आफ्नो समयका महत्त्वपूर्ण लेखक जोन अप्डाइकको फोक्सोको क्यान्सरबाट मंगलबार निधन भएको छ । उनी ७६ वर्षका थिए । 'बडो दुःखका साथ भन्नुपरेको छ, बुधबार बिहान जोन अप्डाइकको निधन भयो,’ र्यान्डम हाउसको इकाइ अल्फ्रेड ए नोफका निकोलस ल्याटिमरले भने, 'अप्डाइक हाम्रा महान् लेखकमध्ये एक थिए । हामीले यी महान् लेखकको क्षति बेहोर्नुपरेको छ ।’पुलित्जर पुरस्कारबाट सम्मानित उनी आधा शताब्दीभन्दा बढी समयदेखि म्यासाचुसेट्समा रहँदै आएका थिए । उनी उपन्यास, कथा, निबन्ध र समीक्षा-लेखनमा लब्धप्रतिष्ठ व्यक्तित्व थिए ।
उनको लेखनशिल्प अति सुन्दर र मितव्ययी प्रकारको छ । लेखाइमा गहिराइ छैन, जुन महान् आख्यानका लागि आवश्यक पनि छ । उनी महान् शैलीशिल्पका गौण उपन्यासकार हुन् ।अप्डाइकका कथा १९६० र १९७० को दशकका अर्धसहरी अमेरिकाभित्रका तनावका विषयवस्तुमा केन्दि्रत छन् । तिनमा बारम्बार यौनजन्य तनावका तरंगहरू तरंगिन्छन् । 'ए एन्ड पी’ शीर्षकको प्रारम्भिक कथामा एकजना किशोरको मनोदशाको चित्रण छ । उसले काम गर्ने सुपरमार्केटमा बिकिनी पहिरेका तीनजना केटी देखापरेपछि उसमा मानसिक उथलपुथल सुरु हुन्छ । 'समुद्री तटमा स्नानवस्त्रमा एकजना केटी देखिनु एउटा कुरा हो,’ उनले लेखेका छन्, 'ए एन्ड पी’ को चिसोमा उज्यालो प्रकाशमा हल्का हरियो र घ्यू रंगको रबर-टायल छाएको भुइँमा नांगा खुट्टाले टकटक हिँडेको दृश्यको अर्कै कुरा ।’१९६० को अन्त्यतिर अमेरिकामा भएको ठूलो सांस्कृतिक परिवर्तनअघि अप्डाइकले यौनको खुलापनमा जोड दिएका थिए । यसले निषिद्ध विषयलाई खुला गर्यो । उनका प्रकाशकले उनको 'र्याबिट, रन’ नामक उपन्यास पहिलो खेपमा प्रकाशित हुनुअघि नै अश्लीलताको आरोप लाग्ने डरले केही अंशको पुनर्लेखन गरेका थिए । यस उपन्यासले चार दशकभन्दा बढी उनका चारवटा उपन्यासको नायकका रूपमा ह्यारी र्याबिट आंग्सट्रमलाई परिचित गरायो र आख्यानमा दुई पुलित्जर पुरस्कार दिलाइछाड्यो । अति उत्कृष्टमध्ये एक जोन अप्डाइकले २८ उपन्यासका साथै कथा, कविता र आलोचनात्मक निबन्धहरूको रचनाका कारण ख्याति कमाएका थिए । उनले १९५४ देखि २००८ सम्म न्युयोर्कर पत्रिकामा आठ सयभन्दा बढी कथा, समीक्षा, कविता र लेखहरू प्रकाशित गरेका थिए । धेरै अमेरिकीले उनलाई खासगरी त्यही प्रकाशनसँग सम्बद्ध मान्छन् । उनी विश्वकै उत्कृष्ट लेखकमध्ये एक थिए । 'उनी यस साप्ताहिकमा लेख्न रुचाउँथे र केटौले उमेरदेखि नै उनी यस संस्थासँग आबद्ध रहेका थिए,’ न्युयोर्करका सम्पादक ड्याभिड रेमिक भन्छन्, 'लामो समयदेखि उनी न्युयोर्करका आत्मा नै थिए । उनको अनुपस्थितिको कल्पना गर्न पनि कठिन छ ।’उनका पाठक एमहस्र्ट कलेजका अंग्रेजीका प्रोफेसर विलियम प्रिटकार्डले उनलाई आख्यान, गैरआख्यान र कविता लेख्ने बहुमुखी प्रतिभाका रूपमा लिएका छन् । उनले भनेका छन्- ँमेरा लागि उनी अक्षरकर्मी बन्ने अभ्यासका निकै माथिल्लो तहमा रहेका रचनाकार हुन् । उनले हरेक गतिविधि महान् बौद्धिकता, साक्ष्य र प्रेमका साथ गर्थे ।’पेन्सिलभेनियाको रिडिङ भन्ने ठाउँमा जन्मेका अप्डाइकले हार्बर्ड विश्वविद्यालयमा अंग्रेजी अध्ययन गरेका थिए । त्यहाँ उनले काम पनि गरे र पछि व्यंग्यप्रधान हार्बर्ड ल्याम्पुन पत्रिकाको सम्पादन पनि गरे । अक्सफोर्डमा एक वर्ष पढेपछि उनी न्युयोर्क गए र दुई वर्षसम्म न्युयोर्करको स्टाफका रूपमा काम गरे । १९५७ मा उनको परिवार म्यासाचुसेट्समा बोस्टनको तटीय सहर इप्सबीच सर्यो र पछि वेभर्ले फार्मतिर लाग्यो । 'न्यु य ग्लयान्ड’ नामक फिल्म निर्माता कम्पनीले १९८४ मा प्रकाशित उनको उपन्यास 'द बिचेज अफ इस्टविक’ को फिल्मांकन गर्यो । आख्यानवणिर्त रोडे टापुमा फिल्मांकन गरिएको सो फिल्ममा ज्याक निकोल्सन र चेरजस्ता अभिनेताले अभिनय गरेका थिए भने यसलाई व्यापारिक सफलता पनि मिलेको थियो । २००५ मा र्युटर्ससँगको एक अन्तर्वार्तामा अप्डाइकले उनी वास्तवमै के हुन् त भनी सोधिएको प्रश्नको उत्तर दिँदै उनले कला र साहित्यबारे आफूले लेखेका कैयौँ समालोचनाको बढ्दो संख्याले लेखकको रूपमा हालसालै आफ्नो विचार बदलिएको बताएका थिए । उनले कथाको माध्यमसँग निकै संघर्ष गरेको पनि बताएका थिए । अन्तर्वार्तामा उनले भनेका थिए, 'दस वर्षअघि सोधेका भए म कथालालाई नै आफ्नो मूल विधा मान्छु भन्थेँ हुँला । जति कथा लेखेको भए पनि अब त्यस्तो लाग्दैन ।’ लेखेपछि छाप्नुपर्छ भन्ने कुरामा उनी प्रस्ट थिए । 'म कुनै योजनाविना नै बढीजसो पुस्तक र कलाको समीक्षक पो भएछु । त्यसरी लेख्न बस्दा तपाईंलाई अब यो छापिन्छ र पैसा पाइन्छ भन्ने कुराले आनन्द त दिन्छ नै । कथामा त्यसो भन्न सकिन्न ।’ उनको अन्तिम लेख न्युयोर्करमा टोनी मोरिसनको उपन्यास 'अ मर्सी’ बारेमा लेखिएको समीक्षा थियो, गत नोभेम्बर ३ को अंकमा । 'उनको रुचि साहित्यका विविध पक्षमा अत्यन्त व्यापक थियो, तर त्यो आकस्मिक वा सतही भने थिएन,’ न्युयोर्करको पुस्तक समीक्षाका सम्पादक रोबर्ट सिल्भरले भने । न्युयोर्करले अप्डाइकका पुस्तक समीक्षा छाप्ने गथ्र्यो । 'उनी सेलिबि्रटीको हिसाबले सम्राट्को स्थानमा पुगेका थिए,’ टाइम्सका एकजना लेखक भन्छन्- 'उनको लेखनशिल्प अति सुन्दर र मितव्ययी प्रकारको छ । उनको लेखाइमा गहिराइ छैन, जुन महान् आख्यानका लागि आवश्यक पनि छ । उनी महान् शैलीशिल्पका गौण उपन्यासकार हुन् ।’ पुलित्जरका साथै 'र्याबिट इज रिच’ र 'र्याबिट एट रेस्ट’ उपन्यासका लागि उनले अमेरिकन बुक अवार्ड र नेसनल बुक अवार्ड पनि हात पारेका थिए । कैयौँ समीक्षकले 'र्याबिट, रन’ को नायकलाई आफ्नो पुस्ताको प्रतिनिधिका रूपमा हेरेका थिए । 'अमेरिकी पुरुष हुनु सजिलो छैन,’ एक अन्तर्वार्तामा उनले भनेका थिए, 'लेखनले तपाईंलाई बढी नै मान्छे बनाउँछ ।’- एजेन्सी
Thursday, January 29, 2009
बेहोस पारेर झुन्ड्याइएछ
Renu Devi Shrestha
मुमा पहिले नै बित्नुभएको थियो । म तीन वर्षको हुँदा बुबा -धर्मभक्त माथेमा) पनि मारनिुभयो । म अबोध बालिकालाई बुबालाई किन र केका लागि मारयिो, थाहा हुने कुरै भएन । माहिलो बुबा ध्रुवभक्तले सुनाउनुभएको जति कुरा मात्र थाहा पाएँ ।माफी मागे बुबा छुट्नुहुन्छ भन्थे । फुपूकी छोरीले किन माफी नमागेको भनेर उहाँलाई सोध्नुभएछ । तर, बुबा त्यस मामिलामा कडा हुनुहुन्थ्यो । उहाँले भन्नुभएछ, "हामीले राजाका निम्ति काम गरेका हौँ, प्रजातन्त्रका निम्ति काम गरेका हौँ । के बिराएका छौँ र माफी माग्ने ?"पछि मैले सुनेको र बुबालाई झुन्ड्याउने कार्यमा नरशमशेर राणाका साथ खटिने गोदावरी किटनीका तत्कालीन लप्टन कृष्णबहादुर थापाले बताए अनुसार, वि.सं. १९९७ माघ १२ गते दिउँसो उहाँलाई सिंहदरबार स्कुलघरबाट सेन्ट्रल जेल ल्याइयो । र, त्यसै दिन नातेदारहरूलाई भेट्न आउन भनियो । हजुरबुबा यहाँ हुनुहुन्थेन । उहाँ पनि राणा शासककै कारण कलकत्तामा थुनिनुभएको थियो । फुपूकी छोरीलगायत छरछिमेकी र टोलका केही उत्साही युवाहरू सेन्ट्रल जेल गएछन् । बुबालाई खुट्टामा नेलसिक्री र हात पछिल्तिर फर्काइ फलामे हतकडी लगाएर राखिएको रहेछ । उहाँलाई त्यही बेलुुकी ८ बजे डिल्लीबजार-ज्ञानेश्वरतिरका पसल बन्द गर्न लगाएर १० बजे कालोपुल हुँदै सिफल लगिएछ ।लप्टन कृष्णबहादुरलाई २० जनाजति सिपाहीलाई लिएर फाँसीका निम्ति सबै सामग्री तयार गर्न लगाइएको रहेछ । नरशमशेरले आँखामा पट्टी कसिएको बुबालाई हात पछाडिपट्ट िबाँधेर फाँसीको फन्दामा उभ्याई अन्तिम इच्छा के छ भनी सोधेछन् । उहाँले राणाशासन अन्त्यको इच्छा व्यक्त गर्नुभएछ । त्यसपछि रूखमा झुन्ड् याइएछ । तर, डोरी उल्टो परेकाले र वजनदार शरीर भएकाले हाँगो लच्किएछ । यसरी पहिलो प्रयास असफल भयो ।त्यतिबेलाको कानुन अनुसार एकपटक फाँसीबाट उम्किएको व्यक्तिलाई जीवनदान दिइन्छ भनिन्थ्यो । तर, मेरो बुबाले मुक्ति पाउनुभएन । त्यस्तो सम्भ“mदा कताकता दुःख पनि लाग्छ । दोस्रोपटक फाँसीमा झुन्ड् याउँदा डोरी नै चुँडिएछ । त्यसपछि अति नै आत्तिएका नरशमशेर 'ए छिटो गर' भन्दै आफैँले चक्कुले डोरी काट्न खोज्दा हडबडमा बुबाको गालादेखि चिउँडोसम्म काटिदिएछन् । त्यसबेला अत्यन्तै रसिाएका बुबाले लात्तीले हान्दा नरशमशेर पर हुत्तिएछन् । अनि, नरशमशेरको आदेशमा भएभरका सिपाही बुबामाथि खनिएछन् । लात्ती र मुड्कीले भकुरेर बेहोस बनाई तेस्रोपटक फाँसीमा झुन्ड् याएछन् । यसरी मारएिछ ३१ वर्षको उमेरमा मेरो बुबालाई । बुबाका दाजुभाइ सबै कलकत्तातिर हुनुहुन्थ्यो । उहाँको लास उठाउने मान्छे पनि भएनन् रे ∕ कसोकसो लमजुङतिरका एक ब्राह्मण भेटिएछन् । उनैले दागबत्ती दिएर दाहसंस्कार गरयिो । बुबाको यस किसिमको सहादतको कथा सुन्दा/सुनाउँदा गर्व लाग्छ । म उहाँको एक्लो सन्तान हुँ । दुनियाँका मानिसलाई सबैभन्दा प्यारो सन्तान नै हुन्छ । तर, एक्लो सन्तानका लागि जीवनको भीख माग्नुभन्दा देशका खातिर उहाँ झुन्डिन तयार हुनुभयो । त्यसैमा गर्व लाग्छ । तर, यस्तोमा पनि अहिलेका नेता र राजनीति देख्दा निराश लाग्छ । मलाई त पछिसम्मै टुहुरी रहिछु भन्ने पनि थाहा थिएन । बुबाआमा नभएको पनि थाहा भएन । माहिला बुबाले आफ्ना अन्य पाँच सन्तानसँगै हुर्काउनुभयो । कहिल्यै फरक व्यवहार गर्नुभएन । मलाई त धेरै पछिसम्म पनि माहिलोबुबाकै छोरी हुँजस्तो लागेको थियो । शिक्षाको उज्यालो फैलाउने बुबाको इच्छाले छोएकाले पनि हुनसक्छ, मैले २० वर्षसम्म महेन्द्र आदर्श विद्यालयमा सहायक प्रधानाध्यापक भएर काम गरेँ । त्यसपछि बुबाकै नाममा स्कुल खोलेर असहाय र गरबिगुरुवाका छोराछोरीलाई पढाउन मन लाग्यो । २०३८ सालमा नख्खु भैँसेपाटीमा करबि ४ रोपनी ६ आना जग्गामा सहिद धर्मभक्त विद्यालय स्थापना गरेर ट्रस्ट अन्तर्गत सञ्चालन गरेँ । ०५४ सालसम्म संस्थापक प्रधानाध्यापक भएर काम गरेँ । अहिले संरक्षक मात्र बसेकी छु ।मैले धेरै परविर्तन देखेँ । तर, यसपटकको राजनीतिक परविर्तनपछि कतै सुरक्षा छैन । जनता अनाहकमा मारएिका छन् । सक्कली सहिदहरूले आजको नेपाल देखे भने रुन्छन्जस्तो लाग्छ । देश यस्तो परििस्थतिबाट गुज्रेको देख्दा भित्रभित्रै कहाली लाग्छ । सरकार केही कर्मचारीको तलब बढाउँछ । कतै महँगीभत्ता भनेर दिन्छ । तर, साढे दुई करोड जनतालाई महँगीले नै आहत बनाएको छ । यो कस्तो सरकार हो ? अर्कोतिर, दण्डहीनता उस्तै छ । जनताले ठूलो आशा राखेर माओवादीलाई जिताएका थिए । तर, हेर्नूस् त हालत कस्तो दिक्कलाग्दो भएको छ ? शिक्षा मात्र भएर पुग्दो रहेनछ । अनुशासन पनि चाहिँदो रहेछ । देशका प्रत्येक नागरकि सबै प्रकारले शिक्षित र अनुशासित हुनुपर्यो । सबैमा देशभक्तिको भावना हुनुपर्यो । अनि मात्र देश सपि्रने हो । मेरो बुबालाई रुद्रशमशेरले कलकत्ताबाट ल्याएर आफ्नो तबेलामाथिको एउटा कोठामा राखेका थिए । दशरथ चन्द पनि त्यहीँ अर्को कोठामा बस्दा रहेछन् । मेरो बुबा र चन्दको त्यहीँ भेट भएको थियो रे !मेरो बुबाको व्यायाम कौशल देखेर औधी प्रभावित भएका राजा त्रिभुवनले उहाँलाई राजदरबारमा व्यायाम शिक्षक नियुक्त गरे । तर, पछि रुद्रशमशेरलाई पाल्पा धपाएपछि बुबा ओमबहालस्िथत फुपूको घरमा बस्न थाल्नुभयो । त्यही घरमा व्यायामशाला निर्माण गरी सहरका युवकहरूलाई कसरत सिकाउनुहुन्थ्यो । गणेशमान र गंगालाल श्रेष्ठ पनि उहाँका शिष्य थिए । सुने अनुसार, नरशमशेरलगायतका राणा युवकहरू पनि त्यहाँ व्यायाम सिक्न आउँथे रे ! १९९७ कात्तिक २ गते बुबालाई त्यहीँबाट पक्राउ गरी खानतलासी गर्दा त्रिभुवनसँग भएका लेखापढी र पत्रहरू बरामद गरेछन् राणाजीहरूले । सायद त्यही कारण बन्यो बुबालाई झुन्ड्याउने !
Saturday, January 24, 2009
शंकर लामिछानेको सम्झना
Shuresh Pranjal
आधुनिक निबन्धलेखनमा सिद्धहस्त मानिने शंकर लामिछानेले नेपाली साहित्यको जगमा असंख्य इँटा थपेका छन् । विशेषगरी नेपाली निबन्धलेखन परम्परामा भिन्न शिल्प र शैली लिएर उदाएका लामिछानेले आफू हिँड्ने बाटो आफंैले खने । नेपाली 'नन फिक्सन' को फाँटलाई उचाइमा पुर्याउने काममा उनको भूमिका अत्यन्तै उल्लेखनीय छ । नेपाली निबन्धमा 'चेतनप्रवाह शैली' -स्टि्रम अफ कन्सिअसनेस) लाई स्थापित गराउने लेखक हुन् उनी । पश्चिमा साहित्यका आधुनिक लेखक जेम्स जोयसले महाकाव्य 'युलिसिस' मार्फत यो शैलीलाई जसरी स्थापित गर्ने काम गरे त्यसरी नै लामिछानेले 'एब्स्ट्रयाक्ट चिन्तन ः प्याज' मार्फत यो 'चेतनप्रवाह शैली' लाई अंकुराउने कार्य गरे नेपाली साहित्यमा । जीवन आफ्ना लागि भन्दा पनि अरूका लागि आदर्श भएर बाँच्नुपर्दाको पीडाले गर्दा व्यक्तिगत जीवन स्वेच्छाले बाँच्न नपाउनु नै आजको मानवको गुनासो बनेको छ । यद्यपि त्यो गुनासोलाई निबन्धशिल्पी शंकर लामिछानेले न्यूनीकरण गर्ने प्रयास गरेका छन् । हामीले भोगेको जीवन केवल अनुभूति मात्र हो ।
व्यावहारिक रूपमा सार्थक नहोला तर पनि एउटा कल्पनालाई आधार बनाएर बाँचिरहेका हुन्छौं हामी । 'अल्बर्ट कामु' र 'सामुअल बेकेट' को विसंगतवादसँग अति निकट सम्बन्ध राख्ने लामिछानेका निबन्धहरूले विश्वको परिप्रेक्ष्यमा भिन्न नेपाली स्वाद प्रवाह गरेका छन् । वस्तुलाई उनी आफ्नो अध्ययन, भोगाइ तथा व्यवहारको गाढा रंग ठान्छन् । जीवनलाई प्याजको बोक्रासँग तुलना गर्छन् । प्याजको गुदी नभेट्टाए झैं जीवनको सार भेट्टाउन नसकिने भाव व्यक्त गर्छन् उनी अर्थात् जीवन भन्नु नै रहस्य र भाव मिसिएको अनुभूति मात्र हो । उनका निबन्धमा विश्वमा बढ्दै गएको वैज्ञानिक आविस्कार एवं अनुसन्धानको प्रभाव परेको पाइन्छ । उनी आधुनिक वैज्ञानिक चिन्तनबाट प्रभावित निबन्धकार भएकाले चामत्कारिक वैज्ञानिक आविस्कार र त्यसबाट साहित्य र अन्य क्षेत्रमा पर्ने असर आफ्ना निबन्धहरूमा व्यक्त गरेका छन् । व्यक्ति शंकर लामिछानेले भोगेको जीवन नै निबन्धकार लामिछानेको जीवनको 'पोटे्रट' हो । जीवनप्रति नैराश्य हुँदाहुँदै पनि आदर्शजीवनको खोजी उनका निबन्धको विशेषता हो । निबन्धमा आजको पुस्ताले भोगेको र भोलिका पीँढीले भोग्नुपर्ने पीडालाई छर्लङ्ग प्रतिविम्बित गरेका छन् लामिछानेले । लेखनका अधिकांश विधामा कलम चलाए पनि लामिछानेले लेख्न सुरु गरेको उपन्यास भने अधुरो नै रह्यो । 'गौंथलीको गुँड' मा समेटिएका कथाहरूमा 'अस्तित्वगत चेतना' को आभास हुन्छ झन्डै 'जाँ पाल सार्त्र' लाई चुनौती दिने गरी । 'विम्ब प्रतिविम्ब' मा परिचयात्मक निबन्धहरू संग्रहित छन् । त्यसैगरी 'गोधूलि संसार' का निबन्धहरू व्यवहारवादी र जीवनवादी विषयवस्तुमा आबद्ध छन् । 'शंकर लामिछाने' उनको आत्मकथात्मक कृति हो जहाँ जीवन बाँच्ने क्रमका गुनासाहरू समेटिएका छन् । कवि भूपि शेरचन र भीमदर्शन रोकालाई अति निकट ठान्ने लामिछानेले आफूलाई कहिल्यै लेखक मानेनन् ।
बरु आफू ठट्टामा लेखक बनेको जिकिर गरिरहे । उनलाई आफू छिटो जन्मेकामा गुनासो रहिरह्यो । अनि पmेन्च दार्शनिक रोलाँ बार्थले 'दी डेथ अफ दी अथर' को कुरा गरिरहँदा नेपाली लेखक शंकर लामिछानेले भने एक हजार वर्षपछि जन्मिने इप्सा बोकिरहे । उनले बारम्बार दोहोर्याइरहने वाक्य हो, 'म एक हजार वर्षपछि जन्मिने पृथ्वीको मान्छे हुँ ।' असलमा, उनी एक इमानदार लेखक हुन् । उनले 'प्लेगियारिज्म्' -साहित्यिक चोरी) को आरोप कति सहजै स्वीकार गरे । माइकल कर्वीको लेखमा आधारित भनी लेखिएको 'आभा गार्देको सौन्दर्यशास्त्र' नामक लेखउपर कुमुदिनीले तेर्साएको तगाराले उनको लेखनयात्रामा पूर्णविराम लगाइदियो । तर अफसोच ! कुमुदिनीको हुन् ? हालसम्म बाहिर आउन सकेकी छैनन् ! -यस्ता महान् लेखकको यात्रालाई बर्जित तुल्याउने वास्तविक कुमुदिनीसँग एकपटक भेट गर्ने ठूलो धोको छ मेरो, खुल्ला आह्वान पनि हो यो ।) विसं १९८४ साल चैतमा जन्मेका यी महान् लेखकको मृत्यु मेनेन्जाइटिजका कारण २०३२ माघ १० गते भयो । 'के गरे देखिन् मैले ठीक हुन्छ ?' भन्दै एकदिन देवकोटाकामा पुगेका थिए उनी र त्यसदिन महाकवि देवकोटाले 'रिपिटिसन अफ वर्क अन दी सेम लाइन ह्याज नो मिनिङ' भनेपछि लामिछाने आफ्नै पृथक् बाटो पैलाउन लागिपरेका थिए । जुन बाटाले आज पनि अझ बढी फराकिलो भएर सबै लेखकलाई हिँडाइरहेको छ ।

मेरो यौटा सपना
Martin Luthar King
अमेरिकाको इतिहासमा स्वतन्त्रताको महानतम प्रदर्शनका रूपमा अंकित हुन गइरहेको आजको दिनमा तपाइर्ंहरूका साथ रहन पाउँदा म हषिर्त छु । करिब एक शताब्दीअघि एक महान् अमेरिकीले -जसको प्रतीकात्मक छायामा उभिएका छौँ आज हामी) दासत्व मुक्तिको घोषणामा हस्ताक्षर गरे । यो ऐतिहासिक घोषणा अन्यायको ज्वालामा परेर भसक्कै भएका लाखौँ निग्रो दासका लागि आशाको मार्गदर्शक प्रकाशका रूपमा आयो, उनीहरूको कारावासरूपी लामो रातको अन्त्य गर्ने मनोरम बिहानीका रूपमा आयो । सय वर्षपछि पनि पृथकीकरणको हतकडी र विभेदका जन्जिरहरूले निग्रोको जीवनलाई कुँजो बनाएका छन् । सय वर्षपछि पनि भौतिक समृद्धिको विशाल महासागरको बीचमा अवस्थित गरिबीको निर्जन टापुमा बाँचिरहेको छ निग्रो । आपmनै देशमा निर्वासित छ ऊ । त्यसैले आज हामी हाम्रो 'लज्जापूर्ण स्थिति'लाई नाट्यकरण गर्न यहाँ आएका छौँ । एकप्रकारले हामी हाम्रो राष्ट्रको राजधानीमा एउटा नगदी चेक साट्न आएका छौँ । जब हाम्रा गणतन्त्रका अभियन्ताहरूले संविधान र स्वतन्त्रता घोषणाका भव्य शब्दहरू लेखे, त्यतिखेर उनीहरू एक प्रतिज्ञापत्रमा हस्ताक्षर गरिरहेका थिए । प्रत्येक अमेरिकी उक्त प्रतिज्ञापत्रको उत्तराधिकारी हुन गइरहेको थियो । यो प्रतिज्ञापत्र एक यस्तो वाचा थियो, जहाँ सबै मानिस -काला र गोरा सबै) को जीवन, स्वतन्त्रता र सुख-खोजीका नैसर्गिक अधिकारहरूको प्रत्याभूति थियो । आज स्पष्ट भइसकेको छ- आफ्ना काला जातिका नागरिकहरूका सन्दर्भमा अमेरिकाले उक्त प्रतिज्ञापत्रको वचन तोडेको छ । यो पवित्र दायित्वलाई सम्मान गर्नुको साटो उसले तिनका हातमा एउटा खराब चेक थमाइदिएको छ, जुन 'अपुग कोष'को टाँचा लागेर फिर्ता आएको छ । तर, हामी न्यायको बैंक टाट पल्टेको छ भन्ने विश्वास गर्न अस्वीकार गर्छाैँ । अवसरहरूको यो विशाल ढुकुटीभित्र पर्याप्त कोष छैन भन्ने विश्वास गर्दैनौं । तसर्थ, हामी यो चेकको नगद झक्िन आएका छौँ । हामी अमेरिकालाई वर्तमानको अत्यावश्यकताको स्मरण गराउन पनि यो पूज्य भूमिमा उपस्थित भएका छौँ । शान्त रहने विलासितामा रम्ने तथा शिथिल पार्ने क्रमिकतावादको लागूऔषध सेवन गर्ने समय होइन हो । यो समय हो- लोकतन्त्रका प्रतिज्ञाहरूलाई साकार पार्ने, विभेदको अँध्यारो र निर्जन उपत्यकाबाट माथि उठेर जातीय न्यायको आलोकित मार्गमा पुग्ने । यही समय हो- यो देशलाई जातीय अन्यायको बालुवाभासबाट उठाएर भ्रातृत्वको ठोस चट्टानमा पुर्याउने । परिस्थितिको गम्भीरतालाई उपेक्षा गर्नु अमेरिकाका लागि घातक हुनेछ । कालाजातिको वैधानिक असन्तोषको यो उखुम गर्मी तबसम्म सकिनेछैन, जबसम्म स्वतन्त्रता र समानताको शक्तिबर्द्धक शरद आउनेछैन । २८ अगस्ट १९६३ को यो प्रदर्शन अन्त्य होइन, सुरुवात हो । निग्रोलाई उसको नागरिक अधिकार प्रदान नगरिएसम्म अमेरिकामा न स्थिरता हुनेछ, न शान्ति । न्यायको घमाइलो दिन नआएसम्म विद्रोहका भूमरीहरूले यो देशलाई जरैसम्म हल्लाइरहनेछन् । तर, मैले न्यायको दरबारतिर उन्मुख न्यानो संघारमा उभिएका मेरा मानिसलाई भन्नैपर्ने एउटा कुरा छ- यथोचित स्थान हासिल गर्ने प्रक्रियामा हामीले अनुचित कुनै काम गर्नुहुँदैन । कटुता र घृणाको गिलासबाट पिएर स्वतन्त्रताको प्यास मेटाउने प्रयत्न नगरौँ । हामीले हाम्रो संघर्षलाई सदा मर्यादा र अनुशासनको उच्च धरातलमा सञ्चालन गर्नुपर्छ । हामीले हाम्रो रचनात्मक विरोधलाई शारीरिक हिंसामा पतन हुन दिनुहुँदैन । हामी शारीरिक र आत्मिक शक्ति मिलान हुने गौरवमय उचाइतिर उठ्नुपर्छ । निग्रो समुदायलाई घेरा हालिरहेको विचित्र सैन्यदस्ताकै कारण हामीले सारा गोरा मानिसलाई अविश्वास गर्नुहुँदैन, किनभने हाम्रा गोरा दाजुभाइले महसुस गर्न थाल्नुभएको छ- उहाँहरूको भाग्य हाम्रो भाग्यसँग जोडिएको छ । आज यहाँ उपस्थित उहाँहरूको ठूलो संख्या यसको प्रमाण हो । उहाँहरूले बुझ्न थाल्नुभएको छ-उहाँहरूको स्वतन्त्रता हाम्रो स्वतन्त्रतासित कसिलोसँग बाँधिएको छ, हामी एक्लाएक्लै हिँड्न सक्दैनौँ । जब हामी हिँड्न थाल्छौँ, हामीले वाचा गर्नुपर्छ- हामी सधँै अगाडि बढ्नेछौँ, हामी पछाडि र्फकन सक्दैनौँ । केही यस्ता मानिस पनि छन् जो नागरिक अधिकारका अनुयायीहरूलाई सोधिरहेछन्, 'तिमीहरू कहिले सन्तुष्ट हुनेछौ ?' जबसम्म निग्रो पुलिस बर्बरताका अवर्णनीय आतंकको सिकार हुन्छ, हामी कदापि सन्तुष्ट हुन सक्दैनौँ । हामी तबसम्म सन्तुष्ट हुन सक्दैनौँ, जबसम्म यात्रा गरेर थाकेका हाम्रा शरीरले राजमार्ग र सहरका होटेलमा बास पाउनेछैनन् । हामी तबसम्म सन्तुष्ट हुन सक्दैनौँ, जबसम्म निग्रोहरूलाई सानो अस्त-व्यस्त स्थानबाट ठूलो अस्त-व्यस्त स्थानमा सारिरहिन्छ । हामी तबसम्म सन्तुष्ट हुन सक्दैनौँ, जबसम्म 'गोराहरूका लागि मात्रै' लेखिएका संकेतद्वारा हाम्रा बालबच्चाको स्वत्व खोसिन्छ र लुटिन्छ उनीहरूको आत्मसम्मान । जबसम्म मिसिसिपीको नेग्रोले भोट हाल्न पाउँदैन, जबसम्म न्युयोर्कको निग्रोे ठान्दछ कि उसँग केही पनि छैन जसका लागि उसले भोट हाल्नुपरोस्, तबसम्म हामी सन्तुष्ट हुन सक्दैनौँ । अहँ, हामी सन्तुष्ट छैनौँ, हामी सन्तुष्ट हुनेछैनौँ, तबसम्म जबसम्म न्याय खोलाझैँ उर्लिनेछैन । तपाईंहरूमध्ये केही ठुल्ठूला मुद्दा तथा यातना भोगेर यहाँ आउनुभएको छ भन्ने कुरा मैले बिर्सेको छैन । तपाईंहरूमध्ये केही कारागारका साँघुरा कोठरीबाट भर्खरै निक्लेर आउनुभएको छ । तपाइर्ंहरूमध्ये केही यस्ता ठाउँबाट आउनुभएको जहाँ स्वतन्त्रताको खोजीका कारण तपाइर्ंलाई सजायको आँधीले निर्घात चुटेको छ र पुलिस ज्यादतीको हुरीद्वारा तपाईं ढुन्मुनिनुभएको छ । तपाईंहरू रचनात्मक कष्टका विशिष्ट अनुभवी हुनुभएको छ । अनार्जित कष्ट मुक्तिप्रदायक हुन्छ भन्ने विश्वासका साथ निरन्तर काम गरिरहनुहोस् । मिसिसिपीमा फर्किनुहोस्, अलावामामा फर्किनुहोस्, साउथ क्यारोलिनामा फर्किनुहोस्, जर्जियामा फर्किनुहोस्, लुजियानामा फर्किनुहोस्, उत्तरी सहरका झुपडपट्टी र अस्त-व्यस्त बस्तीमा फर्किनुहोस् । जान्नुहोस् कि परिस्थिति बदलिन सक्छ र बदलिनेछ । निराशाको उपत्यकामा आहाल नबसौँ हामी । आज र भोलिका कठिनाइहरू सामना गरिरहे पनि मेरा मित्रहरू, मसँग अझै पनि एउटा सपना छ । अमेरिकी सपनामा गहिरोसँग जरो गाडेर रहेको सपना हो, यो । मेरो एउटा सपना छ- एकदिन यो राष्ट्र माथि उठ्नेछ र आपmनो आधारभूत विश्वासको सक्कली आशयको अनुसरण गर्नेछ ः हामी यो सत्यलाई स्वतः सिद्ध मान्छौँ कि सबै मानिस समान रूपले सिर्जित भएका हुन् । मेरो सपना छ- एकदिन जर्जियाका राता पहाडमा पूर्वदास तथा पूर्वमालिकका छोराहरू बन्धुत्वको टेबुलमा सँगसँगै बस्न समर्थ हुनेछन् । मेरो सपना छ- एकदिन अन्यायको रापले, अत्याचारको तापले असिन-पसिन भएको यो मिसिसिपी राज्य स्वतन्त्रता र न्यायको मरुद्यानमा परिणत हुनेछ । मेरो एउटा सपना छ- मेरा चार नानी एकदिन यस्तो राष्ट्रमा बाँचेका हुनेछन्, जहाँ उनीहरूलाई उनीहरूको छालाको रंगद्वारा होइन, चरित्रद्वारा जाँचपरख गरिनेछ । मेरो एउटा सपना छ- उग्र जातिभेदवादी र ओठबाट हस्तक्षेप र खारेजीका शब्दहरू मात्रै ओकल्ने गभर्नर भएको यो अलावामामा एकदिन साना काला केटाकेटी साना गोरा केटाकेटीसँग दाजुभाइ दिदीबहिनीका रूपमा हात मिलाउनेछन् । मेरो एउटा सपना छ- कुनै दिन प्रत्येक उपत्यका उन्नत हुनेछ, प्रत्येक पहाड र हिमाललाई होचो बनाइनेछ, उखडखाबड जमिनलाई सम्म पारिनेछ र भ्रष्ट ठाउँलाई सुधारिनेछ । यो हाम्रो आशा हो । यो त्यही विश्वास हो, जसका साथ म दक्षिणमा र्फकनेछु । यही विश्वासका माध्यमले हामी निराशाको पहाड फोरेर त्यसबाट आशाको एक पत्थर निकाल्नेछौँ । यही विश्वासका माध्यमले हामी देशका कर्कस कलहहरूलाई भ्रातृत्वको एउटा सुन्दर संगीतमा परिवर्तन गर्न समर्थ हुनेछौँ । यही विश्वासका माध्यमले हामी समर्थ हुनेछौँ- सँगसँगै काम गर्न, सँगसँगै प्रार्थना गर्न, सँगसँगै संघर्ष गर्न, सँगसँगै जेल जान, स्वतन्त्रताका लागि सँगसँगै उठ्न । त्यो दिन, यस्तो दिन हुनेछ, जब ईश्वरका सारा सन्तान एक नयाँ अर्थका साथ यो गीत गाउन समर्थ हुनेछन्, 'मेरो देश, म गाउँछु तिम्रो गीत, स्वतन्त्रताको प्यारो भूमि, म गाउँछु तिम्रै गीत । मेरा पुर्खाहरूले प्राण त्यागेको भूमि, तीर्थयात्रीको अभिमानको भूमि, प्रत्येक हिमाली भेगबाट स्वतन्त्रतालाई गुन्जन दिऊँ ।' अमेरिका महान् राष्ट्र बन्नु छ भने यो सपना साकार हुनैपर्छ । तसर्थ स्वतन्त्रतालाई न्यु ह्याम्पसायरका विलक्षण पहाडी चुचुराबाट गुन्जन दिऊँ । स्वतन्त्रतालाई न्युयोर्कका सर्वशक्तिमान पहाडबाट गुन्जन दिऊँ । स्वतन्त्रतालाई पेन्सिल्भानियाका उचा एलिजेनीहरूबाट गुन्जन दिऊँ । स्वतन्त्रतालाई कोलोराडोका हिउँटोपी पहिरिएका पत्थरिलो भू-भागबाट गुन्जन दिऊँ । स्वतन्त्रतालाई क्यालिफोर्नियाका बांगाटिंगा भीरहरूबाट गुन्जन दिऊँ । यति मात्र होइन, स्वतन्त्रतालाई जर्जियाको ढुंगेपहाडबाट पनि गुन्जन दिऊँ । स्वतन्त्रतालाई टेेनेजीको पहरेदार पहाडबाट पनि गुन्जन दिऊँ । स्वतन्त्रतालाई मिसिसिपीका हरेक पहाडबाट गुन्जन दिऊँ । प्रत्येक हिमाली भेगबाट स्वतन्त्रतालाई गुन्जन दिऊँ । र, जब यो सम्भव हुन्छ, जब हामी स्वतन्त्रतालाई गुन्जन दिन्छौँ, जब हामी यसलाई प्रत्येक उपत्यका र प्रत्येक बस्तीबाट, प्रत्येक राज्य र प्रत्येक सहरबाट गुन्जन दिन्छौँ, हामी त्यो दिनलाई द्रुतगतिमा ल्याउन सक्छौँ, जुन दिन ईश्वरका सारा सन्तान, काला र गोरा, यहुदी र गैरयहुदी, प्रोटेस्टेन्ट र क्याथोलिकहरू हातमा हात मिलाउन समर्थ हुनेछन् र निग्रोका पुरानो धार्मिक गीतका शब्दहरू गुन्गुनाउन समर्थ हुनेछन् ः 'स्वतन्त्र भयौँ, स्वतन्त्र भयौँ, धन्यवाद सर्वशक्तिमान ईश्वर ! आखिर हामी स्वतन्त्र भयौँ ।

Sunday, January 11, 2009
त्यो दिन जब माले र माक्र्सवादी मिल्दै थिए
नेपाल कम्युनिस्ट पार्टी (एकीकृत माक्र्सवादी-लेनिनवादी) नाउँ गरेको पार्टीले अब इतिहास बनाइसकेको छ- नेपालको सबैभन्दा सुगठित क्रियाशील पार्टीका रूपमा । त्यसैले पुराना गन्थनको यो पार्टीको जीवनमाथि कुनै असर हुँदैन । तर, इतिहासको पानामा समेटिएको इतिहासको मनलाई पनि हामीले बिर्सनुहुँदैन । नेपाल कम्युनिस्ट पार्टीका माक्र्सवादी-लेनिनवादी तथा माक्र्सवादी समूह मिलेर बनेको आजको एमालेको एकीकरण कार्यसँग मेरो सहमति थिएन । त्यस्तो एकता गर्नुहुँदैन भन्ने मेरो आरम्भको मान्यता थियो भने एकीकरण भइसकेपछि पनि म प्रक्रिया, पद्धति र एकीकरण शैलीसँग सहमत हुन सकेको थिइनँ ।
एकीकरण भएछ मजस्ताले पत्तै नपाई । भोलिपल्ट सुनेँ । मदन भण्डारी नै महासचिव छानिनुभएको खबर पनि सार्वजनिक भइसकेको थियो । मैले उहाँलाई भेटेरै भनेँ, 'म यस एकीकरणका पक्षमा उभिन सक्दिनँ ।’यसो हुनुका पछिल्तिर एउटा ठोस कारण थियो । समूह एकीकरणमा मेरो कहिल्यै विश्वास रहेन । ०३२ सालमा अध्ययन कक्षहरू खोल्दा काठमाडौंको हाम्रो संगठन कमजोर थिएन । विद्यार्थी तथा होटल मजदुरबीच हामीले आफ्नो संगठनलाई फराकिलै ढंगमा अगाडि बढाएका थियौँ । त्यो सिंगो संगठन ०३३ सालमा छर्लप्पै कोअर्डिनेसन केन्द्रको मातहतमा गयो । तर, हामीले कोअर्डिनेसन संगठनसँग एकता भन्ने शब्द कहिल्यै प्रयोग गरेनौँ । हामी समाहित भइसकेपछि हाम्रो त्यो संगठनभन्दा धेरै साना समूहलाई हामीले पछाडि समूहगत एकीकरणमा ल्यायौँ । तर, हामी पुरानाले समूहगत एकीकरणको कहिल्यै माग गरेनौँ र एकीकरणको इतिहासमा हाम्रो नाम पनि उल्लेख गर्नुपर्छ भनेर एकदिन पनि सोचेनौँ । बरु अमृत बोहराले बेलावखत कुरा उठाउनुहुन्थ्यो 'हाम्रो एकीकरण पनि इतिहासमा उल्लेख हुनुपर्छ' भनेर । हामीले जोड गरेको भए त्यो लेखिन्थ्यो पनि होला । हाम्रो समूहले त्यस्तो गर्नु असल हुन्छ भनेर कहिल्यै ठानेन । किनभने हामी सानो समूहको अस्तित्व जोगाउन अखिल नेपाल क्रान्तिकारी कोअर्डिनेसन कमिटीमा समाहित भएका थिएनौँ । हामी स्वयं कोअर्डिनेसन कमिटी हुन त्यसभित्र प्रवेश गरेका थियौँ । ०४७ सालको एकीकरणका सन्दर्भमा पनि मेरो मनमा उही पुरानो कुरो खामिएको थियो । यद्यपि, माक्र्सवादी पृष्ठभूमिका पाका नेताहरूप्रति मभित्र सम्मान थियो । चौथो महाधिवेशनमा संयुक्त जनआन्दोलनको कार्यनीति पास गर्दादेखि नै हामी सबै वामपन्थीप्रति सकारात्मक हुन थालिसकेका थियौँ । ०४६ सालको आन्दोलनमा वाममोर्चामा समेटिएका नेताहरूलाई हामीले आफ्नै मानेका थियौँ । ०४७ सालको जेठ महिनासम्म मेरो सोचाइ थियो- हामीले व्यक्तित्व लिने हो, कसिंगर बटुल्ने होइन । मदन भण्डारी र जीवराज आश्रतिसँग मेरो लामो बहस पनि भएको थियो । मैले मनमोहन अधिकारीजस्ता व्यक्तित्वलाई मात्र आवश्यक पात्र ठानेको थिएँ । एकीकरणको काममा चुर्लुम्मै डुबेर लाग्नुभएकामध्ये हुनुहुन्थ्यो भरतमोहन अधिकारी र केशरमणि पोखरेल । केशरमणि पोखरेलको इतिवृत्ति थाहा पाएको र आफैँले पनि भोगेको हुनाले म केशरमणि पोखरेललाई कमरेड मान्न तयार थिइनँ । भरतमोहन अधिकारीलाई भने मैले तिरस्कार गर्न सकेको थिइनँ । यसको पछिल्तिरको कारण थियो- उहाँसँग विराटनगरमा भएका एकाध भेटघाट ! बूढामान्छे मलाई राम्रै लागेका थिए, त्यतिवेला । तर, एकीकरण भएछ मजस्ताले पत्तै नपाई । भोलिपल्ट सुनेँ मैले । मदन भण्डारी नै महासचिव छानिनुभएको खबर पनि सार्वजनिक भइसकेको थियो । मैले उहाँलाई भेटेरै भनेँ, 'म यो एकीकरणको पक्षमा उभिन सक्दिनँ । यसले हामीलाई चुनावमा अलिक बढी सिट ल्याउन त मद्दत पुर्याउला, तर विचारहीन भीडलाई म पार्टी मान्न सक्दिनँ ।'म कतिसम्म विरोधमा थिएँ भने सुनकोसी छापाखानामा दृष्टि पत्रिकामा समाचार बनाउने सन्दर्भमा म त्यहाँ पुगेको वेला नारायण ढकालले मसँग प्रतिक्रिया लिन खोज्नुभएको थियो । मैले भनेँ, 'हामीले नेपाल कम्युनिस्ट पार्टी माक्र्सवादी-लेनिनवादीलाई आर्यघाट पुर्यायौँ । हाम्रो स्खलन सुरु भयो ।'पछि नारायण ढकालले मेरो यो प्रतिक्रियालाई आफ्नै हिसाबले भिन्न-भिन्न ठाउँमा पुर्याउनु पनि भयो । मेरो प्रतिक्रिया उहाँलाई मन परेको थिएन । माथिकै स्पिरिटमा मैले मदन भण्डारीसँग बहस गरेको थिएँ । तर, मदनसँगको बहसमा मेरो के पार लाग्थ्यो र ! चित्तै दुःखाएर भए पनि मैले एकीकरणको पक्षमा आफूलाई उभ्याउनै पर्यो ।मन त दुःखेको थियो नै, एकीकरणपछि म अलपत्र पनि परेँ । आफूले के काम गर्ने हो भन्ने मलाई पत्तै भएन । किनभने हामी केहीको काम, कर्मथलो, कमिटी केही पनि तोकिएको थिएन । त्यसको कारण थियो- एकीकृत पार्टीको केन्द्रीय कमिटीको गठनको अन्तिम टुंगो लाग्न नसक्नु । माघ महिना लाग्नै आँटेको थियो । म बागबजारमा रहेको केन्द्रीय कार्यालयको काम हेर्थें, त्यतिवेला । मदन भण्डारीले मलाई आफ्नो कोठामा बोलाउनुभयो । 'तपाईंसँग भाका मिलाएर बोलिरहन मैले नपर्ला होइन ?' उहाँको पहिलो प्रश्न थियो ।'पर्दैन,' मैले सामान्य ढंगमै भनेँ । 'केन्द्रीय कमिटीको संयोजन मिलाउन मलाई अप्ठ्यारो भयो । दुई महिनाका लागि तपाईंले केन्द्रीय कमिटी बाहिर बसिदिनुपर्यो,' उहाँको स्वरमा कुनै बनावटीपन थिएन । 'मैले नै किन ?' यो मेरो प्रश्न थियो । 'किनभने अरू कोही मेरो कुरो सुन्न तयारै छैनन् । तपाईंले मेरो अप्ठ्यारो बुझ्नुहुन्छ भनेर मैले तपाईंलाई अलिक दिन बाहिर बस्नूस् भनेको हुँ ।'मैले हुन्छ भनेँ । त्यो हुन्छले मलाई बेस्सरी फाइदा पुर्याएछ । केन्द्रीय कमिटीको नामावली सार्वजनिक भएपछि पहिलो प्रतिक्रिया तीर्थ कोइरालाले दिनुभएको थियो, 'कस्तो अनौठो केन्द्रीय कमिटी बनेछ, तपाईं बाहिर अरू भित्र ।''मदन कमरेडले तपाईं अलिक दिन बाहिरै बसिदिनूस् भन्नुभयो । मैले मानेँ ।''मलाई भन्नुभएको थियो, मदन कमरेडले ।'तीर्थको फोन आरम्भ थियो । लगातार फोन आइरहे । मैले यथोचित उत्तर दिँदै रहेँ । अहिले पनि मलाई अनौठो लाग्छ- किन त्यतिवेला मैले आफ्नो अधिकार खोजिनँ ! त्यतिवेला कुनै पनि माक्र्सवादी केन्द्रीय समितिको सदस्यको कुरै छाडौँ, आफ्नै माक्र्सवादी-लेनिनवादी टिमको तर्फबाट पनि म पुरानो, कामकाजी, दिएको जिम्मेवारी सधैँ पूरा गर्दै आएको केन्द्रीय सदस्य थिएँ । तर, मदन भण्डारीले, 'तपाईं बस्नूसभन्दा कोही मान्दैनन्, तपाईं बसिदिनूस' भनेपछि मैले महासचिवकै मन दुःखाइ-दुःखाई केन्द्रीय कमिटीमा जानु अनुचित ठानेँ ।रंग न ढंगको केन्द्रीय कमिटी बनेको थियो, त्यतिवेला । दुवै पार्टीबाट १४-१४ जना सदस्यलाई लिएर । १४ दुनी २८ को गणितले राजनीतिक पार्टी सञ्चालन गर्न सक्ने कुरै थिएन । महिनादिनमै केन्द्रीय कमिटीको ठाउँ राष्ट्रिय परिषद्ले लियो । म पनि परेको थिएँ, त्यो राष्ट्रिय परिषद्मा । सायद माक्र्सवादी फाँटबाट आउनुभएका केही केन्द्रीय सदस्यले आफूलाई फिर्ता लैजानुभयो आफ्नै पुरानो खण्डहरतिर । त्यसैले पुनर्गठन भइहाल्यो केन्द्रीय कमिटी । म फेरि भएछु केन्द्रीय कमिटीको सदस्य । आज-भोलि हाँस उठ्छ मलाई त्यतिवेला हामीले के नाटक खेलेका थियौँ भनेर । गर्व पनि लाग्छ, आफ्नो समूह एकीकरण गर्नु राम्रो हुँदैन भन्ने मान्यताले जितेरै छोड्यो आखिर भनेर । पोलिट ब्युरोमा पुर्याइएका केशरमणि पोखरेल पछि कांग्रेसको चौवन्नी सदस्यमा रूपान्तरित भए । केन्द्रीय कमिटीमा ल्याइएका आधादर्जन नेताले पूर्णकालीन भएर काम गर्नुपर्ने जानकारी पाएपछि एकीकृत पार्टी नै छाडिदिए । अहिले पनि म त्यो एकीकरणको प्रशंसामा गीत गाउन सक्दिनँ । हो, त्यसले एउटा बलियो मनोभाव उभ्याइदियो, जनताको मनमस्तिष्कमा । हामीले कम्युनिस्ट आनदोलनका हस्तीहरू पाएका थियौँ- मनमोहन अधिकारी, सहाना प्रधान, भरतमोहन अधिकारीका रूपमा । चुनाव पनि हामीले अपेक्षित हिसाबले नै जित्यौँ । तर, पार्टीको अन्तिम गन्तव्य चुनावमा धेरै सिट जित्नु मात्रै हो ? होइन । त्यसैले त्यो एकीकरणको प्रक्रिया ठीक भएन । योग्यता र भूमिकाकै आधारमा व्यक्तिहरूलाई स्थान दिनुपथ्र्यो । इतिहास मात्रैले के गर्दारहेछ र ! टाँसिएको केन्द्रीय कमिटीले केशरमणि पोखरेलमाथि नेपाली कांग्रेससम्म सूचना पुर्याउने व्यक्ति भनेर चियोचर्चो गरेकै थियो । नभन्दै उनलाई एकीकृत नेकपाको केन्द्रीय कमिटीभन्दा नेपाली कांग्रेसको चौवन्नी सदस्यता नै सम्मानको चिनो भइदियो ।

बाहिर निस्कनासाथ च्याप्प
२०१७ पुस १ गते नेपाली काङ्ग्रेसको बैठकमा भाग लिन थापाथली जानु थियो । त्यसै अवसरमा गद्दी बैठक, जहाँ नेपाल ब्याङ्कको कार्यालय थियो, बाट केही रुपियाँ झिकौँ भनेर त्यसतर्फ लागेँ । ब्याङ्कबाट बाहिर के निस्किएको थिएँ, पक्राउ परहिालेँ । मैले अपराध केही नगरेको भए पनि काङ्ग्रेसको समर्थन गर्नु पञ्चायतमा काफी थियो । पछि थाहा पाएँ, मभन्दा अघि नै धेरै काङ्गे्रसी समर्थक-शुभेच्छुकहरू पनि समातिएका रहेछन् । राजा महेन्द्रले त्यसै दिन मन्त्रिमण्डल विघटन गरेर शासनसत्ता लिएका रहेछन् ।हामीलाई नख्खु जेल पुर्याउनुअघि राजाको कदम असल कि खराब भनी सोधियो । राणा शासनकालमै निर्वाचित सरकार चाहिन्छ भनेर माग गर्ने मबाट राजाको कदमको समर्थन हुने कुरा भएन । मलाई सरासर नख्खु जेल लगियो । त्यहाँ करबि दुई सय जनालाई बन्दी बनाइसकिएको रहेछ । त्यसमा राजाको कदमको विरोध गर्नेहरूकै बाहुल्य थियो । उनीहरू सबै केही न केही लेखिरहन्थे, पढिरहन्थे । गिरजिाप्रसाद कोइराला पनि केही लेखिरहेको देखिन्थे । तारिणीप्रसाद कोइरालाले त अङ्ग्रेजी-नेपाली शब्दकोश लेख्न सुरु गरेका रहेछन् । मलाई पनि त्यस वातावरणले आकषिर्त गर्यो र लेख्नु नै पर्छ भनेर फेर िपनि उपन्यास लेख्न थालेँ ।त्यसबखत किताब किनेर पढ्ने वातावरण थिएन । त्यसअघि स्वयम् मैले वसन्ती उपन्यास लेखेर त्यस्तो वातावरण भोगेको थिएँ । कसैलाई सित्तैँमा दिँदा पनि पढ्न मान्दैनथे । एक जना छिमेकी 'अन्डर ग्रयाजुएट' केटोलाई पढ् त भनेर दिएको त्यो उपन्यास पढ्दै पढेन । पढ्यो कि पढेन भनेर खोजखबर गर्दागर्दै थाकेपछि त्यसको पिछा गर्न छोडेँ । वसन्ती उपन्यास मैले ००५ सालमा आफ्नै प्रयासमा प्रकाशित गरेको हुँ । २ रुपियाँ मूल्यको त्यो उपन्यास २५ वर्षसम्म एक प्रति पनि बिक्री भएन । त्यसैले नख्खु जेलमा बस्दा मलाई लेखनतिर त्यति मन जागेको थिएन । तर, त्यहाँको वातावरणले मलाई नलेखी बस्न दिएन । यसरी त्यस जेलमा छ वर्ष रहँदा मैले सेतो बाघ उपन्यास लेखिसिध्याएँ । तर, ०२३ सालमा जेलबाट छुट्दा मलाई त्यो उपन्यासको पाण्डुलिपि लिएर बाहिर आउन मनै लागेन । आफ्ना केही झिटीझाम्टा बोकेर बाहिरनि लाग्दा जेलरले रोकेर 'खै त तपाईंको उपन्यासको पाण्डुलिपि ?' भनेर सोध्यो । मैले भने, "त्यो यहीँ छाडेर जान लागेको ।" सामान्य पढेलेखेको त्यो जेलरको खास पद खरदार थियो । त्यस बखत त्यो पद पनि उपल्लै स्तरको मानिन्थ्यो । उसले भन्यो, "नेहरू र गान्धीले जेलमै लेखेका कृति प्रख्यात भएका छन् । तपाईंको यो उपन्यास पनि सनसनी मच्चाउने खालको हुनसक्छ ।" मलाई त्यति भनेर उसले सिपाहीलाई अह्राइहाल्यो, "गएर ल्याइदिई हाल् ।"यसरी म पाण्डुलिपि लिएरै घर गएँ । त्यस बखत अरू काम नभएकाले सामान्य लेखपढ गरेरै समय बिताइरहेको थिएँ । ०३० सालकै आसपास हुनुपर्छ, साझा प्रकाशनका सचिव शङ्कर कोइराला सरासर मेरो घरमा आएर भने, "तपाईंले जेलमा लेखेको उपन्यास दिनूस्, म छाप्छु ।" उनको कुरामा मलाई विश्वासै भएन । कसैलाई सित्तैँमा दिँदा त पढ्न नमान्ने जमानामा १५ हजार रुपियाँमा पाण्डुलिपि नै किन्छु भनेको सुन्दा पत्याउने कुरा पनि भएन । रमाइलो गरेको होला भन्ठानेँ । तर, उनले त गोजीबाट हजार-हजारका १५ वटा नोट निकालेर मेरो हातमा थमाइ पो दिए । राणाको स्तुति र राजाहरूको प्रशस्तिमा लेखिएका कृतिले बक्सिसस्वरूप एक-दुई हजार रुपियाँ प्राप्त गर्ने जमानामा हुर्केको राणा थिएँ म । त्यसले गर्दा पनि मलाई कोइरालाको व्यवहार अविश्वसनीय लाग्यो । जेहोस्, पछि खुसी हुँदै कपडामा बेरी राखेको त्यो उपन्यासको पाण्डुलिपि उनलाई थमाइदिएर रुपियाँ लिएर बैठक कोठामा पसेँ ।घरअगाडि नै रहेको साझा प्रकाशनबाट केही दिनपछि बोलावट आयो । उत्साहित हुँदै त्यहाँ पुगेँ । त्यहाँ त टाउको फुटेका, हात भाँच्चिएका र रगतपच्छे मान्छेहरूको एक किसिमको भीड नै लागेको रहेछ । पुलिसले घेरा पनि हालेको छ । मेरो मन ढक्क फुलेर आयो, फेर िजेल परनिे भइयो भन्ने लाग्यो । आफैँले प्रकाशित गरी बिक्रीका लागि पठाएको उपन्यास 'माथिको आदेश'मा साझाले नबेच्न उर्दी जारी गरेपछि किन्न र बेच्न पाउनुपर्छ भन्नेहरूको भीडका कारण त्यस्तो अवस्था सिर्जना भएको रहेछ । घटना अनौठो रहेछ । त्यो थाहा पाउँदा एक किसिमको खुसी पनि लाग्यो । मलिनो अनुहार बनाएर बसेका साझाका तत्कालीन अध्यक्ष, जसको नाम हाल सम्झना भएन, ले भने, "अब तपाईंको उपन्यास यहाँबाट बिक्री-वितरण हुन सक्दैन । बिक्रीका लागि पठाइएका सबै प्रति यहाँ झिकाइसकिएको छ । यो सबै तपाईं लिएर जानूस् ।" कुनै प्रतिक्रिया नजनाई म घरतर्फ लागेँ ।अहिले सम्भिmँदा सबै कुरा जुर्नुपर्दो रहेछ जस्तो लाग्छ । त्यसको केही दिनपछि रत्न पुस्तक भण्डारका प्रकाशक मेरो घरमा टुप्लुक्क आइपुगे । उनले जोड दिँदै भने, "तपाईंको पुस्तक म छाप्छु ।" म हाँसेँ । तर, उनले जिद्दी छाडेनन् । कसैलाई थाहा नदिई बनारसमा छापेर बिक्री-वितरण गर्ने अनि त्यसबापतको १५ हजार रुपियाँ अगि्रम भुक्तानी अहिले दिनेमा उनको जोड थियो । यसरी छापिएर सेतो बाघ धमाधम बिक्री हुन थाल्यो । कुनै रोकावट आएन । त्यसपछि साझाले पनि आफूले सो उपन्यासको पाण्डुलिपि खरदि गरेकाले पुनः छाप्न पाउनुपर्ने जिकिर गर्यो । मैले रोक लगाउने कुरै थिएन । यसरी दुवै संस्थाबाट धमाधम उपन्यास छापेर बिक्री गर्न थालियो । चर्चाको पनि सीमै रहेन ।अहिलेसम्म मेरा सातवटा उपन्यास प्रकाशित भइसकेका छन् । तीबापत् स्वदेशबाट जस्तै विदेशबाट पनि वाषिर्क ७० हजार रुपियाँ रोयल्टी पाउँछु । एक किसिमले तिनै उपन्यासको रोयल्टीबाट मेरो दालभात चलेको छ । यसैमा म धेरै खुसी छु । गृहप्रवेश मेरो अन्तिम उपन्यास हो । त्यसको दोस्रो संस्करण निकाल्ने अभियानमा लागेको छु । ५० रमि कागजको जोरजाममा जुटेको छु । अहिले पनि उपन्यासका प्लटहरू फुररिहेका छन् तर आँखाको समस्याका कारण लेख्न सकिरहेको छैन । तसर्थ, मेरा लागि यो समय कताकता एक किसिमले बोझ बनेर खडा भएको छ ।
Dayaman Samser Rana
Dayaman Samser Rana
झापा आन्दोलनदेखि ०३९ सम्म
तत्कालीन पञ्चायती व्यवस्थाको अत्याचारले सीमा नाघ्दै थियो । सबैतिर विभिन्न किसिमले पञ्चायती व्यवस्थाविरुद्ध आवाज बुलन्द हुँदै गइरहेको थियो । त्यसैबेला झापामा तत्कालीन पञ्चायती व्यवस्था र निरंकुश सरकारविरुद्ध एकीकृत आन्दोलन प्रारम्भ भयो । यो त्यस्तै २०२७ सालतिरको कुरा हो । झापामा मोही, सुकुम्बासी कृषक युवा विद्यार्थीले एकीकृत आन्दोलनको शंखघोष गरे ।म काठमाडौंमा पढ्दै गरेको भए तापनि झापामा सुरु भएको एकीकृत आन्दोलनको प्रभावले झापा फर्किएँ । झापामा आन्दोलन चर्काउनुपर्छ भन्ने उद्देश्यले झापा गएर त्यहाँको विद्यार्थी आन्दोलमा नेतृत्वदायी भूमिका खेल्न थालँ । त्यतिबेलासम्म झापामा विभिन्न भूमिगत कम्युनिस्ट संगठनले भूमिगत रूपमै सरकारविरोधी गतिविधि सञ्चालन गरिरहेका थिए । विद्यार्थी संगठनमार्फत कम्युनिस्ट पार्टीको गतिविधिलाई प्रत्यक्ष रूपमै सघाउन थालियो । त्यतिखेर मनमोहन अधिकारीको नेतृत्वमा रहेको भूमिगत संगठनमा राधाकृष्ण मैनाली, द्रोणाचार्य क्षेत्री, लीला उदासी गोपाल प्रसाईंलगायत थिए । उहाँहरूकै प्रभाव र संगठनले हामी कैयौँ विद्यार्थी प्रभावित भएर सोही संगठनमा आबद्ध भयौँ । त्यतिवेला कम्युनिस्ट पार्टीमा लागेका जुझारु योद्धाहरू संघर्षलाई घनिभूत रूपमा अघि बढाउँदै क्रियाशील थिए ।
०३३ माघदेखि कोसिस गरी चैत १२ गते राति हामी १५ जना क्रान्तिकारी ६५ हात लामो सुरुङ खनी जेल ब्रेक गरेर बाहिर निस्कियौँपञ्चायती निरंकुश सरकारले भने अन्दोलन दबाउन विभिन्न उपाय गर्दै जान थाल्यो । क्रान्तिकारी योद्धा डटेर सामना गर्दै अगाडि बढ्न थाले । क्रान्तिकारी भूमिगत संगठनभित्र सरकारविरुद्ध झन् सशक्त आन्दोलन र विद्रोह गर्नुपर्छ भन्ने भावना उद्वेलित हुन थाल्यो । जसको परिणामस्वरूप ०२८ सालमा सशस्त्र आन्दोलन गर्ने निर्णय भयो । यो सशस्त्र आन्दोलन विशेषगरी पञ्चायती निरंकुशताविरुद्ध क्रान्तिविरोधी तत्त्व र गाउँका जमिनदारविरुद्ध लक्षित थियो । ***सशस्त्र विद्रोह सुरु भएपछि त्यसलाई दबाउन निरंकुश पञ्चायती सरकारले दमनका कठोर उपाय अपनाउन थाल्यो । गाउँ-घरका लठैत मण्डलेहरूलाई क्रान्तिकारी योद्धाको विरुद्धमा उतार्न थालियो । क्रान्तिकारी योद्धाले जमिनदारको टाउकै काट्न थाले । २८ सालदेखि ३० सालसम्म झापामा हिंसात्मक आन्दोलन जारी रह्यो । त्यसै समयमा ०२९ सालको फागुनमा दर्जनाँ क्रान्तिकारी योद्धा गिरफ्तार हुन पुगे । जेल सार्ने बहानामा सुखानीको जंगलमा रामनाथ दाहाल, नेत्र घिमिरे, विरेन राजवंशी, नारायण श्रेष्ठ, कृष्ण कुइँकेललाई गोली ठोकेर हत्या गरियो । सरकारले श्वेत आतंक मच्चाउन थाल्यो । आन्दोलन भने झनै सशक्त भएर अगाडि बढ्न थाल्यो । फेरि ०३० को साउनतिर केही योद्धा पक्राउ परे र चन्द्र डाँगीको हत्या गरियो । यसरी क्रान्तिकारी योद्धा समातिने र हत्या हुनेक्रम बढेपछि आन्दोलनमा केही शिथिलता देखिन थाल्यो । झापा आन्दोलनले ठूलो क्षति व्यहोर्नुपर्यो । उता त्यही समयमा ०३१ सालमा विश्वनाथ भट्ट तथा माधव नेपालहरूको नेतृत्वमा अर्को क्रान्तिकारी भूमिगत संगठनले आन्दोलन सञ्चालन गर्दै थियो । झापा र मोरङमा छुट्टाछुट्टै किसिमले सञ्चालन भएका क्रान्तिकारी आन्दोलनलाई एकीकृत गर्नुपर्छ भन्ने सोच दुवै पक्षमा आउन थाल्यो र यी दुवै संगठन र आन्दोलनले राष्ट्रिय कम्युनिस्ट पार्टी गठन गरौँ भन्ने संयुक्त अपिल प्रकाशित गरे । ०३२ जेठ २५ र २६ मा विराटनगरको मजदुर बस्तीमा भएको भूमिगत भेलाले अखिल नेपाल कम्युनिस्ट क्रान्तिकारी केन्द्रीय कोअर्डिनेसन कमिटी गठन गरियो । त्यस संगठनको सचिवमा म छानिएँ भने सदस्यमा माधव नेपाल, झलनाथ खनाल, गोविन्द न्यौपाने, मुकुन्द न्यौपाने, अमृत बोहरा, रामचन्द्र यादव(बिहार) र मनिलाल राई सिराहा थिए । सो कोअर्डिनेसन कमिटीले आन्दोलनलाई विस्तार गरी झापा-मोरङबाट सुनसरी, इलाम, ताप्लेजुङ, पाँचथर, सिराहा, धनुषा, बारा, काठमाडौं, सिन्धुपाल्चोकमा संगठनलाई विस्तार र व्यापक पार्ने निर्णय गर्यो । ***यता संगठन विस्तार गर्ने निर्णय गरे पनि उता पञ्चायती सरकारले दमनलाई अझ सशक्त बनाउँदै लगिरहेको थियो । यसैक्रममा ०३२ साल माघ १ गते धनुषामा माधव नेपाललगायतका नेता-कार्यकर्ता पक्राउ परे । त्यसको केही दिनपछि माघ १७ गते झापामा आन्दोलनकै क्रममा म, गोविन्द न्यौपाने, गौरा प्रसाईं, श्याम भुर्तेललगायत समातिएर जेल पर्याँ । पार्टी नेतृत्वविहीन हुने डरले हामीले जेलबाटै झलनाथ खनाललाई कार्यवाहक सचिव बनाउन खबर पठायौँ । त्यसपछि ०३३ को वैशाखमा साथीहरूले खनाललाई कार्यवाहक सचिव बनाएर जिम्मेवारी दिनुभयो । तर, बिडम्वना खनाललाई नेतृत्व दिएको केही दिनमै उहाँको असावधानीका कारण भारत जाने क्रममा बोर्डरमा उहाँ पनि समातिनुभयो । त्यसपछि पुनः कार्यवाहक सचिवको जिम्मेवारी अमृत बोहरालाई दिइयो । हामीलाई ३३ सालको वैशाखमा झापाबाट काठमाडौं जेलमा सरुवा गरी नख्खु जेलमा राखियो । हामी क्रान्तिकारी साथीहरू सो जेलमा धेरै संख्यामा थियौँ । जेलभित्रै संगठन सशक्त बनाएर जेल ब्रेक गर्ने योजनामा लाग्यौँ । ०३३ माघदेखि कोसिस गरी चैत १२ गते राति हामी १५ जना क्रान्तिकारी ६५ हात लामो सुरुङ खनी जेल ब्रेक गरेर बाहिर निस्कियौँ । जेल ब्रेक गर्नेमा म, प्रदीप नेपाल, धर्म घिमिरे, नरेश खरेल, धनेन्द्र बस्नेत अशोक न्यौपाने, गोपाल शाक्य, माधव पौडेल, वीरबहादुर लामा, नारद वाग्लेलगायत थियाँ । जेल ब्रेक गरेर बाहिरिएपछि मलाई पुनः कोअर्डिनेसन कमिटीको सचिव बनाइयो । कोअर्डिनेसन कमिटी (तत्कालीन माले) मा देशभरमा क्रान्तिकारी आन्दोलन गरिरहेका विभिन्न समूह समाहित हुन थाले । मदन भण्डारी, जीवराज आश्रतिलगायतको मुक्ति मोर्चा तथा पूर्वको रातो झन्डा समूह पनि समाहित भयो । त्यस्तै, दाङमा बेच्चन (नेत्रलाल अभागी) को दंगाली क्रान्तिकारी समूह तथा गण्डकीको माले दल पनि समाहित भयो । एकीकृत माले भएपछि पनि त्यसको महासचिवमा मलाई नै निर्वाचित गरियो भने माधव नेपाल जीवराज आश्रतिलगायत पोलिट ब्युरोमा छानिनुभयो भने मदन भण्डारी, मोदनाथ प्रश्रति वामदेव गौतम, रत्न बान्तवालगायत केन्द्रीय सदस्यमा छानिनुभयो । त्यतिखेर पनि मालेले पञ्चायतविरुद्ध सशस्त्र जनसंघर्ष गर्ने प्रमुख कार्यनीति लियो र जनआन्दोलनलाई पनि उत्तिकै प्राथमिकतामा राख्ने नीति तय भयो । पछि बढी जोड जनआन्दोलनलाई नै दिइयो । पार्टी गठनपछि सशस्त्र आन्दोलन खासै भएन । जनसंगठनलाई नै बढी प्राथमिकता दियाँ । पछि ०३६ सालको जनमत संग्रहमा मालेले नीतिगत रूपमा बहिष्कार गरे पनि आफ्ना कार्यकर्तालाई स्वतन्त्र छोडिदिएको थियो र मालेका कार्यकर्ताले भने बहुदलको पक्षमा मतदान गरेका थिए । ***०३८/३९ सालतिर आइपुग्दा नपुग्दै मालेभित्र विचार, नीति र कार्यक्रमलाई लिएर व्यापक मतभेद देखापर्न थाल्यो । विवादले प्रखर रूप लिन पुग्यो । मलाई महासचिवबाट हटाउने खेल सुरु भयो र राजावादीको कथित आरोप लगाएर मलाई महासचिवबाट मात्रै नहटाएर पोलिटब्युरोबाट समेत हटाइयो । त्यस कदम मप्रतिको बेइमानी मात्र थिएन, घोर अराजनीतिक थियो । नीतिगत रूपमा पनि म कार्यनीतिमा पञ्चायती व्यवस्थाको अन्त्य र बहुदलीय व्यवस्थाको स्थापना हुनुपर्छ भन्ने नीति राख्थेँ, तर वामदेव, माधव तथा झलनाथहरू राजतन्त्रको अन्त्य र अन्तरिम जनवादी सरकारको स्थापना हुनुपर्ने कार्यनीति लिएका थिए, तर त्यो तत्कालका लागि सम्भव थिएन । यी तमाम कारणले गर्दा मलाई महासचिवबाट हटाएर झलनाथलाई महासचिव बनाइयो । पछि केपी ओलीको संयोजकत्वमा मेरो कारबाहीसम्बन्धमा छनबिन गर्न बनेको कार्यदलले कारबाही गलत भएको निष्कर्ष निकाल्दै कारबाही फुकुवा गर्ने सुझाव दिएपछि कारबाही फुकुवा भयो र मलाई ०३९ सालदेखि नै पार्टीको पोलिट ब्युरो र केन्द्रीय कमिटीमा रहेको निर्णय गर्यो । पछि ०४६ सालको भदौमा सम्पन्न चौथो महाधिवेशनले झलनाथलाई हटाएर मदन भण्डारीलाई महासचिवमा निर्वाचित गर्यो ।मदन भण्डारीका बारेमामदन भण्डारीले त्यतिखेर प्रतिपादन गरेको बहुदलीय जनवाद सिंगो माक्र्सवादविरुद्धको प्रहार थियो । तर, त्यतिखेर कतिपय आफूलाई कम्युनिस्ट भन्नेहरूले त्यो कुरा बुझ्न सकेनन् । बहुदल भर्खरै आएकाले पनि उनको बहुदलीय जनवादप्रति आकर्षण बढ्नु स्वाभाविक थियो । वास्तवमा मदनलाई पुँजीवादीहरूले सम्मान गर्नु स्वाभाविक थियो, तर हामी माक्र्सवादीले उनलाई सम्मान गर्ने ठाउँ नै थिएन । उनले माक्र्सवादीलाई गरेको दमनको पीडा मलाई मात्र थाहा छ । तर, उनको केही सुन्दर पक्ष पनि छन् । उनले विरोधीको भनाइ पनि सुन्थे । जब मालेको चौथो महाधिवेशनबाट उनी महासचिव चुनिए, त्यसपछिको पहिलो बैठकमा मैले पञ्चायती निरंकुशताविरुद्ध लड्न वाममोर्चा बनाउनुर्ने र कांग्रेससँग मिलेर जानुपर्ने प्रस्ताव राखँे, त्यसलाई मदनले पारित गराए । एमालेको बारेमा एमालेले जनआन्दोलन २ सफल पारी शान्ति स्थापना गर्न महत्त्वपूर्ण भूमिका खेलेको भए पनि यसको राजनीतिक नीति र योजना स्पष्ट छैन । एमालेको नीति नै ढुलमुले र अस्थिर छ । उसको चरित्र पनि त्यस्तै प्रकृतिको छ । एमालेले आफ्नो कार्यनीति सच्चाएर आफूलाई कम्युनिस्ट पार्टीका रूपमा स्थापित गर्छ भन्नेमा आशावादी हुन सकिन्छ । CP Mainali
प्रस्तुति: सागर पण्डित

Saturday, January 3, 2009
गुमनाम मन्डेला
मोहनचन्द्र अधिकारी नेता चर्चित झापा-आन्दोलनका अगुवा,
'एसियाका मण्डेला' अर्थात् मोहनचन्द्र अधिकारी अहिलेका सबै कम्युनिस्ट पार्टी संशोधनवादी भएकोमा फ्रस्टेटेड छन् । उनी सल्लाहाकार रहेको पार्टी एमालेले कुनै भूमिका दिएको छैन । चित्त शान्तिका लागि उनी योग र ध्यान गर्ने गर्छन् । उनी भन्छन्- '१६ वर्ष जेल बस्दा पञ्जाबी बाबाबाट निर्विकल्प समाधि सिकेको थिएँ, त्यही काम लागेको छ ।'को हुन् मोहनचन्द्र ?'जवाहरलाल नेहरू विश्वविद्यालयमा भारतीय पूर्वप्रधानमन्त्री चन्द्रशेखरले १० मिनेट नेपालको बारेमा बोले, २० मिनेट मेरो बारेमा । त्यही भाषणमा उनले मलाई 'एसियाका मण्डेला' भनेका हुन् ।' एसियाका मण्डेला अर्थात् मोहनचन्द्र अधिकारी । २००७ सालको आन्दोलनमा सक्रिय, २८ सालको झापा विद्रोहका अगुवा । २०३० देखि २०४६ सम्म जेल । त्यसपछि नेपालमा उठ्नै लागेको प्रथम जनआन्दोलनको लागि वैदेशिक समर्थन जुटाउन भारत प्रस्थान । आन्दोलनको सफलतापछि राजनीतिमा सक्रिय । दुईवटा कम्युनिस्ट पार्टी एकीकरण गरी नेपाल कम्युनिस्ट पार्टी एमाले गठनमा भूमिका । जनआन्दोलनपछिको निर्वाचनमा मोरङबाट उम्मेदवारी । पराजित । एमालेद्वारा राष्ट्रिय सभामा मनोनीत । पछि एमालेको संशोधनवादी रबैया देखेर संसद्बाट राजीनामा । एमाले फुटेपछि मालेमा सम्बद्ध । मालेका महासचिव सिपी मैनालीले 'तपाईंको आर्थिक अभाव पनि छ, एमालेमै र्फकंनूस्' भनेपछि फेरि एमाले प्रवेश गरी पार्टी सल्लाहकार ।
'मलाई कतिले राजावादी भयो भने, कसैले कांग्रेस भयो पनि भने । मलाई आरोप लगाउनेहरू भए होलान्, तर म कहिल्यै राजावादी भइनँ, कांग्रेस पनि भइनँ ।सत्ताधारीको सल्लाहकारमोहनचन्द्रजीको घर खोज्दै पुरानो नैकाप पुग्दा साँझ खसिसकेको थियो । बत्ती गएको सहर । सायद अँध्यारोमा खोज्न सजिलो होस् भनेर उनले घरमा सेतो रङ पोतेका थिए । युवावस्थामा राणा र पञ्चायती निरंकुश सत्ताको विरुद्ध ज्यानको बाजी राखेर आन्दोलन र विद्रोहमा होमिएका र लामो र कठोर जेलजीवन बिताएका उनको भूमिका अहिले शून्यप्रायः छ । आफ्नो अस्तित्वसमेत अँध्यारोमा विलीन हुँदै गइरहेको हो कि भन्ने लाग्छ मोहनचन्द्रलाई । के गर्दैछन् त उनी आफ्नो पहिचान जोगाउन ? देशको हितमा सक्दो भूमिका खेल्न ? पंक्तिकारको प्रश्नमा उनी एकछिन् घोरिए र भने- 'एमालेले मलाई सल्लाहकारमा राखेको छ । सल्लाहकारको बैठकमा आक्कलझुक्कल बोलाउँछ । त्यत्ति हो ।' झापा विद्रोहमा जनताको रगत-पसिना चुसर जुँकाजस्तै ढाडिएका जमिन्दारको टाउको काट्दै हिँडेका यी आदिविद्रोही आजभोलि बाँकी केही नगरी बसिरहेका होलान् भन्नेमा म आफैं पनि विश्वस्त भइरहेको थिइनँ । कुरा खोल्लान् कि भनेर मैले उनलाई नेपाली राजनीतिमा उनको समस्त संलग्नता, योगदान बताउन भनेँ । अब भने यी युगपुरुष केही खुलेर बोल्न थाले । यसरी कम्युनिस्ट भएँमनमोहन अधिकारी मेरा माइला बुबा हुन् । २००७ सालको आन्दोलनताका १४ वर्षको उमेरमा म आन्दोलनमा सहभागी भएँ । २००७ सालमा राणाविरोधी आन्दोलनमा आदर्श जुद्धशमशेर स्कुलको गेट फोडेर प्रदर्शन गर्दा प्रहरीले निर्घात चुट्यो । त्यो पिटाइको असर होला, अझै निहुरिँदा छाती दुख्छ । म अरू बोलेको, कुरा गरेको सुन्दासुन्दै कम्युनिस्ट भएको हुँ । त्यतिबेला कम्युनिस्ट पार्टीका केन्द्रीय कमिटी सदस्य डिपी अधिकारीले मलाई सोधे- 'समाजवाद भनेको के हो ?' मैले फ्याट्टै भनिदिएँ- 'योग्यताअनुसारको काम, कामअनुसारको दाम ।' उनले फेरि सोधे- 'साम्यवाद भनेको के हो ?' मलाई कण्ठै थियो- 'योग्यताअनुसारको काम, आवश्यकताअनुसारको दाम ।' यति सुनेपछि 'लौ, यो ठिटोलाई पार्टीको सदस्यता दिए हुन्छ भने । यसरी म १६ वर्षको उमेरमा कम्युनिस्ट पार्टी-सदस्य भएको हुँ ।
झापा विद्रोह पञ्चायती निरंकुशताका भरौटेहरू र तिनका सिपाहीले निमुखा जनताको दिनदहाडै शोषण, बलात्कार, हत्या, अपहरण गरिरहेको हुँदा त्यसविरुद्ध सशस्त्र विद्रोह छेड्नुको विकल्प हामीले देखेनौँ । त्यतिखेर कांग्रेसले पनि हतियार उठाएको थियो । उनीहरू सिमानानजिकैबाट हान्थे र पारि लुक्न भाग्थे । हामीले फरक ढंगले विद्रोह थाल्यौँ । पञ्चायती राजविरुद्ध रगतको बदलामा रगत, गोलीको बदलामा गोली गर्नैपर्ने स्थिति थियो । हामीले राजनीति नपुगेको ठाउँमा राजनीति पुर्याउने, लडाइँ उठेको ठाउँमा लडाइँ गर्ने नीति अख्तियार गरेका थियौँ । प्रान्तीय कमिटीको तर्फबाट मैले नै अगुवाई गरिरहेको थिएँ । गुरिल्ला दस्ता गठन गरेर र घरेलु हतियार भेला पारेर हामीले जमिन्दार सफायालगायतका अभियान सुरु गरियो । दुई वर्षको आन्दोलनका दौरान हाम्रोतर्फबाट छ/सातजना मान्छे मरे होलान् । राज्यतर्फबाट समेत गर्दा त्यस्तै चौध/पन्ध्रजनाको ज्यान गयो त्यतिखेर । सुखानीमा हाम्रा साथीहरू रामनाथ, नेत्र, विरेन, कृष्ण कुइँकेल र नारायण श्रेष्ठलाई निर्मम ढंगले मारियो । अर्का साथी रामप्रसाद भकारीमा लुकेका रहेछन्, प्रहरीले भकारी बाहिरबाट बाँसका भाटाले घोचीघोची उनलाई मारे । पक्राउ परेका कति जेलमै मरे, त्यसको लेखा नै रहेन । मलाई सुट एट साइट अर्थात् देख्दाबित्तिकै गोली हान्नू भन्ने आदेश थियो । झापा आन्दोलनको ४५ पेजको डकुमेन्ट मेरो ह्यान्ड राइटिङ रद्दी भएर केपी ओलीले सारेका थिए । हामी त्यो लिएर हिँडिरहेका बेला इनरवरी भन्ने स्थानमा आइपुगेका थियौँ । म हामी बस्दै आएको 'डेन' केही दिन नछोडौँ भनिरहेको थिएँ । तर, केपी एउटा अपिरिचित केटोले भन्यो भन्दैमा सुरक्षित ठाउँ खोज्न उसकै पछि लागेर हिँडिदिए । त्यो केटो पञ्चेको सुराकी रहेछ, सिधै थानामा पो लग्यो । यसरी हामी गिरफ्तार भयौँ । थानामा साह्रै पिट्यो । बेहोस भइन्थ्यो, होस आएपछि फेरि पिट्थ्यो । पछि मलाई केन्द्रीय कारागारमा सारियो । केपीलाई भद्रगोल जेलमा । केही दिनमा मलाई खुंखार अपराधीलाई राख्ने 'सेल' भित्र थुन्यो । केपीलाई आजीवन जेल र मलाई फाँसीको सजाय सुनाइयो । पछि दरबारले नमार भन्यो रे, त्यसैले मलाई फाँसी भएन । माओवादीको दूतजनयुद्धका दौरान माओवादीले राजासँग कार्यगत एकता गर्ने सवालमा मलाई आफ्ना सन्देश उनीसम्म पुर्याउन आग्रह गरेका थिए । गोलमेच सम्मेलन, जनमत संग्रहको घोषणा र रेडकर्नर नोटिस फिर्ता लिनेलगायत माओवादीका सर्तहरू मैले राजा ज्ञानेन्द्रलाई पुर्याएँ । '२१औं शताब्दीमा जनअधिकार र समानुपातिक प्रजातन्त्र नदिई अब चल्दैन' भन्ने यथार्थ पनि मैले राजालाई बताएँ । उनले केही भनेनन् । अहिलेको राजनीति अहिले नेपालका सबै कम्युनिस्ट पार्टी संशोधनवादी हुन् । लोकेन्द्रबहादुरको नेतृत्वको सरकारमा जाने, प्रतिगमन सच्चियो भन्दै राजाका टिके प्रधानमन्त्री शेरबहादुरको सरकारमा समेत जाने, भारतीय इसारामा रातारात टनकपुर सन्धि संसद्बाट पारित गराउने पार्टी सर्वहाराको पार्टी हुन्छ ? कदापि हुँदैन । टनकपुर सन्धिले गर्दा हामीले हाम्रो हिस्सामा पर्ने आधा पानी र बिजुली गुमायौँ । भारतीयले आर्थिक उपनिवेश बनाएकै छन्, त्यसका विरुद्ध कम्युनिस्ट पार्टीको प्रष्ट नीति हुनुपर्छ । तर, खोई ? म एमालेका महासचिव र माधव नेपाललाई बारम्बार भन्छु, म तपाईंहरूले सोचेजति बुद्धू छैन । काम गर्न सक्छु । मलाई भूमिका चाहियो । तर, ती मलाई विश्वास गर्दैनन् । माओवादी पनि संशोधनवादी हो । हेर्नुस्, सत्तामा मुख्य डिसिजन गर्ने शक्ति मिलिट्री हो । राजाको खटनमा रहेको त्यो शक्ति र त्यसको संरचना अहिले पनि हुबहु कायमै छ । त्यसैले अहिलेको सत्ता पनि श्वेत सत्ता नै हो । राजतन्त्र जोगाउन खोज्ने यो श्वेत आर्मीलाई बोर्डर सेक्युरिटी र औद्योगिक सुरक्षा बलमा खटाउनुपर्छ । गणतन्त्रका लागि लड्ने जनसेनालाई नेपालको गणतान्त्रिक सेनाका रूपमा स्थापित गर्नुपर्छ । नेताहरू सेना समायोजन भन्छन्- लाल सेनालाई श्वेत सेनामा मिलाइदिने रे ! यो संशोधनवाद नभएर के हो ? प्रचण्डले पञ्चेश्वर फेरि बनाउने भएका छन् । माथिल्लो कोसी भारतलाई सुम्पने खेल भइरहेको पनि सुनिन्छ । जनताले नेपालका दलाल र नोकरशाहका विरुद्ध वास्तविक सर्वहारा क्रान्ति गर्न बाँकी नै छ । संविधान लेख्नुपूर्व विशाल जनआन्दोलन आवश्यक छ, नेताले मुखले भनेर हुँदैन, तिनलाई जनमुखी संविधान लेख्न बाध्य पार्न व्यापक जनदबाब अपरिहार्य छ । मलाई लाग्छ- छिट्टै नेपालमा एउटा नयाँ कम्युनिस्ट पार्टी प्रादुर्भाव हुन्छ, त्यसले सर्वहारा जनताको पक्षमा सही दृष्टिकोण लिन्छ र मुलुकलाई नयाँ दिशामा डोर्याउँछ ।
गृहस्थी र आध्यात्मिक रुझानलामो समय जेलमा बस्नुपरेको हुँदा मैले जेल छुटेपछि धेरै ढिलो बिहे गरेँ । घर-गृहस्थी मुस्किलले चलिरहेको छ । श्रीमतीको मसिनो जागिर छ, मलाई सल्लाहकारमा राखेको हुँदा एमालेले मासिक पाँच हजार दिन्छ । त्यत्ति आम्दानीले गुजारा गरेका छौँ । हो, मैले पूजाआजा पनि गरेँ । म कम्युनिस्ट हुँ । कम्युनिस्टहरू सत्यतथ्य के हो पत्ता लगाउन धेरै प्रयोगहरू गर्न रुचाउँछन् । जेल बस्दादेखि नै साँझ-बिहान पूजाआजा गर्न थालेको थिएँ, के हुँदोरहेछ त भनेर थाहा पाउन । जेल छुटेपछि पनि क्षमताअनुरूप भूमिका नपाएपछि र पार्टी संशोधनवादी हुँदै गएपछि म फेरि धार्मिक भएँ । पूजाआजा गरेँ, कोटिहोममा पनि बसेँ । त्यतिखेर मलाई कतिले राजावादी भयो भने, कसैले कांग्रेस भयो पनि भने । मलाई आरोप लगाउनेहरू भए होलान्, तर म कहिल्यै राजावादी भइनँ, कांग्रेस पनि भइनँ । निर्विकल्प समाधिम बेचैन भएको वेला निर्विकल्प समाधि लगाएर बस्छु । यो योगको चरम लक्ष्य हो । मैले पञ्जाबी बाबासँग सिकेको हुँ जेल बस्दाताका । यसका बारेमा खुलस्त बताउन त शब्दकोश लाटो हुन्छ । यद्यपि, समाधि के हो त भन्नेबारेमा अर्को बसाइमा चर्चा गरौंला ।
नेत्र आचार्यnetra.acharya@gmail.com

फूलको थुङ्गा बगेर गयो ...
कुनै वेला थियो, डोरबहादुरको अध्ययन, अनुसन्धान र आलेखले मानवशास्त्रमा तहल्कै मच्चायो । चर्चा चुलियो । भनिन्छ, विष्टको फ्याट्लिजम एन्ड डेभलप्मेन्ट प्रकाशित भएपछि मानवशास्त्रमा मै हुँ भन्ने विदेशीले समेत चक्मा देखे । सामान्य परिवारमा जन्मेर सरकारी स्कुल हुँदै यही नेपाली शैक्षिक प्रणाली झेलेर ख्याति कमाएको त्यो प्रज्वल व्यक्तित्व एक दिन साँच्चिकै हरायो । कता गायब भयो, कता ? उनको रिक्तता अझै छ, सायद रहिरहनेछ । डोरबहादुरलाई बोट-बिरुवा औधि मन पर्ने रे ! मूर्तिपूजा नगर्ने, टीका लगाउउने तैपनि आध्यात्मिक चिन्तनबाट ओतप्रोत थिए उनी । घरेलु उपचारदेखि लिएर आयुर्वेदसम्मको राम्रो ज्ञान थियो । मन लागे अपरिचतसँग पनि चुरोट मागेर सल्काउँथे । जीवनशैली थियो एकदम बिन्दास, तर सरल, घुमक्कड, खुला र एकदम बोलक्कड । फाट्टफुट्ट कविता, निबन्ध र कथामा कलम चलाउन रुचि राख्ने व्यक्ति अन्त्यमा नेपालको मानवशास्त्रकै जनक बनेर उदायो । डोरबहादुरको जीवन जति फकिर थियो, त्यत्तिकै संवेगपूर्ण र महत्त्वाकांक्षी पनि । भावना, कर्म र मानवीय स्वभावका रूपमा उनी कहिले लेकमा देखिए भने कहिले बेँसीमा ।सन् १९२८ अपि्रल १५, मा ललितपुरको झरुवामा जन्मिएका विष्टले सन् १९४७ मा पाटन हाइस्कुलबाट एसएलसी, सन् १९५० मा त्रिचन्द्रबाट आइए र सोही क्याम्पसबाट सन् १९५२ मा बिए पास गरेका थिए । बिए पास गरेलगत्तै उनी पाटनमा अवस्थित आदर्श कन्या निकेतन हाइस्कुलमा सन् १९५२ देखि सन् १९५७ सम्म प्रधानाध्यापकका रूपमा कार्यरत रहे ।
डोरबहादुरको जीवन जति फकिर थियो त्यत्तिकै संवेगपूर्ण र महत्त्वाकांक्षी पनि । भावना, कर्म र मानवीय स्वभावका रूपमा उनी कहिले लेकमा देखिए त कहिले बेंसीमा । साँच्चि उनी कता हराए हँ ?नेपाली समाज-विज्ञानमा गरेको ठूलो योगदान, प्रकाशित गरेका कृतिहरू, आफूमा भएको अद्भूत ज्ञान र क्षमताका आधारमा 'प्रोफेसर' बनेका व्यक्तित्व हुन् विष्ट । उनको नामअगाडि पिएचडीको डा. झुन्डिनै किन पर्यो ? जसको नाम मात्र काफी भयो नेपाली समाजशास्त्रीय वृत्तलाई । साँच्चै भन्ने हो भने उनको शैक्षिक योग्यता मात्र बिए पास थियो । उनले पढ्न नसकेर वा विश्वविद्यालयको ज्ञानबाट विचलित भएर होइन, औपनिवेशिक मानसिकता पालेका 'गोरा'हरूको अवरोधका कारण उनले प्रमाणपत्रधारी विद्याक्रममा पूर्णविराम लगाउनुपर्यो । सन् १९५७ मा उनको जीवनले एउटा घुम्ती पार गर्यो । लन्डन विश्वविद्यालयबाट एकजना चर्चित मानवशास्त्री क्रिस्टोफोर भोन फ्युरर-ह्यामिन्डर्फ हिमाली भेकको अध्ययन गर्न भारत आइपुगे । तर, भारत सरकारले उनलाई अध्ययन गर्ने अनुमति दिएन । भारतले केही वर्षअघि मात्र बि्रटिस उपनिवेशबाट स्वतन्त्रता प्राप्त गरेको समय थियो । मानवशास्त्रको अध्ययन गर्ने नाममा विदेशीले जासुसी गर्छन् भन्ने कुराले बिगबिगी मच्चिएको समय थियो त्यो ।भारतमा अध्ययन गर्न नपाइने भएपछि ह्यामिन्डर्फ नेपाल आए । सन् १९५० पछि नेपालले खुला नीति अपनाइसकेको थियो । ह्यामिन्डर्फ शेर्पाहरूका बारेमा अध्ययन गर्न भनी नेपाल पसेपछि, उनले खोजे अध्ययनलाई सघाउन एकजना अंग्रेजी अनुवादक । यो कुरा विष्टले चाल पाए । र, सीधै ह्यामिन्डर्फकहाँ पुगे । त्यसपछि सुरु भयो, ह्यमिन्डर्फ र विष्टको संगत । सम्बन्धको यस सेतुमा थियो मानवशास्त्रीय अध्ययनको एउटा रोमाञ्चक यात्रा । हेडमास्टरको स्थायी जागिरबाट राजीनामा दिई उनी ह्यामिन्डर्फसँग सोलुखुम्बुतिर लागे । अनुवादक विष्टले त्यस वेला मासिक सय रुपैयाँ पाउँथे रे ! त्यस वेला उनमा मानवशास्त्रबारेको ज्ञान त के, यस शब्दसँग समेत उनको परिचय थिएन । उनले पहिलोपटक यो शब्द बुझ्न शब्दकोश पल्टाएका थिए र !तर, विष्टलाई हिन्दू शास्त्रहरू रामायण, वेद, श्रीमद्भागवत गीता, महाभारतबारेमा राम्रो ज्ञान थियो । सोलुखुम्बु पुगी जब उनले शेर्पाहरूको दैनिक जीवन र संस्कृति देखे, त्यसबाट उनी साह्रै नै अचम्मित हुन्छन् । उनी आफूले जेजे देख्थे डायरीमा टिपिहाल्थे रे ! यतिसम्म कि आफ्ना आँखाले देखेका घर, मान्छे, चरा आदि जे देखे, सबै वृत्तान्त आफ्नो डायरीमा लेखिहाल्थे । तर, आफूले के गरिरहेको छु, कुन कुरा महत्त्वपूर्ण हो भन्ने उनलाई केही पनि हेक्का थिएन । यस उपक्रमसँगै उनले ह्यामिन्डर्फले गर्न खोजेका कुराबारे चाल पाइसकेका थिए ।विष्टको तीक्ष्णता देखेर ह्यामिन्डर्फको मनमा चिसो पस्यो । बिस्तारै विष्ट र उनको सम्बन्धमा पनि समस्या देखा पर्न थाल्यो । विष्टलाई पनि ह्यामिन्डर्फ बन्ने रहर जाग्न थाल्यो । एकदिन ह्यामिन्डर्फले विष्टलाई भनेछन्, 'तिम्रो जस्तो मुलुकको मानिसले यो विधा पढ्न सक्दैन ।' तीतो प्रतिक्रियाले विष्टलाई विचलित पारेन । विष्टले ह्यामिन्डर्फसँग सात महिना सोलुखुम्बुमा, दुई महिनाजति पूर्वका जिल्लाहरू, त्यसपछिका दुई महिना लमजुङ र एक महिना काठमाडौंका उत्तरी भेकमा अनुवादकका रूपमा बिताए । काम सकेर ह्यामिन्डर्फ विदेश फर्केपछि विष्ट सन् १९५८ देखि सन् १९६० सम्म डडेल्धुराको एउटा सरकारी विद्यालयमा पुनः हेडमास्टर भए । दुई वर्षको हेडमास्टरीपछि उनको जीवनमा अर्को मोड देखा पर्यो । सन् १९६० मा लन्डन विश्वविद्यालयअन्तर्गत पर्ने स्कुल अफ ओरिएन्टल एन्ड अफ्रिकन स्टडिज विभागअन्तर्गत टिडब्लु क्लार्क भन्ने भाषाविज्ञानका एकजना प्रोफेसरले नेपाली भाषाको पुस्तक तयार पार्दै थिए । तिनलाई एकजना नेपाली अनुवादकको खाँचो थियो । विष्टलाई बोलाउन ह्यामिन्डर्फले क्लार्कलाई सुझाव दिएछन् । तर, यस सुझावमा ह्यामिन्डर्फको केही स्वार्थ पनि थियो । किनभने, उनी आफूले नेपालमा संकलन गरेर ल्याएका तथ्यांकलाई प्रशोधन गर्न चाहन्थे । साथै, नेपालमा खिचेका अधिकांश स्थानका फोटोको विवरण र व्यक्तिहरूको नाम उनलाई थाहा थिएन । विष्ट उनीसँगै अध्ययन-भ्रमणमा रहेकाले विष्टलाई त्यसको जानकारी थियो । विष्ट लन्डन पुगे । र, प्रोफेसर क्लार्कका मित्र बने । यो कालखण्ड विष्ट स्वयंका लागि पनि ठूलो अवसर थियो । उनले आफ्नो मुलुकमा मानवशास्त्र पढेको कोही नभएको र आफूले पढ्न चाहेको कुरा क्लार्कसामु राखे । यसलाई क्लार्कले सहजै स्विकारे पनि । जब ह्यामिन्डर्फले यो कुरा थाहा पाए उनलाई यो पटक्कै पाच्य भएन । त्यसपछि उनले विष्टलाई पढ्नबाट वञ्चित गर्न विभिन्न अवरोध सिर्जना गर्न खोजे । तर, त्यहाँ ह्यामिन्डर्फको केही चलेन । अन्त्यमा उनी पुनः बिएमा मानवशास्त्रको विधामा भर्ती हुन पुगे । त्यहाँ उनी अब्बल दर्जाका विद्यार्थी ठहरिए । र, यही क्रममा उनलाई अमेरिकाको एक चर्चित विश्वविद्यालय पेन्सिलभेनिया स्टेट युनिभर्सिटीले केही समय नेपाली भाषा पढाउनका लागि बोलायो । यसपछि विष्ट सोही विश्वविद्यालयमा एमएमा भर्ना भए । त्यसको केही समयपछि अनुसन्धानका लागि ह्यामिन्डर्फ फेरि नेपाल आउनुपर्ने भयो । ह्यामिन्डर्फले पुनः विष्टलाई नै आफ्ना सहायक अनुसन्धानकर्ता बनाउन खोजे, तर विष्टले यसलाई स्वीकार गरेनन् । किनकि, उनी आफ्नो एमए सिध्याउन चाहन्थे, तर ह्यामिन्डर्फले उनको शोधपत्र नै रोकिदिने धम्की दिए ।
०५३ सालको कुरा हो । पुसको महिना थियो, विष्ट आफ्नो परिवारलाई पन्ध्र/सोह्र दिनका लागि जुम्ला जान्छु भनेर घरबाट हिँडे । केही समयको बसाइपछि उनी जुम्लाबाट नेपालगन्ज आए र काठमाडौंका लागि नेकोन एयरको टिकट काटे । खै के मुड चलेछ, घरमा फोन गरेर 'म दुई महिना धनगढीमै बिताउन चाहन्छु काठमाडौं आउन्नँ’ भनेका थिए । त्यहीँदेखि उनी बेखबर भए । उनी हराएको दिन पुस १९ गते थियो । विष्टका जानकारहरूका अनुसार यस कुरालाई लिएर ह्यामिन्डर्फ र क्लार्कबीच ठूलो चर्काचर्की पनि परेको थियो, तर अन्त्यमा ह्यामिन्डर्फले विष्टलाई नेपाल फर्काएरै छोडे । फेरि पहिलाजस्तै झोला बोकी विष्ट ह्यामिन्डर्फसँग कालीगण्डकी र डोल्पा पुगे । अनुसन्धानको अन्त्यतिर ह्यामिन्डर्फले विष्टलाई लन्डन गएर एमए नगर्न धम्क्याए ।ह्यामिन्डर्फले विष्टलाई यति निरुत्साहित बनाए कि अन्ततः विष्टले लन्डन नजाने नै निधो गरे । र, उनको एमएको डिग्री त्यसै तुहियो । लन्डन फर्किनुअघि ह्यामिन्डर्फले विष्टलाई आफ्नो कुनै पनि कृति अंग्रेजीमा प्रकाशित नगर्नू भनी धम्क्याएर गएका थिए । विष्टले संकलन गरेका प्रत्येक तथ्यांक र जानकारीलाई ह्यामिन्डर्फ आफ्नो कपीराइट बनाउन चाहन्थे । ह्यामिन्डर्फले जे गरे पनि विष्टसँग ज्ञान र सीप थियो । विष्ट नेपालका अरू दूरदराजमा घुमे । र, लेख्दै गए । त्यसपछि ह्यामिन्डर्फलाई पहिलो झट्का १९६७ मा लाग्यो । जब विष्टको अंग्रेजीमा पिपल अफ नेपाल -नेपालका मानिसहरू) भन्ने पुस्तक प्रकाशनमा आयो । यस पुस्तकले नेपालमा मात्र नभएर पूरै युरोप र अमेरिकामा पनि निकै चर्चा पायो । यसका हजारौँ प्रति बिक्री भए । यस पुस्तकमा समस्त नेपालका जाति/जनजातिका भाषा, धर्म, लवाइ-खवाइ र संस्कृतिको समग्र रूपमा चर्चा गरिएको थियो । जो नेपालका मानिसको समस्त पाटाहरूको चित्रण गर्ने एउटै मात्र पुस्तक बन्न पुग्यो । यस समयमा विष्टले अमेरिकाका नामुद विश्वविद्यालयका प्रोफेसरहरूसँग राम्रो सम्बन्ध बनाइसकेका थिए । अनुसन्धानकर्ताका रूपमा उनी युएसएडमा पनि आबद्ध भए ।यहाँनिर बुझ्नुपर्ने कुरा के छ भने विष्टको सीप र क्षमतामा कुनै सन्देह छैन । नेपाल भित्रिने अधिकांश मानवशास्त्रीहरू युरोपियनहरू थिए । त्यसमा पनि बढीजसो त बेलायतीहरू । सन् १९६० को दशकतिर अमेरिकनहरूको चासो पनि नेपालप्रति त्यत्तिकै बढेर आयो र अधिकांश युरोपियन र अमेरिकनको अध्ययनको प्रमुख चासो हिमाली भेक मात्रै भएको पाइन्छ । यसको एउटै कारण छ, हिमाली भेगसँगै चीन र तिब्बतको पनि सिमाना जोडिएको छ । सोही क्रममा विष्टलाई चर्चित बनाउन धेरै अमेरिकनले पनि कसरत गरेका थिए । यतिसम्म कि उनलाई अमेरिकाका दुई चर्चित विश्वविद्यालय विस्कान्सिन र कोलम्बियाले एमएको डिग्री गर्न निम्तो दिए । विष्ट अमेरिका त पुगे तर फेरि पनि उनले डिग्री गर्न पाएनन् । विस्कान्सिन विश्वविद्यालयका एकजना नामुद प्रोफेसर हिच्ककसँग नेपालका विषयलाई लिएर उनको ठूलो मतभेद भयो र त्यस्तै कोलम्बियामा पनि उनको त्यहाँका प्रोफेसरहरूसँग पनि लफडा पर्यो । यसका दुईवटा कारण थिए । पहिलो नेपाललाई चित्रण गर्ने पश्चिमाहरूको आफ्नै अवधारणा थियो । तर, विष्ट पनि के कम, उनले नेपाली समाज र संस्कृतिलाई धेरै नजिकबाट नेपालीपनकै आधारमा बुझेका थिए । अर्को जब 'नेटिभ एन्थ्रोपोलोजिस्ट' प्रबल रूपमा अगाडि बढ्न थाल्छ 'आउट साइडर' हरूका लागि त्यसले प्राज्ञिक ईष्र्या (एकेडेमिक जेलसी) पैदा गराउँछ । त्यसपछि ह्यामिन्डर्फलाई अर्को झट्का त्यत्तिखेर लाग्छ जब विष्टले थकालीहरूमाथि लेखेको एउटा लेख मित्र अनेस्ष्ट गेल्नरले 'म्यान्' भन्ने एक चर्चित जर्नलमा छापिदिन्छन् । यसले विष्टको उचाइ अझै बढायो, त्यो पनि अन्तर्राष्ट्रिय जगत्मा ।विष्टले धेरै नजिकबाट नेपाली समाज र संस्कृतिका संरचनाको पहिचान गरी चिरफार गर्न थाले । उनका धेरै लेख प्रकाशनमा पनि आए । भिजिटिङ प्रोफेसरका रूपमा पढाउन उनलाई विश्वका धेरै चर्चित विश्वविद्यालयबाट निमन्त्रणा आउन थाल्यो । त्यस समय मानवशास्त्र बुझेका उनी मात्रै एक नेपाली भएकाले विश्वका चर्चित मानवशास्त्रीले उनलाई एक मात्र मानवशास्त्रीको उपाधि दिए ।सन् १९६९ देखि सन् १९७२ सम्म विष्टले सरकारको दुर्गम विकास र समितिमा विशिष्ट श्रेणीको अफिसरका रूपमा काम गरे । त्यस्तै, सन् १९७२ देखि सन् १९७५ सम्म उनी तिब्बतको ल्हासामा 'श्री ५' को महावाणिज्य दूतका रूपमा कार्यरत भए । तिब्बत बसाइका क्रममा उनले तिब्बत र चीनको सम्बन्धबारे लेख लेखेका थिए, जसमा तिब्बत र चीनको आन्तरिक द्वन्द्वको विश्लेषण गरेका थिए । पश्चिमाहरूले चीनले तिब्बतमाथि नयाँ उपनिवेश निर्माण गरिरहेको भन्ने कुरालाई विष्टले सरासर खण्डन गरेका थिए । उनले तिब्बत र चीनको सम्बन्धमाथि लेखेका अधिकांश लेखहरू अमेरिकामा गायब गरियो । सन् १९७५ मा जब उनी नेपाल फर्किए, र, दरबारको निकटतम् भएर पनि उनले काम गरे । राजा वीरेन्द्रले विष्टलाई औधि मन पराउँथे रे । धेरै कुराको सल्लाह लिनुपर्दा विष्टलाई नै राजा वीरेन्द्रले दरबारमा बोलाउँथे । तर, दरबारका अधिकांश व्यक्तिहरूले भने विष्टलाई मन पराउँदैनथे । आफ्नो जीवनको पछिल्लो समय उनले त्रिभुवन विश्वविद्यालय दिए । त्रिविअन्तर्गत नेपाल तथा दक्षिण एसियाली केन्द्र -सिनास) लाई एउटा विशुद्ध अध्ययन र अनुसन्धानको केन्द्रलाई व्यापक बनाउने काममा उनको उल्लेखनीय देन छ । मानवशास्त्रका प्रोफेसरको रूपमा उनले सन् १९७२ मा सिनासको कार्यकारी निर्देशक -एक्ज्युकेटिभ डाइरेक्टर) भई कार्यभार सम्हाले । युवापुस्तालाई खोज, अध्ययन र अनुसन्धानमा अवसर दिनुपर्छ र अनुभवी पाका अनुसन्धानकर्तालाई किताब लेख्न प्रेरित गर्नुपर्छ भन्नेमा सुरुदेखि नै उनको जोड थियो । विष्टले सिनासमा धेरै व्यक्तिलाई पनि अवसर दिए । यिनमा मोहन खनाल, रमेश ढुंगेल, रवीन्द्र खनाल, ध्रुव कुमार, जितमान गुरुङ, निर्मल तुलाधर केही उदाहरण हुन् । मानवशास्त्रलाई नेपालमा स्थापित गर्न मानवशास्त्रका एकजना प्राध्यापक डा. पदम देवकोटाको प्रसंग पनि अविस्मरणीय रूपले जोडिएर आउँछ । पदम देवकोटाले भारतबाट मानवशास्त्रमा एमए सिध्याएर नेपाल आए । तर, उनले कतै पनि जागिर पाएनन् । उनी जागिर नपाएर बिरक्तिएका बेला उनका एकजना गाउँलेले विष्टलाई भेट्नू भनी परामर्श दिए । जब विष्टलाई उनले भेटे, एउटा चिकित्सा मानवशास्त्र (मेडिकल एन्थ्रोपोलोजी) को नौ महिनाको अनुसन्धानमा देवकोटालाई अवसर दिलाए । र, पछि त्रिविमा मानवशास्त्र/समाजशास्त्रको विभाग स्थापना गर्ने बेला उनलाई सिलेबस बनाउने कमिटीमा समेत उनलाई सामेल गरियो । यसै समयभित्र विश्वका विभिन्न विश्वविद्यालयबाट समाजशास्त्र र मानवशास्त्रमा अध्ययन सकी केही नेपालीहरू नेपाल फर्किसकेका थिए । केहीलाई त्रिभुवन विश्वविद्यालयले नै यो विधा पढाउन भारतका विभिन्न विश्वविद्यालयमा पठाएको थियो । ती विद्यार्थीहरू पनि आफ्नो अध्ययन सकी नेपाल फर्किसकेका थिए । सोही समय त्रिभुवन विश्वविद्यालयमा मानवशास्त्र/समाजशास्त्रको पठनपाठन गराउनका लागि काम सुरु गर्न अरूलगायत विष्ट पनि आबद्ध भए । तर, यो त्यत्ति सहज थिएन । डा. हितनारायण झाले यसको पहिलो विरोध गरे । यो साह्रै खतरनाक विधा हो, यो विधा त्रिविमा स्थापित भएमा मुलुक नै टुक्रिन्छ भनेर उनले अड्चन थापे । त्यस्तै, अर्कोतिर विष्ट समाजशास्त्र/मानवशास्त्रलाई युरोपियन र अमेरिकन मोडलअनुरूपको नबनाई नेपाली समाज र संस्कृति विशिष्ट हुनेगरी निर्माण गर्न चाहन्थे । नेपालको परिप्रेक्षमा यी दुई विधाहरू अलग हुन सक्दैनन्, यो दुवैको ज्ञान उत्तिकै आवश्यक छ र यी दुवै विधालाई एउटै विधाअन्तर्गत राखी पठनपाठन गराइनुपर्छ भनेर विष्टले जोड दिएका थिए । तर, अर्कोतिर विश्वका अरू विश्वविद्यालयबाट अध्ययन गरिफर्केकाहरू यी दुई विभाग छुट्टाछुट्टै हुनुपर्छ भन्ने पनि थिए । विष्टको एउटै अडान थियो, नेपालको समाजशास्त्र/मानवशास्त्र युरोप र अमेरिकाको जस्तो सैद्धान्तिक मोडलमा आधारित नभई नेपालीहरूको व्यवहारमा मद्दत गर्ने किसिमको हुनुपर्छ । तसर्थ, दुई बेग्लै विभागको कुनै अर्थ नै छैन भन्ने कुरामा उनी जोड दिन्थे । त्यस्तै, विभागले पहिला शोधपत्रलाई ऐच्छिक बनाएको थियो । तर, विष्टले शोधपत्रलाई अनिवार्य बनाउनुपर्छ, यदि यो भएन भने कसरी विद्यार्थीलाई फिल्डको ज्ञान हुन्छ भनेर खुब कसरत गरेका थिए । आफ्ना विदेशी साथीहरूलाई पनि त्रिविमा आई उनी पढाउन आग्रह गर्थे उनी । काठमाडांैस्थित विनरक इन्टरनेसनल भन्ने संस्थाका प्रमुख जोन कुल विष्टका मिल्ने साथी थिए, जसलाई विष्टले विद्यार्थीलाई शोधपत्र गर्न केही कोषको व्यवस्था मिलाउन पनि आग्रह गरेका थिए । जब यस विभागभित्र मतभेद देखियो, त्यसपछि आफूलाई विभागबाट टाढा नै राखे विष्टले । तर, मन लागेको वेला कहिलेकाहीँ पढाउन पनि जान्थे रे । विभाग छोडे पनि उनले कीर्तिपुर छोड्न सकेनन् । कीर्तिपुरको वडा नं. ६ मा अवस्थित माटाखेल भन्ने ठाउँमा जग्गा किनेर घर बनाई उनी एक्लै बस्न थाले । विष्ट केवल मानवशास्त्री मात्र थिएनन्, एक मानवतावादी पनि थिए । दुःख परेका मानिसलाई सहयोग गर्थे उनी । कीर्तिपुरका एकजना चिया पसले हीराबहादुर मानन्धर विष्टका मिल्ने साथीमध्येका थिए । हीराबहादुरसँग विष्टको परिचय उनको पसलमा चिया खान आउने-जाने क्रममा नै भएको थियो । विष्ट बडा खुलेर उनीसँग कुरा गर्थे । एक दिन चिया खान होटलमा आउँदा त्यहाँका स्थानीय पोडे बच्चाहरू हिलोमा खेलिरहेको देख्दा विष्टलाई बच्चाहरू उद्दार गर्ने सोच आएछ ।विष्टले हीराबहादुरालाई ती बालकलाई पढाउन एउटा स्कुलको खाँचो औंल्याएपछि हीराबहादुरले आफ्नो साढे दुई रोपनी जमिन स्कुललाई चन्दा दिने निर्णय गरे । यसको केही समयपछि नै नेपालका लागि जर्मनीका राजदूत, जापानी संस्था र विभिन्न नेपाली संघ संस्थाबाट सहयोग जुटाई भवन पनि निर्माण गरियो । जसको नामकरण गोरखनाथ प्राथमिक विद्यालयल रह्यो । पोडे, गाइने र सार्कीका बालबच्चालाई त्यस विद्यालयमा पढाउन प्रोत्साहित गरियो । विद्यालयको शिलान्यास गर्न विष्टले कुनै मन्त्री वा ठूलो मान्छेलाई नबोलाई त्यहीँको एकजना स्थानीय बुज्रुक पोडेलाई बोलाएका थिए । अहिले पनि त्यो विद्यालयमा कक्षा दससम्म पठनपाठन हुँदै आइरहेको छ । यसबीचमा उनी कहिले घुमघामका लागि हप्तौं बाहिरिन्थे भने कहिले कीर्तिपुरमै लुकेर अध्ययन गर्थे । सन् १९९१ को कुरा हो, एक्कासि उनको पुस्तक फ्याटालिजम एन्ड डेभलप्मेन्ट (भाग्यवाद र विकास) प्रकाशित भयो । यो पुस्तक धेरै चर्चित भयो र त्यत्तिकै विवादस्पद पनि । क्यालिफोर्नियाको वर्कले प्रेसबाट छापिने तय भइसकेको यो पुस्तक पछि कोलकाताको ओरिएन्ट लङम्यान प्रकाशनले प्रकाशित गर्यो । यो पुस्तक विष्टले यसअघि कुनै सैद्धान्तिक अवधारणामा आधारित भई लेख्ने शैलीभन्दा निकै फरक थियो । विशेषतः सन् १९८२ मा प्रकाशित एक लेख 'द प्रोसेस अफ नेपालाइजेसन (नेपालीकीकरणको प्रक्रिया)' र फ्याटलिजम एन्ड डेभलप्मेन्टमा दुई अलग ध्रुवीय धारका विचारहरू पाइन्छन् । 'द प्रोसेस अफ नेपालाइजेसन' लेखमा नेपालको विविधताले नै नेपालीको एकता बाँधेको छ भनी चित्रण गरेको छ । जुन सबै जातजातिका विभिन्न मूल्य, मान्यता, धर्म र संस्कृतिले एउटा सम्पूर्ण नेपालको निर्माणमा ठूलो सहयोग गरेको छ । एउटा वर्गले अर्को वर्गलाई च्याप्ने, थिच्ने यहाँ कसैले कसैलाई गरेन । प्रत्येक जातजाति र समूह एक-अर्कासँग मिलेर बसेका छन् । प्राचीनकालदेखि नै नेपालीहरू कसरी एकतामा बाँधिएका थिए र यसलाई बाँध्ने कार्य नेपालीहरूको मूल्य, धर्म, भाषा र संस्कृतिले गरेको छ भनी व्याख्या गरिएको छ ।जतिजति बाहिरबाट मानिसहरू नेपालमा भित्रिए र बस्ती बसाले त्यत्तित्यत्ति नेपालीकिकरणको प्रक्रिया मजबुद हुँदै गएको थियो भनी विष्टले तर्क गरेका छन् । तर, फ्याटालिजम एन्ड डेभलप्मेन्टले अर्कै कुराको व्याख्या गर्दछ । यस कृतिको मूल सार भनेको नेपालीहरू पछिपर्नुको एउटै कारण भनेको भाग्यवादमा विश्वास गर्ने चरित्र भएको भन्ने छ । 'बाहुनवाद'को मूल्य अपनाउनाले विकास अवरोध भएको भन्ने छ । जसले भाग्यवाद र अदृश्य शक्तिहरूमा विश्वास गर्न सिकाउँछ । साथै, आफ्नो मान्छे र चाकरीलाई प्रश्रय दिन्छ । बाहुनवादको व्यापकता जनजातीय समूहभन्दा पनि अन्य समूहमा बढी देख्न पाइन्छ । जुन नेपाली समुदायलाई स्तरीकरण गराउने एउटा प्रमुख जड हो । नेपालको सामाजिक, सांस्कृतिक, आर्थिक र राजनीतिक संरचनामा बाहुनवादले दह्रोसँग जरो गाडेको छ भन्ने यस पुस्तकको सार हो । तर, नेपालका अधिकांश बुद्धिजीवीले यस कृतिलाई बुझेर हो वा नबुझेर, अलि अपव्याख्या र बढाइ-चढाइ गरिदिए । विष्ट कहिले पनि ब्राह्मणविरोधी र हिन्दूधर्मविरोधी थिएनन् । फ्याटालिजम एन्ड डेभलप्मेन्टमा र अन्य कुनै लेखमा पनि यो झल्कँदैन । उनले ब्राह्मणलाई आलोचना नगरेर ब्राह्मणवादको आलोचना गरेका हुन् । ब्राह्मण र ब्राह्मणवाद दुई अलग कुरा हुन् । ब्राह्मणवादको व्युत्पत्ति नेपालमा भएको होइन । त्यो आयातित थियो भन्ने उनको तर्क थियो । उनका अनुसार त्यस्ता केही सीमित व्यक्तिहरू जसले प्रमुख सामाजिक संरचनामा आफ्नो आधिपत्य जमाएका थिए, तिनले नै बाहुनवादको कसरी प्रसार गरेका थिए भन्ने कुरा चाहे फ्याटालिजम एन्ड डेभलप्मेन्टमा होस् वा 'प्रोसेस अफ नेपाललाइजेसन' दुवैमा देख्न पाइन्छ । खस होस् वा किरात, नेपालमा यी सबै मिलेर बसेका थिए । नेपाली समाजमा देखा पर्ने अधिकांश सामाजिक स्तरीकरण भारतीय मोडल र पश्चिमा औद्योगिक पुँजीवादले ल्याएको धरातलमा आधारित छ । जातीय रूपमा स्तरीकरणको बीजारोपण एघारौँ/बाह्रौँ शताब्दीको अन्त्यतिर भारतबाट शंकराचार्यको प्रवेशसँगै भएको थियो । उनले राजा शिवदेवलाई रिझाई पशुपतिनाथको मन्दिरमा ब्राह्मण पुजारीलाई मात्र कार्यभार सम्हाल्नका लागि सुझाव दिएका थिए । शंकराचार्यको भ्रमणसँगै धेरै बौद्धपीठ भत्काइए र पुस्तकहरू जलाइए । यससँगै नेपालमा जातीय स्तरीकरणको प्रादुर्भाव भयो । पन्ध्रौँ शताब्दीतिर जयस्थिति मल्लले बिहारबाट केही मैथिली ब्राह्मण बोलाई जातीय रूपमा स्तरीकरणको जग बसाले, जससँगै नेपाली समाजभित्र जातीयकरणको जग बस्न गयो । आधुनिक नेपालको निर्माणसँगै नेपाली समाजमा यसको निरन्तरता अद्यापि छ ।
०५३ सालको कुरा हो । पुसको महिना थियो, विष्ट आफ्नो परिवारलाई पन्ध्र/सोह्र दिनका लागि जुम्ला जान्छु भनेर घरबाट हिँडे । केही समयको बसाइपछि उनी जुम्लाबाट नेपालगन्ज आए र काठमाडौंका लागि नेकोन एयरको टिकट काटे । खै के मुड चलेछ, घरमा फोन गरेर 'म दुई महिना धनगढीमै बिताउन चाहन्छु काठमाडौं आउन्नँ' भनेका थिए । त्यहीँदेखि उनी बेखबर भए । उनी हराएको दिन पुस १९ गते थियो । त्यतिखेर उनी ७१ वर्षका थिए । परिवारजनहरू सबैले उनी धनगढीमै होलान् भनी सोचेका थिए । तर, तीन-चार महिनासम्म फोन नआउँदा उनका छोरा डा. हिक्मत विष्टले धनगढीमा आफन्तलाई फोन गरेर बुबा काठमाडौं कहिले आउनुहुन्छ भनी सोध्दा बुबा त धनगढी आउँदै नआएको भनी थाहा पाए । यसले परिवारजनलाई साह्रै पिरोल्यो । पहिले पनि यिनी थाहै नदिई अनुसन्धान गर्न भनी घरबाट हिँडिदिन्थे रे । त्यसैले यसलाई परिवारजनले पहिले त साधारण रूपमा लिए, तर पछि उनको खोजी गर्न थालियो । अहिलेसम्म पनि उनको केही अत्तोपत्तो छैन । विष्ट कता हराए होलान् त ? यस प्रश्नको ठोस जवाफ छैन । अनन्तसम्म यो फगत प्रश्न मात्रै रहिरहन सक्छ । तैपनि, उनी हाम्रो मन, मष्तिस्क र हृदयमा छन् । उनको योगदानको वास अजम्मबरी छ । तारादेवीले गाएको गीतमा समाहित शब्दजस्तै...फूलको थुङ्गा बगेर गयो, गंगाको पानीमा...
गौरव केसी
लेखक मानवशास्त्रका विद्यार्थी हुन्

Subscribe to:
Posts (Atom)