गोविन्दप्रसाद घिमिरे 'वेदमणि'
नेपाली साहित्यमा शिखर पुरूषको रूपमा साठी वर्षसम्म चम्किलो तारा भएर चम्किएका रामेश्वर चालिसे, रामबाबु, रामदाई रवि चालिसे, रवि बाबु हुँदै विकल उपनाम लिएका रमेश विकल नामको तारा यही पुस २ गते दिनको ३ बजे सारा शुभेच्छुक तथा आफन्तजनलाई निराशा र अन्धकार बनाउँदै अस्त भयो । आख्यानकार, नियात्राकार, बाल कथाकार, चित्रकार तथा सङ्गीतकारका रूपमा परिचय कमाएका विकलको एकासी वर्षको उमेरमा देहावसान भयो । जोरपाटीको आरूबारीमा जन्मेर विविध कार्यक्षेत्रमा संलग्न भै अन्तर्राष्ट्रिय ख्याति आर्जन गर्न सफल विकललाई गुमाउँदा समस्त जनता मर्माहत भएका त छँदैछन् वाङ्मयको क्षेत्रमा सक्रिय हुनेहरूका लागि झन दुखद बनाएको छ ।
उहाँको शालीन स्वभाव, मधुर वचन र सादा जीनव शैली सबैका लागि अनुकरणीय छ । उहाँले कहिल्यै आफूलाई घमण्डको घेरा भित्र राख्नु भएन । कहिल्यै ठूलो बनेको व्यवहार गर्नु भएन । झन् लेखन कलाले त जोसुकै पाठकहरूको मन छुने गर्दथ्यो । दुःखित पीडितहरूको भावना कोरिदिएकोमा उनीहरूले सह्राहना गर्थे । त्यसैले उहाँ यति धेरै लोकपि्रय बन्नु भयो कि उहाँको अनुपातमा अन्य आख्यानकारहरूको ओजन कम हुँदैगयोे ।
उहाँका अविरल बग्दछ इन्द्रावती, नयाँ सडकको गीत, एउटा बूढो भ्वाइलेन, आशावरिको धूनमा जस्ता दुईदर्जनभन्दा बढी कृतिहरू छन् र यिनेै कृतिहरूले उहाँलाई चम्काइरहने छन् लाखौँ वर्षसम्म साहित्याकाशमा । विकलले आˆनो जीवनमा लेखेका कृतिहरूका बारेमा आगामी दिनमा चर्चा परिचर्चा हुने नै छन् ।
२०४१ सालतिरनै हास्य व्यग्य विधाको विकास गर्ने उद्देश्य लिएर देशका ख्यातिप्राप्त यसै जोरपाटी गा.वि.स.का हास्य व्यङ्यकार भैरव अर्यालको सम्झनामा उहाँको नाममा भैरव पुरस्कार गुठीको स्थापना गरी पुरस्कार वितरण गर्ने कार्यको थालनी गर्नुभयो । उहाँको कार्यकालमै जोरपाटी २ को नयाँ वस्ती भैरव स्मृति
भवन वडानं. ५ मा भैरव पुस्तकालयको स्थापना भै सञ्चालन भैरहेको छ । भैरव अर्यालको अर्धकदको प्रतिमालाई जोरपाटीको मुख्य चोकमा स्थापना गराउन ठूलो भूमिका निर्वाह गर्नु भयो ।
विकल प्रगतिशील लेखक सङ्घको साझा प्रकाशन सञ्चालक समितिका सदस्यमा निर्वाचित हुनुभयो नेपाल प्रज्ञा प्रतिष्ठानको सदस्यमा मनोनित भै प्राज्ञको भूमिका पनि पूरा गर्नु भएको छ । २०५८ सालमा स्थापना भएको अभिनव साहित्य समाजको स्थापना र कार्यक्रममा सुरूदेखिनै संलग्न रही मानार्थ सदस्यको हैसियतले हरेक महिनाको अन्तिम शनिबार यस संस्थाले आयोजना गर्ने कार्यक्रममा आˆना अन्य कार्यक्रम बारे सहभागी हुने गर्नुहुन्थ्यो । कात्तिक महिनाको भाईटीकामा जन्मेका विकलको जन्मदिनको उत्सव हरेक वर्षझै अभिनवले सोही महिनाको अन्तिम शनिवार २०६५ कात्तिक २८ गते आयोजना गरेको थियो र विकल कार्यक्रममा सहभागी भई सम्बोधन गर्नु भएको थियो । विकलले बालसाहित्य पुरस्कार आˆनै हातले प्रदान गर्नुभएको थियो । तर दुर्भाग्य सो सम्बोधनलाई रेकर्ड गरिएन तर उहाँको तस्वीरहरू भने क्यामरामा कैद गरिएको छ । यो उहाँको यो नै अन्तिम औपचारिक कार्यक्रममा सहभागी हुन गयो ।
आख्यान साहित्यमा नयाँसडकको गीतबाट २०१८ सालमा मदन पुरस्कार पाउनु भएपछि उहाँको ख्याति बढ्दैगयो देश विदेशमा । पछि बाल साहित्य र नियात्रा साहित्यमा पनि उहाँको कलम उहाँको अघि बढ्दैगयो सो विधामा पनि त्यत्तिकै नाम उहाँको रहृयो फलस्वरूप महेन्द्र प्रज्ञा पुरस्कार, नूर गङ्गा पुरस्कार, कृष्णमणि पुरस्कार जस्ता विभिन्न पुरस्कार र सङ्घ संस्थाहरूबाट विविध मान सम्मान पाउनु भयो केही वर्ष अघि भारतीय पूर्वी राज्य सिक्किमका मुख्य मन्त्री पवनकुमार चाम्लिङ्बाट पनि सम्मानित हुनुभयो ।
अभिनव साहित्य समाजले उहाँको नाममा विकल वाल साहित्य पुरस्कारको स्थापना गरेको छ । यसरी गाउँको एक किसान परिपारमा जन्मेका रामेश्वर चालिसे, रामबाबु रमेश विकल हुँदै देहावशान हुनुभन्दा सात दिन अघिसम्म कलम चलाउँदै आफूलाई पूर्णरूपेण देश र जनताप्रति समर्पित गर्नु भयो र सबै बीच लोकपि्रय पनि रहनुभयो । उहाँले साहित्यिक संस्थाबाट जति सम्मान प्राप्त गर्नुभयो सरकारी निकायबाट भने उपेक्षित नै रहनु भयो । प्रगतिवादी लेखकको खोल ओडेको भन्दै आफूलाई प्रजातन्त्रवादी पक्षधर भन्न रूचाउनेहरू प्रायः सत्तामा भएको कारण पनि उहाँ उपेक्षित भएको अनुमान गर्न सकिन्छ ।
इच्छाहरूको कुनै सीमा हुँदैन । सीमित आयु, सीमित साधन तथा अवसरहरूले अनेकौँ इच्छामध्ये केहीमात्र पूरा हुन्छन् र त्यसैमा मानिसले सन्तोष गर्नु पर्दछ । विकलका पनि धेरै इच्छा थिए होलान् तीमध्ये केही इच्छाहरू उहाँले सबै सामू व्यक्त गर्नु हुन्थ्यो जस्तै साहित्य सदन नेपालको हाताभित्र साहित्याश्रम निर्माण गर्ने जहाँ नेपाल र विदेशबाट आएका कमजोर आर्थिक स्थिति भएका साहित्यसाधकहरूलाई केही दिन आराम गर्ने स्थल बनोस् । हाल अन्तिम अवस्थामा पुगेको हलको उद्घाटन प्रधानमन्त्रि प्रचण्डबाट गराउने र साहित्यिक गतिविधिको अवगत प्रधानमन्त्रीलाई गराउने उहाँको इच्छा पूरा हुन पाएन ।
अन्य थप इच्छाहरूमध्ये मेरो अविरल जीवन गीत दोश्रो खण्डको लेखनकार्य पूरा आँफैले गर्ने थियो । पहिलो खण्ड प्रकाशित भैसकेको छ र सो खण्डमा उहाँले २००७ सालसम्मका आˆना जीवनका परिघटनाहरूलाई समावेश गर्नु भएको छ । त्यसपछिका घटनाहरूलाई समावेश गरेर दोश्रो खण्ड लेख्न सुरू गर्नुभएको र करीव १०० पेजसम्म लेखिसकेको कुरा गर्नु भएको पनि थियो तर त्यसलाई बीचैमा छाडेर अङ्ग्रेजी भाषामा लेखिएको बालकथालाई अनुवाद गर्न थाल्नु भयो त्यो पनि पूरा भएन । अधूरै रहन गयो ।
No comments:
Post a Comment