वसन्तप्रकाश उपाध्याय
शायद अविरल बग्दैन जिन्दगी । जिन्दगीले कुन मोडमा कहाँ पुगेर 'फुलस्टप' लगाउँछ पत्तो नै हुँदैन । जिन्दगीभन्दा बरू दिगो हुँदोरहेछ इन्द्रावतीको वहाव । यही तथ्य प्रमाणित गर्नुभयो । रमेश विकलले । इन्द्रावती झै उहाँ अविरल बग्न सक्नुभएन ।
जीवन स्पन्दित भएर साहित्यकार रमेश विकल हामीबीच हामीलाई खबरदारी गर्न उपलब्ध नभए पनि उहाँको सिर्जनात्मक सुकीर्ति कहिलै मर्नेछैन । यसैकारण अजर, अमर अस्तित्वको प्रत्याभूति कवि लेखकका रूपमा जसरी रमेश विकलको नाममाथि गर्नसकिन्छ, उसैगरी मुलुकको नेपाली वाङ्मयले उहाँको उपस्थितिलाई कहिले बिर्सन र नकार्न सक्नेछैन ।
दावी र विश्वासका कुरा पृथक् पृथक् हुन्छन् । विकल सरदेखि रामेश्वर चालिसेको चिनारी, बालमनोविज्ञानसँगै प्रगतिवादी साहित्यको लेपन जे जे भनिए पनि ध्रुवसत्यको सूर्यमा फन्काहरू जस्तै भ्वाइलिनका धूनहरूमा उहाँ भेटिनु हुनेछ । खासगरी साहित्यिक मन, मस्तिष्क र मुटुले अनुभूत नगरी रमेश विकललाई साङ्गोपाङ्गो नाप्न सकिँदैन ।
काव्यात्मक अनुभूतिको स्वप्निल दस्तावेजरूपि कथाहरू, सङ्गत-विसङ्गत विगत- वर्तमानका नाट्यशिल्पसँगै आगतको सुन्दर-सपाट चित्र कोर्न खप्पिस साहित्यकार विकलको बहुआयमिक सफलता खुद्रा मानसिकता र ढुकुरे छात्तीले आँक्न र नाप्न सकिँंदैन । यो जगजागेर प्रसङ्ग हो ।
नेपाली वाङ्मयका हरेक विधागत विविधतामा उहाँको संलग्नताकै कारणले हुनुपर्छ एकपटक साहित्यकार लीलबहादुर क्षेत्रीले आˆनै लवजमा गरेको टिप्पणी म सम्झन्छु । साहित्यकार क्षेत्रीले भन्नुभएको थियो 'यो मान्छे' उतातिर जन्मेको भए उसले 'डल्लै' दुनियाँ खान्थ्यो बुझनुभो त । त्यतिखेर म 'मधुपर्क' मासिक पत्रिकामा कार्यरत थिएँ र भेटघाट क्रममा साहित्यकार क्षेत्रीलाई मनपर्ने नेपाली लेखको नाम र कारण सोध्दैथिएँ ।
ब्रहृमपुत्र छेउछाउका ती सरस्वतीपुत्र जस्तै अविरल बग्ने इन्द्रवतीको शब्दचित्र उतार्ने उन्नायक रमेश विकलका कैयौँ सिर्जनाले 'पुरा-भारतीय उपमहाद्वीप मात्र नभएर समग्र विश्व साहित्य इतिहासमा नै प्रभावी उपस्थिति प्रमाणित गर्नसक्ने खुवी भएको बताउनेहरू पनि कम छैनन् । हाम्रो दुर्भाग्य र त्यसैको आत्मग्लानिपूर्ण नियति कस्तो देखिएको छ भने हामीले बसन्तऋतु नआइकन कहिलै काग र कोइली छुट्याउनै सकेनौँ ।
अझ खासगरी नेपाली वाङ्मयको सन्दर्भमा त काग र कोइली वसन्तऋतु आउँदा पनि धेरै कम छुट्टनिसकेको छ भने अधिकांश कोइली कोटिका स्रष्टाहरूको परख मृत्युशैय्यामा चढिसकेपछि मात्र हुनसकेको छ । यही तथ्यको पुष्ट्याइँ धेरै तह र तप्काबाट हुन्छ नै । राज्य संयन्त्रलाई छाडेर स्थानीय र वाङ्मयसाधकका दृष्टिले गरेको सत्प्रयासलाई हेर्ने हो भने 'विकल सर'ले भने सशरीर र भौतिकरूपमा धेरै विडम्वनालाई चिर्ने सुअवसर पाउनु भएको पाइन्छ । जन्मस्थानका दृष्टिले काठमाडौँ, आरूबारी र जोरपाटी क्षेत्रका उत्साही साहित्यकारहरूसँगै थुप्रै शुभेच्छुकहरूका कारण उहाँको नाममा गरिएको र देखाइएको समर्पण उल्लेखनीय यथार्थ प्रतीत हुन्छ ।
सायद यही यथार्थबोध र वास्तविकतालाई आत्मसात गरेरै हुनुपर्छ रमेश विकलले तथाकथित प्राज्ञहरूको थलोको रूपमा चिनिने भूमिको श्रद्धाञ्जलि खोज्नुभएको रहेनछ । आˆना सिर्जना जस्तै सरल, शालिन र सौम्य जीवनशैली रूचाउनुहुने साहित्यकार विकलले मृत्युपछि एउटा विरानो देशमा जाँदाजाँदै पनि उही तामझाम वेगरकै शिष्ट सोच संस्कार रूचाउनुभयो । यसैकारण त उहाँ बाँचुञ्जेल मात्र नभएर मृत्युपर्यन्त पनि एउटै चिनारी उभिनुभयो, यति भन्न सकिन्छ ।
एउटा संयोग साहित्यसँगै चित्रकारिता अनि चित्रकारिता पछि गीत-सङ्गीतको सौखिन उहाँका स्वभावलगायत कैयौँ दैनिन्दिय हामी थाहा पाउँछौँ । साहित्यिका विकलका लेखन मार्फत् उठाइएका मुद्दाहरूका पीडा र परिस्थिति केलाउन अनि उहाँले उठाउनु भएका दृष्टिकोण र मान्यताहरूलाई नजिकबाट चिन्नु हुने र बुझ्नुहुने साहित्यकार एवं अग्रज पत्रकार विजय चालिसे जो नाताले साहित्यको विकलका जेष्ठ सुपुत्र हुनुहन्छ । उहाँका कारण हामी गोरखापत्रमा कार्यरतहरूका लागि सदैव एउटा पारिवारिक सदस्य कै रूपमा दर्जनौँ दर्जन पटक साहित्यकार विकलसँग जम्का भेट हुँदै रहृयो । मधुपर्कदेखि गोरखापत्र र युवामञ्चलगायत मनोरम अप्सरामा समेत आफूले सम्पादन सहकर्मीका रूपमा उहाँको आलेख प्रकाशनार्थ माग्दा सधैँ साहित्यकार विकलले हामीलाई उत्साही गराइरहनु भयो । एक प्रकारले हाम्रा लागि त उहाँ त्यस्तो लेखक, साहित्यकारका रूपमा हुनुहुन्थ्यो जो 'नयाँ सडकको गीत' लाई प्राथमिकताकासाथ ताजगी बनाउन चाहनुहुन्थ्यो भन्ने लाग्छ । शायद समय, परिस्थिति र देश-काललाई पनि यस्तै मञ्जुर भएको हुनुपर्छ । यसैकारण त हिजोको 'नयाँसडक' आज न्यूरोड भए पनि प्रकरान्तरले नयाँ नेपालको प्रारूपमा फेरि नयाँसडक बन्ने तरखमा भएझँै लाग्छ । यद्यपि आउँदा दिनमा फरक यत्ति मात्र हुनेछ न्यूरोडले पुनः नयाँसडकको संरचनामा गीत गाए पनि विकल सरले त्यसलाई देख्न र लेख्न पाउनु हुने छैन । तैपनि हामी सम्भिmरहनेछौँ उहाँलाई । अलिविदा विकल-सर
No comments:
Post a Comment