तत्कालीन पञ्चायती व्यवस्थाको अत्याचारले सीमा नाघ्दै थियो । सबैतिर विभिन्न किसिमले पञ्चायती व्यवस्थाविरुद्ध आवाज बुलन्द हुँदै गइरहेको थियो । त्यसैबेला झापामा तत्कालीन पञ्चायती व्यवस्था र निरंकुश सरकारविरुद्ध एकीकृत आन्दोलन प्रारम्भ भयो । यो त्यस्तै २०२७ सालतिरको कुरा हो । झापामा मोही, सुकुम्बासी कृषक युवा विद्यार्थीले एकीकृत आन्दोलनको शंखघोष गरे ।म काठमाडौंमा पढ्दै गरेको भए तापनि झापामा सुरु भएको एकीकृत आन्दोलनको प्रभावले झापा फर्किएँ । झापामा आन्दोलन चर्काउनुपर्छ भन्ने उद्देश्यले झापा गएर त्यहाँको विद्यार्थी आन्दोलमा नेतृत्वदायी भूमिका खेल्न थालँ । त्यतिबेलासम्म झापामा विभिन्न भूमिगत कम्युनिस्ट संगठनले भूमिगत रूपमै सरकारविरोधी गतिविधि सञ्चालन गरिरहेका थिए । विद्यार्थी संगठनमार्फत कम्युनिस्ट पार्टीको गतिविधिलाई प्रत्यक्ष रूपमै सघाउन थालियो । त्यतिखेर मनमोहन अधिकारीको नेतृत्वमा रहेको भूमिगत संगठनमा राधाकृष्ण मैनाली, द्रोणाचार्य क्षेत्री, लीला उदासी गोपाल प्रसाईंलगायत थिए । उहाँहरूकै प्रभाव र संगठनले हामी कैयौँ विद्यार्थी प्रभावित भएर सोही संगठनमा आबद्ध भयौँ । त्यतिवेला कम्युनिस्ट पार्टीमा लागेका जुझारु योद्धाहरू संघर्षलाई घनिभूत रूपमा अघि बढाउँदै क्रियाशील थिए ।
०३३ माघदेखि कोसिस गरी चैत १२ गते राति हामी १५ जना क्रान्तिकारी ६५ हात लामो सुरुङ खनी जेल ब्रेक गरेर बाहिर निस्कियौँपञ्चायती निरंकुश सरकारले भने अन्दोलन दबाउन विभिन्न उपाय गर्दै जान थाल्यो । क्रान्तिकारी योद्धा डटेर सामना गर्दै अगाडि बढ्न थाले । क्रान्तिकारी भूमिगत संगठनभित्र सरकारविरुद्ध झन् सशक्त आन्दोलन र विद्रोह गर्नुपर्छ भन्ने भावना उद्वेलित हुन थाल्यो । जसको परिणामस्वरूप ०२८ सालमा सशस्त्र आन्दोलन गर्ने निर्णय भयो । यो सशस्त्र आन्दोलन विशेषगरी पञ्चायती निरंकुशताविरुद्ध क्रान्तिविरोधी तत्त्व र गाउँका जमिनदारविरुद्ध लक्षित थियो । ***सशस्त्र विद्रोह सुरु भएपछि त्यसलाई दबाउन निरंकुश पञ्चायती सरकारले दमनका कठोर उपाय अपनाउन थाल्यो । गाउँ-घरका लठैत मण्डलेहरूलाई क्रान्तिकारी योद्धाको विरुद्धमा उतार्न थालियो । क्रान्तिकारी योद्धाले जमिनदारको टाउकै काट्न थाले । २८ सालदेखि ३० सालसम्म झापामा हिंसात्मक आन्दोलन जारी रह्यो । त्यसै समयमा ०२९ सालको फागुनमा दर्जनाँ क्रान्तिकारी योद्धा गिरफ्तार हुन पुगे । जेल सार्ने बहानामा सुखानीको जंगलमा रामनाथ दाहाल, नेत्र घिमिरे, विरेन राजवंशी, नारायण श्रेष्ठ, कृष्ण कुइँकेललाई गोली ठोकेर हत्या गरियो । सरकारले श्वेत आतंक मच्चाउन थाल्यो । आन्दोलन भने झनै सशक्त भएर अगाडि बढ्न थाल्यो । फेरि ०३० को साउनतिर केही योद्धा पक्राउ परे र चन्द्र डाँगीको हत्या गरियो । यसरी क्रान्तिकारी योद्धा समातिने र हत्या हुनेक्रम बढेपछि आन्दोलनमा केही शिथिलता देखिन थाल्यो । झापा आन्दोलनले ठूलो क्षति व्यहोर्नुपर्यो । उता त्यही समयमा ०३१ सालमा विश्वनाथ भट्ट तथा माधव नेपालहरूको नेतृत्वमा अर्को क्रान्तिकारी भूमिगत संगठनले आन्दोलन सञ्चालन गर्दै थियो । झापा र मोरङमा छुट्टाछुट्टै किसिमले सञ्चालन भएका क्रान्तिकारी आन्दोलनलाई एकीकृत गर्नुपर्छ भन्ने सोच दुवै पक्षमा आउन थाल्यो र यी दुवै संगठन र आन्दोलनले राष्ट्रिय कम्युनिस्ट पार्टी गठन गरौँ भन्ने संयुक्त अपिल प्रकाशित गरे । ०३२ जेठ २५ र २६ मा विराटनगरको मजदुर बस्तीमा भएको भूमिगत भेलाले अखिल नेपाल कम्युनिस्ट क्रान्तिकारी केन्द्रीय कोअर्डिनेसन कमिटी गठन गरियो । त्यस संगठनको सचिवमा म छानिएँ भने सदस्यमा माधव नेपाल, झलनाथ खनाल, गोविन्द न्यौपाने, मुकुन्द न्यौपाने, अमृत बोहरा, रामचन्द्र यादव(बिहार) र मनिलाल राई सिराहा थिए । सो कोअर्डिनेसन कमिटीले आन्दोलनलाई विस्तार गरी झापा-मोरङबाट सुनसरी, इलाम, ताप्लेजुङ, पाँचथर, सिराहा, धनुषा, बारा, काठमाडौं, सिन्धुपाल्चोकमा संगठनलाई विस्तार र व्यापक पार्ने निर्णय गर्यो । ***यता संगठन विस्तार गर्ने निर्णय गरे पनि उता पञ्चायती सरकारले दमनलाई अझ सशक्त बनाउँदै लगिरहेको थियो । यसैक्रममा ०३२ साल माघ १ गते धनुषामा माधव नेपाललगायतका नेता-कार्यकर्ता पक्राउ परे । त्यसको केही दिनपछि माघ १७ गते झापामा आन्दोलनकै क्रममा म, गोविन्द न्यौपाने, गौरा प्रसाईं, श्याम भुर्तेललगायत समातिएर जेल पर्याँ । पार्टी नेतृत्वविहीन हुने डरले हामीले जेलबाटै झलनाथ खनाललाई कार्यवाहक सचिव बनाउन खबर पठायौँ । त्यसपछि ०३३ को वैशाखमा साथीहरूले खनाललाई कार्यवाहक सचिव बनाएर जिम्मेवारी दिनुभयो । तर, बिडम्वना खनाललाई नेतृत्व दिएको केही दिनमै उहाँको असावधानीका कारण भारत जाने क्रममा बोर्डरमा उहाँ पनि समातिनुभयो । त्यसपछि पुनः कार्यवाहक सचिवको जिम्मेवारी अमृत बोहरालाई दिइयो । हामीलाई ३३ सालको वैशाखमा झापाबाट काठमाडौं जेलमा सरुवा गरी नख्खु जेलमा राखियो । हामी क्रान्तिकारी साथीहरू सो जेलमा धेरै संख्यामा थियौँ । जेलभित्रै संगठन सशक्त बनाएर जेल ब्रेक गर्ने योजनामा लाग्यौँ । ०३३ माघदेखि कोसिस गरी चैत १२ गते राति हामी १५ जना क्रान्तिकारी ६५ हात लामो सुरुङ खनी जेल ब्रेक गरेर बाहिर निस्कियौँ । जेल ब्रेक गर्नेमा म, प्रदीप नेपाल, धर्म घिमिरे, नरेश खरेल, धनेन्द्र बस्नेत अशोक न्यौपाने, गोपाल शाक्य, माधव पौडेल, वीरबहादुर लामा, नारद वाग्लेलगायत थियाँ । जेल ब्रेक गरेर बाहिरिएपछि मलाई पुनः कोअर्डिनेसन कमिटीको सचिव बनाइयो । कोअर्डिनेसन कमिटी (तत्कालीन माले) मा देशभरमा क्रान्तिकारी आन्दोलन गरिरहेका विभिन्न समूह समाहित हुन थाले । मदन भण्डारी, जीवराज आश्रतिलगायतको मुक्ति मोर्चा तथा पूर्वको रातो झन्डा समूह पनि समाहित भयो । त्यस्तै, दाङमा बेच्चन (नेत्रलाल अभागी) को दंगाली क्रान्तिकारी समूह तथा गण्डकीको माले दल पनि समाहित भयो । एकीकृत माले भएपछि पनि त्यसको महासचिवमा मलाई नै निर्वाचित गरियो भने माधव नेपाल जीवराज आश्रतिलगायत पोलिट ब्युरोमा छानिनुभयो भने मदन भण्डारी, मोदनाथ प्रश्रति वामदेव गौतम, रत्न बान्तवालगायत केन्द्रीय सदस्यमा छानिनुभयो । त्यतिखेर पनि मालेले पञ्चायतविरुद्ध सशस्त्र जनसंघर्ष गर्ने प्रमुख कार्यनीति लियो र जनआन्दोलनलाई पनि उत्तिकै प्राथमिकतामा राख्ने नीति तय भयो । पछि बढी जोड जनआन्दोलनलाई नै दिइयो । पार्टी गठनपछि सशस्त्र आन्दोलन खासै भएन । जनसंगठनलाई नै बढी प्राथमिकता दियाँ । पछि ०३६ सालको जनमत संग्रहमा मालेले नीतिगत रूपमा बहिष्कार गरे पनि आफ्ना कार्यकर्तालाई स्वतन्त्र छोडिदिएको थियो र मालेका कार्यकर्ताले भने बहुदलको पक्षमा मतदान गरेका थिए । ***०३८/३९ सालतिर आइपुग्दा नपुग्दै मालेभित्र विचार, नीति र कार्यक्रमलाई लिएर व्यापक मतभेद देखापर्न थाल्यो । विवादले प्रखर रूप लिन पुग्यो । मलाई महासचिवबाट हटाउने खेल सुरु भयो र राजावादीको कथित आरोप लगाएर मलाई महासचिवबाट मात्रै नहटाएर पोलिटब्युरोबाट समेत हटाइयो । त्यस कदम मप्रतिको बेइमानी मात्र थिएन, घोर अराजनीतिक थियो । नीतिगत रूपमा पनि म कार्यनीतिमा पञ्चायती व्यवस्थाको अन्त्य र बहुदलीय व्यवस्थाको स्थापना हुनुपर्छ भन्ने नीति राख्थेँ, तर वामदेव, माधव तथा झलनाथहरू राजतन्त्रको अन्त्य र अन्तरिम जनवादी सरकारको स्थापना हुनुपर्ने कार्यनीति लिएका थिए, तर त्यो तत्कालका लागि सम्भव थिएन । यी तमाम कारणले गर्दा मलाई महासचिवबाट हटाएर झलनाथलाई महासचिव बनाइयो । पछि केपी ओलीको संयोजकत्वमा मेरो कारबाहीसम्बन्धमा छनबिन गर्न बनेको कार्यदलले कारबाही गलत भएको निष्कर्ष निकाल्दै कारबाही फुकुवा गर्ने सुझाव दिएपछि कारबाही फुकुवा भयो र मलाई ०३९ सालदेखि नै पार्टीको पोलिट ब्युरो र केन्द्रीय कमिटीमा रहेको निर्णय गर्यो । पछि ०४६ सालको भदौमा सम्पन्न चौथो महाधिवेशनले झलनाथलाई हटाएर मदन भण्डारीलाई महासचिवमा निर्वाचित गर्यो ।मदन भण्डारीका बारेमामदन भण्डारीले त्यतिखेर प्रतिपादन गरेको बहुदलीय जनवाद सिंगो माक्र्सवादविरुद्धको प्रहार थियो । तर, त्यतिखेर कतिपय आफूलाई कम्युनिस्ट भन्नेहरूले त्यो कुरा बुझ्न सकेनन् । बहुदल भर्खरै आएकाले पनि उनको बहुदलीय जनवादप्रति आकर्षण बढ्नु स्वाभाविक थियो । वास्तवमा मदनलाई पुँजीवादीहरूले सम्मान गर्नु स्वाभाविक थियो, तर हामी माक्र्सवादीले उनलाई सम्मान गर्ने ठाउँ नै थिएन । उनले माक्र्सवादीलाई गरेको दमनको पीडा मलाई मात्र थाहा छ । तर, उनको केही सुन्दर पक्ष पनि छन् । उनले विरोधीको भनाइ पनि सुन्थे । जब मालेको चौथो महाधिवेशनबाट उनी महासचिव चुनिए, त्यसपछिको पहिलो बैठकमा मैले पञ्चायती निरंकुशताविरुद्ध लड्न वाममोर्चा बनाउनुर्ने र कांग्रेससँग मिलेर जानुपर्ने प्रस्ताव राखँे, त्यसलाई मदनले पारित गराए । एमालेको बारेमा एमालेले जनआन्दोलन २ सफल पारी शान्ति स्थापना गर्न महत्त्वपूर्ण भूमिका खेलेको भए पनि यसको राजनीतिक नीति र योजना स्पष्ट छैन । एमालेको नीति नै ढुलमुले र अस्थिर छ । उसको चरित्र पनि त्यस्तै प्रकृतिको छ । एमालेले आफ्नो कार्यनीति सच्चाएर आफूलाई कम्युनिस्ट पार्टीका रूपमा स्थापित गर्छ भन्नेमा आशावादी हुन सकिन्छ । CP Mainali
प्रस्तुति: सागर पण्डित
No comments:
Post a Comment