Thursday, August 6, 2009

मेरो अनुरोध कसैले सुनेन



एउटा मान्छेले जीवनमा सामान्यतया एउटै राष्ट्रिय गान गाउँछ । ऐतिहासिक परिवर्तनको घुम्तीवरिपरि बाँच्ने ज्यानले दुईटा गाउने अवसर पाउन सक्छ, अहिलेको नेपाली पुस्ताले जस्तै । तर, अम्बर गुरुङले भने एउटै जीवनमा चार-चारवटा राष्ट्रिय गान गाए । दार्जिलिङमा जन्मे-हुर्केका अम्बरले भारतमा बि्रटिस उपनिवेश रहँदा थोमस अर्गस्टिन आर्नेले कम्पोज गरेको बेलायती गान 'गड सेभ आवर ग्रासियस क्विन...' गाए, भारत स्वतन्त्र भएपछि रवीन्द्रनाथ टैगोरको 'जन गण मन...' गाए । दार्जिलिङको सरकारी जागिर छाडेर नेपाल फर्केपछि बखतवीर बुढापिर्थीले तयार पारेको धुनमा चक्रपाणि चालिसेका शब्द 'श्रीमान् गम्भीर नेपाली...' मा उनले स्वर मिलाउन थाले ।
अम्बर गुरुङलाई लागेको थियो, राष्ट्रिय गानका रूपमा यही 'श्रीमान् गम्भीर नेपाली' गाउँदा-गाउँदै एकबारको जुनी जानेछ । तर, जीवनमा कहिल्यै नसोचेको सन्जोग आयो उनीसामु । त्यो हो, आफूले गाउने राष्ट्रिय गानको धुन आफैँ सिर्जना गर्ने । हुन त, अम्बरलाई नेपालमा निम्ता गरेर ल्याएको राजा महेन्द्रले हो । (नेपाल आगमनपछि नेपाली गीत-संगीतमा उनको विशिष्ट योगदान पनि पुग्यो) तर, गुरुङलाई नयाँ राष्ट्रिय गानको धुन सिर्जना गर्न राजाले नै त के दिन्थे र ? जनयुद्ध र जनआन्दोलनको आँधीले राजतन्त्र गल्र्यामगुर्लुम पारेपछि मात्रै अम्बरले त्यो महान् अवसर पाए । नीति-नियममा हेरफेर भयो, शासन-प्रशासन बदलियो । त्यही क्रममा सरकारले राजाको स्तुतिको सट्टा नयाँ राष्ट्रिय गान चयन गर्‍यो । छानिएको व्याकुल माइलाको गीत 'सयौँ थुँगा फूलका हामी...' का लागि अम्बरले नै धुन सिर्जना गरे । अहिले औपचारिक कार्यक्रममा उनी आफैँले तयार पारेको त्यही राष्ट्रिय धुन गुनगुनाउँछन् । 'आफैँले राष्ट्रिय धुन बनाउनुपर्ला भनेर मैले सोचेकै थिइनँ,' अम्बरले भने, 'देशमा यस्तो परिवर्तन होला भनेर नेताहरूले त कल्पना गरेका थिएनन्, मैले कसरी कल्पना गर्नु ?
राष्ट्रिय धुनको आयु
कल्पना नगरे पनि अम्बर गुरुङ राष्ट्रिय धुनका सर्जक भएका छन् । उनले राष्ट्रिय धुन सिर्जना गर्नुअघि नेपालकै अघिल्ला धुन र अरू मुलुकका राष्ट्रिय धुनबारे पनि अध्ययन गरे । राजदूतावासका कार्यक्रमहरूमा, विदेश गएको मौकामा र आफ्नै खोजीमा उनले अरू देशका राष्ट्रिय गान सुनेका थिए । नेपालकै पुरानो धुनको पनि उनले अध्ययन गरे । राणाकालमा नेपालमा अंग्रेजहरूकै राष्ट्रिय धुन बजाइन्थ्यो । अंग्रेजहरूको सम्मानमा उनीहरूकै धुन बजाउने चलन थियो । 'धुन त आफ्नै हुनुपर्छ,' त्यतिबेला अंग्रेजहरूले नै टिप्पणी गरे । अनि, मात्रै तत्कालीन शाही सेनाका ब्यान्डमास्टर बखतवीर बुढापिर्थीको धुन तयार भयो, जसमा पछि चक्रपाणि चालिसेले शब्द लेखे । 'कसैले बुढापिर्थीले तयार पारेको भन्छन्, कसैले यन पाठानले हो भन्छन्,' गुरुङले भने, 'तर, अंग्रेजको धुनको सट्टा नेपाली धुन नै हुनुपर्छ भनेर त्यो तयार पारिएको थियो ।' राष्ट्रिय गान वा धुन परिस्थितिले बदल्छ भन्ने लाग्छ गुरुङलाई । उनलाई थाहा छ, एउटा परिस्थितिले 'श्रीमान् गम्भीर..' जन्म्यो । अर्को परिस्थितिले त्यसैलाई हटाइदियो । देशको राजनीतिक परिवर्तनले राष्ट्रिय गानमा परिवर्तन गरिदियो । नबदलिने राष्ट्रिय गान बनाउन सकिन्छ कि सकिँदैन ? संगीतकारसँग त्यस्तो आइडिया पनि त हुन सक्छ ! 'नबदलिने राष्ट्रिय गान भन्ने हुँदैन,' गुरुङले ढुक्कैसित भने, 'अहिलेको राष्ट्रिय धुन पनि फेरिन सक्छ ।' आफैँले तयार पारेको धुनप्रति पनि उनको अविश्वास रहेछ ।
त्यसो भए, अहिलेको राष्ट्रिय गान कहिले र कस्तो अवस्थामा फेरिन्छ त ? 'देशको परिस्थिति फेरियो भने यो फेरिन्छ । अहिलेको जस्तो राजनीतिक व्यवस्था रहेन भने यो गान पनि रहन्न,' उनले भने, 'देशमा कम्युनिस्ट व्यवस्था आयो भने कम्युनिस्ट गान नै बनाउँछन्, यो गान र धुन फेरिन्छ ।'
राष्ट्रिय धुनका विशेषता
पञ्चायतकालमा देशभक्तिका भाव भएका गीतलाई रेडियोमा राष्ट्रिय गीत भनेर बजाइन्थ्यो । त्यो अम्बर गुरुङलाई चित्त बुझेको थिएन । उनले तत्कालीन प्रशासकसँग अनुरोध पनि गरे, 'यी गीतलाई राष्ट्रिय गीत होइन, देशभक्तिपूर्ण गीत भन्नुपर्छ । के यी गीतबाहेक अरू सबै अराष्ट्रिय गीत हुन् त ?' तर उनको आग्रहलाई कसैले टेरपुच्छर लगाएन । धेरै पछि मात्रै त्यस्ता गीतलाई देशभक्ति गीत वा स्वदेश-गान भन्न थालियो । त्यतिबेलादेखि नै उनलाई राष्ट्रिय गानप्रति चासो बढेको थियो । अहिले उनीसित राष्ट्रिय गानको विशेषताबारे लामो अध्ययन र आफ्नै अनुभव छ । 'राष्ट्रिय गान त छोटो पनि हुनुपर्‍यो, सरल पनि हुनुपर्‍यो, सबैले सजिलै गाउन सक्ने पनि हुनुपर्‍यो,' अम्बरले भने, 'हाई स्केल हुन पनि भएन, लो स्केल हुन पनि भएन । बूढाबूढीदेखि केटाकेटीसम्मले गाउन सक्ने हुनुपर्छ । हाम्रो संस्कृति पनि झल्कनुपर्‍यो ।' अम्बरले भन्दै गए, 'राष्ट्रिय गानमा विचार र भावनाको संयोजन हुनुपर्छ, हाम्रो गौरवगाथा हुनुपर्छ, आफैँ मनन गर्न मिल्ने खालको हुनुपर्छ ।' र, उनले फेरि त्यही दोहोर्‍याए, 'मुख्य कुरो सबैले सजिलै गाउन सक्ने खालको हुनुपर्छ ।'
अम्बरले आफैँले धुन सिर्जना गर्दा के-के कुरामा ख्याल पुर्‍याए त ? 'मलाई धुन बनाउन सरकारले जम्मा ४५ दिन दिएको थियो । मैले यो धुन हर्ष, पर्व, शोक, संकट सबै राष्ट्रिय घटना वा अवसरमा बजाउन मिल्ने हुनुपर्छ भन्नेतिर ख्याल पुर्‍याएँ । यो अहिलेको धुन राष्ट्रिय शोकमा बिस्तारै बजाउन मिल्छ ।' अधिकांश देशका राष्ट्रिय धुनहरू सेना वा प्रहरीले ब्यान्डमा बजाउने खालका छन् । अम्बरले भने नेपालकै अघिल्लो राष्ट्रिय धुनभन्दा फरक खालको सिर्जना गरेका छन् । भने, 'हलुका शास्त्रीयपन र वीररसको रागमा आधारित छ यो अहिलेको धुन ।'
धुन सिर्जना प्रक्रिया
आन्दोलन सफल भएपछिको सरकारले पुरानो राष्ट्रिय गान खारेज गरेपछि नयाँ राष्ट्रिय गान बन्ने भयो । सरकारका अधिकारीले कवि/लेखकलाई 'ल, तपाईंहरू मिलेर दिनुस्' भने । त्यसरी कुरा मिलेन । अनि, सरकारले कविहरूलाई आ-आफ्ना गीत बुझाउन आवेदन डाक्यो । प्रतिस्पर्धाबाट छनोट गर्ने कुरा आएपछि धेरैले सहभागिता जनाएनन् । 'त्यसो गर्दा आफ्नो गीत छनोटमा परेन भने वरिष्ठ कवि-लेखकलाई आत्मग्लानि र अपमानबोध हुन्थ्यो,' राष्ट्रिय गान छनोट समितिका सदस्यसमेत रहेका अम्बरले भने, 'त्यही भएर धेरै राम्रा-राम्रा गीतकार/कविले नै गीत बुझाएनन् ।'
पछि १२ सयभन्दा बेसी गीत आए र त्यसपछि अम्बर गुरुङसहितको समितिले व्याकुल माइलाको 'सयौँ थुँगा फूलका हामी' छान्यो । 'मलाई त्यो गीत कसको भन्ने थाहा थिएन,' अम्बरले भने, 'तर, गीत विवादमा आयो ।' कतिले त गीत स्तरीय र सुललित नै छैन पनि भनेका थिए । अम्बरलाई पनि त्यस्तै लागेको थियो कि ? 'मैले त खै के भन्ने ? त्यो त हामी आफैँले छनोट गरेको थियौँ । छनोट भनेको त्यहाँ जस्ता गीत आए, तिनैबीच छान्ने न हो,' उनले प्रतिप्रश्न गरे, 'मैले त जस्तो गीत दिए पनि धुन बनाउनुपथ्र्यो । त्यो अब व्याकुलको भाग्यमा लेखेको रहेछ भन्नुस् न ।' अम्बरले अहिलेको गीतको भाव, गीति-संरचना र मर्मको कुनै प्रशंसा गरेनन् । उनी छनोट समितिमा रहँदा 'अम्बरले आफ्नै संगीतको 'रातो र चन्द्र सूर्य' गीत राष्ट्रिय गानमा राख्छ भन्दै बाहिर खुबै कुरा काटिए । 'मैले किन आफ्नै गीत राख्थेँ र ? मैले त प्रस्टै भनेको थिएँ, त्यस गीतको संगीतले हुँदैन, शब्दचाहिँ हुनसक्छ । वास्तवमा भन्ने हो भने त्यो जति राम्रो राष्ट्रिय भावनाको गीत त मैले अर्को देखेकै छैन ।'
छानिएको गीतमाथि धुन बनाउने जिम्मा पहिले नेपाली सेना र प्रहरीलाई दिइयो । यो अम्बरलाई थाहा थिएन । पछि सरकारी अधिकारीले नै अम्बरलाई पनि धुन बनाउनू भने । संस्कृतिविद् सत्यमोहन जोशीले पनि अम्बरलाई धुन तपाईंले नै बनाउनुपर्छ भनेर अनुरोध गरे । 'मैले बनाएको धुन सबैले मान्ने हो भने बनाउँछु, नत्र विवाद गर्ने वा पछि नराख्ने हो भने बनाउँदिनँ भनेँ,' उनले भने, 'तर, मलाई अम्बरले अहम् देखायो भनेर आलोचना र विरोध पनि गरियो । राष्ट्रिय गानको धुन सिर्जना गर्न पाउनु मेरा लागि पनि ऐतिहासिक र महान् अवसर थियो ।' त्यसपछि फेरि तत्कालीन संस्कृतिमन्त्रीले तपाईंले नै बनाइदिनुपर्छ भनेर अनुरोध गरे । अम्बरले आफूले धुन बनाउने हो भने त्यसको क्राइटेरिया के हो ? सुविधा/पारिश्रमिक के कसो हुने हो भनेर सरकारलाई सोधे । 'सरकारले मलाई एस्टिमेट बुझाउनू भन्यो । त्यसपछि मात्रै मैले राष्ट्रिय धुन बनाउने काम सुरु गरेँ ।'
त्यतिबेला सरकारले अम्बर गुरुङलाई तीनवटा भिन्दा-भिन्दै धुन बनाउन भन्यो । उनलाई गीत तीनवटै धुनमा राखिनेछ भनियो । 'उनीहरूले तीनवटा धुन तयार पार्दा लाग्ने प्राविधिक खर्च, वाद्यवादकको पारिश्रमिक, गायकगायिकाको पारिश्रमिक र तपाईंको पारिश्रमिक सबै दिन्छौँ भनेका थिए,' अम्बरले भने, 'त्यसपछि मैले तीनवटै धुन बनाएँ । तीनवटा धुन छनोट गर्नुअघि मैले १२ वटा धुनको तयारी गरेको थिएँ, म त्यसबेला बिरामी पनि परेँ । अन्तिमका तीन धुन मैले मेरा साथीहरू, साहित्यकार, बुद्धिजीवीलाई बोलाएर सुनाएँ । सरकारका प्रतिनिधिले पनि सुने । र, अब हामीले छनोट गर्छौं भनेर लिएर गए ।' धुन लगिसकेपछि अम्बरले कुनै पारिश्रमिकको माग गरेनन् । सरकारले आफैँ निर्णय गरेर व्याकुल माइला र अम्बरलाई पाँच-पाँच लाख रुपैयाँ पुरस्कार दियो । र, त्यही धुन अहिले नेपाली जनमनमा लछप्पै भिजेको छ, जुन धुनले चीनको ओलम्पिकमा पनि विश्वभरिमै नवौँ स्थान हासिल गरेको थियो ।
आफूले छानेका तीनवटा धुन सरकारलाई बुझाएपछि अम्बर गुरुङलाई लागेको थियो, अब सरकारले विशेषज्ञद्वारा अध्ययन गराएर धुन छनोट गर्नेछ । तर, त्यसो भएन । मन्त्रीहरूले आफैँ सुनेछन् र यही ठीक भनेर निर्णय गरिदिएछन् । 'उनीहरूलाई संगीतको शास्त्रबारे के थाहा ?' अम्बरले दुःख मान्दै भने, 'मन्त्रीहरूमा संगीतविज्ञ कोही थिएनन् । गिरिजाप्रसादले यही धुन ठीक छ भन्नुभएछ, अनि त्यही छानेछन् ।' अम्बरलाई चाहिँ कुन राम्रो लागेको थियो ? अहिलेको धुनभन्दा अरू अझ राम्रा पो थिए कि ! 'म त आफ्नै सिर्जनालाई यो राम्रो र त्यो खराब कसरी भनौँ ? तर, अरू बाँकी धुन पनि मलाई धेरै राम्रा लागेका थिए । मैले त्यत्रो मिहिनेत गरेर तयार पारेको थिएँ । तर, हचुवामा अध्ययनै नगरी छनोट गर्ने तरिका मलाई मन परेन,' उनले भने ।
गीत र धुन तयार भइसकेपछि अम्बर गुरुङको अर्को चाहना पनि थियो- राष्ट्रिय गानको पहिलो प्रस्तुति भव्य रूपमा गर्ने । बानेश्वरको अन्तर्राष्ट्रिय सम्मेलनकेन्द्रको ठूलो हलमा विद्यार्थी, प्राध्यापक, नेता, मन्त्री, कर्मचारी, प्रहरी, सेना सबैलाई एकैचोटि गाउन लगाउने र सारंगी, पियानो, बाँसुरी, भ्वायलिन, गितार आदि सबै बाजामा एकैचोटि बजाएर उद्घाटन गर्नुपर्छ भनेर उनले अनुरोध पनि गरेका थिए । 'तर, मेरो अनुरोध कसैले सुनेन,' गुरुङले गुनासो गरे, 'अब भइहाल्यो भने, कसैले पनि मेरो कुरा टेरेनन् ।'
अम्बर गुरुङ राष्ट्रिय धुनका सर्जक मात्रै होइनन्, नेपाली सुगम संगीतको इतिहासमा उनको झन्डै आधा शताब्दी लामो योगदानको बेग्लै उचाइ छ । दार्जिलिङबाट 'नौलाख तारा' गाउँदै सुरु गरेको सांगीतिक यात्रामा उनले सयौँ गीतमा संगीत दिइसकेका छन् । दर्जनौँ गीत आफैँ लेखेका छन् र दर्जनौँमा आपै
"m स्वर भरेका छन् । देशले अम्बरको योगदान पाएको छ । अम्बरले चाहिँ यो देशबाट के पाए ? 'म त यो देशको ऋणी छु,' उनले देशसँग गुनासो गरेनन् । सरकारबाट केही अपेक्षा बाँकी पो छ कि ! उनले भने, 'नेपाल र नेपालबाहिरका सारा नेपालीहरूको यो अपार माया पाएर म औधि खुसी छु । जनताकै तहबाट खुसी छु, राज्यको के कुरा !'
जनस्तरबाट पाएको प्यारले पुलकित भएका अम्बर अहिले पनि संगीत सिर्जनामा व्यस्त छन् । आफ्नो समयका स्रस्टा शंकर लामिछाने, भूपि शेरचन, हरिभक्त कटुवाल भएको भए राष्ट्रिय गान पनि कति गम्भीर र भावपूर्ण लेखिँदो हो भनेर उनी कल्पना गर्छन् । तर, उनीसित आफ्नो जमाना पनि छैन, नयाँ राष्ट्रिय धुन सुन्नलाई समकालीन साथीहरू पनि छैनन् । युग नयाँ छ, रीतिथिति नयाँ छ र रेडियो-टेलिभिजनमा प्रत्येक दिन बज्ने आफैँले सिर्जेको राष्ट्रिय धुन पनि नयाँ छ ।
सङ्गीतस्रोता
sangeet.srota@gmail.com

एउटा युग, एउटा इतिहास



अशेष मल्ल

अहिलेझैँ थिएन, त्यसबेलाको साहित्यिक वातावरण । एउटा कविले अर्को कविलाई नचिन्ने प्रश्नै उठ्दैनथ्यो । थोरै जनसंख्या, थोरै साहित्यकार सायद एउटै परविारझैँ लाग्थ्यो । मैले काठमाडौँ प्रवेश गरेको त्यो '३० को प्रारम्भिक वर्ष । भूपीका विद्राेही कविताहरू, सरल र सम्प्रेषणीय कविताको एउटा धार अनि मोहन कोइराला प्रवृत्तिको अर्को धार । '३० को प्रारम्भिक वर्ष जब हामी युवा कविहरू कवितामा सक्रिय हुन खोजिरहेका थियौँ, हामीलाई भूपीको धारले छोयो । तत्कालीन पञ्चायती प्रणालीले उब्याएको विद्रोही भाव, केवल त्यही असन्तोष, पीडा र सकसले निम्त्याएका अनुभूतिहरू कविताका विषय हुन्थे । अमूर्त प्रस्तुतिभन्दा अलि भिन्नै हाम्रा कविताका प्रस्तुतिहरूले हामीलाई ह्वात्तै परििचत गरायो तत्कालीन साहित्यिक माहोलमा । लगातारको साहित्यिक जमघटले लाग्थ्यो, एउटा सिंगो परविार थियो साहित्यकारहरूको । र, अहिले सम्झन्छु, कवि केदारमान व्यथित जो त्यसबेला हाम्रालागि कविताको सिंगो हिमाल थिए । जीवन्त व्यक्तित्व उनका कविताका मूल्यांकन गर्ने समालोचकहरू छन्, मेरो विषय त्यो होइन । अहिले मैले सम्झन खोजेको प्रसंग बेग्लै छ । बेग्लै यस अर्थमा कि उनी त्यसबेलाका हामीजस्ता युवा कविहरूका लागि एउटा बलियो प्रेरणा दिने व्यक्तित्वका रूपमा चिनिन्थे । अनायास उनलाई नै सम्झनु पर्ने कारण अनेक छन् । हामी सबैले बिर्सियौँ त्यो पुस्तालाई । एउटा कविले अर्को कविलाई चिन्न नसकिएको वर्तमान कविका लामो सूचीमा कसले कसलाई चिन्ने ? कसले कसलाई सम्झने ? एउटा पुस्तक छापिँदा चर्चाको शिखर चुम्ने त्यसबेला सायद थोरै साहित्यकार हुनु मात्रै कारक तत्त्व पक्कै थिएन । एकअर्काप्रतिको सम्मान भाव र अग्रजप्रति पछिल्लो पुस्ताको आस्था पनि त्यत्तिकै कारण थियो । केदारमान व्यथित त्यसमाथि त्यस्ता कवि थिए, जो आफूपछिका सर्जकहरूलाई माया मात्रै होइन, स्वयं सम्मान गर्थे । आफूपछिका पुस्ता, खासगरी युवा पुस्तालाई अग्रजले पनि सम्मान गर्नुपर्छ भन्ने मैले दुई जना मेरा अग्रज कविहरूबाट सिकेँ, ती हुन् केदारमान व्यथित र कवि वासु शशि । यी दुई कविहरूको सानिध्यले मलाई धेरै कुरा सिकाएको छ । अहिले कवि केदारमान व्यथितका प्रसंगहरू लेख्ने जमर्को गर्दैछु । केदारमान व्यथित, जसलाई मैले '३० कै प्रारम्भमा भेट्न पाएँ । त्यसबेला वृद्धावस्थातिर उक्लिरहेका उनको शारीरकि व्यक्तित्व नै प्रभावशाली लाग्थ्यो । उनको कविता वाचन प्रस्तुतिकलाले श्रोताहरू स्तब्ध हुन्थे । जब उभिन्थे मञ्चमा कविता वाचनका लागि, त्यो वृद्धावस्थामा पनि उनी कण्ठस्थ वाचन गर्थे । धाराप्रवाह कविता वाचन गर्ने उनको कला अद्भुत थियो । जब केही बोल्थे, मानौँ कवितै वाचन गररिहेजस्तो । उनी निडर थिए, पञ्चायतको उत्कर्ष कालमा पनि प्रशासन, मन्त्री वा सत्ता पक्षका जमेर आलोचना गर्थे । चाँदनी शाहका कमजोर कविताहरूका अतिशयोक्ति प्रशंसा गर्नेहरूको त्यो समयमा कैयौँपटक गोष्ठी, सभाहरूमा व्यथितले भनेको सुनेको छु, 'पारजिातले जस्तो लेख्न अझै धेरै सिक्नु छ चाँदनी शाहले ।' राजपरविारका सदस्यलाई यति मात्रै पनि भन्नु वास्तवमै साहसै चाहिन्थ्यो, त्यसबेला । हुन त भन्नेहरू भन्थे व्यथितलाई पञ्चायतकै पक्षधर हुन् भनेर । भन्थे, राजपरविारकै आशीर्वाद रहेका प्रसंगहरू । पञ्चायतीकालमै शिक्षा र गृहमन्त्री भइसकेका पनि हुन् उनी । महेन्द्रले प्रज्ञा-प्रतिष्ठानको पहिलो कुलपति पनि नबनाएका होइनन् ।तर, मैले उनीसँगको सानिध्यमा राजाको गुनगान वा पञ्चायतका गन्धहरू कहिल्यै अनुभव गरनिँ । उनको विगतसँग म सायद परििचत थिइनँ । मैले भेटेको कवि व्यथित '३० को दशकतिर जतिबेला म देख्थेँ, उनको निडरता । साहित्यप्रतिको उनको लगाव र साहित्यकारहरूका लागि खुलेरै लाग्ने प्रवृत्ति । वृद्धावस्थाका दिनहरूमा पनि उनको लेखन कहिल्यै निष्त्रिmय भएन । लेखनको निरन्तरता एउटा सबल पक्ष त छँदै थियो तर उनी केवल लेखेरै मात्रै सन्तोष मान्दैनथे । उनमा एउटा अद्भुत सांगठनिक गुण थियो । कविका पक्षमा वकालत गर्ने, कविहरूको निरन्तर भेला गराउने । उनको घर स्वयं एउटा काव्यिक थलो लाग्थ्यो । निरन्तरको काव्यिक भेला खासगरी युवा कविहरूको जमघट । अरू कविहरू आफ्ना कविता सुनाउन आतुर हुन्छन् तर कवि व्यथित अरूका कविता सुन्न आतुर हुन्थे । कवि व्यथितको उत्तरार्द्ध कवितै कवितामा बितेको देखेँ मैले ।अहिले पुस्ता-पुस्ताबीच खाडलझैँको स्िथति छ साहित्यमा । सायद संख्यात्मक दृष्टिले धेरै साहित्यकर्मीहरू जन्मिसकेका छन् । पुस्तक विमोचन नभएको कुनै दिन छैन । पुस्तक प्रकाशनको भीड छ अहिले । पढेर भ्याइनसक्नु पुस्तकहरू छन् अहिले । फाट्टफुट्ट छापिनुको त्यसबेला रूपरेखाले धानेको थियो । मधुपर्क, गरिमा क्रमशः झाँगिँदै गए । थोरै प्रकाशन, धेरै चर्चा सायद स्वाभाविक पनि हो । अहिलेको जस्तो विद्युतीय सञ्चारमाध्यमको भीड पनि त थिएन । अहिलेजस्तो महँगीको भीड पनि त थिएन । जीवनको दौडधुप र व्यग्रता पनि त थिएन तथापि केदारमान व्यथितजस्ता व्यक्तित्व नहुँदा हुन् त त्यसबेला पनि त्यो गोलबद्ध र पारविारकि स्िथति कहाँ हुन्थ्यो र ! त्यसबेला पनि त व्यथितकै समकालीन कविहरू एक्लै रमाउन चाहन्थे । कवि व्यथित तर तीभन्दा भिन्दै थिए । सायद साहित्यकै अभिभावक । यसो हुनुमा अग्रजप्रतिको सम्मानभाव त पक्कै जरुरी छ तर जरुरी छ, आफूमुनिका पुस्ताप्रति अग्रजको माया र सम्मानभाव पनि । यस अर्थमा कवि व्यथितको स्वभाव अद्भुत थियो । युवा पुस्तालाई त्यति धेरै माया थोरै अग्रजहरू मात्रै गर्छन् । माया केवल भावनामा होइन । केवल शब्दमा होइन । एउटा अद्भुत क्षमता थियो कवि व्यथितमा, युवा पुस्तासँगै हातेमालो गरी हिँड्ने । दम्भहीन, स्वार्थहीन हृदयको नाता । सायद यसैले उनी अभिभावकझैँ लाग्थे । अग्रजसँगको गहिरो नाताको त्यो अचम्मलाग्दो नमुना लाग्थ्यो ।'३० को प्रारम्भिक वर्ष काव्यिक भेलाको प्रसंगलाई सम्झन पर्दा अहिले पनि रोमाञ्चित हुन्छु म । बृहत् काव्यिक भेला कहिले धरान-धनकुटा । कहिले विराटनगर । कहिले पोखरा, कहिले नेपालगन्ज त कहिले पाल्पा । राजधानीका झन्डैझन्डै सबै नाम चलेका कविहरू अनि अन्यत्रबाट पनि नाम चलेका प्रायः सबै भेला हुँदाको त्यसबेला अब त सपनाजस्तो लाग्छ । धुलाबारीको त्यो बृहत् काव्यिक भेला, नेपालगन्जको त्यो अद्भुत भेला । बसका बस, दुई-तीनवटा बसभर िकविहरू जन्तीको लर्कोझैँ । न प्रगतिशील कविहरूको मात्र जमघट, न अप्रगतिशीलहरूको मात्र जमघट, साराका सारा कविहरूका ती भेला, गोष्ठी, सम्मेलन, '३० को दशकपछि क्रमशः पातलिँदै पातलिँदै एउटा घेराभित्रको सीमामा बाँधिएर गयो । ती भेलामा केदारमान व्यथितको पुस्तादेखि नयाँ पुस्तासम्मको सहभागिता आकर्षणका केन्द्रविन्दु त हुन्थे नै, सबैबीचको मित्रवत व्यवहार र एउटा पारविारकि स्िथति अहिले खोज्दा खोइ कहाँ भेटिएला ?केदारमान व्यथितलाई सम्भ“mदा यसरी एउटा सिंगो समय स्मृतिमा ब्यूँझेर आउँदोरहेछ । एउटा युग हाँकेर सानदार जीवन बाँचेको त्यो व्यक्तित्व अब स्मृतिबाट पनि हराउँदै बिलाउँदै जाँदो छ । कसले कसलाई सम्भिmने ? लथालिंग छ प्रज्ञाप्रतिष्ठान । मौन छन् अग्रजहरू । वैयक्तिक प्रयासले बाँचिरहेको छ साहित्य ।नेतृत्व राजनीतिमा मात्र किन, साहित्यमा पनि चाहिँदो रहेछ । वकालत गरििदने त्यो व्यक्तित्व जसले बोल्दा मात्र पनि लथालिंग हुनुबाट जोगिन सकोस् । खोइ त्यो व्यक्तित्व ? गत साल माओवादी सरकारबाट गरएिको प्रज्ञाप्रतिष्ठानको त्यो नियुक्ति, त्यो लथालिंग र अमर्यादित क्ष्ाण । यस्तै बेला हो, अग्रजले बोलिदिनुपर्ने । अग्रजले सम्हालिदिनु पर्ने । अग्रजले खबरदारी गरििदनुपर्ने । केदारमान व्यथित यस अर्थमा त्यही कोटीका अग्रज थिए, जसको खबरदारीमा पत्याउन गाह्रो पर्दैनथ्यो र राजनीतिज्ञ, मन्त्री वा कुनै सत्तालाई एकछिन सोच्न बाध्य पार्दथे । सबैमा कहाँ हुन्छ र त्यो खुबी, त्यो क्षमता । साहित्य लेखेरै मात्रै कहाँ पुग्दो रहेछ र ! पुस्तक छापिएरै मात्रै कहाँ हुँदो रहेछ र ! तिनको पनि व्यवस्थापन हुनुपर्ने रहेछ, नत्र लथालिङ्ग हुँदो रहेछ ।कविता त अहिले पनि लेखिएकै छ । पुस्तक त छापिएकै छन् । स्तरीयताका प्रश्नमा कसैले औँला ठड्याउनुपर्ने अवस्था पक्कै छैन । तर पनि समग्रमा राष्ट्रले एउटा थिति बसाइदिनुपर्ने हो । सिस्टम हो चाहिने । नेता, पार्टी वा सत्ताले आफैँ सीमा खोज्दो रहेछ । आफ्नै वृत्त खोज्दो रहेछ । डोर्‍याउने त्यो व्यक्तित्व त कवि नै चाहिँदो रहेछ । व्यथितजस्तो । ...सायद यसैले सम्भिmरहेछु, त्यो विशाल व्यक्तित्व ।

प्रतीक्षा अर्को युगको !

रमण घिमिरे

मालिकहरूको तरबारलेटाउको काट्छ कि फूल ? भ्रममा परेँ म
हजुरहरूको बन्दुकले विचार ढाल्छ कि मान्छे ? भ्रममा परेँ म
यस राज्यलाई प्रजाले बनायो कि राजाले ? भ्रममा परेँ म ।
त्यतिबेला कवि श्रवण मुकारुङले कथेको यस कविताले साहित्यिक जमातहरूमा मात्र होइन, आमजनमानसमा समेत तरंग ल्याएको थियो । श्रवणले इतिहासको एउटा सामान्य पात्र बिसे नगर्चीलाई कवितामा ब्यूँझाएर समग्र देशकै विचलन र अव्यवस्थाको हृदयस्पर्शी चित्रण गरेका थिए । जनआन्दोलनअघि नेपालमै छापिएको यस कवितालाई उछिन्ने अर्को कविता त्यसपछि जन्मिएन । आन्दोलनको सेरोफेरोमा राजाको शासनका विरुद्धमा थुप्रै साहित्यिक-सांस्कृतिक कार्यक्रमहरू भए । धेरै कविले अनेकौँ कविताहरू वाचन गरे । तर, श्रवणको 'बिसे नगर्चीको बयान'को प्रभाव र स्तरको उचाइभन्दा माथि उक्लन सक्ने कविताहरू सुनिएनन् । २००७ सालको क्रान्तिताका कवि गोपालप्रसाद रमिालले लेखेको 'एक जुगमा एक दिन एकचोटि आउँछ' कविताले त त्यस समयदेखि आजसम्म नेपाली काव्य संसारमा हलचल ल्याई नै रहेको छ । तर, कवितामा भनेझैँ सम्पूर्ण समाजलाई एउटै सिर्जनामा बाँध्न सक्ने रचना भने साँच्चि नै एक जुगमा एकपल्ट मात्र आएको अनुभूति हुन्छ ।०३६ सालको जनआन्दोलनका बेला कवि हरभिक्त कटुवालले लेखे ..........
ःबन्धन र बाध्यतामा बाँच्नु पनि के बाँच्नू ?
आँसु लुकाई गहमा हाँस्नु पनि के हाँस्नू ?
साँच्चै भन्ने हो भने ०३६ को कालखण्डपछि '६० को दशकसम्म अनेकौँ कविहरू जन्मिए र तिनका कलमले गन्तीहीन कविताहरू रचे । कविता स्तरका दृष्टिले फितलै भएका पनि होइनन् । तर, आमपाठक, जो साहित्यिक शिल्प र सौन्दर्यसँगै आफ्नो समयलाई पनि बुझन् कविता पढ्छ, त्यस्ता पाठकलाई सम्झाइरहने सारै थोरै कविता लेखिए । त्यसैले, ००७ सालको कवि रमिालको 'एक जुगमा...' र ०३६ सालको हरभिक्तको 'बन्धन र बाध्यता'पछि एकैचोटि लामो समयलाई फड्को मारेर जन्मेको कविता हो, मुकारुङको 'बिसे नगर्ची...' ।कविता नलेखिएका होइनन् । झन् ०४६ पछि त कविताहरूको ओइरो लाग्यो । "अहिले त कविहरूको पल्टन छ, राष्ट्रियता र प्रजातन्त्रका पक्षमा यिनीहरूले पल्टनी गररिहेछन्," ०४६ सालको 'सडककविता-क्रान्ति'का एक आन्दोलनकारी, कवि भवानी घिमिरे भन्छन्, "अब राज्यको रक्षा सेनाले होइन, कविले गर्छन् ।" तर, तिनका कविताले पल्टनी नगरेको धेरै भयो । "मानिसको ध्यान तान्ने मार्मिक कविता नलेखिएका हुन् या मार्मिक कवितामा मानिसको ध्यान केन्दि्रत हुन नसकेर हो तर प्रतिनिधिमूलक कविता सुन्न नपाएको धेरै भयो ।" समालोचक कृष्णचन्द्रसिंह प्रधानका यी भनाइले नेपाली कविताको पाठक र कविलाई नङ-मासुको साइनोमा गाँस्ने क्रम भंग भएको अनुभव हुन्छ । '३० को दशकदेखि झन्डै '४० को अन्त्यसम्म कविहरूमा आपसी भेटघाट र भलाकुसारी बाक्लै हुने गथ्र्यो । एकअर्काका कविता सुन्ने र विचार साट्ने परम्पराले नेपाली कवितालाई एउटा न्यानो बाटोमा स्नेहपूर्वक डोर्‍याउने काम गररिहेको थियो । नयाँसडकको पीपलबोटमुनि हरेक सन्ध्या साहित्यकारहरूको जमघट हुने गथ्र्यो । यसले सिर्जनामा लाग्न मात्र होइन, एउटा स्रष्टालाई अर्को स्रष्टासँग जोड्न पनि सघाइरहेको थियो । "त्यसबेलाका केही ठाउँ र वातावरणले सर्जकलाई आपसमा गाँसेको थियो," कवि घिमिरे सम्झन्छन्, "तर, व्यस्तता र समयको अभावका कारण आज त्यो क्रम समाप्त भयो ।" कवि श्रवण मुकारुङका विचारमा कथित 'वाद' र 'गुट'ले विभाजनका रेखा कोरेका हुन् । "यो सिर्जनाको शून्य समय हो, के लेख्ने भन्ने दोधार छ कविलाई ।" श्रवण आफ्ना यी भनाइहरूसँग के पनि थप्छन् भने गोपालप्रसाद रमिालको 'एक जुगमा एक दिन', हरभिक्तको 'बन्धन र बाध्यता' या उनी स्वयंको 'बिसे नगर्ची' होस्, विशेष अवस्थामा जन्मिने सिर्जना हुन् । त्यसैले यस्ता कालजयी सिर्जनाहरूको सधैँ अपेक्षा गर्नु उचित छैन । हो, विचार र अभिव्यक्तिले शासन गररिहेको आजको जमानामा कविताले मानिसको विचारलाई आफ्नै शैलीमा भुटिरहेको हुन्छ । कविताले मानिसलाई विचारमा बाँधेर भूमण्डलीय दृष्टिकोणको व्यापक क्षितिजतर्फ डोर्‍याउँछ । तर, नेपाली कवितामा धीत मर्ने पुरानो रसमा भिज्दै आएको त्यो पुस्ता वा त्यस कालखण्डलाई नजिकबाट अध्ययन गर्दै आएको यो पुस्ता आजको सिर्जनाबाट तृप्त हुन सकिरहेको छैन । किन त ? "पहिलो त भेटघाटको उपयुक्त थलोको अभावले नै यसो भएको हो," प्रधान सम्झना गर्छन्, "त्यसबेला रन्जना गल्लीको रश्मि रेस्टुँरा या पीपलबोट, मोनआमी भिडियो पसलछेउको सानो चिया पसल होस्, त्यहाँ गएर कवि-लेखकहरू आ-आफ्ना अभिव्यक्ति साटासाट गर्थे ।" यी पक्षहरूको अनुपस्िथतिले आजको समयचेतनाको उर्वरता र प्रविधिको विकास अनुकूल सिर्जनाहरू जन्मिन सकिरहेका छैनन् । कवितै नलेखिएको अवस्था पनि होइन र सशक्त कविताहरू पनि आइरहेका छैनन् । तर, कवि गोपालप्रसाद रमिालको 'एक जुगमा एकचोटि'को आशय घिसि्रघिस्री हिँडिरहेको छ । सुन्दा या पढ्दा नै मानिसलाई मनमस्ितष्क उचाल्ने कविताको अभाव छ अहिले । "छोटोमा पनि धारलिो कविता आउन सकेको छैन ।" समालोचक प्रधानका विचारमा 'सुन्न नचाहँदानचाहँदै पनि सुन्न कर लाग्ने' कविता आउन सकेनन् । 'सडककविता क्रान्ति'का एक सशक्त योद्धा अशेष मल्ल त्यसबेला उनीहरूका कविता सुन्न एउटै श्रोता विभिन्न ठाउँमा आउने गरेको अनुभव सुनाउँछन् । उनका विचारमा त्यसबेला पञ्चायतको क्रूर चरणमा कविताले नै मुक्तिका लागि शंख फुकेको थियो । मुक्ति खोजिरहेका जनता कवितामा सानो विरोध आउँदा पनि जुर्मुराउँथे । शासकहरू पनि सानो कुरामा उत्तेजित हुन्थे । विषयवस्तुका हिसाबले त्यसबेलाका कविताहरू सशक्त भएको ठान्छन् मल्ल ।आज पनि सशक्त कविताहरू त लेखिँदैछन् । कवि भूपीको डोबमा पाइला राख्दै अघि बढेको पुस्ता-कवि चेतना र अभिव्यक्तिका रूपमा पहिलेकै तुलनामा परस्िकृत रूपमा आइरहेको छ । तर, समाजलाईर् नै आन्दोलित पार्ने र एउटा युगलाई नै डोर्‍याउने अर्थमा सारै थोरै कविताहरू आइरहेछन् । कतै कविता अर्को कुनै युगको प्रतीक्षामा त छैन ?