हाम्रो जमानाको अत्यावश्यक संकट : अब म त्यस विन्दुमा आइपुगेको छु, जहाँबाट म आजको संकटको सारतत्त्वतिर अलिकति संकेत गर्न सक्छु । यो कुरा समाजसँग व्यक्तिको सम्बन्धसित गाँसिएको छ । व्यक्ति समाजमाथिको आप\mनो निर्भरताप्रति पहिलेभन्दा बेसी सचेत हुन थालेको छ । किन्तु ऊ यस निर्भरतालाई एउटा सकारात्मक गुणका रूपमा, एउटा जीवन्त बन्धनका रूपमा, एउटा रक्षक शक्तिका रूपमा महसुस गर्दैन । बरु ऊ यसलाई आप\mना प्राकृतिक अधिकारका लागि, यहाँसम्म कि आप\mनो आर्थिक अस्तित्वका लागि समेत खतराका रूपमा महसुस गर्छ । त्यसमाथि पनि समाजमा उसको स्थिति कस्तो छ भने उसको मानसिक संरचनामा निहित स्वार्थी प्रवृत्तिहरू निरन्तर प्रबल हुँदै गइरहेका छन्, जब कि उसका सामाजिक प्रवृत्तिहरू, जो स्वभावैले कमजोर छन्, ती प्रवृत्तिहरू भने झन् तेज गतिले नष्ट हुँदै गइरहेका छन् । सबै मानिस, चाहे समाजमा उनीहरूको जुनसुकै स्थान किन नहोस्, नष्ट हुने यस प्रक्रियाको सिकार भइरहेका छन् । थाहा नपाउँदा-नपाउँदै, आप\mनै स्वार्थहरूको कैदी बन्दै उनीहरूले स्वयं आफूलाई असुरक्षित र एक्लो भएको महसुस गरिरहेका छन् । उनीहरूले जीवनका निष्कपट, सरल र स्वाभाविक आनन्दबाट समेत वञ्चित भएको महसुस गर्न थालेका छन् । निश्चित रूपमा, मानिसको छोटो जीवन खतरै-खतराले भरिएको छ, त्यसैले मानिसले छोटो जीवनमा स्वयं आफूलाई समाजप्रति समर्पित गरेरै मात्र सार्थकता प्राप्त गर्न सक्छन् ।
मेरा विचारमा दुष्टता र अनिष्टताको सक्कली स्रोत भनेको वर्तमान पुँजीवादी समाजको त्यो आर्थिक अराजकता हो, जुन यहाँ आज विद्यमान छ । हाम्रा सामु विशाल उत्पादक समुदाय छ, जसका सदस्यले बल प्रयोगद्वारा होइन, बरु समग्रतामा विश्वसनीय रूपले कानुनतः स्थापित नियमहरू प्रयोग गरी अरूलाई सामूहिक श्रमको फलबाट वञ्चित गर्नका लागि कोसिस गर्दै छ । यसै सन्दर्भमा के कुरा अनुभव गर्नु महत्त्वपूर्ण छ भने उत्पादनको साधन अर्थात् समस्त उत्पादक क्षमता, जुन उपभोक्ता सामग्रीका साथसाथै पुँजीगत सामग्री पैदा गर्नका लागि आवश्यक छ, कानुनी रूपले व्यक्तिहरूको निजी सम्पत्ति हुन सक्छ र अधिकतम रूपमा त्यस्तै नै छ ।
गरिखानेहरूको श्रम र पुँजीपतिहरूको उत्पीडन : सरलताका दृष्टिले अबको बहसमा म ती सबै मानिसलाई श्रमजीवी -वर्कर्स) भन्नेछु, जसको उत्पादनका साधनहरूको मालिकत्वमा कुनै हिस्सेदारी छैन । यद्यपि, यो शब्द परम्परागत प्रयोगअनुरूप छैन । उत्पादनका साधनका मालिकहरू श्रमजीवीहरूको श्रमशक्ति किन्नसक्ने स्थितिमा हुन्छन् । उत्पादनका साधनहरूको प्रयोग गरेर श्रमजीवीले जुन नयाँ सामग्री उत्पादन गर्छन्, ती पुँजीपतिको सम्पत्ति बन्न पुग्छन् । यस प्रक्रियामा सबैभन्दा महत्त्वपूर्ण पक्ष हो ः श्रम र ज्यालाबीचको सम्बन्ध । श्रमजीवीले श्रम गरी जति उत्पादन गर्छन् र जति उनीहरूले ज्याला पाउँछन्, यी दुबैलाई वास्तविक मूल्य ९चभब खिबगिभ० का रूपमा यसलाई नाप्दा यी दुवैबीच कुनै तालमेल हुँदैन । श्रम अनुबन्ध ९बिदयगच अयलतचबअत० 'मुक्त' हुन्छ, त्यसैले श्रमजीवीले जे-जति ज्याला पाउँछन्, त्यो उनीहरूद्वारा उत्पादित सामग्रीको वास्तविक मूल्यबाट निर्धारित हुँदैन, बरु उनीहरूका न्यूनतम आवश्यकतामा आधारित हुन्छ । र, कामको खोजीका क्रममा प्रतिस्पर्धामा लागिरहेका श्रमजीवीहरूको संख्या पनि उनीहरूको ज्याला निर्धारणमा कारण बन्न पुग्छ । उनीहरूको संख्या धेरै बेसी छ भने त्यसकै अनुपातमा उनीहरूको ज्याला कम हुँदै जान्छ । धेरैजसो स्थितिमा पुँजीपतिलाई आवश्यक भएको संख्याभन्दा बेसी श्रमजीवी श्रम-बजारमा उपलब्ध भइरहने हुनाले उनीहरूले निकै थोरै ज्याला पाउँछन् । यहाँ के कुरा थाहा पाउनु महत्त्वपूर्ण छ भने सैद्धान्तिक रूपमा मात्रै पनि श्रमजीवीले पाउने ज्याला उनीहरूको उत्पादनको मूल्यद्वारा निर्धारण गरिँदैन ।
पुँजीवादमा निजी पुँजी मुठ्ठीभर मानिसका हातमा केन्दि्रत हुन्छ । पुँजीवादी प्रतिद्वन्द्विताका कारणले र प्रविधि-विकासका कारणले ठुल्ठूला कारखाना स्थापना गरिन्छन्, जसमा श्रमको विभाजन लगातार बढ्दै जान्छ । यी सबै कुराको परिणाम के हुन्छ भने साना उत्पादकले ठूलो हानि बेहोर्नुपर्ने हुन्छ । पुँजीपतिहरूको एउटा उच्च कुलीनतन्त्र ९यष्निबचअजष्० स्थापित हुन जान्छ र त्यस तन्त्रकोे अपार शक्तिलाई प्रजातान्त्रिक ढंगले संगठित एउटा राजनीतिक समाजले पनि प्रभावकारी ढंगले नियन्त्रित गर्न सक्दैन । संसद्मा जुन व्यक्तिहरू राजनीतिक पार्टीबाट छानिएर वा निर्वाचित भएर जान्छन्, उनीहरू पुँजीपतिबाट धेरैजसो आर्थिक रूपले लगानी गरिएका हुन्छन् वा निजी पुँजीबाट प्रभावित हुन्छन् । यसैको नतिजास्वरूप सबै व्यावहारिक मामिलामा निर्वाचित सांसदहरू आप\mना मतदाता जनताबाट अलग हुन्छन् । यसको परिणाम के हुन्छ भने जनताका प्रतिनिधि सांसदलाई आफूले समाजका दुर्बल र अधिकारविहीन वर्गका हितहरूका बारेमा सोच्नु जरुरी छ भन्ने महसुससमेत हुन छोड्छ ।
यसबाहेक वर्तमान परिस्थितिमा पुँजीपतिवर्गले प्रत्यक्ष वा परोक्ष ढंगले सञ्चारका साधनमाथि, जस्तो प्रेस, रेडियो, टेलिभिजन तथा शिक्षामाथि आप\mनो नियन्त्रण स्थापित गर्छ । यस प्रकारले नागरिकले वस्तुगत र सही निर्णयसम्म पुग्नका लागि तथा आफ्ना राजनीतिक अधिकारको बुद्धिमत्तापूर्ण ढंगले प्रयोग गर्नका लागि निकै ठूलो कठिनाइ बेहोर्नुपर्छ, यहाँसम्म कि धेरैजसो मामिलामा त यस्तो काम गर्नु असंभवप्रायः नै हुन्छ । नाफाका लागि निजी स्वामित्वः सम्पत्तिको निजी मालिकत्वमाथि आधारित अर्थव्यवस्थामा अडेको वर्तमान स्थितिलाई दुई मुख्य सिद्धान्तद्वारा स्पष्ट पार्न सकिन्छ । पहिलो- उत्पादनका साधनहरू (पुँजी) माथि निजी मालिकत्व रहन्छ र मालिकले जस्तो मन लाग्छ, त्यसरी नै तिनको प्रयोग गर्छ । दोस्रो- श्रमजीवीसँगको श्रम-अनुबन्ध स्वतन्त्र हुन्छ । यस अर्थमा एउटा वास्तविक 'शुद्ध' पुँजीवादी समाजको अस्तित्व हुन सक्दैन । विशेष रूपमा, के कुरा उल्लेखनीय छ भने श्रमजीवीका लामा-लामा र तीखा राजनीतिक संघर्षद्वारा 'स्वतन्त्र श्रमसम्झौता'को अलिकति सुधारिएको रूप केही निश्चित श्रेणीका श्रमजीवीले पाउन सफल भएका छन् । तर, समग्रतामा हेर्दा आजको अर्थव्यवस्था 'शुद्ध' पुँजीवादभन्दा धेरै बेसी भिन्नचाहिँ छैन ।
उत्पादन नाफाका लागि गरिन्छ, उपभोगका लागि होइन । कामका लागि इच्छुक सबै सक्षम मानिसले सधै काम पाउँछन् भन्ने त्यस्तो कुनै सुनिश्चित प्रावधान हुँदैन किनकि 'बेरोजगारहरूको फौज' लगभग सधैँ विद्यमान रहिरहन्छ । श्रमजीवीहरू हरपल कामबाट हटाइने पो हो कि भन्ने भयले ग्रस्त हुन्छन् । निश्चित रूपमा बेरोजगार र अति कम ज्याला पाउने श्रमजीवीमाथि आधारित भएर एउटा लाभदायक बजार निर्माण हुन सक्दैन । यसैले उपभोग्य-वस्तुहरूको उत्पादन अत्यन्त सीमित रहन्छ, जसको परिणाम हुन्छ- श्रमजीवीका लागि भयंकर कठिनाइ । प्राविधिक उन्नतिको फलस्वरूप बेरोजगारहरूको संख्यामा अत्यधिक वृद्धि हुन्छ र प्राविधिक उन्नतिबाट सबैका लागि कामको बोझ हलुका भइहाल्छ नि भन्ने कुरा बिल्कुल असम्भवझैं हुन थाल्छ ।
मुनाफाखोरीको प्रवृत्तिका साथसाथै पुँजीपतिहरूबीच हुने आपसी प्रतिद्वन्द्विताका कारण पुँजी-निर्माण र यसको समुचित प्रयोगमा बाधा उत्पन्न हुन जान्छ । यसले क्रमशः भयानक मन्दीको चरणतिर डोर्याउन थाल्छ । असीमित प्रतिद्वन्द्विताकै कारणले प्रायःजसो श्रमको ठूलो बर्बादी हुन्छ । यसले व्यक्तिहरूको सामाजिक चेतनालाई कुण्ठित पार्छ । यी कुरा मैले अगाडि नै उल्लेख गरिसकेको छु ।
संकटको समाधान हो समाजवाद : म व्यक्तिहरूको सामाजिक चेतनालाई कुण्ठित बनाउने प्रक्रियालाई पुँजीवादको सबैभन्दा नराम्रो अभिशाप मान्छु । हाम्रो सम्पूर्ण शिक्षा व्यवस्था यही अभिशापले ग्रस्त छ । यस्तो व्यवस्थामा विद्यार्थीहरूको मनमा एउटा अतिरञ्जित प्रतियोगी र प्रतिद्वन्द्विताको भावना पैदा गर्ने काम गरिन्छ । उनीहरूलाई भावी जीवनयात्राको तयारी गर्ने-गराउने नाममा कमाउखालको सफलतालाई मात्रै पूजा गर्न सिकाउँछ ।
मेरो दृढ विश्वास छ- यी तमाम गम्भीर अनिष्ट र अभिशापबाट मुक्त हुने एक मात्र उपाय हो, समाजवादी अर्थव्यवस्थाको स्थापना गर्नु र यससँगसँगै सामाजिक लक्ष्यहरूतिर झुकाव भएको शिक्षा-व्यवस्थाको प्रचलन सुरु गर्नु । यस्तो अर्थव्यवस्थामा उत्पादनका साधनमाथि समाजको स्वामित्व हुन्छ र यसको प्रयोग नियोजित ढंगले हुन्छ । एउटा त्यस्तो नियोजित अर्थव्यवस्था ९उबिललभम भअयलomथ०, जसले उत्पादनलाई समाजको आवश्यकताअनुरूप समायोजन गर्छ । हो, त्यस्तो व्यवस्थाले मात्रै काम गर्न सक्षम सबै मानिसलाई रोजगारी दिन सक्छ र प्रत्येक स्त्री, पुरुष र बच्चालाई जीविकाको प्रत्याभूति -ग्यारेन्टी) दिन्छ । त्यस्तो समाजमा नयाँ शिक्षा व्यवस्थाले व्यक्तिहरूभित्र लुकिरहेका असीमित क्षमतालाई फलाउने-फुलाउने काम गर्छ अनि उनीहरूका अगाडि हाम्रो वर्तमान समाजका सत्ता-शक्ति र सफलताको महत्त्वलाई बढाई-चढाईकन रंगीन ढंगले प्रस्तुत गर्नुको सट्टा त्यसले उनीहरूभित्र आफूजस्तै बाँचिरहेका मानव-बन्धुहरूप्रतिको दायित्वबोधलाई जागृत गर्छ ।
यी सबका बाबजुद के कुरा याद गरिराख्नु जरुरी छ भने नियोजित अर्थव्यवस्था नै समाजवाद होइन । नियोजित अर्थव्यवस्थाअन्तर्गत व्यक्ति पूर्णतः दास पनि हुन सक्छ । समाजवादको उपलब्धि केही अत्यन्त नै जटिल सामाजिक-राजनीतिक समस्याहरूको समाधान प्रस्तुत गर्नसक्नुमा निर्भर हुनेछ । जस्तो ः राजनीतिक र आर्थिक शक्तिको व्यापक केन्द्रीकरण हुने स्थितिमा शासनतन्त्र -नोकरशाही) लाई अति शक्तिसम्पन्न, प्रभुतापूर्ण र अहंकारी हुनबाट कसरी रोक्न सकिन्छ ? व्यक्तिका अधिकारहरूको सुरक्षा कसरी हुन सक्छ ? र यसका साथसाथै शासनतन्त्र -नोकरशाही) को शक्तिलाई निष्प्रभावी बनाउन सक्ने खालका प्रजातान्त्रिक शक्तिलाई सुनिश्चित रूपमा कसरी स्थापित गर्न सकिन्छ ?
हाम्रो यस संक्रमणकालमा समाजवादका समस्याका बारेमा उद्देश्यको स्पष्टता अति नै आवश्यक छ । निश्चित रूपमा वर्तमान परिस्थितिमा यी र यस्ता समस्यामाथि निर्विघ्नतापूर्वक चिन्तन गर्ने कार्य एक प्रकारले प्रतिबन्धित हुँदै गइरहेको छ । त्यसैले यस पत्रिका (मन्थ्ली रिभ्यु) को प्रकाशनको सुरुवातलाई म एउटा अत्यन्त महत्त्वपूर्ण समाजसेवा मान्छु । समाप्त
'मन्थ्ली रिभ्यु'को पहिलो अंकमा छापिएको वैज्ञानिक आइन्स्टाइनको शुभकामना-लेख । अनुवादक : राजेन्द्र महर्जन -सं)
No comments:
Post a Comment