अग्निशिखाका विभिन्न रचना र उहा“ले अनुवाद गर्नुभएका कथा छापिएका थिए । उहा“को घर त्यसबेला बालुवाटारमा थियो, पछि त्यो घर बेचेर चावहिल र्सर्नुभयो ।
सरकारी कर्मचारी भएकाले शुकदेव नेपालले साहित्यिक नाम अग्निशिखा राख्नुभएको थियो । पञ्चायतको जगजगी भएको त्यसबेलामा पनि अग्निशिखा डराउनुहुन्थेन । हामी त्यसबेला विश्वप्रसिद्ध साहित्यिक र चर्चित पुस्तकहरूका साथसाथै बेइजिङ रिभ्यु, चाइनिज र सोभियत लिटरेचर, इन्डियाबाट निस्कने समकालीन तिसरी दुनिया“, थर्ड वर्ल्ड युनिटीका साथसाथै वामपन्थी आन्दोलनसम्बन्धी पुस्तक र पत्रपत्रिका खोजी-खोजी पढ्थ्यौं ।
केही समयपछि अग्निशिखाको सक्रियतामा हिमाञ्चल भट्टर्राईको प्रकाशन-सम्पादनमा हामीले अर्काे तीन महिने साहित्यिक पत्रिका 'अनुभूति' पनि निकाल्यौं ।
'संकल्प', 'झिसमिसे' र 'अनुभूति'को सम्पादन हामी थ“हिटीको त्यही अग्लो घरको रामेशदाइको कोठाबाट गथ्र्यौं । त्यसबेला छापिने प्रत्येक रचना चाहे कथा, कविता, निबन्ध वा सम्पादकीय जे होउन्, एकजनाले लेखेपछि हामी सामूहिक छलफल गर्थ्याैं र त्यसक्रममा कहिलेकाहीं घन्टौं लामो बहस हुने गथ्र्यो ।
त्यसबेला सांस्कृतिक-साहित्यिक क्षेत्रको काम हर्ेन भनेर भूमिगत रूपमा बनाइएको कमिटीको म सचिव थिए“ । मैले त्यसबेला पार्टर्ीीे मुखपत्रका रूपमा निस्कने र्'वर्गसंर्घष्ा' र टाइप पेपरमा कार्बन राखेर हातले लेखेर तयार पारिएका दस्तावेज अग्निशिखालाई लगेर दिन्थे“ । त्यस्ता कतिपय दस्तावेज साइकल चढेर पुर्‍याउन म उहा“को अफिसमै पुग्थे“ । त्यसबेला उहा“को अफिस नक्सालनिर थियो । उहा“ नडराइकन ती दस्तावेज अफिसमै लिनुहुन्थ्यो । अध्ययनमा रुचि राख्ने अग्निशिखा आर्टमुभी -कलासिनेमा) हरू हर्ेन रुचाउनुहुन्थ्यो ।
थ“हिटीको रामेशदाइको कोठामा बसेर हामीले कविता लेख्यौं, गीत सुन्यौं र छलफल गर्‍यौं । हिटरमा कालो चिया पकाउ“दै-पिउ“दै कविता र गीत सुन्ने-सुनाउने गरिएका जोश र जा“गरले भरिएका ती दिन सा“च्ची नै गजबका थिए । त्यसबेला हुने छलफलले हामीलाई प्रफुल्ल, उत्साहित र जोशिलो बनाउ“थ्यो । जब कहिलेकाहीं कुनै राम्रो कविता, कथा वा गीत हामी सुन्थ्यौं, तब रामेशदाइ 'ल स्वाद पर्‍यो, अब एककप चिया यसै उपलक्ष्यमा खाऊ“' भन्दै हिटरमा चियाको कितली बसाल्नुहुन्थ्यो ।
०४६ को आन्दोलन सफल भएर बहुदलीय व्यवस्था पुनःस्थापना भएपछि अग्निजी जागिर छाडेर खुलारूपले पत्रकारितामा देखापर्नुभयो । जनताका लागि कम्युनिष्ट राजनीति र गतिविधिमा आफूलाई होम्नु उहा“को जीवनको उद्देश्य थियो भने पत्रकारिता र लेखन उहा“को रुचि थियो । अन्तर्रर्ााट्रय मामला र विश्व कम्युनिष्ट आन्दोलनका योद्धाहरूबारे खोजमूलक रचना लेख्न उहा“ सिद्धहस्त हुनुहुन्थ्यो ।
अग्निले पार्टर्ीीग आफ्नालागि कहिल्यै माग राख्नुभएन । बरु जति सकिन्छ, आफ्नोतर्फाट पार्टर्ीीई दिने प्रयत्न गर्नुभयो । पार्टर्ीीे प्रत्येक सफलतालाई आफ्नो सफलता ठान्ने उहा“ पार्टर्ीी भोग्नुपरेका अप्ठेरा समाधान होउन् भनेर जहिले पनि चिन्तित र क्रियाशील हुनुहुन्थ्यो ।
विवाद र झगडामा पर्न नचाहने शान्त स्वभाव भएका अग्नि कहिलेकाहीं खुलेर हा“स्नुहुन्थ्यो । त्यस्तो बेला कहिलेकाहीं उहा“ रमाइला र दार्शनिक पाराका कुरा पनि गर्नुहुन्थ्यो । अग्निशिखाले कहिले पनि आफ्नो कलमलाई आफ्नालागि प्रयोग गर्नुभएन । सहज, सरल र मित्रवत् भएर प्रस्तुत हुने शालीन स्वभाव उहा“को विशेषता थियो ।
असोज ६ गते बिहानै साढे पा“च बजेतिर जब प्रदीप नेपालले फोन गरेर 'अग्निशिखा रहनुभएन' भन्ने दुःखद समाचार सुनाउनुभयो, तब म छा“गाबाट खसेजस्तो भए“ । पार्टर्ीीेन्द्रीय कार्यालयमा पहिला दिनहु“जसो हुने भेटघाट उहा“ले 'नया“ पत्रिका'मा बढी समय दिन थालेपछि अलि पातलिएको थियो । उहा“लाई नभेटेको झन्डै एक महिनाजति भएको थियो ।
त्यस दुःखद समाचारले म एकछिन रन्थनिए“, तर दुःखद भए पनि त्यो खबर अरू केही साथीलाई टेलिफोनबाट दिएर म गंगालाल हृदय केन्द्रतिर हानिए“, जहा“ अग्निशिखाको शव थियो । अग्निशिखाको चावहिलका छिमेकी र साथी कवि आत्माराम शर्माले मलाई तानेर कुनामा लानुभयो र दुःखित स्वरमा भन्नुभयो- 'गएको वैशाखमा शार्दुल भट्टर्राई, गोविन्द वर्तमान, निर्मल कुइ“केल, शिव भट्टर्राई, अग्निशिखा र म सुन्दरीजल घुम्न गएका थियौं । त्यसबेला अग्निशिखाले गफ गर्दागर्दै बूढो भएर, रोग लागेर र थलिएर मर्न नपरोस्, बिरामी भएर लामो समय अरूले स्याहार्ने अवस्था आयो भने म त बरु स्वैच्छिक मरण छान्छु भन्नुहुन्थ्यो ।'

एब्स्ट्रयाक्ट चिन्तन प्याजको अमूर्ततामा लामिछाने

चूडामणि काफ्ले

पृष्ठभूमि
शङ्कर लामिछाने आधुनिक नेपाली साहित्यका उल्लेखनीय प्रतिभा हुन् । नेपाली साहित्यमा उनको योगदान अविस्मरणीय छ । विशेषतः लेखक शङ्कर लामिछानेको कलमबाट आधुनिक नेपाली निबन्ध विधाले नयाा दिशा प्राप्त गरेको देखिन्छ । उनका निबन्धहरू शाश्वत साहित्यिक मूल्ययुक्त छन् । वर्तमान युगका बौद्धिक समस्याहरूलाई निजात्मक र नवीन ढााचामा प्रस्तुत गरिएका उनका निबन्धहरू न्ोपाली साहित्यका अमर रचना हुन् । नेपाली निबन्धजगत्का यस किसिमका अमर स्रष्टा लामिछानेको निबन्धकारिता एवं उनको चर्चित निबन्धरचना एब्स्ट्रयाक्ट चिन्तन प्याजको विश्लेषण गर्ने सन्दर्भमा यस समालोचनाको विषयप्रवेश भएको हो ।
शङ्कर लामिछानेःव्यक्तिवृत्त
शङ्कर लामिछाने वि.सं. १९८४ साल चैत महिनामा काठमाडौामा जन्मेका छन् । उनले आइ.एस्सी.सम्मको औपचारिक शिक्षा हासिल गरेका भए पनि उनका साहित्यिक रचनाहरू उच्च बौद्धिक स्तरका हुन् । गुठी अड्डा, नेपाल-भारत सांस्कृतिक केन्द्र, घरेलु शिल्पकला बिक्री भण्डार, होटल शङ्कर, शङ्कर ट्राभल्स एन्ड टुर्स आदि संस्था र कार्यालयहरू च्ााहार्दा चाहार्दै पनि आˆनो गुजारा चलाउन क्युरियो पसल खोल्ने लामिछाने आˆनो जीवनलाई जटिलता र अमूर्तताको पुञ्ज प्याजसाग तुलना गर्दछन् । नेपाली साहित्यका कविता, कथा, निबन्ध आदि विधामा आˆनो कलम दगुराएर प्रतिभा प्रदर्शन गर्ने लामिछानेको निबन्ध विधा चाहिा अति नै पि्रय रहेको अनुभव हुन्छ । यस विधामा उनले नयाा नयाा प्रयोग गरेका छन् । निबन्धमा आख्यानात्मक स्पर्श प्रदान गर्ने लामिछानेलाई चर्चाको शिखरमा पुर्‍याउने विधा पनि निबन्ध नै हो । लामिछानेको प्रथम पुस्तकृत कृति एब्स्ट्रयाक्ट चिन्तन प्याज -२०२४) नै हो । यस कृतिले त्यस वर्षको नेपालको प्रतिष्ठित पुरष्कार मदन पुरस्कार हासिल गरेको देखिन्छ । आˆनो प्रथम कृतिबाट नै उत्कृष्ट पुरस्कार हासिल गर्ने निबन्धकार लामिछानेको प्रतिभाको परिचय यसैबाट झल्किएको हो । यसरी आरम्भिक चरणमा नै निबन्ध विधामा नयाा हलचल ल्याउने र नवीन क्षितिज समुद्घाटन गर्ने लामिछानेको निबन्धकारिता उत्तरवर्ती निबन्धकृतिहरू -बिम्ब प्रतिबिम्ब र गोधूली संसार २०२८)मा निकै परिपक्व र विकसित बनेको देखिन्छ । नेपाली साहित्यमा अमूल्य योगदान दिई आधा शताब्दी पनि आयु बित्न नपाउादै २०३२ साल माघ १० गते उनले आˆनो भौतिक देह परित्याग गरी अजर र अमर कृतिहरूमा आफूलाई रूपान्तरण गरेका छन् ।
शङ्कर लामिछानेको निबन्धकारिता
शङ्कर लामिछाने आधुनिक युगका र नौलो प्रवृत्ति भएका निबन्धकार हुन् । उनका निबन्धमा परम्परागत निबन्धका विषयवस्तु तथा शैलीसम्बन्धी विशेषता पाइादैनन् । उनका निबन्धले नयाा किसिमको विषयवस्तु प्रस्तुत गरेका छन् भने निबन्धलेखन कलामा नवीनताको झलक दिएका छन् । उनका निबन्धमा पाठकले नयाा स्वाद प्राप्त गरेका छन् । उनी बौद्धिक लेखक हुन् । उनका निबन्धमा आधुनिक युगका बुद्धिजीवीहरूको रङ घोलिएको हुन्छ । आधुनिक युगका अस्तव्यस्तता, विसङ्गति र जटिलताहरूलाई आˆना निबन्धमा उतार्न उनले सफलता हासिल गरेका छन् । निबन्धकार लामिछाने आधुनिक युग र यसका विशेषताहरूसाग सुपरिचित देखिन्छन् । यस युगका विविध विषय -ज्ञान, विज्ञान, कला, साहित्य आदि) र तिनमा आएका नवीनतम परिवर्तनसाग उनको परिचय देखिन्छ । पेरिसमा कोरिएको अमूर्त कला, अल्जेरियाका अल्बेयर कामुद्वारा लेखिएको नवीनतम साहित्यिक कृति, वर्तमान युगको राजनीति, विज्ञान र प्रविधि आदि जुनसकै विषय पनि उनको अध्ययनमा समेटिएका छन् । यस्ता बौद्धिक स्रष्टाका कृतिहरू पढ्न पाउनु नेपाली पाठकको सौभाग्य नै हो । उनी निजात्मक निबन्धकार हुन् । उनको निजात्मकतामा आख्यानात्मक गुण पनि समाविष्ट छन् । आधुनिक युगका बौद्धिक निबन्धकारको शैलीमा पनि बिल्कुल नवीनता पाइन्छ । आधुनिक युगको नवीनतम मानिने चेतनप्रवाह शैलीको प्रयोगले उनका निबन्धहरू विशिष्ट बन्न पुगेका छन् । जीवनका जटिलता र अमूर्ततालाई अभिव्यक्त गर्न उनका लागि यो शैली नै सहयोगी बनेको देखिन्छ । निबन्धकार लामिछाने आˆना निबन्धमा आफू स्वयम् प्रस्तुत भएका छन् । आफूलाई इमानदारितापूर्वक अभिव्यक्त गर्नु उनको निबन्धकारिताको मुख्य धर्म हो । आफूलाई निबन्धमा व्यक्त गर्ने क्रममा उनी भावनाका उत्ताल तरङ्गहरूमा मडारिनुभन्दा विचारका गम्भीर महासागरमा डुबुल्की लगाउनुमा सन्तुष्ट हुन्छन् । आˆनै जीवनका आस्था, आकाङ्क्षा, असन्तुष्टि र नैराश्यहरूलाई निजात्मकतामा घुलमिल गरी उत्कृष्ट निबन्ध सिर्जना गरी प्रशंसा पाउने खुबी निबन्धकार लामिछानेमा रहेको देखिन्छ । पूर्वीय तथा पाश्चात्य ज्ञान, विज्ञान, कला, साहित्य, संस्कृति, दर्शन आदि क्षेत्रका बिम्ब, प्रतीक र मिथकबाट निबन्धलाई सिंगार्ने उनी आधुनिक युगका उत्कृष्ट निबन्धकारका अग्रपङ्क्तिमा रहेका छन् । नेपाली निबन्ध विधालाई नयाा किसिमको चिन्तन, नयाा किसिमको विषयवस्तु र नयाा किसिमको शैली/प्रस्तुति प्रदान गरेर नयाा मोड दिने लामिछाने यस विधाका अविस्मरणीय, अजर र अमर स्रष्टाका रूपमा सुपरिचित बन्न पुगेका छन् ।
निबन्धको संरचना
एब्स्ट्रयाक्ट चिन्तन प्याज निबन्ध विभिन्न २७ अनुच्छेदहरूमा रचिएको छ । निबन्धसङ्ग्रहकै शीर्षक यस निबन्धबाट राखिएको छ । २०२४ सालको मदन पुरस्कार प्राप्त गर्ने यस सङ्ग्रहको चित्रकलामा प्रचलित अमूर्त शैलीमा रचिएको छ । यो निबन्ध प्रसिद्ध कलाकार वा लेखक लैनसिंह वाङ्देलको आग्रहमा लेखिएको हो । आधुनिक युगका जटिलता र जीवनका अस्तव्यस्ततालाई प्रतिबिम्बित गर्ने यस निबन्धमा लामिछानेले आफू र आˆनो वास्तविकतालाई राम्रोसाग व्यक्त गरेका छन् । आजको मानिस परम्पराबाट निकै अगाडि पुगिसकेको छ । उससाग आˆना वैयक्तिक समस्यादेखि विश्वस्तरीय विभिन्न जटिलताहरू गाासिएका छन् । अहिलेको मानिसको जीवन सरल र सहज छैन । जटिलतम समस्याहरू उसभित्र अटेसमटेस भई अमूर्त रूपमा कोचिएर बसेका छन् । यही मुख्य विषयवस्तुलाई निबन्धकार लामिछानेको यस निबन्धका २७ अनुच्छेदहरूमा प्रतिपादन गरिएको छ । वर्तमान जीवनका विविध समस्याहरूलाई अभिव्यक्त गर्ने यो निबन्ध नेपाली साहित्यका पाठकका बीचमा निकै चर्चित रहेको देखिन्छ ।
निबन्धको सन्दर्भ
अघिल्लो दिन निबन्धकार शङ्कर लामिछानेको काठमाडौाको नयाासडकमा प्रसिद्ध कलाकार तथा साहित्यकार लैनसिंह वाङदेलसाग भेट हुन्छ । वाङ्देलले लामिछानेको चर्चित लेख शङ्कर लामिछाने ः शङ्कर लामिछानेको दृष्टिमा पढेको र राम्रो लागेको प्रसङ्ग कोट्याउाछन् । उनले लामिछानेको चर्चित लेख यथार्थवादी भएको बताउादै एउटा अमूर्त शैलीको निबन्ध फेरि लेख्न आग्रह गर्दछन् । आफू अमूर्त कला कोर्ने वाङदेलले अमूर्त शैलीको निबन्ध लेख्न गरेको आग्रहलाई उनले हाासेर टारिदिन्छन् । त्यसको लगत्तै उनको भेट नेपाली कविताका सुप्रसिद्धद्घ स्रष्टा केदारमान व्यथित -१९७१-२०५५) साग हुन्छ । उनले हातमा हिमानी पत्रिकाको बाहिरी मुखपृष्ठको अमूर्त कलाको डिजाइन लिएका थिए । नेपाली साहित्यका चर्चित लेखक लामिछानेलाई व्यथितले एक दुई दिनभित्रै एउटा राम्रो कथा लेखेर दिन अर्को आग्रह गरे । व्यथितको आग्रहलाई पनि उनले बाङदेललाई जस्तै हाासेर टारिदिन्छन् । वास्तवमा कस कससाग कस्तो हाासो कसरी हाास्नुपर्दछ भन्ने कलाकारितामा लामिछाने पोख्त छन् । वाङ्देल र व्यथितलाई हाासेर टारे पनि उनीहरूका अलग अलग आग्रह र अनुरोधले उनको मानसिकतामा चाहिा उखेल्नै नसक्ने गरी गडिसकेका थिए । यिनै दुई मूर्धन्य कलाकार र साहित्यकारको प्रेरणाको परिणामस्वरूप यस निबन्धको रचना भएको हो ।
वर्तमान युगका जटिलताको अभिव्यक्ति
यस निबन्धमा लेखकले आधुनिक युगका जटिलतम अवस्थाहरूलाई अभिव्यक्त गरेका छन् । यस सन्दर्भमा बाङदेल र व्यथितलाई कृष्णले यशोदालाई विश्वरूप देखाएजस्तै लामिछानेले देखाएको अमूर्त विश्वरूपको चर्चा निकै रोचक र मार्मिक छ । लेखक लामिछानेले यहाा आधुनिक युगका मानिसका जटिल जीवनको प्रतिनिधित्व गर्दै आˆनो बहुरूप -विश्वरूप)को वर्णन गरेका छन् । ऊ
-शङ्कर) बीसौा शताब्दीको एक बुद्धिजीवी हो । मध्यमवर्गीय परिवारको सदस्य ऊ विवाहित र दुई छोराछोरीको बाबु हो । तन्देरी र स्वस्थ देखिने ऊ सिर्जनशील व्यक्तित्वको धनी छ । सभ्य नेपाली नागरिक ऊ जीवनका जिम्मेवारीका विविध समस्याहरूबाट ग्रस्त छ । ऊ परम्परा र आधुनिकताको द्वन्द्वात्मक चपेटामा परेको छ । उसका एकातर्फ आˆना परम्परागत मूल्य, मान्यता र आदर्शहरू छन् भने अर्कातर्फ आधुनिक युगका उपलब्धिहरू पनि प्रशस्त छन् । ऊ यी दुई युगका बीचको दशगजामा उभिएको हुन्छ । ऊ न त आˆनो परम्परा न्ौ त्याग्न सक्छ न त आधुनिकताबाट नै टाढा रहन सक्छ । त्यसैले वर्तमान समयको मानिस नयाा र पुरानो पुस्ताको दशगजामा बुाख्याचाजस्तै ठिङ्ग उभिएको छ ।
अहिलेको मानिस आˆनो परिवेशमा मात्र उभिएको हुादैन । उसका मनमस्तिष्कमा पूरै विश्व अटाएको हुन्छ । देशविदेशका घटना र दुर्घटनाहरूबाट ऊ प्रेरित, प्रभावित र उत्तेजित बन्दछ । ऊ देशविदेशका सम्पूर्ण अखवारमा प्रकाशित खबरहरू पढ्ने गर्दछ । संसारका महान् राजनेता, दार्शनिक, वैज्ञानिक, सात्यिकार, कलाकारहरूका चिन्तन, आविष्कार र सिर्जनाका बारेमा उसलाई निकै चासो छ । यस अतिरिक्त विश्वका सम्पन्न-विपन्न तथा साना-ठूला देशका समस्याका साथसाथै आˆनै छोराको स्वास्थ्यस्थितिका बारेमा उसलाई निकै चिन्ता छ । यसैले आजको मानिस सङ्गतिका वृत्तमा अटाउन सक्तैन र उसका समस्याहरूलाई मूर्त वा यथार्थ रूपमा अङ्कन गर्न पनि सकिने स्थिति छैन । वर्तमान युगका यस किसिमका वास्तविकतालाई प्रस्तुत निबन्धमा लेखकले स्पष्टरूपमा अभिव्यक्त गरेका छन् । आजको मानिस प्रत्येक दिन बिहान सागसब्जी वा तरकारी किन्ने समस्याले पिरोलिएको हुन्छ । दिउासो ऊ वैभवशाली बन्ने सपनामा मस्त बनेको हुन्छ र सााझमा ऊ थकानले निस्लोट भएको हुन्छ । उसका प्राप्ति र उपलब्धिहरू यिनै हुन् । आजको आधुनिक युगको जीवनशैली यस्तै भावना, चिन्तन र क्रियाकलापहरूलेयुक्त हुन्छ । यस्तै अमूर्त र जटिल परिस्थितिबाट उसका पल-प्रतिपल गुजि्ररहेका हुन्छन् ।
निबन्धकार लामिछानेका विचारमा आधुनिक मानव स्वयम् ईश्वर वा भगवान् हो । यो संसार उसैको सृष्टि हो । ऊ स्वयम्मा ईश्वरत्वको आभास भएको अनुभव गर्दछ । मानिसले आफैालाई ईश्वर हुा भन्ने उद्घोष गरे पनि मानवताबाट भने ऊ निकै टाढा पुगेको छ । मानवीय गुण हराइसकेको आजको मानिस अमानव बन्न थालिसकेको छ । वर्तमान समाजमा जाति, धर्म, सम्प्रदाय आदिका लक्ष्मणरेखाहरू खिचिएका छन् । अदृश्य रङले कोरिएका यी रेखाहरू रङ्गविहीन र अमूर्त छन् । लेखकले हजार वर्षपछि यस किसिमका विभाजक रेखाहरू नामेट हुनेछन् र विश्वसमाज एकै वृत्तमा अटाउनेछ भन्ने पूर्वानुमान गरेका छन् । त्यस बेलामा कसैले पनि अहिलेको जस्तो दशगजा क्षेत्रमा उभिनु नपर्ने विचार निबन्धकारको छ । वर्तमान परिस्थितिलाई उनले दशगजामा अवस्थित पञ्चमुखी शिवलिङ्गका बारेमा दुई मुलुकका बीचमा भएको खिचातानी र द्वन्द्वका दृष्टान्तबाट स्पष्ट पारेका छन् । सिमानाका रेखाहरू रङ्गविहीन र अमूर्त भएझैा वाङ्देल, व्यथित र लामिछानेका कला, कविता र निबन्धमा अमूर्तता रहनु कुनै नौलो कुरा होइन । मानिसको जीवन नै अमूर्तताको पर्याय बनेको छ । आधुनिक मानिसका सोचाइ, व्यवहार र गतिविधिहरू अमूर्ततामा आधारित हुनाले उसका रचना, सिर्जना र कला स्वतःअमूर्त बन्छन् भन्ने धारणा निबन्धकार लामिछानेको देखिन्छ । अतः लामिछानेको हासाइ पनि अमूर्त छÙ वाङ्देल, व्यथित र आˆना छोराका लागि उनी बेग्लाबेग्लै हाासो हाास्न बाध्य छन्Ù विवश छन् । वास्तवमा यही नै आधुनिक मानिसको अमूर्त जीवनपद्धतिको नौलो उदाहरण हो ।
प्याजसाग तुल्य आधुनिक जीवनपद्धति
निबन्धकार शङ्कर लामिछानेले वर्तमान यथार्थवादी कला वा साहित्यमा समाज वा मानिसको चित्रणलाई पत्रैपत्र भएको गन्धयुक्त प्याजसाग तुलना गरेका छन् । प्याजको अस्तित्व पत्रैपत्रमा कायम रहेको हुन्छ । यो एक किसिमको रङ्गविहीन र दुर्गन्धयुक्त वस्तु हो । मानिसको जीवन पनि लेखकको विचारमा प्याजजस्तै हुन्छ । मानिसको जीवन विभिन्न समस्याहरू, उसका थरीथरीका सोचाइहरू र अनुभूतिहरूले संश्लिष्ट बनेको हुन्छन् । उसको मस्तिष्कमा फुक्नै नसक्ने गरी ग्रन्थिहरू गुजुल्टिएका हुन्छन् । उसको हृदयमा सागाल्नै नसक्ने भावनाहरू गुटमुटिएका हुन्छन् । यसै गरी उसभित्र सुल्झाउनै नसकिने विचारका शृङ्खलाहरू अल्भिmएर बसेका हुन्छन् । ती पत्रहरू निकै बेर लगााएर सुल्झाए पनि एकतमासको आाखै पोल्ने, जीवनमा नै एक प्रकारको वाक्कलाग्दो दुर्गन्ध फैलिन्छ । मानौा हामी त्यहाा प्याजकै पत्र उप्काइरहेका छौा- आाखा मिची मिची र आासु काढ्दै । प्याजका पत्रहरू पल्टाउादै जाादा अन्त्यमा कुनै ठोस वस्तु फेला पर्दैन, फेला पर्छ केवल शून्य । मानवजीवनको अन्तिम परिणति पनि शून्य नै हो भन्ने निबन्धकार लामिछानेको चिन्तन यस निबन्धमा अभिव्यक्त छ । अतः आजको मानवजीवन प्याजसाग तुल्य छ भन्ने लेखकको धारणा यस निबन्धले स्पष्ट पारेको छ ।
युगको प्रतिबिम्ब ः अमूर्त जीवनपद्धति
निबन्धकार शङ्कर लामिछानेले प्रस्तुत निबन्धमा आजको युगका मूल्य र मान्यतालाई प्याजसाग तुल्य ठानेका छन् । आजको मानिस विकीर्णतामा छिरलिएको छ । युगीन जटिलताहरूले उसको जीवनलाई अमूर्त बनाइदिएका छन् । तिनले मानिसलाई प्याजजस्तै तुल्याइदिएका छन् । वास्तवमा आजका मानिसको कहालीलाग्दो परिस्थितिलाई कलाकार, कविलेखक र स्रष्टाहरूले आˆना रचनाको विषयवस्तु बनाउनु अत्यन्त जरुरी भइसकेको छ । समाजका विषयवस्तु र संवेदनाहरूलाई समेटेर लेखिएको वा सिर्जना गरिएको रचना नै शाश्वत मूल्यले युक्त हुनसक्छ । त्यसैले लेखक कलाकार वाङ्देललाई र कवि व्यथितलाई युगीन प्रतिबिम्ब प्याजबारे अमूर्त कला सिर्जना गर्न र त्यसै भावमा महाकाव्यको रचना गर्न आग्रह गर्दछन् । वर्तमान युगका यथार्थताहरूलाई अभिव्यञ्जित गर्ने ती रचना अमर बन्ने लेखकको धारणा छ । तिनै रचनाका माध्यमबाट वाङ्देल, व्यथित र लामिछाने पनि अजर अमर बन्ने हुादा यसबारे वाङ्देल, व्यथित र लामिछानेले कुची र कलम चलाउनै पर्ने विचार उनले निबन्धमा प्रकट गरेका छन् । यस किसिमको युगीन विषयवस्तुले भरिएको कृति लेख्न नसक्ने लेखकको अबको इतिहासमा कुनै स्थान नहुने कुरा सङ्केत गर्दै निबन्धकार लामिछानेले आˆना नयाा कृतिका माध्यमबाट लेखक वा कलाकार इतिहासमा अमर रहन सक्ने वास्तविकताप्रति सङ्केत गरेका छन् ।
निष्कर्ष
यस निबन्धमा निबन्धकार शङ्कर लामिछानेले विषयवस्तु तथा शैली दुवै अमूर्त किसिमको अागालेका छन् । लेखक वा कलाकार यथार्थवादी हुादाहुादै पनि जीवनका विभिन्न समस्या र जटिलताहरूबाट टाढा रहन सक्तैनन् । वर्तमान विश्वको यस किसिमको बाध्यताले उनीहरूको चिन्तन, विषयवस्तु र शैलीलाई अमूर्त बनाएको हो । संसारको प्रत्येक मानिस घरेलु परिस्थितिदेखि विश्वस्तरीय विभिन्न समस्याहरूबाट प्रतिक्षण प्रभावित र प्रेरित हुन्छ । मानिसका मन र मस्तिष्क पनि त्यसबाट अछुतो र अप्रभावित रहन सक्तैनन् । यिनै जटिलता र अमूर्तताबाट प्रेरित र प्रभावित लेखक कलाकारहरूबाट रचित/सिर्जित कला वा साहित्य स्वाभाविक रूपमा अमूर्त बन्छ भन्ने निष्कर्ष यस निबन्धले अघि सारेको छ ।

अविरल बग्दछ इन्द्रावती अविरल बग्दैन जीवन

जयदेव भट्टराई

'अविरल बग्दछ इन्द्रावती' रमेश विकलले भनेजस्तै इन्द्रावती अविरल बगिरहेछ । इन्द्राबती जस्तै मान्छेको जीवन हुँदो रहेनछ । कतै न कतै पुगेर रोकिनुपर्ने, पूर्ण विराम लाउनै पर्ने, विश्राम लिनैपर्ने । रमेश विकल अविरल साहित्यमा लागेर ८१ वर्षको उमेरमा रोकिनु भयो । अविरल बगिरहेको जीवनमा मङ्सिरको अन्तिम साता निमोनियाले अर्धविराम लगाइ दियो उहाँको जीवनमा साहित्य र समाजका लागि सक्रिय छँदाछँदै रोगले गालेपछि उपचारार्थ अस्पताल भर्ना गरिनुभएका रमेश विकल २०६५ सालको पुस २ गते दिनको ३ः३० बजे बित्नुभयो, मृत्युले उहाँको जीवनमा पूर्णविराम लगाइदियो । नेपाली भाषा र साहित्यको क्षेत्रमा ठूलो योगदान दिए पनि, सरल र सादा जीवन बाँचे पनि, आˆना सिर्जना र साधनाले धेरैको मन जिते पनि रमेश विकलले रोगसँग लड्न सक्नु भएन, मृत्युलाई जित्न सक्नु भएन । यही यथार्थ, कटु यथार्थ बुझ्दाबुझ्दै भन्नैपर्छ रमेश विकल अब हामीबीच रहनु भएन । मान्छेको जीवन पनि अविरल हुँदो हो त रमेश विकलले लेख्नुपर्ने हो- 'अविरल बग्दछ जीवन ।' ।
'अविरल बग्दछ इन्द्रावती' रमेश विकलले भने जस्तै उहाँका रचना-कृति, योगदान सेवाबाट अविरल बाँचिरहनु हुन्छ उहाँ हामी माझ । २००५ सालमा 'सन्देश' हस्तलिखित पत्रिकाबाट साहित्यिक यात्राको थालनी गरी 'मेरो अविरल जीवन गीत' को दोस्रो भाग, उपन्यासको अनुवाद गर्दै हुनुहुन्थ्यो उहाँ बिरामी हुनुअघिसम्म पनि । ८१ वर्षे जीवनमा ६० वर्ष अविरल साहित्यमा लगाउने रमेश विकलले सङ्गीत र कलामा पनि रुचि देखाउनु भयो, प्राध्यापन र सम्पादन, अनुवाद र सङ्घ-संस्थासँग आवद्ध भएर पनि रमेश विकल अविरल सक्रिय रहनु भयो । यति सिर्जनशील, यति सक्रिय, यति समर्पित र यति पि्रय स्रष्टालाई गुमाउनु पर्दाको पीडा भोग्दैछ यतिखेर साहित्यिक जगत् । काठमाडौँको गोकर्णेश्वरमा पुस २ गतेको राति उहाँको बलिरहेको शव देखेपछि धेरैले गह्रौँ मन लिएर भएपनि स्वीकारे अन्ततः रमेश विकल रहनु भएन ।
१९८५ सालको भाइटीकामा काठमाडौँको गोकर्ण आरुबारीमा जन्मिनुभएका रमेश विकलले आˆनो कर्मक्षेत्र पनि त्यसैलाई बनाउनु भयो र उहाँकै इच्छा अनुसार उहाँको अन्तिम संस्कार पनि गोकर्णमै गरियो । अविरल जन्मिरहेछन् मान्छेहरू, अविरल मरिरहेछन् मान्छेहरू । रमेश विकलको जन्म र मरण इतिहासमा उल्लेख्य बन्न पुगेको छ । सबैको जन्म र सबैको मरण उल्लेख गरेर साध्य पनि छैन र अर्थ पनि छैन । ६० वर्षसम्म भाषा-साहित्य, कला-सङ्गीत, राजनीति, पात्रकारिता, प्रशासन आदि क्षेत्रमा लागेर यो मुलुकका लागि योगदान दिने साधक उल्लेख्य हुन्छन् नै, अनुकरणीय हुन्छन् र प्रेरणाका स्रोत पनि हुन्छन् । रमेश विकललाई भेटेर, उहाँलाई देखेर अनि उहाँका रचना, कृति पढेर कतिले आफूलाई साहित्यमै लगाए । रमेश विकलका ४ छोरी २ छोरा, यी मध्ये पत्रकारिता र साहित्यमा निरन्तर लाग्ने विजय चालिसे अनि यात्रा संस्मरण लेख्न रुचाउने महेन्द्र चालिसेलाई हेर्ने हो भने भन्न सकिन्छ अविरल चलिरहन्छ कलम ।
चन्द्रशेखर उपाध्याय र छायादेवी चालिसेले आˆनो छोरा रामेश्वरलाई स्नातकसम्म पढाए पनि रमेश विकलले नेपाली साहित्यमा स्नातकोत्तर गर्नेहरूलाई नै पढाउनु भयो । विद्यावारिधि गर्नेहरूसमेत स्रष्टा रमेश विकल पढ्छन् र पढ्ने गर्छन् । आमाबाबुले राखिदिएको रामेश्वर चालिसे नाम, घरायसी नाम रामबाबु, साहित्यिक नाम रमेश विकल, छद्मनाम रवि चालिसे, पत्रकारितामा रविबाबु आदिबाट फैलिनुभएका रमेश विकलले आˆनो विशेष परिचय 'नयाँ सडकको गीत' जस्ता कथासङ्ग्रह अविरल बग्दछ इन्द्रावती जस्ता उपन्यास, सातसूर्य एकफन्को जस्ता यात्रा संस्मरण, बालसाहित्य र हास्यव्यङ्ग्य, अनुवाद र आत्मजीवनीबाट बनाउनुभयो । यी सबै लेखनबाटै रमेश 'विकल' रमेश विकल बन्नुभयो । कुनै पीडा दुःख भोगेर होइन कि अरूले भिक्षु, गोठाले, पिडाली आदि राखेको देखेर उहाँले पनि 'विकल' उपनाम राख्नुभयो । यही नाम उहाँले आफैँ राखेको नाम रमेश विकल नै आज धेरैले चिनेको नाम बन्न पुग्यो ।
अनुदित अवस्थामै 'नयाँ सडकको गीत' कथा सङ्ग्रहका लागि मदन पुरस्कार पाउने रमेश विकलको पहिलो कृति २०१६ सालमा 'बिरानो देशमा' -कथा सङ्ग्रह) छापियो नयाँ सडकको गीत, एउटा बूढो भ्वाइलेन आशावरीको धूनमा, आज फेरि अर्को तन्ना फेरिन्छ, उर्मिला भाउजू, शव सालिक र सहस्र बुद्ध, हराएका कथाहरू प्रकाशित भइसके कथाकार रमेश विकलका । यस्तै उपन्यासकार विकलका सुनौली, अविरल बग्दछ इन्द्रावती, सागर उर्लन्छ सगरमाथा छुन जस्ता उपन्यासहरू अनि 'अब अगाडि बढ्नु, अझ अगाडि बढ्नु छ व्यङ्ग्य निबन्ध सङ्ग्रह प्रकाशित छ । सात सूर्य एक फन्को, नीलगिरी छायामा यात्रा संस्मरण, सप्तरङ्गी -२०३९), मान्छे, वैभव र मृत्यु -एकाङ्की सङ्ग्रह), सरदार भक्ति थापा मिल्किएको मणि पूणर्ाङ्की नाटकहरू प्रकाशित छन् उहाँका । मेरो अविरल जीवन गीत -भाग-१) आत्म जीवनीका स्रष्टा विकलका डेढ दर्जनभन्दा बढी बालसाहित्यका कृतिहरू प्रकाशित छन् । ज्याक लण्डनको उपन्यास अनुवाद गरी 'समुद्री हुँडार' पmान्स हुनियाको पीटर र ब्वाँसो आदि कृतिको अनुवाद पनि प्रकाशित भइसकेका छन् रमेश विकलका ।
मदन पुरस्कार, महेन्द्र प्रज्ञा पुरस्कार, नूरगङ्गा पुरस्कार, कृष्णमणि पुरस्कार आदि पुरस्कार लगायत विभिन्न साहित्यिक सङ्घ संस्थाबाट अभिनन्दित भइसक्नु भएका रमेश 'विकल' मूलतः नेपाली साहित्यमा कथाकार, उपन्यासकार, नाटककार, बाल साहित्यका स्रष्टा आदिका रूपमा चर्चित हुनुभयो । वामपन्थी राजनीतिमा सक्रिय भएर लाग्ने रमेश विकलले पटक-पटक थुनिनु पर्‍यो । कलाकारिता र सङ्गीतमा त्यत्तिकै रुचि लिने उहाँले प्रचार विभाग, जनक शिक्षा सामग्री केन्द्र, परीक्षा नियन्त्रण कार्यालय, पाठ्यक्रम विकास केन्द्रमा अनि त्रिभुवन विश्वविद्यालयमा प्राध्यापन गरी जीवनको आधा उमेर जागिरमै बिताउनु भयो । एउटा मान्छेले यतिबिघ्न क्षेत्रमा हात हाले पनि साहित्य क्षेत्रमा रमेश विकलको कलम निरन्तर चलिरहृयो, यस क्षेत्रमा उहाँले अविरल ध्यान दिनुभयो । प्रगतिशील लेखक सङ्घ, भैरव पुरस्कार गुठी, साहित्य सदन, नेपाल बालसाहित्य समाजका अध्यक्ष, प्राज्ञ सदस्य, साझा प्रकाशनका सञ्चालक आदि पनि हुनुभयो उहाँ । उत्साह जस्तो पत्रिकाको सम्पादक रमेश विकलले विभिन्न पत्र-पत्रिकाको सम्पादन पनि गर्नुभयो । आफूले जीवनमा आर्जेको सम्पत्तिबाट 'रमेश विकल प्रतिष्ठान' को स्थापना गर्ने रमेश विकलको योगदानको बारेमा थोरै शब्द खर्चेर पुग्दैन ।
अविरल बग्दछ इन्द्रावती भनेजस्तै रमेश विकलले अविरल चल्दछ जीवन भनेर लेख्नु भएन । उहाँलाई थाहा थियो-मृत्यु अवश्यम्भावी छ भनेर । उहाँलाई यो पनि थाहा थियो मान्छे उमेरले बाँच्ने होइन कीर्ति र कृतिले बाँच्छ भनेर । रमेश विकल कृतिले बाँच्नुहुन्छ- अविरल बाँच्नुहुन्छ, कीर्ति फैलाएर बाँच्नु भएको छ, अविरल बाँच्नुहुन्छ । विरानो देशमा जानु भएपनि अविरल बग्दछ इन्द्रावतीको माध्यमबाट बाँच्नुहुन्छ र बाँच्नुहुन्छ आˆना अन्य कृतिका माध्यमबाट । आˆना पाठक-शुभचिन्तक, हितैषी, परिवारजन सर्वत्र उहाँ अविरल सम्झिरहने नाम बन्नुभएको छ ।

प्यारो विजय दाइ

मञ्जुल

"विजय दाइ ! मैले तपाईंको कोही किन बर्बाद होस् पढेको छु ।" मैले खुशी भएर विजय दाइलाई भनेँ । विजय दाइ- नेपाली साहित्यका पि्रय कवि, उपन्यासकार, कथाकार र नाटककार नयाँसडकको पिपलबोटमुनि उभिनुभएको थियो । उहाँको नजिकै उभिएर, हुनसम्म खुसी भएर म उहाँसँग कुरा गरिरहेको थिएँ । त्यसरि कुरा गर्न पाउँदा मलाई गज्जबको आनन्द लागिरहेको थियो । त्यति बेर उहाँलाई हेर्दा मलाई लाग्यो- उहाँ एउटा विशाल पहाड हुनुहुन्छ । भव्य हिमाल । उहाँ कलकल गर्दै बग्ने नदी हुनुहुन्छ । अटुट नदी । विशाल आकाश हुनुहुन्छ । अपार निलिमा । उहाँ सूर्योदय हुनुहुन्छ । त्यस्तै सूर्यास्त । दुवै । उहाँ मनोहर इन्द्रेनी हुनुहुन्छ । घामपानी । उहाँ चराहरू हुनुहुन्छ र तिनीहरूको सुन्दर उडान । "कहाँ पढ्नुभएको ?" उहाँले उत्सुक भएर सोध्नुभयो ।
"भोजपुरमा ।" मैले भनेँ ।
"ओहो Û भोजपुरमा मेरो किताब पढ्छन् Û"
विजय दाइले यसरी आश्चर्य मानेर आˆनो किताब र भोजपुरको बारेमा आˆनो धारणा राखेको देख्दा म आफैँ आश्चर्यमा परेँ । इलाम, भोजपुर, पाल्पा, धरान, विराटनगर, वीरगञ्ज, जनकपुर, भद्रपुर त्यो बेला निकै नामी ठाउँहरू थिए साहित्यको लागि । विजय मल्ल जस्तो स्रष्टाका किताबहरू भोजपुरमा पढिनु कुनै आश्चर्यको कुरै थिएन । "पढ्छन् नि दाइ तपाईंका किताबहरू भोजपुरमा । मन पराएर पढ्छन् । मैले पनि भोजपुरमै पढेको ।"
मैले विजय दाइलाई मन पराउने भोजपुरका थुप्रै-थुप्रै पाठकहरूलाई सम्झेँ । ओहो Û कस्तो लोकपि्रय हुनुहुन्थ्यो उहाँ भोजपुरमा । भोजपुरका पाठकहरूको माझमा ।
यो कुरा आजभन्दा एकचालीस, बयालीस वर्ष अगाडिको कुरा हो । मलाई लाग्छ विजय दाइ काठमाडौँबाट तराईतिर त जानुभएको थियो होला -या जानुभएको थिएन मलाई थाहा छैन) तर पहाडतिर चाहिँ शायद जानुभएको रहेनछ । नत्र किन यस्तो कुरा गर्नुहुन्थ्यो होला र भोजपुरको बारेमा Û
भोजपुर जान त्यतिबेला त्यति सजिलो थिएन । आज त बाटो बनिसकेको छैन मोटरको, त्यति बेलाको कुरै के Û साहित्यकारहरूले नेपालमा घुमफिर गर्ने, भेटघाट गर्ने, विभिन्न ठाउँहरूमा गएर साहित्यिक सभा-गोष्ठीहरूको आयोजना गर्ने चलन पनि त्यत्ति बसिसकेकै थिएन ।
साहित्यमा कसैले केही गर्नु पर्‍यो भने ओइरिनु पथ्र्यो सबैले काठमाडौँमा ।
दिनहरू एकदम फरक थिए ।
नेपाली साहित्यका लागि कि थियो वातावरण काठमाडौँमा कि थियो दार्जिलिङमा त्यति बेला ।
विजय दाइसँग मेरो सङ्गत बढ्दै गयो । मैले उहाँको उपन्यास अनुराधा पनि पढेँ । उहाँका कथाहरू पनि पढेँ । पत्रिकामा छापिने नयाँ नयाँ कथाहरू पनि पढेँ । पत्रिकामा छापिने नयाँ नयाँ कथाहरू झन् पढ्थेँ । कथाहरूले पार्नु प्रभाव पार्थे मलाई । कविहरूमा त उहाँ र वाशुशशी दाइ मलाई खूब मनपर्ने कविहरू हुनुहुन्थ्यो ।
उहाँलाई अन्याय अत्याचार भनेको पटक्कै मन नपर्ने । उहाँ क्रान्ति र परिवर्तनको प्रेमी । नेपालीहरूमा पनि साह्रै ठूलो हृदय भएको नेपाली । यो कुरा पनि थियो - उहाँप्रति मलाई आकषिर्त गर्ने । अर्को कुरा जे लेखे पनि विजय दाइले एकदमै कलात्मक पाराले, साह्रै मन छुने गरी लेख्ने । प्रयोग गर्दा प्रयोगको लागि प्रयोग नगर्ने, मीठो गरी सुन्दर विचार व्यक्त गर्न प्रयोग गर्ने । यो कुराले पनि मलाई साह्रै आकषिर्त गथ्र्यो उहाँको लेखन प्रति । विजय दाइलाई मैले व्यक्तिगत भेटहरूमा, गोष्ठीहरूमा, ठूलाठूला सेमिनारहरूमा, अफिसरहरूमा भेटेको छु । दाइ मेरा लागि सधैँ एकसमान हुनुहुन्थ्यो । गज्जब Û
उहाँले मलाई माया गरेर भन्नुहुन्थ्यो - कसरी चिठ्ठीहरू लेखिए, कसरी प्रेमपत्रहरू लेखिए, कसरी कथाहरू लेखिए र कसरी लेखियो उपन्यास अनुराधा । उहाँले आत्मीय भएर ती सब कुराहरू गर्दा मलाई लाग्नु आनन्द लाग्थ्यो । धेरै भाइ बहिनीहरू मलाई आफूभन्दा साना भाइ बहिनीहरूलाई माया गर्ने, उनीहरूसँग मिल्ने दाइको रूपमा लिन्छन् । तर मैले मेरा अग्रज दाइ र दिदीहरूबाट जुन माया पाएँ त्यो वा त्यस्तो माया मैले आफूभन्दा साना भाइ बहिनीहरूलाई दिन सकेकै छैन ।
एकदिन भर्खर भर्खरै उघि्रँदै गरेको बिहानी । म रानीपोखरीतिर आउँदै थिएँ विजय दाइ ठमेलतिर जाँदै हुनुहुन्थ्यो । ठ्याक्क भेट भयो हाम्रो राष्ट्रिय नाचघरतिर । मलाई साह्रै माया गरेर भन्नुभयो, "मञ्जुल भाइ Û मैले छेकुडोल्मा पढेँ नि- एकसासमा । थालेपछि नरोकीकन ।" अझ मायालु भएर बडो स्नेहले भन्नुभयो, "नबुझनिे शब्द एउटै छैन । पढ्दा नमीठो लाग्ने वाक्य पनि एउटै छैन । सुन्दर छ अत्यन्त सुन्दर Û" अनि मुसुक्क हाँसेर भन्नुभयो, "तर मैले क्यै बुझनिँ भाइ ।" अनि जोडले हाँस्नुभयो ।
एउटा कुरा विजय दाइको बारेमा मलाई भन्न मन लागेको छ । यदि म रङ्गकर्मी वा नाट्य-निर्देशक भएको भए उहाँको पाटनलाई साथै परेवा र कैदीलाई नाट्यरूपमा जरुर मञ्चन गर्ने थिएँ । कालजयी नाट्यकृति हुने थिए ती । तिनीहरूलाई मञ्चितरूपमा हेरेर नरुने को हुन्थे होला Û ती कथाहरूले छिट्टै पाए हुन्थ्यो अशेष मल्ल, सुनिल पोखरेल वा अनुप बरालजस्ता नाट्य-निर्देशकहरू ।
म सिनेमा बनाउन जान्ने भए त सिनेमामा ढालिहाल्थेँ यी दुई कालजयी कृतिहरूलाई ।
मैले विजय दाइको कुमारी शोभा कस्तो मन पराएर पढेको थिएँ । एकेडेमीबाट छापिएकोमा दुःख पनि मानेको थिएँ किनकि त्यहाँबाट छापिएका कृतिहरू एक संस्करणदेखि दोहोरिएर छापिँदा रहेनछन् । कस्तो नराम्रो ।
कुनै राम्रासे प्रकाशनले विजय दाइको रचना-समग्र निकालिदिए कस्तो राम्रो हुन्थ्यो होला Û त्यसरी घैंटोमा घाम लाग्ने प्रकाशकहरू कहिले पाइएलान् नेपालमा पनि Û आजभोलि पनि म विजय दाइलाई मेरो हृदयको ढोका घरक्क खोलेर नयाँसडकको पिपलबोटतिर जाँदै गरेको देख्छु- भेटन् नयाँ नयाँ स्रष्टाहरूलाई ।

एउटा विरानो देशमा विकल सर र पुरानै नयाँ सडकमा हामी

वसन्तप्रकाश उपाध्याय

शायद अविरल बग्दैन जिन्दगी । जिन्दगीले कुन मोडमा कहाँ पुगेर 'फुलस्टप' लगाउँछ पत्तो नै हुँदैन । जिन्दगीभन्दा बरू दिगो हुँदोरहेछ इन्द्रावतीको वहाव । यही तथ्य प्रमाणित गर्नुभयो । रमेश विकलले । इन्द्रावती झै उहाँ अविरल बग्न सक्नुभएन ।
जीवन स्पन्दित भएर साहित्यकार रमेश विकल हामीबीच हामीलाई खबरदारी गर्न उपलब्ध नभए पनि उहाँको सिर्जनात्मक सुकीर्ति कहिलै मर्नेछैन । यसैकारण अजर, अमर अस्तित्वको प्रत्याभूति कवि लेखकका रूपमा जसरी रमेश विकलको नाममाथि गर्नसकिन्छ, उसैगरी मुलुकको नेपाली वाङ्मयले उहाँको उपस्थितिलाई कहिले बिर्सन र नकार्न सक्नेछैन ।
दावी र विश्वासका कुरा पृथक् पृथक् हुन्छन् । विकल सरदेखि रामेश्वर चालिसेको चिनारी, बालमनोविज्ञानसँगै प्रगतिवादी साहित्यको लेपन जे जे भनिए पनि ध्रुवसत्यको सूर्यमा फन्काहरू जस्तै भ्वाइलिनका धूनहरूमा उहाँ भेटिनु हुनेछ । खासगरी साहित्यिक मन, मस्तिष्क र मुटुले अनुभूत नगरी रमेश विकललाई साङ्गोपाङ्गो नाप्न सकिँदैन ।
काव्यात्मक अनुभूतिको स्वप्निल दस्तावेजरूपि कथाहरू, सङ्गत-विसङ्गत विगत- वर्तमानका नाट्यशिल्पसँगै आगतको सुन्दर-सपाट चित्र कोर्न खप्पिस साहित्यकार विकलको बहुआयमिक सफलता खुद्रा मानसिकता र ढुकुरे छात्तीले आँक्न र नाप्न सकिँंदैन । यो जगजागेर प्रसङ्ग हो ।
नेपाली वाङ्मयका हरेक विधागत विविधतामा उहाँको संलग्नताकै कारणले हुनुपर्छ एकपटक साहित्यकार लीलबहादुर क्षेत्रीले आˆनै लवजमा गरेको टिप्पणी म सम्झन्छु । साहित्यकार क्षेत्रीले भन्नुभएको थियो 'यो मान्छे' उतातिर जन्मेको भए उसले 'डल्लै' दुनियाँ खान्थ्यो बुझनुभो त । त्यतिखेर म 'मधुपर्क' मासिक पत्रिकामा कार्यरत थिएँ र भेटघाट क्रममा साहित्यकार क्षेत्रीलाई मनपर्ने नेपाली लेखको नाम र कारण सोध्दैथिएँ ।
ब्रहृमपुत्र छेउछाउका ती सरस्वतीपुत्र जस्तै अविरल बग्ने इन्द्रवतीको शब्दचित्र उतार्ने उन्नायक रमेश विकलका कैयौँ सिर्जनाले 'पुरा-भारतीय उपमहाद्वीप मात्र नभएर समग्र विश्व साहित्य इतिहासमा नै प्रभावी उपस्थिति प्रमाणित गर्नसक्ने खुवी भएको बताउनेहरू पनि कम छैनन् । हाम्रो दुर्भाग्य र त्यसैको आत्मग्लानिपूर्ण नियति कस्तो देखिएको छ भने हामीले बसन्तऋतु नआइकन कहिलै काग र कोइली छुट्याउनै सकेनौँ ।
अझ खासगरी नेपाली वाङ्मयको सन्दर्भमा त काग र कोइली वसन्तऋतु आउँदा पनि धेरै कम छुट्टनिसकेको छ भने अधिकांश कोइली कोटिका स्रष्टाहरूको परख मृत्युशैय्यामा चढिसकेपछि मात्र हुनसकेको छ । यही तथ्यको पुष्ट्याइँ धेरै तह र तप्काबाट हुन्छ नै । राज्य संयन्त्रलाई छाडेर स्थानीय र वाङ्मयसाधकका दृष्टिले गरेको सत्प्रयासलाई हेर्ने हो भने 'विकल सर'ले भने सशरीर र भौतिकरूपमा धेरै विडम्वनालाई चिर्ने सुअवसर पाउनु भएको पाइन्छ । जन्मस्थानका दृष्टिले काठमाडौँ, आरूबारी र जोरपाटी क्षेत्रका उत्साही साहित्यकारहरूसँगै थुप्रै शुभेच्छुकहरूका कारण उहाँको नाममा गरिएको र देखाइएको समर्पण उल्लेखनीय यथार्थ प्रतीत हुन्छ ।
सायद यही यथार्थबोध र वास्तविकतालाई आत्मसात गरेरै हुनुपर्छ रमेश विकलले तथाकथित प्राज्ञहरूको थलोको रूपमा चिनिने भूमिको श्रद्धाञ्जलि खोज्नुभएको रहेनछ । आˆना सिर्जना जस्तै सरल, शालिन र सौम्य जीवनशैली रूचाउनुहुने साहित्यकार विकलले मृत्युपछि एउटा विरानो देशमा जाँदाजाँदै पनि उही तामझाम वेगरकै शिष्ट सोच संस्कार रूचाउनुभयो । यसैकारण त उहाँ बाँचुञ्जेल मात्र नभएर मृत्युपर्यन्त पनि एउटै चिनारी उभिनुभयो, यति भन्न सकिन्छ ।
एउटा संयोग साहित्यसँगै चित्रकारिता अनि चित्रकारिता पछि गीत-सङ्गीतको सौखिन उहाँका स्वभावलगायत कैयौँ दैनिन्दिय हामी थाहा पाउँछौँ । साहित्यिका विकलका लेखन मार्फत् उठाइएका मुद्दाहरूका पीडा र परिस्थिति केलाउन अनि उहाँले उठाउनु भएका दृष्टिकोण र मान्यताहरूलाई नजिकबाट चिन्नु हुने र बुझ्नुहुने साहित्यकार एवं अग्रज पत्रकार विजय चालिसे जो नाताले साहित्यको विकलका जेष्ठ सुपुत्र हुनुहन्छ । उहाँका कारण हामी गोरखापत्रमा कार्यरतहरूका लागि सदैव एउटा पारिवारिक सदस्य कै रूपमा दर्जनौँ दर्जन पटक साहित्यकार विकलसँग जम्का भेट हुँदै रहृयो । मधुपर्कदेखि गोरखापत्र र युवामञ्चलगायत मनोरम अप्सरामा समेत आफूले सम्पादन सहकर्मीका रूपमा उहाँको आलेख प्रकाशनार्थ माग्दा सधैँ साहित्यकार विकलले हामीलाई उत्साही गराइरहनु भयो । एक प्रकारले हाम्रा लागि त उहाँ त्यस्तो लेखक, साहित्यकारका रूपमा हुनुहुन्थ्यो जो 'नयाँ सडकको गीत' लाई प्राथमिकताकासाथ ताजगी बनाउन चाहनुहुन्थ्यो भन्ने लाग्छ । शायद समय, परिस्थिति र देश-काललाई पनि यस्तै मञ्जुर भएको हुनुपर्छ । यसैकारण त हिजोको 'नयाँसडक' आज न्यूरोड भए पनि प्रकरान्तरले नयाँ नेपालको प्रारूपमा फेरि नयाँसडक बन्ने तरखमा भएझँै लाग्छ । यद्यपि आउँदा दिनमा फरक यत्ति मात्र हुनेछ न्यूरोडले पुनः नयाँसडकको संरचनामा गीत गाए पनि विकल सरले त्यसलाई देख्न र लेख्न पाउनु हुने छैन । तैपनि हामी सम्भिmरहनेछौँ उहाँलाई । अलिविदा विकल-सर

रामेश्वर, रामबाबु, रवि अनि रमेश

गोविन्दप्रसाद घिमिरे 'वेदमणि'

नेपाली साहित्यमा शिखर पुरूषको रूपमा साठी वर्षसम्म चम्किलो तारा भएर चम्किएका रामेश्वर चालिसे, रामबाबु, रामदाई रवि चालिसे, रवि बाबु हुँदै विकल उपनाम लिएका रमेश विकल नामको तारा यही पुस २ गते दिनको ३ बजे सारा शुभेच्छुक तथा आफन्तजनलाई निराशा र अन्धकार बनाउँदै अस्त भयो । आख्यानकार, नियात्राकार, बाल कथाकार, चित्रकार तथा सङ्गीतकारका रूपमा परिचय कमाएका विकलको एकासी वर्षको उमेरमा देहावसान भयो । जोरपाटीको आरूबारीमा जन्मेर विविध कार्यक्षेत्रमा संलग्न भै अन्तर्राष्ट्रिय ख्याति आर्जन गर्न सफल विकललाई गुमाउँदा समस्त जनता मर्माहत भएका त छँदैछन् वाङ्मयको क्षेत्रमा सक्रिय हुनेहरूका लागि झन दुखद बनाएको छ ।
उहाँको शालीन स्वभाव, मधुर वचन र सादा जीनव शैली सबैका लागि अनुकरणीय छ । उहाँले कहिल्यै आफूलाई घमण्डको घेरा भित्र राख्नु भएन । कहिल्यै ठूलो बनेको व्यवहार गर्नु भएन । झन् लेखन कलाले त जोसुकै पाठकहरूको मन छुने गर्दथ्यो । दुःखित पीडितहरूको भावना कोरिदिएकोमा उनीहरूले सह्राहना गर्थे । त्यसैले उहाँ यति धेरै लोकपि्रय बन्नु भयो कि उहाँको अनुपातमा अन्य आख्यानकारहरूको ओजन कम हुँदैगयोे ।
उहाँका अविरल बग्दछ इन्द्रावती, नयाँ सडकको गीत, एउटा बूढो भ्वाइलेन, आशावरिको धूनमा जस्ता दुईदर्जनभन्दा बढी कृतिहरू छन् र यिनेै कृतिहरूले उहाँलाई चम्काइरहने छन् लाखौँ वर्षसम्म साहित्याकाशमा । विकलले आˆनो जीवनमा लेखेका कृतिहरूका बारेमा आगामी दिनमा चर्चा परिचर्चा हुने नै छन् ।
२०४१ सालतिरनै हास्य व्यग्य विधाको विकास गर्ने उद्देश्य लिएर देशका ख्यातिप्राप्त यसै जोरपाटी गा.वि.स.का हास्य व्यङ्यकार भैरव अर्यालको सम्झनामा उहाँको नाममा भैरव पुरस्कार गुठीको स्थापना गरी पुरस्कार वितरण गर्ने कार्यको थालनी गर्नुभयो । उहाँको कार्यकालमै जोरपाटी २ को नयाँ वस्ती भैरव स्मृति
भवन वडानं. ५ मा भैरव पुस्तकालयको स्थापना भै सञ्चालन भैरहेको छ । भैरव अर्यालको अर्धकदको प्रतिमालाई जोरपाटीको मुख्य चोकमा स्थापना गराउन ठूलो भूमिका निर्वाह गर्नु भयो ।
विकल प्रगतिशील लेखक सङ्घको साझा प्रकाशन सञ्चालक समितिका सदस्यमा निर्वाचित हुनुभयो नेपाल प्रज्ञा प्रतिष्ठानको सदस्यमा मनोनित भै प्राज्ञको भूमिका पनि पूरा गर्नु भएको छ । २०५८ सालमा स्थापना भएको अभिनव साहित्य समाजको स्थापना र कार्यक्रममा सुरूदेखिनै संलग्न रही मानार्थ सदस्यको हैसियतले हरेक महिनाको अन्तिम शनिबार यस संस्थाले आयोजना गर्ने कार्यक्रममा आˆना अन्य कार्यक्रम बारे सहभागी हुने गर्नुहुन्थ्यो । कात्तिक महिनाको भाईटीकामा जन्मेका विकलको जन्मदिनको उत्सव हरेक वर्षझै अभिनवले सोही महिनाको अन्तिम शनिवार २०६५ कात्तिक २८ गते आयोजना गरेको थियो र विकल कार्यक्रममा सहभागी भई सम्बोधन गर्नु भएको थियो । विकलले बालसाहित्य पुरस्कार आˆनै हातले प्रदान गर्नुभएको थियो । तर दुर्भाग्य सो सम्बोधनलाई रेकर्ड गरिएन तर उहाँको तस्वीरहरू भने क्यामरामा कैद गरिएको छ । यो उहाँको यो नै अन्तिम औपचारिक कार्यक्रममा सहभागी हुन गयो ।
आख्यान साहित्यमा नयाँसडकको गीतबाट २०१८ सालमा मदन पुरस्कार पाउनु भएपछि उहाँको ख्याति बढ्दैगयो देश विदेशमा । पछि बाल साहित्य र नियात्रा साहित्यमा पनि उहाँको कलम उहाँको अघि बढ्दैगयो सो विधामा पनि त्यत्तिकै नाम उहाँको रहृयो फलस्वरूप महेन्द्र प्रज्ञा पुरस्कार, नूर गङ्गा पुरस्कार, कृष्णमणि पुरस्कार जस्ता विभिन्न पुरस्कार र सङ्घ संस्थाहरूबाट विविध मान सम्मान पाउनु भयो केही वर्ष अघि भारतीय पूर्वी राज्य सिक्किमका मुख्य मन्त्री पवनकुमार चाम्लिङ्बाट पनि सम्मानित हुनुभयो ।
अभिनव साहित्य समाजले उहाँको नाममा विकल वाल साहित्य पुरस्कारको स्थापना गरेको छ । यसरी गाउँको एक किसान परिपारमा जन्मेका रामेश्वर चालिसे, रामबाबु रमेश विकल हुँदै देहावशान हुनुभन्दा सात दिन अघिसम्म कलम चलाउँदै आफूलाई पूर्णरूपेण देश र जनताप्रति समर्पित गर्नु भयो र सबै बीच लोकपि्रय पनि रहनुभयो । उहाँले साहित्यिक संस्थाबाट जति सम्मान प्राप्त गर्नुभयो सरकारी निकायबाट भने उपेक्षित नै रहनु भयो । प्रगतिवादी लेखकको खोल ओडेको भन्दै आफूलाई प्रजातन्त्रवादी पक्षधर भन्न रूचाउनेहरू प्रायः सत्तामा भएको कारण पनि उहाँ उपेक्षित भएको अनुमान गर्न सकिन्छ ।
इच्छाहरूको कुनै सीमा हुँदैन । सीमित आयु, सीमित साधन तथा अवसरहरूले अनेकौँ इच्छामध्ये केहीमात्र पूरा हुन्छन् र त्यसैमा मानिसले सन्तोष गर्नु पर्दछ । विकलका पनि धेरै इच्छा थिए होलान् तीमध्ये केही इच्छाहरू उहाँले सबै सामू व्यक्त गर्नु हुन्थ्यो जस्तै साहित्य सदन नेपालको हाताभित्र साहित्याश्रम निर्माण गर्ने जहाँ नेपाल र विदेशबाट आएका कमजोर आर्थिक स्थिति भएका साहित्यसाधकहरूलाई केही दिन आराम गर्ने स्थल बनोस् । हाल अन्तिम अवस्थामा पुगेको हलको उद्घाटन प्रधानमन्त्रि प्रचण्डबाट गराउने र साहित्यिक गतिविधिको अवगत प्रधानमन्त्रीलाई गराउने उहाँको इच्छा पूरा हुन पाएन ।
अन्य थप इच्छाहरूमध्ये मेरो अविरल जीवन गीत दोश्रो खण्डको लेखनकार्य पूरा आँफैले गर्ने थियो । पहिलो खण्ड प्रकाशित भैसकेको छ र सो खण्डमा उहाँले २००७ सालसम्मका आˆना जीवनका परिघटनाहरूलाई समावेश गर्नु भएको छ । त्यसपछिका घटनाहरूलाई समावेश गरेर दोश्रो खण्ड लेख्न सुरू गर्नुभएको र करीव १०० पेजसम्म लेखिसकेको कुरा गर्नु भएको पनि थियो तर त्यसलाई बीचैमा छाडेर अङ्ग्रेजी भाषामा लेखिएको बालकथालाई अनुवाद गर्न थाल्नु भयो त्यो पनि पूरा भएन । अधूरै रहन गयो ।

Sunday, December 21, 2008

गाउँले जीवन सहरी सपना- डा. चैतन्य मिश्र

युवाका पाँच पुँजी
नेपालमा युवा भिन्न-भिन्न प्रकारका छन्, यो स्वाभाविकै हो । युवा कसरी भिन्न-भिन्न प्रकारका भएका हुन् त ? यसको जवाफ खोज्न उनीहरूसँग के-के उत्पादनका साधन र क्षमता छन्, उनीहरूसँग चल-अचल सम्पत्ति र पुँजी कति छ भन्नेबारे वर्गीकरण गर्नु उपयुक्त हुन्छ । सामान्यतः नेपालका युवालाई पाँचथरी युवामा वर्गीकरण गर्न सकिन्छ : पुँजीका आधारमा, उत्पादनका साधन-स्रोतको आधारमा । उनीहरूको अधीनमा उत्पादनका साधन र स्रोत कति छ भन्ने आधारमा वर्गीकरण गर्नुपर्छ । म नेपालका युवामा पाँचथरी स्रोत-साधन छ भन्ठान्छु । लामो समयसम्म स्रोत-साधन भनेको कृषि जमिन नै रहेको थियो, कृषिको उत्पादकत्व नै रहेको थियो । अहिले पनि पहिलो र मुख्य स्रोत-साधन भनेको जमिन नै हो तर अहिले अरू धेरै नयाँ-नयाँ स्रोत-साधन निर्माण भइरहेका छन् । पहिले भएका स्रोत-साधनको विस्तारीकरण पनि भइरहेको छ । तीमध्ये जग्गा-जमिनभन्दा पनि महत्त्वपूर्ण हुने खालको स्रोत-साधन भनेको शिक्षा र सीप हो, जसको आधारमा युवाले जीविकोपार्जन गर्न सक्छन् । नेपालमा नयाँ शिक्षा व्यवस्था लागू भएपछि धेरै विद्यालय खुले । ०२८ सालदेखि यो व्यवस्था लागू भएपछि गाउँ-गाउँमा स्कुलको जालो फैलियो । त्यसैगरी शिक्षकहरूको आन्दोलनले गर्दा पनि शिक्षाको विस्तार भयो । यसरी हेर्दा युवाको 'करियर'का लागि महत्त्वपूर्ण स्रोत-साधनमा पहिलो जग्गा-जमिन र दोस्रोमा शिक्षा हुन आउँछ । तेस्रोमा आउँछ, केही युवाका लागि पुँजी । केही युवाले पुँजी परिचालन गरेर करियर विकास गरेका छन् । शिक्षा र जग्गा-जमिन नभए पनि उनीहरूले पुँजीको भरमा क्षमता देखाएका छन्, तर यो तप्का ज्यादै सीमित छ । चौथो स्रोत-साधन हो, केही युवामा भएको पुस्तैनी उद्यमशीलता वा व्यवस्थापकीय सीप । र, पाँचौं स्रोत-साधन हो सामाजिक पुँजी । नेपालमा महिलाको भन्दा पुरुषको सामाजिक पुँजी बढी छ । अरू सबै लिंग र जातको भन्दा बढी दलितसँग सामाजिक पुँजी कम छ । यी पाँचवटा पुँजीका आधारमा नेपालका युवालाई विभिन्न तह र तप्कामा विभाजन गर्नुपर्ने हुन्छ ।
गाउँको केटी विवाह गर्ने केटा-केटीको बीचको उमेर समान हुनुपर्छ भन्छन् अनि पढाइ पनि समान । त्यसो हुनुका दुइटा कारण छन् । एउटा कारण, उनीहरु धेरै युवा छन्, उनीहरुलाई दुई वर्ष जेठो पनि बूढो लाग्छ ।
युवाको भविष्य बनाउन र जीविकोपार्जनका लागि यी र यस्ता स्रोत-साधन र पुँजी चाहिन्छ । यी स्रोत-साधन र पुँजी कोहीसँग धेरै छ, कोहीसँग कम छ, कोहीसँग छँदै छैन । स्रोत-साधन र पुँजी हुनु वा नहुनुमा गरिबपना, दुर्गमपना, महिलापनाले असर गर्छन् । युवाको सपना पनि यिनै स्रोत-साधन र पुँजीको आधारमा बनेको छ । विशेष गरी आजकलका युवाको सपना शिक्षा र सीपतिर केन्दि्रत छ । तैपनि आधाजति युवा कृषि र जमिनतिर नै छ । तर, धेरै युवाको चाहना कृषि र जमिनबाट शिक्षा र सीपतिर नै ढल्किँदै गएको छ ।गाउँले युवा र अभिभावकको चाहनागाउँमा गएर अध्ययन-अनुसन्धान गर्दा देखिन्छ, युवा मात्र होइन, बुढाबुढीसमेत आफ्ना छोराहरू गाउँमा बसून् भन्ने चाहँदैनन् । सत्तरी वर्ष पुगेका मानिसलाई पनि छोराहरू कहिलेकाहीँ बिरामी हुँदा गाउँमा बसिदिए हुन्थ्यो भन्ने लाग्दो हो तर पनि यहाँ बसेर उन्नति हुँदैन भन्ने तथ्य उनीहरूले बुझेका छन् । युवा र अभिभावकको सोचाइमा केही समानता र भिन्नता छ । ६० वर्षका बुढा पनि छोराहरू सहरमा बसून् भन्छन् र युवाले पनि त्यही सोच्छन् । उनीहरू छोराहरू गैरकृषि पेसामा लागून् भन्छन् र छोराहरू पनि त्यही चाहन्छन् । अधिकांश अभिभावक पनि त्यही ठान्छन् । युवा र अभिभावकको सोचाइमा केही फरक पनि छ । अभिभावकको धारणा छ, अचेलका युवा पहिलेजस्तो आदर गर्दैनन्, उनीहरू पहिलेभन्दा स्वार्थी भएका छन् । त्यसलाई अर्का अर्थमा लिने हो भने स्वार्थी बन्न बाध्य छ युवा, किनभने युवाका काँधमा नयाँ संसार, बाबुबाजेले सृजना नगरेको संसार निर्माण गर्नुपर्छ, नयाँ ठाउँमा काम गर्नुपर्छ, नयाँ चिज पढ्नुपर्छ र खासगरी आम्दानीको नयाँ स्रोत निर्माण गर्नुपर्छ । यसरी बाबुआमाबाट छुट्टएिर बसेपछि उनीहरूको सम्बन्ध पहिलेजस्तो प्रगाढ हुँदैन, यो सही कुरा हो । त्यसमा बूढाहरूले चित्त दुखाए पनि सहरमा बस्ने कुरामा, पढ्ने कुरामा सीप सिक्ने कुरामा उनीहरूको चित्तदुखाइ वा मतभिन्नता देखिँदैन । दुईछाक हातमुख जोड्ने चिन्ताबाहेक १५-२० वर्षसम्मका केटाकेटीका बाबुआमाको अर्के चिन्ता हो, बच्चाले पढेका छन्/छैनन् ? स्कुल-क्याम्पसमा जान्छन् कि जाँदैनन् ?युवालाई गरिखान देऊखासगरी नयाँ पुस्ता अगाडि बढ्न खोजिरहेको छ, तर केही नकारात्मक कुराले उनीहरूलाई कठालो समातेर पछाडि तानिरहेका छन् । अहिले गरिखाने नयाँ पुस्ताको उदय भइरहेको छ, जो बाउबाजेको जमिन छाडेर आएको छ । आफैँ पौरख गर्छु भनेर, म आफ्नै बलबुताले केही गर्छु भनेर जमिनको बन्धनबाट बाहिर आएको छ । आफैँले, आफ्नै पौरखले नयाँ स्रोत-साधन खडा गर्छु भन्ने युवापुस्ता देखिएको छ । यस्तो युवा जमात बढ्दै गएको छ । धेरैभन्दा धेरै युवा यस्तो सपना बोकर अगाडि आउँदै छन् । यसको मतलब फेरि कृषिमा युवा हुँदैनन् भन्ने होइन । तर, पहिलाको भन्दा ज्यादै कम युवा गाउँमा कृषि पेसामा हुन्छन् । अब कल्पनाको हिसाबले, सपनाको हिसाबले त विरलै युवा गाउँमा रमाउँछन् । अबको चुनौती के हो भने कसरी यी युवालाई सम्बोधन गर्ने, कसरी उनीहरूका सपनालाई सम्बोधन गर्ने ? खासगरी राजनीतिक नेता, सामाजिक नेता र व्यापारीको दायित्व हो ः यस्ता प्रश्नलाई सम्बोधन गर्नु । उनीहरूले गरिखान्छु भन्ने युवालाई गरिखान दिनुपर्छ, गर्ने ठाउँ पनि दिनुपर्छ । बजारसम्म पहँुच नभएका गाउँका युवाको पनि चाहनाचाहिँ सहर नै आउने रहेको छ । पुराना बाबुबाजेले गरेको खेतीपातीमा रमाउँदैनन् अबका युवा । अहिले सूचना र सञ्चारको विकासले गाउँका युवा र सहरका युवाको सपनामा त्यत्ति धेरै फरक छैन । भर्खरै हामी गाउँ गएर र्फकेका थियौँ, जहाँका युवायुवतीसँग कुरा गर्दा उनीहरूका सपना र चाहना अनि सहरका युवायुवतीका सपना र चाहनाका बीचमा खासै फरक पाइएन । पहिला जति फरक हुन्छ भनेर सोचेका थियौँ, त्यति फरक रहेनछ । आजकाल पहिलाजस्तो सहर छुट्टै छैन, गाउँमा सहर पसिरहेको छ । त्यसकारणले सहरको सञ्चार दैनिक रूपमा गाउँमा भइरहेको हुन्छ । सहर र गाउँमा पहिलेको जस्तो दूरी छैन, सोचाइमा पनि फरक छैन । हामीले स्कुले केटीसँग कुरा गर्दा विवाह गर्ने विषयमा सहरका केटीभन्दा बढी समानताको वकालत गर्ने हदसम्मको चेतना पायौँ । उनीहरू विवाह गर्ने केटा-केटीको बीचको उमेर समान हुनुपर्छ भन्छन् अनि पढाइ पनि समान । त्यसो हुनुका दुइटा कारण छन् । एउटा कारण, उनीहरू धेरै युवा छन्, उनीहरूलाई दुई वर्ष जेठो पनि बूढो लाग्छ । १४-१५ वर्षका केटीलाई १८ वर्षको केटा पनि बूढो लाग्छ । अर्को कारण हो, नयाँ युगको सुरुवात हुनु । सहरका स्कुल-कलेजमा पढ्ने केटीहरूभन्दा उनीहरू चार/पाँच वर्षले भए पनि कान्छा छन् । अब युवाको सपनाको कुरा गर्दा टाढा र नजिकको भन्ने कुराको अर्थ रहेन, गाउँ र सहर, सुगम र दुर्गम भन्ने पनि रहेन, पहिलेजस्तो । दूरी मेटिँदै छ, सम्बन्ध बढ्दै छ र समानता सघन हुँदै छ । त्यसकारण यी पाँचथरी युवाका सपनालाई सम्बोधन गरेर सहज जीविकोपार्जनका लागि सक्षम गराउनु नै अहिले मुख्य चुनौती हो । उनीहरूको जीविकोपार्जनको क्रममा उत्पादकत्व बढाउनु नै मुख्य चुनौती हो । जो युवा कृषि पेसामै लाग्न चाहन्छन्, उनीहरूको जीविकोपार्जन सहज पार्न कृषिलाई बजारसम्म जोड्नुपर्छ र व्यवसायीकरणका लागि अहिलेभन्दा धेरै काम गर्नुपर्छ । अर्को धेरै ठूलो पंक्ति छ, शिक्षामा लाग्नेहरूको । बच्चादेखि युवा विद्यार्थीको हिसाब गर्ने हो भने अहिले नै ८० लाख युवा छन् शिक्षा क्षेत्रमा । उनीहरूका लागि अवसर दिने कुरा मुख्य चुनौती हो । नेपालमा अहिलेको शिक्षा पहिलेभन्दा धेरै सुधार भएको छ । मुख्यतः काठमाडौंंको शिक्षाको स्तर राम्रो भएको छ । काठमाडौंबाहिरका युवालाई समेत सम्बोधन गर्ने हो भने आगामी पाँच वर्षमा काठमाडौंको शिक्षाको स्तरसम्म विकास गर्नुपर्छ । दुर्गमलाई त्यो स्तरमा ल्याउन गाह्रो भए पनि सबै जिल्ला सदरमुकाममा त्यो स्तरको शिक्षा पुर्‍याउने र अर्को १० वर्षमा सबै जिल्लाका गाउँ-गाउँमा पुर्‍याउन सकेमा महत्त्वपूर्ण उपलब्धि हासिल हुनेछ । त्यहाँका बालबालिकाले काठमाडौंको शैक्षिक स्तर पाए भने त्यो नेपालका लागि विचित्रको महत्त्वको उपलब्धि हुनेछ । त्यसले नयाँ नेपाल निर्माणका लागि साँच्चिकै बलियो आधार तय गर्नेछ, सीप, जोस, जाँगर, अठोट सबैमा बलियो जग हाल्छ । त्यसो गर्न सकेमा देशका हर क्षेत्रमा कृषि र गैरकृषि क्षेत्रमा ठूलो र राम्रो असर पर्छ, उत्पादकत्व पनि वृद्धि हुन्छ । सूचना र सञ्चारका लागि पनि खासै समस्या हुँदैन, सहजै सर्वत्र संवाद हुन्छ । अनि, हामी वास्तविक रूपमा अर्कै संसारमा पुग्न सक्छौँ- सोचका आधारमा, ज्ञानका आधारमा र सीपका आधारमा । सबै क्षेत्रमा लोकतान्त्रीकरणयसरी फड्को मार्नका लागि गर्नुपर्ने पहिलो काम हो- शैक्षकि क्षेत्रमा जबर्जस्ती हस्तक्षेप । हस्तक्षेप भनेको नकारात्मक हस्तक्षेप होइन । काठमाडौंको स्तर गाउँ-गाउँमा पुर्‍याउनका लागि सकारात्मक हस्तक्षेप गर्नुपर्छ । गर्नुपर्ने दोस्रो काम हो- राजनीतिक रूपले लोकतान्त्रीकरण । राजनीतिको आधारभूत कुरा भनेकै लोकतन्त्र हो । लोकतन्त्रीकृत राजनीति र आलोचनात्मक चेतयुक्त शिक्षा भएन भने मान्छेले प्रश्न गर्न छाड्छन् र समाज, राजनीति र शिक्षा पुरानै हुन्छन् । हामीलाई पुरानो शिक्षा होइन, नयाँ शिक्षा चाहिन्छ, जसले विद्यार्थीलाई क्रियाशील बनाउने र स्थानीय मानिसले प्रश्न गरिरहने काम गर्छ, जसले सिंहदरबारको मान्छेलाई, जिल्लाको मान्छेलाई, भोलि प्रदेशको मान्छेलाई प्रश्न गरेर जवाफदेही बनाउँछ । यस्तो काम जागरुक नागरिक बनाउने राज्यव्यवस्थामा मात्रै यसखालको शिक्षा सम्भव हुन्छ । थिचोमिचो गर्ने वा एकतन्त्र लागू गर्ने सरकारले यस्तो शिक्षा प्रदान गर्न सक्दैन, त्यसरी शिक्षा विस्तार पनि गर्न सक्दैन । युवाको सपना पूरा गर्नका लागि पहिलो सर्त हो, शिक्षा र राजनीतिको लोकतान्त्रीकरण । दोस्रो सर्त हो, शिक्षा क्षेत्रको जागरुकता र साधन विस्तार । तेस्रो सर्त हो, अर्थतन्त्रको विकास र विस्तार । त्यसो नभएमा शिक्षित बेरोजगारले पढेर के हुन्छ भन्न थाल्छन् । नयाँ शिक्षा व्यवस्थाले पनि एक जमानामा प्राविधिक शिक्षालाई जोड दिएको थियो । तर, मान्छेले प्राविधिक शिक्षा पढेर पनि केही भएन, किनभने अर्थतन्त्रको विकास भएन । प्राविधिक ज्ञान मात्र भएर हुँदैन, त्यसलाई उपयोग गर्नसके मात्र ठोस उपलब्धिमूलक काम हुन्छ । त्यसैले शिक्षा र राजनीतिको समग्र लोकतान्त्रीकरण, शिक्षाको जागरुकता र अर्थतन्त्रको विकास भएमा मात्र युवाको सपना पूरा हुन सक्छन्, नत्र सम्भव छैन । अहिले विशेष गरी सहरी क्षेत्रका युवाको चाहना विदेश जाने काममा केन्दि्रत हुनु स्वाभाविक हो । त्यसलाई राष्ट्रियताको सीमित दायरामा कैद गरी युवा-सपनाको खोइरो खन्नु जायज देखिँदैन । पचास वर्षअघि जब औपनिवेशिक युगको अन्त्य भएको थियो, त्यसबेला राष्ट्रियताको प्रादुर्भाव र विकास चरम रूपमा भएको थियो । किनभने राष्ट्रिय स्वाधीनता नभएको कारण त्यसबेला आममान्छेमा राष्ट्रियताको भाव जागरुक हुनु जरुरी थियो । तर, अहिले त्यस्तो औपनिवेशिक अवस्था रहेन, अहिले त्यो अस्वाधीनताको इतिहास नै समाप्त हुँदै गयो । त्यसपछि स्थापना हुन थालेको आर्थिक उपनिवेश त अहिले पनि केही हदसम्म रहेको छ । राष्ट्रियता भनेको वास्तवमा अमूर्त राष्ट्रियता होइन, यो आफू खेलेको गाउँघर, ढुंगामाटो र आफ्ना साथीभाइ सबैको सम्झना त बाहिर जानेहरूलाई रहिरहन्छ । बिदेसिने युवामा यहाँका मान्छेको माया त लागिरहन्छ । देश भन्नेबित्तिकै नक्साको याद नआउला, राजा, प्रधानमन्त्री र राष्ट्रपतिको याद नआउला, तर यहाँको मानचित्र त विस्मृतिमा जाँदैन । त्यसैले हामीले पनि राष्ट्रियताको विस्तारको बारेमा यस्तो मानसिकता बोक्नुपर्छ । हामीले बिदेसिने युवाले नेपाल र नेपालीको मात्र होइन, अरू देशका नेपालीजस्तै मानिसको सेवा गरोस् भन्ने हदसम्म राष्ट्रियतालाई व्यापक बनाउनुपर्छ । पुँजीको चेपमा युवा र अभिभावक जोसग पुँजी छ, ती युवाले लगानी गरेर पनि आम्दानी गर्न सक्छन्, जसले पुँजी जम्मा गरी अगाडि बढ्न चाहन्छन्, उनीहरू पुँजीको परिचालनका आधारमा पनि अघि बढ्न सक्छन् । उनीहरू पुँजीकै आधारमा पनि आफ्ना सपना पूरा गर्न सक्छन् । अर्कोतिर खासगरी नकारात्मक सामाजिक पुँजी बोकेका युवाका सपना साकार पार्नका लागि विगतमा भन्दा केही खुकुलो हुँदै छ । यस अर्थमा अहिलेका युवाको सपना पनि पुँजीवादको वरिपरि सघन भइरहेको छ । यसमा खासगरी समस्या भनेको बाबुआमालाई पुँजीको रहेको छ । आजकलका युवाको आकांक्षा खर्चिलो छ, सपना पनि महँगो छ । यसैले बाबुआमालाई ती माग पूरा गर्ने पुँजीको अभाव हुन्छ नै । पुँजीको अभाव हुँदा केही परिवारमा द्वन्द्व पनि भएको देखिन्छ । यथार्थमा उनीहरूको यथार्थ र आकांक्षाका बीचमा खाडल देखिएको छ । परिवारका युवा ठान्छन्, बाबुले अलिकति लगानी गरेदेखि हामी धेरै कमाउँछौँ । तर, बाबुआमाले ठान्छन्, यसले गर्ला कि नगर्ला ? गरिखाएनन् भने सम्पूर्ण जायजेथा डुब्छ । यसरी आफ्ना आकांक्षा पूरा नहुँदा कतिपय युवा कुलतमा फस्ने, आपराधिक गतिविधि गर्ने र खराब कार्यमा लाग्ने गरेको पाइन्छ । त्यसलाई राम्ररी व्यवस्थापन गर्न बाबुआमा लाग्नुपर्छ । आधुनिक जमानामा प्रतिस्पर्धा धेरै हुन थालेको छ । युवाले धेरै दौडादौड गर्नुपर्ने अवस्था आएको छ । त्यसरी दौडँदा कसैका खुट्टा भाचिन्छन्, कसैका मर्कन्छन्, कोही लडेर घाइते हुन्छन्, यसको सुरक्षा गनुपर्ने दायित्व बढेको छ । युवाको बढ्दो आकांक्षा र भड्किलो चाहनालाई पूरा गर्ने दायित्व पूरा गर्न त पक्कै पनि गाह्रो हुन्छ । र पनि गरिखान खोज्ने युवालाई गरिखाने बाटो दिनुपर्छ । त्यसका लागि सरकार र निजी क्षेत्र मिलेर काम गरे मात्र युवाका सपना पूरा गर्न सकिन्छ । प्रस्तुति: राजेन्द्र महर्जन र विष्णु पोखरेल

अवरुद्ध आशाबारीको धुन

उनी विसं २००६ मै साहित्यमा होमिएका हुन् । तर, ००९ सालमा रेडियो नेपालले स्वर-परीक्षामा उत्तर्ीण्ा गरििदएको भए सायद उनी गायक पो हुन्थे कि - ००५ सालको आरम्भतिर उनी राजनीतिमा लागे । यसको कारण श्यामप्रसाद शर्मा थिए । श्यामप्रसाद वीरगन्जबाट भर्खर काठमाडौ“ पसेका थिए । उनी साहित्यमार्फ राजनीति र चेतनाको बीउ र्छर्दै हि“डेका थिए । श्यामप्रसादकै हुटहुटीमा उनी र समविचारका केही मित्रहरू मिलेर एउटा हस्तलिखित साहित्यिक पत्रिका निकाल्ने योजना बनाए । त्यो पत्रिका थियो, सन्देश । त्यसैमा उनको पहिलो कविता छापियो । यसको आवरण चित्र पनि उनैले कोरेका थिए । यदि साहित्यमा असफल भएका भए सायद उनी स्थापित चित्रकार पो हुन्थे कि †विसं ०६४ जेठ १६ गते रमेश विकल र नेपालबीच लामो संवाद भएको थियो, उनकै घर आरुबारीमा । त्यस दिन राजनीतिको प्रसङ्ग उक्काउ“दै उनले भनेका थिए, "त्यस समय जेलभित्र टङ्कप्रसाद, खड् गमान र रामहरहिरू थिए । बाहिर थियौ“- म, श्यामप्रसाद र फणीन्द्रराज खेताला । हामीहरू जेलभित्रको बाहिर र बाहिरको जेलभित्र समाचार ल्याउने-लैजाने गथ्र्यौं ।" श्यामप्रसाद उनीहरूका नेता थिए । एक दिन राणाशासकले यसको सुइ“को पायो र उनीहरूलाई समेत जेलमा कोचिदियो । तर, एक वर्षछि उनी र खेतालालाई तारखिमा छाड्यो । तर, श्यामप्रसादलाई ००७ सालको प्रजातन्त्र नआउन्जेल जेलमै थन्कायो । उनी आरुबारीबाट तारखि धाउन सिंहदरबार आउ“थे, पैदल । समयमै प्रजातन्त्र नआएको भए, तारखि धाउने क्रममा उनका कति जोर जुत्ता फाट्थे, अनुमान गर्न सकिन्न ।विकल डेढ वर्षो हु“दा आमा बितेकाले पिता, हजुरआमा र ठूली आमाको सुश्रुषामा उनको बाल्य र शैवशकाल बित्यो । तर, ००६ सालमा पिताकै पनि देहावसान भयो । यस पीडाले आक्रान्त भए उनी । तर, पनि यो वर्षउनका लागि वियोगान्त वर्षमात्र भएन, सुख र आनन्दका पालुवाहरू पनि फक्रिए उनको जीवनमा । यही वर्षउनी जेलबाट छुटे र यसै वर्षउनको पहिलो कथा 'गरबि' प्रसिद्ध साहित्यिक पत्रिका शारदामा छापियो । यस मोडबाट फेरि उनले आफ्नो सिर्जनशीलताका लागि कहिल्यै पछि फर्केर हर्ेर्नुपरेन । आरुबारी गाउ“मा विसं १९८५ कात्तिक २९ गते बुधबार भाइटीकाका दिन चन्द्रशेखर उपाध्याय चालिसे र छायादेवीको पहिलो सन्तानका रूपमा उनको जन्म भएको थियो । धेरैवटा विद्यालयहरू चहारे पनि चञ्चल स्वभावका कारण उनले पढ्न सकेनन् । तर, प्राइभेट परीक्षा दिएर ०११ सालमा एसएलसी र पछि 'कलेज अफ एजुकेसन'बाट स्नातक गरे ।०१४/१५ सालको कुरा हो । उनी कलेजमा पढ्थे । स“गस“गै लोककथाहरू सुनेर तिनैका आधारमा नया“ कथा रच्न थालेका थिए । शारदापछि प्रगति पत्रिकामा पनि उनको कथा छापिइसकेको थियो । त्यसैले उनको नाम अलिअलि चर्चामा आइसकेको थियो । यही नामलाई पछ्याउ“दै बनारसका एक प्रकाशकले उनलाई विद्यालयस्तरको पाठ्यपुस्तकका लागि चारवटा बालनिबन्ध लेख्न प्रस् ताव राखे, प्रतिनिबन्ध २० रुपिया“ पारश्रिमिक पाउने गरी । "यो मेरो लेखनकालको पहिलो खुसीको क्षण थियो, यसले मलाई बालसाहित्यमा लाग्न प्रेरणा दियो," विकलले भनेका थिए । यसपछि मूलधारका कथा, उपन्यास, नाटकस“गस“गै बालसाहित्यमा पनि उनको योगदान चुलि“दै जान थाल्यो । ०१८ सालमा नया“ सडकका गीत नामक कथासङ्ग्रहमा मदन पुरस्कार पाएपछि विकल र उनको सिर्जनाले लामो फड्को मार्‍यो । त्यसपछि उनीद्वारा सिर्जित अविरल बग्दछ इन्दावती, सुनौली र सागर उर्लिन्छ आकाश छुन, बूढो भ्वाइलिन आशाबारीको धुनमा, विरानो देशमा, उर्मिला भाउजू, शव, शालिक र सहस्र बुद्धजस्ता उपन्यास-कथा तथा सप्तरङ्गी, भक्ति थापा, मिल्किएको मणि नाटक प्रमुख छन् । सात र्सर्ूय एक फन्को र नीलगिरकिो छायामा उनका प्रसिद्ध नियात्रासङ्ग्रह हुन् ।विकल अब हामीमाझ छैनन् । तर, उनले सिर्जेका साहित्यले भने उनलाई नेपाली साहित्यमा अजम्बरी बनाएका छन् ।विचारले उनी कम्युनिस्ट थिए । भनेका छन्, "म त्यसबेलाको अवस्थामा कम्युनिस्ट नै हु“ । मेरो राजनीतिक पृष्ठभूमि त्यही हो, म त्यसैबाट हर्ुर्किए“ ।" ०१५ सालपछि चाहि“ कलमको राजनीति गर्छु भनेर राजनीतिबाट सन्न्यास लिएजस्तै भए । उनी साहित्यमा राजनीति मिसिएको त्यति मन पराउ“दैनथे । उनका विचारमा सच्चा साहित्यकार सबै प्रगतिशील हुन् । "जुनसुकै स्रष्टाले पनि अगाडि नै हर्ेछ," उनले भनेका थिए, "'स्वान्त सुखायः' नलेखेर आफ्नो माटो र जनताको पीडा लेख्ने सबै नै प्रगतिशील हुन् ।" उनको परभिाषामा मार्क्सवादलाई मात्र प्राथमिकता दिएर लेख्नेहरू 'प्रगतिवादी' र मार्क्सलाई मार्गदर्शक मात्र बनाएर सिर्जना गर्नेहरू प्रगतिशील हुन् । विकलको चित्रकलातर्फो प्रसङ्ग पनि रोचक छ । उनले जुद्धकला पाठशालामा चार महिना र प्रसिद्ध चित्रकार चन्द्रमान मास्केस“ग केही समय चित्रकलाको अभ्यास गरेका थिए । यही आधारमा उनी घरमै अभ्यास गरेर राम्रो चित्रकार बनिसकेका थिए । उनले आफ्नो बेजोड सिर्जना बूढो भ्वाइलिन आशाबारीको धुनमाको आवरण आफै“ले बनाएका थिए । "अचेल त म बाथरुममा मात्र गुनगुनाउ“छु," आज पनि गीत गाउनुहुन्छ भन्दा उनले यो उत्तर दिएका थिए । त्यसो त उमेरमा उनले मञ्चमै उक्लेर पनि गीत गाएको स्वीकारेका छन् । उनलाई अम्बर गुरुङ, नारायणगोपाल र बच्चुकैलाशका गीतहरू सुन्दा आत्मीय आनन्द प्राप्त हुन्थ्यो र कुनै बेला भारतीय गायक मोहम्मद रफीका गीतहरू गुनगुनाउन आनन्द मान्थे । "म गाउने मात्र होइन, धेरैथरीका बाजा पनि बजाउ“थे“," उनी भन्थे । पछिल्लो समयमा रामेशका गीतहरूले उनलाई औधी रत्याएका थिए । रामेशको स्वरमा जीवन झल्किन्छ भन्ने उनको धारणा थियो ।उनलाई एकपटक 'कृतिचोर'को आरोप पनि लाग्यो । अविरल बग्दछ इन्द्रवती र अन्य केही कथामाथि लागेको यो आरोपका सर्न्दर्भमा उनको स्पष्ट मत थियो, "कुनै पर्ूवसिर्जनास“ग भावभूमि मिल्न जानु चोरी होइन । यो आरोप लगाउनेहरूको लघुताभास हो । म यसबाट कहिल्यै विचलित पनि भइन“ र वास्ता पनि गरनि“ ।" कालान्तरमा आज तिनै आरोपित रचनाहरू नै रमेश विकलका कालजयी सिर्जना हुनपुगे र र्सवाधिक पढिने रचनामा गणना भए ।कालजयी स्रष्टा रमेश विकललाई शब्द-श्रद्धाञ्जलि । Raman Ghimire

समाजवाद नै किन ? 2

हाम्रो जमानाको अत्यावश्यक संकट : अब म त्यस विन्दुमा आइपुगेको छु, जहाँबाट म आजको संकटको सारतत्त्वतिर अलिकति संकेत गर्न सक्छु । यो कुरा समाजसँग व्यक्तिको सम्बन्धसित गाँसिएको छ । व्यक्ति समाजमाथिको आप\mनो निर्भरताप्रति पहिलेभन्दा बेसी सचेत हुन थालेको छ । किन्तु ऊ यस निर्भरतालाई एउटा सकारात्मक गुणका रूपमा, एउटा जीवन्त बन्धनका रूपमा, एउटा रक्षक शक्तिका रूपमा महसुस गर्दैन । बरु ऊ यसलाई आप\mना प्राकृतिक अधिकारका लागि, यहाँसम्म कि आप\mनो आर्थिक अस्तित्वका लागि समेत खतराका रूपमा महसुस गर्छ । त्यसमाथि पनि समाजमा उसको स्थिति कस्तो छ भने उसको मानसिक संरचनामा निहित स्वार्थी प्रवृत्तिहरू निरन्तर प्रबल हुँदै गइरहेका छन्, जब कि उसका सामाजिक प्रवृत्तिहरू, जो स्वभावैले कमजोर छन्, ती प्रवृत्तिहरू भने झन् तेज गतिले नष्ट हुँदै गइरहेका छन् । सबै मानिस, चाहे समाजमा उनीहरूको जुनसुकै स्थान किन नहोस्, नष्ट हुने यस प्रक्रियाको सिकार भइरहेका छन् । थाहा नपाउँदा-नपाउँदै, आप\mनै स्वार्थहरूको कैदी बन्दै उनीहरूले स्वयं आफूलाई असुरक्षित र एक्लो भएको महसुस गरिरहेका छन् । उनीहरूले जीवनका निष्कपट, सरल र स्वाभाविक आनन्दबाट समेत वञ्चित भएको महसुस गर्न थालेका छन् । निश्चित रूपमा, मानिसको छोटो जीवन खतरै-खतराले भरिएको छ, त्यसैले मानिसले छोटो जीवनमा स्वयं आफूलाई समाजप्रति समर्पित गरेरै मात्र सार्थकता प्राप्त गर्न सक्छन् ।

मेरा विचारमा दुष्टता र अनिष्टताको सक्कली स्रोत भनेको वर्तमान पुँजीवादी समाजको त्यो आर्थिक अराजकता हो, जुन यहाँ आज विद्यमान छ । हाम्रा सामु विशाल उत्पादक समुदाय छ, जसका सदस्यले बल प्रयोगद्वारा होइन, बरु समग्रतामा विश्वसनीय रूपले कानुनतः स्थापित नियमहरू प्रयोग गरी अरूलाई सामूहिक श्रमको फलबाट वञ्चित गर्नका लागि कोसिस गर्दै छ । यसै सन्दर्भमा के कुरा अनुभव गर्नु महत्त्वपूर्ण छ भने उत्पादनको साधन अर्थात् समस्त उत्पादक क्षमता, जुन उपभोक्ता सामग्रीका साथसाथै पुँजीगत सामग्री पैदा गर्नका लागि आवश्यक छ, कानुनी रूपले व्यक्तिहरूको निजी सम्पत्ति हुन सक्छ र अधिकतम रूपमा त्यस्तै नै छ ।

गरिखानेहरूको श्रम र पुँजीपतिहरूको उत्पीडन : सरलताका दृष्टिले अबको बहसमा म ती सबै मानिसलाई श्रमजीवी -वर्कर्स) भन्नेछु, जसको उत्पादनका साधनहरूको मालिकत्वमा कुनै हिस्सेदारी छैन । यद्यपि, यो शब्द परम्परागत प्रयोगअनुरूप छैन । उत्पादनका साधनका मालिकहरू श्रमजीवीहरूको श्रमशक्ति किन्नसक्ने स्थितिमा हुन्छन् । उत्पादनका साधनहरूको प्रयोग गरेर श्रमजीवीले जुन नयाँ सामग्री उत्पादन गर्छन्, ती पुँजीपतिको सम्पत्ति बन्न पुग्छन् । यस प्रक्रियामा सबैभन्दा महत्त्वपूर्ण पक्ष हो ः श्रम र ज्यालाबीचको सम्बन्ध । श्रमजीवीले श्रम गरी जति उत्पादन गर्छन् र जति उनीहरूले ज्याला पाउँछन्, यी दुबैलाई वास्तविक मूल्य ९चभब खिबगिभ० का रूपमा यसलाई नाप्दा यी दुवैबीच कुनै तालमेल हुँदैन । श्रम अनुबन्ध ९बिदयगच अयलतचबअत० 'मुक्त' हुन्छ, त्यसैले श्रमजीवीले जे-जति ज्याला पाउँछन्, त्यो उनीहरूद्वारा उत्पादित सामग्रीको वास्तविक मूल्यबाट निर्धारित हुँदैन, बरु उनीहरूका न्यूनतम आवश्यकतामा आधारित हुन्छ । र, कामको खोजीका क्रममा प्रतिस्पर्धामा लागिरहेका श्रमजीवीहरूको संख्या पनि उनीहरूको ज्याला निर्धारणमा कारण बन्न पुग्छ । उनीहरूको संख्या धेरै बेसी छ भने त्यसकै अनुपातमा उनीहरूको ज्याला कम हुँदै जान्छ । धेरैजसो स्थितिमा पुँजीपतिलाई आवश्यक भएको संख्याभन्दा बेसी श्रमजीवी श्रम-बजारमा उपलब्ध भइरहने हुनाले उनीहरूले निकै थोरै ज्याला पाउँछन् । यहाँ के कुरा थाहा पाउनु महत्त्वपूर्ण छ भने सैद्धान्तिक रूपमा मात्रै पनि श्रमजीवीले पाउने ज्याला उनीहरूको उत्पादनको मूल्यद्वारा निर्धारण गरिँदैन ।

पुँजीवादमा निजी पुँजी मुठ्ठीभर मानिसका हातमा केन्दि्रत हुन्छ । पुँजीवादी प्रतिद्वन्द्विताका कारणले र प्रविधि-विकासका कारणले ठुल्ठूला कारखाना स्थापना गरिन्छन्, जसमा श्रमको विभाजन लगातार बढ्दै जान्छ । यी सबै कुराको परिणाम के हुन्छ भने साना उत्पादकले ठूलो हानि बेहोर्नुपर्ने हुन्छ । पुँजीपतिहरूको एउटा उच्च कुलीनतन्त्र ९यष्निबचअजष्० स्थापित हुन जान्छ र त्यस तन्त्रकोे अपार शक्तिलाई प्रजातान्त्रिक ढंगले संगठित एउटा राजनीतिक समाजले पनि प्रभावकारी ढंगले नियन्त्रित गर्न सक्दैन । संसद्मा जुन व्यक्तिहरू राजनीतिक पार्टीबाट छानिएर वा निर्वाचित भएर जान्छन्, उनीहरू पुँजीपतिबाट धेरैजसो आर्थिक रूपले लगानी गरिएका हुन्छन् वा निजी पुँजीबाट प्रभावित हुन्छन् । यसैको नतिजास्वरूप सबै व्यावहारिक मामिलामा निर्वाचित सांसदहरू आप\mना मतदाता जनताबाट अलग हुन्छन् । यसको परिणाम के हुन्छ भने जनताका प्रतिनिधि सांसदलाई आफूले समाजका दुर्बल र अधिकारविहीन वर्गका हितहरूका बारेमा सोच्नु जरुरी छ भन्ने महसुससमेत हुन छोड्छ ।

यसबाहेक वर्तमान परिस्थितिमा पुँजीपतिवर्गले प्रत्यक्ष वा परोक्ष ढंगले सञ्चारका साधनमाथि, जस्तो प्रेस, रेडियो, टेलिभिजन तथा शिक्षामाथि आप\mनो नियन्त्रण स्थापित गर्छ । यस प्रकारले नागरिकले वस्तुगत र सही निर्णयसम्म पुग्नका लागि तथा आफ्ना राजनीतिक अधिकारको बुद्धिमत्तापूर्ण ढंगले प्रयोग गर्नका लागि निकै ठूलो कठिनाइ बेहोर्नुपर्छ, यहाँसम्म कि धेरैजसो मामिलामा त यस्तो काम गर्नु असंभवप्रायः नै हुन्छ । नाफाका लागि निजी स्वामित्वः सम्पत्तिको निजी मालिकत्वमाथि आधारित अर्थव्यवस्थामा अडेको वर्तमान स्थितिलाई दुई मुख्य सिद्धान्तद्वारा स्पष्ट पार्न सकिन्छ । पहिलो- उत्पादनका साधनहरू (पुँजी) माथि निजी मालिकत्व रहन्छ र मालिकले जस्तो मन लाग्छ, त्यसरी नै तिनको प्रयोग गर्छ । दोस्रो- श्रमजीवीसँगको श्रम-अनुबन्ध स्वतन्त्र हुन्छ । यस अर्थमा एउटा वास्तविक 'शुद्ध' पुँजीवादी समाजको अस्तित्व हुन सक्दैन । विशेष रूपमा, के कुरा उल्लेखनीय छ भने श्रमजीवीका लामा-लामा र तीखा राजनीतिक संघर्षद्वारा 'स्वतन्त्र श्रमसम्झौता'को अलिकति सुधारिएको रूप केही निश्चित श्रेणीका श्रमजीवीले पाउन सफल भएका छन् । तर, समग्रतामा हेर्दा आजको अर्थव्यवस्था 'शुद्ध' पुँजीवादभन्दा धेरै बेसी भिन्नचाहिँ छैन ।

उत्पादन नाफाका लागि गरिन्छ, उपभोगका लागि होइन । कामका लागि इच्छुक सबै सक्षम मानिसले सधै काम पाउँछन् भन्ने त्यस्तो कुनै सुनिश्चित प्रावधान हुँदैन किनकि 'बेरोजगारहरूको फौज' लगभग सधैँ विद्यमान रहिरहन्छ । श्रमजीवीहरू हरपल कामबाट हटाइने पो हो कि भन्ने भयले ग्रस्त हुन्छन् । निश्चित रूपमा बेरोजगार र अति कम ज्याला पाउने श्रमजीवीमाथि आधारित भएर एउटा लाभदायक बजार निर्माण हुन सक्दैन । यसैले उपभोग्य-वस्तुहरूको उत्पादन अत्यन्त सीमित रहन्छ, जसको परिणाम हुन्छ- श्रमजीवीका लागि भयंकर कठिनाइ । प्राविधिक उन्नतिको फलस्वरूप बेरोजगारहरूको संख्यामा अत्यधिक वृद्धि हुन्छ र प्राविधिक उन्नतिबाट सबैका लागि कामको बोझ हलुका भइहाल्छ नि भन्ने कुरा बिल्कुल असम्भवझैं हुन थाल्छ ।

मुनाफाखोरीको प्रवृत्तिका साथसाथै पुँजीपतिहरूबीच हुने आपसी प्रतिद्वन्द्विताका कारण पुँजी-निर्माण र यसको समुचित प्रयोगमा बाधा उत्पन्न हुन जान्छ । यसले क्रमशः भयानक मन्दीको चरणतिर डोर्‍याउन थाल्छ । असीमित प्रतिद्वन्द्विताकै कारणले प्रायःजसो श्रमको ठूलो बर्बादी हुन्छ । यसले व्यक्तिहरूको सामाजिक चेतनालाई कुण्ठित पार्छ । यी कुरा मैले अगाडि नै उल्लेख गरिसकेको छु ।

संकटको समाधान हो समाजवाद : म व्यक्तिहरूको सामाजिक चेतनालाई कुण्ठित बनाउने प्रक्रियालाई पुँजीवादको सबैभन्दा नराम्रो अभिशाप मान्छु । हाम्रो सम्पूर्ण शिक्षा व्यवस्था यही अभिशापले ग्रस्त छ । यस्तो व्यवस्थामा विद्यार्थीहरूको मनमा एउटा अतिरञ्जित प्रतियोगी र प्रतिद्वन्द्विताको भावना पैदा गर्ने काम गरिन्छ । उनीहरूलाई भावी जीवनयात्राको तयारी गर्ने-गराउने नाममा कमाउखालको सफलतालाई मात्रै पूजा गर्न सिकाउँछ ।

मेरो दृढ विश्वास छ- यी तमाम गम्भीर अनिष्ट र अभिशापबाट मुक्त हुने एक मात्र उपाय हो, समाजवादी अर्थव्यवस्थाको स्थापना गर्नु र यससँगसँगै सामाजिक लक्ष्यहरूतिर झुकाव भएको शिक्षा-व्यवस्थाको प्रचलन सुरु गर्नु । यस्तो अर्थव्यवस्थामा उत्पादनका साधनमाथि समाजको स्वामित्व हुन्छ र यसको प्रयोग नियोजित ढंगले हुन्छ । एउटा त्यस्तो नियोजित अर्थव्यवस्था ९उबिललभम भअयलomथ०, जसले उत्पादनलाई समाजको आवश्यकताअनुरूप समायोजन गर्छ । हो, त्यस्तो व्यवस्थाले मात्रै काम गर्न सक्षम सबै मानिसलाई रोजगारी दिन सक्छ र प्रत्येक स्त्री, पुरुष र बच्चालाई जीविकाको प्रत्याभूति -ग्यारेन्टी) दिन्छ । त्यस्तो समाजमा नयाँ शिक्षा व्यवस्थाले व्यक्तिहरूभित्र लुकिरहेका असीमित क्षमतालाई फलाउने-फुलाउने काम गर्छ अनि उनीहरूका अगाडि हाम्रो वर्तमान समाजका सत्ता-शक्ति र सफलताको महत्त्वलाई बढाई-चढाईकन रंगीन ढंगले प्रस्तुत गर्नुको सट्टा त्यसले उनीहरूभित्र आफूजस्तै बाँचिरहेका मानव-बन्धुहरूप्रतिको दायित्वबोधलाई जागृत गर्छ ।

यी सबका बाबजुद के कुरा याद गरिराख्नु जरुरी छ भने नियोजित अर्थव्यवस्था नै समाजवाद होइन । नियोजित अर्थव्यवस्थाअन्तर्गत व्यक्ति पूर्णतः दास पनि हुन सक्छ । समाजवादको उपलब्धि केही अत्यन्त नै जटिल सामाजिक-राजनीतिक समस्याहरूको समाधान प्रस्तुत गर्नसक्नुमा निर्भर हुनेछ । जस्तो ः राजनीतिक र आर्थिक शक्तिको व्यापक केन्द्रीकरण हुने स्थितिमा शासनतन्त्र -नोकरशाही) लाई अति शक्तिसम्पन्न, प्रभुतापूर्ण र अहंकारी हुनबाट कसरी रोक्न सकिन्छ ? व्यक्तिका अधिकारहरूको सुरक्षा कसरी हुन सक्छ ? र यसका साथसाथै शासनतन्त्र -नोकरशाही) को शक्तिलाई निष्प्रभावी बनाउन सक्ने खालका प्रजातान्त्रिक शक्तिलाई सुनिश्चित रूपमा कसरी स्थापित गर्न सकिन्छ ?

हाम्रो यस संक्रमणकालमा समाजवादका समस्याका बारेमा उद्देश्यको स्पष्टता अति नै आवश्यक छ । निश्चित रूपमा वर्तमान परिस्थितिमा यी र यस्ता समस्यामाथि निर्विघ्नतापूर्वक चिन्तन गर्ने कार्य एक प्रकारले प्रतिबन्धित हुँदै गइरहेको छ । त्यसैले यस पत्रिका (मन्थ्ली रिभ्यु) को प्रकाशनको सुरुवातलाई म एउटा अत्यन्त महत्त्वपूर्ण समाजसेवा मान्छु । समाप्त
'मन्थ्ली रिभ्यु'को पहिलो अंकमा छापिएको वैज्ञानिक आइन्स्टाइनको शुभकामना-लेख । अनुवादक : राजेन्द्र महर्जन -सं)

Thursday, December 18, 2008

समाजवाद नै किन ?

अल्बर्ट आइन्स्टाइन
के त्यस्तो व्यक्तिले समाजवादका बारेमा विचार व्यक्त गर्नु उचित छ, जो आर्थिक-सामाजिक मामिलाको विशेषज्ञ होइन ? कयौँ कारणले गर्दा मलाई लाग्छ- यो उचित छ । अर्थशास्त्र र समाजवाद ः सबैभन्दा पहिले वैज्ञानिक ज्ञानको दृष्टिकोणबाट यस सवालमाथि विचार गरौँ । खगोल-विज्ञान र अर्थशास्त्रबीचको कार्यपद्धति -मेथोडोलोजी) मा कुनै मूलभूत भिन्नता नै छैन भन्ने लाग्न सक्छ । यस्तो प्रतीत हुन सक्छ, यी दुवै क्षेत्रमा वैज्ञानिकले कुनै घटना-क्रियाहरू -फेनोमेना) का अन्तरसम्बन्धलाई यथासम्भव स्पष्ट ढंगले सम्झन-बुझ्नलायक बनाउनका लागि ती घटना-क्रियाको एउटा सीमित समूहका लागि सामान्य स्वीकार्य नियमहरू खोज्ने प्रयास गर्छन् । तर, वास्तवमा, यी दुवै विज्ञानका बीच कार्यपद्धतिको भिन्नता विद्यमान छ । अर्थशास्त्रका क्षेत्रमा सामान्य नियमहरूको खोज विभिन्न कारणले कठिन हुन्छ । किनकि, जुन आर्थिक घटना-क्रियाहरूको हामी निरीक्षण गर्छौं, तिनलाई धेरै त्यस्ता कुराले प्रभावित गर्छन्, जसको मूल्यांकन अलग ढंगले गर्न निकै कठिन छ । यसका अतिरिक्त, सबैलाई थाहै छ- मानव इतिहासको तथाकथित सभ्यकालको सुरुदेखि नै सञ्चित अनुभवहरू त्यस्ता कारणबाट धेरै नै बढी प्रभावित र सीमित भैरहेका छन्, जुन स्वभावतः कुनै पनि हिसाबले आर्थिक कारण मात्र होइनन् । उदाहरणका लागि, इतिहासमा धेरैजसो ठूला राज्यहरूको अस्तित्वको आधार भनेको बल प्रयोगद्वारा गरिएको विजय थियो । विजेताले कानुनी र आर्थिक रूपले आफूलाई विजित देशका विशेषाधिकार प्राप्त वर्गका रूपमा स्थापित गरे । तिनीहरूले भू-स्वामित्वका क्षेत्रमा आप\mनो एकाधिकार कायम गरे र आफूहरूबीचका मानिसमध्येबाट नै पुरोहित नियुक्त गरे । पुरोहितले शिक्षामाथि नियन्त्रण राख्ने काम गरे । समाजको वर्ग-विभाजनलाई एउटा स्थायी संस्थाको रूप दिए । अनि, उनीहरूले मूल्यहरूको एउटा व्यवस्था रचना गरे, जसबाट त्यसै समयदेखि धेरै हदसम्म अचेतन रूपले मानिसको आप\mनो सामाजिक व्यवहार निर्देशित हुन थाल्यो । थोस्टिर्यन वेब्लेन -अर्थशास्त्री तथा समाजशास्त्री, १८५७-१९२९) द्वारा बताइएको मानव विकासको 'लुटपाटको अवस्था' भनेको, भन्नलाई मात्रै विगतका दिनहरूको ऐतिहासिक परम्परा हो, किन्तु हामी आजसम्म पनि त्यस अवस्थाभन्दा अगाडि बढ्न सकेका छैनौँ । जुन आर्थिक तथ्यहरूको हामी निरीक्षण गर्न सक्छौँ, ती त्यही अवस्थाका हुन्, र त्यसबाट निकालिएको नियम पनि अन्य अवस्थामाथि लागू हुन सक्दैन । समाजवादको वास्तविक लक्ष्य सुनिश्चित रूपले मानव विकासलाई यस लुटपाटको अवस्थाबाट पार गराउनु र यस अवस्थाबाट अगाडि बढाउनु हो, त्यसैले आप\mनो वर्तमान स्थितिमा आर्थिक-विज्ञानले भविष्यको समाजवादी समाजमाथि अलिकति भए पनि प्रकाश पार्न सक्छ । दोस्रो विचारणीय पक्ष के हो भने समाजवादको विकासको दिशा एउटा सामाजिक-नैतिक लक्ष्यतिर निर्देशित छ । विज्ञानले न लक्ष्यहरूको निर्माण गर्न सक्छ, न त त्यसलाई मानिसभित्र पोख्न नै सक्छ । विज्ञानले बढीभन्दा बढी कुनै लक्ष्य प्राप्त गर्ने साधन जुटाउन सक्छ । तर, यी लक्ष्य स्वयं उदात्त नैतिक आदर्शले युक्त व्यक्तित्वद्वारा मात्र तय गरिन्छ । यदि यी लक्ष्य मुर्दा नभैकन, जीवन्त र ओजस्वी छन् भने ती धेरै-धेरै मानिसद्वारा अपनाइनेछन् अनि अगाडि पनि बढाइनेछन् । यस्ता मानिसले अर्द्धअचेतन रूपले भए पनि समाजको मत्थर-विकासलाई निर्धारित गर्नेछन् । यिनै कारणले गर्दा, मानवीय समस्याको सवालमाथि हामीले विज्ञान र वैज्ञानिक पद्धतिलाई आवश्यकताभन्दा बढी आँकेर हेर्नु हुँदैन । र, यिनै कारणले गर्दा समाजको संगठनलाई प्रभावित गर्ने सवालबारे अभिव्यक्तिको अधिकार केवल विशेषज्ञलाई मात्र छ भनेर पनि मान्नु उचित हुँदैन । सामाजिक संकटको समाधान ? ः अनगिन्ती मानिसहरू केही समययतादेखि के कुरामाथि जोड दिइरहेका छन् भने मानव समाज एउटा संकटको स्थितिबाट गुजि्ररहेको छ र यसको स्थिरता भयंकर रूपले छिन्न-भिन्न भएको छ । यो एउटा यस्तो स्थितिको लक्षण हो, जब मानिस पहिलेदेखि आफू जोडिएको सानो वा ठूलो समूहप्रति उदासीन वा अनासक्त हुन थाल्छन्, कहिलकाहीँ त शत्रुतापूर्ण भावसमेत महसुस गर्न थाल्छन् । आप\mनो यस कुरालाई स्पष्ट पार्नका लागि म एउटा निजी अनुभव बताउन चाहन्छु । हालै मैले एकजना प्रबुद्ध सज्जनसँग एउटा अर्को युद्धको खतराका बारेमा कुराकानी गरेँ, जुन युद्धले मेरा विचारमा मानवताको अस्तित्वलाई नै गम्भीर संकट पैदा गर्नेछ । मैले उनलाई के भनेँ भने त्यस्तो खतराबाट केवल एउटा राष्ट्र- राष्ट्रभन्दा माथिको -सुप्रानेसनल) संगठनले मात्र रक्षा गर्न सक्छ । यसबारेमा मेरा अतिथिले अत्यन्त शान्त र ठन्डा ढंगले भने- 'तपाईं मानवजाति नष्ट हुने कुराविरुद्ध यति गम्भीरतापूर्वक किन विरोध गर्नुहुन्छ ?' म यकिनका साथ भन्न सक्छु ः कमसेकम एक शताब्दीअगाडिसम्म कसैले पनि यति हलुका ढंगले यस सम्बन्धमा यस्तो किसिमको विचार दिएको छैन होला । यो एउटा त्यस्तो मानिसको विचार हो, जसले आफूभित्र सन्तुलन स्थापित गर्नका लागि निरर्थक प्रयास गरिरहेको छ र धेरै हदसम्म यसमा सफल हुने आशासमेत मारिसकेको छ । यो एउटा यस्तो दर्दनाक एक्लोपन र पीडादायी अलगावको अभिव्यक्ति हो, जसबाट आजभोलि धेरै मानिस पीडित छन् । यसको कारण के हो ? के यसको कुनै समाधान त छ ? यस्ता प्रश्न गर्नु सजिलो छ, तर कुनै पनि हदसम्मको भरोसिलो जवाफ दिन कठिन छ । फेरि पनि जहाँसम्म सकिन्छ, म जवाफ दिने प्रयास अवश्य गर्नेछु । यद्यपि हाम्रा अनुभूति र हाम्रा प्रयास धेरैजसो यति अन्तरविरोधी र दुरूह हुन्छन् कि ती सजिला र सीधा-साधा सूत्रहरूमा व्यक्त गर्न नै सकिँदैनन् भन्ने तथ्यप्रति म काफी सचेत छु । समाज र व्यक्तिको अन्तरसम्बन्ध ः मानिसहरू एकै समयमा र एकैसाथ एक्लो प्राणी पनि हुन् र सामाजिक प्राणी पनि । एउटा एक्लो प्राणीको हैसियतले मानिसले स्वयंको र आप\mना सबैभन्दा नजिकका मानिसको रक्षाको प्रयास गर्छ र आप\mना निजी इच्छाहरूको तृप्तिको प्रयत्न गर्छ तथा आप\mना सहज योग्यताको विकासका लागि प्रयत्न गर्छ । एक सामाजिक प्राणीका रूपमा उसले आफूनिकट रहने मानिसबीच मान्यता पाउन, उनीहरूबाट स्नेह पाउन, उनीहरूका खुसीमा भाग लिन र उनीहरूको दुःखका वेलामा आरामको व्यवस्था गर्न तथा उनीहरूको जिन्दगीका कठिन परिस्थितिमा सुधार गर्न कोसिस गर्छ । कुनै पनि मानिसको विशिष्ट चरित्रका पछाडि केवल यस्तै विविध र अत्यन्त परस्पर विरोधी प्रयासकै अस्तित्व हुन्छ । यिनै प्रयासको विशिष्ट संयोजनले नै त्यस सीमालाई निर्धारण गर्छ, जुन सीमासम्म कुनै मानिसले आन्तरिक सन्तुलन प्राप्त गर्न सक्छ तथा समाजको हितका लागि योगदान गर्न सक्छ । के कुरा बिल्कुल सम्भव छ भने यी दुवै प्रवृत्तिहरूको सापेक्षित शक्तिको निर्धारण मुख्यतः वंशानुक्रमद्वारा हुन सक्छ । किन्तु, अन्तिम रूपमा जुन व्यक्तित्व विकसित भएर अगाडि देखापर्छ, त्यस व्यक्तित्वको निर्धारण गर्ने काम मुख्य रूपमा सामाजिक परिवेशबाट हुन्छ । व्यक्ति स्वयंले आप\mनो विकासका क्रममा पाउने त्यस परिवेशद्वारा, ऊ हुर्कने-बढ्ने समाजको त्यस ढाँचाद्वारा, त्यस समाजका परम्पराद्वारा र खास-खास व्यवहारप्रति त्यस समाजको मूल्यांकनद्वारा उसको व्यक्तित्व निर्धारण गर्ने काम हुन्छ । कुनै पनि एक्लो व्यक्तिका लागि 'समाज'सम्बन्धी अमूर्त धारणाको अर्थ होः आप\mना समकालीन र अघिल्लो पुस्ताका सबै मानिससँग उसको प्रत्यक्ष र परोक्ष सम्बन्धको कुल जोड । व्यक्ति सोच्न, महसुस गर्न, प्रयास गर्न र कार्य गर्नमा आफैं सक्षम छ । किन्तु ऊ आप\mना शारीरिक, बौद्धिक तथा भावनात्मक अस्तित्वका लागि समाजमाथि यति बढी निर्भर छ कि समाजको सीम्ााभन्दा बाहिर उसका विषयमा विचार गर्नु र त्यसलाई बुझ्नु असम्भवप्रायः छ । यो त्यही नै 'समाज' हो, जसले मानिसलाई भोजन, वस्त्र, आवास, कामको औजार, भाषा, विचारहरूको रूप र त्यसका अधिकांश अन्तर्वस्तु दिन्छ, उसको जीवन वर्तमान र विगतका ती लाखौँ-लाख मानिसको श्रम र कौशलको कारणले मात्रै चलिरहेको हुन्छ, ती सबै मानिस यो छोटो शब्द 'समाज'को पछाडि हराइरहेका हुन्छन् । मानिसको प्राकृतिक र सांस्कृतिक संरचना ः त्यसैले के कुरा स्पष्ट छ भने समाजमाथि व्यक्तिको निर्भरता प्रकृतिको एउटा त्यस्तो वास्तविकता हो, जसलाई समाप्त पार्न सकिँदैन, ठीक कमिला र माहुरीका विषयमा जस्तै ः तर, जहाँ कमिला र माहुरीको पूरा जीवन-प्रक्रियाको सानोभन्दा सानो कुरा पनि वंशानुगत प्रवृत्तिद्वारा सख्त रूपमा निर्धारित हुन्छ, त्यहीँ मानिसका तौर-तरिकारहरू र अन्तरसम्बन्धचाहिँ परिवर्तनशील हुन्छन् र परिवर्तनप्रति अति संवेदनशील हुन्छन् । स्मृति, नयाँ संयोजनहरू निर्माण गर्ने क्षमता र मौखिक संवादको गुणद्वारा मानिसमा त्यस्ता विकास सम्भव भएको छ, जुन जैविक आवश्यकताकद्वारा निर्दिष्ट हुँदैनन् । यस्ता विकासले परम्परा, संस्था र संगठनमा, साहित्यमा, वैज्ञानिक एवं इन्जिनियरिङका उपलब्धिमा, कलाकृतिमा स्वयंलाई अभिव्यक्त गर्छन् । यसबाट स्पष्ट हुन्छ- मानिसले कसरी एउटा निश्चित अर्थमा आप\mनो जीवनलाई स्वयं आप\mनै व्यवहारद्वारा प्रभावित गर्न सक्छ । यस प्रक्रियामा सचेत चिन्तन र चाहनाले एउटा महत्त्वपूर्ण भूमिका निर्वाह गर्छन् भन्ने कुरा पनि यसबाट स्पष्ट हुन्छ । मानिसले जन्मेदेखि नै आनुवंशिकतामार्फत् प्रकृतिका स्वाभाविक आवश्यकतासहित एउटा जैविक संरचना पाउँछ, जुन आवश्यकता मानवजातिका लाक्षणिक विशेषता हुन् । यस संरचनालाई हामीले स्थिर र अपरिवर्तनीय मान्न सक्छौँ । यसका साथै, आप\mनो जीवनकाल व्यतीत गर्ने क्रममा उसले एउटा सांस्कृतिक संरचना पनि पाउँछ, जसलाई उसले संवादहरू र अन्य धेरै प्रकारका प्रभावमार्फत् समाजबाट ग्रहण गर्छ । यो सांस्कृतिक संरचना नै त्यो चीज हो, जुन समयसँगसँगै परिवर्तन हुँदै जान्छ । सबैभन्दा महत्त्वपूर्ण कुरा, यही सांस्कृतिक संरचनाले नै व्यक्ति र समाजबीचको सम्बन्धलाई अति धेरै हदसम्म तय गर्छ । आधुनिक नृतत्वशास्त्रले तथाकथित आदिम संस्कृतिको तुलनात्मक खोजमार्फत हामीलाई सिकाएको छ- मानिसका सामाजिक व्यवहारमा व्यापक अन्तर हुन सक्छ, किनकि यी कुरा समाजमा प्रभुत्व जमाइरहेका प्रचलित सांस्कृतिक प्रतिमान र संगठनका स्वरूपमा निर्भर हुन्छन् । कुनै मानव समुदायको उन्नतिका लागि प्रयासरत मानिसले आप\mना आशाहरू के कुरामाथि आधारित गर्न सक्छन् भने आप\mनो जैविक संरचनाको फलस्वरूप, एक-अर्काको विनाश गर्नका लागि वा कुनै क्रूर र आत्मघाती स्थितिको दयामा भर परिरहनका लागि मानवजाति अभिशप्त छैन । मानौँ, हामीले आफैंलाई प्रश्न गर्‍यौँ ः मानव-जीवनलाई यथासम्भव सन्तोषजनक बनाउनका लागि समाजको संरचना तथा व्यक्तिको सांस्कृतिक दृष्टिकोण कसरी बदल्ने ? यसको जवाफ खोज्दा हामीले बदल्न नै नसकिने केही विशिष्ट परिस्थिति हुन्छन् भन्ने वास्तविकताका बारेमा हामी सतत् रूपमा सचेत रहनुपर्छ । मैले अगाडि नै के भनिसकेको छु भने- व्यावहारिक अर्थमा मानिसको जैविक प्रकृतिलाई परिवर्तन गर्न सकिँदैन । त्यसै गरी विगतका केही शताब्दीका प्राविधिक र जनसांख्यिक विकासद्वारा निर्मित परिस्थिति पनि यथावत् रहिरहने कुरा हुन् । अपेक्षाकृत रूपमा घना बस्ती भएका आवादीको अस्तित्वका लागि अपरिहार्य सामग्रीको आपूर्ति गर्न एउटा चरम श्रम-विभाजन तथा अत्यन्त केन्द्रीकृत उत्पादनतन्त्र परम् आवश्यक हुन्छ । अतीततिर हेर्दा निकै रमणीय लाग्ने त्यो समय, सधैँका लागि गुजि्रसकेको छ, जुनवेला व्यक्ति वा सापेक्षिक रूपमा सानो समूहसमेत पूर्णतः आत्मनिर्भर रहन सक्थ्यो । मानवजातिले अहिले मात्रै उत्पादन र उपभोगको एउटा विश्वव्यापी समुदायको रचना गरेको हो भन्ने कुरा भन्नु धेरै अतिशयोक्तिपूर्ण नहोला । (बाँकी आगामी अंकमा)

Saturday, December 6, 2008

सम्झनामा नारायणगोपाल

काठमाडौं, बीस वर्षघिको एक सा“झ नारायणगोपाल हङकङस्थित बीएफबीएच रेडियोमा गाउ“दै थिए-मेरो सानो संसार तिमीलाई अटेन, मेरो घाम र जून तिमीलाई रुचेन...
त्यसको दर्ुर्ुइ वर्षै उनी दिवंगत भए । ब्रिटिस गोर्खा सैनिकद्वारा सञ्चालित रेडियोमा रर्ेकर्ड गरिएको त्यो गीत त्यत्तिकै थन्कियो ।
पछि कार्यक्रमप्रस्तोता किशोर गुरुङमार्फ त्यो 'रफ' गीत काठमाडौं आइपुग्यो । दिव्य खालिङको शब्द र संगीत रहेको गीत लामो समय ओझेलमै रह्यो । केही महिनाअघि दिव्यकै स्मृति सभामा उनकी पत्नी ग्रेस खालिङले यसबारे बताएपछि सबै छक्क परेका थिए । नारायणगोपालले गाएको त्यही अन्तिम गीत बिहीबार शैलेश सिंहको स्वरमा र्सार्वजनिक गरियो ।
'ग्रेस भाउजूले अनुमति दिएपछि गाएको हु“' 'स्वर सम्राट्' को १८ औं जयन्ती अवसरमा गाउ“दै शैलेशले भने, 'पुरानो र ऐतिहासिक गीत गाउन पाएकोमा दंग छु ।'
नारायणगोपाल संगीत कोषले गरेको कार्यक्रममा स्वरसम्रँट्को 'वनै खायो डढेलोले...' गीतसमेत समेटिएको एल्बम 'सन्धि' र्सार्वजनिक गर्न पनि भ्याए
शैलेशले । 'वनै खायो डढेलोले' गाउनचाहि“ पेमला गुरुवाचार्यले नै अनुमति दिएको उनले बताए ।
नारायणगोपालको सम्झनामा महाराजगन्ज चोकमा आस्था कला केन्द्रले कर्न्र्सट गरिरहेकै बेला शैलेश भने कोषको आ“गनमा आयोजित स्मृतिसभामा स्वरसम्राट्कै गीत सुनाइरहेका थिए । उनले अर्केस्टामा 'कहिलेकाही“ म हा“स्छु, धेरबेर म हा“स्छु,' 'माया दियौ, मायाजस्तो चिज पनि लुकाएर किन दियौ' लगायत गाउ“दा नारायणगोपाललाई नजिकबाट चिनेका नगेन्द्र थापा, फत्तेमान, दीपक जंगम, प्रकाश सायमीलगायत भावुक बने ।
'उनी आधुनिक नेपाली संगीतका अघोषित राजदूत हुन्,' सायमीले भने, 'प्रवासमा नेपाली संगीत फैलिनुमा उनको ठूलो देन छ ।' १९९६ मा काठमाडौंको किलागलमा जन्मेका गोपालले २०१७ मा पहिलोपटक 'स्वर्ग्र्ाा रानी मायाकी खानी' गीत गाएका थिए । उनी २०१८ मा दार्जिलिङ पुगेका थिए । गोपाल योञ्जनस“ग मीत लाएपछि त्यहा“बाट योञ्जन र योञ्जनका संगीतसहित उनी काठमाडौं फिरे ।
तीनताक दार्जिलिङमा गोपालको प्रभाव यस्तो थियो कि उनले तारादेवीस“ग 'ए कान्छा ठट्टैमा यो बैस जाने भयो..' गाएको केही समयमै गोपालको 'कान्छा' प्रभाव अम्बर गुरुङको 'ए कान्छा मलाई सुनको तारा खसाइदेऊ न...' र शरण प्रधान र अरुणा लामाको 'हेर न हेर न कान्छा, डा“डामा फूलले ढाक्यो...' मा देखा पर्‍यो ।
'नारायण गोपालले नै पहिलोपटक कान्छा शब्द प्रयोग गरेका थिए,' सायमीले सुनाए ।
लामो समय सांस्कृतिक संस्थानका महाप्रबन्धक बनेका नारायणगोपाल 'बागिना' पत्रिकाको सम्पादकसमेत थिए । २०४७ मंसिर १९ मा दिवंगत उनका 'पोखिएर घाम झुल्का', 'म त लालीगुरा“स भएछु,' 'यो सम्भिmने मन छ', 'अल्झेछ क्यारे पछ्यौरी', 'एउटा मान्छेको मायाले कति', 'विरही माया अधुरो रह्यो', 'लौ सुन म भन्छु मेरो राम कहानी', 'जाग जाग चम्क हे नौजवान हो' लगायत सयौं सदाबहार गीत छन् ।
कोषले बिहीबारै स्वरसम्राट् स्मृति पुरस्कारबाट सीतारवादक नरेन्द्र बाटाजूलाई सम्मान गर्‍यो । २५ हजार रुपैया“को पुरस्कारबाट यसअघि प्रेमध्वज प्रधान, झलकमान गर्न्धर्व, दीप श्रेष्ठ, शुभबहादुर सुनामलगायत सम्मानित भइसकेका छन् । काठमाडौंको वटुमा ६६ वर्षघि जन्मेका बाटाजू हाल पmान्समा छन् । उनको अनुपस्थितिमा पुरस्कार कवयित्री उषा शेरचनले ग्रहण गरेकी थिइन् ।
'कोषलाई जीवित राख्न हरेक वर्षसम्मान दि“दै आएका छौं,' कोष अध्यक्ष्ँ नगेन्द्र थापाले भने, 'नारायणगोपालका गीतहरूको संग्रहालय गीतगंगा पनि बन्दै छ ।'
पुरस्कृत संगीतकर्मी बाटाजूले २५ हजारबाट एक रुपैया“ राखेर बा“की 'गीतगंगा' का लागि सहयोग गरेको कार्यक्रममा बताइयो ।

पासाङ, सुरुङ र गोलीकाण्ड

2008-12-05,Friday माओवादी जनयु४ थालनीअघि नै जनमुक्ति सेनाका कमान्डर पासाङले घरबाट जंगलसम्म जानआउनका लागि सुरुङ खनेका थिए । भूमिगतकालमा उनले घर जानआउन त्यै सुरुङ-मार्ग प्रयोग गरेका थिए । २५ मिटर लामो सुरुङ पासाङले श्रीमती र काइँला भाइ दीपकसहित तीनजना मिलेर खनेका थिए । सुरुङ खनेको विषय यति गोप्य थियो कि आमाबाहेक परिवारका अन्य सदस्य कसैलाई पनि थाहा थिएन । सुरुङ चार फिट चौडाइ र चार फिट उचाइको थियो । सुरुङबाट झुकेर मज्जाले हिँडेर भित्र-बाहिर गर्न सकिन्थ्यो ।
२५ मिटर लामो सुरुङ पासाङले श्रीमती र काइँला भाइ दीपकसहित तीनजना मिलेर खनेका थिए । सुरुङ खनेको विषय यति गोप्य थियो कि आमाबाहेक परिवारका अन्य सदस्य कसैलाई पनि थाहा थिएन । सुरुङ चार फिट चौडाइ र चार फिट उचाइको थियो । सुरुङबाट झुकेर मज्जाले हिँडेर बाहिर-भित्र गर्न सकिन्थ्यो । त्यतिबेला पासाङका पाँच दाजुभाइको संयुक्त परिवार थियो । मूलघरमा सुरुङ खन्ने योजना आमालाई सुनाएका थिए पासाङले । तर, उनकी आमाले मानिनन् । अर्को घरमा खन्ने अनुरोधलाई श्रीमती र आमाले नकारे । त्यसपछि पासाङले तेस्रो घरमा सुरुङ खन्न आमालाई मनाएका थिए । उक्त घरमा पासाङका काइँला भाइ दीपक बस्दै आएका छन्, जुन घरमा दीपकलाई गोली हानिएको थियो । जंगलसँग जोडिएकाले पासाङ प्रायः त्यै घरमा बस्थे । सुरुङ-मार्गमाथि भने अचेल वस्तुभाउ बाँध्ने भकारो बनाइएको छ । घरछेउमै जोडिएको जंगल अचेल फाँडिएको छ । 'सुरुङ हुँदै राङ्कोटको स्याङ भएर आउने भीरको बाटोसम्म पुगेको थियो,' पासाङ-पत्नीले भनिन्, 'सरसामान जंगलबाट घरभित्र लाने र भित्रबाट बाहिर लाने गथ्यौं । अहिले त त्यहाँ गाई बाँध्ने भकारा बनाएका छौँ ।' उनले सुरुङ खन्न पूरै एक महिना लागेको बताइन् । आफ्नो सुरक्षाका लागि खनिएको सुरुङमै पासाङका काइँला भाइ दीपकलाई पुलिसले गोली हानेको थियो । हात र गालामा गोली लागेका दीपक त्यसबेला जनमिलिसियाका कमान्डर थिए । आमाको शुद्धारीमा पासाङलाई पक्रन सकिन्छ भनेर ओबाङ, घर्तीगाउँ, बागमारा र पोखरा पुलिस चौकीबाट आएका पुलिसले उनको घर खानतलासी गरेका थिए । त्यसबेला शुद्धारी कार्यमा भेला भएका पासाङका छिमेकी र आफन्त मात्र कुटिएनन्, उनको कुकुरलाई समेत मारिएको थियो । गोली हानेर घाइते बनाइएका दीपक शान्ति-सम्झौतापछि मात्र जेलमुक्त भएका थिए । घटना हुँदाखेरि जनयुद्ध सुरु भएको एक महिना पुगेको थियो । रोल्पाका सयौं जनमोर्चाका कार्यकर्ता मात्र होइनन्, सर्वसाधारणलाई पनि मुद्दा लागेको थियो । कोही मुद्दा थाम्दै थिए, कोही जेलमा थिए । कोही कालापार (भारत) गएका थिए भने कोही भूमिगत । तिनै भूमिगतमध्ये एक थिए- पासाङ । सेल्टरको अभाव र सुरक्षाका कारण पासाङले आफ्नै घरमा सुरुङ खनेका थिए । विद्यार्थीकालदेखि नै चिनियाँ लङमार्च, भियतनामी 'टनेल वार'का सिडी र कथा हेरिसकेका थिए पासाङले । 'नेपालमा पनि यस्तो 'ट्यानल वार'को जरुरी हुन सक्छ भन्ने कल्पना पहिलेदेखि नै गरिन्थ्यो । जब हामीमाथि मुद्दा सुरु भयो, वर्गसंघर्षको क्रममा झूटा मुद्दा लगाएर जनतालाई घरघरबाट खेद्ने प्रक्रिया सुरु भयो, तब सुरुङको आवश्यकता पनि देखिन थाल्यो,' सुरुङ खन्नुको कारण बताए पासाङले । उनले त्यसबेला आफूलाई कतिवटा मुद्दा लगाइएको थियो ? त्यसबारे भने बिर्सिसकेको बताए । उनले भने, 'थिए होलान् दुई/चार दर्जन ।' भूमिगत अवस्थामा कसरी सुरक्षित हुने ? त्यसबेला जनाधार पनि नभएकाले सेल्टरको पनि समस्या भएको बताए । 'सेल्टरको समस्या थियो । पुलिस खोज्न आइरहने । सुरुङबारे पार्टी कमिटीमै बहस त भएको थियो । तर, कसरी के गर्ने भन्ने ठोस निर्णय भएको थिएन,' पासाङले भने, 'भिड्नभन्दा पनि भाग्न सजिलो होस् भन्ने हिसाबले सुरुङ बनाइएको थियो । आफ्नै तरिकाले बनाएको हुँ ।' उनी आफ्नो मूलघरमा आफूलाई खोजिरहँदा आफूले श्रीमतीको लुगा लगाएर खनेको बताए । 'पाल्लो घरमा पुलिसले अप्रेसन गरिरहेको थियो । मैले वारि महिलाको लुगा लगाएर खनिरहेको थिएँ,' उनले भने । उनले बनाएको सुरुङ उनी सुत्ने कोठाबाट नजिकैको जंगलसम्म पुगेको थियो ।'सुत्ने कोठाबाट निस्केर जंगल भएर भाग्न सकिन्थ्यो । खै, मैले नापेर खनेको होइन क्यारे । पुलिसले नै २५ मिटर कि कति भनेको थियो रे,' पासाङले भने । उनको योजनाअनुसार उनकी श्रीमती, काइँला भाइको सहयोगमा सुरुङ खनिएको थियो । सुरुङ परिवारका सदस्य सुतिसकेपछि खन्थे । पासाङले त्यसबेला खन्दै जाँदा निस्केका माटो र ढुंगाको व्यवस्थापन सबैभन्दा चुनौतीपूर्ण भएको बताए । 'चम थियो । खन्दै जाँदा कहीँ ढुंगा भेटिन्थे, त कहीँ रुखका जरा,' पासाङले भने । सुरुङ खोलिएको उक्त घरमा अहिले पासाङका काइँला भाइ दीपक बस्दै आएका छन्, जहाँ उनलाई गोली हानिएको थियो । उनको गाला र हातमा गोली लागेको थियो । त्यसबेला 'सुरुङबाट फायर गरेपछि गोली हानिएको' सञ्चारमाध्यमले बताए पनि यथार्थ त्यसो नभएको दीपकले बताए । 'पासाङ नै हो भनेर उनीहरू कराइरहेका थिए । 'यहीँ मार्ने' भनेर पुलिस कराउँदै थिए । तल्लो तलाबाट बाहिर निस्कँदै 'म पासाङ होइन, भाइ दीपक हँु' हात उठाएर के निस्कन थालेको थिएँ, गोली हानियो,' दीपकले त्यो दिनको सम्झना गरे, 'सायद, फेरि पनि हान्थ्यो होला, अर्को कुनचाहिँले गाली गर्‍यो । सायद, नहान् भन्यो होला ।' सुरुङ खन्न ०५२ को तिहार सकिनेबित्तिकै थालेका थिए । पासाङ-पत्नीले सुरुङ खनेको नदेखियोस् भनेर ठुल्ठूला ढुंगा र उत्तिसका दाउराले छोप्ने गरेको बताइन् । 'ठुल्ठूला ढुंगाले ढाक्यौँ । ढुंगाले नपुग्ने ठाउँमा उत्तिसका दाउराले ढाक्यौँ,' उनले भनिन् । 'सिमसिम पानी परिरहेको थियो । के काम बिगारे कुन्नि ? दिदीले उनको छोरा मनोज र उनको भदैलाई चार्नुभएछ । उनीहरू त ओतिन त्यै सुरुङमा पो पसेछन्,' पुलिसले सुरुङ थाहा पाउनुको कारण बताइन् । सुरुङको कुरा उनको भदैले उसको बालाई भनेपछि पोखराको पुलिसकहाँ सूचना पुगेको बताइन् । उनकी जेठानी दिदीका भाइ कांग्रेस थिए । पुलिसमा खबर पुगेको आफूले थाहा पाएको राति नै सुरुङमा लुकाइएका पार्टीका सम्पूर्ण सामग्री जंगलमा आफैंले लुकाएको बताइन् । 'थुप्रै सामान थिए, के हुन् कुन्नि,' उनले भनिन्, 'जंगलमा लगेर लुकाएँ ।' उनले त्यही सुरुङबाट उनको भूमिगत श्रीमान्लाई खाना पुर्‍याएको बताइन् । पासाङ निस्कँदा र आउँदा पनि त्यही सुरुङको प्रयोग गर्थे । सुरुङ खनिएको उनको घर र मूलघर ठीक वारिपारि छन् । बीचमा खोल्सा, उत्तिस र ओखरका बोट छन् । सुरुङवाला घर र मूलघरबीचको दूरी पाँच सय मिटरजति छ । 'मैले सुरुङबाट दीपेशको बालाई खाना लगिदिन्थेँ । त्यसपछि मूलघर आउँथेँ,' उनले भनिन्, 'बाहिर सधैं ताल्चा मारिएको हुन्थ्यो । दीपेशका बा सुरुङबाटै भित्र-बाहिर गर्नुहुन्थ्यो ।' पासाङ आफ्नी आमाको शुद्धारी हुन दुई दिनअघि घरमा आएका थिए । त्यसबेला सुरुङबारे थाहा भइसकेको थियो । 'दीपेशका बा दुई दिनअघि आउनुभएको थियो । पुलिसले सुरुङ पनि थाहा पायो । यहाँ नबस्नुस् भनेर पठाएँ,' उनले भनिन्, 'काइँला फेरि त्यै घरमा सुत्न गएछन् । पुलिसले राति नै आएर घेरेका रहेछन् । काइँलालाई त सुरुङबाट निस्कँदा गोली हानेछ ।'
पासाङ भन्छन्
विद्यार्थीकालदेखि नै चिनियाँ लङमार्चको कथा हेरिएको थियो । चाइनिज 'ट्यानल वार'को सिडी र कथा पनि हेरिएको थियो । भियतनामी वारका सिडी र कथा पनि हेरिएको थियो । सायद, नेपालमा पनि यस्तो ट्यानल वारको जरुरी हुन सक्छ भन्ने कल्पना पहिलेदेखि नै गरिन्थ्यो । जब हामीमाथि मुद्दा सुरु भयो, वर्गसंघर्षको क्रममा झूटा मुद्दा लगाएर जनतालाई घरघरबाट खेद्ने प्रक्रिया सुरु भयो, तब यसको (सुरुङ) आवश्यकता पनि देखिन थाल्यो । अहिले मलाई यकिन छैन, कुन्नि कतिवटा मुद्दा लागेका थिए मलाई ? पुलिस खोज्न आइरहने । तर, त्यसबेला सेल्टरको पनि समस्या थियो । व्यापक जनाधार पनि थिएन । त्यसैले सुरुङबारे साथीहरूबीच छलफल पनि भयो । त्यसपछि सुरक्षाको हिसाबले खासगरी भिड्नभन्दा पनि भाग्न सजिलो होस् भनेर सुरुङ खनिएको हो । खासमा त्यो ट्यानल हो । तर, त्यसलाई सुरुङ नै भने पनि हुन्छ ।
'एकछिन भए पनि घरमा बस्दा सुरक्षितसाथ बस्नुपर्छ भनेर नै मैले सुरुङ खनेको हुँ
त्यसबेला रोमियो अप्रेसन चलिरहेको थियो । अप्रेसन गर्न गाउँ आइपुग्नुअघि नै तयार पार्ने भनेर लागियो । एकछिन् भए पनि घरमा बस्दा सुरक्षितसाथ बस्नुपर्छ भनेर नै मैले सुरुङ खनेको हुँ । तर, त्यो पूरा नगर्दै अप्रेसन गर्ने टोली आइहाल्यो । मैले महिलाको लुगा लगाएर खनिरहेँ । पारि मूलघरमा आएर मलाई खोजिरह्यो । मैले वारि खनिरहेँ । सुरुङ भएको घरमा धेरै त बसिएन । सुत्ने कोठाबाट निस्केर जंगल भएर भाग्न सकिन्थ्यो । खै, मैले नापेको पनि छैन । पुलिसले नै २५ मिटर हो कि कति लेखेको थियो रे ।मैले पार्टीबाट अनुमति लिएर वा निर्णय गरेर सुरुङ खनेको होइन । कुनै सूचना पनि दिएको थिएन । आफ्नै हिसाबले खनेँ । सुरुङबारे पार्टी कमिटीमै बहस त भएको थियो । तर, कसरी के गर्ने भन्ने ठोस निर्णय भने भएको थिएन । फेरि मैले खनेँ भनेर सबैसित हल्ला गर्ने कुरा पनि भएन । रोमियो अप्रेसन सुरु गर्‍यो भन्नेबित्तिकै मैले खन्न सुरु गरेको हुँ । गाउँमा नआइपुग्दै मैले पूरा गर्नुपर्छ भन्ने थियो । सुरुङ कांग्रेसबाट नै एक्सपोज भयो । त्यसबेला मेरा घरनजिकै पोखरामा पुलिस चौकी थियो । ओबाङमा पनि थियो । दुवै एकदमै नजिकै थिए । थाहा पाइसकेपछि उनीहरू सुरुङ खनेको घरनजिकैको जंगल र पाखामा सुराकी बसेको पनि थाहा पाइयो । त्यसपछि म सुरुङ खनिएको घरमा बसिनँ । त्यै सुरुङबारे उनीहरू (पुलिस) नेपालगन्जमा पनि बैठक बसेछन् । पछि थाहा पाइयो, नेपालगन्जमा कुनै निष्कर्ष ननिस्केपछि काठमाडौंमा पनि छलफल भयो रे भन्ने सुनियो । तर, त्यहाँ पनि निष्कर्ष निस्केन रे । आमाको शुद्धारी थियो । म अवश्य पनि आउँछु भनेर पुलिस आएछ । म त हिँडिसकेको थिएँ । शुद्धारीमा भेला भएका सबै आफन्तलाई कुटेछ । काइँला त्यहाँ सुत्न गएको रहेछ । भागेको भए सायद भागिहाल्थ्यो होला । नभागेपछि गोली नै हान्यो । सुरुङ त अन्य कमरेडहरूले पनि हेर्नुभयो । एकपालि त बैठक नै त्यही घरमा बसेका थियौँ । खन्दाखेरी पानी परेर या अन्य कारणले रोकिनुपरेन । भाग्न पनि परेन । हिउँद थियो । कति गते थालेको र सकिएको मिति त मलाई याद छैन । घरभन्दा केही माथि ओडार थियो । त्यसमा राङ्सीमा जम्मा गरेको बन्दुक लुकाएका थियौँ । त्यो कुरा काइँलालाई थाहा थियो । ऊ जनमिलिसियाको एउटा समूहको त कमान्डर नै थियो । पन्ध्रवटा जति बन्दुक थिए । सबै पुलिसले लगेछ । संयोग, सुरुङबाट भाग्नेगरी पुलिस आएन । सुरुङ चार फिट चौडाइ र चार फिट उचाइको थियो । सामान्यतः अलिकति टाउको झुकाएर हिँड्न सकिन्थ्यो । म हतियारसितै आउनेजाने गर्थेँ । एकदमै गोप्य थियो । पछि पुलिसले नै नापेर गएछ । मैले त नापिनँ । २५ मिटर, कति भन्थ्यो रे । फोटो पनि खिचेछ । त्यसबेला ठूलै हल्ला भएको थियो । त्यो घटना हुँदा म नजिकैको गाउँ कुरेलीमा थिएँ । त्यहीँ भए पनि त्यो घरमा सुत्ने कुरा थिएन । सुरुङ छ भनेर एक्सपोज भइसकेको थियो । हामीले थाहा पाइहाल्यौँ नि, कतिखेर आउँछ भनेर वारि भीरबाट सल्ला र धाइराका बुटाबाट सुराकी गरेको । मैले त्यहाँ कसैलाई पनि नसुत्नू भनेको थिएँ । के भएर कुन्नि ? काइँला फेरि त्यहीँ सुत्न गएको रहेछ ।
पासाङ-पत्नी हस्तमाली भन्छिन्पोखरा पुलिसले थाहा पायो भन्ने थाहा पाएपछि मैले त्यहाँ लुकाइएका सबै सामान दुई रात लगाएर जंगलमा लुकाएँ । सायद, बम थिए होलान् । कागतपत्र सबै थिए । बन्दुकबारे मलाई थाहा थिएन, थाहा भएको भए त लुकाउँथेँ होला ।सुरुङ खन्ने सल्लाह गरेको भदौतिर हो । सुरुङबारे हामी दुईजनाबीच कुरा भयो । मूलघरबाट तल स्याला निकाल्ने भनेर दीपेशका बाले फुपू (सासू)लाई भन्नुभयो । तर, फुपूले मान्नुभएन । प्रकाश बस्ने पल्लो घरमा खन्छु भन्नुभयो तर, मैले मानिनँ । किनभने दाजुभाइ कसैलाई पनि थाहा थिएन । पुलिस आएर भत्काउला भनेर ती दुई घरमा खन्न सासूबुहारीले मानेनौँ ।
पोखरा पुलिसले थाहा पायो भन्ने थाहा पाएपछि मैले त्यहाँ लुकाइएका सबै सामान दुई रात लगाएर जंगलमा लुकाएँ । सायद, बम थिए होलान् । कागतपत्र सबै थिए । बन्दुकबारे मलाई थाहा थिएन, थाहा भएको भए त लुकाउँथेँ होला ।
'पाल्लो घरमा बनाउँछु है आमै ! मरे पनि त्यहीँ मरम्ला, बाँचे पनि त्यहीँ बाँचम्ला' भनेर दीपेशका बाले भन्नुभयो । फुपूले 'जेसुकै गर् तँ छोराले' भन्नुभयो । त्यसपछि हामीले अहिले काइँला बस्ने घरमा सुरुङ खन्ने योजना बनायौँ । कहिले पार्टीमा जाने, कहिले त्यहाँ रहने गर्दा एक महिनाजति पछि मात्र सुरुङ पूरा भयो । हामीले खन्न सुरु गर्दा त खर-घुर्रो काट्दै थिए । तिहारलगत्तै हामीले खन्न थालेका थियौँ । सुरुङ नहुँदा दीपेशका बालाई आउनजान गाह्रो हुने, मैले पनि खानपिन लगिदिन पनि गाह्रो थियो ।मलाई सम्झना छ, खन्न सुरु गर्दाको दिन मौसम सफा थियो । सायद, हामीले १० बजेतिर होला, परिवारका सबै सदस्य सुतेपछि खन्न थाल्यौँ । बिहान त उज्यालो नहुँदासम्म खन्यौँ । खन्न सुरु त बाहिरबाट गर्‍यौँ । माटो फाल्न पनि सजिलो हुन्थ्यो नि । जंगलतिर जाने बाटो पनि त्यतै थियो । हामीले भित्रबाट पनि एउटा मुख र बाहिरबाट अर्को मुख खोल्याँ । खन्न त हामी परिवारका सबै सदस्य सुतेपछि थाल्थ्यौँ । परिवार मूलघरमा बस्थे । दुई छोरा पनि बाजेबज्यैसित उतै सुत्थे । हामी दुईजनाले रातभर खन्यौँ । खन्नका लागि झप्पल, कुटो मैले नै जम्मा गरेकी थिएँ । रातभर खनेर बिहान फेरि परिवारका सदस्यसित म घरको काम गर्थेँ । खन्दाखन्दा चम र ढुंगा भेटिएर हैरान । माटो भएको ठाउँमा सुरुङ भत्क्यो । घर नै चम काटेर बनाइएको हो । दीपेशका बाले त दिनरात खन्नुभयो । सुरुङ थालेको केही समयपछि काइँलालाई पनि भन्यौँ । सुरुङ तयार भएपछि ढुंगा बोक्यौँ । पार्टीमा नजाँदा काइँलाले बोके । दीपेशका बाले बोक्ने कुरा भएन । ढुंगा त परपरबाट ल्याउनुपथ्र्यो । सुरुङ छोप्ने ढुंगा त मैले नै बोकेकी हुँ । सबै ठाउँमा त होइन तर, माटो भएको ठाउँमा त भत्केर तिनै ढुंगाले ढाकेका थियौँ । घरमा दीपेशका बा बेलाबेलामा आएर बस्नुहुन्थ्यो । सुरुङबारे त गाउँघर त के घरकै मान्छेले पनि थाहा पाएनन् । तर, एक दिन सिमसिम पानी परिरहेको थियो । केटाकेटीहरूलाई पुलिस आउला भनी हेर्न लगाएका थियौँ । केटाकेटीले के बिराए कुन्नि ? मनोजकी आमाले (जेठानी) मनोज र उसको मामाको छोरालाई लखेटेपछि ओतिन उनीहरू त त्यसै (सुरुङ)मा पो छिरेछन् ! त्यसपछि त हल्ला भयो । मनोजका मामा त कांग्रेस थिए नि । उसको मामाको छोरा पनि सुरुङमा पसेको कुरा उसको बालाई भनेछ । कुरा पोखरा पुलिसकहाँ पुगेछ । पोखरा पुलिसले थाहा पायो, भन्ने थाहा पाएपछि मैले त्यहाँ लुकाइएका सबै सामान दुई रात लगाएर जंगलमा लुकाएँ । कति ड्रम थिए । सायद, बम थिए होलान् । कागतपत्र सबै थिए । बन्दुक त मलाई भनिएको थिएन । थाहा पाएको भए त लुकाउँथेँ होला ।भोलिजस्तै फुपूको शुद्धारी हुने थियो । आजजस्तोमा दीपेशका बा आउनुभएको थियो । मैले उहाँलाई घरमा बस्न दिइनँ । यहाँ खतरा छ भनेर पठाएँ । सासूको शुद्धारीको राति नै आएर चारैतिरबाट पुलिसले घेरेछन् । फुपूको शुद्धारीमा दीपेशका बालाई पक्रने भनेर बागमारा, घर्तीगाउँ, पोखरा, ओबाङबाट पुलिस आएछन् । सुरुङ एक्सपोज भएको र यस्तो घटना हप्ता दिनभित्रै भएको थियो । मलाई सम्झना छ, एकाबिहानै थियो । पारि घरमा काइँलालाई गोली हान्यो । वारि आएर शुद्धारीमा आएका सबैलाई पुलिसले कुटे । कोही पनि बाँकी रहेनन् । मनपरी कुटे- लाठी, बुट र बन्दुकको कुन्दाले । सबै घाइते भए । त्यतिखेर ससुरालाई त पुलिसले लगेन । तर, दिनदिनै आएर धम्काउने र कुट्न थालेपछि सासू मरेको पीरमाथि पीर बोकेर कालापार (भारत) जानुभयो ।
पासाङपुत्र दीपेश/फेमस भन्छन्
'म तल्लो तलाबाट बाहिर निस्कँदै पासाङ होइन, काइँला भाइ दीपक हुँ भनेर हात उठाएर के निस्कन थालेको थिएँ, गोली हानियो’
बाबा सुत्ने कोठामा एक दिन दुई भाइ खेल्दै थियौँ । भर्‍याङबाट ह्वात्तै तल खस्यौँ । त्यसपछि पो थाहा भया, सुरुङ रहेछ भनेर । हामीलाई पुलिस आउला भनी हेर्नु भनेर सेन्ट्री राखेको कारण त हामीलाई थाहै थिएन । सुत्ने ठाउँनेरबाट गारो भत्काइएको थियो । गारोमाथि कुनाबाट झरेर गाई बाँध्ने 'भुङ'बाट लिस्नो लगाइएको थियो । लुकामारी खेल्दा हामी सुरुङभित्र पस्थ्यौँ र पर जंगलमा निस्कन्थ्यौँ । सुरुङभित्रै हामी दुई भाइ लखेटालखेट गथ्र्यौँ । घटना हुनुभन्दा अघिल्लो दिन बाबा आएर कपाल कटाउनुभएको थियो । घरमै बस्ने भन्नुभएको थियो । तर, आमाले जिद्दी गरेर पठाउनुभयो । नत्र त बाबा नै पर्नुहुने रहेछ ।
नवीन विभासnabinbibhas@gmail.com