Thursday, December 18, 2008

समाजवाद नै किन ?

अल्बर्ट आइन्स्टाइन
के त्यस्तो व्यक्तिले समाजवादका बारेमा विचार व्यक्त गर्नु उचित छ, जो आर्थिक-सामाजिक मामिलाको विशेषज्ञ होइन ? कयौँ कारणले गर्दा मलाई लाग्छ- यो उचित छ । अर्थशास्त्र र समाजवाद ः सबैभन्दा पहिले वैज्ञानिक ज्ञानको दृष्टिकोणबाट यस सवालमाथि विचार गरौँ । खगोल-विज्ञान र अर्थशास्त्रबीचको कार्यपद्धति -मेथोडोलोजी) मा कुनै मूलभूत भिन्नता नै छैन भन्ने लाग्न सक्छ । यस्तो प्रतीत हुन सक्छ, यी दुवै क्षेत्रमा वैज्ञानिकले कुनै घटना-क्रियाहरू -फेनोमेना) का अन्तरसम्बन्धलाई यथासम्भव स्पष्ट ढंगले सम्झन-बुझ्नलायक बनाउनका लागि ती घटना-क्रियाको एउटा सीमित समूहका लागि सामान्य स्वीकार्य नियमहरू खोज्ने प्रयास गर्छन् । तर, वास्तवमा, यी दुवै विज्ञानका बीच कार्यपद्धतिको भिन्नता विद्यमान छ । अर्थशास्त्रका क्षेत्रमा सामान्य नियमहरूको खोज विभिन्न कारणले कठिन हुन्छ । किनकि, जुन आर्थिक घटना-क्रियाहरूको हामी निरीक्षण गर्छौं, तिनलाई धेरै त्यस्ता कुराले प्रभावित गर्छन्, जसको मूल्यांकन अलग ढंगले गर्न निकै कठिन छ । यसका अतिरिक्त, सबैलाई थाहै छ- मानव इतिहासको तथाकथित सभ्यकालको सुरुदेखि नै सञ्चित अनुभवहरू त्यस्ता कारणबाट धेरै नै बढी प्रभावित र सीमित भैरहेका छन्, जुन स्वभावतः कुनै पनि हिसाबले आर्थिक कारण मात्र होइनन् । उदाहरणका लागि, इतिहासमा धेरैजसो ठूला राज्यहरूको अस्तित्वको आधार भनेको बल प्रयोगद्वारा गरिएको विजय थियो । विजेताले कानुनी र आर्थिक रूपले आफूलाई विजित देशका विशेषाधिकार प्राप्त वर्गका रूपमा स्थापित गरे । तिनीहरूले भू-स्वामित्वका क्षेत्रमा आप\mनो एकाधिकार कायम गरे र आफूहरूबीचका मानिसमध्येबाट नै पुरोहित नियुक्त गरे । पुरोहितले शिक्षामाथि नियन्त्रण राख्ने काम गरे । समाजको वर्ग-विभाजनलाई एउटा स्थायी संस्थाको रूप दिए । अनि, उनीहरूले मूल्यहरूको एउटा व्यवस्था रचना गरे, जसबाट त्यसै समयदेखि धेरै हदसम्म अचेतन रूपले मानिसको आप\mनो सामाजिक व्यवहार निर्देशित हुन थाल्यो । थोस्टिर्यन वेब्लेन -अर्थशास्त्री तथा समाजशास्त्री, १८५७-१९२९) द्वारा बताइएको मानव विकासको 'लुटपाटको अवस्था' भनेको, भन्नलाई मात्रै विगतका दिनहरूको ऐतिहासिक परम्परा हो, किन्तु हामी आजसम्म पनि त्यस अवस्थाभन्दा अगाडि बढ्न सकेका छैनौँ । जुन आर्थिक तथ्यहरूको हामी निरीक्षण गर्न सक्छौँ, ती त्यही अवस्थाका हुन्, र त्यसबाट निकालिएको नियम पनि अन्य अवस्थामाथि लागू हुन सक्दैन । समाजवादको वास्तविक लक्ष्य सुनिश्चित रूपले मानव विकासलाई यस लुटपाटको अवस्थाबाट पार गराउनु र यस अवस्थाबाट अगाडि बढाउनु हो, त्यसैले आप\mनो वर्तमान स्थितिमा आर्थिक-विज्ञानले भविष्यको समाजवादी समाजमाथि अलिकति भए पनि प्रकाश पार्न सक्छ । दोस्रो विचारणीय पक्ष के हो भने समाजवादको विकासको दिशा एउटा सामाजिक-नैतिक लक्ष्यतिर निर्देशित छ । विज्ञानले न लक्ष्यहरूको निर्माण गर्न सक्छ, न त त्यसलाई मानिसभित्र पोख्न नै सक्छ । विज्ञानले बढीभन्दा बढी कुनै लक्ष्य प्राप्त गर्ने साधन जुटाउन सक्छ । तर, यी लक्ष्य स्वयं उदात्त नैतिक आदर्शले युक्त व्यक्तित्वद्वारा मात्र तय गरिन्छ । यदि यी लक्ष्य मुर्दा नभैकन, जीवन्त र ओजस्वी छन् भने ती धेरै-धेरै मानिसद्वारा अपनाइनेछन् अनि अगाडि पनि बढाइनेछन् । यस्ता मानिसले अर्द्धअचेतन रूपले भए पनि समाजको मत्थर-विकासलाई निर्धारित गर्नेछन् । यिनै कारणले गर्दा, मानवीय समस्याको सवालमाथि हामीले विज्ञान र वैज्ञानिक पद्धतिलाई आवश्यकताभन्दा बढी आँकेर हेर्नु हुँदैन । र, यिनै कारणले गर्दा समाजको संगठनलाई प्रभावित गर्ने सवालबारे अभिव्यक्तिको अधिकार केवल विशेषज्ञलाई मात्र छ भनेर पनि मान्नु उचित हुँदैन । सामाजिक संकटको समाधान ? ः अनगिन्ती मानिसहरू केही समययतादेखि के कुरामाथि जोड दिइरहेका छन् भने मानव समाज एउटा संकटको स्थितिबाट गुजि्ररहेको छ र यसको स्थिरता भयंकर रूपले छिन्न-भिन्न भएको छ । यो एउटा यस्तो स्थितिको लक्षण हो, जब मानिस पहिलेदेखि आफू जोडिएको सानो वा ठूलो समूहप्रति उदासीन वा अनासक्त हुन थाल्छन्, कहिलकाहीँ त शत्रुतापूर्ण भावसमेत महसुस गर्न थाल्छन् । आप\mनो यस कुरालाई स्पष्ट पार्नका लागि म एउटा निजी अनुभव बताउन चाहन्छु । हालै मैले एकजना प्रबुद्ध सज्जनसँग एउटा अर्को युद्धको खतराका बारेमा कुराकानी गरेँ, जुन युद्धले मेरा विचारमा मानवताको अस्तित्वलाई नै गम्भीर संकट पैदा गर्नेछ । मैले उनलाई के भनेँ भने त्यस्तो खतराबाट केवल एउटा राष्ट्र- राष्ट्रभन्दा माथिको -सुप्रानेसनल) संगठनले मात्र रक्षा गर्न सक्छ । यसबारेमा मेरा अतिथिले अत्यन्त शान्त र ठन्डा ढंगले भने- 'तपाईं मानवजाति नष्ट हुने कुराविरुद्ध यति गम्भीरतापूर्वक किन विरोध गर्नुहुन्छ ?' म यकिनका साथ भन्न सक्छु ः कमसेकम एक शताब्दीअगाडिसम्म कसैले पनि यति हलुका ढंगले यस सम्बन्धमा यस्तो किसिमको विचार दिएको छैन होला । यो एउटा त्यस्तो मानिसको विचार हो, जसले आफूभित्र सन्तुलन स्थापित गर्नका लागि निरर्थक प्रयास गरिरहेको छ र धेरै हदसम्म यसमा सफल हुने आशासमेत मारिसकेको छ । यो एउटा यस्तो दर्दनाक एक्लोपन र पीडादायी अलगावको अभिव्यक्ति हो, जसबाट आजभोलि धेरै मानिस पीडित छन् । यसको कारण के हो ? के यसको कुनै समाधान त छ ? यस्ता प्रश्न गर्नु सजिलो छ, तर कुनै पनि हदसम्मको भरोसिलो जवाफ दिन कठिन छ । फेरि पनि जहाँसम्म सकिन्छ, म जवाफ दिने प्रयास अवश्य गर्नेछु । यद्यपि हाम्रा अनुभूति र हाम्रा प्रयास धेरैजसो यति अन्तरविरोधी र दुरूह हुन्छन् कि ती सजिला र सीधा-साधा सूत्रहरूमा व्यक्त गर्न नै सकिँदैनन् भन्ने तथ्यप्रति म काफी सचेत छु । समाज र व्यक्तिको अन्तरसम्बन्ध ः मानिसहरू एकै समयमा र एकैसाथ एक्लो प्राणी पनि हुन् र सामाजिक प्राणी पनि । एउटा एक्लो प्राणीको हैसियतले मानिसले स्वयंको र आप\mना सबैभन्दा नजिकका मानिसको रक्षाको प्रयास गर्छ र आप\mना निजी इच्छाहरूको तृप्तिको प्रयत्न गर्छ तथा आप\mना सहज योग्यताको विकासका लागि प्रयत्न गर्छ । एक सामाजिक प्राणीका रूपमा उसले आफूनिकट रहने मानिसबीच मान्यता पाउन, उनीहरूबाट स्नेह पाउन, उनीहरूका खुसीमा भाग लिन र उनीहरूको दुःखका वेलामा आरामको व्यवस्था गर्न तथा उनीहरूको जिन्दगीका कठिन परिस्थितिमा सुधार गर्न कोसिस गर्छ । कुनै पनि मानिसको विशिष्ट चरित्रका पछाडि केवल यस्तै विविध र अत्यन्त परस्पर विरोधी प्रयासकै अस्तित्व हुन्छ । यिनै प्रयासको विशिष्ट संयोजनले नै त्यस सीमालाई निर्धारण गर्छ, जुन सीमासम्म कुनै मानिसले आन्तरिक सन्तुलन प्राप्त गर्न सक्छ तथा समाजको हितका लागि योगदान गर्न सक्छ । के कुरा बिल्कुल सम्भव छ भने यी दुवै प्रवृत्तिहरूको सापेक्षित शक्तिको निर्धारण मुख्यतः वंशानुक्रमद्वारा हुन सक्छ । किन्तु, अन्तिम रूपमा जुन व्यक्तित्व विकसित भएर अगाडि देखापर्छ, त्यस व्यक्तित्वको निर्धारण गर्ने काम मुख्य रूपमा सामाजिक परिवेशबाट हुन्छ । व्यक्ति स्वयंले आप\mनो विकासका क्रममा पाउने त्यस परिवेशद्वारा, ऊ हुर्कने-बढ्ने समाजको त्यस ढाँचाद्वारा, त्यस समाजका परम्पराद्वारा र खास-खास व्यवहारप्रति त्यस समाजको मूल्यांकनद्वारा उसको व्यक्तित्व निर्धारण गर्ने काम हुन्छ । कुनै पनि एक्लो व्यक्तिका लागि 'समाज'सम्बन्धी अमूर्त धारणाको अर्थ होः आप\mना समकालीन र अघिल्लो पुस्ताका सबै मानिससँग उसको प्रत्यक्ष र परोक्ष सम्बन्धको कुल जोड । व्यक्ति सोच्न, महसुस गर्न, प्रयास गर्न र कार्य गर्नमा आफैं सक्षम छ । किन्तु ऊ आप\mना शारीरिक, बौद्धिक तथा भावनात्मक अस्तित्वका लागि समाजमाथि यति बढी निर्भर छ कि समाजको सीम्ााभन्दा बाहिर उसका विषयमा विचार गर्नु र त्यसलाई बुझ्नु असम्भवप्रायः छ । यो त्यही नै 'समाज' हो, जसले मानिसलाई भोजन, वस्त्र, आवास, कामको औजार, भाषा, विचारहरूको रूप र त्यसका अधिकांश अन्तर्वस्तु दिन्छ, उसको जीवन वर्तमान र विगतका ती लाखौँ-लाख मानिसको श्रम र कौशलको कारणले मात्रै चलिरहेको हुन्छ, ती सबै मानिस यो छोटो शब्द 'समाज'को पछाडि हराइरहेका हुन्छन् । मानिसको प्राकृतिक र सांस्कृतिक संरचना ः त्यसैले के कुरा स्पष्ट छ भने समाजमाथि व्यक्तिको निर्भरता प्रकृतिको एउटा त्यस्तो वास्तविकता हो, जसलाई समाप्त पार्न सकिँदैन, ठीक कमिला र माहुरीका विषयमा जस्तै ः तर, जहाँ कमिला र माहुरीको पूरा जीवन-प्रक्रियाको सानोभन्दा सानो कुरा पनि वंशानुगत प्रवृत्तिद्वारा सख्त रूपमा निर्धारित हुन्छ, त्यहीँ मानिसका तौर-तरिकारहरू र अन्तरसम्बन्धचाहिँ परिवर्तनशील हुन्छन् र परिवर्तनप्रति अति संवेदनशील हुन्छन् । स्मृति, नयाँ संयोजनहरू निर्माण गर्ने क्षमता र मौखिक संवादको गुणद्वारा मानिसमा त्यस्ता विकास सम्भव भएको छ, जुन जैविक आवश्यकताकद्वारा निर्दिष्ट हुँदैनन् । यस्ता विकासले परम्परा, संस्था र संगठनमा, साहित्यमा, वैज्ञानिक एवं इन्जिनियरिङका उपलब्धिमा, कलाकृतिमा स्वयंलाई अभिव्यक्त गर्छन् । यसबाट स्पष्ट हुन्छ- मानिसले कसरी एउटा निश्चित अर्थमा आप\mनो जीवनलाई स्वयं आप\mनै व्यवहारद्वारा प्रभावित गर्न सक्छ । यस प्रक्रियामा सचेत चिन्तन र चाहनाले एउटा महत्त्वपूर्ण भूमिका निर्वाह गर्छन् भन्ने कुरा पनि यसबाट स्पष्ट हुन्छ । मानिसले जन्मेदेखि नै आनुवंशिकतामार्फत् प्रकृतिका स्वाभाविक आवश्यकतासहित एउटा जैविक संरचना पाउँछ, जुन आवश्यकता मानवजातिका लाक्षणिक विशेषता हुन् । यस संरचनालाई हामीले स्थिर र अपरिवर्तनीय मान्न सक्छौँ । यसका साथै, आप\mनो जीवनकाल व्यतीत गर्ने क्रममा उसले एउटा सांस्कृतिक संरचना पनि पाउँछ, जसलाई उसले संवादहरू र अन्य धेरै प्रकारका प्रभावमार्फत् समाजबाट ग्रहण गर्छ । यो सांस्कृतिक संरचना नै त्यो चीज हो, जुन समयसँगसँगै परिवर्तन हुँदै जान्छ । सबैभन्दा महत्त्वपूर्ण कुरा, यही सांस्कृतिक संरचनाले नै व्यक्ति र समाजबीचको सम्बन्धलाई अति धेरै हदसम्म तय गर्छ । आधुनिक नृतत्वशास्त्रले तथाकथित आदिम संस्कृतिको तुलनात्मक खोजमार्फत हामीलाई सिकाएको छ- मानिसका सामाजिक व्यवहारमा व्यापक अन्तर हुन सक्छ, किनकि यी कुरा समाजमा प्रभुत्व जमाइरहेका प्रचलित सांस्कृतिक प्रतिमान र संगठनका स्वरूपमा निर्भर हुन्छन् । कुनै मानव समुदायको उन्नतिका लागि प्रयासरत मानिसले आप\mना आशाहरू के कुरामाथि आधारित गर्न सक्छन् भने आप\mनो जैविक संरचनाको फलस्वरूप, एक-अर्काको विनाश गर्नका लागि वा कुनै क्रूर र आत्मघाती स्थितिको दयामा भर परिरहनका लागि मानवजाति अभिशप्त छैन । मानौँ, हामीले आफैंलाई प्रश्न गर्‍यौँ ः मानव-जीवनलाई यथासम्भव सन्तोषजनक बनाउनका लागि समाजको संरचना तथा व्यक्तिको सांस्कृतिक दृष्टिकोण कसरी बदल्ने ? यसको जवाफ खोज्दा हामीले बदल्न नै नसकिने केही विशिष्ट परिस्थिति हुन्छन् भन्ने वास्तविकताका बारेमा हामी सतत् रूपमा सचेत रहनुपर्छ । मैले अगाडि नै के भनिसकेको छु भने- व्यावहारिक अर्थमा मानिसको जैविक प्रकृतिलाई परिवर्तन गर्न सकिँदैन । त्यसै गरी विगतका केही शताब्दीका प्राविधिक र जनसांख्यिक विकासद्वारा निर्मित परिस्थिति पनि यथावत् रहिरहने कुरा हुन् । अपेक्षाकृत रूपमा घना बस्ती भएका आवादीको अस्तित्वका लागि अपरिहार्य सामग्रीको आपूर्ति गर्न एउटा चरम श्रम-विभाजन तथा अत्यन्त केन्द्रीकृत उत्पादनतन्त्र परम् आवश्यक हुन्छ । अतीततिर हेर्दा निकै रमणीय लाग्ने त्यो समय, सधैँका लागि गुजि्रसकेको छ, जुनवेला व्यक्ति वा सापेक्षिक रूपमा सानो समूहसमेत पूर्णतः आत्मनिर्भर रहन सक्थ्यो । मानवजातिले अहिले मात्रै उत्पादन र उपभोगको एउटा विश्वव्यापी समुदायको रचना गरेको हो भन्ने कुरा भन्नु धेरै अतिशयोक्तिपूर्ण नहोला । (बाँकी आगामी अंकमा)

No comments: