शिरीषको फूल उपन्यासका लागि मदन पुरस्कार पाएपछि पारिजातले कविता लेखिन् :
'यसैलाई म प्राप्ति ठान्न सक्दिनँ
किनकि
जहाँ पनि म जानेर होइन
भौंतारिएर पुगेकी हुन्छु ।’'
वात्स्यायन' नामले कार्टुन बनाउने नेपालका चिनिएका कलाकार दुर्गा बरालले पनि आफू 'नामी कार्टुनिस्ट' हुनुलाई पारिजातको प्राप्तिजस्तै ठान्दा रहेछन् । भएको के रहेछ भने, दुर्गा बराल कलेज पढ्दा जीवविज्ञानका कक्षामा माछा र भ्यागुताका अहिल्यै उफ्रेर हिँडिहाल्लान् कि जस्ता चित्र बनाउँथे रे ! शिक्षिकाले ती चित्र देखेर 'तिमीमा त एउटा कुशल कलाकारको प्रतिभा छ, छात्रवृत्ति खोजेर विदेश पढ्न जाने उपाय गर' भन्ने सल्लाह दिइछन् । उनी राजधानी आएछन् र छात्रवृत्ति खोज्दै वर्षौं बसेछन् । हरेकपटक उनको नाम वैकल्पिकमा निस्कन्थ्यो । यसरी आजित भएर भौंतारिइरहेका वेला नयाँ सन्देश पत्रिकाका सम्पादक रमेशनाथ पाण्डेले कार्टुन बनाइदिन आग्रह गरेछन् । विचार पाण्डेको, कला उनको । पाँच वर्ष यत्तिकै बितेपछि उनी पोखरा फर्केछन् । तर, त्यतिन्जेल कार्टुन-कलामा उनी पोख्त भइसकेका थिए र राजनीतिमा पनि रस बसिसकेको थियो ।
कार्टुन बनायो भने तात्तातै प्रतिक्रिया आउने, कलाको चर्चै नहुने । सयौँ पेन्टिङ बनाएँ । तर, सबैले मलाई कार्टुनिस्ट नै भन्छन्, कलाकार भन्दैनन् ।
कांग्रेस प्रजातन्त्रवादी पार्टी भएको हुँदा पनि म त्यस पार्टीमा गएँ । जनमत संग्रहताका बहुदलको प्रचारका लागि ठुल्ठूला पोस्टर बनाएको थिएँ । मैले बनाएका कार्टुन र पोस्टर देखेर बिपी दंग पर्नुभयो ।
'कार्टुन नसाजस्तो रै'छ । लागेपछि लाग्यो, लाग्यो । कार्टुन बनायो भने तात्तातै प्रतिक्रिया आउने । कलाको चर्चै नहुने । सयौं पेन्टिङ बनाएँ । तर, सबैले मलाई कार्टुनिस्ट नै भन्छन्, कलाकार भन्दैनन् ।' हुन पनि एउटा चित्रले हजारौं शब्दले व्यक्त गर्न नसक्ने सन्देश दिन्छ भन्छन् वात्स्यायन । कार्टुन पेन्टिङभन्दा झन् सम्प्रेषणीय हुन्छ । यस्तो कार्टुन-कलामा एकपटक हात बसिसकेपछि किन नलागून् त उनी ? वात्स्यायनसँग पोखरास्थित उनको चिटिक्क परेको एकतले घरमा भेट भयो । भर्खरै नुहाएर मुसुक्क हाँस्दै निस्केका उनी 'फ्रेस मुड'मा देखिन्थे । उस्, उनी त छिमेकीको घरमा श्राद्ध खान पो हिँड्न लागेका रहेछन् ! मलाई भित्रबाट चिया मगाइदिएर 'एकैछिन् है त' भन्दै उनी हिँडिहाले । र, एकैछिनमै पहेँला अक्षताको टीको लगाएर आइपुगे ।
४० वर्षदेखि कार्टुन बनाएका उनको हास्यचेतना भेउ पाइनसक्नु हुनुपर्छ भन्ने मेरो पुरानो अन्दाज । उनको रूपरंग, भेषभूषा र लवज, म गौर गरेर हेर्छु । सेतै फुलेको कपाल जुरेलीजस्तै ठडाएर कोरेको । झन् निधारमा पहेँला अक्षता देख्ता त मेरो हाँसो फुत्किनै आँट्यो । कार्टुनिस्ट कस्ता भने, नहाँसी बोल्नै नजान्ने । उनले कार्टुन-विद्याबारे मेरा धेरै रसिक जिज्ञासाको उत्तर हाँसेरै दिइसके । केही रुखा प्रश्न मात्रै मैले राख्न भ्याएँ ।
कार्टुनकला अर्थात् उटुंगो विद्यापहिलो प्रश्न मैले सोधेँ : कार्टुनकला खासमा के हो ? उनी पहिला हाँसे र भने, 'कार्टुनकलालाई खासमा उटुंगो विद्या भने हुन्छ । हँसाइ-हँसाई पाठकलाई वाञ्छित सन्देश सम्प्रेषण गर्ने विद्या । कसैको प्रशंसा गर्दा मात्र होइन, आलोचना गर्दा पनि हँसाउन सक्नु कार्टुनकलाको विशिष्टता हो । कार्टुनले थोरै ठाउँ लिएर पाठकलाई मनोरञ्जन, व्यंग्य, घोचपेच तथा राजनीतिक-सामाजिक सचेतनामूलक सन्देश प्रभावी ढंगले सम्प्रेषण गर्छन् ।' त्यसो भए, कार्टुनले सन्देश बढी प्रभावी ढंगले सम्प्रेषण गर्न सक्नुको कारणचाहिँ के हो नि ? मेरो दोस्रो प्रश्न ।'कारण, हँसाउने खुबी हो । गल्ती गरेका व्यक्तिलाई खिल्ली उडाउँदा पनि हँसाइ-हँसाई उसका कर्तुतको फेहरिस्त देखाइदिन सक्नु कार्टुनिस्टको विशिष्टता हो ।' 'ए, त्यस्तो विशिष्ट खुबी अरूमा भन्दा तपाईंमै बेसी हुनुको पनि कारण छ कि ?' म अबोध बन्दै सोध्छु । यो प्रश्नमा उनले आफ्नो पूरै अतीत एकसरो सम्भिmए र भने, 'अन्यजस्तै कार्टुनकलाका लागि पनि जन्मजात खुबी हुनुपर्छ । औपचारिक पाठ्यक्रम पढेर कार्टुनिस्ट बन्न सकिँदैन । त्यसैले होला, कार्टुन बनाउने विषयमा औपचारिक शिक्षा दिइँदैन । एप्लाइड आर्टअन्तर्गत कार्टुन एउटा विषय राखिएको छ, त्यत्ति हो । यद्यपि, क्षाकोठामा पढेका भरमा विरलै व्यक्ति कार्टुनिस्ट भएका छन् । कार्टुनिस्टमा हसाउने खुबी पहिल्यैदेखि विद्यमान हुनुपर्छ । मैले सानैदेखि सबैलाई हलल्ल हसाउँथेँ । एकपटक के भयो भने, मैले बाटोमा फेला पारेका ब्याट्री बटुलेर घर ल्याएँ । हातभरि ब्याट्री देखेर मामाले भन्नुभो, 'ए दुर्गा, यी फालेका ब्याट्री केमा काम लाग्छन् र बटुलेर ल्याएको ?' मैले फ्याट्ट भनेछु, 'नचाहिने वेलामा काम लाग्छन्,' सबै हाँसे ।'
दुर्गा बराल उर्फ वात्स्यायनदुर्गा बराल, 'वात्स्यायन' कसरी बने त ? यही मौकामा मैले सोधेँ । 'मैले ०३५ सालतिर पोखराबाट निस्कने प्राङ्गण पत्रिकामा कार्टुन बनाउँथेँ । त्यतिखेर पञ्चायतविरोधीमाथि निकै दमन हुन थालेको थियो । छद्म नाममा कार्टुन बनाउनुपर्ने भयो । मैले पृथ्वीनारायण क्याम्पसका नेपाली विषयका गुरु सोमनाथ पौडेललाई छद्म नाम जुराइदिन आग्रह गरेँ । उहाँले 'वात्स्यायन' नाम दिनुभो । मलाई अलि आश्चर्य लाग्यो, यो नाम सुनेर । वात्स्यायन त प्राचीन यौनशास्त्रीका रूपमा चिनिन्छन् । मैले त एउटा कलाकारका लागि सुहाउँदो नाम खोजेको थिएँ । गुरुले मलाई सम्झाए, 'त्यसो होइन, वात्स्यायन त चौसट्ठी कलाका ज्ञाता थिए । वास्तुकला, चित्रकला सबैका धुरन्धर । यौन-आक्रान्त समाजले उनको यौनशास्त्रलाई ग्रहण गर्यो । बाँकी सबै बिर्सिदियो ।' यथार्थ थाहा पाएपछि मलाई यो नाम मन पर्यो । त्यही वेलादेखि म पनि 'वात्स्यायन' भएँ ।'
सबैभन्दा चर्चित कार्टुनवात्स्यायनज्यू, अब तपाईंको सबभन्दा चर्चित कार्टुनका कुरा सुनाउनोस् न ! 'तपाईंलाई थाहै होला, गिरिजाप्रसाद कोइराला र उनको संवैधानिक राजतन्त्रप्रतिको मोहसम्बन्धी कार्टुन निकै चर्चित रह्यो । ०६१ माघ १९ मा शाही शासन सुरु भएपछि लगत्तै पत्रपत्रिकामा सैनिक निगरानी थालियो । लेखक, पत्रकार सबै किंकर्तव्यविमूढ भए । मैले परिस्थितिलाई व्यंग्य गरेर दुई/तीनवटा कार्टुन कान्तिपुरमा पठाएँ । छापिएनन् । त्यसपछि मैले कार्टुन पठाउन छाडिदिएँ । केही महिनापछि मलाई कार्टुन पठाउन आग्रह गरियो । मैले कन्टेनरमा फ्याँकिएको संवैधानिक राजालाई गिरिजाप्रसाद कोइरालाले बोकेर हिँडेको कार्टुन पठाएँ । त्यस्तो तीखो व्यंग्य चित्रित कार्टुन छाप्ने कि नछाप्ने भनेर सम्पादक-मण्डलको बैठक बसेछ । आखिर त्यो कार्टुन ०६२ भदौ ४ गते छापियो । एक/दुई दिनमा कठोर प्रतिक्रिया आउन थाले ।'
वात्स्यायनले आफ्नो चर्चित कार्टुन प्रकाशित भएपछिको प्रतिक्रियाको स्मरण गरे, 'गोर्खापत्रमा त 'बेलायतमा १८औं शताब्दीमा राजतन्त्रलाई अपहेलना गरेबापत कार्टुनिस्टलाई मृत्युदण्ड दिइएको थियो, यी कार्टुनिस्टलाई पनि राजाको मानहानी गरेकोमा मृत्युदण्ड दिइनुपर्छ' भन्नेसम्मका अभिव्यक्ति छापिए । साथीहरूले 'गिरफ्तार गर्ने सम्भावना छ, तयार रहनुहोला' भनेर खबर गरे । तर, राष्ट्रिय-अन्तर्राष्ट्रिय दबाबका कारण शाही शासकहरूले केही गर्न सकेनन् । कांग्रेस साथीहरूले पनि त्यस्तो कार्टुन छपाएकोमा रोष प्रकट गरेनन्, किनभने मैले जनआकांक्षाका विरुद्ध हिँड्न खोज्ने नेताको प्रवृत्तिलाई निर्भीकताका साथ उजागर गरेको थिएँ ।'
प्रविधिले सहज बनायो अत्याधुनिक प्रविधि नभएको भए मोफसलमा बसेर राष्ट्रिय पत्रिकामा उँचो स्थान जमाउन तपाईंलाई गाह्रै हुन्थ्यो होला हगि ? यो मेरो दोस्रो अन्तिम जिज्ञासा थियो ।'हो, फ्याक्स, कम्प्युटर, टेलिभिजन, इन्टरनेट, इमेलजस्ता आधुनिक प्रविधिले कार्टुन बनाउन र यसलाई बढीभन्दा बढी पाठकसम्म सम्प्रेषण गर्न पनि निकै सहज भएको छ । ०२२ सालताकाबाटै कार्टुन बनाउन थालेको हुँ मैले । त्यतिखेर, सक्कल प्रति नै पत्रिकामा पठाउनुपर्थ्यो । ती सबै कार्टुन छापिएपछि हराए । मसँग ०५० सालअघिका अधिकांश कार्टुन छैनन् । आजभोलि, टेलिभिजनमा प्रचण्ड मच्चीमच्ची बोलेको, अनुहारको हाउभाउ, कटाक्ष, आक्रोश, आत्मविश्वास र क्षमता कोठैमा बसेर हेर्न सकिन्छ । त्यही आधारमा कार्टुन बनाउँछु र इमेल गरेर पत्रिकामा पठाइदिन्छु, सक्कलप्रति मसँगै सुरक्षित रहन्छ । प्रविधिले गर्दा राजधानीमा बस्नु र राजधानीबाहिर बस्नुमा कुनै भिन्नता रहेन अब ।'
कांग्रेसमा घमण्डी र अहंकारीअब अन्तिम प्रश्न बाँकी थियो मसँग । त्यो पनि राजधानीबाट पोखरा हिँड्ने वेलामा मेरा एक सहकर्मी साथीले 'यो सोध्न नबिर्सनुहोला है' भनी पठाएको प्रश्न । 'तपाईंलाई कति मान्छेले 'कांग्रेस हुन्' भन्छन्, कुनै वेला त्यो पार्टीसँग सम्बद्ध हुनुहुन्थ्यो र तपाईं ?''हो, थिएँ । मलाई बिपी कोइराला मन पर्थे । मिल्ने साथी पनि सबै कांग्रेस थिए । साथीहरू त्यो पार्टीमा सम्बद्ध हुन आग्रह गरिरहन्थे । म वैचारिक र अभिव्यक्ति स्वतन्त्रताको पक्षपाती थिएँ । साम्यवाद नियन्त्रणमुखी हुन्छ र प्रजातन्त्र उदारवादी हुन्छ भन्ने मेरो मान्यता थियो । कांग्रेस प्रजातन्त्रवादी पार्टी भएको हुँदा पनि म त्यो पार्टीमा गएँ । जनमत संग्रहताका बहुदलको प्रचारका लागि ठुल्ठूला पोस्टर बनाएको थिएँ । मैले बनाएका कार्टुन र पोस्टर देखेर बिपी दंग पर्नुभयो । बिपीले मेरो प्रतिभा तत्कालै पहिचान गर्नुभयो र भन्नुभयो, 'तपाईंको प्रतिभा विलक्षण रहेछ, यी कार्टुनले बहुदलको प्रचारलाई निकै सघाउँछन् । यिनलाई वनारस लगेर छाप्ने प्रबन्ध गर्नुपर्छ ।' बिपी ठूला-साना सबै व्यक्तिलाई समान व्यवहार गर्ने, मान्छेप्रति हार्दिक सद्भाव भएका व्यक्ति थिए । उनको निधनपछि भने कांग्रेसका व्यक्तिहरूको रहनसहन, व्यवहार, घमण्ड र अहंकार मन परेन । एउटा कलाकारलाई स्वतन्त्र र निष्पक्ष अभिव्यक्ति दिन कुनै पार्टीविशेषमा रहनु ठीक होइन भन्ने लाग्यो र पार्टी छोडिदिएँ ।'

नेत्र आचार्य netra.acharya@gmail.com
No comments:
Post a Comment