Sunday, November 9, 2008

काठमाडौं/ राष्ट्रिय प्रजातन्त्र पार्टीले आठवटा क्षेत्र किटानी गर्दै संघीयताको नमुना प्रस्ताव गरेको छ । माओवादीपछि संघीयताको स्वरूपबारे धारणा सार्वजनिक गर्ने दोस्रो पार्टी राप्रपा भएको छ । राप्रपा नेतृ रोशन कार्कीका अनुसार संघीयताको अवधारणालाई अभ्यास गर्न राप्रपाले मुलुकलाई आठवटा क्षेत्रीय संरचनामा विभाजन गरी त्यसअनुरूपको पार्टी संरचना निर्माण गरेको छ । तर, नेपालगन्जमा सोमबार सम्पन्न सो पार्टीको बैठकले संघीयतामै जानुपर्ने निर्णय भने गरिनसकेको नेतृ कार्कीले जानकारी दिइन् ।उनका अनुसार राप्रपाले काठमाडौं, ललितपुर र भक्तपुरलाई समेटेर उपत्यका विशेष क्षेत्र उपत्यकाबाहेक बागमती अञ्चलका ६ जिल्ला र सिन्धुलीसमेत जोडेर बागमती क्षेत्र, नारायणी र जनकपुर समेटिएको पूर्वी तराई, गण्डकी र धौलागिरि समेटिएको मध्य क्षेत्र, मेची र कोसी समेटिएको मेची-कोसी क्षेत्र, राप्ती र भेरी समेटिएको मध्यपश्चिम, कणर्ाली र सुदूरपश्चिम क्षेत्र गरी आठवटा क्षेत्रमा राप्रपाले विभाजन गरेको छ । 'क्षेत्र, जनसंख्या, संस्कृति, धर्म, समानता सबै हिसाबले आठ क्षेत्रमा बाँडेका हौं,' राप्रपा नेतृ कार्कीले नयाँ पत्रिकासँग भनिन्, 'तर संघीयताको नमुना यहीअनुरूप नै हुन्छ भन्ने हाम्रो धारणा होइन, यसबारेमा पछि निर्णय हुनेछ ।'

No comments: