पुग-नपुग चौध वर्षको उमेरमा मैले पहिलोपटक होस पुर्याएर पढ्न जानेँ । म त्यतिखेर किताबमा भएको कथानकबाट मात्र होइन, त्यसमा चित्रण गरिएका घटनाका चाखलाग्दा विकासबाट समेत कमबेसी आकषिर्त भएको थिएँ, त्यतिखेर नै मैले किताबमा भएका वर्णनहरूको सौन्दर्यको कदर गर्न थालेको थिएँ, कथामा भएका पुरुष र नारी पात्रहरूका बारेमा गम्न थालेको थिएँ, धूमिल रूपमा लेखकका उद्देश्यका बारेमा अनुमान लगाउन थालेको थिएँ र किताबमा भनिएको र जीवनले अनुप्राणित गरेको भिन्नताका बारेमा विस्मयका साथ अनुभव गर्न थालेको थिएँ ।त्यो समय मेरा लागि कठिन समय थियो, किनभने म त्यतिखेर अशिक्षित मानिसहरूले चलाएको एउटा कारखानामा ऊन रंग्याउने काम गर्दै थिएँ । ती मानिसका लागि प्रचुर खाना आनन्दको उत्कर्ष थियो र तिनीहरूको एक मात्र सोख नाचघरमा जाँदा वा बाहिर घुमफिर गर्न निस्कँदा मानिसले सजिसजाउका साथ लुगा लगाएजसरी नै सजधज भएर चर्च जानु थियो । मेरो काम अति गाह्रो थियो र यही कारणले गर्दा मेरो मन लगभग लाटिएको हुन्थ्यो, मैले आइतबार वा बिदाका दिनमा पनि उत्तिकै क्षुद्र, अर्थहीन र निस्सार कष्टसाध्य काममा अस्तव्यस्त हुनुपथ्र्यो ।
पुस्तकांशमेरा मालिकहरू बसेको घर क्लाज्मा नदीतिरको सडक बनाउने एकजना ठेकेदारको थियो । ऊ पुड्को, मोटो, चुस्स दाह्री र खैरो रंगका आँखा भएको, सधैं रिसाइरहने, अशिष्ट, क्रूर र निष्ठुर प्रकृतिको मानिस थियो । उसका तीसजना जति कामदार थिए, ती सबै भ्लादिमिर गुबेर्निआबाट आएका किसान थिए । तिनीहरू भुइँमा सिमेन्ट लगाएको र स-साना झ्यालहरू भएको जमिनमुनिको अँध्यारो छिँडीमा बस्थे । कामले थकित भएका उनीहरू साँझपख नमीठो गन्ध भएको भित्र्याँस वा सोडाले दुर्गन्धित नुनिलो मासु मिसाएको बन्दागोबीको झोल खाइसकेपछि आफ्नो कोठाबाट बाहिर देखा पर्थे र फोहोर आँगनमा हातखुट्टा पसारेर पल्टिरहन्थे, किनभने उनीहरूको चिसो कोठाको हावा त्यहाँ बाल्ने गरिएको ठूलो चूलाको धूवाँले गर्दा विषाक्त र निस्सासिँदो थियो । ठेकेदार आफ्नो कोठाको झ्यालमा यसो देखापर्थ्यो र आफ्ना कामदारलाई हप्काउन थाल्थ्यो, 'राँडीका छोराहरू ! फेरि निस्कियौ तिमीहरू आँगनमा ? हेर न सुँगुरजस्तै जथाभावी पल्टिएका ! मेरा घरमा सम्मानित मानिस बसेका छन्, तिमीहरूजस्तालाई यहाँ बाहिर देखेर तिनले आनन्द लिन्छन् भन्ने ठानेका छौ तिमीहरूले ?'कामदारहरू कुनै वचन नलगाई आज्ञापालन गर्दै आफ्नो कोठामा र्फकन्थे । ती मानिसहरू सबै नै दुःखी र शोकाकुल थिए, तिनीहरू कहिलेकाहीँ मात्र बोल्थे, हाँस्थे र विरलै गीत गाउँथे । तिनका लुगा धूलो र हिलोले लत्पतिएका हुन्थे र ती मलाई आफ्ना इच्छाविरुद्ध जीवनको अर्काे अवधिका निम्ति यातना भोग्न फेरि ब्युँझाइएका लासजस्ता लाग्थे । ठेकेदारले भनेका ती 'सम्मानित मानिसहरूचाहिँ सैनिक अफिसर थिए । ती रक्सी धोक्थे, जुवातास खेल्थे, आफ्ना नोकरचाकरलाई नीलडाम बस्ने गरी पिट्थे र आफ्ना श्रीमतीमाथि पनि हातपात गर्थे । तिनका श्रीमतीहरू पनि भड्किला लुगा लगाउँथे, रक्सी बेस्सरी धोक्थे र अफिसरका नोकरचाकरलाई निर्ममतापूर्वक कुट्थे । यी नोकरहरू पनि असाधारण रूपले रक्सी खान्थे र आफूलाई अन्धो मद्यपानमा उडाउँथे । आइतबारका दिन ठेकेदार एउटा हातमा हिसाबको लामो बहीखाता र अर्का हातमा पेन्सिलको सानो ठुटो समातेर दलानको सिँढीमा बस्थ्यो । कामदारहरू, मगन्ते हुन् कि जस्तो गरेर एक-एक गर्दै उसका अघि खुट्टा घिसार्दै आइपुग्थे । उनीहरू झिनो स्वरमा झुकेर र टाउको कन्याउँदै बोल्थे भने ठेकेदारचाहिँ संसार नै थर्काउने गरी चिच्याउँथ्यो- 'बेसी नकरा ! एक रुबल भए जत्ति पुग्छ, के रे ? भनेको सुनिनस् ? तैँले पाउनुपर्ने भन्दा बढी पाइसकिस् ? यहाँबाट निस्किहाल् ! चाँडो गर् त ?'म के जान्दथेँ भने कामदारमध्येका केही ठेकेदारकै गाउँका थिए र कतिपय त ठेकेदारका नातेदारसमेत थिए । तर, ऊ सबैलाई उही निष्ठुर, रूखो व्यवहार गथ्र्यो । कामदारहरू पनि एकअर्काप्रति निष्ठुर र रूखा थिए, खास गरेर अफिसरका नोकरचाकरप्रति । हरेक आइतबारको भोलिपल्ट आँगनमा रक्तपातपूर्ण र खुला भिडन्त सुरु हुन्थ्यो र प्रयोग गरिएका अश्लील बोलीले वातावरण नै विषाक्त बन्दथ्यो । ज्यामीहरू कुनै कष्टप्रद कर्तव्य निर्वाह गरेजस्तो गरी विनाविद्वेष झगडा गर्दथे, पटक-पटक कुटाइ खाएर, जीउमा घाउका खाटा बसाएर उनीहरू झगडाबाट फुत्कन्थे र फोहोर लागेका औँलाले हल्लिएका दाँतहरू यसो जाँच्तै एकान्तमा आफ्ना नीलडाम र घाउहरू नियाल्थे । झैझगडा र भिडन्तका कारण छिया-छिया परेको अनुहार वा नीलडाम बसेका आँखाले कुनै किसिमको सहानुभूति पाउँदैनथ्यो । तर, कमिज फाटेर छिया-छिया भएको खण्डमा भने कुरा अर्कै हुन्थ्यो । त्यतिखेर दुःख व्यक्त गर्नु सामान्य कुरो हुन्थ्यो र नोक्सानी भोगेको कमिज धनी उद्विग्नतापूर्वक आफ्नो क्षतिमा झोक्राउँथ्यो र कहिलेकाहीँ त आँसुसमेत झार्दथ्यो । यस्ता दृश्यले ममा वर्णनसम्म गर्न नसकिने गह्रुंगा भावनाहरू उमार्दथे । म यी मानिसप्रति दुःखी थिएँ, तर म उत्साहहीन र पृथक् थिएँ । ममा कहिल्यै यस्तो कुनै मानिसप्रति सहानुभूतिका शब्द प्रकट गर्ने चाहना उत्पन्न भएन वा भिडन्तमा अत्यन्त खराब स्थितिमा पुगेको कसैलाई सहयोग गर्ने चाहना भएन । कम्तीमा पनि उसको धूलो र हिलो मिसिएर बाक्लो भएर घाउ र काटिएको ठाउँबाट बगिरहेको रगत पानीले पखालेर सहयोग गर्ने इच्छा ममा आएन । वास्तवमा, म यी मानिसलाई मन पराउँदिनथेँ, केही हदसम्म उनीहरूसँग डराउँथेँ र म पनि मेरा मालिकहरू वा अफिसरहरू, सेनाका पुरेतहरू, छिमेकको भान्से वा अफिसरका नोकरहरूले जसरी नै उनीहरूलाई ज्यापू भन्दथेँ । यी सबै मानिसहरू ज्यापूका बारेमा घृणा गरेर बोल्छन् । मानिसका लागि दुःखको अनुभूति गर्नु क्लेशकर कार्य हो । कसैले पनि कोहीप्रति माया गरेर सधैं नै आनन्द लिन मन पराउँछ । तर, मैले माया गर्न सक्ने कोही पनि थिएन । यही कारण मैले बढी नै उत्साहका साथ किताबहरूलाई मन पराएँ ।म रहेको वातावरणमा धेरै नै दुष्टतापूर्ण र असभ्य कुराहरू थिए र तिनले तीव्र विरक्तिको भावना जगाउँथे । म तिनका बारेमा यहाँ विस्तारमा केही नभनौँ, तपाईं आफै मानिसले मानिसमाथि थोपरेको अपमानजनक नारकीय जीवन र दासहरू आनन्दित हुने पीडायुक्त रुग्ण प्रेरणाका बारेमा सचेत हुनुहुन्छ । मैले यही निन्दनीय परिस्थितिमा विदेशी लेखकहरूले लेखेका राम्रा र गम्भीर प्रकृतिका किताबहरू पहिलोपटक पढ्न पाएँ । झन्डैजसो हरेक पुस्तकले मेरा सामु एउटा नयाँ र अपरिचित संसारको झ्याल खोलिदिएको र मैले यसअघि कहिल्यै थाहा नपाएका र नदेखेका मानिस, भावना, विचार र सम्बन्धका बारेमा जानकारी दिएको कुराले ममा परेको आश्चर्यको मात्रालाई सायद म पर्याप्त सुस्पष्टता र विश्वसनीयताका साथ अभिव्यक्त गर्न असमर्थ प्रमाणित हुनेछु । यस्ता किताबको पढाइबाट मलाई के पनि बोध भयो भने मेरो वरिपरिको जीवन त्यो सबै, मेरा वरिपरि घट्ने कठोर, भ्रष्ट र क्रूर घटनाहरू ती सबै वास्तविक वा आवश्यक कुरा थिएनन् । वास्तविक र आवश्यक कुराहरू त किताबमा मात्र पाइन्थ्यो, जहाँ हरेक कुरा बढी विवेकपूर्ण, सुन्दर र मानवोचित थियो । के साँचो हो भने किताबहरूले मानवीय अशिष्टता, मूर्खता र वेदनाका बारेमा पनि भन्छन्, तिनले निःकृष्ट र दुष्ट मानिसहरूको चित्रण पनि गर्दछन् । तर, अर्कातिर अरू त्यस खालका मानिसहरूसमेत हुन्छन्, जसलाई मैले कहिल्यै देखेको वा सुनेकोसम्म थिइनँ । ती त्यस्ता मानिस हुन्, जो निर्मल, सत्यनिष्ठ, दरिलो आत्मा भएका हुन्छन् र जो सत्यको विजय र सौन्दर्यको सिद्धिका निम्ति आफ्नो अमूल्य जीवन समर्पित गर्न तम्तयार हुन्छन् । ***
के साँचो हो भने किताबहरूले मानवीय अशिष्टता, मूर्खता र वेदनाका बारेमा पनि भन्छन्, तिनले निकृष्ट र दुष्ट मानिसहरूको चित्रण पनि गर्छन् । तर, अर्कातिर अरू त्यस खालका मानिसहरू समेत हुन्छन्, जसलाई मैले कहिल्यै देखेको वा सुनेको सम्म थिइनँ ।पुस्तकहरूले मेरा सामु उद्घाटित गरेको विश्वको नवीनतम र आत्मिक सम्पदाबाट सम्मोहित भएर सुरुमा मैले पुस्तकहरूलाई अझ राम्रा, बढी नै चाखलाग्दा र मानिसभन्दा पनि निकटका मानेँ । र, मलाई के लाग्छ भने म त्यतिखेर जीवनका यथार्थलाई पुस्तकहरूको काँचबाट हेर्थें र यसरी केही हदसम्म अन्धो बनेको थिएँ । तथापि, शिक्षकमध्येको सबैभन्दा बढी बुद्धिमान् र कठोरतम शिक्षक जीवनले चाँडै नै मलाई त्यो आनन्ददायी अन्धताबाट निको पार्यो । पुस्तकहरूले मानिसमाथि विश्वास राख्न मलाई सिकाइ नै सकेका थिए । सबै कुरामाथि विचार गर्दा वास्तविक जीवनमा जे छ, किताबहरूले त्यसकै चित्रण गर्दछन् अर्थात् पुस्तकहरू वस्तुगत यथार्थका अनुकरण हुन् र यस कारण निष्ठुर ठेकेदार वा मेरो मालिक, रक्स्याहा अफिसरहरू वा मैले चिनेजानेका अरू मानिसभन्दा एकदमै फरक असल मानिसहरूको अस्तित्व जीवनमा हुनैपर्छ भन्ने अनुभव मैले गरेँ । मैले के ख्याल गरेको छु भने जतिखेर जीवनले मलाई कठोरतम प्रहारहरू चखाएको छ, त्यस वेलामा मेरो जीवनमा आएका असंख्य ती कष्टकर दिनमा नै ममा सधैं साहस र धैर्यको भावना उर्लेको थियो र युवकहरूको र हर्कुलसको जस्तो प्रचण्ड आकांक्षा, जीवनका अजंगका फोहोरमैला सफा गर्ने तीव्र उद्वेगले मलाई ओतप्रोत बनाउँथ्यो । यो तीव्र उद्वेग अहिले पचास वर्षको उमेरमा पुग्दासमेत ममा रहिरहेकै छ र म नमरुन्जेलसम्म पनि यथावत् रहिरहनेछ । म यस गुणका लागि पुस्तकहरूको ऋणी छु । पुस्तकहरू मानवजोसका शुभ सन्देशहरू हुन् र तिनले मानवको आत्मामा विकसित भइरहेका असहनीय वेदना र सन्तापलाई प्रतिविम्बित गर्दछन् । मस्तिष्कको कविता विज्ञान र हृदयको कविताकलाप्रति म ऋणी छु ।पुस्तकहरूले निरन्तर मेरा अघि नयाँ-नयाँ मनोरम दृश्यहरू देखाइरहे । दुईवटा सचित्र पत्रिका विश्व सचित्र (भ्सेमिर्नाया इल्ल्युस्ट्रेसिया) र सचित्र रिभ्यु (ज्झिभोपिस्नोये ओबोज्रेनिए) को मेरो जीवनमा विशेष मूल्य रहेको छ । देश-विदेशका सहरहरू, मानिसहरू र घटनाहरूको तिनको वर्णनले संसारलाई मेरा सामु बढीभन्दा बढी विस्तार गरे र यो विश्व विकसित भइरहेको, विशाल, मनमोहक र महान् कार्यहरूले भरिपूर्ण भएको मैले अनुभव गरेँ । म किताब-अध्ययनको तरिकाका सम्बन्धमा थुप्रै कुरा गर्न सक्थेँ । पुस्तक अध्ययन परिचित, दिनैपिच्छे गरिने तर सबै युगका महान् मनहरू र जनतासँगको मानवको घुलन (सम्मिश्रण) को रहस्यमय प्रक्रिया हो । यसले समय-समयमा मानिसका सामु जीवनको अर्थ र जीवनमा मानिसको स्थान के हो अकस्मात् उद्घाटन गर्छ । झन्डै जादुमय सौन्दर्यले रचिएका थुप्रै यस्ता विस्मयकारी उदाहरणहरू म जान्दछु । एउटा यस्तै उदाहरण म यहाँ उल्लेख गर्न चाहन्छु । यो पुलिसको निगरानीमा अर्जामासमा म बसेको समयको कुरो हो । मेरो छिमेकी स्थानीय कृषि बोर्डको हाकिम थियो (रुसी भाषामा जेम्स्की नचाल्निक भनेको क्रान्तिअघि किसान समुदायमाथि शासन गर्ने न्यायालय र प्रशासन दुवैको अधिकार भएको अधिकारीहरूको प्रमुख) । ऊ व्यक्तिगत रूपमा मलाई कतिसम्म मन पराउँदैनथ्यो भने उसले आफ्नो घरमा काम गर्ने नोकर्नीलाई साँझ काम गर्ने समय सकिएपछि मेरो भान्सेसँग कुराकानीसम्म नगर्नू भन्ने निर्देशन दिएको थियो र मेरो निगरानी गर्न एकजना पुलिसलाई मेरो झ्यालैमुनि त्यहीँ रहनेगरी खटाएको थियो । स्वाभाविक एवम् अपरोक्ष रूपमा त्यस पुलिसले आफूलाई उचित लागेको जुनसुकै समयमा पनि मेरो कोठा चियाइरहन्थ्यो । यस कामले बजारका मानिसहरू सन्त्रस्त थिए र धेरै लामो समयसम्म तीमध्ये कसैले पनि मलाई भेटघाट र कुराकानी गर्ने आँट गरेन । एकदिन गिर्जाघर जाने बिदाको दिन- एकजना कानो मान्छे मलाई भेट्न आए । उनको एकातिरको काखीमुनि एउटा पोको थियो र त्यो बेच्नका लागि बोकेको एकजोर जुत्ता हो उनले भने । मैले जुत्ता चाहिँदैन भनेपछि अर्का कोठातिर शंकालु भएर हेर्दै अति सानो स्वरमा उनले मलाई सम्बोधन गरे । 'जुत्ता त तपाईंलाई भेट्न आउन बनाएको एउटा निहुँ मात्र हो । मैले तपाईंलाई वास्तवमा भन्न चाहेको कुरोचाहिँ के हो भने के तपाईं मलाई एउटा राम्रो किताब पढ्न दिन सक्नुहुन्छ ?'उनको एउटा आँखाको अभिव्यक्ति यति इमानदार र सुबोध थियो कि यसले मेरा सबै शंका निवारण गर्यो । कुन खालको किताब चाहेको हो भन्ने मेरो सवालमा उनले दिएको उत्तरले मलाई विषय ठम्याउन सजिलो बनायो । चारैतिर हेर्दै कातर स्वरमा होसियारीपूर्वक उनले भने : 'लेखक महोदय, म त्यस्तो किताब चाहन्छु, जसले मलाई जीवनको नियमका बारेमा जानकारी देओस् अर्थात् संसारको नियमका बारेमा । मैले तिनबारे अनुमान लगाउन सकिनँ । मैले जान्न चाहेको कुरो के भने व्यक्तिले जिउने तरिका कुन हो र यस्तै कुराहरू । कजानका एकजना गणितका प्राध्यापक मेरो नजिकै बस्छन् र मलाई अलि-अलि गणित सिकाउँछन् । उनी किन मलाई पढाउँछन् भने म उनका जुत्ता मर्मत गरिदिन्छु र उनको बगैँचा पनि स्यहार्छु, म माली पनि हुँ । अँ त, गणितले मैले जान्न चाहेका प्रश्नहरूको उत्तर दिँदैन र प्राध्यापक अति नै कम बोल्छन् ।' मैले 'विश्व र सामाजिक विकास' शीर्षकको ड्राइफसले लेखेको र त्यतिखेर मसँग त्यस विषयमा भएको एउटै मात्र पुस्तक उनलाई दिएँ । आफ्नो बुटको माथिल्लो भागमा होसियारीपूर्वक किताब लुकाउँदै एकआँखे मानिसले भने, 'धन्यवाद ! किताब पढिसकेपछि म तपाईंसँग कुराकानी गर्न आउन सक्छु, हैन त ? तपाईंको बगैँचाका जामुनका झाडीहरू छाँट्ने बहानामा आउँला, तपाईंलाई थाहै छ, पुलिसले तपाईंको निगरानी गर्दै छ र सामान्यतया, तपाईंकहाँ म आउनु उपयुक्त हुँदैन ।'पाँच दिनपछि उनी फेरि आए । त्यतिखेर उनीसँग चित्रा र ठूलो खालको कैँची पनि थियो । उनको फुर्तिलो हाउभाउ देखेर म एकदमै चकित भएँ । उनका आँखामा रमाइलो चहक थियो र उनको आवाज दरो र ठूलो थियो । सबभन्दा पहिले उनले खुला हत्केला सशक्त रूपले मैले दिएको पुस्तकमुनि राखे र हतार-हतारमा भने- 'यस पुस्तकको सार कुरो यस संसारमा कुनै ईश्वर छैन भन्ने होइन त ?'
पुस्तकहरू मानवजोसका शुभ सन्देशहरू हुन् र तिनले मानवको आत्मामा विकसित भइरहेका असहृ्य वेदना र सन्तापलाई प्रतिविम्बित गर्छन् ।म हतारमा निकालिएका 'निष्कर्षहरू' माथि विश्वास गर्दिनँ । त्यसैले मैले उनी त्यस 'निष्कर्ष'मा कसरी पुगेका हुन् भन्ने जान्न उनलाई सावधानीपूर्वक प्रश्नहरू राखेँ । उनले उत्सुकतापूर्वक तर शान्त रूपमा भने, 'मेरा लागि त यही नै मुख्य कुरो हो ।' धेरै मानिसले मसँग तर्क गरेजस्तै मैले तर्क गरेँ : यदि सर्वशक्तिमान् ईश्वरको अस्तित्व छ र सबै कुरो उसको इच्छाअनुसार हुन्छ भने त मैले उनकै आदेशबमोजिम नम्रतासाथ उनीमाथि आफूलाई समर्पण गर्नुपर्छ । मैले धेरै देवताका बारेमा लेखिएका किताबहरू पढेको छु- बाइबल र त्यस्ता थुप्रै धार्मिक कृतिहरू । तर, म र मेरो जीवनप्रति म आफैँ जिम्मेवार छु कि छैन यो कुरो जान्न चाहन्छु । धर्मशास्त्रहरू भन्छन् तिमी आफैं जिम्मेवार छैनौ, तिमीले ईश्वरको इच्छाअनुसार नै बाँच्नुपर्छ, किनभने विज्ञानले कहीँ कतै पुर्याउँदैन । यसको अर्थ खगोलशास्त्र पाखण्ड र नक्कली कुरो मात्र भयो, गणित र अरू सबै विषय पनि यस्तै हुने भयो । वास्तवमा, अन्धभक्तिका पक्षमा कोही पनि हुँदैन, के तपाईं अन्धभक्तिका पक्षमा हुनुहुन्छ ?'मैले उत्तर दिएँ- 'अहँ, म त छैन ।''त्यसो हो भने मैले चाहिँ किन यस कुरालाई मान्ने नि ? तपाईं धर्मविरोधी भएको कारणले तपाईंलाई पुलिसको निगरानीमा यहाँ पठाइएको छ । यसको अर्थ के हो भने तपाईं धार्मिक उपदेशका विरुद्ध उठ्नुभएको छ । मैले जानेअनुसार कारण के हो भने सम्पूर्ण विपक्षी मतहरू पवित्र धर्मग्रन्थका विरुद्ध निर्देशित हुनैपर्छ । आत्मसमर्पणका सम्पूर्ण नियमहरूको स्रोत धर्मशास्त्र नै हो । यसका विपरीत स्वतन्त्रताका नियमहरू सबै विज्ञानबाट निस्कन्छन् अर्थात् मानिसको मस्तिष्कबाट । म यहाँ अरू बढी तर्क गर्छु : यदि ईश्वर छ भने यसबारेमा मेरो भन्नु केही पनि छैन । तर, यदि ईश्वर छैन भने म आफैं हरेक कुराका लागि आफ्नै लागि, अरू सबै मानिसका लागि, उत्तरदायी हुन्छु । म जिम्मेवार हुन चाहन्छु गिर्जाघरका पवित्र धर्मगुरुहरूले देखाएको उदाहरणअनुसार, तर फरक तरिकाले जीवनका खराब पक्षहरूप्रति समर्पण गरेर होइन, तिनकै विरोधमा उभिएर । उनले आफ्नो हत्केला फेरि किताबमुनि राखे र झुक्तै नझुक्ने विश्वाससहित भने- 'सबै समर्पण वा सहिष्णुता खराब हो, किनभने यसले खराबीलाई बलियो बनाउँछ । मलाई क्षमा गर्नुहुनेछ, तर यो त्यस्तो किताब हो, जसमाथि म विश्वास गर्छु । मेरा निम्ति यो अनकन्टार जंगलमा बाटो देखाउनेसरह छ । मैले निश्चित गरिसकेको छु- हरेक कुराका लागि म आफैं व्यक्तिगत रूपले जिम्मेवार छु ।'राति अबेरसम्म हाम्रो मित्रतापूर्ण कुराकानी भई नै रह्यो । एउटा साधारण र सानो पुस्तकले सन्तुलनलाई उल्ट्याइदिएको मैले पाएँ, यसले ती काना मानिसको विद्रोहपूर्ण खोजीलाई तीव्र विश्वासमा, सौन्दर्य एवम् विश्वविवेकको शक्तिको उल्लासपूर्ण उपासनामा परिवर्तन गरिदियो । वास्तवमा, यी सुन्दर, बुद्धिमान् मानिसले जीवनका खराबीका विरुद्ध संघर्ष गरे र सन् १९०७ मा साहसपूर्वक आफ्नो ज्यान गुमाए । ***रूखो रैबाकोभलाई जस्तो गरेका थिए किताबहरूले, ठीक त्यस्तै मेरो कानैमा आएर अर्के जीवनको अस्तित्वका बारेमा साउती मारेका थिए । त्यो अर्का संसार अहिले म बाँचिरहेको संसारभन्दा मानिसका लागि बढी मूल्यवान् थियो । किताबले कानो जुत्तानिर्मातालाई जे गरेका थिए, ठीक त्यस्तै मलाई जीवनमा मेरो स्थान कहाँनिर छ भन्ने देखाए । मन र हृदय दुवैलाई उत्प्रेरित गरेर किताबहरूले अज्ञानता र असभ्यताको दलदलमा फँसाउने घिनलाग्दो भासबाट मुक्त हुन मलाई मद्दत गरे । मेरो संसारका सीमाहरूलाई फैलाएर पुस्तकहरूले उन्नत जीवन प्राप्त गर्न मानिसले गरेका प्रयत्नहरूको महत्ता र सौन्दर्यका बारेमा, संसारमा मानिसले कति बढी उपलब्धिहरू गरिसक्यो र त्यो प्राप्त गर्न उसले कति डरलाग्दा कष्टहरू भोग्नुपर्यो र कति ठूलो मूल्य तिर्नुपर्यो भन्ने बारेमा जानकारी गराए । मेरो आत्मामा मानिसप्रति, जो कोही नै किन नहोस्, हरेक मानिसप्रति सम्मानको भावना उर्लियो । मेरो भित्री हृदयमा मानिसको श्रमप्रति आदर र उसको अशान्त आत्माप्रति एक्कासि माया उमि्रयो । जीवन अझ सहज तथा बढी नै आनन्ददायी र नयाँ एवम् गहन अर्थले भरिपूर्ण भयो । एकआँखे जुत्तानिर्मातालाई जस्तै किताबहरूले ममा जीवनका हरेक खराबीका लागि व्यक्तिगत जिम्मेवारीबोधको भावना उत्पन्न गरे र मानवमनको सिर्जनशीलताका लागि आदरभाव जगाए । सत्यमाथिको गहन विश्वासको मेरो दृढ धारणासहित म सबैलाई भन्दछु- पुस्तकहरूलाई माया गर्नुहोस्, तिनले तपाईंको जीवनलाई अरू सहज बनाउनेछन्, तिनले विचार, आवेग र घटनाहरूको रंगीचंगी र प्रचण्ड अन्योलमा बाटो पहिल्याउन मित्रतापूर्ण सेवा प्रदान गर्नेछन्, आफू र अरू मानिसलाई सम्मान गर्न सिकाउने छन् र संसार र मानिसप्रति मन र हृदयभरि माया भरिदिनेछन् ।इमानदारीका साथ लेखिएको, मानिसहरूलाई माया गर्ने, असल आशय भएको कुनै पनि पुस्तक तपाईंको विश्वासकै प्रतिकूल छ भने पनि प्रशंसालायक हुन्छ । कुनै पनि किसिमको ज्ञान उपयोगी हुन्छ, मनका भ्रमहरू र भ्रमपूर्ण आवेग-संवेगहरूको ज्ञानसमेत उपयोगी नै हुन्छ । पुस्तकलाई माया गर्नुहोस् । पुस्तकहरू ज्ञानका स्रोत हुन्, ज्ञान लाभदायी मात्र हुन्छ र ज्ञानले मात्र तपाईंलाई आत्मिक रूपले शक्तिशाली बनाउन, इमानदार र बुद्धिमान् बनाउन, मानिसलाई सही रूपमा माया गर्ने सक्षम व्यक्ति बनाउन सक्छ । ज्ञानले नै मानवको श्रमप्रति आदरभाव जगाउँछ र अति राम्रा उपलब्धिका लागि मानिसका अनवरत र उच्च प्रयत्नहरूलाई हार्दिक रूपले प्रशंसा गर्न सिकाउँछ ।मानिसले कार्य गरेको हरेक कुरामा, अस्तित्वमा भएको कुनै पनि एक्लो वस्तुमा मानिसको आत्माको केही न केही अंश सामेल भएकै हुन्छ । यो निर्मल र उत्कृष्ट आत्मा अरू कुरामा भन्दा विज्ञान र कलामा महत्तर मात्रामा समावेश हुन्छ र यसले पुस्तकको माध्यम र कार्यबाट महानतम वाक्पटुता र स्पष्टताका साथ आफूलाई व्यक्त गर्छ ।
Saturday, February 21, 2009
सिद्धिचरण : एक रक्षाकवच
कक्षा १० को नेपाली पाठ्य-पुस्तकमा पहिलोपटक भेटिएका थिए सिद्धिचरण श्रेष्ठ । त्यहाँ उनी आपmनो जन्मथलोको न्यास्रोले रन्थनिएर बिघ्नै विरही मनोदशामा 'मेरो प्यारो ओलखढुंगा'को लयमा धुरुधुरु रुँदै थिए । लाग्यो, सिद्धिचरण नाउँका यी जीव विचित्रका रुन्चे कवि रहेछन् । उनका लागि ओखलढुंगा प्राकृतिक सौन्दर्यले सिँगारएिको स्वर्गसमान थियो र त्यसको प्रतिलोमरूपी काठमाडौँ थियो उजाड मरुभूमितुल्य मानव-बस्ती । कविता स्मृतिपटमा ओखलढुंगाकै भावुक सम्झना साँचेर जिउने उनको आत्म-सान्त्वनाकारी सम्झौताको कथा कहेर टुंगिएको थियो । ऊबेला म कविलाई दुर्लभ धातुले बनेको बिछट्टको प्राणी ठान्थेँ । काठमाडौँ आएपछि सिद्धिचरणलाई जब भेटेँ, उनको रूपाकृति र बोलीको शैली मलाई एकदमै निष्प्राण र प्रभावहीन लाग्यो । मेरो मनचिन्ते कल्पनाको भव्य सिद्धिचरण अर्कै थियो, कठोर यथार्थको धरातलमा अर्कै सिद्धिचरण प्रकट भयो । अपेक्षा र प्राप्तिबीचको द्वन्द्वले डसेर मेरो चित्त त्यसैत्यसै विरक्तियो ः अरे बाबा ! त्यस्तो कविता रच्ने कवि सिद्धिचरण यस्तो कसरी हुनसक्छ ? अनुहारमा चिताएजस्तो आभा छैन । आँखामा कल्पिएजस्तो चमक छैन । मुद्रामा आश गरेजस्तो ओज र स्पन्दन केही छैन । उसो त हाउभाउमा भनेजस्तो फुर्ती र उमंग पनि छैन । झलक्क हेर्दा अपरििचत चरोजस्ता प्रतीत हुने । ठूलो कालो पmेम भएको खुबै पावरदार चस्माभित्र उदास चिम्सा आँखा । ज्यान फुकीढल लाग्ने, बोल्दा अकमकिने । उनको शुष्क स्वर भित्रभित्रै कामिरहेजस्तो लाग्ने र बाहिर ओठै कामेको देखिने । कहाँको मेरो कल्पनाको आदर्श सिद्धिचरण, कहाँको उनको त्यो विकर्षक यथार्थ रूप !२०२५ साउन महिनाको एक बिहान । अविराम गतिमा झम्झम् पानी पररिहेको थियो । मित्र रामबाबु सुवेदी र म उनलाई भेट्न झोँछेको उनको घरमा पुग्यौँ । क्यासेटमा सानो स्वरमा सुमधुर धुन बजिरहेको थियो । सिद्धिचरण मग्न मुद्रामा हुक्का गुडगुड-गुडगुड तानिरहेका थिए । तमाखुको मनै लोभ्याउने खालको सुगन्ध कोठाभर िव्याप्त थियो । उनको को, कहाँबाट र किनको उत्तर हामीले विनयशील वचनमा दियौँ । हामी विद्यार्थी । हाम्रो घर काठमाडौँबाहिर पूर्व र पश्चिम । हामी त्रिचन्द्र कलेजमा अध्ययनरत साहित्यका विद्यार्थी । हामी कविजीका पmयान । हामी साहित्यबारे केही सुन्न र सिक्न कविजीछेउ आएका ।चियापानपछि सिद्धिचरणले उत्कृष्ट साहित्यको अध्ययन, लेखन अभ्यास र रचनाको कलात्मक परपिाकबारे केही भने । सुदूरपूर्वी भेगको गाउँबाट आएको झर्रो नेपालीभाषी म । नेपालभाषी सिद्धिचरणको 'त' र 'ट' साटफेर हुने वर्णशंकर नेपाली उच्चारण मलाई एक उदेकको लाग्यो । उनले भनेको आधाजसो मैले बुझेँ, आधाजसो बुझिनँ । एकथोक चिताएर आएको थिएँ, भयो अर्कैथोक । सिद्धिचरणसँगको पहिलो साक्षात्कारले ममा उनीप्रति आकर्षणभन्दा कसोकसो विकर्षण नै पैदा गरििदयो । खिसि्रक्क परेको मनको तारमा एउटा असन्तुष्ट आवाज गुन्ज्यो ः आ... यस्ता नाथे सिद्धिचरण !बिरानो कान्तिपुरी नगरीमा ज्ञानी र प्रेरक मनुवा खोजी हिँड्दा गोविन्द भट्ट र टीआर विश्वकर्मासँग मेरो भेट भएथ्यो । सधैँ गुरु-गम्भीर देखिने र चिन्तनको चापले निधार मुजा पार्दै गहन दर्शन बोल्ने गोविन्द भट्ट नेपाल-चीन मैत्री संघमा जागिर खान्थे, प्रायः पटर-पटर बोलिरहने टीआर विश्वकर्मा मातृभूमि साप्ताहिकमा कलम घोटेर सुखम्-दुःखम् गुजारा चलाउँथे । ती दुवै मानवले माक्र्सवादको क्रान्तिकारी झन्डा बोकेका थिए । र पनि, ती मुक्त कण्ठले सिद्धिचरणको तारपिm गर्थे । ती सिद्धिचरणको नाउँका अगाडि उच्च आदरभावसाथ 'युगकवि'को टुप्पी जडान गरििदन्थे । 'युगकवि'को अर्थ युगीन चेतनाको संवाहक होला भनी मैले लख काटेँ । कुरा सुन्दै र अर्थ बुझ्दै जाँदा गोविन्द भट्ट, टीआर विश्वकर्मा र दुर्गालाल श्रेष्ठबाट मैले राणा शासनविरोधी जोदाहा सिद्धिचरणको परचिय पाएँ । म तीन छक् परेँ ः शुष्क र सुस्त प्रतीत हुने यी कृषकाय मनुवालाई ज्यान बाजी थापेर निरंकुश सत्तासँग जुध्ने त्यत्रो आँट कहाँबाट आयो होला ? अनि, क्रूर राणाशासकहरूका कठोर चित्तमा ज्यानमारा क्रोध जगाउने गरी 'क्रान्तिबिना थन वईमखु स्वच्छ शान्ति' अर्थात् 'क्रान्तिबिना यहाँ स्वच्छ शान्ति आउँदैन' भनी गर्जन गर्ने त्यत्रो साहस यिनमा कसरी पलायो होला ? यसरी सिद्धिचरण मेरालागि नांगा आँखाले देखिने व्यक्ति र त्यसमा अन्तरनिहित सिर्जनशीलता तथा सौर्यबीचको विरोधाभासको एक रहस्यमय बिम्व बने ।मेरो साहित्यिक सत्संग, संवाद र लेखन अभ्यास चालू रह्यो । सिद्धिचरणसँग कहिले बाटामा त कहिले साहित्यिक कार्यक्रममा भेट हुने क्रम पनि चलिरह्यो । गोरखापत्र, रूपरेखा र भानुमा मेरा केही कविता र कथा छापिए । भेट हुँदा सिद्धिचिरण अभिभावकीय स्नेहका साथ मेरो हात समात्थे, ममतामय चालले मेरो हात मुसार्थे र मेरो जिज्ञासु मानसमा हौसलाका तरंगहरू सञ्चार गरििदन्थे । 'तपाईं हृदयको आवाज बोल्नुहुन्छ' भनेर ती मलाई फुक्र्याउँथे । तर, हाम्रो लामो बातचित भने खासै हुँदैनथ्यो । एक दिन अचम्म भयो । पेप्टिक अल्सरले थला परेर म वीर अस्पतालको शय्यामा लमतन्न सुतेको थिएँ । बिहान त्यस्तै ९ बजेको हुँदो हो । मेरो अगाडि बर्दीधारी एउटा सिपाही झ्वास्स आइपुग्यो । कम्मरमा पिस्तोल भिरेको हेर्दैमा आङ सिरंिग हुने पहलमानी जवान ! म झस्केँ । निरंकुश राजाको सिपाही अस्पतालमा मेरो अगाडि किन ? उत्निखेरै देखेँ ः सिद्धिचरणको घोप्टो परेको हत्केलो आशीर्वादको भावमा मेरो माथतिर लम्किरहेछ । तिनले मेरो निधार छामे । मेरो टाउको मुसारे । तिनको अनपेक्षित आगमनबाट म एकसाथ चकित र हषिर्त भएँ ।"कस्तो छ, बाबु ?" अनुरागयुक्त चिन्ता घोलिएको स्वरमा तिनले सोधे ।"ठीकै छ, कविगुरु ।" तिनको हाडे हात स्पर्श गर्दै मैले भनेँ ।डाक्टरहरू राउन्डमा आए । उसै त नाउँ चलेका कवि सिद्धिचरण, अझ त्यसमाथि राजाको सिपाही पछि लाएर आएका । डाक्टरहरूले तँछाड-मछाड गर्दै अत्ताल्लिएको मनोदशामा निहुरएिर तिनलाई नमस्कार गरे । "यी बाबु लेखक हुन् ।" तिनले डाक्टरहरूलाई सम्झाए ः "राम्रोसँग यिनको उपचार गरििदनू ।"डाक्टरहरूले बडो आज्ञाकारीसाथ मुन्टा हल्लाए ः हस्, हजुर ।सिद्धिचरण राजसभा स्थायी समितिका सदस्य थिए । त्यसैले त सत्ताको निशानी त्यो सिपाही उनको छायाँसरी उनको पछिपछि हिँड्थ्यो । सिद्धिचरणको प्रभावले हो कि पिस्तोलधारी त्यो सिपाहीको प्रभावले हो मलाई थाहा छैन, त्यसपछि डाक्टरहरूको मलाई हेर्ने दृष्टि नै फेरयिो । तिनका बचन नरम भए । ती सोधेका कुराको झर्को नमानीकन जवाफ दिन थाले ।त्यसबेला म कोही थिइनँ । म त केवल सुदूरपूर्वी पहाडको विकट पाखोबाट ज्ञानको खोजीमा काठमाडौँ आएको एक अबोध ठिटो थिएँ । बल्लतल्ल मेरो लेखकीय विम्बको भू्रण बन्दै थियो । म न सिद्धिचरणको कुनै नातेदार थिएँ, न त उनको समकालीन लगौँटिया यार नै । तैपनि, सिपाहीलाई पछि लाएर ती मलाई भेट्न अस्पताल आए । तिनको सरलता, तिनको विनम्रता र तिनको मानवीय भावनाले मेरो हृदय स्पर्श गर्यो । र, मेरा नजरमा तिनको छविको रूप अर्कै भयो । संवेदनशील, ज्ञानी र करुणामयी कविवर सिद्धिचरण !त्यो सत्ताको उन्मादले पञ्चायती राज कालसरह विकराल हुँदै गएको कुकाल थियो । नागरकिलाई मनका लागेका कुरा न खुलेर बोल्ने हक थियो न त देशमा फुक्काफाल डुलपिर गर्ने हक नै थियो । हामी वाम झुकावका विद्यार्थीहरू सत्ताका आँखा छल्न साहित्यको आवरणभित्र राजनीति गथ्र्यौं । सिद्धिचरण श्रेष्ठ हाम्रा रक्षा-कवच भइदिन्थे । साहित्य मन्थन वा साहित्य वाचन कार्यक्रममा हामी उनलाई प्रमुख अतिथि बनिदिन बिन्ती गथ्र्यौं । उनी एकरत्ति भाउ नखोजीकन सुरुक्क आइदिन्थे । उनको उपस्िथति हाम्रा लागि फलामे तारको बारजस्तो हुन्थ्यो । राजाको पुलिस त्यो बारभित्र पस्न आँट गर्दैनथ्यो । लाग्थ्यो, पुलिस पसिहालेछ भने पनि सिद्धिचरणका सामु त्यसले हामीलाई कुट्ने छैन । कदाचित पुलिसले पकडिई हालेछ भने पनि हामीले राजा र व्यवस्थाविरोधी कुरा गर्या छैनाँै, हाम्रा कुरा सुन्ने साक्षी सिद्धिचरण छन् भनेर फुत्किन पाइएला भन्ने लाग्थ्यो । यसरी हामी वामयुवाहरूका लागि सिद्धिचरण साहस र ढाडस, प्रेरणा र ढाल धेरैथोक थिए । "गुरु, एउटा कविता वाचन गरपिाऊँ ।" हरेक कार्यक्रममा सिद्धिचरणसँग हामी आग्रह गथ्र्यौं । हामीलाई मन पर्ने र बाँची सुनाउन उनलाई जाँगर लाग्ने कविता उही थियो । उनको काम्दो स्वरमा कविताको लय यसरी तरंगित हुन्थ्यो ःनेपाली हुँ कठिन गिरमिा चढ्नलाई सिपालुबैरी नै होस् तर पनि म छु दीनमाथि दयालुतातो रातो रगत रपिुको प्युन हर्दम् तयारमेरो, मेरो पि्रय खुकुरी हो हेर भै होसियार ।पछिल्ला दुई हरफमा कविको नेपालभाषी जिब्रोमा 'त' र 'ट' सट्टापट्टा हुन्थे र कविताको ध्वनिले टाटो राटो रगट रपिुको प्युन हर्डम टयारजस्तो विचित्रको रूप धारण गथ्र्यो । कविको यो उच्चारण वामयुवा जगत्मा कण्ठस्थ र पि्रय थियो । वाम युवा-वृत्तमा कविको फुल नाउँ नै टाटो-राटो कवि रहन गएको थियो । म कलेजको विद्यार्थी छँदा काठमाडौँमा अञ्चलको नाउँमा खोलिएका अनेक युवा संगठन थिए । तिनमा गण्डकी विद्यार्थी परष्िाद् विशेष क्रियाशील थियो । त्यसले लालुपाते नामक सामयिक संकलन छाप्थ्यो । र, घरघिर िविचार गोष्ठी र साहित्य गोष्ठीको चाँजोपाँजो मिलाउँथ्यो । ०२७ साल माघमा त्यसले पोखरामा यस्तै कार्यक्रमको आयोजन गर्ने भयो । अब रक्षा-कवच त चाहियो नै । सदाझैँ रक्षा कवचरूपी सिद्धिचरण प्रमुख अतिथि बने । युवा र साहित्यबारे बोल्दा मेरो जिब्रोबाट दुई-तीनपटक क्रान्ति शब्द फुत्किन पुगेछ । कुरो गडबड भइहाल्यो । अञ्चलाधीश सूर्यप्रसाद श्रेष्ठ सुराकीको भेषमा कान थापेर मञ्चमा बसेका थिए । तिनले सिद्धिचरणलाई खुसुक्क भनेछन्, "कविगुरु ! यो क्रान्ति शब्दले मेरो जागिर खाने भो । कि त मैले यो केटालाई पक्राउ गर्नुपर्यो कि कविजीले कुरामा रपmफु भरििदनु पर्यो ।" नभन्दै सिद्धिचरणले कुरामा ट्याक्क रपmफु भरहिाले । तिनले भने, "यहाँ चर्चामा आएको क्रान्ति राजनीतिक क्रान्ति होइन । यो त केवल सामाजिक क्रान्ति हो ।" बस्, पक्राउ र यातनाबाट म जोगिएँ, जागिर चट् भएर जोगी हुनबाट अञ्चलाधीश सूर्यप्रसाद श्रेष्ठ जोगिए । कार्यक्रमपछि रक्षाकवचलाई अघि लगाएर हामी गाँस र बासको व्यवस्था मिलाइएको होटलमा गयौँ । पोखरेली जाडो कडा थियो । उत्पात उत्तेजित र हषिर्त हुँदै सिद्धिचरणले भने, "आज कार्यक्रम अति राम्रो भो । ल खुसीयालीमा म त उत्सव मनाउँछु ।"टीआर विश्वकर्मालाई सिद्धिचरणका मुखबाट आपmनै तिर्सना पोखिएझैँ लागेछ क्यार । तिनले हौँसिदै भने, "हो, हो । आज विजय-उत्सव मनाउने हो ।"अनि, ती दुई जनाले बडो उत्सवी मुद्रामा मदिरा पान गरे । पछि शुद्ध विचार, शुद्ध व्यवहार र शुद्ध आचरणमा अडिग युवा आयोजकहरूले टीआरको टिप्पा काडे । माक्र्सवादी क्रान्तिकारी भएर पनि रक्सी पिउने ? दुनियाँले चाल पाउने गरी गति छाड्ने ? आपmनो बचाउ पक्षमा टीआरले कुनै तर्क गरे कि वाम कर्मकाण्डमा प्रचलित सूत्र जप्दै 'म आत्म-आलोचित भएँ' भने मलाई सम्झना छैन ।म सम्झन्छु, वाम युवा वृत्तमा 'सिद्धिचरण' र उनको 'तिम्रो बासित पैसा छैन' भन्ने कविता एकअर्काका पर्यायझैँ मानिन्थे । यही कवितालाई दसी बनाएर सिद्धिचरणलाई गरबिका असल साथी र संवेदनशील सहयोगीका रूपमा आदर गरन्िथ्यो । तर, सिद्धिचरणको व्यक्तित्वको अर्को पाटो पनि थियो । उनको व्यक्तित्वको यो पाटो देखाएर उनलाई मधेसी मौजाको मालिक भन्नेहरू पनि थिए । वास्तवमा सिद्धिचरणको व्यक्तित्व तीन विपरीत तत्त्वको योग थियोझैँ लाग्छ । मधेसी मौजाका मालिक, राजाको राजसभाका सदस्य र गरबिका साथी र सहयोगी वागी कवि । मलाई लाग्छ, यो तेस्रो तत्त्वको जाज्वल्यमान प्रकाशका मुखेन्जी अघिल्ला दुई तत्त्व उनको व्यक्तित्वको पाद टिप्पणीमा पर्छन् । ०२८ सालमा म लमजुङको खुदीमा केही समय हाइस्कुलको हेड मास्टर भएको थिएँ । मस्र्याङ् दी र खुदी नदीको त्यस संगम थलोमा अहोरात्र नदी सुसाएको सुनिन्थ्यो । त्यस दुर्गम स्थलमा जगत्को सूचना-प्रवाहदेखि टाढा एकान्तमा एकलासे जीवन बिताउन म विवश थिएँ । एक दिन खुनी शाही सत्ताले झापाको सुखानी वनमा पाँच वागी सपुतको बध गरेको खबर मैले सुनेँ । त्यो समाचारको झट्काले मेरो मन त्यसैत्यसै उदास भयो । म विद्यालयनजिकैको धर्मशालामा बस्थेँ । उदासीको त्यो क्षणमा उदात्त आदर्शको निम्ति वीरतासाथ जीवन आहुति दिने ती पाँच सहिदप्रति श्रद्धाञ्जलि प्रकट गर्न मैले सिद्धिचरण श्रेष्ठकृत कविताका चार हरफ लेखेर भित्तामा टाँसे ःसागरको बीच आइसकेपछि भयले अब हट्न हुँदैनआँधी आई कुर्ले कुर्लोस् अब हिम्मत हार्न हुँदैन डुब्ला, मर्ला अरू के होला यत्ति न हो त्रास तँलाईलाखौँ डुब्छन्, लाखौँ मर्छन् जगको रीत चलाउनलाई ।अनेक सन्दर्भमा उपयोगी थिए हामी वामयुवाका रक्षाकवच 'युगकवि' सिद्धिचरण श्रेष्ठ ।
Khagendra Sangroula
Khagendra Sangroula
'रोगले भन्दा बेसी पिर्यो समाजले'
खाना परैबाट दिन्थिन् सासूले, लोग्ने त बोल्नै छाडे, अरु मान्छे पनि कम बोल्न थाले, बोल्नेहरु पनि परैबाट बोल्थे, पँधेरोमा भाँडा फालिदिन्थे, अपमानको के गन्ती, सहिसक्नु नै थिएन ।आफूलाई देख्दैमा कोही डरायो भने तपाईं कस्तो महसुस गर्नुहुन्छ ? यस्तो त सयौंपटक बेहोरेकी छु मैले । मलाई देख्नासाथ जोकोही तर्सिन्छ । मेरा बांगिएका औंला देख्नेहरू मसँग झस्कन्छन् । नयाँ पत्रिका कार्यालय छिर्दै ५३ वर्षीया मीठु सञ्जेलले भनिन्, 'कस्तो रोग रहेछ यो, जसले जिन्दगीभरि रोगीको 'ट्याग' भिराइदिँदोरहेछ ! म आफैंसँग भयातुर हुन्छु ।'
महिला वा दलित अपमानित भए भने उजुरी हाल्ने ठाउँ छ, रोगीलाई खै ?
खाना परैबाट दिन्थिन् सासूले, लोग्ने त बोल्नै छाडे, अरु मान्छे पनि कम बोल्न थाले, बोल्नेहरु पनि परैबाट बोल्थे, पँधेरोमा भाँडा फालिदिन्थे, अपमानको के गन्ती, सहिसक्नु नै थिएन ।'मान्छेका आँखामा मप्रति यति घृणा र तिरस्कार देख्छु कि आफैं अचम्ममा पर्छु, सुरुसुरुमा त निकै चिन्ता लिन्थेँ, पछि त बानी पर्दै गयो नानी !,' उनी भन्छिन् ।गोठाटार निवासी ५३ वर्षीया मीठुलाई ४० वर्षअघि कुष्ठरोगले समात्यो । निको हुनै १० वर्ष लाग्यो । अहिलेको जस्तो औषधि थिएन त्यतिवेला, औषधिको परीक्षण हुँदै छ भन्थे डाक्टर । १२ वर्षकै उमेरमा बिहे भो मीठुको । छोरीका लागि विद्यालय थिएनन् त्यतिवेला ! घरमै कखरासम्म चिनिन्, बिहेअघि दाइसँगै । 'बिहेको एक वर्षपछि खुट्टा फुट्न सुरु भयो । खुट्टा फुट्नुसम्म त त्यति ठूलो समस्या थिएन, हिलोले पनि फुट्छ । डेढ वर्ष उसै बिते । उपचारको टन्टै उठाइएन,' उनले भनिन् । 'अस्पताल पुर्याइदेऊ भन्ने आँट कहाँ थियो र ? यस्तो भो भन्न पनि गाह्रो ! सासूसँग डर लाग्थ्यो, श्रीमान् त्यति बोल्दैनथे,' उनले भनिन् । सासू र श्रीमान्ले सोचेछन्, 'भूतप्रेत लाग्यो कि, बोक्सीको आँखा पर्यो ।' झाँक्री पो बोलाए । ढ्यांग्रोको आवाज र झाँक्रीको कम्पनले घर हल्लायो, उनको खुट्टाको 'भूत' भागेन । 'खुट्टाको बेथा, नाइटोमा खरानीझैं भयो ! घरको आश रहेन । माइत पुगिन् । सोचिन्, 'आफैं डाक्टरलाई देखाउँछु ।' र, पुगिन् वीर अस्पताल । डाक्टरले टिबीको आशंका गरे र खकार जाँच्न लगाए । तर, रिपोर्ट नेगेटिभ आयो । उनी वीर अस्पताल धाउन थालेको चार दिन भइसकेको थियो । घर र्फकंदै गर्दा कोटेश्वरमा भेटिएकी एउटी दिदीले सोधिन्, 'नानी ! के भयो ? धेरै दिनदेखि बाटोमा देख्छु ।' मीठुले हाल-बेहाल बेलिबिस्तार लगाइदिइन् । केही सोचेर उनले मलाई ढाडस दिँदै भनिन्, 'नआत्तियौ, निको हुन्छ, हामी भोलि आनन्दवन जाने !' 'थुप्रो पैसा लाग्ला नि दिदी !' मीठुले सोधिन् । 'केही छैन, तिमी आऊ न !' पछि थाहा पाइन्- उनी पनि कुष्ठरोगी रहिछन् ।मेरो खुट्टो हेरेपछि आनन्दवनका डाक्टरले भने, 'यो त कुष्ठरोग हो !' म झसङ्ग भएँ । उनले देखिन्, त्यहाँ थुप्रै कुष्ठरोगी, अंगभंग भएका ! उनी त सद्दे नै थिइन् । 'त्यसैले रोगीजस्तै महसुस भएन मलाई,' उनले सुनाइन् ।केही समय माइतै बसेर औषधि गरिन् । रोग निको भएको थिएन । घर र्फकेपछि सासूले पनि थाहा पाइन् । त्यही दिन सासूले छिँडी देखाउँदै भनिन्, 'यहीँ सुत्नू अबदेखि !' त्यस क्षण उनलाई लाग्यो, 'यो रोग साँच्चै भयानक रहेछ ।' खाना परैबाट दिन्थिन् सासूले । लोग्ने त बोल्नै छाडे । गाउँलेले पनि बिस्तारै चाल पाए । खासखुस चल्न थाल्यो । कतिले त हाक्कै भनिदिए, 'पापी रै'छे यो त !' ***भर्खर १५ टेक्दै थिइन् । त्यो बालापनले सहन सकेन परिवारको टोकसो र गाउँलेको घृणा । सोचिन्, 'माइतै जान्छु ।' माइतीमा पनि कहाँ सुविस्ता ! मान्छे तिनै थिए । धेरैजसो कम बोल्न थाले । बोल्नेहरू पनि परैबाट बोल्थे । पँधेरोमा भाँडा फालिदिन्थे । 'अपमानको के गिन्ती, सही सक्नै थिएन ।एक दिन डाक्टरले दाइलाई अस्पतालमा बोलाएर भने, 'तिम्री बहिनीलाई नसर्ने कुष्ठरोग लागेको छ । तिम्रो सानो बच्चा उनले खेलाउँदा केही हुँदैन है । चाहिए कागज बनाइदिउँला ।' उनले कागज लगे र गाउँलेलाई देखाए । गाउँलेले पत्याएनन् । भने, 'यो त बिहेमा छापेको कार्डजस्तो पो छ !'गाउँलेले त मानेनन् नै, घरकै भाउजूले पनि मानिन् । एक दिन हस्पिटलबाट र्फकेर माइत के पुगेकी थिइन्, भाउजूले भाँजो हालिन्, 'गौदानै नगरी नन्द घर छिरी !' यत्ति निहुँबाट घरमा लफडा सुरु भयो । गाउँले भेला भए । भाउजूले सर्तै तेस्र्याइन्, 'यहाँ अब कि यो बस्छे, कि म ।' दाइले भने निकालिहाल्न सकेनन् । भने, 'कहाँ पठाऊँ, यसलाई मर भनौँ ?' जाने ठाउँ कहीँ थिएन अब । आनन्दवन जाँदा एउटी बेलायती दिदीलाई चिनेकी रहिछन् । उनले तुलसी मेहरसँग कुरा गरिछन् । एक दिन तुलसी मेहर माइतीसम्म मीठुलाई खोज्दै आए, आश्रम लैजान । उनलाई पनि आश्रय चाहिएको थियो । उनी आश्रम गइन् । त्यहाँ बस्ने खर्च शान्तिवन अस्पतालको सामाजिक सेवा कार्यालयले दियो दुई वर्षसम्म । त्यसपछि उनी आफंै पढाउन थालिन्, प्रौढ शिक्ष्ाा । त्यसैले आश्रमको खर्च टथ्र्याे । सिलाइबुनाइ पनि आउँथ्यो । त्यसले थप सहयोग गर्यो । ***एक दिन कसैले सुनायो, 'तिमीजस्तो मान्छे धर्मशास्त्र पढ ।' बागबजारको एउटा स्कुलमा धर्मशास्त्र पढाइन्थ्यो । तर, त्यो सार्वजनिक थिएन । कारण, त्यहाँ क्रिस्चियन शिक्षा पढाइन्थ्यो । पञ्चायतकाल थियो । आधारभूत शिक्षा लिन दुई वर्ष लाग्यो । त्यहाँबाट २५ रुपैयाँ मासिक पाइन्थ्यो, पकेट खर्चबापत । निस्केपछि त्यो पनि छुट्यो । आश्रममा सिलाइबुनाइ सिकेकी थिइन् । हप्तामा तीन दिन त्यही गर्न थालिन् । चार दिन चर्चलाई दिन्थिन् । त्यसबाट पनि अलिअलि पैसा आउँथ्यो । रोगीलाई अस्पतालसम्म पुर्याउने खर्च टथ्र्याे । धर्मशास्त्रको पढाइले सेवा-भाव त दिएको थियो नै, पछि जागिर पनि दियो वार्डेनको । पैसा आउँथ्यो । काम पनि रमाइलै थियो । सबैले सम्मान गर्थे उनलाई । तर, एक दिन जागिर दिने सरले नै चित्त दुखाए । विद्यार्थी परिचय कार्यक्रम थियो । 'यी कुष्ठरोगी पोइले छोडेकी !' म त झसंग भएँ । के भनेका होलान् है, सरले नै । उनलाई अझै थाहा छैन, त्यसो किन भने ? किनकि उनले सोधेकी छैनन् । त्यहाँ आठ वर्ष काम गरेपछि त्यही सरले बोलाएर राजीनामा मागे । पछि थाहा पाइन्, त्यसमा त विद्यार्थीको पो षड्यन्त्र रहेछ ।श्रीमान्ले दोस्रो बिहे गरे । छोराछोरी पनि छन् । तिनकी आमा मरिसकिन् । पोहोर साल दसंैमा फोन गरे, 'आउँदिनौ घर ?' उनले भनिन्, 'चुरा किन्दिए आउँला ।' श्रीमान् बोलेनन् । त्यसैले गएकी छैनन् । ***नेपालका ५० बढी जिल्ला पुगेकी छिन् मीठु, त्यो पनि सेवाकै सिलसिलामा । कुनै संस्थाको प्रतिनिधि भएर होइन, आफ्नै पैसाले । आफ्नाभन्दा हजारगुना दुःख पाएका रोगी छन् । कतिको त पूरै अंग झरिसकेको हुन्छ, ओखती नपाएर । स्वास्थ्यचौकीमा निःशुल्क औषधि हुन्छ । लैजाने र दिने मान्छे हुँदैनन् । हिमाली जिल्ला पुग्न बाँकी छन्, पहाडमा भन्दा तराईमा बढी समस्या भेटिन् उनले । 'पहाडमा रोग लागेपछि गुफा पठाउँछन्, खान त दिन्छन्, तर तराईमा त्यो पनि पाउँदैनन्, गाउँबाटै बहिस्कार गरिन्छ,' कुष्ठरोगीमाथिको असामाजिक व्यवहारबारे उनले धेरै देखेकी, भोगेकी छिन् । खोकना जान्छिन्, कहिलेकाहीँ । त्यहाँ सरकारले सन्तान भएका कुष्ठरोगीलाई राख्न आवासको व्यवस्था गरेको छ । 'तर, कतिलाई त्यहाँबाट पनि निकाल्न स्वयं छोराछोरीले दबाब दिन्छन् !,' उनले भनिन् ।आनन्दवन, लालगढ, अस्पतालमा कुष्ठरोगीको उपचार हुन्छ । त्यहाँ रोगी आउँछन् । गाउँघरमा यति अपमान हुन्छ कि र्फकन मान्दैनन् । त्यसैले उनलाई लाग्छ, रोगीमाथि हुने अपमानलाई सरकारले अपराध मानोस् । 'महिला वा दलित अपमानित भए भने उजुरी हाल्ने ठाउँ छ, रोगीलाई खै ?,' उनको प्रश्न छ ।प्रमिला देवकोटा shovabi@gmail.com

बिपी ठीक, कांग्रेस बेठीक
शिरीषको फूल उपन्यासका लागि मदन पुरस्कार पाएपछि पारिजातले कविता लेखिन् :
'यसैलाई म प्राप्ति ठान्न सक्दिनँ
किनकि
जहाँ पनि म जानेर होइन
भौंतारिएर पुगेकी हुन्छु ।’'
वात्स्यायन' नामले कार्टुन बनाउने नेपालका चिनिएका कलाकार दुर्गा बरालले पनि आफू 'नामी कार्टुनिस्ट' हुनुलाई पारिजातको प्राप्तिजस्तै ठान्दा रहेछन् । भएको के रहेछ भने, दुर्गा बराल कलेज पढ्दा जीवविज्ञानका कक्षामा माछा र भ्यागुताका अहिल्यै उफ्रेर हिँडिहाल्लान् कि जस्ता चित्र बनाउँथे रे ! शिक्षिकाले ती चित्र देखेर 'तिमीमा त एउटा कुशल कलाकारको प्रतिभा छ, छात्रवृत्ति खोजेर विदेश पढ्न जाने उपाय गर' भन्ने सल्लाह दिइछन् । उनी राजधानी आएछन् र छात्रवृत्ति खोज्दै वर्षौं बसेछन् । हरेकपटक उनको नाम वैकल्पिकमा निस्कन्थ्यो । यसरी आजित भएर भौंतारिइरहेका वेला नयाँ सन्देश पत्रिकाका सम्पादक रमेशनाथ पाण्डेले कार्टुन बनाइदिन आग्रह गरेछन् । विचार पाण्डेको, कला उनको । पाँच वर्ष यत्तिकै बितेपछि उनी पोखरा फर्केछन् । तर, त्यतिन्जेल कार्टुन-कलामा उनी पोख्त भइसकेका थिए र राजनीतिमा पनि रस बसिसकेको थियो ।
कार्टुन बनायो भने तात्तातै प्रतिक्रिया आउने, कलाको चर्चै नहुने । सयौँ पेन्टिङ बनाएँ । तर, सबैले मलाई कार्टुनिस्ट नै भन्छन्, कलाकार भन्दैनन् ।
कांग्रेस प्रजातन्त्रवादी पार्टी भएको हुँदा पनि म त्यस पार्टीमा गएँ । जनमत संग्रहताका बहुदलको प्रचारका लागि ठुल्ठूला पोस्टर बनाएको थिएँ । मैले बनाएका कार्टुन र पोस्टर देखेर बिपी दंग पर्नुभयो ।
'कार्टुन नसाजस्तो रै'छ । लागेपछि लाग्यो, लाग्यो । कार्टुन बनायो भने तात्तातै प्रतिक्रिया आउने । कलाको चर्चै नहुने । सयौं पेन्टिङ बनाएँ । तर, सबैले मलाई कार्टुनिस्ट नै भन्छन्, कलाकार भन्दैनन् ।' हुन पनि एउटा चित्रले हजारौं शब्दले व्यक्त गर्न नसक्ने सन्देश दिन्छ भन्छन् वात्स्यायन । कार्टुन पेन्टिङभन्दा झन् सम्प्रेषणीय हुन्छ । यस्तो कार्टुन-कलामा एकपटक हात बसिसकेपछि किन नलागून् त उनी ? वात्स्यायनसँग पोखरास्थित उनको चिटिक्क परेको एकतले घरमा भेट भयो । भर्खरै नुहाएर मुसुक्क हाँस्दै निस्केका उनी 'फ्रेस मुड'मा देखिन्थे । उस्, उनी त छिमेकीको घरमा श्राद्ध खान पो हिँड्न लागेका रहेछन् ! मलाई भित्रबाट चिया मगाइदिएर 'एकैछिन् है त' भन्दै उनी हिँडिहाले । र, एकैछिनमै पहेँला अक्षताको टीको लगाएर आइपुगे ।
४० वर्षदेखि कार्टुन बनाएका उनको हास्यचेतना भेउ पाइनसक्नु हुनुपर्छ भन्ने मेरो पुरानो अन्दाज । उनको रूपरंग, भेषभूषा र लवज, म गौर गरेर हेर्छु । सेतै फुलेको कपाल जुरेलीजस्तै ठडाएर कोरेको । झन् निधारमा पहेँला अक्षता देख्ता त मेरो हाँसो फुत्किनै आँट्यो । कार्टुनिस्ट कस्ता भने, नहाँसी बोल्नै नजान्ने । उनले कार्टुन-विद्याबारे मेरा धेरै रसिक जिज्ञासाको उत्तर हाँसेरै दिइसके । केही रुखा प्रश्न मात्रै मैले राख्न भ्याएँ ।
कार्टुनकला अर्थात् उटुंगो विद्यापहिलो प्रश्न मैले सोधेँ : कार्टुनकला खासमा के हो ? उनी पहिला हाँसे र भने, 'कार्टुनकलालाई खासमा उटुंगो विद्या भने हुन्छ । हँसाइ-हँसाई पाठकलाई वाञ्छित सन्देश सम्प्रेषण गर्ने विद्या । कसैको प्रशंसा गर्दा मात्र होइन, आलोचना गर्दा पनि हँसाउन सक्नु कार्टुनकलाको विशिष्टता हो । कार्टुनले थोरै ठाउँ लिएर पाठकलाई मनोरञ्जन, व्यंग्य, घोचपेच तथा राजनीतिक-सामाजिक सचेतनामूलक सन्देश प्रभावी ढंगले सम्प्रेषण गर्छन् ।' त्यसो भए, कार्टुनले सन्देश बढी प्रभावी ढंगले सम्प्रेषण गर्न सक्नुको कारणचाहिँ के हो नि ? मेरो दोस्रो प्रश्न ।'कारण, हँसाउने खुबी हो । गल्ती गरेका व्यक्तिलाई खिल्ली उडाउँदा पनि हँसाइ-हँसाई उसका कर्तुतको फेहरिस्त देखाइदिन सक्नु कार्टुनिस्टको विशिष्टता हो ।' 'ए, त्यस्तो विशिष्ट खुबी अरूमा भन्दा तपाईंमै बेसी हुनुको पनि कारण छ कि ?' म अबोध बन्दै सोध्छु । यो प्रश्नमा उनले आफ्नो पूरै अतीत एकसरो सम्भिmए र भने, 'अन्यजस्तै कार्टुनकलाका लागि पनि जन्मजात खुबी हुनुपर्छ । औपचारिक पाठ्यक्रम पढेर कार्टुनिस्ट बन्न सकिँदैन । त्यसैले होला, कार्टुन बनाउने विषयमा औपचारिक शिक्षा दिइँदैन । एप्लाइड आर्टअन्तर्गत कार्टुन एउटा विषय राखिएको छ, त्यत्ति हो । यद्यपि, क्षाकोठामा पढेका भरमा विरलै व्यक्ति कार्टुनिस्ट भएका छन् । कार्टुनिस्टमा हसाउने खुबी पहिल्यैदेखि विद्यमान हुनुपर्छ । मैले सानैदेखि सबैलाई हलल्ल हसाउँथेँ । एकपटक के भयो भने, मैले बाटोमा फेला पारेका ब्याट्री बटुलेर घर ल्याएँ । हातभरि ब्याट्री देखेर मामाले भन्नुभो, 'ए दुर्गा, यी फालेका ब्याट्री केमा काम लाग्छन् र बटुलेर ल्याएको ?' मैले फ्याट्ट भनेछु, 'नचाहिने वेलामा काम लाग्छन्,' सबै हाँसे ।'
दुर्गा बराल उर्फ वात्स्यायनदुर्गा बराल, 'वात्स्यायन' कसरी बने त ? यही मौकामा मैले सोधेँ । 'मैले ०३५ सालतिर पोखराबाट निस्कने प्राङ्गण पत्रिकामा कार्टुन बनाउँथेँ । त्यतिखेर पञ्चायतविरोधीमाथि निकै दमन हुन थालेको थियो । छद्म नाममा कार्टुन बनाउनुपर्ने भयो । मैले पृथ्वीनारायण क्याम्पसका नेपाली विषयका गुरु सोमनाथ पौडेललाई छद्म नाम जुराइदिन आग्रह गरेँ । उहाँले 'वात्स्यायन' नाम दिनुभो । मलाई अलि आश्चर्य लाग्यो, यो नाम सुनेर । वात्स्यायन त प्राचीन यौनशास्त्रीका रूपमा चिनिन्छन् । मैले त एउटा कलाकारका लागि सुहाउँदो नाम खोजेको थिएँ । गुरुले मलाई सम्झाए, 'त्यसो होइन, वात्स्यायन त चौसट्ठी कलाका ज्ञाता थिए । वास्तुकला, चित्रकला सबैका धुरन्धर । यौन-आक्रान्त समाजले उनको यौनशास्त्रलाई ग्रहण गर्यो । बाँकी सबै बिर्सिदियो ।' यथार्थ थाहा पाएपछि मलाई यो नाम मन पर्यो । त्यही वेलादेखि म पनि 'वात्स्यायन' भएँ ।'
सबैभन्दा चर्चित कार्टुनवात्स्यायनज्यू, अब तपाईंको सबभन्दा चर्चित कार्टुनका कुरा सुनाउनोस् न ! 'तपाईंलाई थाहै होला, गिरिजाप्रसाद कोइराला र उनको संवैधानिक राजतन्त्रप्रतिको मोहसम्बन्धी कार्टुन निकै चर्चित रह्यो । ०६१ माघ १९ मा शाही शासन सुरु भएपछि लगत्तै पत्रपत्रिकामा सैनिक निगरानी थालियो । लेखक, पत्रकार सबै किंकर्तव्यविमूढ भए । मैले परिस्थितिलाई व्यंग्य गरेर दुई/तीनवटा कार्टुन कान्तिपुरमा पठाएँ । छापिएनन् । त्यसपछि मैले कार्टुन पठाउन छाडिदिएँ । केही महिनापछि मलाई कार्टुन पठाउन आग्रह गरियो । मैले कन्टेनरमा फ्याँकिएको संवैधानिक राजालाई गिरिजाप्रसाद कोइरालाले बोकेर हिँडेको कार्टुन पठाएँ । त्यस्तो तीखो व्यंग्य चित्रित कार्टुन छाप्ने कि नछाप्ने भनेर सम्पादक-मण्डलको बैठक बसेछ । आखिर त्यो कार्टुन ०६२ भदौ ४ गते छापियो । एक/दुई दिनमा कठोर प्रतिक्रिया आउन थाले ।'
वात्स्यायनले आफ्नो चर्चित कार्टुन प्रकाशित भएपछिको प्रतिक्रियाको स्मरण गरे, 'गोर्खापत्रमा त 'बेलायतमा १८औं शताब्दीमा राजतन्त्रलाई अपहेलना गरेबापत कार्टुनिस्टलाई मृत्युदण्ड दिइएको थियो, यी कार्टुनिस्टलाई पनि राजाको मानहानी गरेकोमा मृत्युदण्ड दिइनुपर्छ' भन्नेसम्मका अभिव्यक्ति छापिए । साथीहरूले 'गिरफ्तार गर्ने सम्भावना छ, तयार रहनुहोला' भनेर खबर गरे । तर, राष्ट्रिय-अन्तर्राष्ट्रिय दबाबका कारण शाही शासकहरूले केही गर्न सकेनन् । कांग्रेस साथीहरूले पनि त्यस्तो कार्टुन छपाएकोमा रोष प्रकट गरेनन्, किनभने मैले जनआकांक्षाका विरुद्ध हिँड्न खोज्ने नेताको प्रवृत्तिलाई निर्भीकताका साथ उजागर गरेको थिएँ ।'
प्रविधिले सहज बनायो अत्याधुनिक प्रविधि नभएको भए मोफसलमा बसेर राष्ट्रिय पत्रिकामा उँचो स्थान जमाउन तपाईंलाई गाह्रै हुन्थ्यो होला हगि ? यो मेरो दोस्रो अन्तिम जिज्ञासा थियो ।'हो, फ्याक्स, कम्प्युटर, टेलिभिजन, इन्टरनेट, इमेलजस्ता आधुनिक प्रविधिले कार्टुन बनाउन र यसलाई बढीभन्दा बढी पाठकसम्म सम्प्रेषण गर्न पनि निकै सहज भएको छ । ०२२ सालताकाबाटै कार्टुन बनाउन थालेको हुँ मैले । त्यतिखेर, सक्कल प्रति नै पत्रिकामा पठाउनुपर्थ्यो । ती सबै कार्टुन छापिएपछि हराए । मसँग ०५० सालअघिका अधिकांश कार्टुन छैनन् । आजभोलि, टेलिभिजनमा प्रचण्ड मच्चीमच्ची बोलेको, अनुहारको हाउभाउ, कटाक्ष, आक्रोश, आत्मविश्वास र क्षमता कोठैमा बसेर हेर्न सकिन्छ । त्यही आधारमा कार्टुन बनाउँछु र इमेल गरेर पत्रिकामा पठाइदिन्छु, सक्कलप्रति मसँगै सुरक्षित रहन्छ । प्रविधिले गर्दा राजधानीमा बस्नु र राजधानीबाहिर बस्नुमा कुनै भिन्नता रहेन अब ।'
कांग्रेसमा घमण्डी र अहंकारीअब अन्तिम प्रश्न बाँकी थियो मसँग । त्यो पनि राजधानीबाट पोखरा हिँड्ने वेलामा मेरा एक सहकर्मी साथीले 'यो सोध्न नबिर्सनुहोला है' भनी पठाएको प्रश्न । 'तपाईंलाई कति मान्छेले 'कांग्रेस हुन्' भन्छन्, कुनै वेला त्यो पार्टीसँग सम्बद्ध हुनुहुन्थ्यो र तपाईं ?''हो, थिएँ । मलाई बिपी कोइराला मन पर्थे । मिल्ने साथी पनि सबै कांग्रेस थिए । साथीहरू त्यो पार्टीमा सम्बद्ध हुन आग्रह गरिरहन्थे । म वैचारिक र अभिव्यक्ति स्वतन्त्रताको पक्षपाती थिएँ । साम्यवाद नियन्त्रणमुखी हुन्छ र प्रजातन्त्र उदारवादी हुन्छ भन्ने मेरो मान्यता थियो । कांग्रेस प्रजातन्त्रवादी पार्टी भएको हुँदा पनि म त्यो पार्टीमा गएँ । जनमत संग्रहताका बहुदलको प्रचारका लागि ठुल्ठूला पोस्टर बनाएको थिएँ । मैले बनाएका कार्टुन र पोस्टर देखेर बिपी दंग पर्नुभयो । बिपीले मेरो प्रतिभा तत्कालै पहिचान गर्नुभयो र भन्नुभयो, 'तपाईंको प्रतिभा विलक्षण रहेछ, यी कार्टुनले बहुदलको प्रचारलाई निकै सघाउँछन् । यिनलाई वनारस लगेर छाप्ने प्रबन्ध गर्नुपर्छ ।' बिपी ठूला-साना सबै व्यक्तिलाई समान व्यवहार गर्ने, मान्छेप्रति हार्दिक सद्भाव भएका व्यक्ति थिए । उनको निधनपछि भने कांग्रेसका व्यक्तिहरूको रहनसहन, व्यवहार, घमण्ड र अहंकार मन परेन । एउटा कलाकारलाई स्वतन्त्र र निष्पक्ष अभिव्यक्ति दिन कुनै पार्टीविशेषमा रहनु ठीक होइन भन्ने लाग्यो र पार्टी छोडिदिएँ ।'

नेत्र आचार्य netra.acharya@gmail.com
Subscribe to:
Posts (Atom)