Monday, July 12, 2010

सिम्माको नाममा नयाँ चिट्ठी - पढेपछी

सिम्मा- कवि ईन्द्र नारथुङेको मात्रिभाषा किराँत चाम्लिङ राई भाषा अनुसार कान्छी छोरी । उनैको नाममा दुई पटकसम्म लेखिएको चिट्ठी सङ्ग्रहित कविता सङ्ग्रह हो सिम्माको नाममा नयाँ चिट्ठी । आफ्नो माटो छाडेर करीब आधा दशक बिरानो मुलुकमा आफ्नो उर्जा र पसिना खर्ची कविले हामीलाई पस्किनुभएको यो कविता सङ्रह प्रकाशकको शब्द सापट लिएर भन्ने हो भने मानबताबादमा आधारित सङ्ग्रह हो । यसमा समेटिएका कविता पढ्दा लाग्छ यो साँचो ठम्याई हो, जहाँ कविले भात्रित्व, समानता र मानबियताका अनगिन्ती प्रसँग उल्लेख गरेका छन् । साहित्य समाजको दर्पण हो भनेर भनिन्छ, हुनपनि सचेत कविमन देशको , समाजको अनेकन बिम्बहरुबाट कसरी टाढा रहन सक्छ र रु अहिलेको लम्बिरहेको सँक्रमण र दिशा पहिल्याउन हरतरह प्रयास गरिरहेको हाम्रो देश अनि समाजको दर्पण यो सङ्ग्रह । कवि नारथुङे त्यस्तै सचेत नेपाली छोरो हुन् जो देशलाई दुख्दा छट्पटिन्छ, देश हाँस्दा प्रसन्न हुन्छ र बाटो बिराउन लाग्दा निराश हुनपुग्छ ।
सिम्मालाई लेखिएको दुई वटा चिट्ठी मध्य पहिलो चिट्ठी नेपालको आकाशमाथि सयौँ बर्ष रही हामीलाई अध्यारोमा बस्न वाध्य पार्ने कालोमैलो तुँवालो हट्न सुरु गर्दा बखत पोखिएको खुशी हो ,
तुँवालोको खास्टो ओढेर
सँधै गजधम्म बस्ने निनाम्मा (आकाश)
एक्कासी आधा उघारिएको देखेर
म अलिकती परिवर्तन भएको छु , सिम्मा ।



कविले ब्यक्त गरे जसरी हामी माथिको आकाशले तुँवालोको खास्टो ओढेको नभै जानी जानी ओढाईएको थियो । यो एक्कासी आधा उघारिएको पनि खासै हैन । यसलाई उघार्न नेपालीआमाका हजारौ छोराछोरीहरुले दशकौसम्म अनबरत संघर्ष गरे, ज्यान अर्पण गरे, यसैले त गएको आधा दशक देखी एता अनेकन प्रकारको शोषण, थिचोमिचो, कुप्रथा, दासताको जन्जिर रुपी तुँवालोलाई फटाउदै, हटाउदै हाम्रा आँगनिमा असिमित खुशीका किरणहरु, सम्भाबनाका मुलहरु देखिन थालेका छन् । हामी सबै रैती, प्रजाबाट जनता भएका छौँ , भलै यो पुरा भईसकेको अवस्था छैन । यस सुबर्ण अबसरलाई सदुपयोग गर्नु र असिमित श्रोत, साधन , सँस्क्रिती, रितिरिवाजमा धनी हाम्रो देशलाई अझ साझा, सशक्त र सबल बनाउनु आजको आवश्यकता हो र अनिबार्यता पनि ।



एउटा नयाँ बिहानको सँखघोष गर्नुपर्छ
सबैले छुन सक्ने
सबैको हुन सक्ने ।



हाम्रो जस्तो अशिक्षित जनता धेरै भएको, अन्धबिश्वास, कुरिती, कुसँस्कारले गाँजेको मुलुकमा फटाहाहरुको बिगबिगी हुनु, सबै परिस्थिती आँफु अनुकुलको बनाउन खोज्नु र कुतर्क , भ्रम छर्नु कुनै नौलो कुरा नै भएन ।

माटो बराबर नभए पनि
बाटो बराबरी नै पुग्ने
यस्तै गह्राहरु छुट्याउन लाग्दा
छुट्टीएका गराहरुमाथि
छिमेकिले आँखा गाड्छन् भनेर
कसले सुनायो यो झुट्टो कुरा ?



सबैले पाएको मात्र पनि कहाँ हो र रु लुटको स्वर्गमा अहिले आक्रमण भएको छ, दमित स्वरहरु उँचो भएका छन् । करिपन १० प्रतिशतका स्वर्गमा अहिले आफ्नो भाग , हक र अधिकार खोज्दै ९० प्रतिशत जनता आईपुगेका छन् । यस्तो कठिन घडीमा सबैले उचित रुपले एक अर्काको सम्मान गर्नु, मानबजातिले मात्र सोच्न सक्ने गुणको उच्चतम प्रयोग गरी न्यायपूर्ण हुनेगरी भाग लगाउनु , गुमाउनेको पिडाको ख्याल गर्नु , पाउनेले झन मातिएर उल्कापात मच्चाउन तर्फ लाग्न नहुने भन्दै सबैलाई यसरी सचेत गराउँछन् ,
अढाई सय बर्ष पछी
घामको किरण
तिम्रो आँगनबाट मेरोमा अलिकती सर्दा
आत्तिनु पर्ने कुनै कारण देख्दिनँ
मात्तिनु पर्ने कुनै कारण देख्दिनँ
परन्तु ,
तिमी आत्तियौ र फलाक्दै छौ
क्यानभासको बहुरङले चित्रमा बिखण्डन ल्याँउछ
मेरा आफन्तहरु मात्तिय र फलाक्दै छन्
आलिहरुलाई सिमा बनाउनुपर्छ ।



हुन पनि कति सुन्दर र उच्च बिचार छ कविसँग । के हाम्रा सन्ततिका भाग्य र भविष्यका ठेकेदार भईटोपलेका हाम्रा मुलीहरु यस्तै चेतना प्रयोग गर्न सक्षम छैनन् रु हाम्रा सुनौला भबिस्यका कोरिदै गरिएका रेखाहरु यिनै मुलीहरुका अकर्मण्य व्यबहार र सङ्किर्ण सोचाईको शिकार बनेर मेटिने प्रशस्त सम्भाबना देख्छन् । हामी आखिर गर्न पनि के सक्छौ र । हामी यसरी , उसरी भनेर कराउन मात्र न सक्छौ । साँचो लिएर हिंडेको चालकले सचेत भएर गाडी नचलाइदिएपछी, आफ्नो स्वार्थ सर्बोपरी ठानिदिएपछी, बिदेशीको गुलाम र दलाल गरेर राष्ट्रघात गर्न पनि पछी नपर्दिएपछी अनि रु
मेरो जीत बोकेर आँगनसम्मै आईपुगेको
घामलाई
लाचारिको घुम ओडाउदै
अर्को बिहानीको प्रतिक्षामा
फेरी पनि हार्न म राजी भएँ ।



यती धेरै बलिदानी, संघर्षद्वारा फटाईएको हाम्रो निनाम्मा माथिको तुँवालो फेरी जम्मा हुन लागेको भान भईराखेको छ, बिभिन्न जात जातिका असंगत तरिका , अतिसयोक्तिपूर्ण भनाइहरु, गराइहरु, धर्मभिरुहरु र अन्य को कुतर्कको बलमा,
निनाम्मा आधा उघारिए पनि
चेतनाको ढोका उघारिएन मुलीहरुको
अरुलाई घ्रिणा गरेर आँफु सम्मानित देख्नेहरु प्रति कवि टिठ देखाउँछन् र निराशा पनि । तर उनको यो निराशा दिर्घकालिन भने छैन, अहिले जतिनै निराश हुनुपरे पनि सत्यको जीत अबस्यम्भाबी छ, सुर्यको राप र तापलाई कसैको हत्केलाले छेक्ने सामर्थ्य राख्दैन । धर्म र जातका कुरुप सिमाहरु, अन्ध राष्ट्रबादका जङे पिल्लरहरु एकदिन ढल्ने नै छ र त्यो सुनौलो दिन पछी हामीहरु फेरी सदियौँ देखीका हाम्रा होली, ईद , छठ , दसैं, तिहार एकै ठाँउमा बसेर मनाउने छौं । हामी सबै नेपाली, हिन्दी , अङ्रेजी , मैथिली , भोजपुरी , नेवारी एकैसाथ बोल्नेछौँ , अरुको नष्ट गरेर आफ्नो बनाउने कुचेस्टा बन्द गर्नेछौँ ।
कविमनको जस्तै उत्कृष्ट बिचार, मानबीय भावना, भात्रित्व, देशप्रेम , माटोप्रेम हाम्रा मुलीहरुका मगजमा पनि घुसुन् र हामी आधा उघारिएको निनाम्माको छत फालेर निस्चल , निलो पुरा उघारिएको निनाम्माको छतमुनी सँग सँगै बाचौ, हासौ उन्मुक्त भएर, स्वतन्त्र भएर ।
सिङ्गापुर - दिपक बस्ताकोटी