Sunday, November 16, 2008

महाकविका अन्तिम क्षणका साक्षी

"श्रेष्ठजी ! तपाईंको घर नजिक अस्पताल भएको कुरा सुनेको छु, डाक्टरहरूसँग तपाईंको हेलमेल राम्रै होला । मलाई कतैबाट चार ग्रेन मफिर्न अथवा पोटासियम साइनेड ल्याइदिए म तपाईंलाई जीवनको सच्चा साथी सम्झने थिएँ र तपाईंको सहयोग म सदा सम्भिmरहने नै छु पनि ।"
यो भनाइ महाकवि लक्ष्मीप्रसाद देवकोटाले आˆना निकटस्थ मित्र हरि श्रेष्ठलाई कुनै दिन अनुरोध गर्नुभएको थियो । हरि श्रेष्ठ देवकोटाका मित्र मात्र नभएर उहाँ आफैँ प्रतिभाशाली र प्रतिष्ठित व्यक्तित्व हुनुहुन्छ । प्रजातन्त्र रेडियो नेपालको स्थापनाकालदेखि नेपाल भाषामा समाचार वाचन गर्नुहुने व्यक्ति हुनुहुन्छ । उहाँले ८० वर्षको उमेरसम्म पनि समाचार वाचन गरिरहनुभएको थियो । यस दृष्टिले उहाँ विश्वकै सबैभन्दा बढी उमेरका समाचारबाचक हुनसक्नुहुन्छ । साहित्यमा पनि उहाँका उपन्यास, कविता, नाटक संस्मरणका झण्डै एक दर्जन कृतिहरू प्रकाशित छन् ।
महाकवि देवकोटाको अन्तिम क्षणसम्म साथ नछोड्ने घनिष्ट मित्र हुनुहुन्छ हरि श्रेष्ठ । देवकोटा शान्त भवन अस्पतालमा भर्ना हुनु भएपछि उहाँले हरि श्रेष्ठलाई वि.सं. २०१६ भदौ ४ गतेको मितिमा पत्र लेख्नुभयो । टाइप गरिएको महाकविको अन्तिम पत्रबाट हरि श्रेष्ठ र उहाँबीचको मित्रता कस्तो थियो भन्ने स्पष्ट हुन्छ । जुन पत्र यस्तो थियो-
हरि श्रेष्ठजी,
मेरो अगाडि मृत्युको भयङ्कर रूप खडा भइसकेको छ । अहिले कृत्तिम शरीर धारण गर्दैछु । आकाशका तारामण्डल छुन खोज्छु, सक्तिनँ । मैले आफूलाई शान्ति दिन सकिनँ । म उठ्नसके आफैँ पनि आत्महत्या गर्ने थिएँ, अनि मेरा बालबच्चालाई पनि ... । म यस दुनियाँलाई बोझ र चिन्ता दिन चाहन्न । अरूले मलाई बुद्धिजीवी भने तापनि म आˆनो निमित्त मूर्ख भएँ, अन्धो भएँ, म त्यो ज्योतितिर ढल्कन खोज्छु तर अन्धकारले मलाई बोलाइरहन्छ । म यो असहृय वेदना खप्न सक्तिन । पोटासियम साइनेड कसैले दिए म उसलाई आˆनो जीवनको सच्चा साथी सम्झने थिएँ । म अपराधी हुँ, त्यसैले म अपराध मेट्न चाहन्छु । कसैले सके मेरा प्रकाशनका नाम पनि । म विलीन हुन चाहन्छु, मरुभूमिमा जलकणझैँ अब कसले मलाई न चिनून् ।
एक साथी
लक्ष्मीप्रसाद
त्यसपछि हरि श्रेष्ठ शान्तभवन अस्पतालमा पुग्नुभयो । देवकोटा दुब्ल्याएर अर्कै भइसकेकोले चिन्न सक्नुभएन । केही दिनपछि देवकोटालाई पशुपतिको हरिकुञ्जको पाटीमा पुर्‍याइयो । हरि श्रेष्ठले थाहा पाउनासाथ रेडियो नेपालको साँझको समाचार पढेर पैदलै पुग्नुभयो । त्यस क्षण सम्झदै भन्नुहुन्छ- म त्यहाँ पुग्दा देवकोटा मैलो सिरक ओढेर टुक्रुक्क बसिरहनुभएको थियो । लालटिनको पिलपिले उज्यालोमा उहाँ स्पष्ट देखिनु हुन्थेन । उहाँ एकनासले बडबडाइरहनुभएको थियो- "आकाशका झिलमिले तारामण्डल छुन खोज्छु, सक्तिन । अन्धकारले मलाई बोलाइरहन्छ । कसैले मेरो शरीरको छाला लुछ्न लागिरहेको छ, मेरो छाला च्यातिरहेको छ आदि ।"
तीन दिनपछि देवकोटालाई डाक्टर मिलरले फेरि शान्त भवन अस्पताल फर्काएर लगे केही दिन बचाउने आशामा ।
त्यसको भोलिपल्ट बिहानै हरि श्रेष्ठ अस्पताल पुग्नुभयो ।
त्यसक्षणलाई उहाँ सम्झनुहुन्छ- त्यतिबेला महाकवि मस्कोको अस्पतालमा उपचारको लागि त्यहाँका प्रमुखलाई लामो चिठी लेखिरहनुभएको थियो । उहाँ पहिलेभन्दा उज्यालो र आशावादी देखिनुहुन्थ्यो । चिठी लेखिसकेपछि मसँग कागज माग्नुभयो र मैले दिनासाथ एउटा नेपालीमा र अर्को अङ्ग्रेजीमा कविता लेखेर उपहारस्वरूप भनेर मलाई दिनुभयो । जुन कविता उहाँकै हस्ताक्षरमा यस्तो थियो-
उहाँ थप्नुहुन्छ- मैले महाकविको अस्वस्थताको समाचार नयाँ समाजका सम्पादक बालमुकुन्द पाण्डेलाई छाप्न लगाएँ । त्यसपछि देवकोटालाई अस्पतालमा भेट्न आउनेहरूको भीड लाग्न थाल्यो । उहाँ केही फुर्तिलो हुनुभयो । एकदिन उहाँले बिहानै दाह्री खौरेर ऐनामा आˆनो अनुहार राम्ररी हेर्नुभयो । त्यसपछि श्रीमतीतिर फर्केर भन्नुभयो- "बज्यै Û अब पनि मरुँला त म ? त्यही प्रसन्न मुद्रामा रहेको केही समयपछि एक्कासि डाक्टर मिलर भित्र आएर पशुपति लैजाने सङ्केत गरे ।"
पशुपति आर्यघाटको अन्तिम क्षण सम्झदै उहाँ भन्नुहुन्छ- "देवकोटाको अन्तिम क्षण भेट्न आउनेहरू धेरैजना भइसकेका थिए । उहाँ भेट्न आउने जति सबैलाई सकीनसकी दस औँला जोडेर मलाई विदा दिनुस्, मलाई बिदा दिनुस्, भनिरहनुभएको थियो ।"
हरि श्रेष्ठ अहिले अठासी वर्षको हुनुहुन्छ । उहाँसँग महाकवि देवकोटाका असङ्ख्य संस्मरण छन् । उहाँका 'अतीतका स्मृति' र 'महाकवि देवकोटा' शीर्षकको संस्मरण पत्रमा उल्लेख गर्नुभएको छ ।
हरि श्रेष्ठ पुलिस सुपरिटेन्डेट अफिसमा बैदारमा काम गर्नुहुँदा उहाँको नाममा कर्मचारीको दर्दनाक कथा लेखिएको बेनामी पत्र आएको थियो । त्यसैलाई आधार बनाएर लेख्नुभएको पुस्तक 'जा-गिर' मा भूमिका लेखाउन महाकवि देवकोटाकहाँ जानुभएदेखि उहाँहरूको मित्रता सुरु भएको थियो । उहाँहरूको सम्बन्धको बारेमा श्रेष्ठ थप्नुहुन्छ- महाकवि सबैसँग साहित्यिक कुरा गर्नुहुन्थ्यो तर मसँग व्यावहारिक कुरा मात्र गर्नुहुन्थ्यो ।
मैले एक पटक उहाँलाई चितवनमा जग्गा लिन खोजेको कुरा सुनाएँ । उहाँले त्यही विषयमा सोह्र पेज लामो निबन्ध लेखिदिनुभयो । उहाँको मृत्युपछि मैले त्यो निबन्ध खोजी गरे तर चार पेजमात्र पाउन सकेँ । जसको शीर्षक थियो- हामी आˆनो दुनो पहिलो सोझ्याउँछौँ ।
महाकवि देवकोटाको प्रसङ्ग आउनासाथ हरि श्रेष्ठ दुईवटा घटनालाई विशेष रूपमा सम्झनुहुन्छ । महाकवि देवकोटाको स्वास्थ्यसम्बन्धी समाचार छापिएको केही दिनपछि महाकविका भाइ गोपीमाधवले रेडियोमा फोन गरेर देवकोटाको अन्तिम कविता फर्काउनु भन्नुभयो । उहाँले कवितामा व्यापार गर्ने होइन भनेर कड्केर भन्नुभयो । त्यसको भोलिपल्ट बिहानै म अस्पतालमा गएर कविता फिर्ता गर्न गएँ । गोपीमाधवले कविता लिएर कपीमा उतार्नु भयो । त्यसपछि देवकोटाले मलाई पुनः दिनुभयो तर मैले लिन मानिन । तपाईंको कविताले मलाई व्यापार गर्न खोजेको आरोप लाग्यो त्यसैले म कविता लिन्न भनेर अड्डी लिएँ । केहीबेर मौन हुनुभएपछि महाकविले आँसु झार्दै श्रेष्ठजी, तपाईंले यस्तो अवस्थामा मलाई अपमान गर्नुभयो, मैले स्नेहवश प्रदान गरेको रचनालाई स्वीकार नगरेर भन्नुभयो । त्यसपछि मैले कविता लिएँ ।
त्यस्तै महाकविको निधनपछि टुँडिखेल खरीको बोटको गोलमञ्चमा शोकसभा भएको थियो । त्यो सभामा धेरैजनाले आ-आˆना कविता र उद्गार सुनाए । डाक्टर मिलरलाई पनि बोल्न दिइयो तर हरि श्रेष्ठले देवकोटाको अन्तिम कविता पाठ गर्न खोज्दा आयोजकले दिएनन् । उहाँ भन्नुहुन्छ- जसको निम्ति शोकसभा भएको थियो उनैको अन्तिम कविताले स्थान नपाएको त्यो दिन म कहिले बिर्सन सक्दिन ।"

No comments: