२०१७ पुस १ गते नेपाली काङ्ग्रेसको बैठकमा भाग लिन थापाथली जानु थियो । त्यसै अवसरमा गद्दी बैठक, जहाँ नेपाल ब्याङ्कको कार्यालय थियो, बाट केही रुपियाँ झिकौँ भनेर त्यसतर्फ लागेँ । ब्याङ्कबाट बाहिर के निस्किएको थिएँ, पक्राउ परहिालेँ । मैले अपराध केही नगरेको भए पनि काङ्ग्रेसको समर्थन गर्नु पञ्चायतमा काफी थियो । पछि थाहा पाएँ, मभन्दा अघि नै धेरै काङ्गे्रसी समर्थक-शुभेच्छुकहरू पनि समातिएका रहेछन् । राजा महेन्द्रले त्यसै दिन मन्त्रिमण्डल विघटन गरेर शासनसत्ता लिएका रहेछन् ।हामीलाई नख्खु जेल पुर्याउनुअघि राजाको कदम असल कि खराब भनी सोधियो । राणा शासनकालमै निर्वाचित सरकार चाहिन्छ भनेर माग गर्ने मबाट राजाको कदमको समर्थन हुने कुरा भएन । मलाई सरासर नख्खु जेल लगियो । त्यहाँ करबि दुई सय जनालाई बन्दी बनाइसकिएको रहेछ । त्यसमा राजाको कदमको विरोध गर्नेहरूकै बाहुल्य थियो । उनीहरू सबै केही न केही लेखिरहन्थे, पढिरहन्थे । गिरजिाप्रसाद कोइराला पनि केही लेखिरहेको देखिन्थे । तारिणीप्रसाद कोइरालाले त अङ्ग्रेजी-नेपाली शब्दकोश लेख्न सुरु गरेका रहेछन् । मलाई पनि त्यस वातावरणले आकषिर्त गर्यो र लेख्नु नै पर्छ भनेर फेर िपनि उपन्यास लेख्न थालेँ ।त्यसबखत किताब किनेर पढ्ने वातावरण थिएन । त्यसअघि स्वयम् मैले वसन्ती उपन्यास लेखेर त्यस्तो वातावरण भोगेको थिएँ । कसैलाई सित्तैँमा दिँदा पनि पढ्न मान्दैनथे । एक जना छिमेकी 'अन्डर ग्रयाजुएट' केटोलाई पढ् त भनेर दिएको त्यो उपन्यास पढ्दै पढेन । पढ्यो कि पढेन भनेर खोजखबर गर्दागर्दै थाकेपछि त्यसको पिछा गर्न छोडेँ । वसन्ती उपन्यास मैले ००५ सालमा आफ्नै प्रयासमा प्रकाशित गरेको हुँ । २ रुपियाँ मूल्यको त्यो उपन्यास २५ वर्षसम्म एक प्रति पनि बिक्री भएन । त्यसैले नख्खु जेलमा बस्दा मलाई लेखनतिर त्यति मन जागेको थिएन । तर, त्यहाँको वातावरणले मलाई नलेखी बस्न दिएन । यसरी त्यस जेलमा छ वर्ष रहँदा मैले सेतो बाघ उपन्यास लेखिसिध्याएँ । तर, ०२३ सालमा जेलबाट छुट्दा मलाई त्यो उपन्यासको पाण्डुलिपि लिएर बाहिर आउन मनै लागेन । आफ्ना केही झिटीझाम्टा बोकेर बाहिरनि लाग्दा जेलरले रोकेर 'खै त तपाईंको उपन्यासको पाण्डुलिपि ?' भनेर सोध्यो । मैले भने, "त्यो यहीँ छाडेर जान लागेको ।" सामान्य पढेलेखेको त्यो जेलरको खास पद खरदार थियो । त्यस बखत त्यो पद पनि उपल्लै स्तरको मानिन्थ्यो । उसले भन्यो, "नेहरू र गान्धीले जेलमै लेखेका कृति प्रख्यात भएका छन् । तपाईंको यो उपन्यास पनि सनसनी मच्चाउने खालको हुनसक्छ ।" मलाई त्यति भनेर उसले सिपाहीलाई अह्राइहाल्यो, "गएर ल्याइदिई हाल् ।"यसरी म पाण्डुलिपि लिएरै घर गएँ । त्यस बखत अरू काम नभएकाले सामान्य लेखपढ गरेरै समय बिताइरहेको थिएँ । ०३० सालकै आसपास हुनुपर्छ, साझा प्रकाशनका सचिव शङ्कर कोइराला सरासर मेरो घरमा आएर भने, "तपाईंले जेलमा लेखेको उपन्यास दिनूस्, म छाप्छु ।" उनको कुरामा मलाई विश्वासै भएन । कसैलाई सित्तैँमा दिँदा त पढ्न नमान्ने जमानामा १५ हजार रुपियाँमा पाण्डुलिपि नै किन्छु भनेको सुन्दा पत्याउने कुरा पनि भएन । रमाइलो गरेको होला भन्ठानेँ । तर, उनले त गोजीबाट हजार-हजारका १५ वटा नोट निकालेर मेरो हातमा थमाइ पो दिए । राणाको स्तुति र राजाहरूको प्रशस्तिमा लेखिएका कृतिले बक्सिसस्वरूप एक-दुई हजार रुपियाँ प्राप्त गर्ने जमानामा हुर्केको राणा थिएँ म । त्यसले गर्दा पनि मलाई कोइरालाको व्यवहार अविश्वसनीय लाग्यो । जेहोस्, पछि खुसी हुँदै कपडामा बेरी राखेको त्यो उपन्यासको पाण्डुलिपि उनलाई थमाइदिएर रुपियाँ लिएर बैठक कोठामा पसेँ ।घरअगाडि नै रहेको साझा प्रकाशनबाट केही दिनपछि बोलावट आयो । उत्साहित हुँदै त्यहाँ पुगेँ । त्यहाँ त टाउको फुटेका, हात भाँच्चिएका र रगतपच्छे मान्छेहरूको एक किसिमको भीड नै लागेको रहेछ । पुलिसले घेरा पनि हालेको छ । मेरो मन ढक्क फुलेर आयो, फेर िजेल परनिे भइयो भन्ने लाग्यो । आफैँले प्रकाशित गरी बिक्रीका लागि पठाएको उपन्यास 'माथिको आदेश'मा साझाले नबेच्न उर्दी जारी गरेपछि किन्न र बेच्न पाउनुपर्छ भन्नेहरूको भीडका कारण त्यस्तो अवस्था सिर्जना भएको रहेछ । घटना अनौठो रहेछ । त्यो थाहा पाउँदा एक किसिमको खुसी पनि लाग्यो । मलिनो अनुहार बनाएर बसेका साझाका तत्कालीन अध्यक्ष, जसको नाम हाल सम्झना भएन, ले भने, "अब तपाईंको उपन्यास यहाँबाट बिक्री-वितरण हुन सक्दैन । बिक्रीका लागि पठाइएका सबै प्रति यहाँ झिकाइसकिएको छ । यो सबै तपाईं लिएर जानूस् ।" कुनै प्रतिक्रिया नजनाई म घरतर्फ लागेँ ।अहिले सम्भिmँदा सबै कुरा जुर्नुपर्दो रहेछ जस्तो लाग्छ । त्यसको केही दिनपछि रत्न पुस्तक भण्डारका प्रकाशक मेरो घरमा टुप्लुक्क आइपुगे । उनले जोड दिँदै भने, "तपाईंको पुस्तक म छाप्छु ।" म हाँसेँ । तर, उनले जिद्दी छाडेनन् । कसैलाई थाहा नदिई बनारसमा छापेर बिक्री-वितरण गर्ने अनि त्यसबापतको १५ हजार रुपियाँ अगि्रम भुक्तानी अहिले दिनेमा उनको जोड थियो । यसरी छापिएर सेतो बाघ धमाधम बिक्री हुन थाल्यो । कुनै रोकावट आएन । त्यसपछि साझाले पनि आफूले सो उपन्यासको पाण्डुलिपि खरदि गरेकाले पुनः छाप्न पाउनुपर्ने जिकिर गर्यो । मैले रोक लगाउने कुरै थिएन । यसरी दुवै संस्थाबाट धमाधम उपन्यास छापेर बिक्री गर्न थालियो । चर्चाको पनि सीमै रहेन ।अहिलेसम्म मेरा सातवटा उपन्यास प्रकाशित भइसकेका छन् । तीबापत् स्वदेशबाट जस्तै विदेशबाट पनि वाषिर्क ७० हजार रुपियाँ रोयल्टी पाउँछु । एक किसिमले तिनै उपन्यासको रोयल्टीबाट मेरो दालभात चलेको छ । यसैमा म धेरै खुसी छु । गृहप्रवेश मेरो अन्तिम उपन्यास हो । त्यसको दोस्रो संस्करण निकाल्ने अभियानमा लागेको छु । ५० रमि कागजको जोरजाममा जुटेको छु । अहिले पनि उपन्यासका प्लटहरू फुररिहेका छन् तर आँखाको समस्याका कारण लेख्न सकिरहेको छैन । तसर्थ, मेरा लागि यो समय कताकता एक किसिमले बोझ बनेर खडा भएको छ ।
Dayaman Samser Rana
No comments:
Post a Comment