सहकारीका प्रवर्तक रोबर्ट ओवेनको समाजवादी आन्दोलन
लेखनाथ ढकाल
बेलायतको वेल्स राज्यमा सन् १७७१ मा जन्मेका रोबर्ट ओवेन मानव सभ्यताको इतिहासमा प्रख्यात समाज सुधारक, समाजवादी विचारक तथा आधुनिक सहकारी आन्दोलनका पिताको रूपमा प्रख्याति कमाएका व्यक्ति हुन् । आफ्नो ८७ वर्षको जीवनकालमा उनले मानव सभ्यताको विकासमा ठूलो देन दिएका छन् । औद्योगिक क्रान्तिपछिको विश्वको पूँजीवादी उत्पादन प्रणाली, बजार प्रणाली आर्थिक असमानता र शोषणको जगजगी चलेर मानव समाज वर्गीय द्वन्द्वमा फसेको अवस्थामा रोबर्ट ओवेेनका विचार र उनका क्रियाकलाप दुनियााले मुक्तकण्ठले प्रशंसा गर्न लायक थिए । तब असल व्यापारी र असल मालिक सफलतापूर्वर्क बन्न सकिन्छ जब आफ्ना कारखानामा काम गर्ने श्रमिकहरूको भलाइका काम गरिन्छ भन्ने उनको विचार थियो । उनी मानव समाज पूाजीको प्रतिस्पर्धामा अन्धो हुनु हुादैन, आपसमा मिलेर एकार्काको सहयोगी भएर सबैले समान र आत्सम्मानको जीवन बााच्न सक्ने वातावरण रहेमा मात्र मानवको उत्कृष्टता कायम हुन सक्छ भन्ने उनको विचार र यसै अनुरुपका उनका क्रियाकलाप नै आधुनिक सहकारी आन्दोलनका पृष्ठभूमि बन्न पुगे । त्यसकारण रोबर्ट ओवेनलाई सहकारी आन्दोलनका पिता भनेर चिनिन्छ ।
रोबर्ट ओवेन स्कटल्यान्डको एउटा कटन मिलका मालिक बन्न पुगे । उनले आफ्ना मिलमा काम गर्ने मजदुरहरूको लागि प्रशस्त सुविधा दिएका थिए । महिला र केटाकेटीलाई श्रमबाट मुक्त गरेर केटाकेटीका लागि स्कुल र महिलाको लागि उपयुक्त कामको व्यवस्था गरेर आफ्नो कारखानालाई विशेष प्रकारले सञ्चालन गरेका थिए । उनको कारखानामा कहिल्यै हड्ताल भएन । मिसिन, उपकरण, वातावरण र मानवीय संयन्त्र तथा प्रशासन सधैा स्वस्थ, तन्दुरुस्त र अपडेटेड भइरहन्थ्यो । अवलोकन गर्न आउने ठूला व्यापारी र पूाजीपतिहरू छक्क पर्दथे । उनको कारखाना पmान्स र युरोपका विभिन्न देशका व्यापारी, उद्योगपतिहरूका लागि अवलोकन स्थल बनेको थियो । उनले सफल उद्योगपतिको रूपमा प्रख्याति कमाएका थिए ।
रोबर्ट ओवेनले समाजलाई न्यायपूर्ण, शोषणरहित, एकार्कामा सहयोगी, ऐक्यबद्ध समुदाय बनाउन धेरै प्रयत्न गरे । नाफा कमाउने, कार्यलाई उनी राम्रो काम मान्दैनथे । मुनाफा कमाउनु ठगी गर्नु हो भन्ने उनको विचार थियो । रोबर्टले उपयुक्त सामाजिक अवस्थाका लागि एकार्कामा सहकार्यको अवस्था चाहिन्छ भनेर बेलायती सरकारलाई सहकार्य ग्राम बनाउन आग्रह गरे । उनको योजना अनुसार यस्ता आवास ग्रामहरू औद्योगिक र कृषि दुवै क्रियाकलाप गर्न सकिने गरी स्थापित गर्नुपर्ने थियो । उनको योजना सफल हुने उनको विश्वास थियो । त्यसकारण उनले अमेरिकाको इन्डियाना राज्यमा नयाा सुन्दर समुदाय सन् १९२५ मा स्थापना गराए ।
बेलायतमा स्थापना गरेका सहकार्यको आवास ग्राम र अमेरिकामा स्थापना गरेका नयाा सुन्दर समुदायमा सबैलाई अवसर र आपसमा सहयोग सामूहिक स्वामित्वका आर्थिक कार्यक्रम, खुल्ला र पारदर्शी व्यवहार, सबैलाई शिक्षा, तालिम, सूचना आदिको संस्थागत व्यवस्था हुनपर्ने गरी काम गर्ने व्यवस्थाको लागि यी बस्तीहरू खास गरी बेरोजगार र श्रमिकहरूका सामूहिक बस्ती थिए ।
रोबर्ट ओवेनको विचार र शिक्षाबाट समाजमा ठूलो प्रभाव परेको थियो । आर्थिक शोषण, बेरोजगारी, चर्को मूल्यलगायत विभिन्न प्रकारका सामाजिक समस्यामा पीडित त्यस बेलाको समाजमा तत्कालीन स्विस शिक्षाविद् जोहन पेस्टालोजी प्रभावित भएका थिए । उनले ओवेनका विचारहरूलाई गहिरोसाग अध्ययन गरेर सहकारीको विस्तारमा मद्दत गरेका थिए । ओवेन पुस्तकलाई महìवका साथ अध्ययन गर्नु पर्दछ र बालबच्चालाई पनि सिकाउनु पर्दछ भन्ने कुरालाई जोड दिन्थे । बालबच्चालाई असल शिक्षा दिनुपर्दछ र यस्ता कुराहरूको उपयुक्त उदाहरण वरिपरिका कुराहरूलाई दिनुपर्छ भन्ने उनको मान्यता थियो । रोबर्ट ओवेन एउटा समाज सुधारक मात्र नभएर शिक्षाका प्रणेता पनि मानिन्छन् । त्यस समयमा उनले पाउनु पर्ने जति सम्मान पाउन सकेनन् किनभने उनी ढोागी धार्मिक कुराको विरोधी भएकाले क्रिश्चियन समाजले उनलाई सहयोग गरेन । धर्म विरोधी विचारक भएकोले कतिपय सङ्गठित मानिसहरूले उनीसाग काम नै गर्न छोडी दिए । यी स्वार्थी र धर्मअन्ध मानिसहरूका कारण उनको समुदायमा कतिपय मानिसले काम गरेनन् र उनको उद्देश्य पूरा हुन सकेन । फलस्वरूप ओवेन अमेरिकाबाट असफल भएर बेलायत फर्किनु पर्यो ।
बेलायत फर्केपछि ओवेनले व्यवसायबाट अलग रहेर सम्पूर्णरूपले आफ्नो सामाजिक सिद्धान्तप्रति समर्पित भएर काम गर्न थाले । सन् १८२८ देखि उनी लन्डनमा बस्न थाले । लन्डनमा रहेका ट्रेड युनियनहरू उनका सहकार्य ग्रामका लागि सहयोगी बन्न थाले । सन् १८३३ मा ओवेनले ग्रायन्ड नेसनल कन्सोलिडेटेड ट्रेड युनियन स्थापना गरे । जसमा पााच लाख कामदार सदस्य रहेका थिए । यो अभियानबाट कारखानालाई सहकारीको रूपमा पुनरसंरचना गर्ने प्रयत्न गर्न थाल्नु भयो । सरकार र उद्योगपतिहरूले उनको अभियानको विरोध गरे । सन् १९३४ सम्ममा उनको ट्रेड युनियन विघटन भयो । ओवेन निराश नभइकन सकारले सहयोग गर्नुपर्दछ भन्ने कुरा विभिन्न पत्रपत्रिकामार्फत उठाई रहे । यद्यपि उनको योजना स्वीकार गरिएन । उनका विचारहरू पछि स्थापित हुने सहकारीहरूले आत्मसाथ गरे । वेल्सको न्यु टाउनमा जन्मेका रोबर्ट ओवेन ९ वर्ष उमेरमा स्कुलको पढाइ छोडेर कटन मिलमा काम गर्न थालेका थिए । ९ वर्षको उमेरमा श्रमिक भएर कारखानामा काम गर्ने एउटा मजदुर आफ्नो प्रतिभा र मानवीय भावनाका कारण आजको विश्वको सबैभन्दा ठूलो मानवीय सङ्गठन सहकारी आन्दोलनका पिता हुन पुगे । रोबर्ट आवेनको प्रभावकारी र प्रेरणादायी विचारहरूको शृङ्खलामा आधारित चलचित्र प्रख्यात चलचित्रको रूपमा चर्चित छ ।
रोबर्ट ओवेन समाज सुधारक, समाजवादी विचार र सहकारी आन्दोलनका प्रवर्तक हुन् । शोषणरहित, सभ्य, सुन्दर, शान्त मानव समाजको लागि ओवेनले अनेकन प्रयास, अध्ययन, अनुसन्धान र प्रयोग जीवनभर गरिरहे । तत्कालीन समयमा उनी र उनका सहयोगीहरूको विचारको व्यापक प्रभाव पर्यो । ओवेनको समयपछि अन्य विचारकहरूले सामजवादी सिद्धान्त र सहकारी सिद्धान्तको व्यापक विकास गरे । द्वन्द्वात्मक र ऐतिहासिक भौतिकवादी दर्शन तथा वैज्ञानिक समाजवादका दार्शनिक सिद्धान्तकार कार्ल माक्र्सले रोबर्ट ओवेनको समाजवादलाई आदर्शवादी र काल्पनिक समाजवाद भनि निम्न तीनवटा बुादामा विश्लेषण गरेका छन्-
प्रथम ओवेनको सङ्कल्प र कार्य उहााको आप\mनै स्वतन्त्र प्रकारको भएकोले यसमा जिम्मेवार कोही छैन । जनता परिस्थितिका उपज हुन्छन् यद्यपि शिक्षा, श्रम सुधार सम्बन्धीका कामले ओवेनलाई मानवीय मूल्यका पायोनियर्स बनाएको छ ।
दोस्रो सबै धार्मिक मान्यताहरू वाइयात कल्पनामा आधारित हुन्छन् जसले मानिसलाई कमजोर, अनौपचारिक हिसाबले अति मूर्ख प्राणी, कट्टर अन्धभक्त, निराशापूर्ण र वहानावाजीकर्ता बनाउाछ । त्यसैले ओवेनले धार्मिक कट्टरताको विरोध गरे तथापि बूढेसकालमा धर्मप्रतिको आस्था दर्शाए ।
तेस्रो रोबर्ट ओवेनले ठूला औद्योगिक प्रणालीको सट्टामा साना अद्योग तथा घरेलु प्रणालीमा जोड दिए ।
कालान्तरमा विश्वमा पूँजीवादी खेमा र समाजवादी खेमाबीचको ध्रुवीरण तीव्र रूपमा बढ्यो । यसले युद्ध र सीतयुद्धको अवस्थाबाट विश्वका सबै राष्ट्रहरू प्रभावित हुन पुगे । दुई विपरित चरित्रका राजनीतिक-आर्थिक प्रणालीलाई समन्वय गर्ने तेस्रो आर्थिक प्रणालीको रूपमा सहकारी आन्दोलन विश्वव्यापी रूपमा लोकपि्रय बन्यो । विश्वव्यापी बनेको सहकारी आन्दोलन पारदर्शी, समावेशी, दिगो र मानवीय व्यवहारको सत्यतामा आधारित समाज विकासको दर्शनको रूपमा स्थापित हुादै आयो । आधुनिक सहकारीको सुरुआतको कालमा कुनै धार्मिक विचारधारा विशेषको दायरामा यसलाई परिभाषित गर्ने प्रयत्न भए । पछिल्लो कालसम्म कुनै राजनीतिक वाद वा दर्शन विशेषको रूपमा व्याख्या पर्ने प्रयत्न पनि भएको देखिन्छ । विविध चिन्तन र विविध मान्यतामा रहेको मानव समाजमा आ-आप\mनो ढङ्गले कुनै घटना-परिघटनालाई हेर्नु अश्वाभाविक होइन । मानव विकास क्रमको लामो इतिहासमा सत्य एवं व्यवहारमा आधारित मान्यता स्थापित हुादै जान्छन्, विकास हुादै जान्छन् । अव्यावहारिक तथा सत्यरहित मान्यताहरू कुनै बलद्वारा जबर्जस्ती स्थापित गराउने प्रयत्न गरिए तापनि क्षणिक अस्तित्वमा मात्र रहन्छन् ।
आधुनिक समाजशास्त्र, मानवशास्त्र, अर्थसशस्त्रलगायत मानवीय गतिविधिका सबै विधामा मानिसको चेतनाले आर्जन गरेका वैज्ञानिक सिद्धान्तहरूको प्रकाशमा मानवीय व्यवहारअनुसार समाज विकासको आधुनिक सिद्धान्तको रूपमा सहकारी सिद्धान्त व्यवहारजन्य सत्यताको आधारमा विकास भएको छ । यसको उपयोग आ-आप\mना राष्ट्र विशेषको परिप्रेक्षमा कसरी गर्ने हो, सोही आधारमा राष्ट्रको सामाजिक आर्थिक विकास हुने कुरा विभिन्न मुलुकका उदाहरणहरूबाट सिक्न सकिन्छ । सत्य विश्वव्यापी हुन्छ । यसै प्रकाशमा सहकारीको सिद्धान्त र व्यवहार आधारभूत रूपमा विश्वमा एउटै प्रकारको रहेको छ । विविधतापूर्ण विश्व मानव समाजमा यो एउटा चाखलाग्दो विषय हो । परिवर्तनपछिको गणतान्त्रिक सरकारले आर्थिक क्रान्ति, सामाजिक रूपान्तरण र समृद्ध नेपालको निर्माणमा सहकारी प्रणालीको कार्यक्रमलाई उच्च महìवका साथ लिएको छ । विश्वव्यापी सहकारी आन्दोलनको दृष्टिकोणबाट नेपालको गणतान्त्रिक सरकार मानवीय चेतनाको उचाइको समाज विकासको दर्शनलाई आत्मासात गर्ने हैसियतको मान्नु पर्ने देखिन्छ । यद्यपि सहकारीको उपयोग र व्यवहार विश्वको स्थापित सिद्धान्तको परिधिभित्र नै रहन्छ वा अर्कै हुनेछ त्यो हेर्न बाँकी छ । सरकारी नीति-कार्यक्रम र बजेटमा सहकारीलाई उच्च महìवको कार्यक्रममा राखिएको कुराले संयुक्त राष्ट्र सङ्घले पनि गणतान्त्रिक सरकारलाई थप बधाई तथा शुभकामना दिएको हुनुपर्दछ । किनकि राष्ट्र सङ्घ सहकारी आन्दोलनलाई विश्वास गर्दछ । छिमेकी चीन र भारतका सहकारी आन्दोलनका तर्फबाट पनि बधाई र शुभकामना सरकारले प्राप्त गरिसकेको हुनुपर्दछ किनकि विश्व सहकारी आन्दोलनको नेतृत्वदायी भूमिकामा दुबै राष्ट्र रहेका छन् । नेपालको सहकारी आन्दोलनको तर्फबाट पनि सरकारले बधाई र शुभकामना पाएको अनुभूत गर्न सकिन्छ । सरकारको यो स्तरको चेतना तथा सहकारी आन्दोलनको महìवलाई आत्मसात गरी आर्थिक क्रान्ति र सामाजिक समृद्धिका लागि सहकारी क्षेत्रलाई दिएको उच्च महìवका लागि पङ्क्तिकारको सलाम, बधाई र सफलताको शुभकामना छ ।
No comments:
Post a Comment