Martin Luthar King
अमेरिकाको इतिहासमा स्वतन्त्रताको महानतम प्रदर्शनका रूपमा अंकित हुन गइरहेको आजको दिनमा तपाइर्ंहरूका साथ रहन पाउँदा म हषिर्त छु । करिब एक शताब्दीअघि एक महान् अमेरिकीले -जसको प्रतीकात्मक छायामा उभिएका छौँ आज हामी) दासत्व मुक्तिको घोषणामा हस्ताक्षर गरे । यो ऐतिहासिक घोषणा अन्यायको ज्वालामा परेर भसक्कै भएका लाखौँ निग्रो दासका लागि आशाको मार्गदर्शक प्रकाशका रूपमा आयो, उनीहरूको कारावासरूपी लामो रातको अन्त्य गर्ने मनोरम बिहानीका रूपमा आयो । सय वर्षपछि पनि पृथकीकरणको हतकडी र विभेदका जन्जिरहरूले निग्रोको जीवनलाई कुँजो बनाएका छन् । सय वर्षपछि पनि भौतिक समृद्धिको विशाल महासागरको बीचमा अवस्थित गरिबीको निर्जन टापुमा बाँचिरहेको छ निग्रो । आपmनै देशमा निर्वासित छ ऊ । त्यसैले आज हामी हाम्रो 'लज्जापूर्ण स्थिति'लाई नाट्यकरण गर्न यहाँ आएका छौँ । एकप्रकारले हामी हाम्रो राष्ट्रको राजधानीमा एउटा नगदी चेक साट्न आएका छौँ । जब हाम्रा गणतन्त्रका अभियन्ताहरूले संविधान र स्वतन्त्रता घोषणाका भव्य शब्दहरू लेखे, त्यतिखेर उनीहरू एक प्रतिज्ञापत्रमा हस्ताक्षर गरिरहेका थिए । प्रत्येक अमेरिकी उक्त प्रतिज्ञापत्रको उत्तराधिकारी हुन गइरहेको थियो । यो प्रतिज्ञापत्र एक यस्तो वाचा थियो, जहाँ सबै मानिस -काला र गोरा सबै) को जीवन, स्वतन्त्रता र सुख-खोजीका नैसर्गिक अधिकारहरूको प्रत्याभूति थियो । आज स्पष्ट भइसकेको छ- आफ्ना काला जातिका नागरिकहरूका सन्दर्भमा अमेरिकाले उक्त प्रतिज्ञापत्रको वचन तोडेको छ । यो पवित्र दायित्वलाई सम्मान गर्नुको साटो उसले तिनका हातमा एउटा खराब चेक थमाइदिएको छ, जुन 'अपुग कोष'को टाँचा लागेर फिर्ता आएको छ । तर, हामी न्यायको बैंक टाट पल्टेको छ भन्ने विश्वास गर्न अस्वीकार गर्छाैँ । अवसरहरूको यो विशाल ढुकुटीभित्र पर्याप्त कोष छैन भन्ने विश्वास गर्दैनौं । तसर्थ, हामी यो चेकको नगद झक्िन आएका छौँ । हामी अमेरिकालाई वर्तमानको अत्यावश्यकताको स्मरण गराउन पनि यो पूज्य भूमिमा उपस्थित भएका छौँ । शान्त रहने विलासितामा रम्ने तथा शिथिल पार्ने क्रमिकतावादको लागूऔषध सेवन गर्ने समय होइन हो । यो समय हो- लोकतन्त्रका प्रतिज्ञाहरूलाई साकार पार्ने, विभेदको अँध्यारो र निर्जन उपत्यकाबाट माथि उठेर जातीय न्यायको आलोकित मार्गमा पुग्ने । यही समय हो- यो देशलाई जातीय अन्यायको बालुवाभासबाट उठाएर भ्रातृत्वको ठोस चट्टानमा पुर्याउने । परिस्थितिको गम्भीरतालाई उपेक्षा गर्नु अमेरिकाका लागि घातक हुनेछ । कालाजातिको वैधानिक असन्तोषको यो उखुम गर्मी तबसम्म सकिनेछैन, जबसम्म स्वतन्त्रता र समानताको शक्तिबर्द्धक शरद आउनेछैन । २८ अगस्ट १९६३ को यो प्रदर्शन अन्त्य होइन, सुरुवात हो । निग्रोलाई उसको नागरिक अधिकार प्रदान नगरिएसम्म अमेरिकामा न स्थिरता हुनेछ, न शान्ति । न्यायको घमाइलो दिन नआएसम्म विद्रोहका भूमरीहरूले यो देशलाई जरैसम्म हल्लाइरहनेछन् । तर, मैले न्यायको दरबारतिर उन्मुख न्यानो संघारमा उभिएका मेरा मानिसलाई भन्नैपर्ने एउटा कुरा छ- यथोचित स्थान हासिल गर्ने प्रक्रियामा हामीले अनुचित कुनै काम गर्नुहुँदैन । कटुता र घृणाको गिलासबाट पिएर स्वतन्त्रताको प्यास मेटाउने प्रयत्न नगरौँ । हामीले हाम्रो संघर्षलाई सदा मर्यादा र अनुशासनको उच्च धरातलमा सञ्चालन गर्नुपर्छ । हामीले हाम्रो रचनात्मक विरोधलाई शारीरिक हिंसामा पतन हुन दिनुहुँदैन । हामी शारीरिक र आत्मिक शक्ति मिलान हुने गौरवमय उचाइतिर उठ्नुपर्छ । निग्रो समुदायलाई घेरा हालिरहेको विचित्र सैन्यदस्ताकै कारण हामीले सारा गोरा मानिसलाई अविश्वास गर्नुहुँदैन, किनभने हाम्रा गोरा दाजुभाइले महसुस गर्न थाल्नुभएको छ- उहाँहरूको भाग्य हाम्रो भाग्यसँग जोडिएको छ । आज यहाँ उपस्थित उहाँहरूको ठूलो संख्या यसको प्रमाण हो । उहाँहरूले बुझ्न थाल्नुभएको छ-उहाँहरूको स्वतन्त्रता हाम्रो स्वतन्त्रतासित कसिलोसँग बाँधिएको छ, हामी एक्लाएक्लै हिँड्न सक्दैनौँ । जब हामी हिँड्न थाल्छौँ, हामीले वाचा गर्नुपर्छ- हामी सधँै अगाडि बढ्नेछौँ, हामी पछाडि र्फकन सक्दैनौँ । केही यस्ता मानिस पनि छन् जो नागरिक अधिकारका अनुयायीहरूलाई सोधिरहेछन्, 'तिमीहरू कहिले सन्तुष्ट हुनेछौ ?' जबसम्म निग्रो पुलिस बर्बरताका अवर्णनीय आतंकको सिकार हुन्छ, हामी कदापि सन्तुष्ट हुन सक्दैनौँ । हामी तबसम्म सन्तुष्ट हुन सक्दैनौँ, जबसम्म यात्रा गरेर थाकेका हाम्रा शरीरले राजमार्ग र सहरका होटेलमा बास पाउनेछैनन् । हामी तबसम्म सन्तुष्ट हुन सक्दैनौँ, जबसम्म निग्रोहरूलाई सानो अस्त-व्यस्त स्थानबाट ठूलो अस्त-व्यस्त स्थानमा सारिरहिन्छ । हामी तबसम्म सन्तुष्ट हुन सक्दैनौँ, जबसम्म 'गोराहरूका लागि मात्रै' लेखिएका संकेतद्वारा हाम्रा बालबच्चाको स्वत्व खोसिन्छ र लुटिन्छ उनीहरूको आत्मसम्मान । जबसम्म मिसिसिपीको नेग्रोले भोट हाल्न पाउँदैन, जबसम्म न्युयोर्कको निग्रोे ठान्दछ कि उसँग केही पनि छैन जसका लागि उसले भोट हाल्नुपरोस्, तबसम्म हामी सन्तुष्ट हुन सक्दैनौँ । अहँ, हामी सन्तुष्ट छैनौँ, हामी सन्तुष्ट हुनेछैनौँ, तबसम्म जबसम्म न्याय खोलाझैँ उर्लिनेछैन । तपाईंहरूमध्ये केही ठुल्ठूला मुद्दा तथा यातना भोगेर यहाँ आउनुभएको छ भन्ने कुरा मैले बिर्सेको छैन । तपाईंहरूमध्ये केही कारागारका साँघुरा कोठरीबाट भर्खरै निक्लेर आउनुभएको छ । तपाइर्ंहरूमध्ये केही यस्ता ठाउँबाट आउनुभएको जहाँ स्वतन्त्रताको खोजीका कारण तपाइर्ंलाई सजायको आँधीले निर्घात चुटेको छ र पुलिस ज्यादतीको हुरीद्वारा तपाईं ढुन्मुनिनुभएको छ । तपाईंहरू रचनात्मक कष्टका विशिष्ट अनुभवी हुनुभएको छ । अनार्जित कष्ट मुक्तिप्रदायक हुन्छ भन्ने विश्वासका साथ निरन्तर काम गरिरहनुहोस् । मिसिसिपीमा फर्किनुहोस्, अलावामामा फर्किनुहोस्, साउथ क्यारोलिनामा फर्किनुहोस्, जर्जियामा फर्किनुहोस्, लुजियानामा फर्किनुहोस्, उत्तरी सहरका झुपडपट्टी र अस्त-व्यस्त बस्तीमा फर्किनुहोस् । जान्नुहोस् कि परिस्थिति बदलिन सक्छ र बदलिनेछ । निराशाको उपत्यकामा आहाल नबसौँ हामी । आज र भोलिका कठिनाइहरू सामना गरिरहे पनि मेरा मित्रहरू, मसँग अझै पनि एउटा सपना छ । अमेरिकी सपनामा गहिरोसँग जरो गाडेर रहेको सपना हो, यो । मेरो एउटा सपना छ- एकदिन यो राष्ट्र माथि उठ्नेछ र आपmनो आधारभूत विश्वासको सक्कली आशयको अनुसरण गर्नेछ ः हामी यो सत्यलाई स्वतः सिद्ध मान्छौँ कि सबै मानिस समान रूपले सिर्जित भएका हुन् । मेरो सपना छ- एकदिन जर्जियाका राता पहाडमा पूर्वदास तथा पूर्वमालिकका छोराहरू बन्धुत्वको टेबुलमा सँगसँगै बस्न समर्थ हुनेछन् । मेरो सपना छ- एकदिन अन्यायको रापले, अत्याचारको तापले असिन-पसिन भएको यो मिसिसिपी राज्य स्वतन्त्रता र न्यायको मरुद्यानमा परिणत हुनेछ । मेरो एउटा सपना छ- मेरा चार नानी एकदिन यस्तो राष्ट्रमा बाँचेका हुनेछन्, जहाँ उनीहरूलाई उनीहरूको छालाको रंगद्वारा होइन, चरित्रद्वारा जाँचपरख गरिनेछ । मेरो एउटा सपना छ- उग्र जातिभेदवादी र ओठबाट हस्तक्षेप र खारेजीका शब्दहरू मात्रै ओकल्ने गभर्नर भएको यो अलावामामा एकदिन साना काला केटाकेटी साना गोरा केटाकेटीसँग दाजुभाइ दिदीबहिनीका रूपमा हात मिलाउनेछन् । मेरो एउटा सपना छ- कुनै दिन प्रत्येक उपत्यका उन्नत हुनेछ, प्रत्येक पहाड र हिमाललाई होचो बनाइनेछ, उखडखाबड जमिनलाई सम्म पारिनेछ र भ्रष्ट ठाउँलाई सुधारिनेछ । यो हाम्रो आशा हो । यो त्यही विश्वास हो, जसका साथ म दक्षिणमा र्फकनेछु । यही विश्वासका माध्यमले हामी निराशाको पहाड फोरेर त्यसबाट आशाको एक पत्थर निकाल्नेछौँ । यही विश्वासका माध्यमले हामी देशका कर्कस कलहहरूलाई भ्रातृत्वको एउटा सुन्दर संगीतमा परिवर्तन गर्न समर्थ हुनेछौँ । यही विश्वासका माध्यमले हामी समर्थ हुनेछौँ- सँगसँगै काम गर्न, सँगसँगै प्रार्थना गर्न, सँगसँगै संघर्ष गर्न, सँगसँगै जेल जान, स्वतन्त्रताका लागि सँगसँगै उठ्न । त्यो दिन, यस्तो दिन हुनेछ, जब ईश्वरका सारा सन्तान एक नयाँ अर्थका साथ यो गीत गाउन समर्थ हुनेछन्, 'मेरो देश, म गाउँछु तिम्रो गीत, स्वतन्त्रताको प्यारो भूमि, म गाउँछु तिम्रै गीत । मेरा पुर्खाहरूले प्राण त्यागेको भूमि, तीर्थयात्रीको अभिमानको भूमि, प्रत्येक हिमाली भेगबाट स्वतन्त्रतालाई गुन्जन दिऊँ ।' अमेरिका महान् राष्ट्र बन्नु छ भने यो सपना साकार हुनैपर्छ । तसर्थ स्वतन्त्रतालाई न्यु ह्याम्पसायरका विलक्षण पहाडी चुचुराबाट गुन्जन दिऊँ । स्वतन्त्रतालाई न्युयोर्कका सर्वशक्तिमान पहाडबाट गुन्जन दिऊँ । स्वतन्त्रतालाई पेन्सिल्भानियाका उचा एलिजेनीहरूबाट गुन्जन दिऊँ । स्वतन्त्रतालाई कोलोराडोका हिउँटोपी पहिरिएका पत्थरिलो भू-भागबाट गुन्जन दिऊँ । स्वतन्त्रतालाई क्यालिफोर्नियाका बांगाटिंगा भीरहरूबाट गुन्जन दिऊँ । यति मात्र होइन, स्वतन्त्रतालाई जर्जियाको ढुंगेपहाडबाट पनि गुन्जन दिऊँ । स्वतन्त्रतालाई टेेनेजीको पहरेदार पहाडबाट पनि गुन्जन दिऊँ । स्वतन्त्रतालाई मिसिसिपीका हरेक पहाडबाट गुन्जन दिऊँ । प्रत्येक हिमाली भेगबाट स्वतन्त्रतालाई गुन्जन दिऊँ । र, जब यो सम्भव हुन्छ, जब हामी स्वतन्त्रतालाई गुन्जन दिन्छौँ, जब हामी यसलाई प्रत्येक उपत्यका र प्रत्येक बस्तीबाट, प्रत्येक राज्य र प्रत्येक सहरबाट गुन्जन दिन्छौँ, हामी त्यो दिनलाई द्रुतगतिमा ल्याउन सक्छौँ, जुन दिन ईश्वरका सारा सन्तान, काला र गोरा, यहुदी र गैरयहुदी, प्रोटेस्टेन्ट र क्याथोलिकहरू हातमा हात मिलाउन समर्थ हुनेछन् र निग्रोका पुरानो धार्मिक गीतका शब्दहरू गुन्गुनाउन समर्थ हुनेछन् ः 'स्वतन्त्र भयौँ, स्वतन्त्र भयौँ, धन्यवाद सर्वशक्तिमान ईश्वर ! आखिर हामी स्वतन्त्र भयौँ ।
No comments:
Post a Comment