Sunday, December 21, 2008
अवरुद्ध आशाबारीको धुन
उनी विसं २००६ मै साहित्यमा होमिएका हुन् । तर, ००९ सालमा रेडियो नेपालले स्वर-परीक्षामा उत्तर्ीण्ा गरििदएको भए सायद उनी गायक पो हुन्थे कि - ००५ सालको आरम्भतिर उनी राजनीतिमा लागे । यसको कारण श्यामप्रसाद शर्मा थिए । श्यामप्रसाद वीरगन्जबाट भर्खर काठमाडौ“ पसेका थिए । उनी साहित्यमार्फ राजनीति र चेतनाको बीउ र्छर्दै हि“डेका थिए । श्यामप्रसादकै हुटहुटीमा उनी र समविचारका केही मित्रहरू मिलेर एउटा हस्तलिखित साहित्यिक पत्रिका निकाल्ने योजना बनाए । त्यो पत्रिका थियो, सन्देश । त्यसैमा उनको पहिलो कविता छापियो । यसको आवरण चित्र पनि उनैले कोरेका थिए । यदि साहित्यमा असफल भएका भए सायद उनी स्थापित चित्रकार पो हुन्थे कि †विसं ०६४ जेठ १६ गते रमेश विकल र नेपालबीच लामो संवाद भएको थियो, उनकै घर आरुबारीमा । त्यस दिन राजनीतिको प्रसङ्ग उक्काउ“दै उनले भनेका थिए, "त्यस समय जेलभित्र टङ्कप्रसाद, खड् गमान र रामहरहिरू थिए । बाहिर थियौ“- म, श्यामप्रसाद र फणीन्द्रराज खेताला । हामीहरू जेलभित्रको बाहिर र बाहिरको जेलभित्र समाचार ल्याउने-लैजाने गथ्र्यौं ।" श्यामप्रसाद उनीहरूका नेता थिए । एक दिन राणाशासकले यसको सुइ“को पायो र उनीहरूलाई समेत जेलमा कोचिदियो । तर, एक वर्षछि उनी र खेतालालाई तारखिमा छाड्यो । तर, श्यामप्रसादलाई ००७ सालको प्रजातन्त्र नआउन्जेल जेलमै थन्कायो । उनी आरुबारीबाट तारखि धाउन सिंहदरबार आउ“थे, पैदल । समयमै प्रजातन्त्र नआएको भए, तारखि धाउने क्रममा उनका कति जोर जुत्ता फाट्थे, अनुमान गर्न सकिन्न ।विकल डेढ वर्षो हु“दा आमा बितेकाले पिता, हजुरआमा र ठूली आमाको सुश्रुषामा उनको बाल्य र शैवशकाल बित्यो । तर, ००६ सालमा पिताकै पनि देहावसान भयो । यस पीडाले आक्रान्त भए उनी । तर, पनि यो वर्षउनका लागि वियोगान्त वर्षमात्र भएन, सुख र आनन्दका पालुवाहरू पनि फक्रिए उनको जीवनमा । यही वर्षउनी जेलबाट छुटे र यसै वर्षउनको पहिलो कथा 'गरबि' प्रसिद्ध साहित्यिक पत्रिका शारदामा छापियो । यस मोडबाट फेरि उनले आफ्नो सिर्जनशीलताका लागि कहिल्यै पछि फर्केर हर्ेर्नुपरेन । आरुबारी गाउ“मा विसं १९८५ कात्तिक २९ गते बुधबार भाइटीकाका दिन चन्द्रशेखर उपाध्याय चालिसे र छायादेवीको पहिलो सन्तानका रूपमा उनको जन्म भएको थियो । धेरैवटा विद्यालयहरू चहारे पनि चञ्चल स्वभावका कारण उनले पढ्न सकेनन् । तर, प्राइभेट परीक्षा दिएर ०११ सालमा एसएलसी र पछि 'कलेज अफ एजुकेसन'बाट स्नातक गरे ।०१४/१५ सालको कुरा हो । उनी कलेजमा पढ्थे । स“गस“गै लोककथाहरू सुनेर तिनैका आधारमा नया“ कथा रच्न थालेका थिए । शारदापछि प्रगति पत्रिकामा पनि उनको कथा छापिइसकेको थियो । त्यसैले उनको नाम अलिअलि चर्चामा आइसकेको थियो । यही नामलाई पछ्याउ“दै बनारसका एक प्रकाशकले उनलाई विद्यालयस्तरको पाठ्यपुस्तकका लागि चारवटा बालनिबन्ध लेख्न प्रस् ताव राखे, प्रतिनिबन्ध २० रुपिया“ पारश्रिमिक पाउने गरी । "यो मेरो लेखनकालको पहिलो खुसीको क्षण थियो, यसले मलाई बालसाहित्यमा लाग्न प्रेरणा दियो," विकलले भनेका थिए । यसपछि मूलधारका कथा, उपन्यास, नाटकस“गस“गै बालसाहित्यमा पनि उनको योगदान चुलि“दै जान थाल्यो । ०१८ सालमा नया“ सडकका गीत नामक कथासङ्ग्रहमा मदन पुरस्कार पाएपछि विकल र उनको सिर्जनाले लामो फड्को मार्यो । त्यसपछि उनीद्वारा सिर्जित अविरल बग्दछ इन्दावती, सुनौली र सागर उर्लिन्छ आकाश छुन, बूढो भ्वाइलिन आशाबारीको धुनमा, विरानो देशमा, उर्मिला भाउजू, शव, शालिक र सहस्र बुद्धजस्ता उपन्यास-कथा तथा सप्तरङ्गी, भक्ति थापा, मिल्किएको मणि नाटक प्रमुख छन् । सात र्सर्ूय एक फन्को र नीलगिरकिो छायामा उनका प्रसिद्ध नियात्रासङ्ग्रह हुन् ।विकल अब हामीमाझ छैनन् । तर, उनले सिर्जेका साहित्यले भने उनलाई नेपाली साहित्यमा अजम्बरी बनाएका छन् ।विचारले उनी कम्युनिस्ट थिए । भनेका छन्, "म त्यसबेलाको अवस्थामा कम्युनिस्ट नै हु“ । मेरो राजनीतिक पृष्ठभूमि त्यही हो, म त्यसैबाट हर्ुर्किए“ ।" ०१५ सालपछि चाहि“ कलमको राजनीति गर्छु भनेर राजनीतिबाट सन्न्यास लिएजस्तै भए । उनी साहित्यमा राजनीति मिसिएको त्यति मन पराउ“दैनथे । उनका विचारमा सच्चा साहित्यकार सबै प्रगतिशील हुन् । "जुनसुकै स्रष्टाले पनि अगाडि नै हर्ेछ," उनले भनेका थिए, "'स्वान्त सुखायः' नलेखेर आफ्नो माटो र जनताको पीडा लेख्ने सबै नै प्रगतिशील हुन् ।" उनको परभिाषामा मार्क्सवादलाई मात्र प्राथमिकता दिएर लेख्नेहरू 'प्रगतिवादी' र मार्क्सलाई मार्गदर्शक मात्र बनाएर सिर्जना गर्नेहरू प्रगतिशील हुन् । विकलको चित्रकलातर्फो प्रसङ्ग पनि रोचक छ । उनले जुद्धकला पाठशालामा चार महिना र प्रसिद्ध चित्रकार चन्द्रमान मास्केस“ग केही समय चित्रकलाको अभ्यास गरेका थिए । यही आधारमा उनी घरमै अभ्यास गरेर राम्रो चित्रकार बनिसकेका थिए । उनले आफ्नो बेजोड सिर्जना बूढो भ्वाइलिन आशाबारीको धुनमाको आवरण आफै“ले बनाएका थिए । "अचेल त म बाथरुममा मात्र गुनगुनाउ“छु," आज पनि गीत गाउनुहुन्छ भन्दा उनले यो उत्तर दिएका थिए । त्यसो त उमेरमा उनले मञ्चमै उक्लेर पनि गीत गाएको स्वीकारेका छन् । उनलाई अम्बर गुरुङ, नारायणगोपाल र बच्चुकैलाशका गीतहरू सुन्दा आत्मीय आनन्द प्राप्त हुन्थ्यो र कुनै बेला भारतीय गायक मोहम्मद रफीका गीतहरू गुनगुनाउन आनन्द मान्थे । "म गाउने मात्र होइन, धेरैथरीका बाजा पनि बजाउ“थे“," उनी भन्थे । पछिल्लो समयमा रामेशका गीतहरूले उनलाई औधी रत्याएका थिए । रामेशको स्वरमा जीवन झल्किन्छ भन्ने उनको धारणा थियो ।उनलाई एकपटक 'कृतिचोर'को आरोप पनि लाग्यो । अविरल बग्दछ इन्द्रवती र अन्य केही कथामाथि लागेको यो आरोपका सर्न्दर्भमा उनको स्पष्ट मत थियो, "कुनै पर्ूवसिर्जनास“ग भावभूमि मिल्न जानु चोरी होइन । यो आरोप लगाउनेहरूको लघुताभास हो । म यसबाट कहिल्यै विचलित पनि भइन“ र वास्ता पनि गरनि“ ।" कालान्तरमा आज तिनै आरोपित रचनाहरू नै रमेश विकलका कालजयी सिर्जना हुनपुगे र र्सवाधिक पढिने रचनामा गणना भए ।कालजयी स्रष्टा रमेश विकललाई शब्द-श्रद्धाञ्जलि । Raman Ghimire
Subscribe to:
Post Comments (Atom)
No comments:
Post a Comment