Thursday, January 29, 2009

बेहोस पारेर झुन्ड्याइएछ


Renu Devi Shrestha


मुमा पहिले नै बित्नुभएको थियो । म तीन वर्षको हुँदा बुबा -धर्मभक्त माथेमा) पनि मारनिुभयो । म अबोध बालिकालाई बुबालाई किन र केका लागि मारयिो, थाहा हुने कुरै भएन । माहिलो बुबा ध्रुवभक्तले सुनाउनुभएको जति कुरा मात्र थाहा पाएँ ।माफी मागे बुबा छुट्नुहुन्छ भन्थे । फुपूकी छोरीले किन माफी नमागेको भनेर उहाँलाई सोध्नुभएछ । तर, बुबा त्यस मामिलामा कडा हुनुहुन्थ्यो । उहाँले भन्नुभएछ, "हामीले राजाका निम्ति काम गरेका हौँ, प्रजातन्त्रका निम्ति काम गरेका हौँ । के बिराएका छौँ र माफी माग्ने ?"पछि मैले सुनेको र बुबालाई झुन्ड्याउने कार्यमा नरशमशेर राणाका साथ खटिने गोदावरी किटनीका तत्कालीन लप्टन कृष्णबहादुर थापाले बताए अनुसार, वि.सं. १९९७ माघ १२ गते दिउँसो उहाँलाई सिंहदरबार स्कुलघरबाट सेन्ट्रल जेल ल्याइयो । र, त्यसै दिन नातेदारहरूलाई भेट्न आउन भनियो । हजुरबुबा यहाँ हुनुहुन्थेन । उहाँ पनि राणा शासककै कारण कलकत्तामा थुनिनुभएको थियो । फुपूकी छोरीलगायत छरछिमेकी र टोलका केही उत्साही युवाहरू सेन्ट्रल जेल गएछन् । बुबालाई खुट्टामा नेलसिक्री र हात पछिल्तिर फर्काइ फलामे हतकडी लगाएर राखिएको रहेछ । उहाँलाई त्यही बेलुुकी ८ बजे डिल्लीबजार-ज्ञानेश्वरतिरका पसल बन्द गर्न लगाएर १० बजे कालोपुल हुँदै सिफल लगिएछ ।लप्टन कृष्णबहादुरलाई २० जनाजति सिपाहीलाई लिएर फाँसीका निम्ति सबै सामग्री तयार गर्न लगाइएको रहेछ । नरशमशेरले आँखामा पट्टी कसिएको बुबालाई हात पछाडिपट्ट िबाँधेर फाँसीको फन्दामा उभ्याई अन्तिम इच्छा के छ भनी सोधेछन् । उहाँले राणाशासन अन्त्यको इच्छा व्यक्त गर्नुभएछ । त्यसपछि रूखमा झुन्ड् याइएछ । तर, डोरी उल्टो परेकाले र वजनदार शरीर भएकाले हाँगो लच्किएछ । यसरी पहिलो प्रयास असफल भयो ।त्यतिबेलाको कानुन अनुसार एकपटक फाँसीबाट उम्किएको व्यक्तिलाई जीवनदान दिइन्छ भनिन्थ्यो । तर, मेरो बुबाले मुक्ति पाउनुभएन । त्यस्तो सम्भ“mदा कताकता दुःख पनि लाग्छ । दोस्रोपटक फाँसीमा झुन्ड् याउँदा डोरी नै चुँडिएछ । त्यसपछि अति नै आत्तिएका नरशमशेर 'ए छिटो गर' भन्दै आफैँले चक्कुले डोरी काट्न खोज्दा हडबडमा बुबाको गालादेखि चिउँडोसम्म काटिदिएछन् । त्यसबेला अत्यन्तै रसिाएका बुबाले लात्तीले हान्दा नरशमशेर पर हुत्तिएछन् । अनि, नरशमशेरको आदेशमा भएभरका सिपाही बुबामाथि खनिएछन् । लात्ती र मुड्कीले भकुरेर बेहोस बनाई तेस्रोपटक फाँसीमा झुन्ड् याएछन् । यसरी मारएिछ ३१ वर्षको उमेरमा मेरो बुबालाई । बुबाका दाजुभाइ सबै कलकत्तातिर हुनुहुन्थ्यो । उहाँको लास उठाउने मान्छे पनि भएनन् रे ∕ कसोकसो लमजुङतिरका एक ब्राह्मण भेटिएछन् । उनैले दागबत्ती दिएर दाहसंस्कार गरयिो । बुबाको यस किसिमको सहादतको कथा सुन्दा/सुनाउँदा गर्व लाग्छ । म उहाँको एक्लो सन्तान हुँ । दुनियाँका मानिसलाई सबैभन्दा प्यारो सन्तान नै हुन्छ । तर, एक्लो सन्तानका लागि जीवनको भीख माग्नुभन्दा देशका खातिर उहाँ झुन्डिन तयार हुनुभयो । त्यसैमा गर्व लाग्छ । तर, यस्तोमा पनि अहिलेका नेता र राजनीति देख्दा निराश लाग्छ । मलाई त पछिसम्मै टुहुरी रहिछु भन्ने पनि थाहा थिएन । बुबाआमा नभएको पनि थाहा भएन । माहिला बुबाले आफ्ना अन्य पाँच सन्तानसँगै हुर्काउनुभयो । कहिल्यै फरक व्यवहार गर्नुभएन । मलाई त धेरै पछिसम्म पनि माहिलोबुबाकै छोरी हुँजस्तो लागेको थियो । शिक्षाको उज्यालो फैलाउने बुबाको इच्छाले छोएकाले पनि हुनसक्छ, मैले २० वर्षसम्म महेन्द्र आदर्श विद्यालयमा सहायक प्रधानाध्यापक भएर काम गरेँ । त्यसपछि बुबाकै नाममा स्कुल खोलेर असहाय र गरबिगुरुवाका छोराछोरीलाई पढाउन मन लाग्यो । २०३८ सालमा नख्खु भैँसेपाटीमा करबि ४ रोपनी ६ आना जग्गामा सहिद धर्मभक्त विद्यालय स्थापना गरेर ट्रस्ट अन्तर्गत सञ्चालन गरेँ । ०५४ सालसम्म संस्थापक प्रधानाध्यापक भएर काम गरेँ । अहिले संरक्षक मात्र बसेकी छु ।मैले धेरै परविर्तन देखेँ । तर, यसपटकको राजनीतिक परविर्तनपछि कतै सुरक्षा छैन । जनता अनाहकमा मारएिका छन् । सक्कली सहिदहरूले आजको नेपाल देखे भने रुन्छन्जस्तो लाग्छ । देश यस्तो परििस्थतिबाट गुज्रेको देख्दा भित्रभित्रै कहाली लाग्छ । सरकार केही कर्मचारीको तलब बढाउँछ । कतै महँगीभत्ता भनेर दिन्छ । तर, साढे दुई करोड जनतालाई महँगीले नै आहत बनाएको छ । यो कस्तो सरकार हो ? अर्कोतिर, दण्डहीनता उस्तै छ । जनताले ठूलो आशा राखेर माओवादीलाई जिताएका थिए । तर, हेर्नूस् त हालत कस्तो दिक्कलाग्दो भएको छ ? शिक्षा मात्र भएर पुग्दो रहेनछ । अनुशासन पनि चाहिँदो रहेछ । देशका प्रत्येक नागरकि सबै प्रकारले शिक्षित र अनुशासित हुनुपर्‍यो । सबैमा देशभक्तिको भावना हुनुपर्‍यो । अनि मात्र देश सपि्रने हो । मेरो बुबालाई रुद्रशमशेरले कलकत्ताबाट ल्याएर आफ्नो तबेलामाथिको एउटा कोठामा राखेका थिए । दशरथ चन्द पनि त्यहीँ अर्को कोठामा बस्दा रहेछन् । मेरो बुबा र चन्दको त्यहीँ भेट भएको थियो रे !मेरो बुबाको व्यायाम कौशल देखेर औधी प्रभावित भएका राजा त्रिभुवनले उहाँलाई राजदरबारमा व्यायाम शिक्षक नियुक्त गरे । तर, पछि रुद्रशमशेरलाई पाल्पा धपाएपछि बुबा ओमबहालस्िथत फुपूको घरमा बस्न थाल्नुभयो । त्यही घरमा व्यायामशाला निर्माण गरी सहरका युवकहरूलाई कसरत सिकाउनुहुन्थ्यो । गणेशमान र गंगालाल श्रेष्ठ पनि उहाँका शिष्य थिए । सुने अनुसार, नरशमशेरलगायतका राणा युवकहरू पनि त्यहाँ व्यायाम सिक्न आउँथे रे ! १९९७ कात्तिक २ गते बुबालाई त्यहीँबाट पक्राउ गरी खानतलासी गर्दा त्रिभुवनसँग भएका लेखापढी र पत्रहरू बरामद गरेछन् राणाजीहरूले । सायद त्यही कारण बन्यो बुबालाई झुन्ड्याउने !

No comments: