युवाका पाँच पुँजी
नेपालमा युवा भिन्न-भिन्न प्रकारका छन्, यो स्वाभाविकै हो । युवा कसरी भिन्न-भिन्न प्रकारका भएका हुन् त ? यसको जवाफ खोज्न उनीहरूसँग के-के उत्पादनका साधन र क्षमता छन्, उनीहरूसँग चल-अचल सम्पत्ति र पुँजी कति छ भन्नेबारे वर्गीकरण गर्नु उपयुक्त हुन्छ । सामान्यतः नेपालका युवालाई पाँचथरी युवामा वर्गीकरण गर्न सकिन्छ : पुँजीका आधारमा, उत्पादनका साधन-स्रोतको आधारमा । उनीहरूको अधीनमा उत्पादनका साधन र स्रोत कति छ भन्ने आधारमा वर्गीकरण गर्नुपर्छ । म नेपालका युवामा पाँचथरी स्रोत-साधन छ भन्ठान्छु । लामो समयसम्म स्रोत-साधन भनेको कृषि जमिन नै रहेको थियो, कृषिको उत्पादकत्व नै रहेको थियो । अहिले पनि पहिलो र मुख्य स्रोत-साधन भनेको जमिन नै हो तर अहिले अरू धेरै नयाँ-नयाँ स्रोत-साधन निर्माण भइरहेका छन् । पहिले भएका स्रोत-साधनको विस्तारीकरण पनि भइरहेको छ । तीमध्ये जग्गा-जमिनभन्दा पनि महत्त्वपूर्ण हुने खालको स्रोत-साधन भनेको शिक्षा र सीप हो, जसको आधारमा युवाले जीविकोपार्जन गर्न सक्छन् । नेपालमा नयाँ शिक्षा व्यवस्था लागू भएपछि धेरै विद्यालय खुले । ०२८ सालदेखि यो व्यवस्था लागू भएपछि गाउँ-गाउँमा स्कुलको जालो फैलियो । त्यसैगरी शिक्षकहरूको आन्दोलनले गर्दा पनि शिक्षाको विस्तार भयो । यसरी हेर्दा युवाको 'करियर'का लागि महत्त्वपूर्ण स्रोत-साधनमा पहिलो जग्गा-जमिन र दोस्रोमा शिक्षा हुन आउँछ । तेस्रोमा आउँछ, केही युवाका लागि पुँजी । केही युवाले पुँजी परिचालन गरेर करियर विकास गरेका छन् । शिक्षा र जग्गा-जमिन नभए पनि उनीहरूले पुँजीको भरमा क्षमता देखाएका छन्, तर यो तप्का ज्यादै सीमित छ । चौथो स्रोत-साधन हो, केही युवामा भएको पुस्तैनी उद्यमशीलता वा व्यवस्थापकीय सीप । र, पाँचौं स्रोत-साधन हो सामाजिक पुँजी । नेपालमा महिलाको भन्दा पुरुषको सामाजिक पुँजी बढी छ । अरू सबै लिंग र जातको भन्दा बढी दलितसँग सामाजिक पुँजी कम छ । यी पाँचवटा पुँजीका आधारमा नेपालका युवालाई विभिन्न तह र तप्कामा विभाजन गर्नुपर्ने हुन्छ ।
गाउँको केटी विवाह गर्ने केटा-केटीको बीचको उमेर समान हुनुपर्छ भन्छन् अनि पढाइ पनि समान । त्यसो हुनुका दुइटा कारण छन् । एउटा कारण, उनीहरु धेरै युवा छन्, उनीहरुलाई दुई वर्ष जेठो पनि बूढो लाग्छ ।
युवाको भविष्य बनाउन र जीविकोपार्जनका लागि यी र यस्ता स्रोत-साधन र पुँजी चाहिन्छ । यी स्रोत-साधन र पुँजी कोहीसँग धेरै छ, कोहीसँग कम छ, कोहीसँग छँदै छैन । स्रोत-साधन र पुँजी हुनु वा नहुनुमा गरिबपना, दुर्गमपना, महिलापनाले असर गर्छन् । युवाको सपना पनि यिनै स्रोत-साधन र पुँजीको आधारमा बनेको छ । विशेष गरी आजकलका युवाको सपना शिक्षा र सीपतिर केन्दि्रत छ । तैपनि आधाजति युवा कृषि र जमिनतिर नै छ । तर, धेरै युवाको चाहना कृषि र जमिनबाट शिक्षा र सीपतिर नै ढल्किँदै गएको छ ।गाउँले युवा र अभिभावकको चाहनागाउँमा गएर अध्ययन-अनुसन्धान गर्दा देखिन्छ, युवा मात्र होइन, बुढाबुढीसमेत आफ्ना छोराहरू गाउँमा बसून् भन्ने चाहँदैनन् । सत्तरी वर्ष पुगेका मानिसलाई पनि छोराहरू कहिलेकाहीँ बिरामी हुँदा गाउँमा बसिदिए हुन्थ्यो भन्ने लाग्दो हो तर पनि यहाँ बसेर उन्नति हुँदैन भन्ने तथ्य उनीहरूले बुझेका छन् । युवा र अभिभावकको सोचाइमा केही समानता र भिन्नता छ । ६० वर्षका बुढा पनि छोराहरू सहरमा बसून् भन्छन् र युवाले पनि त्यही सोच्छन् । उनीहरू छोराहरू गैरकृषि पेसामा लागून् भन्छन् र छोराहरू पनि त्यही चाहन्छन् । अधिकांश अभिभावक पनि त्यही ठान्छन् । युवा र अभिभावकको सोचाइमा केही फरक पनि छ । अभिभावकको धारणा छ, अचेलका युवा पहिलेजस्तो आदर गर्दैनन्, उनीहरू पहिलेभन्दा स्वार्थी भएका छन् । त्यसलाई अर्का अर्थमा लिने हो भने स्वार्थी बन्न बाध्य छ युवा, किनभने युवाका काँधमा नयाँ संसार, बाबुबाजेले सृजना नगरेको संसार निर्माण गर्नुपर्छ, नयाँ ठाउँमा काम गर्नुपर्छ, नयाँ चिज पढ्नुपर्छ र खासगरी आम्दानीको नयाँ स्रोत निर्माण गर्नुपर्छ । यसरी बाबुआमाबाट छुट्टएिर बसेपछि उनीहरूको सम्बन्ध पहिलेजस्तो प्रगाढ हुँदैन, यो सही कुरा हो । त्यसमा बूढाहरूले चित्त दुखाए पनि सहरमा बस्ने कुरामा, पढ्ने कुरामा सीप सिक्ने कुरामा उनीहरूको चित्तदुखाइ वा मतभिन्नता देखिँदैन । दुईछाक हातमुख जोड्ने चिन्ताबाहेक १५-२० वर्षसम्मका केटाकेटीका बाबुआमाको अर्के चिन्ता हो, बच्चाले पढेका छन्/छैनन् ? स्कुल-क्याम्पसमा जान्छन् कि जाँदैनन् ?युवालाई गरिखान देऊखासगरी नयाँ पुस्ता अगाडि बढ्न खोजिरहेको छ, तर केही नकारात्मक कुराले उनीहरूलाई कठालो समातेर पछाडि तानिरहेका छन् । अहिले गरिखाने नयाँ पुस्ताको उदय भइरहेको छ, जो बाउबाजेको जमिन छाडेर आएको छ । आफैँ पौरख गर्छु भनेर, म आफ्नै बलबुताले केही गर्छु भनेर जमिनको बन्धनबाट बाहिर आएको छ । आफैँले, आफ्नै पौरखले नयाँ स्रोत-साधन खडा गर्छु भन्ने युवापुस्ता देखिएको छ । यस्तो युवा जमात बढ्दै गएको छ । धेरैभन्दा धेरै युवा यस्तो सपना बोकर अगाडि आउँदै छन् । यसको मतलब फेरि कृषिमा युवा हुँदैनन् भन्ने होइन । तर, पहिलाको भन्दा ज्यादै कम युवा गाउँमा कृषि पेसामा हुन्छन् । अब कल्पनाको हिसाबले, सपनाको हिसाबले त विरलै युवा गाउँमा रमाउँछन् । अबको चुनौती के हो भने कसरी यी युवालाई सम्बोधन गर्ने, कसरी उनीहरूका सपनालाई सम्बोधन गर्ने ? खासगरी राजनीतिक नेता, सामाजिक नेता र व्यापारीको दायित्व हो ः यस्ता प्रश्नलाई सम्बोधन गर्नु । उनीहरूले गरिखान्छु भन्ने युवालाई गरिखान दिनुपर्छ, गर्ने ठाउँ पनि दिनुपर्छ । बजारसम्म पहँुच नभएका गाउँका युवाको पनि चाहनाचाहिँ सहर नै आउने रहेको छ । पुराना बाबुबाजेले गरेको खेतीपातीमा रमाउँदैनन् अबका युवा । अहिले सूचना र सञ्चारको विकासले गाउँका युवा र सहरका युवाको सपनामा त्यत्ति धेरै फरक छैन । भर्खरै हामी गाउँ गएर र्फकेका थियौँ, जहाँका युवायुवतीसँग कुरा गर्दा उनीहरूका सपना र चाहना अनि सहरका युवायुवतीका सपना र चाहनाका बीचमा खासै फरक पाइएन । पहिला जति फरक हुन्छ भनेर सोचेका थियौँ, त्यति फरक रहेनछ । आजकाल पहिलाजस्तो सहर छुट्टै छैन, गाउँमा सहर पसिरहेको छ । त्यसकारणले सहरको सञ्चार दैनिक रूपमा गाउँमा भइरहेको हुन्छ । सहर र गाउँमा पहिलेको जस्तो दूरी छैन, सोचाइमा पनि फरक छैन । हामीले स्कुले केटीसँग कुरा गर्दा विवाह गर्ने विषयमा सहरका केटीभन्दा बढी समानताको वकालत गर्ने हदसम्मको चेतना पायौँ । उनीहरू विवाह गर्ने केटा-केटीको बीचको उमेर समान हुनुपर्छ भन्छन् अनि पढाइ पनि समान । त्यसो हुनुका दुइटा कारण छन् । एउटा कारण, उनीहरू धेरै युवा छन्, उनीहरूलाई दुई वर्ष जेठो पनि बूढो लाग्छ । १४-१५ वर्षका केटीलाई १८ वर्षको केटा पनि बूढो लाग्छ । अर्को कारण हो, नयाँ युगको सुरुवात हुनु । सहरका स्कुल-कलेजमा पढ्ने केटीहरूभन्दा उनीहरू चार/पाँच वर्षले भए पनि कान्छा छन् । अब युवाको सपनाको कुरा गर्दा टाढा र नजिकको भन्ने कुराको अर्थ रहेन, गाउँ र सहर, सुगम र दुर्गम भन्ने पनि रहेन, पहिलेजस्तो । दूरी मेटिँदै छ, सम्बन्ध बढ्दै छ र समानता सघन हुँदै छ । त्यसकारण यी पाँचथरी युवाका सपनालाई सम्बोधन गरेर सहज जीविकोपार्जनका लागि सक्षम गराउनु नै अहिले मुख्य चुनौती हो । उनीहरूको जीविकोपार्जनको क्रममा उत्पादकत्व बढाउनु नै मुख्य चुनौती हो । जो युवा कृषि पेसामै लाग्न चाहन्छन्, उनीहरूको जीविकोपार्जन सहज पार्न कृषिलाई बजारसम्म जोड्नुपर्छ र व्यवसायीकरणका लागि अहिलेभन्दा धेरै काम गर्नुपर्छ । अर्को धेरै ठूलो पंक्ति छ, शिक्षामा लाग्नेहरूको । बच्चादेखि युवा विद्यार्थीको हिसाब गर्ने हो भने अहिले नै ८० लाख युवा छन् शिक्षा क्षेत्रमा । उनीहरूका लागि अवसर दिने कुरा मुख्य चुनौती हो । नेपालमा अहिलेको शिक्षा पहिलेभन्दा धेरै सुधार भएको छ । मुख्यतः काठमाडौंंको शिक्षाको स्तर राम्रो भएको छ । काठमाडौंबाहिरका युवालाई समेत सम्बोधन गर्ने हो भने आगामी पाँच वर्षमा काठमाडौंको शिक्षाको स्तरसम्म विकास गर्नुपर्छ । दुर्गमलाई त्यो स्तरमा ल्याउन गाह्रो भए पनि सबै जिल्ला सदरमुकाममा त्यो स्तरको शिक्षा पुर्याउने र अर्को १० वर्षमा सबै जिल्लाका गाउँ-गाउँमा पुर्याउन सकेमा महत्त्वपूर्ण उपलब्धि हासिल हुनेछ । त्यहाँका बालबालिकाले काठमाडौंको शैक्षिक स्तर पाए भने त्यो नेपालका लागि विचित्रको महत्त्वको उपलब्धि हुनेछ । त्यसले नयाँ नेपाल निर्माणका लागि साँच्चिकै बलियो आधार तय गर्नेछ, सीप, जोस, जाँगर, अठोट सबैमा बलियो जग हाल्छ । त्यसो गर्न सकेमा देशका हर क्षेत्रमा कृषि र गैरकृषि क्षेत्रमा ठूलो र राम्रो असर पर्छ, उत्पादकत्व पनि वृद्धि हुन्छ । सूचना र सञ्चारका लागि पनि खासै समस्या हुँदैन, सहजै सर्वत्र संवाद हुन्छ । अनि, हामी वास्तविक रूपमा अर्कै संसारमा पुग्न सक्छौँ- सोचका आधारमा, ज्ञानका आधारमा र सीपका आधारमा । सबै क्षेत्रमा लोकतान्त्रीकरणयसरी फड्को मार्नका लागि गर्नुपर्ने पहिलो काम हो- शैक्षकि क्षेत्रमा जबर्जस्ती हस्तक्षेप । हस्तक्षेप भनेको नकारात्मक हस्तक्षेप होइन । काठमाडौंको स्तर गाउँ-गाउँमा पुर्याउनका लागि सकारात्मक हस्तक्षेप गर्नुपर्छ । गर्नुपर्ने दोस्रो काम हो- राजनीतिक रूपले लोकतान्त्रीकरण । राजनीतिको आधारभूत कुरा भनेकै लोकतन्त्र हो । लोकतन्त्रीकृत राजनीति र आलोचनात्मक चेतयुक्त शिक्षा भएन भने मान्छेले प्रश्न गर्न छाड्छन् र समाज, राजनीति र शिक्षा पुरानै हुन्छन् । हामीलाई पुरानो शिक्षा होइन, नयाँ शिक्षा चाहिन्छ, जसले विद्यार्थीलाई क्रियाशील बनाउने र स्थानीय मानिसले प्रश्न गरिरहने काम गर्छ, जसले सिंहदरबारको मान्छेलाई, जिल्लाको मान्छेलाई, भोलि प्रदेशको मान्छेलाई प्रश्न गरेर जवाफदेही बनाउँछ । यस्तो काम जागरुक नागरिक बनाउने राज्यव्यवस्थामा मात्रै यसखालको शिक्षा सम्भव हुन्छ । थिचोमिचो गर्ने वा एकतन्त्र लागू गर्ने सरकारले यस्तो शिक्षा प्रदान गर्न सक्दैन, त्यसरी शिक्षा विस्तार पनि गर्न सक्दैन । युवाको सपना पूरा गर्नका लागि पहिलो सर्त हो, शिक्षा र राजनीतिको लोकतान्त्रीकरण । दोस्रो सर्त हो, शिक्षा क्षेत्रको जागरुकता र साधन विस्तार । तेस्रो सर्त हो, अर्थतन्त्रको विकास र विस्तार । त्यसो नभएमा शिक्षित बेरोजगारले पढेर के हुन्छ भन्न थाल्छन् । नयाँ शिक्षा व्यवस्थाले पनि एक जमानामा प्राविधिक शिक्षालाई जोड दिएको थियो । तर, मान्छेले प्राविधिक शिक्षा पढेर पनि केही भएन, किनभने अर्थतन्त्रको विकास भएन । प्राविधिक ज्ञान मात्र भएर हुँदैन, त्यसलाई उपयोग गर्नसके मात्र ठोस उपलब्धिमूलक काम हुन्छ । त्यसैले शिक्षा र राजनीतिको समग्र लोकतान्त्रीकरण, शिक्षाको जागरुकता र अर्थतन्त्रको विकास भएमा मात्र युवाको सपना पूरा हुन सक्छन्, नत्र सम्भव छैन । अहिले विशेष गरी सहरी क्षेत्रका युवाको चाहना विदेश जाने काममा केन्दि्रत हुनु स्वाभाविक हो । त्यसलाई राष्ट्रियताको सीमित दायरामा कैद गरी युवा-सपनाको खोइरो खन्नु जायज देखिँदैन । पचास वर्षअघि जब औपनिवेशिक युगको अन्त्य भएको थियो, त्यसबेला राष्ट्रियताको प्रादुर्भाव र विकास चरम रूपमा भएको थियो । किनभने राष्ट्रिय स्वाधीनता नभएको कारण त्यसबेला आममान्छेमा राष्ट्रियताको भाव जागरुक हुनु जरुरी थियो । तर, अहिले त्यस्तो औपनिवेशिक अवस्था रहेन, अहिले त्यो अस्वाधीनताको इतिहास नै समाप्त हुँदै गयो । त्यसपछि स्थापना हुन थालेको आर्थिक उपनिवेश त अहिले पनि केही हदसम्म रहेको छ । राष्ट्रियता भनेको वास्तवमा अमूर्त राष्ट्रियता होइन, यो आफू खेलेको गाउँघर, ढुंगामाटो र आफ्ना साथीभाइ सबैको सम्झना त बाहिर जानेहरूलाई रहिरहन्छ । बिदेसिने युवामा यहाँका मान्छेको माया त लागिरहन्छ । देश भन्नेबित्तिकै नक्साको याद नआउला, राजा, प्रधानमन्त्री र राष्ट्रपतिको याद नआउला, तर यहाँको मानचित्र त विस्मृतिमा जाँदैन । त्यसैले हामीले पनि राष्ट्रियताको विस्तारको बारेमा यस्तो मानसिकता बोक्नुपर्छ । हामीले बिदेसिने युवाले नेपाल र नेपालीको मात्र होइन, अरू देशका नेपालीजस्तै मानिसको सेवा गरोस् भन्ने हदसम्म राष्ट्रियतालाई व्यापक बनाउनुपर्छ । पुँजीको चेपमा युवा र अभिभावक जोसग पुँजी छ, ती युवाले लगानी गरेर पनि आम्दानी गर्न सक्छन्, जसले पुँजी जम्मा गरी अगाडि बढ्न चाहन्छन्, उनीहरू पुँजीको परिचालनका आधारमा पनि अघि बढ्न सक्छन् । उनीहरू पुँजीकै आधारमा पनि आफ्ना सपना पूरा गर्न सक्छन् । अर्कोतिर खासगरी नकारात्मक सामाजिक पुँजी बोकेका युवाका सपना साकार पार्नका लागि विगतमा भन्दा केही खुकुलो हुँदै छ । यस अर्थमा अहिलेका युवाको सपना पनि पुँजीवादको वरिपरि सघन भइरहेको छ । यसमा खासगरी समस्या भनेको बाबुआमालाई पुँजीको रहेको छ । आजकलका युवाको आकांक्षा खर्चिलो छ, सपना पनि महँगो छ । यसैले बाबुआमालाई ती माग पूरा गर्ने पुँजीको अभाव हुन्छ नै । पुँजीको अभाव हुँदा केही परिवारमा द्वन्द्व पनि भएको देखिन्छ । यथार्थमा उनीहरूको यथार्थ र आकांक्षाका बीचमा खाडल देखिएको छ । परिवारका युवा ठान्छन्, बाबुले अलिकति लगानी गरेदेखि हामी धेरै कमाउँछौँ । तर, बाबुआमाले ठान्छन्, यसले गर्ला कि नगर्ला ? गरिखाएनन् भने सम्पूर्ण जायजेथा डुब्छ । यसरी आफ्ना आकांक्षा पूरा नहुँदा कतिपय युवा कुलतमा फस्ने, आपराधिक गतिविधि गर्ने र खराब कार्यमा लाग्ने गरेको पाइन्छ । त्यसलाई राम्ररी व्यवस्थापन गर्न बाबुआमा लाग्नुपर्छ । आधुनिक जमानामा प्रतिस्पर्धा धेरै हुन थालेको छ । युवाले धेरै दौडादौड गर्नुपर्ने अवस्था आएको छ । त्यसरी दौडँदा कसैका खुट्टा भाचिन्छन्, कसैका मर्कन्छन्, कोही लडेर घाइते हुन्छन्, यसको सुरक्षा गनुपर्ने दायित्व बढेको छ । युवाको बढ्दो आकांक्षा र भड्किलो चाहनालाई पूरा गर्ने दायित्व पूरा गर्न त पक्कै पनि गाह्रो हुन्छ । र पनि गरिखान खोज्ने युवालाई गरिखाने बाटो दिनुपर्छ । त्यसका लागि सरकार र निजी क्षेत्र मिलेर काम गरे मात्र युवाका सपना पूरा गर्न सकिन्छ । प्रस्तुति: राजेन्द्र महर्जन र विष्णु पोखरेल
No comments:
Post a Comment