Sunday, November 16, 2008

माओत्सेतुङ्लाई भादगाउ"ले टोपी



२०१३ साउन १ गते चीनको विश्वप्रसिद्ध ग्रेटवालमा पुग्यौ" । मैले कक्षा ८ मा पढेको चीनको ग्रेटवाल वास्तवमा 'भू-ड्रयागन'को ढाडमा चढ्न पुगेजस्तो लाग्यो । रमाउ"दै खूब हर्षे नाचे" पनि । ग्रेटवालमा डेढ घन्टा बितायौ" । त्यो भू-ड्रयागनबाट आफ्नो आयुको वृद्धि भएको अनुभूति भयो । यही ग्रेटवालको मुख्य द्वारको एक छेउमा हाम्रो लन्चको कार्यक्रम थियो । यस अवसरमा भीमदर्शन रोका र चित्तधर हृदयले कविता सुनाउनुभयो । धर्मराज थापाले 'ए चिनिया" नानी, यो पिरती नौलो राखे मनैमा' गाउनुभयो । मैले गिलासको जलतरङ्ग बजाए" । खिमबहादुरले सारङ्गी बजाउनुभयो । सबैले खूब रमाइलो माने ।
साउन २ गते नेपाली सांस्कृतिक प्रतिनिधिमण्डलका तर्फाट प्रीतिभोज गरयिो । भोजमा विशेष तामाको तरकारी, गुन्द्रुक र भटमास सा"धेको अचार पनि राखिएको थियो । प्रीतिभोजका सर्न्दर्भमा नेपालका तर्फाट पशुपतिनाथको मन्दिरसहितका अन्य कलात्मक वस्तुहरू अध्यक्ष माओत्सेतुङ्लाई उपहारस्वरूप प्रदान गर्‍यौ" । साथै, बालचन्द्र शर्माले 'तिब्बतका राजा स्रङ्चङ् गम्पोका दर्ुइवटी रानीमा एउटी चिनिया" राजकुमारी श्वेत तारा र दोस्री नेपालकी राजकुमारी भृकुटी हरति तारा यी दिदीबहिनीको सम्बन्धबाट चीनसित नेपालको धेरै निकटतम् सम्बन्ध थियो र छ पनि' भनेर ऐतिहासिक चर्चा गर्नुभयो । त्यसपछि बालकृष्ण समले पनि तिब्बतका राजा र महाचीनका बादशाहको निम्तोमा नेपालबाट चीन पुगेका कलाकार अरनिकोले प्यागोडा शैलीमा आफ्नो कलाकारतिाबाट तिब्बत र चीनमा गर्नुभएको योगदानबारे लामो व्याख्या गर्दै 'आज हामी त्यही मित्रतालाई फेर िब्यू"ताउन आएका हौ"' भन्नुभयो ।
स्वागत समारोह विर्सजन हुनुअगाडि तत्कालीन प्रधानमन्त्री चाउएनलाइ पनि आह्लादित हु"दै भन्नुभयो, "तपाईंहरूले अरनिको तथा अन्य ऐतिहासिक महापुरुषहरूको यस्तो नाम लिनुभयो, जो मलाई नै थाहा थिएन । चीनका धेरैजसो मानिसले पनि यो इतिहास थाहा नपाएका हुनसक्छन् । आज तपाईंहरूले अरनिको, भृकुटी, बुद्धभद्र र मञ्जुश्रीजस्ताको इतिहास हामीलाई अवगत गराइदिनुभयो, हामी अत्यन्त खुसी छौ" र आभारी पनि छौ" । चीन र नेपालको मित्रता द्रुत गतिमा अगाडि बढ्नेछ । म छिट्टै तपाईंहरूको सुन्दर देश नेपालमा आउ"दैछु ।" यसै सर्न्दर्भमा धर्मराज थापाले माओत्सेतुङ्लाई र मैले प्रधानमन्त्री चाउएनलाइलाई भादगाउ"ले टोपी लगाइदियौ" ।
साउन ३ देखि ५ गतेसम्म थ्रेटिकल इन्स्िटच्युट, डान्स एन्सेम्बल र अन्य सङ्गीत स्कुलहरूका लोकनृत्य, गीत, पेकिङ् अपेरा र रसियन ब्यालेहरू मात्र हर्ेर्ने काम भयो । पेकिङ्को १० दिने कार्यक्रम सक्यौ" । साउन ६ गते रेल चढेर सेनयान भन्ने ठाउ"मा पुग्यौ" । त्यहा" पनि सांस्कृतिक आदानप्रदानको कार्यक्रम समापन गरेर साउन ७ गते सेनयाबाट रेल चढेर एक सय माइल टाढा दक्ष्ँिणमा भएको विशाल सनयात सेन स्पात कारखाना हेर्‍यौ" । साथै, उच्चकोटिका रसियन ब्याले र चिनिया" अपेरासमेत हेर्‍यौ" । अपेरा सिकाउने मुख्य स्कुलको पनि अवलोकन गर्‍यौ" । अनि, साउन १० गते सेनयानबाट हिल ट्रेन चढेर धेरै माथिको डा"डामा छ्याड्छु भन्ने ठाउ" पुग्यौ" । त्यहा" फिल्म निर्माण गर्ने तरकिा हेर्‍यौ" ।
त्यहा"बाट साउन १२ गते डेरेन भन्ने ठाउ" पुगियो । यही डेरेनमा अङ्ग्रेजी कविताको गोष्ठी थियो । गोष्ठीमा बालकृष्ण सम र भीमदर्शन रोकाले अङ्ग्रेजीमै कविता पढेर सुनाउनुभयो । भीमदर्शनको कविता यहा" धेरैले मन पराए । यही डेरेनमै प्रसिद्ध चिनिया" र्सकस पनि हेरयिो । त्यसपछि साउन १४ गते फेर िपेकिङ् आइपुग्यौ" । त्यसबेला खप्नै नसकिने गर्मी चढिसकेको थियो । एक मनबराबरको वजन भएको चारपाटे आइसको ढिक्का हामी बस्ने सबैको कोठामा राखिदिएका थिए । साउन १६ गते पेकिङ्बाट थाइयान पुग्यौ" र थाइयानबाट पनि फेर िसियान पुगेर सासूबुहारी नामक अपेरा हेर्‍यौ" । अनि, साउन १७ गते सियानबाट हवाईजहाज चढेर हुसानमा पुग्यौ" । हुसानबाट पनि प्रसिद्ध नगर नानकिममा पुग्यौ" ।
यस ठाउ"का अति रमणीय बुद्ध मन्दिरहरूको अवलोकन गर्न पाइयो । यहा"का बुद्ध मन्दिरका भन्तेहरूबाट नेपालको कपिलवस्तुबासी बुद्धभद्रको नाम र उनको अस्तित्व चारैतिर पि"mजिएको कुरा हामीले थाहा पायौ" । यही" नानकिनमा नेपाली बुद्धभद्र र मञ्जुश्रीले आ-आफ्ना ढङ्गबाट छुट्टाछुट्टै 'त्रिपिटक' उल्था गर्नुभएको र बौद्ध धर्मसम्बन्धी महान् कार्य गर्नुभएको कुरा पनि हामीलाई जानकारी गराइयो ।
साउन १८ गते प्रसिद्ध साङ्र्घाई सहरमा पुग्यौ" र १९ गते साङ्र्घाईको क्लासिकल अपेरा हेर्‍यौ" । अनि, साउन २० गते प्राकृतिक सुन्दरताले विश्वमै ख्याति पाएको हान्चाउमा पुग्यौ" । हान्चाउको तालमा नौकाविहार गरयिो । त्यो अवसरमा डुङ्गामा बसेर अति रमाइलो मान्दै धर्मराज थापाले गीत गाउनुभयो । खिमबहादुरले सारङ्गी र मैले गिलासको जलतरङ्ग बजाए" ।
साउन २१ गते हामी हान्चाउबाट फर्केर फेर िसाङ्र्घाईमा पुग्यौ" । साउन २३ गते साङ्र्घाईबाट रेल चढेर साउन २५ गते उही क्यान्टनमा पुग्यौ" । क्यान्टन पुगेपछि भाइस गभर्नरले बफे पार्टर्ीीदनुभयो । त्यस अवसरमा समले नवरसको अभिनय देखाउनुभयो र चित्तभरले नवरसका चित्रहरू उठाएर देखाइदिने काम गर्नुभयो । यहा" पनि अङ्ग्रेजीमा कविता सुनाएकामा भीमदर्शनको सबै चिनिया"हरूले प्रशंसा गरे । धर्मराज थापाले उही गीत सुनाएर सबैलाई लठ्ठ पार्नुभयो । साउन २६ गते क्यान्टनमा संस्कृतिमन्त्रीले बिदाइको पार्टर्ीीदनुभयो । समले दर्ुइ घन्टासम्म कलाकार अरनिकोबारे बोल्नुभयो । संस्कृतिमन्त्रीले समको धेरै तारपिm गर्नुभयो ।
त्यसपछि चित्तधर हृदयले पनि मञ्जुश्रीका बारेमा आधा घन्टा बोल्नुभयो । धर्मराज थापाले फेर िउही 'ए चिनिया" नानी' भन्ने गीत सुनाएर सबैलाई लठ्ठ पार्नुभयो । खिमबहादुर गर्न्धर्वको सारङ्गी र तोपमानको मादलमा मायादेवी र गुनादेवीका नृत्यका साथै अन्त्यमा मेरो उही 'टुम्बोरङि् डान्स' भयो । एक महिनासम्म हामीलाई गाइड गर्दै चीन भ्रमण गराएका म्याडम च्याङ्, यू यान र मिस्टर ली एक दिनअगाडिदेखि नै दिक्क मान्न थालिसक्नुभएको थियो । उहा"हरूको मलिनो अनुहार देखेर नमीठो लाग्न थालिसकेको थियो । आखिर साउन २८ गते क्यान्टनबाट छुट्टनिे बेलामा रुवाबासी नै मच्चियो । टिटीको सिटी लाग्दा पनि रेलका चालक एकछिनसम्म घोरएिर ट्वाल्लै पररिहे । र, इन्जिन चालकको छेउमै टिटी आएर झन्डा हल्लाएपछि बल्ल रेलले आफ्नो गति लियो । रेलको झ्यालबाट हामी सबैले हात हल्लाइरह्यौ" ।
-थापाको भर्खरै प्रकाशित पुस्तक हि"ड्दा-हि"ड्दै बनेका तस्बिरहरूबाट)

No comments: