गत २८ तारिख ताइमोशान भञ्ज्याङमा खोटाङ सेवा समाजले आफू एक दशक पुगेको अवसरमा भव्य कार्यक्रमको आयोजना गर्यो र खोटाङका साहित्यकार, कलाकार, खेलाडी तथा समाजसेवीहरूलाई सम्मान गरिएकोले कार्यक्रम स्मरणयोग्य पनि भयो । सामाजिक तथा साँस्कृतिक सङ्घसंस्थाहरूले स्रष्टाहरूलाई सम्मान गर्नु भनेको निश्चय नै सुन्दर विचार हो । साहित्य समाजको आत्मा हुँदाहुँदै पनि सामाजिक कार्यकर्ताहरूले स्रष्टाहरूलाई तिरस्कार गरिरहेको अवस्थामा खोटाङबासी बन्धुहरूले जुन विचारका साथ कथाकार मालिकराम र्राई, गीतकार रामकृष्ण वान्तवा, लेखक किन्दर र्राई, कथाकार हिमकला र्राई, संस्मरणकार नरजित र्राई लगायत अन्य विविध क्षेत्रका महानुभावहरूलाई सम्मान गर्नुभयो, यो असल कुराको सिको अन्य सङ्घसंस्थाहरूले पनि गरिदिए कति राम्रो हुन्थ्यो होला । तेसो त हङकङमा किरात र्राईयायोक्खाले नेपालका लोकप्रिय कवि श्रवण मुकारूङ र गीतकार व्याकुल माइलालाई युनलङ थियटरमा सम्मान गरिसकेको छ । तर हङकङेली नेपाली स्रष्टाहरूलाई यसरी सम्मान गरिएको भने प्रथम अवसर होला । ती स्रष्टाहरू जसलाई खोटाङबासी बन्धुहरूले खोटाङे स्रष्टाहरू भएको नाताले सम्मान गर्नु भयो, साँच्चैमा उहाँहरू खोटाङको त हुनुहुन्छ नै सिङ्गो नेपालकै स्रष्टाहरू पनि हुनुहुन्छ । यी सम्मानीत स्रष्टाहरू नेपालभरि व्याप्त हुनुहुन्छ, उहाँहरूका रचनाहरू खोटाङ जिल्लाभन्दा बाहिर पुगिसकेका छन् । तेसो र पनि सम्मान या कदरको औचित्य देखियो ।
नेपाली साहित्यमा स्नाकोत्तर कथाकार मालिकराम र्राई वियोगीज्यू नेपालकै नामी कथाकारहरूको फेहरिस्तमा पर्नुहुन्छ । वि.सं. २०१७ सालखोटाङको दिक्तेल-५मा जन्मिनु भएको उहाँले दुइटा कथा सङ्ग्रह -विवशता-२०५८ र सयपत्री-२०६०) प्रकाशित गरिसक्नु भएको छ । विषेशगरिकन उहाँका कथाहरूमा यता हङकङतिरका पीरव्यथाहरू र उता नेपालका गाउँले सम्झना र दुःखहरू सम्मिलित हुन्छन् । खोटाङमै जन्मिनु भएका गीतकार रामकृष्ण वान्तवाज्यूका जम्मा एघारवटा कृतिहरू विविध विधामा प्रकाशित छन् । प्राप्त जानकारी अनुसार भर्खरै नेपाली भाषामा प्रकाशित सघन तुँवालो उपन्यास अङ्ग्रेजी लगायत अन्य दसवटा भाषामा प्रकाशित हुनलागिरहेको छ । मुटु छुने गीतहरू लेख्न खप्पिस उहाँ आदिबासी गीतकार समाज नेपालद्वारा प्रदान गरिने आदिबासी गीतकार प्रतिभा र शब्दशताब्दी नेपालको लोकप्रिय पुरस्कार क्रियटिभ अवार्डबाट पनि पुरस्कृत भइसक्नु भएको छ । नेपाली क्यान्टोनिज शब्दकोशका लेखक मध्ये एक र भर्खरै प्रकाशित चाइनिज पढ्न र लेख्न आफै सिक्नुहोस् पुस्तकका लेखक किन्दर र्राई पनि खोटाङकै विद्वान स्रष्टा हुनुहुन्छ । चाइनिज भाषाका कारण यहाँ नेपालीहरूको जीवन अप्ठेरो भइरहेको स्थितिमा नेपालीहरूलाई चाइनिज भाषा सिकाउने उद्देश्यले लेखिएको उहाँको नयाँ पुस्तक अत्यन्तै उपयोगी देखिन्छ । खोटाङकै चेली हिमकला र्राईज्यूले कथा, संस्मरण र लेखहरूको सङ्ग्रह चौतारा प्रकाशित गर्नुभएको छ । विविध सामाजिक क्रियाकलापहरूमा समेत सक्रिय उहाँका कथाहरूका पात्रहरूले मौलिक र जनज्रि्रोमा सम्वाद गर्दछन्, यो नै उहाँको विशेषता हो । उहाँ गीत पनि मीठो र सुरिलो गाउनुहुन्छ । वि.सं. २०१९ साल खोटाङको खिदिमामा जन्मिनु भएका नरजीत र्राईज्यूले स्नाकोत्तरसम्मको अध्ययन गर्नुभएको छ । नियात्रा सङ्ग्रह आकाश खोज्दै जाँदा उहाँको हालसालै प्रकाशित कृति हो । दर्जनौं सामाजिक सङ्घसंस्थाहरूसित आबद्घ उहाँ हङकङकोअत्यन्तै लोकप्रिय साङ्गीतिक समूह जेपिटीका संस्थापक अध्यक्ष पनि हुनुहुन्छ । खोटाङ सेवा समाजले यी स्रष्टाहरूलाई सम्मान गर्नु भनेको हङकङका सम्पर्ूण्ा स्रष्टाहरूको सम्मान गर्नु हो, म समाजका अध्यक्ष भोगेन्द्र र्राई, सचिव सुवास र्राई लगायत अन्य पदाधिकारीहरूको मुक्तकण्ठले प्रशंसा गर्न चाहन्छु ।ताइमोशानको चिसो भञ्ज्याङमा पनि कन्सिरीबाट खलखल पसिना चुहाउँदै जसरी समाजका पदाधिकारीहरूले कार्यक्रमलाई स्मरणयोग्य बनाउनु भयो अर्को अर्थमा बिङ्गोप्रेमीहरूलाई भने जेनेरेटरले नरमाइलो बनायो । नवआगन्तुक महावाणिज्यदूत केशवप्रसाद भट्टर्राईज्यूलाई बँगुरको धूपले बिरामी बनायो कि झैं लागिरहेछ । भोजपुर समाजका अध्यक्ष बसन्त निरौलाज्यूलाई त बानी भइसक्यो क्यार । त्यै भएर घरिघरि भट्टर्राईज्यूतिर दृष्टि दिनुभएको हो कि - जनजाति महासंघका अध्यक्ष भूपेन्द्र चेम्जोङज्यू ढिलो आइपुग्नु भयो, सायद प्रतीकात्मक अर्थ नलाग्ला । जनजाति महावाणिज्यदूत पठाएन राज्यले । तर राज्यले एउटा कुरामा बुद्घ िपुर्याएछ । त्यो के भने हङकङमा साहित्यकारहरूको जमात ठूलो छ र साहित्यकार टाइपको महावाणिज्यदूत पठाएर केही सन्तुलन मिलाउन खोजिएको देखिन्छ । हेरौं आगामि दिनमा यहाँका आन्दोलनकारी बन्धुहरूले राज्यको यो रणनीतिलाई कसरी लिनेछन् र कसरी यहाँको नेपाली समाजमा महावाणिज्यदूतले भूमिका निर्वाह गर्नेछन् । कार्यवाहक महावाणिज्यदूत हेमलाल भट्टर्राईभन्दा धेरै ज्ञानी देखिन्छन् अहिलेका असली महावाणिज्यदूत । तेसैले बधाई छ हामी हङकङका नेपालीहरूलाई ।
राष्ट्रगानबाट कार्यक्रम शुरू गरिएको थियो । औपचारिक कार्यक्रम सकियो । अँध्यारोअँध्यारो भइसकेको थियो । अचानक राष्ट्रगानको धून फेरि बज्यो । म उभिएँ । हेत्तेरिका, रामलीज्यूको मोबाइलको रिङटोनमा पो राष्ट्रगानको धून फिट गरिएको रहेछ । हेल्लो, भन्नुभो उहाँले, धून बन्द । म खिस्रिक्क परेँ । प्रविधिको विकासको करामत हो यो । अब राष्ट्रगानको धून सुन्न विषेश अवसरहरू प्रतीक्षा गर्नु आवश्यक रहेन । मोबाइल या एम्पिथ्रिमा भर्यो, चाहेको बेला सुन्यो । मोबाइलको घन्टीमा सयौं थुङ्गा फूलका हामी एउटै माला नेपाली होस् या सारे जहाँ सेअच्छा..सुन्दा एककिसिमको मज्जा आउँदोरहेछ । राष्ट्रगान बज्दा उभिनर्ुपर्छ भन्ने पुरानो मान्यता भत्किएको छ । विषेश अवसरमा मात्रै बज्नर्ुपर्छ भन्ने धारणा पनि भत्किएको छ । जसले जतिबेला राष्ट्रलाई सम्भिmन चाहन्छ तेतिबेला राष्ट्रगान सुने भो, गुने भो । यो सन्देश प्राप्त गरियो कार्यक्रममा ।
फोटो पत्रकार अम्बु गुरूङज्यू क्यामेराको थुतुनो सोझ्याएर खोज्दै हुनुहुन्थ्यो, खुस्केको दाँत र घ्याम्पे भूँडी, कानेखुसी र चुस्कीहरू । उहाँलाई देखेपछि सावधान हुन करै लाग्छ जो कोहीलाई । कार्यक्रमभरि उहाँकै भयले सतायो । देश सुब्बाज्यूलाई सम्भिmनै पर्छ यतिबेला । धेरै साथीहरूसित भेट भयो ताइमोशानमा । जोर्डनमा देवेन्द्र खेरेस र प्रदीप कन्दङवाज्यूसित भेटेर गफिदै हिँडेको कतिबेला चुनवानमा ५१ नम्बरको बस पर्खिन पुगेछौं । तिहीँनेर रामकृष्ण वान्तवा र दिदी भेटिनु भयो, ठ्याक्क तिक्सी आयो उहाँहरू चढेर सररर उकालो चढ्नु भयो। संस्मरणकार नरजीत र्राईज्यू पनि तिहीँ पो बस पर्खिरहनु भएको रहेछ । गज्जबसित भेट भयो । नश्लको कुरा गर्दैगर्दै कतिबेला ताइमोशान पुगेछौं थाहै पाइएन । बिबिक्यू चूलामा फेरि भोगेन एक्ले, बसन्त निरौला, प्रदीप कन्दङवा, देवेन्द्र खेरेसको भयानक भाषायुद्घ पर्यो । बोलाइ र लेखाइका कुराहरू भए । भोगेनजीले प्रश्न गर्नु भयो- हंगकंग, हङ्गकङ्ग, हङ कङ, होङ कोङ, हङकङ आदिइत्यादिमा कुन ठीक - निरौलाजीलेभन्नुभयो, म हङ कङ चलाउँछु । भोगेनजीले भन्नुभयो, म हंगकंग चलाउँछु । प्रदीपजीले भन्नुभयो मानक हुनर्ुपर्छ, सबैले एउटै चलाए राम्रो । मैले भनेँ सबैले सबै खाले चलाए अझ राम्रो । खेरेसजी मुस्कुराउनु भयो । तर्कहरू गाँजिन थाले । वैचारिक अनेकानेक घुसाएर मत्थर पारियो तर्कको छाल । धेरै कुराहरू भए ताइमोशानमा, सबैसबै उल्लेख गर्दा लामो होला आलेख । जेहोस् स्रष्टाहरूलाई सम्मान गरिएकोमा खोटाङ सेवा समाजलाई सृजनशील साहित्य समाज समग्र हङकङेली नेपाली स्रष्टाहरूको तर्फाट हार्दिक कृत्यज्ञता ज्ञापन गर्न चाहन्छ । चाहे खोटाङका हुन्, चाहे भोजपुरका, चाहे लमजुङका हुन्, चाहे स्याङ्जाका, चाहे झापाका हुन्, चाहे ताप्लेजुङका, चाहे तेह्रथुमका हुन् चाहे तनहँका,चाहे पोखराका हुन्, चाहे धरानका, चाहे दार्जिलिङका हुन्, चाहे काठमान्डौंका- हङकङका सम्पर्ूण्ा स्रष्टाहरूलाई सृजनशील साहित्य समाज एउटै आँखाले हर्ेदछ । हङकङका स्रष्टाहरूलाई जिल्लाले टोलले क्षेत्रले आफन्तजनले सम्मान गर्दछ भने हामी त्यो खुशीमा निश्चय नै सहभागी हुनेछौं । फेरि पनि सृनजशील साहित्य समाजको तर्फाट बधाई छ सम्मानित स्रष्टाहरूलाई । अन्तमा ताइमोशानमै विमोचन भएको खोटाङस्मारिकाबाट कवि इन्द्र नारथुङ्गेज्यूको कवितांश उदृत गर्न चाहन्छु ।
हरबिहान सगरमाथा छोएर झर्ने घामले
पहिलोपटक पाइला टेक्छ ट्याम्के डाँडोमाथि
र
घाम खोटाङको हुन्छ दिनभरि,
नागी र खर्कहरूमा
सेताम्ये बुकी फुलेर
मोती बटुल्न आह्वान गर्छ जब प्रकृतिले
तब खोटाङ ओह्रालो र्झछ ढाकरतोक्मा बोकेर
बेल्टार, मर्ुर्कुची र कटारी सिङ्गै उठाउन
खकन भिर्न र भन्ज्याङमा बसेर
एक फाँको सातु मुक्याउन
अझै छाडेको छैन खोटाङले,
तेसैले तघाम खोटाङको हुन्छ दिनभरि ।
No comments:
Post a Comment