Sunday, September 28, 2008

गत २८ तारिख ताइमोशान भञ्ज्याङमा खोटाङ सेवा समाजले आफू एक दशक पुगेको अवसरमा भव्य कार्यक्रमको आयोजना गर्‍यो र खोटाङका साहित्यकार, कलाकार, खेलाडी तथा समाजसेवीहरूलाई सम्मान गरिएकोले कार्यक्रम स्मरणयोग्य पनि भयो । सामाजिक तथा साँस्कृतिक सङ्घसंस्थाहरूले स्रष्टाहरूलाई सम्मान गर्नु भनेको निश्चय नै सुन्दर विचार हो । साहित्य समाजको आत्मा हुँदाहुँदै पनि सामाजिक कार्यकर्ताहरूले स्रष्टाहरूलाई तिरस्कार गरिरहेको अवस्थामा खोटाङबासी बन्धुहरूले जुन विचारका साथ कथाकार मालिकराम र्राई, गीतकार रामकृष्ण वान्तवा, लेखक किन्दर र्राई, कथाकार हिमकला र्राई, संस्मरणकार नरजित र्राई लगायत अन्य विविध क्षेत्रका महानुभावहरूलाई सम्मान गर्नुभयो, यो असल कुराको सिको अन्य सङ्घसंस्थाहरूले पनि गरिदिए कति राम्रो हुन्थ्यो होला । तेसो त हङकङमा किरात र्राईयायोक्खाले नेपालका लोकप्रिय कवि श्रवण मुकारूङ र गीतकार व्याकुल माइलालाई युनलङ थियटरमा सम्मान गरिसकेको छ । तर हङकङेली नेपाली स्रष्टाहरूलाई यसरी सम्मान गरिएको भने प्रथम अवसर होला । ती स्रष्टाहरू जसलाई खोटाङबासी बन्धुहरूले खोटाङे स्रष्टाहरू भएको नाताले सम्मान गर्नु भयो, साँच्चैमा उहाँहरू खोटाङको त हुनुहुन्छ नै सिङ्गो नेपालकै स्रष्टाहरू पनि हुनुहुन्छ । यी सम्मानीत स्रष्टाहरू नेपालभरि व्याप्त हुनुहुन्छ, उहाँहरूका रचनाहरू खोटाङ जिल्लाभन्दा बाहिर पुगिसकेका छन् । तेसो र पनि सम्मान या कदरको औचित्य देखियो ।
नेपाली साहित्यमा स्नाकोत्तर कथाकार मालिकराम र्राई वियोगीज्यू नेपालकै नामी कथाकारहरूको फेहरिस्तमा पर्नुहुन्छ । वि.सं. २०१७ सालखोटाङको दिक्तेल-५मा जन्मिनु भएको उहाँले दुइटा कथा सङ्ग्रह -विवशता-२०५८ र सयपत्री-२०६०) प्रकाशित गरिसक्नु भएको छ । विषेशगरिकन उहाँका कथाहरूमा यता हङकङतिरका पीरव्यथाहरू र उता नेपालका गाउँले सम्झना र दुःखहरू सम्मिलित हुन्छन् । खोटाङमै जन्मिनु भएका गीतकार रामकृष्ण वान्तवाज्यूका जम्मा एघारवटा कृतिहरू विविध विधामा प्रकाशित छन् । प्राप्त जानकारी अनुसार भर्खरै नेपाली भाषामा प्रकाशित सघन तुँवालो उपन्यास अङ्ग्रेजी लगायत अन्य दसवटा भाषामा प्रकाशित हुनलागिरहेको छ । मुटु छुने गीतहरू लेख्न खप्पिस उहाँ आदिबासी गीतकार समाज नेपालद्वारा प्रदान गरिने आदिबासी गीतकार प्रतिभा र शब्दशताब्दी नेपालको लोकप्रिय पुरस्कार क्रियटिभ अवार्डबाट पनि पुरस्कृत भइसक्नु भएको छ । नेपाली क्यान्टोनिज शब्दकोशका लेखक मध्ये एक र भर्खरै प्रकाशित चाइनिज पढ्न र लेख्न आफै सिक्नुहोस् पुस्तकका लेखक किन्दर र्राई पनि खोटाङकै विद्वान स्रष्टा हुनुहुन्छ । चाइनिज भाषाका कारण यहाँ नेपालीहरूको जीवन अप्ठेरो भइरहेको स्थितिमा नेपालीहरूलाई चाइनिज भाषा सिकाउने उद्देश्यले लेखिएको उहाँको नयाँ पुस्तक अत्यन्तै उपयोगी देखिन्छ । खोटाङकै चेली हिमकला र्राईज्यूले कथा, संस्मरण र लेखहरूको सङ्ग्रह चौतारा प्रकाशित गर्नुभएको छ । विविध सामाजिक क्रियाकलापहरूमा समेत सक्रिय उहाँका कथाहरूका पात्रहरूले मौलिक र जनज्रि्रोमा सम्वाद गर्दछन्, यो नै उहाँको विशेषता हो । उहाँ गीत पनि मीठो र सुरिलो गाउनुहुन्छ । वि.सं. २०१९ साल खोटाङको खिदिमामा जन्मिनु भएका नरजीत र्राईज्यूले स्नाकोत्तरसम्मको अध्ययन गर्नुभएको छ । नियात्रा सङ्ग्रह आकाश खोज्दै जाँदा उहाँको हालसालै प्रकाशित कृति हो । दर्जनौं सामाजिक सङ्घसंस्थाहरूसित आबद्घ उहाँ हङकङकोअत्यन्तै लोकप्रिय साङ्गीतिक समूह जेपिटीका संस्थापक अध्यक्ष पनि हुनुहुन्छ । खोटाङ सेवा समाजले यी स्रष्टाहरूलाई सम्मान गर्नु भनेको हङकङका सम्पर्ूण्ा स्रष्टाहरूको सम्मान गर्नु हो, म समाजका अध्यक्ष भोगेन्द्र र्राई, सचिव सुवास र्राई लगायत अन्य पदाधिकारीहरूको मुक्तकण्ठले प्रशंसा गर्न चाहन्छु ।ताइमोशानको चिसो भञ्ज्याङमा पनि कन्सिरीबाट खलखल पसिना चुहाउँदै जसरी समाजका पदाधिकारीहरूले कार्यक्रमलाई स्मरणयोग्य बनाउनु भयो अर्को अर्थमा बिङ्गोप्रेमीहरूलाई भने जेनेरेटरले नरमाइलो बनायो । नवआगन्तुक महावाणिज्यदूत केशवप्रसाद भट्टर्राईज्यूलाई बँगुरको धूपले बिरामी बनायो कि झैं लागिरहेछ । भोजपुर समाजका अध्यक्ष बसन्त निरौलाज्यूलाई त बानी भइसक्यो क्यार । त्यै भएर घरिघरि भट्टर्राईज्यूतिर दृष्टि दिनुभएको हो कि - जनजाति महासंघका अध्यक्ष भूपेन्द्र चेम्जोङज्यू ढिलो आइपुग्नु भयो, सायद प्रतीकात्मक अर्थ नलाग्ला । जनजाति महावाणिज्यदूत पठाएन राज्यले । तर राज्यले एउटा कुरामा बुद्घ िपुर्‍याएछ । त्यो के भने हङकङमा साहित्यकारहरूको जमात ठूलो छ र साहित्यकार टाइपको महावाणिज्यदूत पठाएर केही सन्तुलन मिलाउन खोजिएको देखिन्छ । हेरौं आगामि दिनमा यहाँका आन्दोलनकारी बन्धुहरूले राज्यको यो रणनीतिलाई कसरी लिनेछन् र कसरी यहाँको नेपाली समाजमा महावाणिज्यदूतले भूमिका निर्वाह गर्नेछन् । कार्यवाहक महावाणिज्यदूत हेमलाल भट्टर्राईभन्दा धेरै ज्ञानी देखिन्छन् अहिलेका असली महावाणिज्यदूत । तेसैले बधाई छ हामी हङकङका नेपालीहरूलाई ।
राष्ट्रगानबाट कार्यक्रम शुरू गरिएको थियो । औपचारिक कार्यक्रम सकियो । अँध्यारोअँध्यारो भइसकेको थियो । अचानक राष्ट्रगानको धून फेरि बज्यो । म उभिएँ । हेत्तेरिका, रामलीज्यूको मोबाइलको रिङटोनमा पो राष्ट्रगानको धून फिट गरिएको रहेछ । हेल्लो, भन्नुभो उहाँले, धून बन्द । म खिस्रिक्क परेँ । प्रविधिको विकासको करामत हो यो । अब राष्ट्रगानको धून सुन्न विषेश अवसरहरू प्रतीक्षा गर्नु आवश्यक रहेन । मोबाइल या एम्पिथ्रिमा भर्‍यो, चाहेको बेला सुन्यो । मोबाइलको घन्टीमा सयौं थुङ्गा फूलका हामी एउटै माला नेपाली होस् या सारे जहाँ सेअच्छा..सुन्दा एककिसिमको मज्जा आउँदोरहेछ । राष्ट्रगान बज्दा उभिनर्ुपर्छ भन्ने पुरानो मान्यता भत्किएको छ । विषेश अवसरमा मात्रै बज्नर्ुपर्छ भन्ने धारणा पनि भत्किएको छ । जसले जतिबेला राष्ट्रलाई सम्भिmन चाहन्छ तेतिबेला राष्ट्रगान सुने भो, गुने भो । यो सन्देश प्राप्त गरियो कार्यक्रममा ।
फोटो पत्रकार अम्बु गुरूङज्यू क्यामेराको थुतुनो सोझ्याएर खोज्दै हुनुहुन्थ्यो, खुस्केको दाँत र घ्याम्पे भूँडी, कानेखुसी र चुस्कीहरू । उहाँलाई देखेपछि सावधान हुन करै लाग्छ जो कोहीलाई । कार्यक्रमभरि उहाँकै भयले सतायो । देश सुब्बाज्यूलाई सम्भिmनै पर्छ यतिबेला । धेरै साथीहरूसित भेट भयो ताइमोशानमा । जोर्डनमा देवेन्द्र खेरेस र प्रदीप कन्दङवाज्यूसित भेटेर गफिदै हिँडेको कतिबेला चुनवानमा ५१ नम्बरको बस पर्खिन पुगेछौं । तिहीँनेर रामकृष्ण वान्तवा र दिदी भेटिनु भयो, ठ्याक्क तिक्सी आयो उहाँहरू चढेर सररर उकालो चढ्नु भयो। संस्मरणकार नरजीत र्राईज्यू पनि तिहीँ पो बस पर्खिरहनु भएको रहेछ । गज्जबसित भेट भयो । नश्लको कुरा गर्दैगर्दै कतिबेला ताइमोशान पुगेछौं थाहै पाइएन । बिबिक्यू चूलामा फेरि भोगेन एक्ले, बसन्त निरौला, प्रदीप कन्दङवा, देवेन्द्र खेरेसको भयानक भाषायुद्घ पर्‍यो । बोलाइ र लेखाइका कुराहरू भए । भोगेनजीले प्रश्न गर्नु भयो- हंगकंग, हङ्गकङ्ग, हङ कङ, होङ कोङ, हङकङ आदिइत्यादिमा कुन ठीक - निरौलाजीलेभन्नुभयो, म हङ कङ चलाउँछु । भोगेनजीले भन्नुभयो, म हंगकंग चलाउँछु । प्रदीपजीले भन्नुभयो मानक हुनर्ुपर्छ, सबैले एउटै चलाए राम्रो । मैले भनेँ सबैले सबै खाले चलाए अझ राम्रो । खेरेसजी मुस्कुराउनु भयो । तर्कहरू गाँजिन थाले । वैचारिक अनेकानेक घुसाएर मत्थर पारियो तर्कको छाल । धेरै कुराहरू भए ताइमोशानमा, सबैसबै उल्लेख गर्दा लामो होला आलेख । जेहोस् स्रष्टाहरूलाई सम्मान गरिएकोमा खोटाङ सेवा समाजलाई सृजनशील साहित्य समाज समग्र हङकङेली नेपाली स्रष्टाहरूको तर्फाट हार्दिक कृत्यज्ञता ज्ञापन गर्न चाहन्छ । चाहे खोटाङका हुन्, चाहे भोजपुरका, चाहे लमजुङका हुन्, चाहे स्याङ्जाका, चाहे झापाका हुन्, चाहे ताप्लेजुङका, चाहे तेह्रथुमका हुन् चाहे तनहँका,चाहे पोखराका हुन्, चाहे धरानका, चाहे दार्जिलिङका हुन्, चाहे काठमान्डौंका- हङकङका सम्पर्ूण्ा स्रष्टाहरूलाई सृजनशील साहित्य समाज एउटै आँखाले हर्ेदछ । हङकङका स्रष्टाहरूलाई जिल्लाले टोलले क्षेत्रले आफन्तजनले सम्मान गर्दछ भने हामी त्यो खुशीमा निश्चय नै सहभागी हुनेछौं । फेरि पनि सृनजशील साहित्य समाजको तर्फाट बधाई छ सम्मानित स्रष्टाहरूलाई । अन्तमा ताइमोशानमै विमोचन भएको खोटाङस्मारिकाबाट कवि इन्द्र नारथुङ्गेज्यूको कवितांश उदृत गर्न चाहन्छु ।
हरबिहान सगरमाथा छोएर झर्ने घामले
पहिलोपटक पाइला टेक्छ ट्याम्के डाँडोमाथि

घाम खोटाङको हुन्छ दिनभरि,
नागी र खर्कहरूमा
सेताम्ये बुकी फुलेर
मोती बटुल्न आह्वान गर्छ जब प्रकृतिले
तब खोटाङ ओह्रालो र्झछ ढाकरतोक्मा बोकेर
बेल्टार, मर्ुर्कुची र कटारी सिङ्गै उठाउन
खकन भिर्न र भन्ज्याङमा बसेर
एक फाँको सातु मुक्याउन
अझै छाडेको छैन खोटाङले,
तेसैले तघाम खोटाङको हुन्छ दिनभरि ।
इल्लिगल ईन्द्र नारथुङ्गे
'सुजन पनि इल्लिगल भएछ' वसन्तले फोन गरेर मलाई सुझाएको थियो । वसन्तसँग फोनमा सम्पर्क बिच्छेद हुन साथ मैले फोन गरे थें तर सुजनको नम्बरमा फोन लागेन । पुनः वसन्तले फोन गरेर थप रहस्य खोल्यो 'सुजनले त जुलितासँग बिहा गरेछ ।'
सुजन र जुलितालाई म राम्रो सँग चिन्छु । यी दुई बिचको प्रेम कथाको एकमात्र साँक्षी पनि म नै हुँ । उनीहरुले बिहा गरेको खबर सुन्दा अनौठो नलागे पनि उनीहरुको भविश्यको चिन्ताले म केहीबेर छट्पटि रहें । सुजन मेरो कुनै साईनो लाग्ने आफन्त होईनन् उसँग फगत माटोको सम्बन्ध छ । तर जुलितासँग त्यो सम्बन्ध पनि छैन । त्यही पनि दुवैसँगको परिचय पछि पराईपन हराएर गएको छ । एक परिवारका सदस्य भन्दा बढी नै उदाङ्गो छौं हामी ।
तीन बर्ष अगाडि हरिरायको बिदा मनाउन कोतराय पुगेको बेला एक नेपाली रेष्टुरेन्टमा पहिलो पल्ट सुजनसँग मेरो भेट भएको थियो । थामी नसक्नुको भिडलाई चिर्दै म एउटा टेबलमा पुगेर खाना अर्डर गर्नु अगावै सुजन सोही टेबलको एक कुनामा बसेर गाँस हुत्याउँदै थियो । गम्भिर देखिए पनि उनको अनुहारमा उदासी थिएन । वेटरले छेवैमा छोडेर गएको मेनुलाई हातले टिपेर हेर्दै परिचयको ढोका मैले नै उघारेको थिएँ । मुखमा हालेको गाँसलाई घुटुक्क निल्दै हल्का मुस्कुराएर उस्ले आफ्नो नाम भन्दै हात मतिर बढाएको थियो । ऊ मलेसिया सरकारले नेपाली कामदारलाई वर्क परमिट दिने निर्णय गरे लगत्तै भित्रिएको रहेछ । म भने एक बर्ष पछौटे थिँए । हामी बिचमा निक्कै बेर गफगाफ चल्यो । सुरुमा बोल्न अनकनाए पनि अन्तमा ऊ यसरी बग्न थाल्यो कि मलाई रोक्न करै लाग्यो । त्यस दिन एक आपसको सम्पर्क नम्बर साटासाट गरेर हामीले बिदाईको हात मिलाएका थियौं ।
सुजनसँग दोश्रो भेट दिपावलीको बेला भएको थियो । त्यस दिन ईन्डियन मूलका मलेसियन नागरिकहरुको तमकझमकले कोतराय रंङ्गिएको थियो । खुसीमा झुमिरहेका मलेसियन हिन्दुहरुको भिडमा नेपालीहरुको अनुहार फुङ्ग उडेको झैं लाग्थ्यो । बर्ष दिनमा आउने तिहार पर्वमा चेलीहरुबाट टाढा हुनुपरेको पीडाको निशानी हुन सक्छ त्यो मुखाकृति । त्यस दिन हामी भिडबाट अलगिन्दै मर्डेका भ्यूमा पुग्यौं । केएल टावरसँग दाँजिन्दै उभिएको खम्बामा स्वतन्त्रतापूर्वक फहराईरहेको मलेसियाको झण्डाले बनाईहरेको छाँयामा छेल पर्दे हामी सामुन्ने रहेको विश्राम स्थलमा पुग्यौं । फाट्टफुट्ट मान्छेहरुको ओहोरदोहोर बाहेक पार्क सून्य नै थियो । त्यही सून्यताको फाईदा उठाउँदै सुजन र म गफमा निमग्न हुन थाल्यौं । अन्तर मनलाई खोल्ने क्रममा मैले सुजन साहित्य मन पराउने मान्छे भएको चाल पाएँ । मैले पनि उनलाई खुलस्त भने म संगीत मनपराउँछु । त्यस दिन हामीले साहित्य र संगीतको बारेमा आफुहरुले जानेसम्म गफ गर् यौं र छुट्यौं ।
भनिन्छ आप्रवासी कामदारको जीवन न मन लागेको बेला हिड्न पाईन्छ न भोक लागेको बेला खान नै । परन्तु बाह्र घण्टा अरुलाई बन्धकीमा सुम्पेको समय सकिन नपाउँदै बिदेशी कामदारहरुको ओईरो लाग्छ बजारमा । पासार मालाममा सस्तो कपडा छान्ने देखि लिएर लोकल रेष्टुरेन्टमा नाइन्टी नाईन घोप्ट्याउने विदेशी नै हुन्छन् । फोनको भरमा एक राते मायालुलाई महिना दिनको तलब सुम्पने मात्र हैन चौगेटको यौन बिक्री कक्षमा हरेक पल्ट तिगा पुलो फाल्ने पनि बिदेशी नै हुन्छन् । ईन्डोनेसियन भियतनामी फिलिपिनो बङ्गाली पाकिस्तानी बर्मिज र भारतीयहरुको दाँजोमा नेपालीहरु निक्कै अगाडि छन् यो मामलामा । यस्तै गफ गरिरहँदा सुजनले एकपल्ट भनेको थियो 'मलाई त नेपाली हूँ भन्न पनि शर्म लाग्छ ।' सुजन भन्दा अगाडि बढेर मैले भनेको थिएँ 'म त हतपत्त नेपाली भाषा बोल्दिन पनि ।' हाम्रा यी साझा बिचारले हामीलाई अझ नजिक्यायो । हामीले नेपाली हुनुमा शर्म मानेका थिएनौं तर मलेसियामा नेपालीहरुले देखाउने ब्यवहारको कारण लज्जित हुनु परेको थियो ।
चाईनिज न्यूईयरको बेला थियो । हप्ता दिनको कम्पनी बिदाले खाली बस्नु पर्दा मनले पुरानो यादहरुलाई कोट्याउन खोज्दै थियो । त्यहीबेला अचानक सुजनले फोन गरेर मलाई उसकोमा बोलायो । क्वालालम्पुर पुगेर गाडी चढी म शाह आलम हानिएँ । उस्ले फोनमा भनेको थियो 'म तिमीलाई आज एउटा सपर््राइज दिन्छु ।'
उस्ले भने बमोजिम म गाडीबाट उत्रेर प्रतिक्षालयमा कुर्न थालें । मध्यान्नको तातो घामलाई छानाले छेके पनि सितलता दिन नसकेरै होला गर्मी उखुम भईरहेको थियो । केही क्षणको पखाईमै उकुसमुकुस भईसकेको थिएँ । अचानक एउटी अपरिचित केटीसँग हार मिलाउदै सुजन म भएतिरै आईरहेको देख्छु । मनमा चिसो पस्छ कतै सुजनले भनेको सपर््राइज त्यही केटी त होइन दोश्रो कुरो सोच्न नपाउँदै सुजन मसँग घ्वाम्लाङ्ग अङ्गालो मार्न आईपुग्छ । हामी एकआपसमा हेराहेर गर्दछौं निक्कै बेर । सुजनका गम्भिर आँखाहरु खुसीमा नाचीरहेको देख्छु म । उनको खुसी देख्दा लाग्थ्यो उस्ले ठूलै बाजी मारेको छ । सुजनसँगै आएकी केटी छक्क परेर हामीलाई हेरिरहेकी थिईन् । हठात् बाहुबाट अलगिन्दै सुजनले ती केटीसँग परिचय गरायो 'यिनी मेरी साथी जुलिता ।' ओठमा जब्बरजस्ती मुस्कान ल्याउँदै मैले पनि आफ्नो नाम भने 'म शरद ।' जाऔं भन्ने ईसारा गर्न साथ हामीले सुजनको पाईला खप्ट्याउन थाल्यौं । एउटा सानो बजारलाई पछाडि धेकल्दै हामी एउटा कम्पाउण्ड भित्र र्छिछौं । एकै मोडलका पाँच छ वटा होस्टल लस्करै उभिएका थिए । होस्टलको दाँयाबाँया खुल्ला पार्क र पार्कमा बिभिन्न जातका रुखहरुले शिलतला दिईरहेको थियो । तातो घामको पर्वाह नगरी मन्द गतिमा पवन रुखका पातहरुसँग ईत्रिरहेको थियो । सुजनले बीचको होस्टलको तेश्रो तल्लामा उकालेर एउटा कोठमा पस्न ईसारा गर् यो । दुईजना केटाको साथमा एक्लो केटी मलाई कताकता असजिलो महशुस भईरहेको थियो । जुलिता ढोकाबाट भित्र छिरे पछि भने म अलिक हल्का भएँ र छिरें ।
'हैन सुजन तिमीले आज के सपर््राइज दिन्छु भनेर मलाई बोलाएको हौ ' मैले कुरा कोट्याएँ ।
'के सपर््राइज दिनु तिमीलाई उसैसँग परिचय गराईदिउँ भनेर बोलाइको नि ।'
जुलिता तिर औंलाउँदै सुजन बोल्यो । तर कुरा नबुझेर होला जुतिला वाल्ल परिरहेकी थिई ।
'नाम त उनको जुलिता भन्ने थाहा पाएँ असलीमा उनी को हुन् ' म प्रष्ट हुन चाहे ।
'हामी एउटै कम्पनीमा काम गर्दछौं । तर उनी ईन्डोनेसियाली हुन् । मेरो मिल्ने साथी र हाल प्रेमीका पनि ।' सुजनले कुरा टुङ्ग्याउन नपाउँदै मैले आश्चर्य प्रकट गरें 'प्रेमीका'
'यसमा अचम्म मान्नु पर्ने नै के छ र शरद जात धर्म भाषा संस्कार संस्कृति र सीमाले प्रेमलाई रोक्न नसक्ने रहेछ । तर यो प्रेमलाई अरुको सँग दाँज्यौ भने तिम्रो भुल हुने छ ।' ऊ आफ्नै लयमा फर्किएर बोल्न थाल्यो ।
खै… यसभन्दा अगाडि म बढ्न सकिन । तर ब्यङ्ग्यको सानो झटारो मुस्कान बाट हाने । आफ्नै आँखाले देखेको छु यस्ता प्रेमको नाटक जहाँ यौनको सौदाबाजीमा केही दिन प्रेमको चक्कर चल्छ तर जब नयाँ पात्रको आगमन हुन्छ सबै चकनाचुर । म कसरी उनिहरुको सम्बन्धलाई अरुको जस्तो होईन भन्न सक्थेँ र तर शब्द खर्च गरेर मन दुखाउन चाहिन मैले उनीहरुको । त्यो दिन म उस्तो खुल्न सकिन । यो कुरा सुजनले पनि फिल गरिरहेको थियो । साहित्य मनपराउने मान्छे न पर् यो ऊ मलाई मनोविज्ञानको तराजुमा उस्ले जोखिसकेको हुनु पर्दछ भन्ने मैले ठम्याएँ । सामान्य कुराकानी पछि म फर्किन हतारिएँ । बस सटेशन सम्म सुजन र जुलिताले मलाई साथ दिए ।
एक हप्ताको लामो विदा सकिन नपाउँदै कम्पनीमा कामको चाप बढ्न थाल्यो । नियमित छ-सात घण्टा ओभर टाईम गर्नु पर्ने नियतीले ज्यादै बेफुस्रदी निम्त्यायो । कोठामा कपडा धुन बाहेक अरु काम गर्न समय नै नपुग्ने । मलेसियामा विदेशी कामदारहरुलाई ओभर टाईम मिल्नु भनेको असारको पन्ध्र आए जस्तै हो । नाथें बेसिक स्यालरीले त महिनाभरी खर्च गर्न पनि पुग्दैन । ओभर टाईम भएन र गरिएन भने जति बर्ष मलेसिया बसे पनि रित्तै हात फर्किनु सिवाय अरु कुनै उपाय थिएन । म आफ्नो नियमित रियाज र हप्तामा एक दिन इ-मेलमा बस्ने क्रमलाई छोडेर काममा जोतिई रहें । यसबिचमा साजय राज र जीवनको केही कल फोन रिसिभ गर्नु भन्दा अरु कसैको फोन आएन । सुजनले पनि फोन गरेन म त नगर्ने पक्षमा नै थिए ।
करिब महिना दिन पछि काम अलिक बेलैमा छुट्यो । सधैं काम र कोठामै कोचारिएर बसिरहनु पर्दा मन साह्रै भारी भएकोले त्यो साँझ पार्कमा निस्किएँ । पार्कभरी हरियाली छरिरहेको रुखहरुमा निलो रङ्गको फूल फुली रहेको थियो । फूल जस्को नामैले मात्र पनि म रोमािाचत हुन्छु । फूल साह्रै संवेदनशिल बस्तु जो आँखाले हेरिन्ाजेल राम्रो देखिन्छ । टिपेर खेलाउन साथ त्यसका सारा स्वभावहरु मरेर जान्छन् । संवेदनाको प्रतिक न हो त्यसबेला दुईथोपा आँशु चुहाएर त्यसलाई श्रदान्जली दिन बाहेक के नै पो गर्न सकिन्छ र त्यही पनि छुक्छुके मन मैले रुखको डाली नुहाएर एक झुम्पा फूल चुँडी छाडे ।
फूलको रङ्गहरुसँगै खेली रहेको बेला हेण्ड फोनको घण्टी बज्यो । नयाँ नम्बर भएकोले अन्कनाउन्दै फोन रिसिभ गरे । फोन सुजनले गरेको रहेछ ।
सायद तिमी मसँग रिसाएको हुनपर्छ । यतिका दिन भयो तिमीले एक कल फोनसम्म गरेनौ सुजन गुनासो पोख्दै थियो ।
हैन मैले रिसाउने पर्ने कारण नै के छ र सुजन कम्पनीमा आटीको मारामार भएकोले नभ्याएरै हो फोन गर्न नसकेको । अँ भन कस्तो छ तिमीलाई अनि जुलिता…। मलै मन नपराई नपराई जुलिताको नाम पनि उच्चारण गरे ।
ठिकै छौं । तिमी जतिसुकै कुरा बनाउ तर मबाट तिम्रो मन भाँचिएको छ । र त्यो स्वभाविक पनि हो । किनभने मेरो वास्तविकता तिमीलाई खोल्नै बाँकी छ । भन कहिले भेट्ने सुजन अलिक जर्कियो ।
हुन्छ भेटौंला । अब केही हप्ता पछि कम्पनीको अर्डर अलिक कम हुन्छ । त्यसबेला छुट्टी पाईएला । म तिमीलाई फोन गर्छु नि । म ऊ बाट पन्छिन चाहें ।
ओके म तिम्रो फोनको प्रतिक्षामा हुनेछु भन्दै उस्ले फोन राख्यो । म पुनः फूलसँगै हराउन थालें ।
सुजनसँगै भेट्न भनेर एक आईतबार म क्वालालम्पुर छुट्ने बस स्टेशनमा पुगें । महिनाको पहिलो आईतबार परेको हुनाले क्वालालम्पुर जानेहरुको भिडले बस क्षण भरमै भरियो । म अर्को वसको प्रतिक्षामा रहन थालें । मनले सुजनकै बारेमा नानाथरी सोची रहेको थियो । त्यती भावुक मान्छे जस्को मनमा राष्ट्र प्रेम अधिक छ र नराम्रो काममा लाग्नु हुँदैन भन्ने पुरा ज्ञान छ कसरी एउटी ईन्डोनेसियन महिलाको प्रेमजालमा पर् यो मैले अनेक थरी तर्कहरु मनमा खेलाएँ तर चित्तबुझ्दो जवाफ मैले कतै पाइँन । तर्कना कै बिच म कतिबेला गाडी चढे पत्तै भएन । फराकिलो सडकमा हुरुरु चिप्लिरहेका निर्जीब सवारी साधन भन्दा तेज गतीमा मेरो बिचार चिप्ली रहेको थियो । करिब एक घण्टा नहुँदै म क्वालालम्पुर पुग्छु । आकाश छुन हतारी रहेको क्वालालम्पुर सिटी सेन्टरको जुम्लेहा टावरसँग आँखा जुधाउँदै जालान सिलाङको एक नेपाली रेष्टुराँमा छिर्न लाग्दा सुजनको फोन आउँछ ।
तिमी आईपुग्यौ होला तर म आउन सकिन । बरु शाहआलमसम्म दुःख गर न । एक घण्टाको कुरा न हो । तिमीलाई बस लाग्ने ठाउँ थाहा छँदैछ । सुजनले फोन राख्यो ।
म केही बेर रन्थनिन्छु । आ ! जान्न । त्यसको कहानी सुन्नु पनि फेरी यति दुःख किन गर्नु । जे सुकै होस् म जान्न । मैले प्रतिज्ञा गरे । तर अर्को मनको हुट्हुटीलाई मैले रोक्न सकिन । बिचराको जीवनमा कुनै ठूलै घटना घटेर पो हो कि त्यस्तो भएको । मैले सुन्नै पर्छ मैले जानै पर्छ । भित्री मनको पुकारलाई मेरो कुन तागतले रोक्ने म शाहआलम जाने बस चढेर पुनः बाटो नाप्न थालें ।
उही कोठा जहाँ सुजन र जुलितासँग मेरो करिब डेढ महिना अगाडि भेट भएको थियो । सरासर म त्यही पुग्छु । कोठामा सुजन एक्लै रहेछ । मैले जुलिताको खोजी गर्न चाहिन किन्तु सुजनले आफै खोल्यो जुलिताको ड्युटी परेको ले आउन सकिनन् ।
हैन सुजन के कुरा हो त्यस्तो जस्ले तिम्रो मन बदल्यो कुराको थालनी गरें मैले ।
सुजनको गोरो अनुहार धमिलियो । ऊ मलाई पुर्लुक्क नियाल्छ र कुराको थालनी गर्दछ । 'शरद असलीमा म एक प्रेम पिडित मान्छे हुँ । मसँग सबै थोक थियो । हाँसो थियो खुसी थियो र सबैभन्दा बढी त्यो हाँसो खुसीमा साथ दिने सुस्मा थिईन् । तर यो बैदेशिक रोजगारीले लुट्यो शरद सबै थोक । आज मसँग पिडा छट्पटी बेदना र अनिश्चित भविश्य भन्दा अरु केही छैन शरद ।' सुजनको चिम्सा आँखाको ढकनमा कताकता शीत देखापर्दछ । आफ्ना दुवै हातहरुलाई गाँठो बनाएर ऊ पोखिन थाल्यो 'आज भन्दा सात बर्ष अगाडि सुस्मासँग मैले अन्र्तजातीय प्रेम बिवहा गरेको थिएँ । तनको मात्र होईन मनको पनि असाध्यै जाती थिईन् उनी । जोसँग मैले साथै पाँच बर्ष बिताएँ । पाँच बर्षमा हामी कमै मात्र छुट्टियौं । उनको एउटै बानी नराम्रो थियो हत्तपत्त मनको कुरा नभन्ने । यही बिषयमा हाम्रो कहिले काँही झगडा पनि पर् थ्यो । तर पनि हामी यति चाँडै मिल्थ्यौ कि झगडा गरेको हेर्ने मान्छेहरु पनि छक्क पर्दथे । कतिपयले त हामीले ख्याल गरेको ठान्थे । तर पाँच बर्षसम्म हाम्रो सन्तान भएन । यो कुराले सुस्माको मन पिरोली रहेको थियो म पैशा कमाउन नसकेकोको पिडामा छट्पटी रहेको थिएँ । मैले जागीर नपाएको होईन तर त्यो जागीरले सामान्य परिवार धान्न गाह्रो भएको कारणले बिदेशिन कर लाग्यो । बिदेशिने मेरो कुरालाई सुस्माले पहिला त ईन्कार गरिन् तर पछि खै के सोचिन् र सर्मथन जनाईन् । शरद मलाई अझै पनि त्यो दिनको याद छ जतिबेला म सुस्मालाई काठमाण्डौ नयाँ बसपार्कमा बिदाई गर्दै थिएँ । आफ्नै हातले टिकट काटेर उस्लाई बसमा चढाएँ । बस नचलुाजेल झ्यालबाट अनुहार निकालेर मलाई एकोहोरो हेर्दै आँशु पुछी रहिन् । म एक छेउमा उभिएर ट्वाल्ट्वाल्ती त्यो दृश्य हेरिरहें । मलाई त्यसबेला आफ्नो मन थाम्न कति गाह्रो भयो होला तिमी कल्पना पनि गर्न सक्दैनौ शरद । छोरा मान्छे हुनु यही नै अभाग रहेछ धोको फुकाएर रुन मनलाग्दा पनि रुन नसकिने । बस चल्याे सुस्माले जब्बरजस्ती हात हल्लाईन् । मुटु निचोरिएर आयो । बेदनालाई रोक्दै मैले हात उठाएँ मात्र हल्लाउन सकिन । बस चक्रपथ उक्लिएर थानकोट ताक्न थाल्यो मैले हेरी रहें । केही क्षणमै मेरी सुस्मा बोकेर गाडी लापत्ता भयो नेपथ्यमा । मलाई मन थाम्न ज्यादै गाह्रो भयो । हतारहतार सार्बजनिक सौचालयमा पसेर ढोका थुनी आँशु आईाजेल रोईरहें । रुदारुदा अनुहार नै रातो भईसकेको थियो । रुवाईपछि मन केही हल्का भएको अनुभव गरें । त्यो बेला मलाई सुस्मासँगको भेट यति नै पो हुने हो कि भन्ने कुराले ज्यादा पिरोलेको थियो । आखिर त्यही भयो शरद त्यही जो म चाहदिन थें ।
पुरिन लागेको घाउ बल्झाउनु परेको कारणले होला सुजन एकापट्टी फर्किएर आँशु पुछ्न थाल्यो । उनको अगाडि मैले कम्जोरी देखाउनु ठिक थिएन । ऊ अर्कोपट्टी फर्किएको मौका पारेर चस्मा खोली हतारहतार आँशु पुछे मैले । केही बेरको मौनतामा हराए पछि ऊ फर्कियो मपट्टी र सुरु गर्न लाग्यो आफ्नो बाँकी जीवन कहानी । मलेसिया आएको धेरै दिनसम्म म न भोकमा खान सकें न निन्द्रा लाग्दा निदाउन नै । सुस्माको सम्झनामा हरक्षण म तड्पी रहें । निन्द्रा लगाउने ट्याब्लेट पनि खाईयो तर खाईाजेलन हो निन्द्रा लागे जस्तो हुने छोडेपछि उही नियतीले सताउँथ्यो । सुस्माको नाममा केही पत्रहरु लेखे र उनको जवाफ पखाईमा समय बिताउन थाले । नभन्दै एकदिन उनको पत्र पनि आयो । पत्रमा उनले धेरै कुरा लेखेकी थिईन् तर एउटा शब्दको अर्थलाई मैले ठम्याउन सकिन । ूबानीहरुलाई काबुमा राख्न सबैभन्दा गाह्रो पर्दो रहेछ सुजन । तिमी त छोरा मान्छे हौ खुल्ला छौ तर म छोरी मान्छे परे…। हो यही शब्द थियो त्यो गहिरो अर्थ बोकेको । यी शब्दहरुलाई मैले सुस्मा भित्र सल्किएको यौन चाहनाहरुको प्रतिरुपको रुपमा ठम्याएँ । हुनत म आफै पनि बानीहरुलाई काबुमा राख्न नसक्ने अवस्थामा पुगी सकेको थिएँ तर सुस्माले ठम्याए जस्तो छोरा मान्छेको रुप देखाई हालेको थिईन । मैले सुस्माको पत्रको जवाफ तुरुन्तै लेखिपठाएँ । यती भनिसकेर सुजनले लामो स्वास लियो । म यही बेला उनको अनुहारमा चिर्थोछु । मैले उनको अनुहार पढेर अनुमान लगाएँ सुस्मा पोईल गएको हुनुपर्छ । मेरो ठम्याई सही नै निस्कियो । सुस्मा गाउँकै नाता पर्ने एउटा केटा टिपेर सहर पसिछन् । लामो समयसम्म पत्र नआए पछि मनमनै अतालिएको सुजनले एक दिन घरबाट बहिनीले पठाएको पत्रमा सुस्माका सारा हर्कतहरु लेखिएको पाउँदा छाँगाबाट खसे जस्तै भएछन् । यति भनी सक्दा नसक्दै सुजनको अनुहारमा फेरी साउन ओईरियो र आँशु पुछ्न ऊ पछाडि फर्कियो ।
सुजन त्यो राँडलाई अव सम्झिएर आफुलाई किन दुखी बनाउँछौ । छोडिद्यौ त्यसका कुरा । तिमी अझै जवान नै छौ त्यस्ता केटी त कति पाईन्छपाईन्छ । मैले उस्लाई ढाडस दिएँ ।
सरी सरद म त्यस्तो मान्छे होईन जो आफ्नो सारा कम्जोरीलाई लुकाएर अर्कालाई मात्र दोष देओस् । सुस्मा पोईल गईन् यो सत्य हो तर दोषी म हुँ म । ऊ अलिक बम्कियो ।
अरे पागल मान्छे जो तिम्रो पवित्र मायालाई लत्याएर जान्छ त्यो कसरी निर्दौष हुन्छ यार । अनी तिमी चाँहि फेरी कसरी दोषी हुन्छौ मैले उस्लाई एक प्रकारले खिसी नै गरंे ।
'हो तिमी र म मा यही फरक छ । तिमी त्यही मान्छे हौ जो हाँगाबाट टिपिएको फूल ओईलाउनुमा फूललाई दोषी देख्छौ । तर शरद त्यहाँ फूलको दोष हुन्न दोष टिप्ने मान्छेको हुन्छ । त्यसैले सुस्मा पोईल जानुमा म दोषी छु किनकी मैलेनै सुस्मालाई टिपें ।' सुजन रोकियो । उनको कुराले म वाल्ल पर्छु ।उनको कुरा नबुझेरै हो म जिल्लिएको ।
मेरो नादान पनको फाईदा उठाउँदै ऊ चालु भयो । 'हेर शरद मैले सुस्मालाई बिवहा त गरे मायाँ दिए तर सहन सक्ने क्षमताको बिकासमा ठूलो अवरोध शिर्जना गरेछु । उनलाई कहिलै एकान्तको आभाष हुन नदिनु नै मेरो महान भूल हुनगयो । म उनलाई छोडेर मलेसिया आउँदा उस्ले आफुलाई यती रित्तो महशुस गरी कि उसको अगाडिको विकल्प आत्महत्या वा दोश्रो पुरुषको खोजी मात्र देख्न पुगी । उस्ले दोश्रो बिकल्प रोजी । उनलाई भौतिक रुपमा मैले सन्तुष्ट बनाएको थिएँ तर भौतिक सुखले मात्र मन बलियो हुन्छ भन्ने कुरालाई मैले भुलेछु । जस्को परिणाम म मात्र होईन सुस्माले पनि भोग्दै छे । बिचरी मानसिक रुपमा क्षतविक्षत भएर कसरी दिन गुजार्दै होली ।' सुजनको अनुहार फेरी एकपटक हेर्न लाएका भयो ।
अनि तिमी यही कारणले बदलिएका हौ त मैले कुरो को चुरो जान्न खोजे ।
होईन म यति कारणले मात्र बदलिएको होईन । तर यो घटनाले मलाई ठूलो आघात भने पार् यो । मैले यो कुरा सबैलाई भन्न पनि सकिन । तर एक दिन जुलितालाई मैले टुटेफुटेको भाषामा यो कुरा भन्न बाध्य भएँ । मेरो घटनाले उनको पनि घाउ बल्झेछ । उस्ले पनि आफ्नो बिगत सुनाई । उस्को कहानी सुनेपछि मलाई त यस्तो अनुभव भयो कि छोरा मान्छे त केही होईन रहेछौं । हृदय चिराचिरा पारेर पनि छोरी मान्छेहरु बाँच्न सक्दा रहेछन् । जुलिता चानचुने आईमाई होईन यार । न ऊ तिमीले सोचे जस्तो दुईपैशे नै हो । बेदनाको पहाड मुटुमाथी राखेर अरुलाई सितलता दिने छहरी हो ऊ । यदि जुलिता मेरो निम्ती नआईदिएको भए म यतिबेला स्मृतिमा मात्र रहन्थे शरद । ऊ फेरी भावुक देखियो ।
जुलिताको सारा सपनाहरु सुनामीले लुटेको रहेछ । उस्को श्रीमान् दुईवटा बच्चा बाबु-आमा सासु-ससुरा धन-सम्पत्ती ईज्जत-प्रतिष्ठा सबै सुनामीले नामोनिशाना नरहने गरी खोसेछ । कल्पना गर त शरद आफन्त भन्ने कोही नरहे पछि मान्छे कस्तो हुन्छ सायद म जुलिता भएको भए म पनि बाँच्दिन थिएँ । तर बिचरी के को आशामा बाँचिन् अझै पनि मलाई अचम्म लाग्छ । जुलिता साह्रै मायालु छिन् । म पनि उनलाई त्यती नै माया र सम्मान गर्छु । सायद सबै कुरा लुटिए पछि हरेक मान्छे यस्तै हुन्छ होला । एउटा खास कुरो त तिमीलाई भन्नै बाँकी छ जुलिताको बारेमा ऊ सामान्य केटी होईन शरद ईन्डोनेशियाको एक सफल गायीका पनि हुन् । यति भनी नसक्दै सुरजले जुलिताको पुरानो गीति एल्बम र भिडियोका सिडीहरु मेरो सामुन्ने असरल्ल थुपार्न पुग्छ । क्यासेटमा खिस्स हाँसी रहेकी जुलितालाई हरेर म मनमनै सलाम गर्छु ।
त्यो दिन लामो समय दुईजना मात्र कोठामा बसेर भुत्भुताई र् ह्यौं । बेलुकीको करिब चार बजे तिर म निस्किएँ । निस्कदा सुरज र जुलिता प्रति अगाध श्रद्धा पलाएको थियो मेरो मनमा । दुवैलाई सफलताको शुभकामना दिन बाहेक मनले अरु कुनै सोच्न सकिरहेको थिएन ।

जीवन एक धर्को

...अचानक जगदीश घिमिरेका हिक्का छुटेका थिए । ६२ वर्षे उमेरमा उनी रोए । धेरैपछि । अन्तर्मनको यात्राको विमोचन कार्यक्रममा यत्ति धेरै शुभचिन्तक आइदिए कि उनलाई आँसु थाम्न गाह्रो पर्‍यो । मञ्चमा बसेकी उनकी जीवन-संगिनी दुर्गा घिमिरेले छल्किएका आफ्ना आँसुका थोपाहरू बिस्तारै पुछेकी थिइन् । उनले किताबमा लेखेकी पनि छिन्, 'जगदीशले यो कृति मेरा आँसुका मसीले लेखेका हुन् ।'अहिले भने जगदीश मुसुमुसु हाँस्छन् । फोन रिसिभ गरी साध्य छैन । फोटाका लागि पोज दिँदा फिस्स हाँस्छन्, 'भुँडी पनि कत्रो भाको हो ?' उनका कपिराइटका जोक्सहरू महफिलमा खुब जम्छन्, तिनै तीर्थ कोइरालाले एसएमएस पठाए, 'मदन पुरस्कार पाउनुभएकामा बधाई छ ।' भर्खरै एउटा कार्यक्रमबाट फर्किएका जगदीशले पत्याएनन् । फोन गरे, 'साँचो हो ?''हो ।'शरीरमा पक्कै पनि मीठो काउकुती झन्झनाए होला । त्यसपछि, थामी नसक्ने औँलाहरूले उनको नम्बर डायल गरे । अरूले त उनलाई फोन गरे । उनले भने पहिलो फोन कसलाई गरे ?खैरो र रातो देखिने सोफामा ढल्किएर खुब सोचे र कन्दै भने, 'कुनै निकट मित्रलाई गरे हुँला ।' दख्खिनतिरको झ्यालबाहिर मुन्टो उठाएको हरियो रूखलाई हेर्दै भने, 'रिसिभ गर्नमै व्यस्त रहेँ ।'अब अचानक व्यस्तता बढेको छ । किताबले पाँचौँ संस्करण पार गरिसकेको छ । पाठकका फोन आउँछन् । भेट्न खोज्छन् । मृत्युलाई जितेर फर्केको मानिसलाई भेट्ने रहर कसको पो नहोला र ? मानिस साठी नाघेपछि, बदलिन्छ, धेरै किताबले यस्तो भन्छन् । शैलीमा फरक आउन थाल्छ । तर, जगदीशलाई यस्तो लाग्दैन । 'कत्तिका त २३ वर्षदेखि नै मानिसको दिमागका सेल मर्न थाल्छन् । विस्मृत रोग लाग्छ,' फिस्स हाँसे, 'कसैलाई सय वर्षमा पनि लाग्दैन ।' र, पनि साठी नाघेपछि, उनको जीवन नै परिवर्तन भइदियो । 'साठी नाघेपछि नै रोग लाग्यो,' ढाडको क्यान्सर, जसलाई विज्ञानले न्वारान गरेको छ- माइलोमा । अचानक जीवनलाई हेर्न दृष्टि र सौन्दर्यशास्त्र नै बदलिदियो । 'जीवन र मृत्युको चिन्तन हुँदो रै'छ,' उनको दायाँ हात बतासमा लहरायो, 'दिनचर्या सबै परिवर्तन हुँदा रहेछन् ।'
'कति गल्तीका कारण हुन्छन्,’ मुस्कुराउँदै सुनाए, 'बहाना बनाउन नसकेको कुरामा गल्ती गरेको छु, भन्ने लाग्छ ।’ उनलाई लाग्छ, तर्कले पुष्टि गर्न नसक्ने कयौं गल्ती पनि भइदिन्छन् ।रूख-चरा-रङ-आकाश-साँझ-बिहान-कोठा सबै फरक देखिन थालेका छन् । धेरै कुरा भावुकताको रङले रंगिन थालेका छन् । अहिलेका सबै निर्णय केले हुन्छन्, दिमागले कि मनले ? 'गाह्रो छ, दुवै मिसिएका छन्,' उनलाई लाग्छ, मन र दिमाग फरक-फरक नभई मिसिएका छन्, भन्छन्, 'बरु चित्त शब्दमा सबै मिसिएको छ । चित्तवृत्ति मनको मात्र नभई दिमागको पनि मिश्रण हो ।'त्यसो भए अहिले निर्णय चित्तबाट हुन्छ ? हो भनेझैं मुस्कुराए । उनको मुस्कान भर्खरै शिर उठाएको सूर्यमुखीजस्तो लाग्छ । गहिरो भाइब्रेसनयुक्त आवाज । त्यसैले त उनी भन्छन्, 'मलाई संगीत खुब मन पर्छ, तर गुन्गुनाउँदिनँ । आवाजै गधाको जस्तो हुन्छ ।'तिलगंगा आँखा अस्पतालको एउटा कोठामा, लामो ट्राफिक जामको लाइनबाट चिटचिट पसिना काट्दै हुर्रिएर आएका उनी सोफामा ढल्किएर भन्छन्, 'मानिसलाई मन नपरेको मान्छेको सास गनाउँछ भने मन परेको मानिसको आची पनि बसाउँछ ।'जगदीशलाई लाग्छ, यो संसार रहस्यमय छ । यही रहस्यमय संसारका रहस्यमय मानिसका बारेमा उनको टिप्पणी हो । किनभने, मैले सोधिदिएको थिएँ, 'तपाईंलाई कसैले मगदीश भनिदियो भने के होला ?' किन ?'किताबमा मपाईंत्व बढी छ रे नि त !''मैले स्वाभिमान लेख्न खोजेको हुँ,' मोबाइल रिसिभ गरेपछि भने, 'त्यो कसैलाई मपाईंत्व पनि लागिदेला ।' उनले झोलाबाट झिकेको खैरो कभरवाला अन्तर्मनको यात्राको पछिल्लो पातोमा मदनमणि दीक्षितले लेखेका छन्— 'जीवनयात्राको कारुणिक तथा कलात्मक अभिलेख... प्रत्येक स्वाभिमानीले यस पुस्तकमा आफू चित्रित भएको पाउनेछ,' देखाए र भने, 'कसैले मपाईंत्व देखे, कसैले विनम्रता ।'आनन्द र पीडा, जीवन र मृत्युकै खलक हुन् । अहिले जगदीशलाई कसका कुुराले आनन्द दिन्छन् ? 'स्वास्थ्यले नै आनन्द दिन्छ,' कहिलेकाहीँ सुतेको निद्रा पनि उठिदिन्छ । उनलाई दिनभरि मानसिक अस्वस्थता हुन्छ । उनको एउटै स्लोगन छ— स्वास्थ्य छ त सबै थोक छ । पुराना दिन सम्झिँदा आनन्द आउँदैन र ?'म पुराना दिन सम्भिmन्नँ । के भयो के भयो,' अल्लि अगाडि तन्किएर, नसम्भिmनुको कारण दिन्छन्, 'कुनै मृदु छन्, कुनै कटु छन् ।' शरीरको भन्दा मनको पीडा ज्याद्रो हुँदो रै'छ । र त, मैले सोधेको हुँ नि— पीडा केले दिन्छ ?'तपाईंले गरेको पापका लागि दण्डित हुनु ठीकै हो । नगरेका कुरामा लागेको लाञ्छनाले पीडा दिन्छ ।'कति होलान्, उनलाई लागेका लाञ्छना ? जो नगरेका पाप हुन् । 'मलाई खासै छैन' भन्दै उनले सुनाए, 'पीडा दिनका लागि शत्रु र मित्र दुवै चाहिँदो रै'छ । शत्रुले भनेको कुरा मित्रले सुनाइदिन्छ ।' जगदीशले परेर जानेको कुरा हो, 'यस्तो कुरा सुनाउने मित्र पनि खराब हो ।'***लामो जागिरे जीवनको दु्रत गति बिरामी भएपछि, अस्पतालको बेडमा थिगि्रयो । सुस्तायो । र, जीवनले सार्थकता खोज्यो । भीडमा हराएको बालकले हात समाएझैं मृत्युले हात समायो । छोडिदियो । जगदीशलाई लाग्छ, 'मैले फोसामा जीवन पाएँ ।' लेखेर बाँच्छु, भनेर जमानामा काठमाडौंका गल्लीगल्ली भौँतारिएका जगदीशले यस्तो पनि अनुभव गरे, बेरोजगारी कतिको खतरनाक हुन्छ । लेखक बन्छु भन्ने सपनामा माकुराको जालो तन्किँदै गयो । र, उनलाई लाग्यो, लेखेर बाँच्न सकिन्न । नेपालमा किताब हिट हुन्छन् । लेखक हिट हुन्छ । तर, लक्ष्मीको दर्शन पाइँदैन । अहिले त्यस्तो रहेन । उनको किताब बिक्रीका हिसाबमा पनि बेस्ट सेलर रह्यो । किताब छापिएपछि, उनी नयाँ कथा, उपन्यासको हुन सक्छ, मा अल्झिए तर पाठक, उनको अन्तर्मनको सिँढी टेक्दै उनको मनको गुफामा पसे । खोजे, के-के छ, जगदीशको मनमा ? मृत्युबोध भएको मानिसको अन्तर्मन । भावुकतामाथि कयौँ लाइन लेखिएका छन् । जीवनको हिसाबकिताबमा त्यस्तो अप्ठ्यारो अंकफल निस्किएको छैन । संसारले लेखकलाई सोध्ने प्रश्न हो, तिमीले कत्तिको छल गरेका छौ, लेखक ?यो प्रश्न हिट भइसकेको किताबका लेखक जगदीश घिमिरेलाई पनि त होला । उनी त्यति तर्सिएनन्, प्रश्न पहिल्यै भेटिसकेजस्तो । भने, 'मलाई के मन लाग्छ, त्यै लेखेँ । यदि ढाँट्नैपर्ने कुरा थियो भने लेखिनँ ।'ढाँट्नुपर्ने कुरा थिए र ?'कसको हुँदैन ?' ती कत्ति लेखिँदैनन्, भन्छन्, 'नलेखेका कुराको के मूल्यांकन हुन्छ ?' जसको किताबमा विश्वप्रसिद्ध लेखक लेखिएको हुन्छ, पाउलो कोहेलोले आफ्नो उपन्यासमा लेखेका छन्- जब मेरो उपन्यास ठीकै बिकिरहेको थियो, समालोचकले राम्रो भन्थे । जब मेरो उपन्यास एक लाखभन्दा बढी बिक्री भयो । सबैले झुर भन्न थाले । जगदीशको किताब पनि त धमाधम बिकिरहेको छ । धमाधम टिप्पणी उब्जिरहेका छन्- 'तामाकोसी सेवा समितिको वाषिर्क प्रतिवेदनजस्तो,' 'आत्मप्रशंसा भरिएको,' 'म केही होइन- सबथोक हुँ । अहम् भरिएको,' किताब हो, यो । छोटो र सुल्झिएको बाक्य बोल्ने र लेख्ने उनले छोटै जवाफ दिए, 'अर्काले गर्ने कुरा आफ्नो नियन्त्रणमा हुँदैन ।' किताबले दुइटा गुणस्तरीय प्रमाण-चिन्ह पाइसकेको छ, उत्तमशान्ति पुरस्कार र मदन पुरस्कार । कुन किताब बढी लोकपि्रय मानिएला ? बढी बिक्ने कि पुरस्कार पाउने ? जगदीशसँग दुवै अप्सन छन्, भन्छन्, 'मान्छेले रुचाएमा आनन्द छ । घर, कविता, कला रुचाएर किन्नुमा आनन्द छ ।' पुरस्कारको अलग्गै अध्यायजस्तो बनिदिएको छ । 'विद्वत् मण्डलीले राम्रो छ भनेर पुरस्कृत गरेका हुन्, त्यसमा अर्को आनन्द छ,' यसरी जवाफ दिइरहेका जगदीशका अगाडि चराझैं थपक्क त्यो दिन आइपुग्छ, जुन दिन विजयकुमारले उनको अन्तर्वार्ता लिइरहेका थिए, घरको आँगनमा-एकजना मानिस आइपुगे । सोधियो, 'कसलाई खोज्नुभएको ?''जगदीश घिमिरेलाई ।' उत्तरसँगै उनले, किताबमा जगदीशले तलतिर छड्के हेरिरहेको किताबको फोटाले, चिनिसकेछन् । जगदीशले सोधे, 'कहाँबाट आउनुभएको ?''बुटवलबाट ।'ती किताबले भित्रसम्म सुम्सुम्याएका पाठक रहेछन् । पढिसकेपछि, निर्णय गरेछन्, म भेट्छु । र, आइपुगे । बुटवलदेखि । लेखकलाई त्योभन्दा ठूलो पुरस्कार के हुन सक्छ ? भावुक इमेल, एसएमएस त कत्ति हो कत्ति । जगदीश घिमिरे एट जिमेल डट कममा सयौँ इमेल जम्मा भएका छन् । खोल्यो, पढ्यो, आफू पनि भावुक भयो । किताबले जगदीश घिमिरेको एउटै सपना पूरा गरिदिएको छ । सपना देख्नुपर्छ । जब रोगले न्याक्दै थियो, उनले सोचे, किताब पूरा होला कि नहोला ? किताब छापियो, प्रेसको ताजा सुगन्धसहित हातमा थपक्क चढ्यो । बाख्राको सानो पाठोझैं मनतातो ।एकजना भावुक पाठकले पत्रिकामा, रसियन उपन्यासकार निकोलाई आस्त्रोभ्स्कीसँग तुलना गरिदिएका थिए । जगदीश यस प्रशंसालाई लेखकको संघर्ष उस्तैउस्तै भएकाले भनिएको अन्दाज गर्छन् । निकोलाई नेत्रविहीन थिए । बलजफ्ती अक्षरको कठालो समाएर घिच्याउँदै ल्याए, त्यस्तै शय्याबाट जगदीशले पनि शब्दहरूको कठालो समाएका थिए, अब तिमीहरूले मेरो साथ दिनैपर्छ ।'यो किताब पूरा नगरी म मर्दिनँ,' उनी बढी भावुक हुँदा यस्तो सोच्थे । किताबले मर्न दिएन । बरु एकजना पुराना साथी भेट्टाइदियो- उही मनु ब्राजाकी । 'के आत्मालाप गर्दा व्यक्ति तटस्थ हुन सक्छ ? त्यो चमत्कार जगदीशको लेखकीय क्षमताले उसमा देखाएको छ,' मनुले यत्ति मात्र लेखेनन्, जगदीशको नम्बर डायल गरे । अनि... जगदीश भेट्न गए ।दस वर्षपछि, पुराना दुई मित्र एकैसाथ चिया पिइरहेका थिए । ***जीवनमा कति यस्ता दुर्घटना हुन्छन्, जो उपन्यासमा पनि वर्णन गर्न सकिँदैन । उपन्यासभन्दा गाह्रो छ, जीवन । जगदीश आफ्ना जीवनका ती क्षणहरू, जसले रुवाए, हँसाए, लाई उपन्यास बनाउन चाहन्थे । आखिर लेखियो, आत्मालाप । एउटा क्लिकले कविता, कथा, उपन्यास र आत्मालाप लेखाउँदो रै'छ । र त, भन्छन्— 'म बिरामी नभएको भए लेख्दिनथेँ ।' रोगले लेखायो । रोगलाई धन्यवाद दिनू कि नदिनू ? संकट यहीँनेर छ । गरिबको कथा लेख्नेजति प्रगतिशील र खान पुग्नेको कथा लेख्ने, अप्रगतिशील । यस्तो पनि कहीँ हुन्छ ? जगदीशले गर्ने प्रश्न यही हो । भन्छन्, 'त्यो गलत हो ।' कुनै जमानामा माक्र्सवादका हरफहरूमा हिँड्दाहिँड्दै उनले साबिती उपन्यास लेखे । भन्नेले भनिदिए, 'यो त प्रकृतिवादी भयो ।' त्यसपछि त उनी उपन्यासका च्याप्टरबाट बाहिर निस्किसकेका थिए ।
'म पुराना दिन सम्झिनँ। के भयो के भयो,’ अल्लि अगाडि तन्किएर, नसम्झिनुको कारण दिन्छन्, 'कुनै मृदु छन्, कुनै कटु छन् ।’उनका डाक्टर डा. सुरापोलले उनको अवधि तोकिदिएका छन्, 'भन्न सकिन्न, जति पनि हुनसक्छ, तीन, पाँच, दस वर्ष... ।' कोही पनि अजम्बरी हुन्न । भगवान् पनि नयाँ-नयाँ मानिसको आयु बाँच्छन् । एक दिन आत्मा कुटिरो पारेर हिँड्नु छ । र पनि, एउटा प्रश्न छ, निर्मल बर्माले सोधेजस्तो, 'मरेको मान्छेको दुःख कहाँ जान्छ ?' यो शरीर के हो ? आत्मा के हो ? मानिस के हो ? र, मृत्यु के हो ? अल्पज्ञानी म यस्तो सोच्दासोच्दै बहुलाउन सक्छु । त्यसैले जगदीशलाई सोधे क्यै हुन्छ कि ?उनका दिमागमा स्वाध्ययनका ठेली छन् । फुकाउन मात्र पर्छ, सबै उत्तर पाइन्छ, म यस्तो सोच्छु, तर, जगदीश यस्तो सोच्दैनन्, मुस्कुराउँछन् र दुई बुँदा टिपाउँछन्-विज्ञान भन्छ- मृत्यु रूपान्तरण हो । मृत्युपछि सेलहरू माटो हुन्छन् । इलिमेन्टस्हरू बिलाउँछन् । शास्त्र भन्छ- कर्मअनुसारको भोग गर्नुभयो । अब पुग्यो । यत्ति भनेर सुनाए, 'म लेख्दा मिलाएर लेख्न सक्छु । बोल्दा त्यति मिल्दैन ।'मृत्युपश्चात् आत्मा उड्छ, माथि । धार्मिक पोस्टरमा देखाएजस्तो आत्माले उडेर ती चक्रहरू पार गर्दै जान्छ, रातो, नीलो, पहेँलो, र सबैभन्दा माथि एउटा लाम्चो टिकुली आकारको विन्दु छ, त्यहाँ पुग्छ, त्यो आत्मा र परमात्माको मिलन हो रे ! अनि स्वर्ग र नर्कको जञ्जाल । 'सबै गफ हो,' जगदीशको आवाज मोटो हुन्छ, 'मलाई पटक्कै विश्वास छैन ।' जति पनि रहस्य भरिएका प्रश्न छन्, त्यसभन्दा ठूलो रहस्य यही संसार हो । मृत्युपश्चात् के हुन्छ ? एउटा रहस्यको पिरामिड हो । दैलो र झ्याल नभएको । आइन्स्टाइनको बोलीमा लोली मिलाउँछन्, 'यही जीवनमा नै कयौँ रहस्य छन् ।'पात-बालवाको एक कण-बतास-सुर्जे-घाम-कमिला सबै रहस्यले भरिएका छन्-उनलाई यस्तो लाग्छ । त्यसैकारण उनी भन्छन्, 'मानिसभन्दा बाह्य अर्को शक्ति छ ।' त्यो के हो ? सबैभन्दा ठूलो रहस्य त्यही हो । यी रहस्य कहिल्यै सुल्भि“mदैनन्, जसरी पछाडि छोडेर आएका अतीतका बाटाहरू । अचानक मृत्युबोध प्राप्त गरेका जगदीशको चित्तदुःखाइ एउटै छ, 'मैले मेरो स्वास्थ्यमा लगानी गरेको थिएँ । साठीमै यस्तो नहुनुपर्ने हो ।' स्वास्थ्यको मामलामा उनी सजग थिए । तर, जीवनमा अरू यस्ता कयौँ क्षण हुन्छन् । जसमा गल्ती भइदिन्छ । उनका जीवनमा कति गल्ती भए होलान् ? 'कति गल्तीका कारण हुन्छन्,' मुस्कुराउँदै सुनाए, 'बहाना बनाउन नसकेको कुरामा गल्ती गरेको छु, भन्ने लाग्छ ।' उनलाई लाग्छ, तर्कले पुष्टि गर्न नसक्ने कयौँ गल्ती पनि भइदिन्छन् । बेलायत र काठमान्डूका सडकमा मोटर हाँक्दा मृत्युको बतासले कान छोएर गएको छ । त्यसबेला लागेको छ, 'जीवनका मोडमा कयौँ गल्ती भएका छन् ।' ती त आङ नै सिरिंग पार्ने गल्ती भए । मीठा गल्ती पनि त भएका होलान् ?अल्मलिए । मैले सरल वाक्यमा सीधै भनेँ, 'प्रेमको मीठो गल्ती ।''खोइ भएन ।' अब फेरि हाँसे, 'ती कविताका भावुकताका कुरा भए ।'अहिले जगदीश घिमिरेको नाउँले धेरैलाई कायल बनाइसकेको छ । एउटा नाम, ईष्र्यालाग्दो । पि्रय । के स्वयंमा उनी नामजति छन् कि छैनन् ? एकछिन गम्भीर भए, र भने, 'मान्छेहरूले मेरा बारेमा के भन्छन्, मलाई त्यति थाहा छैन ।' उनलाई यो पनि थाहा छैन रे, जगदीश घिमिरे कत्ति ठूलो नाम हो ?मृत्युले अलिकति दाग लगाएर गएका जगदीशलाई सबैभन्दा दुःख लागेको मृत्यु कसको थियो ? 'यो त सोचेकै थिइनँ ।' भन्दै एकछिन सोचेर सुनाए-तीस सालतिर नौबिसेको सडकमा एउटी सानी बच्ची आइपुगिन् । जगदीश पछिल्लो ट्रकमा थिए । अघिल्लो ट्रकका पांग्राले एउटा फूल कुल्चियो । गिदी उछिट्टियो । त्यस दिन जगदीशलाई केही खान मन लागेन । अकाल मृत्युले उनलाई धेरै समयसम्म भावुक बनायो । डसिरह्यो । अहिले उनलाई लाग्छ, 'जीवनलाई अध्ययन गर्ने मान्छेले नै मृत्युलाई बुझ्दा रै'छन् ।' सातवटा रङको चक्र, पंखाझैं, बेस्मारी फनफनी रिङ्दा सबै रंग मिसिएर सेतो बन्दा रै'छन् । सानो छँदा विज्ञानको कक्षामा सिकेको कुराले अहिले नयाँ अर्थ पाएको छ, 'मृत्यु र जीवनका रङ पनि अलग-अलग हुँदा रै'छन् । ती दुवैले बनेको रङ भने एउटै हुँदो रै'छ ।' चेतना भया । 'मेरो खरानी मेरा पुर्खाको थलो, मेरा स्वजन माझी, मझिनीहरू र मलगायत सबैको साझा, मन्थलीको तामाकोसी र सुकाजोर सफा दोभानमा बगाइदेऊ । यो मेरो भावनाले भनेको हो । तर्क भन्छ, खरानी छरेर तामाकोसीको पानी नधमिल्याऊ । मेरो खरानी मन्थलीको कुनै पनि पाखामा छरिदिए हुन्छ ।' यो उनको किताबको अन्तिम अनुच्छेद हो । 'यो इच्छापत्र हो,' अहिले उनलाई लाग्छ, 'सन्तानले पूरा गर्लान् ।'कवयित्री विश्वास सिम्र्बोस्काको कविताले भन्छ-जीवन जति लामो भए पनिविवरण छोटै हुन्छ लामो जीवनको बाटामा थकाइ मार्दै-मार्दै यहाँसम्म आइपुगेका जगदीशलाई लाग्छ, जीवन भनकै एक धर्को हो । फोटोमुन्तिर लेखिएको, जन्म २००४- मृत्यु २००५ जस्तो । चार र पाँचबीचको मसिनो धर्सोजस्तो । छोटो । सानो । कहिल्यै पार गर्न नसकिने रहस्यले भरिएको मायावी धर्सो । जीवन एक धर्सो ।