Sunday, December 28, 2008

प्यारो विजय दाइ

मञ्जुल

"विजय दाइ ! मैले तपाईंको कोही किन बर्बाद होस् पढेको छु ।" मैले खुशी भएर विजय दाइलाई भनेँ । विजय दाइ- नेपाली साहित्यका पि्रय कवि, उपन्यासकार, कथाकार र नाटककार नयाँसडकको पिपलबोटमुनि उभिनुभएको थियो । उहाँको नजिकै उभिएर, हुनसम्म खुसी भएर म उहाँसँग कुरा गरिरहेको थिएँ । त्यसरि कुरा गर्न पाउँदा मलाई गज्जबको आनन्द लागिरहेको थियो । त्यति बेर उहाँलाई हेर्दा मलाई लाग्यो- उहाँ एउटा विशाल पहाड हुनुहुन्छ । भव्य हिमाल । उहाँ कलकल गर्दै बग्ने नदी हुनुहुन्छ । अटुट नदी । विशाल आकाश हुनुहुन्छ । अपार निलिमा । उहाँ सूर्योदय हुनुहुन्छ । त्यस्तै सूर्यास्त । दुवै । उहाँ मनोहर इन्द्रेनी हुनुहुन्छ । घामपानी । उहाँ चराहरू हुनुहुन्छ र तिनीहरूको सुन्दर उडान । "कहाँ पढ्नुभएको ?" उहाँले उत्सुक भएर सोध्नुभयो ।
"भोजपुरमा ।" मैले भनेँ ।
"ओहो Û भोजपुरमा मेरो किताब पढ्छन् Û"
विजय दाइले यसरी आश्चर्य मानेर आˆनो किताब र भोजपुरको बारेमा आˆनो धारणा राखेको देख्दा म आफैँ आश्चर्यमा परेँ । इलाम, भोजपुर, पाल्पा, धरान, विराटनगर, वीरगञ्ज, जनकपुर, भद्रपुर त्यो बेला निकै नामी ठाउँहरू थिए साहित्यको लागि । विजय मल्ल जस्तो स्रष्टाका किताबहरू भोजपुरमा पढिनु कुनै आश्चर्यको कुरै थिएन । "पढ्छन् नि दाइ तपाईंका किताबहरू भोजपुरमा । मन पराएर पढ्छन् । मैले पनि भोजपुरमै पढेको ।"
मैले विजय दाइलाई मन पराउने भोजपुरका थुप्रै-थुप्रै पाठकहरूलाई सम्झेँ । ओहो Û कस्तो लोकपि्रय हुनुहुन्थ्यो उहाँ भोजपुरमा । भोजपुरका पाठकहरूको माझमा ।
यो कुरा आजभन्दा एकचालीस, बयालीस वर्ष अगाडिको कुरा हो । मलाई लाग्छ विजय दाइ काठमाडौँबाट तराईतिर त जानुभएको थियो होला -या जानुभएको थिएन मलाई थाहा छैन) तर पहाडतिर चाहिँ शायद जानुभएको रहेनछ । नत्र किन यस्तो कुरा गर्नुहुन्थ्यो होला र भोजपुरको बारेमा Û
भोजपुर जान त्यतिबेला त्यति सजिलो थिएन । आज त बाटो बनिसकेको छैन मोटरको, त्यति बेलाको कुरै के Û साहित्यकारहरूले नेपालमा घुमफिर गर्ने, भेटघाट गर्ने, विभिन्न ठाउँहरूमा गएर साहित्यिक सभा-गोष्ठीहरूको आयोजना गर्ने चलन पनि त्यत्ति बसिसकेकै थिएन ।
साहित्यमा कसैले केही गर्नु पर्‍यो भने ओइरिनु पथ्र्यो सबैले काठमाडौँमा ।
दिनहरू एकदम फरक थिए ।
नेपाली साहित्यका लागि कि थियो वातावरण काठमाडौँमा कि थियो दार्जिलिङमा त्यति बेला ।
विजय दाइसँग मेरो सङ्गत बढ्दै गयो । मैले उहाँको उपन्यास अनुराधा पनि पढेँ । उहाँका कथाहरू पनि पढेँ । पत्रिकामा छापिने नयाँ नयाँ कथाहरू पनि पढेँ । पत्रिकामा छापिने नयाँ नयाँ कथाहरू झन् पढ्थेँ । कथाहरूले पार्नु प्रभाव पार्थे मलाई । कविहरूमा त उहाँ र वाशुशशी दाइ मलाई खूब मनपर्ने कविहरू हुनुहुन्थ्यो ।
उहाँलाई अन्याय अत्याचार भनेको पटक्कै मन नपर्ने । उहाँ क्रान्ति र परिवर्तनको प्रेमी । नेपालीहरूमा पनि साह्रै ठूलो हृदय भएको नेपाली । यो कुरा पनि थियो - उहाँप्रति मलाई आकषिर्त गर्ने । अर्को कुरा जे लेखे पनि विजय दाइले एकदमै कलात्मक पाराले, साह्रै मन छुने गरी लेख्ने । प्रयोग गर्दा प्रयोगको लागि प्रयोग नगर्ने, मीठो गरी सुन्दर विचार व्यक्त गर्न प्रयोग गर्ने । यो कुराले पनि मलाई साह्रै आकषिर्त गथ्र्यो उहाँको लेखन प्रति । विजय दाइलाई मैले व्यक्तिगत भेटहरूमा, गोष्ठीहरूमा, ठूलाठूला सेमिनारहरूमा, अफिसरहरूमा भेटेको छु । दाइ मेरा लागि सधैँ एकसमान हुनुहुन्थ्यो । गज्जब Û
उहाँले मलाई माया गरेर भन्नुहुन्थ्यो - कसरी चिठ्ठीहरू लेखिए, कसरी प्रेमपत्रहरू लेखिए, कसरी कथाहरू लेखिए र कसरी लेखियो उपन्यास अनुराधा । उहाँले आत्मीय भएर ती सब कुराहरू गर्दा मलाई लाग्नु आनन्द लाग्थ्यो । धेरै भाइ बहिनीहरू मलाई आफूभन्दा साना भाइ बहिनीहरूलाई माया गर्ने, उनीहरूसँग मिल्ने दाइको रूपमा लिन्छन् । तर मैले मेरा अग्रज दाइ र दिदीहरूबाट जुन माया पाएँ त्यो वा त्यस्तो माया मैले आफूभन्दा साना भाइ बहिनीहरूलाई दिन सकेकै छैन ।
एकदिन भर्खर भर्खरै उघि्रँदै गरेको बिहानी । म रानीपोखरीतिर आउँदै थिएँ विजय दाइ ठमेलतिर जाँदै हुनुहुन्थ्यो । ठ्याक्क भेट भयो हाम्रो राष्ट्रिय नाचघरतिर । मलाई साह्रै माया गरेर भन्नुभयो, "मञ्जुल भाइ Û मैले छेकुडोल्मा पढेँ नि- एकसासमा । थालेपछि नरोकीकन ।" अझ मायालु भएर बडो स्नेहले भन्नुभयो, "नबुझनिे शब्द एउटै छैन । पढ्दा नमीठो लाग्ने वाक्य पनि एउटै छैन । सुन्दर छ अत्यन्त सुन्दर Û" अनि मुसुक्क हाँसेर भन्नुभयो, "तर मैले क्यै बुझनिँ भाइ ।" अनि जोडले हाँस्नुभयो ।
एउटा कुरा विजय दाइको बारेमा मलाई भन्न मन लागेको छ । यदि म रङ्गकर्मी वा नाट्य-निर्देशक भएको भए उहाँको पाटनलाई साथै परेवा र कैदीलाई नाट्यरूपमा जरुर मञ्चन गर्ने थिएँ । कालजयी नाट्यकृति हुने थिए ती । तिनीहरूलाई मञ्चितरूपमा हेरेर नरुने को हुन्थे होला Û ती कथाहरूले छिट्टै पाए हुन्थ्यो अशेष मल्ल, सुनिल पोखरेल वा अनुप बरालजस्ता नाट्य-निर्देशकहरू ।
म सिनेमा बनाउन जान्ने भए त सिनेमामा ढालिहाल्थेँ यी दुई कालजयी कृतिहरूलाई ।
मैले विजय दाइको कुमारी शोभा कस्तो मन पराएर पढेको थिएँ । एकेडेमीबाट छापिएकोमा दुःख पनि मानेको थिएँ किनकि त्यहाँबाट छापिएका कृतिहरू एक संस्करणदेखि दोहोरिएर छापिँदा रहेनछन् । कस्तो नराम्रो ।
कुनै राम्रासे प्रकाशनले विजय दाइको रचना-समग्र निकालिदिए कस्तो राम्रो हुन्थ्यो होला Û त्यसरी घैंटोमा घाम लाग्ने प्रकाशकहरू कहिले पाइएलान् नेपालमा पनि Û आजभोलि पनि म विजय दाइलाई मेरो हृदयको ढोका घरक्क खोलेर नयाँसडकको पिपलबोटतिर जाँदै गरेको देख्छु- भेटन् नयाँ नयाँ स्रष्टाहरूलाई ।

No comments: