आफ्नो समयका महत्त्वपूर्ण लेखक जोन अप्डाइकको फोक्सोको क्यान्सरबाट मंगलबार निधन भएको छ । उनी ७६ वर्षका थिए । 'बडो दुःखका साथ भन्नुपरेको छ, बुधबार बिहान जोन अप्डाइकको निधन भयो,’ र्यान्डम हाउसको इकाइ अल्फ्रेड ए नोफका निकोलस ल्याटिमरले भने, 'अप्डाइक हाम्रा महान् लेखकमध्ये एक थिए । हामीले यी महान् लेखकको क्षति बेहोर्नुपरेको छ ।’पुलित्जर पुरस्कारबाट सम्मानित उनी आधा शताब्दीभन्दा बढी समयदेखि म्यासाचुसेट्समा रहँदै आएका थिए । उनी उपन्यास, कथा, निबन्ध र समीक्षा-लेखनमा लब्धप्रतिष्ठ व्यक्तित्व थिए ।
उनको लेखनशिल्प अति सुन्दर र मितव्ययी प्रकारको छ । लेखाइमा गहिराइ छैन, जुन महान् आख्यानका लागि आवश्यक पनि छ । उनी महान् शैलीशिल्पका गौण उपन्यासकार हुन् ।अप्डाइकका कथा १९६० र १९७० को दशकका अर्धसहरी अमेरिकाभित्रका तनावका विषयवस्तुमा केन्दि्रत छन् । तिनमा बारम्बार यौनजन्य तनावका तरंगहरू तरंगिन्छन् । 'ए एन्ड पी’ शीर्षकको प्रारम्भिक कथामा एकजना किशोरको मनोदशाको चित्रण छ । उसले काम गर्ने सुपरमार्केटमा बिकिनी पहिरेका तीनजना केटी देखापरेपछि उसमा मानसिक उथलपुथल सुरु हुन्छ । 'समुद्री तटमा स्नानवस्त्रमा एकजना केटी देखिनु एउटा कुरा हो,’ उनले लेखेका छन्, 'ए एन्ड पी’ को चिसोमा उज्यालो प्रकाशमा हल्का हरियो र घ्यू रंगको रबर-टायल छाएको भुइँमा नांगा खुट्टाले टकटक हिँडेको दृश्यको अर्कै कुरा ।’१९६० को अन्त्यतिर अमेरिकामा भएको ठूलो सांस्कृतिक परिवर्तनअघि अप्डाइकले यौनको खुलापनमा जोड दिएका थिए । यसले निषिद्ध विषयलाई खुला गर्यो । उनका प्रकाशकले उनको 'र्याबिट, रन’ नामक उपन्यास पहिलो खेपमा प्रकाशित हुनुअघि नै अश्लीलताको आरोप लाग्ने डरले केही अंशको पुनर्लेखन गरेका थिए । यस उपन्यासले चार दशकभन्दा बढी उनका चारवटा उपन्यासको नायकका रूपमा ह्यारी र्याबिट आंग्सट्रमलाई परिचित गरायो र आख्यानमा दुई पुलित्जर पुरस्कार दिलाइछाड्यो । अति उत्कृष्टमध्ये एक जोन अप्डाइकले २८ उपन्यासका साथै कथा, कविता र आलोचनात्मक निबन्धहरूको रचनाका कारण ख्याति कमाएका थिए । उनले १९५४ देखि २००८ सम्म न्युयोर्कर पत्रिकामा आठ सयभन्दा बढी कथा, समीक्षा, कविता र लेखहरू प्रकाशित गरेका थिए । धेरै अमेरिकीले उनलाई खासगरी त्यही प्रकाशनसँग सम्बद्ध मान्छन् । उनी विश्वकै उत्कृष्ट लेखकमध्ये एक थिए । 'उनी यस साप्ताहिकमा लेख्न रुचाउँथे र केटौले उमेरदेखि नै उनी यस संस्थासँग आबद्ध रहेका थिए,’ न्युयोर्करका सम्पादक ड्याभिड रेमिक भन्छन्, 'लामो समयदेखि उनी न्युयोर्करका आत्मा नै थिए । उनको अनुपस्थितिको कल्पना गर्न पनि कठिन छ ।’उनका पाठक एमहस्र्ट कलेजका अंग्रेजीका प्रोफेसर विलियम प्रिटकार्डले उनलाई आख्यान, गैरआख्यान र कविता लेख्ने बहुमुखी प्रतिभाका रूपमा लिएका छन् । उनले भनेका छन्- ँमेरा लागि उनी अक्षरकर्मी बन्ने अभ्यासका निकै माथिल्लो तहमा रहेका रचनाकार हुन् । उनले हरेक गतिविधि महान् बौद्धिकता, साक्ष्य र प्रेमका साथ गर्थे ।’पेन्सिलभेनियाको रिडिङ भन्ने ठाउँमा जन्मेका अप्डाइकले हार्बर्ड विश्वविद्यालयमा अंग्रेजी अध्ययन गरेका थिए । त्यहाँ उनले काम पनि गरे र पछि व्यंग्यप्रधान हार्बर्ड ल्याम्पुन पत्रिकाको सम्पादन पनि गरे । अक्सफोर्डमा एक वर्ष पढेपछि उनी न्युयोर्क गए र दुई वर्षसम्म न्युयोर्करको स्टाफका रूपमा काम गरे । १९५७ मा उनको परिवार म्यासाचुसेट्समा बोस्टनको तटीय सहर इप्सबीच सर्यो र पछि वेभर्ले फार्मतिर लाग्यो । 'न्यु य ग्लयान्ड’ नामक फिल्म निर्माता कम्पनीले १९८४ मा प्रकाशित उनको उपन्यास 'द बिचेज अफ इस्टविक’ को फिल्मांकन गर्यो । आख्यानवणिर्त रोडे टापुमा फिल्मांकन गरिएको सो फिल्ममा ज्याक निकोल्सन र चेरजस्ता अभिनेताले अभिनय गरेका थिए भने यसलाई व्यापारिक सफलता पनि मिलेको थियो । २००५ मा र्युटर्ससँगको एक अन्तर्वार्तामा अप्डाइकले उनी वास्तवमै के हुन् त भनी सोधिएको प्रश्नको उत्तर दिँदै उनले कला र साहित्यबारे आफूले लेखेका कैयौँ समालोचनाको बढ्दो संख्याले लेखकको रूपमा हालसालै आफ्नो विचार बदलिएको बताएका थिए । उनले कथाको माध्यमसँग निकै संघर्ष गरेको पनि बताएका थिए । अन्तर्वार्तामा उनले भनेका थिए, 'दस वर्षअघि सोधेका भए म कथालालाई नै आफ्नो मूल विधा मान्छु भन्थेँ हुँला । जति कथा लेखेको भए पनि अब त्यस्तो लाग्दैन ।’ लेखेपछि छाप्नुपर्छ भन्ने कुरामा उनी प्रस्ट थिए । 'म कुनै योजनाविना नै बढीजसो पुस्तक र कलाको समीक्षक पो भएछु । त्यसरी लेख्न बस्दा तपाईंलाई अब यो छापिन्छ र पैसा पाइन्छ भन्ने कुराले आनन्द त दिन्छ नै । कथामा त्यसो भन्न सकिन्न ।’ उनको अन्तिम लेख न्युयोर्करमा टोनी मोरिसनको उपन्यास 'अ मर्सी’ बारेमा लेखिएको समीक्षा थियो, गत नोभेम्बर ३ को अंकमा । 'उनको रुचि साहित्यका विविध पक्षमा अत्यन्त व्यापक थियो, तर त्यो आकस्मिक वा सतही भने थिएन,’ न्युयोर्करको पुस्तक समीक्षाका सम्पादक रोबर्ट सिल्भरले भने । न्युयोर्करले अप्डाइकका पुस्तक समीक्षा छाप्ने गथ्र्यो । 'उनी सेलिबि्रटीको हिसाबले सम्राट्को स्थानमा पुगेका थिए,’ टाइम्सका एकजना लेखक भन्छन्- 'उनको लेखनशिल्प अति सुन्दर र मितव्ययी प्रकारको छ । उनको लेखाइमा गहिराइ छैन, जुन महान् आख्यानका लागि आवश्यक पनि छ । उनी महान् शैलीशिल्पका गौण उपन्यासकार हुन् ।’ पुलित्जरका साथै 'र्याबिट इज रिच’ र 'र्याबिट एट रेस्ट’ उपन्यासका लागि उनले अमेरिकन बुक अवार्ड र नेसनल बुक अवार्ड पनि हात पारेका थिए । कैयौँ समीक्षकले 'र्याबिट, रन’ को नायकलाई आफ्नो पुस्ताको प्रतिनिधिका रूपमा हेरेका थिए । 'अमेरिकी पुरुष हुनु सजिलो छैन,’ एक अन्तर्वार्तामा उनले भनेका थिए, 'लेखनले तपाईंलाई बढी नै मान्छे बनाउँछ ।’- एजेन्सी
Thursday, January 29, 2009
बेहोस पारेर झुन्ड्याइएछ

Renu Devi Shrestha
मुमा पहिले नै बित्नुभएको थियो । म तीन वर्षको हुँदा बुबा -धर्मभक्त माथेमा) पनि मारनिुभयो । म अबोध बालिकालाई बुबालाई किन र केका लागि मारयिो, थाहा हुने कुरै भएन । माहिलो बुबा ध्रुवभक्तले सुनाउनुभएको जति कुरा मात्र थाहा पाएँ ।माफी मागे बुबा छुट्नुहुन्छ भन्थे । फुपूकी छोरीले किन माफी नमागेको भनेर उहाँलाई सोध्नुभएछ । तर, बुबा त्यस मामिलामा कडा हुनुहुन्थ्यो । उहाँले भन्नुभएछ, "हामीले राजाका निम्ति काम गरेका हौँ, प्रजातन्त्रका निम्ति काम गरेका हौँ । के बिराएका छौँ र माफी माग्ने ?"पछि मैले सुनेको र बुबालाई झुन्ड्याउने कार्यमा नरशमशेर राणाका साथ खटिने गोदावरी किटनीका तत्कालीन लप्टन कृष्णबहादुर थापाले बताए अनुसार, वि.सं. १९९७ माघ १२ गते दिउँसो उहाँलाई सिंहदरबार स्कुलघरबाट सेन्ट्रल जेल ल्याइयो । र, त्यसै दिन नातेदारहरूलाई भेट्न आउन भनियो । हजुरबुबा यहाँ हुनुहुन्थेन । उहाँ पनि राणा शासककै कारण कलकत्तामा थुनिनुभएको थियो । फुपूकी छोरीलगायत छरछिमेकी र टोलका केही उत्साही युवाहरू सेन्ट्रल जेल गएछन् । बुबालाई खुट्टामा नेलसिक्री र हात पछिल्तिर फर्काइ फलामे हतकडी लगाएर राखिएको रहेछ । उहाँलाई त्यही बेलुुकी ८ बजे डिल्लीबजार-ज्ञानेश्वरतिरका पसल बन्द गर्न लगाएर १० बजे कालोपुल हुँदै सिफल लगिएछ ।लप्टन कृष्णबहादुरलाई २० जनाजति सिपाहीलाई लिएर फाँसीका निम्ति सबै सामग्री तयार गर्न लगाइएको रहेछ । नरशमशेरले आँखामा पट्टी कसिएको बुबालाई हात पछाडिपट्ट िबाँधेर फाँसीको फन्दामा उभ्याई अन्तिम इच्छा के छ भनी सोधेछन् । उहाँले राणाशासन अन्त्यको इच्छा व्यक्त गर्नुभएछ । त्यसपछि रूखमा झुन्ड् याइएछ । तर, डोरी उल्टो परेकाले र वजनदार शरीर भएकाले हाँगो लच्किएछ । यसरी पहिलो प्रयास असफल भयो ।त्यतिबेलाको कानुन अनुसार एकपटक फाँसीबाट उम्किएको व्यक्तिलाई जीवनदान दिइन्छ भनिन्थ्यो । तर, मेरो बुबाले मुक्ति पाउनुभएन । त्यस्तो सम्भ“mदा कताकता दुःख पनि लाग्छ । दोस्रोपटक फाँसीमा झुन्ड् याउँदा डोरी नै चुँडिएछ । त्यसपछि अति नै आत्तिएका नरशमशेर 'ए छिटो गर' भन्दै आफैँले चक्कुले डोरी काट्न खोज्दा हडबडमा बुबाको गालादेखि चिउँडोसम्म काटिदिएछन् । त्यसबेला अत्यन्तै रसिाएका बुबाले लात्तीले हान्दा नरशमशेर पर हुत्तिएछन् । अनि, नरशमशेरको आदेशमा भएभरका सिपाही बुबामाथि खनिएछन् । लात्ती र मुड्कीले भकुरेर बेहोस बनाई तेस्रोपटक फाँसीमा झुन्ड् याएछन् । यसरी मारएिछ ३१ वर्षको उमेरमा मेरो बुबालाई । बुबाका दाजुभाइ सबै कलकत्तातिर हुनुहुन्थ्यो । उहाँको लास उठाउने मान्छे पनि भएनन् रे ∕ कसोकसो लमजुङतिरका एक ब्राह्मण भेटिएछन् । उनैले दागबत्ती दिएर दाहसंस्कार गरयिो । बुबाको यस किसिमको सहादतको कथा सुन्दा/सुनाउँदा गर्व लाग्छ । म उहाँको एक्लो सन्तान हुँ । दुनियाँका मानिसलाई सबैभन्दा प्यारो सन्तान नै हुन्छ । तर, एक्लो सन्तानका लागि जीवनको भीख माग्नुभन्दा देशका खातिर उहाँ झुन्डिन तयार हुनुभयो । त्यसैमा गर्व लाग्छ । तर, यस्तोमा पनि अहिलेका नेता र राजनीति देख्दा निराश लाग्छ । मलाई त पछिसम्मै टुहुरी रहिछु भन्ने पनि थाहा थिएन । बुबाआमा नभएको पनि थाहा भएन । माहिला बुबाले आफ्ना अन्य पाँच सन्तानसँगै हुर्काउनुभयो । कहिल्यै फरक व्यवहार गर्नुभएन । मलाई त धेरै पछिसम्म पनि माहिलोबुबाकै छोरी हुँजस्तो लागेको थियो । शिक्षाको उज्यालो फैलाउने बुबाको इच्छाले छोएकाले पनि हुनसक्छ, मैले २० वर्षसम्म महेन्द्र आदर्श विद्यालयमा सहायक प्रधानाध्यापक भएर काम गरेँ । त्यसपछि बुबाकै नाममा स्कुल खोलेर असहाय र गरबिगुरुवाका छोराछोरीलाई पढाउन मन लाग्यो । २०३८ सालमा नख्खु भैँसेपाटीमा करबि ४ रोपनी ६ आना जग्गामा सहिद धर्मभक्त विद्यालय स्थापना गरेर ट्रस्ट अन्तर्गत सञ्चालन गरेँ । ०५४ सालसम्म संस्थापक प्रधानाध्यापक भएर काम गरेँ । अहिले संरक्षक मात्र बसेकी छु ।मैले धेरै परविर्तन देखेँ । तर, यसपटकको राजनीतिक परविर्तनपछि कतै सुरक्षा छैन । जनता अनाहकमा मारएिका छन् । सक्कली सहिदहरूले आजको नेपाल देखे भने रुन्छन्जस्तो लाग्छ । देश यस्तो परििस्थतिबाट गुज्रेको देख्दा भित्रभित्रै कहाली लाग्छ । सरकार केही कर्मचारीको तलब बढाउँछ । कतै महँगीभत्ता भनेर दिन्छ । तर, साढे दुई करोड जनतालाई महँगीले नै आहत बनाएको छ । यो कस्तो सरकार हो ? अर्कोतिर, दण्डहीनता उस्तै छ । जनताले ठूलो आशा राखेर माओवादीलाई जिताएका थिए । तर, हेर्नूस् त हालत कस्तो दिक्कलाग्दो भएको छ ? शिक्षा मात्र भएर पुग्दो रहेनछ । अनुशासन पनि चाहिँदो रहेछ । देशका प्रत्येक नागरकि सबै प्रकारले शिक्षित र अनुशासित हुनुपर्यो । सबैमा देशभक्तिको भावना हुनुपर्यो । अनि मात्र देश सपि्रने हो । मेरो बुबालाई रुद्रशमशेरले कलकत्ताबाट ल्याएर आफ्नो तबेलामाथिको एउटा कोठामा राखेका थिए । दशरथ चन्द पनि त्यहीँ अर्को कोठामा बस्दा रहेछन् । मेरो बुबा र चन्दको त्यहीँ भेट भएको थियो रे !मेरो बुबाको व्यायाम कौशल देखेर औधी प्रभावित भएका राजा त्रिभुवनले उहाँलाई राजदरबारमा व्यायाम शिक्षक नियुक्त गरे । तर, पछि रुद्रशमशेरलाई पाल्पा धपाएपछि बुबा ओमबहालस्िथत फुपूको घरमा बस्न थाल्नुभयो । त्यही घरमा व्यायामशाला निर्माण गरी सहरका युवकहरूलाई कसरत सिकाउनुहुन्थ्यो । गणेशमान र गंगालाल श्रेष्ठ पनि उहाँका शिष्य थिए । सुने अनुसार, नरशमशेरलगायतका राणा युवकहरू पनि त्यहाँ व्यायाम सिक्न आउँथे रे ! १९९७ कात्तिक २ गते बुबालाई त्यहीँबाट पक्राउ गरी खानतलासी गर्दा त्रिभुवनसँग भएका लेखापढी र पत्रहरू बरामद गरेछन् राणाजीहरूले । सायद त्यही कारण बन्यो बुबालाई झुन्ड्याउने !
Saturday, January 24, 2009
शंकर लामिछानेको सम्झना
Shuresh Pranjal
आधुनिक निबन्धलेखनमा सिद्धहस्त मानिने शंकर लामिछानेले नेपाली साहित्यको जगमा असंख्य इँटा थपेका छन् । विशेषगरी नेपाली निबन्धलेखन परम्परामा भिन्न शिल्प र शैली लिएर उदाएका लामिछानेले आफू हिँड्ने बाटो आफंैले खने । नेपाली 'नन फिक्सन' को फाँटलाई उचाइमा पुर्याउने काममा उनको भूमिका अत्यन्तै उल्लेखनीय छ । नेपाली निबन्धमा 'चेतनप्रवाह शैली' -स्टि्रम अफ कन्सिअसनेस) लाई स्थापित गराउने लेखक हुन् उनी । पश्चिमा साहित्यका आधुनिक लेखक जेम्स जोयसले महाकाव्य 'युलिसिस' मार्फत यो शैलीलाई जसरी स्थापित गर्ने काम गरे त्यसरी नै लामिछानेले 'एब्स्ट्रयाक्ट चिन्तन ः प्याज' मार्फत यो 'चेतनप्रवाह शैली' लाई अंकुराउने कार्य गरे नेपाली साहित्यमा । जीवन आफ्ना लागि भन्दा पनि अरूका लागि आदर्श भएर बाँच्नुपर्दाको पीडाले गर्दा व्यक्तिगत जीवन स्वेच्छाले बाँच्न नपाउनु नै आजको मानवको गुनासो बनेको छ । यद्यपि त्यो गुनासोलाई निबन्धशिल्पी शंकर लामिछानेले न्यूनीकरण गर्ने प्रयास गरेका छन् । हामीले भोगेको जीवन केवल अनुभूति मात्र हो ।
व्यावहारिक रूपमा सार्थक नहोला तर पनि एउटा कल्पनालाई आधार बनाएर बाँचिरहेका हुन्छौं हामी । 'अल्बर्ट कामु' र 'सामुअल बेकेट' को विसंगतवादसँग अति निकट सम्बन्ध राख्ने लामिछानेका निबन्धहरूले विश्वको परिप्रेक्ष्यमा भिन्न नेपाली स्वाद प्रवाह गरेका छन् । वस्तुलाई उनी आफ्नो अध्ययन, भोगाइ तथा व्यवहारको गाढा रंग ठान्छन् । जीवनलाई प्याजको बोक्रासँग तुलना गर्छन् । प्याजको गुदी नभेट्टाए झैं जीवनको सार भेट्टाउन नसकिने भाव व्यक्त गर्छन् उनी अर्थात् जीवन भन्नु नै रहस्य र भाव मिसिएको अनुभूति मात्र हो । उनका निबन्धमा विश्वमा बढ्दै गएको वैज्ञानिक आविस्कार एवं अनुसन्धानको प्रभाव परेको पाइन्छ । उनी आधुनिक वैज्ञानिक चिन्तनबाट प्रभावित निबन्धकार भएकाले चामत्कारिक वैज्ञानिक आविस्कार र त्यसबाट साहित्य र अन्य क्षेत्रमा पर्ने असर आफ्ना निबन्धहरूमा व्यक्त गरेका छन् । व्यक्ति शंकर लामिछानेले भोगेको जीवन नै निबन्धकार लामिछानेको जीवनको 'पोटे्रट' हो । जीवनप्रति नैराश्य हुँदाहुँदै पनि आदर्शजीवनको खोजी उनका निबन्धको विशेषता हो । निबन्धमा आजको पुस्ताले भोगेको र भोलिका पीँढीले भोग्नुपर्ने पीडालाई छर्लङ्ग प्रतिविम्बित गरेका छन् लामिछानेले । लेखनका अधिकांश विधामा कलम चलाए पनि लामिछानेले लेख्न सुरु गरेको उपन्यास भने अधुरो नै रह्यो । 'गौंथलीको गुँड' मा समेटिएका कथाहरूमा 'अस्तित्वगत चेतना' को आभास हुन्छ झन्डै 'जाँ पाल सार्त्र' लाई चुनौती दिने गरी । 'विम्ब प्रतिविम्ब' मा परिचयात्मक निबन्धहरू संग्रहित छन् । त्यसैगरी 'गोधूलि संसार' का निबन्धहरू व्यवहारवादी र जीवनवादी विषयवस्तुमा आबद्ध छन् । 'शंकर लामिछाने' उनको आत्मकथात्मक कृति हो जहाँ जीवन बाँच्ने क्रमका गुनासाहरू समेटिएका छन् । कवि भूपि शेरचन र भीमदर्शन रोकालाई अति निकट ठान्ने लामिछानेले आफूलाई कहिल्यै लेखक मानेनन् ।
बरु आफू ठट्टामा लेखक बनेको जिकिर गरिरहे । उनलाई आफू छिटो जन्मेकामा गुनासो रहिरह्यो । अनि पmेन्च दार्शनिक रोलाँ बार्थले 'दी डेथ अफ दी अथर' को कुरा गरिरहँदा नेपाली लेखक शंकर लामिछानेले भने एक हजार वर्षपछि जन्मिने इप्सा बोकिरहे । उनले बारम्बार दोहोर्याइरहने वाक्य हो, 'म एक हजार वर्षपछि जन्मिने पृथ्वीको मान्छे हुँ ।' असलमा, उनी एक इमानदार लेखक हुन् । उनले 'प्लेगियारिज्म्' -साहित्यिक चोरी) को आरोप कति सहजै स्वीकार गरे । माइकल कर्वीको लेखमा आधारित भनी लेखिएको 'आभा गार्देको सौन्दर्यशास्त्र' नामक लेखउपर कुमुदिनीले तेर्साएको तगाराले उनको लेखनयात्रामा पूर्णविराम लगाइदियो । तर अफसोच ! कुमुदिनीको हुन् ? हालसम्म बाहिर आउन सकेकी छैनन् ! -यस्ता महान् लेखकको यात्रालाई बर्जित तुल्याउने वास्तविक कुमुदिनीसँग एकपटक भेट गर्ने ठूलो धोको छ मेरो, खुल्ला आह्वान पनि हो यो ।) विसं १९८४ साल चैतमा जन्मेका यी महान् लेखकको मृत्यु मेनेन्जाइटिजका कारण २०३२ माघ १० गते भयो । 'के गरे देखिन् मैले ठीक हुन्छ ?' भन्दै एकदिन देवकोटाकामा पुगेका थिए उनी र त्यसदिन महाकवि देवकोटाले 'रिपिटिसन अफ वर्क अन दी सेम लाइन ह्याज नो मिनिङ' भनेपछि लामिछाने आफ्नै पृथक् बाटो पैलाउन लागिपरेका थिए । जुन बाटाले आज पनि अझ बढी फराकिलो भएर सबै लेखकलाई हिँडाइरहेको छ ।

मेरो यौटा सपना
Martin Luthar King
अमेरिकाको इतिहासमा स्वतन्त्रताको महानतम प्रदर्शनका रूपमा अंकित हुन गइरहेको आजको दिनमा तपाइर्ंहरूका साथ रहन पाउँदा म हषिर्त छु । करिब एक शताब्दीअघि एक महान् अमेरिकीले -जसको प्रतीकात्मक छायामा उभिएका छौँ आज हामी) दासत्व मुक्तिको घोषणामा हस्ताक्षर गरे । यो ऐतिहासिक घोषणा अन्यायको ज्वालामा परेर भसक्कै भएका लाखौँ निग्रो दासका लागि आशाको मार्गदर्शक प्रकाशका रूपमा आयो, उनीहरूको कारावासरूपी लामो रातको अन्त्य गर्ने मनोरम बिहानीका रूपमा आयो । सय वर्षपछि पनि पृथकीकरणको हतकडी र विभेदका जन्जिरहरूले निग्रोको जीवनलाई कुँजो बनाएका छन् । सय वर्षपछि पनि भौतिक समृद्धिको विशाल महासागरको बीचमा अवस्थित गरिबीको निर्जन टापुमा बाँचिरहेको छ निग्रो । आपmनै देशमा निर्वासित छ ऊ । त्यसैले आज हामी हाम्रो 'लज्जापूर्ण स्थिति'लाई नाट्यकरण गर्न यहाँ आएका छौँ । एकप्रकारले हामी हाम्रो राष्ट्रको राजधानीमा एउटा नगदी चेक साट्न आएका छौँ । जब हाम्रा गणतन्त्रका अभियन्ताहरूले संविधान र स्वतन्त्रता घोषणाका भव्य शब्दहरू लेखे, त्यतिखेर उनीहरू एक प्रतिज्ञापत्रमा हस्ताक्षर गरिरहेका थिए । प्रत्येक अमेरिकी उक्त प्रतिज्ञापत्रको उत्तराधिकारी हुन गइरहेको थियो । यो प्रतिज्ञापत्र एक यस्तो वाचा थियो, जहाँ सबै मानिस -काला र गोरा सबै) को जीवन, स्वतन्त्रता र सुख-खोजीका नैसर्गिक अधिकारहरूको प्रत्याभूति थियो । आज स्पष्ट भइसकेको छ- आफ्ना काला जातिका नागरिकहरूका सन्दर्भमा अमेरिकाले उक्त प्रतिज्ञापत्रको वचन तोडेको छ । यो पवित्र दायित्वलाई सम्मान गर्नुको साटो उसले तिनका हातमा एउटा खराब चेक थमाइदिएको छ, जुन 'अपुग कोष'को टाँचा लागेर फिर्ता आएको छ । तर, हामी न्यायको बैंक टाट पल्टेको छ भन्ने विश्वास गर्न अस्वीकार गर्छाैँ । अवसरहरूको यो विशाल ढुकुटीभित्र पर्याप्त कोष छैन भन्ने विश्वास गर्दैनौं । तसर्थ, हामी यो चेकको नगद झक्िन आएका छौँ । हामी अमेरिकालाई वर्तमानको अत्यावश्यकताको स्मरण गराउन पनि यो पूज्य भूमिमा उपस्थित भएका छौँ । शान्त रहने विलासितामा रम्ने तथा शिथिल पार्ने क्रमिकतावादको लागूऔषध सेवन गर्ने समय होइन हो । यो समय हो- लोकतन्त्रका प्रतिज्ञाहरूलाई साकार पार्ने, विभेदको अँध्यारो र निर्जन उपत्यकाबाट माथि उठेर जातीय न्यायको आलोकित मार्गमा पुग्ने । यही समय हो- यो देशलाई जातीय अन्यायको बालुवाभासबाट उठाएर भ्रातृत्वको ठोस चट्टानमा पुर्याउने । परिस्थितिको गम्भीरतालाई उपेक्षा गर्नु अमेरिकाका लागि घातक हुनेछ । कालाजातिको वैधानिक असन्तोषको यो उखुम गर्मी तबसम्म सकिनेछैन, जबसम्म स्वतन्त्रता र समानताको शक्तिबर्द्धक शरद आउनेछैन । २८ अगस्ट १९६३ को यो प्रदर्शन अन्त्य होइन, सुरुवात हो । निग्रोलाई उसको नागरिक अधिकार प्रदान नगरिएसम्म अमेरिकामा न स्थिरता हुनेछ, न शान्ति । न्यायको घमाइलो दिन नआएसम्म विद्रोहका भूमरीहरूले यो देशलाई जरैसम्म हल्लाइरहनेछन् । तर, मैले न्यायको दरबारतिर उन्मुख न्यानो संघारमा उभिएका मेरा मानिसलाई भन्नैपर्ने एउटा कुरा छ- यथोचित स्थान हासिल गर्ने प्रक्रियामा हामीले अनुचित कुनै काम गर्नुहुँदैन । कटुता र घृणाको गिलासबाट पिएर स्वतन्त्रताको प्यास मेटाउने प्रयत्न नगरौँ । हामीले हाम्रो संघर्षलाई सदा मर्यादा र अनुशासनको उच्च धरातलमा सञ्चालन गर्नुपर्छ । हामीले हाम्रो रचनात्मक विरोधलाई शारीरिक हिंसामा पतन हुन दिनुहुँदैन । हामी शारीरिक र आत्मिक शक्ति मिलान हुने गौरवमय उचाइतिर उठ्नुपर्छ । निग्रो समुदायलाई घेरा हालिरहेको विचित्र सैन्यदस्ताकै कारण हामीले सारा गोरा मानिसलाई अविश्वास गर्नुहुँदैन, किनभने हाम्रा गोरा दाजुभाइले महसुस गर्न थाल्नुभएको छ- उहाँहरूको भाग्य हाम्रो भाग्यसँग जोडिएको छ । आज यहाँ उपस्थित उहाँहरूको ठूलो संख्या यसको प्रमाण हो । उहाँहरूले बुझ्न थाल्नुभएको छ-उहाँहरूको स्वतन्त्रता हाम्रो स्वतन्त्रतासित कसिलोसँग बाँधिएको छ, हामी एक्लाएक्लै हिँड्न सक्दैनौँ । जब हामी हिँड्न थाल्छौँ, हामीले वाचा गर्नुपर्छ- हामी सधँै अगाडि बढ्नेछौँ, हामी पछाडि र्फकन सक्दैनौँ । केही यस्ता मानिस पनि छन् जो नागरिक अधिकारका अनुयायीहरूलाई सोधिरहेछन्, 'तिमीहरू कहिले सन्तुष्ट हुनेछौ ?' जबसम्म निग्रो पुलिस बर्बरताका अवर्णनीय आतंकको सिकार हुन्छ, हामी कदापि सन्तुष्ट हुन सक्दैनौँ । हामी तबसम्म सन्तुष्ट हुन सक्दैनौँ, जबसम्म यात्रा गरेर थाकेका हाम्रा शरीरले राजमार्ग र सहरका होटेलमा बास पाउनेछैनन् । हामी तबसम्म सन्तुष्ट हुन सक्दैनौँ, जबसम्म निग्रोहरूलाई सानो अस्त-व्यस्त स्थानबाट ठूलो अस्त-व्यस्त स्थानमा सारिरहिन्छ । हामी तबसम्म सन्तुष्ट हुन सक्दैनौँ, जबसम्म 'गोराहरूका लागि मात्रै' लेखिएका संकेतद्वारा हाम्रा बालबच्चाको स्वत्व खोसिन्छ र लुटिन्छ उनीहरूको आत्मसम्मान । जबसम्म मिसिसिपीको नेग्रोले भोट हाल्न पाउँदैन, जबसम्म न्युयोर्कको निग्रोे ठान्दछ कि उसँग केही पनि छैन जसका लागि उसले भोट हाल्नुपरोस्, तबसम्म हामी सन्तुष्ट हुन सक्दैनौँ । अहँ, हामी सन्तुष्ट छैनौँ, हामी सन्तुष्ट हुनेछैनौँ, तबसम्म जबसम्म न्याय खोलाझैँ उर्लिनेछैन । तपाईंहरूमध्ये केही ठुल्ठूला मुद्दा तथा यातना भोगेर यहाँ आउनुभएको छ भन्ने कुरा मैले बिर्सेको छैन । तपाईंहरूमध्ये केही कारागारका साँघुरा कोठरीबाट भर्खरै निक्लेर आउनुभएको छ । तपाइर्ंहरूमध्ये केही यस्ता ठाउँबाट आउनुभएको जहाँ स्वतन्त्रताको खोजीका कारण तपाइर्ंलाई सजायको आँधीले निर्घात चुटेको छ र पुलिस ज्यादतीको हुरीद्वारा तपाईं ढुन्मुनिनुभएको छ । तपाईंहरू रचनात्मक कष्टका विशिष्ट अनुभवी हुनुभएको छ । अनार्जित कष्ट मुक्तिप्रदायक हुन्छ भन्ने विश्वासका साथ निरन्तर काम गरिरहनुहोस् । मिसिसिपीमा फर्किनुहोस्, अलावामामा फर्किनुहोस्, साउथ क्यारोलिनामा फर्किनुहोस्, जर्जियामा फर्किनुहोस्, लुजियानामा फर्किनुहोस्, उत्तरी सहरका झुपडपट्टी र अस्त-व्यस्त बस्तीमा फर्किनुहोस् । जान्नुहोस् कि परिस्थिति बदलिन सक्छ र बदलिनेछ । निराशाको उपत्यकामा आहाल नबसौँ हामी । आज र भोलिका कठिनाइहरू सामना गरिरहे पनि मेरा मित्रहरू, मसँग अझै पनि एउटा सपना छ । अमेरिकी सपनामा गहिरोसँग जरो गाडेर रहेको सपना हो, यो । मेरो एउटा सपना छ- एकदिन यो राष्ट्र माथि उठ्नेछ र आपmनो आधारभूत विश्वासको सक्कली आशयको अनुसरण गर्नेछ ः हामी यो सत्यलाई स्वतः सिद्ध मान्छौँ कि सबै मानिस समान रूपले सिर्जित भएका हुन् । मेरो सपना छ- एकदिन जर्जियाका राता पहाडमा पूर्वदास तथा पूर्वमालिकका छोराहरू बन्धुत्वको टेबुलमा सँगसँगै बस्न समर्थ हुनेछन् । मेरो सपना छ- एकदिन अन्यायको रापले, अत्याचारको तापले असिन-पसिन भएको यो मिसिसिपी राज्य स्वतन्त्रता र न्यायको मरुद्यानमा परिणत हुनेछ । मेरो एउटा सपना छ- मेरा चार नानी एकदिन यस्तो राष्ट्रमा बाँचेका हुनेछन्, जहाँ उनीहरूलाई उनीहरूको छालाको रंगद्वारा होइन, चरित्रद्वारा जाँचपरख गरिनेछ । मेरो एउटा सपना छ- उग्र जातिभेदवादी र ओठबाट हस्तक्षेप र खारेजीका शब्दहरू मात्रै ओकल्ने गभर्नर भएको यो अलावामामा एकदिन साना काला केटाकेटी साना गोरा केटाकेटीसँग दाजुभाइ दिदीबहिनीका रूपमा हात मिलाउनेछन् । मेरो एउटा सपना छ- कुनै दिन प्रत्येक उपत्यका उन्नत हुनेछ, प्रत्येक पहाड र हिमाललाई होचो बनाइनेछ, उखडखाबड जमिनलाई सम्म पारिनेछ र भ्रष्ट ठाउँलाई सुधारिनेछ । यो हाम्रो आशा हो । यो त्यही विश्वास हो, जसका साथ म दक्षिणमा र्फकनेछु । यही विश्वासका माध्यमले हामी निराशाको पहाड फोरेर त्यसबाट आशाको एक पत्थर निकाल्नेछौँ । यही विश्वासका माध्यमले हामी देशका कर्कस कलहहरूलाई भ्रातृत्वको एउटा सुन्दर संगीतमा परिवर्तन गर्न समर्थ हुनेछौँ । यही विश्वासका माध्यमले हामी समर्थ हुनेछौँ- सँगसँगै काम गर्न, सँगसँगै प्रार्थना गर्न, सँगसँगै संघर्ष गर्न, सँगसँगै जेल जान, स्वतन्त्रताका लागि सँगसँगै उठ्न । त्यो दिन, यस्तो दिन हुनेछ, जब ईश्वरका सारा सन्तान एक नयाँ अर्थका साथ यो गीत गाउन समर्थ हुनेछन्, 'मेरो देश, म गाउँछु तिम्रो गीत, स्वतन्त्रताको प्यारो भूमि, म गाउँछु तिम्रै गीत । मेरा पुर्खाहरूले प्राण त्यागेको भूमि, तीर्थयात्रीको अभिमानको भूमि, प्रत्येक हिमाली भेगबाट स्वतन्त्रतालाई गुन्जन दिऊँ ।' अमेरिका महान् राष्ट्र बन्नु छ भने यो सपना साकार हुनैपर्छ । तसर्थ स्वतन्त्रतालाई न्यु ह्याम्पसायरका विलक्षण पहाडी चुचुराबाट गुन्जन दिऊँ । स्वतन्त्रतालाई न्युयोर्कका सर्वशक्तिमान पहाडबाट गुन्जन दिऊँ । स्वतन्त्रतालाई पेन्सिल्भानियाका उचा एलिजेनीहरूबाट गुन्जन दिऊँ । स्वतन्त्रतालाई कोलोराडोका हिउँटोपी पहिरिएका पत्थरिलो भू-भागबाट गुन्जन दिऊँ । स्वतन्त्रतालाई क्यालिफोर्नियाका बांगाटिंगा भीरहरूबाट गुन्जन दिऊँ । यति मात्र होइन, स्वतन्त्रतालाई जर्जियाको ढुंगेपहाडबाट पनि गुन्जन दिऊँ । स्वतन्त्रतालाई टेेनेजीको पहरेदार पहाडबाट पनि गुन्जन दिऊँ । स्वतन्त्रतालाई मिसिसिपीका हरेक पहाडबाट गुन्जन दिऊँ । प्रत्येक हिमाली भेगबाट स्वतन्त्रतालाई गुन्जन दिऊँ । र, जब यो सम्भव हुन्छ, जब हामी स्वतन्त्रतालाई गुन्जन दिन्छौँ, जब हामी यसलाई प्रत्येक उपत्यका र प्रत्येक बस्तीबाट, प्रत्येक राज्य र प्रत्येक सहरबाट गुन्जन दिन्छौँ, हामी त्यो दिनलाई द्रुतगतिमा ल्याउन सक्छौँ, जुन दिन ईश्वरका सारा सन्तान, काला र गोरा, यहुदी र गैरयहुदी, प्रोटेस्टेन्ट र क्याथोलिकहरू हातमा हात मिलाउन समर्थ हुनेछन् र निग्रोका पुरानो धार्मिक गीतका शब्दहरू गुन्गुनाउन समर्थ हुनेछन् ः 'स्वतन्त्र भयौँ, स्वतन्त्र भयौँ, धन्यवाद सर्वशक्तिमान ईश्वर ! आखिर हामी स्वतन्त्र भयौँ ।

Sunday, January 11, 2009
त्यो दिन जब माले र माक्र्सवादी मिल्दै थिए
नेपाल कम्युनिस्ट पार्टी (एकीकृत माक्र्सवादी-लेनिनवादी) नाउँ गरेको पार्टीले अब इतिहास बनाइसकेको छ- नेपालको सबैभन्दा सुगठित क्रियाशील पार्टीका रूपमा । त्यसैले पुराना गन्थनको यो पार्टीको जीवनमाथि कुनै असर हुँदैन । तर, इतिहासको पानामा समेटिएको इतिहासको मनलाई पनि हामीले बिर्सनुहुँदैन । नेपाल कम्युनिस्ट पार्टीका माक्र्सवादी-लेनिनवादी तथा माक्र्सवादी समूह मिलेर बनेको आजको एमालेको एकीकरण कार्यसँग मेरो सहमति थिएन । त्यस्तो एकता गर्नुहुँदैन भन्ने मेरो आरम्भको मान्यता थियो भने एकीकरण भइसकेपछि पनि म प्रक्रिया, पद्धति र एकीकरण शैलीसँग सहमत हुन सकेको थिइनँ ।
एकीकरण भएछ मजस्ताले पत्तै नपाई । भोलिपल्ट सुनेँ । मदन भण्डारी नै महासचिव छानिनुभएको खबर पनि सार्वजनिक भइसकेको थियो । मैले उहाँलाई भेटेरै भनेँ, 'म यस एकीकरणका पक्षमा उभिन सक्दिनँ ।’यसो हुनुका पछिल्तिर एउटा ठोस कारण थियो । समूह एकीकरणमा मेरो कहिल्यै विश्वास रहेन । ०३२ सालमा अध्ययन कक्षहरू खोल्दा काठमाडौंको हाम्रो संगठन कमजोर थिएन । विद्यार्थी तथा होटल मजदुरबीच हामीले आफ्नो संगठनलाई फराकिलै ढंगमा अगाडि बढाएका थियौँ । त्यो सिंगो संगठन ०३३ सालमा छर्लप्पै कोअर्डिनेसन केन्द्रको मातहतमा गयो । तर, हामीले कोअर्डिनेसन संगठनसँग एकता भन्ने शब्द कहिल्यै प्रयोग गरेनौँ । हामी समाहित भइसकेपछि हाम्रो त्यो संगठनभन्दा धेरै साना समूहलाई हामीले पछाडि समूहगत एकीकरणमा ल्यायौँ । तर, हामी पुरानाले समूहगत एकीकरणको कहिल्यै माग गरेनौँ र एकीकरणको इतिहासमा हाम्रो नाम पनि उल्लेख गर्नुपर्छ भनेर एकदिन पनि सोचेनौँ । बरु अमृत बोहराले बेलावखत कुरा उठाउनुहुन्थ्यो 'हाम्रो एकीकरण पनि इतिहासमा उल्लेख हुनुपर्छ' भनेर । हामीले जोड गरेको भए त्यो लेखिन्थ्यो पनि होला । हाम्रो समूहले त्यस्तो गर्नु असल हुन्छ भनेर कहिल्यै ठानेन । किनभने हामी सानो समूहको अस्तित्व जोगाउन अखिल नेपाल क्रान्तिकारी कोअर्डिनेसन कमिटीमा समाहित भएका थिएनौँ । हामी स्वयं कोअर्डिनेसन कमिटी हुन त्यसभित्र प्रवेश गरेका थियौँ । ०४७ सालको एकीकरणका सन्दर्भमा पनि मेरो मनमा उही पुरानो कुरो खामिएको थियो । यद्यपि, माक्र्सवादी पृष्ठभूमिका पाका नेताहरूप्रति मभित्र सम्मान थियो । चौथो महाधिवेशनमा संयुक्त जनआन्दोलनको कार्यनीति पास गर्दादेखि नै हामी सबै वामपन्थीप्रति सकारात्मक हुन थालिसकेका थियौँ । ०४६ सालको आन्दोलनमा वाममोर्चामा समेटिएका नेताहरूलाई हामीले आफ्नै मानेका थियौँ । ०४७ सालको जेठ महिनासम्म मेरो सोचाइ थियो- हामीले व्यक्तित्व लिने हो, कसिंगर बटुल्ने होइन । मदन भण्डारी र जीवराज आश्रतिसँग मेरो लामो बहस पनि भएको थियो । मैले मनमोहन अधिकारीजस्ता व्यक्तित्वलाई मात्र आवश्यक पात्र ठानेको थिएँ । एकीकरणको काममा चुर्लुम्मै डुबेर लाग्नुभएकामध्ये हुनुहुन्थ्यो भरतमोहन अधिकारी र केशरमणि पोखरेल । केशरमणि पोखरेलको इतिवृत्ति थाहा पाएको र आफैँले पनि भोगेको हुनाले म केशरमणि पोखरेललाई कमरेड मान्न तयार थिइनँ । भरतमोहन अधिकारीलाई भने मैले तिरस्कार गर्न सकेको थिइनँ । यसको पछिल्तिरको कारण थियो- उहाँसँग विराटनगरमा भएका एकाध भेटघाट ! बूढामान्छे मलाई राम्रै लागेका थिए, त्यतिवेला । तर, एकीकरण भएछ मजस्ताले पत्तै नपाई । भोलिपल्ट सुनेँ मैले । मदन भण्डारी नै महासचिव छानिनुभएको खबर पनि सार्वजनिक भइसकेको थियो । मैले उहाँलाई भेटेरै भनेँ, 'म यो एकीकरणको पक्षमा उभिन सक्दिनँ । यसले हामीलाई चुनावमा अलिक बढी सिट ल्याउन त मद्दत पुर्याउला, तर विचारहीन भीडलाई म पार्टी मान्न सक्दिनँ ।'म कतिसम्म विरोधमा थिएँ भने सुनकोसी छापाखानामा दृष्टि पत्रिकामा समाचार बनाउने सन्दर्भमा म त्यहाँ पुगेको वेला नारायण ढकालले मसँग प्रतिक्रिया लिन खोज्नुभएको थियो । मैले भनेँ, 'हामीले नेपाल कम्युनिस्ट पार्टी माक्र्सवादी-लेनिनवादीलाई आर्यघाट पुर्यायौँ । हाम्रो स्खलन सुरु भयो ।'पछि नारायण ढकालले मेरो यो प्रतिक्रियालाई आफ्नै हिसाबले भिन्न-भिन्न ठाउँमा पुर्याउनु पनि भयो । मेरो प्रतिक्रिया उहाँलाई मन परेको थिएन । माथिकै स्पिरिटमा मैले मदन भण्डारीसँग बहस गरेको थिएँ । तर, मदनसँगको बहसमा मेरो के पार लाग्थ्यो र ! चित्तै दुःखाएर भए पनि मैले एकीकरणको पक्षमा आफूलाई उभ्याउनै पर्यो ।मन त दुःखेको थियो नै, एकीकरणपछि म अलपत्र पनि परेँ । आफूले के काम गर्ने हो भन्ने मलाई पत्तै भएन । किनभने हामी केहीको काम, कर्मथलो, कमिटी केही पनि तोकिएको थिएन । त्यसको कारण थियो- एकीकृत पार्टीको केन्द्रीय कमिटीको गठनको अन्तिम टुंगो लाग्न नसक्नु । माघ महिना लाग्नै आँटेको थियो । म बागबजारमा रहेको केन्द्रीय कार्यालयको काम हेर्थें, त्यतिवेला । मदन भण्डारीले मलाई आफ्नो कोठामा बोलाउनुभयो । 'तपाईंसँग भाका मिलाएर बोलिरहन मैले नपर्ला होइन ?' उहाँको पहिलो प्रश्न थियो ।'पर्दैन,' मैले सामान्य ढंगमै भनेँ । 'केन्द्रीय कमिटीको संयोजन मिलाउन मलाई अप्ठ्यारो भयो । दुई महिनाका लागि तपाईंले केन्द्रीय कमिटी बाहिर बसिदिनुपर्यो,' उहाँको स्वरमा कुनै बनावटीपन थिएन । 'मैले नै किन ?' यो मेरो प्रश्न थियो । 'किनभने अरू कोही मेरो कुरो सुन्न तयारै छैनन् । तपाईंले मेरो अप्ठ्यारो बुझ्नुहुन्छ भनेर मैले तपाईंलाई अलिक दिन बाहिर बस्नूस् भनेको हुँ ।'मैले हुन्छ भनेँ । त्यो हुन्छले मलाई बेस्सरी फाइदा पुर्याएछ । केन्द्रीय कमिटीको नामावली सार्वजनिक भएपछि पहिलो प्रतिक्रिया तीर्थ कोइरालाले दिनुभएको थियो, 'कस्तो अनौठो केन्द्रीय कमिटी बनेछ, तपाईं बाहिर अरू भित्र ।''मदन कमरेडले तपाईं अलिक दिन बाहिरै बसिदिनूस् भन्नुभयो । मैले मानेँ ।''मलाई भन्नुभएको थियो, मदन कमरेडले ।'तीर्थको फोन आरम्भ थियो । लगातार फोन आइरहे । मैले यथोचित उत्तर दिँदै रहेँ । अहिले पनि मलाई अनौठो लाग्छ- किन त्यतिवेला मैले आफ्नो अधिकार खोजिनँ ! त्यतिवेला कुनै पनि माक्र्सवादी केन्द्रीय समितिको सदस्यको कुरै छाडौँ, आफ्नै माक्र्सवादी-लेनिनवादी टिमको तर्फबाट पनि म पुरानो, कामकाजी, दिएको जिम्मेवारी सधैँ पूरा गर्दै आएको केन्द्रीय सदस्य थिएँ । तर, मदन भण्डारीले, 'तपाईं बस्नूसभन्दा कोही मान्दैनन्, तपाईं बसिदिनूस' भनेपछि मैले महासचिवकै मन दुःखाइ-दुःखाई केन्द्रीय कमिटीमा जानु अनुचित ठानेँ ।रंग न ढंगको केन्द्रीय कमिटी बनेको थियो, त्यतिवेला । दुवै पार्टीबाट १४-१४ जना सदस्यलाई लिएर । १४ दुनी २८ को गणितले राजनीतिक पार्टी सञ्चालन गर्न सक्ने कुरै थिएन । महिनादिनमै केन्द्रीय कमिटीको ठाउँ राष्ट्रिय परिषद्ले लियो । म पनि परेको थिएँ, त्यो राष्ट्रिय परिषद्मा । सायद माक्र्सवादी फाँटबाट आउनुभएका केही केन्द्रीय सदस्यले आफूलाई फिर्ता लैजानुभयो आफ्नै पुरानो खण्डहरतिर । त्यसैले पुनर्गठन भइहाल्यो केन्द्रीय कमिटी । म फेरि भएछु केन्द्रीय कमिटीको सदस्य । आज-भोलि हाँस उठ्छ मलाई त्यतिवेला हामीले के नाटक खेलेका थियौँ भनेर । गर्व पनि लाग्छ, आफ्नो समूह एकीकरण गर्नु राम्रो हुँदैन भन्ने मान्यताले जितेरै छोड्यो आखिर भनेर । पोलिट ब्युरोमा पुर्याइएका केशरमणि पोखरेल पछि कांग्रेसको चौवन्नी सदस्यमा रूपान्तरित भए । केन्द्रीय कमिटीमा ल्याइएका आधादर्जन नेताले पूर्णकालीन भएर काम गर्नुपर्ने जानकारी पाएपछि एकीकृत पार्टी नै छाडिदिए । अहिले पनि म त्यो एकीकरणको प्रशंसामा गीत गाउन सक्दिनँ । हो, त्यसले एउटा बलियो मनोभाव उभ्याइदियो, जनताको मनमस्तिष्कमा । हामीले कम्युनिस्ट आनदोलनका हस्तीहरू पाएका थियौँ- मनमोहन अधिकारी, सहाना प्रधान, भरतमोहन अधिकारीका रूपमा । चुनाव पनि हामीले अपेक्षित हिसाबले नै जित्यौँ । तर, पार्टीको अन्तिम गन्तव्य चुनावमा धेरै सिट जित्नु मात्रै हो ? होइन । त्यसैले त्यो एकीकरणको प्रक्रिया ठीक भएन । योग्यता र भूमिकाकै आधारमा व्यक्तिहरूलाई स्थान दिनुपथ्र्यो । इतिहास मात्रैले के गर्दारहेछ र ! टाँसिएको केन्द्रीय कमिटीले केशरमणि पोखरेलमाथि नेपाली कांग्रेससम्म सूचना पुर्याउने व्यक्ति भनेर चियोचर्चो गरेकै थियो । नभन्दै उनलाई एकीकृत नेकपाको केन्द्रीय कमिटीभन्दा नेपाली कांग्रेसको चौवन्नी सदस्यता नै सम्मानको चिनो भइदियो ।

बाहिर निस्कनासाथ च्याप्प
२०१७ पुस १ गते नेपाली काङ्ग्रेसको बैठकमा भाग लिन थापाथली जानु थियो । त्यसै अवसरमा गद्दी बैठक, जहाँ नेपाल ब्याङ्कको कार्यालय थियो, बाट केही रुपियाँ झिकौँ भनेर त्यसतर्फ लागेँ । ब्याङ्कबाट बाहिर के निस्किएको थिएँ, पक्राउ परहिालेँ । मैले अपराध केही नगरेको भए पनि काङ्ग्रेसको समर्थन गर्नु पञ्चायतमा काफी थियो । पछि थाहा पाएँ, मभन्दा अघि नै धेरै काङ्गे्रसी समर्थक-शुभेच्छुकहरू पनि समातिएका रहेछन् । राजा महेन्द्रले त्यसै दिन मन्त्रिमण्डल विघटन गरेर शासनसत्ता लिएका रहेछन् ।हामीलाई नख्खु जेल पुर्याउनुअघि राजाको कदम असल कि खराब भनी सोधियो । राणा शासनकालमै निर्वाचित सरकार चाहिन्छ भनेर माग गर्ने मबाट राजाको कदमको समर्थन हुने कुरा भएन । मलाई सरासर नख्खु जेल लगियो । त्यहाँ करबि दुई सय जनालाई बन्दी बनाइसकिएको रहेछ । त्यसमा राजाको कदमको विरोध गर्नेहरूकै बाहुल्य थियो । उनीहरू सबै केही न केही लेखिरहन्थे, पढिरहन्थे । गिरजिाप्रसाद कोइराला पनि केही लेखिरहेको देखिन्थे । तारिणीप्रसाद कोइरालाले त अङ्ग्रेजी-नेपाली शब्दकोश लेख्न सुरु गरेका रहेछन् । मलाई पनि त्यस वातावरणले आकषिर्त गर्यो र लेख्नु नै पर्छ भनेर फेर िपनि उपन्यास लेख्न थालेँ ।त्यसबखत किताब किनेर पढ्ने वातावरण थिएन । त्यसअघि स्वयम् मैले वसन्ती उपन्यास लेखेर त्यस्तो वातावरण भोगेको थिएँ । कसैलाई सित्तैँमा दिँदा पनि पढ्न मान्दैनथे । एक जना छिमेकी 'अन्डर ग्रयाजुएट' केटोलाई पढ् त भनेर दिएको त्यो उपन्यास पढ्दै पढेन । पढ्यो कि पढेन भनेर खोजखबर गर्दागर्दै थाकेपछि त्यसको पिछा गर्न छोडेँ । वसन्ती उपन्यास मैले ००५ सालमा आफ्नै प्रयासमा प्रकाशित गरेको हुँ । २ रुपियाँ मूल्यको त्यो उपन्यास २५ वर्षसम्म एक प्रति पनि बिक्री भएन । त्यसैले नख्खु जेलमा बस्दा मलाई लेखनतिर त्यति मन जागेको थिएन । तर, त्यहाँको वातावरणले मलाई नलेखी बस्न दिएन । यसरी त्यस जेलमा छ वर्ष रहँदा मैले सेतो बाघ उपन्यास लेखिसिध्याएँ । तर, ०२३ सालमा जेलबाट छुट्दा मलाई त्यो उपन्यासको पाण्डुलिपि लिएर बाहिर आउन मनै लागेन । आफ्ना केही झिटीझाम्टा बोकेर बाहिरनि लाग्दा जेलरले रोकेर 'खै त तपाईंको उपन्यासको पाण्डुलिपि ?' भनेर सोध्यो । मैले भने, "त्यो यहीँ छाडेर जान लागेको ।" सामान्य पढेलेखेको त्यो जेलरको खास पद खरदार थियो । त्यस बखत त्यो पद पनि उपल्लै स्तरको मानिन्थ्यो । उसले भन्यो, "नेहरू र गान्धीले जेलमै लेखेका कृति प्रख्यात भएका छन् । तपाईंको यो उपन्यास पनि सनसनी मच्चाउने खालको हुनसक्छ ।" मलाई त्यति भनेर उसले सिपाहीलाई अह्राइहाल्यो, "गएर ल्याइदिई हाल् ।"यसरी म पाण्डुलिपि लिएरै घर गएँ । त्यस बखत अरू काम नभएकाले सामान्य लेखपढ गरेरै समय बिताइरहेको थिएँ । ०३० सालकै आसपास हुनुपर्छ, साझा प्रकाशनका सचिव शङ्कर कोइराला सरासर मेरो घरमा आएर भने, "तपाईंले जेलमा लेखेको उपन्यास दिनूस्, म छाप्छु ।" उनको कुरामा मलाई विश्वासै भएन । कसैलाई सित्तैँमा दिँदा त पढ्न नमान्ने जमानामा १५ हजार रुपियाँमा पाण्डुलिपि नै किन्छु भनेको सुन्दा पत्याउने कुरा पनि भएन । रमाइलो गरेको होला भन्ठानेँ । तर, उनले त गोजीबाट हजार-हजारका १५ वटा नोट निकालेर मेरो हातमा थमाइ पो दिए । राणाको स्तुति र राजाहरूको प्रशस्तिमा लेखिएका कृतिले बक्सिसस्वरूप एक-दुई हजार रुपियाँ प्राप्त गर्ने जमानामा हुर्केको राणा थिएँ म । त्यसले गर्दा पनि मलाई कोइरालाको व्यवहार अविश्वसनीय लाग्यो । जेहोस्, पछि खुसी हुँदै कपडामा बेरी राखेको त्यो उपन्यासको पाण्डुलिपि उनलाई थमाइदिएर रुपियाँ लिएर बैठक कोठामा पसेँ ।घरअगाडि नै रहेको साझा प्रकाशनबाट केही दिनपछि बोलावट आयो । उत्साहित हुँदै त्यहाँ पुगेँ । त्यहाँ त टाउको फुटेका, हात भाँच्चिएका र रगतपच्छे मान्छेहरूको एक किसिमको भीड नै लागेको रहेछ । पुलिसले घेरा पनि हालेको छ । मेरो मन ढक्क फुलेर आयो, फेर िजेल परनिे भइयो भन्ने लाग्यो । आफैँले प्रकाशित गरी बिक्रीका लागि पठाएको उपन्यास 'माथिको आदेश'मा साझाले नबेच्न उर्दी जारी गरेपछि किन्न र बेच्न पाउनुपर्छ भन्नेहरूको भीडका कारण त्यस्तो अवस्था सिर्जना भएको रहेछ । घटना अनौठो रहेछ । त्यो थाहा पाउँदा एक किसिमको खुसी पनि लाग्यो । मलिनो अनुहार बनाएर बसेका साझाका तत्कालीन अध्यक्ष, जसको नाम हाल सम्झना भएन, ले भने, "अब तपाईंको उपन्यास यहाँबाट बिक्री-वितरण हुन सक्दैन । बिक्रीका लागि पठाइएका सबै प्रति यहाँ झिकाइसकिएको छ । यो सबै तपाईं लिएर जानूस् ।" कुनै प्रतिक्रिया नजनाई म घरतर्फ लागेँ ।अहिले सम्भिmँदा सबै कुरा जुर्नुपर्दो रहेछ जस्तो लाग्छ । त्यसको केही दिनपछि रत्न पुस्तक भण्डारका प्रकाशक मेरो घरमा टुप्लुक्क आइपुगे । उनले जोड दिँदै भने, "तपाईंको पुस्तक म छाप्छु ।" म हाँसेँ । तर, उनले जिद्दी छाडेनन् । कसैलाई थाहा नदिई बनारसमा छापेर बिक्री-वितरण गर्ने अनि त्यसबापतको १५ हजार रुपियाँ अगि्रम भुक्तानी अहिले दिनेमा उनको जोड थियो । यसरी छापिएर सेतो बाघ धमाधम बिक्री हुन थाल्यो । कुनै रोकावट आएन । त्यसपछि साझाले पनि आफूले सो उपन्यासको पाण्डुलिपि खरदि गरेकाले पुनः छाप्न पाउनुपर्ने जिकिर गर्यो । मैले रोक लगाउने कुरै थिएन । यसरी दुवै संस्थाबाट धमाधम उपन्यास छापेर बिक्री गर्न थालियो । चर्चाको पनि सीमै रहेन ।अहिलेसम्म मेरा सातवटा उपन्यास प्रकाशित भइसकेका छन् । तीबापत् स्वदेशबाट जस्तै विदेशबाट पनि वाषिर्क ७० हजार रुपियाँ रोयल्टी पाउँछु । एक किसिमले तिनै उपन्यासको रोयल्टीबाट मेरो दालभात चलेको छ । यसैमा म धेरै खुसी छु । गृहप्रवेश मेरो अन्तिम उपन्यास हो । त्यसको दोस्रो संस्करण निकाल्ने अभियानमा लागेको छु । ५० रमि कागजको जोरजाममा जुटेको छु । अहिले पनि उपन्यासका प्लटहरू फुररिहेका छन् तर आँखाको समस्याका कारण लेख्न सकिरहेको छैन । तसर्थ, मेरा लागि यो समय कताकता एक किसिमले बोझ बनेर खडा भएको छ ।
Dayaman Samser Rana
Dayaman Samser Rana
झापा आन्दोलनदेखि ०३९ सम्म
तत्कालीन पञ्चायती व्यवस्थाको अत्याचारले सीमा नाघ्दै थियो । सबैतिर विभिन्न किसिमले पञ्चायती व्यवस्थाविरुद्ध आवाज बुलन्द हुँदै गइरहेको थियो । त्यसैबेला झापामा तत्कालीन पञ्चायती व्यवस्था र निरंकुश सरकारविरुद्ध एकीकृत आन्दोलन प्रारम्भ भयो । यो त्यस्तै २०२७ सालतिरको कुरा हो । झापामा मोही, सुकुम्बासी कृषक युवा विद्यार्थीले एकीकृत आन्दोलनको शंखघोष गरे ।म काठमाडौंमा पढ्दै गरेको भए तापनि झापामा सुरु भएको एकीकृत आन्दोलनको प्रभावले झापा फर्किएँ । झापामा आन्दोलन चर्काउनुपर्छ भन्ने उद्देश्यले झापा गएर त्यहाँको विद्यार्थी आन्दोलमा नेतृत्वदायी भूमिका खेल्न थालँ । त्यतिबेलासम्म झापामा विभिन्न भूमिगत कम्युनिस्ट संगठनले भूमिगत रूपमै सरकारविरोधी गतिविधि सञ्चालन गरिरहेका थिए । विद्यार्थी संगठनमार्फत कम्युनिस्ट पार्टीको गतिविधिलाई प्रत्यक्ष रूपमै सघाउन थालियो । त्यतिखेर मनमोहन अधिकारीको नेतृत्वमा रहेको भूमिगत संगठनमा राधाकृष्ण मैनाली, द्रोणाचार्य क्षेत्री, लीला उदासी गोपाल प्रसाईंलगायत थिए । उहाँहरूकै प्रभाव र संगठनले हामी कैयौँ विद्यार्थी प्रभावित भएर सोही संगठनमा आबद्ध भयौँ । त्यतिवेला कम्युनिस्ट पार्टीमा लागेका जुझारु योद्धाहरू संघर्षलाई घनिभूत रूपमा अघि बढाउँदै क्रियाशील थिए ।
०३३ माघदेखि कोसिस गरी चैत १२ गते राति हामी १५ जना क्रान्तिकारी ६५ हात लामो सुरुङ खनी जेल ब्रेक गरेर बाहिर निस्कियौँपञ्चायती निरंकुश सरकारले भने अन्दोलन दबाउन विभिन्न उपाय गर्दै जान थाल्यो । क्रान्तिकारी योद्धा डटेर सामना गर्दै अगाडि बढ्न थाले । क्रान्तिकारी भूमिगत संगठनभित्र सरकारविरुद्ध झन् सशक्त आन्दोलन र विद्रोह गर्नुपर्छ भन्ने भावना उद्वेलित हुन थाल्यो । जसको परिणामस्वरूप ०२८ सालमा सशस्त्र आन्दोलन गर्ने निर्णय भयो । यो सशस्त्र आन्दोलन विशेषगरी पञ्चायती निरंकुशताविरुद्ध क्रान्तिविरोधी तत्त्व र गाउँका जमिनदारविरुद्ध लक्षित थियो । ***सशस्त्र विद्रोह सुरु भएपछि त्यसलाई दबाउन निरंकुश पञ्चायती सरकारले दमनका कठोर उपाय अपनाउन थाल्यो । गाउँ-घरका लठैत मण्डलेहरूलाई क्रान्तिकारी योद्धाको विरुद्धमा उतार्न थालियो । क्रान्तिकारी योद्धाले जमिनदारको टाउकै काट्न थाले । २८ सालदेखि ३० सालसम्म झापामा हिंसात्मक आन्दोलन जारी रह्यो । त्यसै समयमा ०२९ सालको फागुनमा दर्जनाँ क्रान्तिकारी योद्धा गिरफ्तार हुन पुगे । जेल सार्ने बहानामा सुखानीको जंगलमा रामनाथ दाहाल, नेत्र घिमिरे, विरेन राजवंशी, नारायण श्रेष्ठ, कृष्ण कुइँकेललाई गोली ठोकेर हत्या गरियो । सरकारले श्वेत आतंक मच्चाउन थाल्यो । आन्दोलन भने झनै सशक्त भएर अगाडि बढ्न थाल्यो । फेरि ०३० को साउनतिर केही योद्धा पक्राउ परे र चन्द्र डाँगीको हत्या गरियो । यसरी क्रान्तिकारी योद्धा समातिने र हत्या हुनेक्रम बढेपछि आन्दोलनमा केही शिथिलता देखिन थाल्यो । झापा आन्दोलनले ठूलो क्षति व्यहोर्नुपर्यो । उता त्यही समयमा ०३१ सालमा विश्वनाथ भट्ट तथा माधव नेपालहरूको नेतृत्वमा अर्को क्रान्तिकारी भूमिगत संगठनले आन्दोलन सञ्चालन गर्दै थियो । झापा र मोरङमा छुट्टाछुट्टै किसिमले सञ्चालन भएका क्रान्तिकारी आन्दोलनलाई एकीकृत गर्नुपर्छ भन्ने सोच दुवै पक्षमा आउन थाल्यो र यी दुवै संगठन र आन्दोलनले राष्ट्रिय कम्युनिस्ट पार्टी गठन गरौँ भन्ने संयुक्त अपिल प्रकाशित गरे । ०३२ जेठ २५ र २६ मा विराटनगरको मजदुर बस्तीमा भएको भूमिगत भेलाले अखिल नेपाल कम्युनिस्ट क्रान्तिकारी केन्द्रीय कोअर्डिनेसन कमिटी गठन गरियो । त्यस संगठनको सचिवमा म छानिएँ भने सदस्यमा माधव नेपाल, झलनाथ खनाल, गोविन्द न्यौपाने, मुकुन्द न्यौपाने, अमृत बोहरा, रामचन्द्र यादव(बिहार) र मनिलाल राई सिराहा थिए । सो कोअर्डिनेसन कमिटीले आन्दोलनलाई विस्तार गरी झापा-मोरङबाट सुनसरी, इलाम, ताप्लेजुङ, पाँचथर, सिराहा, धनुषा, बारा, काठमाडौं, सिन्धुपाल्चोकमा संगठनलाई विस्तार र व्यापक पार्ने निर्णय गर्यो । ***यता संगठन विस्तार गर्ने निर्णय गरे पनि उता पञ्चायती सरकारले दमनलाई अझ सशक्त बनाउँदै लगिरहेको थियो । यसैक्रममा ०३२ साल माघ १ गते धनुषामा माधव नेपाललगायतका नेता-कार्यकर्ता पक्राउ परे । त्यसको केही दिनपछि माघ १७ गते झापामा आन्दोलनकै क्रममा म, गोविन्द न्यौपाने, गौरा प्रसाईं, श्याम भुर्तेललगायत समातिएर जेल पर्याँ । पार्टी नेतृत्वविहीन हुने डरले हामीले जेलबाटै झलनाथ खनाललाई कार्यवाहक सचिव बनाउन खबर पठायौँ । त्यसपछि ०३३ को वैशाखमा साथीहरूले खनाललाई कार्यवाहक सचिव बनाएर जिम्मेवारी दिनुभयो । तर, बिडम्वना खनाललाई नेतृत्व दिएको केही दिनमै उहाँको असावधानीका कारण भारत जाने क्रममा बोर्डरमा उहाँ पनि समातिनुभयो । त्यसपछि पुनः कार्यवाहक सचिवको जिम्मेवारी अमृत बोहरालाई दिइयो । हामीलाई ३३ सालको वैशाखमा झापाबाट काठमाडौं जेलमा सरुवा गरी नख्खु जेलमा राखियो । हामी क्रान्तिकारी साथीहरू सो जेलमा धेरै संख्यामा थियौँ । जेलभित्रै संगठन सशक्त बनाएर जेल ब्रेक गर्ने योजनामा लाग्यौँ । ०३३ माघदेखि कोसिस गरी चैत १२ गते राति हामी १५ जना क्रान्तिकारी ६५ हात लामो सुरुङ खनी जेल ब्रेक गरेर बाहिर निस्कियौँ । जेल ब्रेक गर्नेमा म, प्रदीप नेपाल, धर्म घिमिरे, नरेश खरेल, धनेन्द्र बस्नेत अशोक न्यौपाने, गोपाल शाक्य, माधव पौडेल, वीरबहादुर लामा, नारद वाग्लेलगायत थियाँ । जेल ब्रेक गरेर बाहिरिएपछि मलाई पुनः कोअर्डिनेसन कमिटीको सचिव बनाइयो । कोअर्डिनेसन कमिटी (तत्कालीन माले) मा देशभरमा क्रान्तिकारी आन्दोलन गरिरहेका विभिन्न समूह समाहित हुन थाले । मदन भण्डारी, जीवराज आश्रतिलगायतको मुक्ति मोर्चा तथा पूर्वको रातो झन्डा समूह पनि समाहित भयो । त्यस्तै, दाङमा बेच्चन (नेत्रलाल अभागी) को दंगाली क्रान्तिकारी समूह तथा गण्डकीको माले दल पनि समाहित भयो । एकीकृत माले भएपछि पनि त्यसको महासचिवमा मलाई नै निर्वाचित गरियो भने माधव नेपाल जीवराज आश्रतिलगायत पोलिट ब्युरोमा छानिनुभयो भने मदन भण्डारी, मोदनाथ प्रश्रति वामदेव गौतम, रत्न बान्तवालगायत केन्द्रीय सदस्यमा छानिनुभयो । त्यतिखेर पनि मालेले पञ्चायतविरुद्ध सशस्त्र जनसंघर्ष गर्ने प्रमुख कार्यनीति लियो र जनआन्दोलनलाई पनि उत्तिकै प्राथमिकतामा राख्ने नीति तय भयो । पछि बढी जोड जनआन्दोलनलाई नै दिइयो । पार्टी गठनपछि सशस्त्र आन्दोलन खासै भएन । जनसंगठनलाई नै बढी प्राथमिकता दियाँ । पछि ०३६ सालको जनमत संग्रहमा मालेले नीतिगत रूपमा बहिष्कार गरे पनि आफ्ना कार्यकर्तालाई स्वतन्त्र छोडिदिएको थियो र मालेका कार्यकर्ताले भने बहुदलको पक्षमा मतदान गरेका थिए । ***०३८/३९ सालतिर आइपुग्दा नपुग्दै मालेभित्र विचार, नीति र कार्यक्रमलाई लिएर व्यापक मतभेद देखापर्न थाल्यो । विवादले प्रखर रूप लिन पुग्यो । मलाई महासचिवबाट हटाउने खेल सुरु भयो र राजावादीको कथित आरोप लगाएर मलाई महासचिवबाट मात्रै नहटाएर पोलिटब्युरोबाट समेत हटाइयो । त्यस कदम मप्रतिको बेइमानी मात्र थिएन, घोर अराजनीतिक थियो । नीतिगत रूपमा पनि म कार्यनीतिमा पञ्चायती व्यवस्थाको अन्त्य र बहुदलीय व्यवस्थाको स्थापना हुनुपर्छ भन्ने नीति राख्थेँ, तर वामदेव, माधव तथा झलनाथहरू राजतन्त्रको अन्त्य र अन्तरिम जनवादी सरकारको स्थापना हुनुपर्ने कार्यनीति लिएका थिए, तर त्यो तत्कालका लागि सम्भव थिएन । यी तमाम कारणले गर्दा मलाई महासचिवबाट हटाएर झलनाथलाई महासचिव बनाइयो । पछि केपी ओलीको संयोजकत्वमा मेरो कारबाहीसम्बन्धमा छनबिन गर्न बनेको कार्यदलले कारबाही गलत भएको निष्कर्ष निकाल्दै कारबाही फुकुवा गर्ने सुझाव दिएपछि कारबाही फुकुवा भयो र मलाई ०३९ सालदेखि नै पार्टीको पोलिट ब्युरो र केन्द्रीय कमिटीमा रहेको निर्णय गर्यो । पछि ०४६ सालको भदौमा सम्पन्न चौथो महाधिवेशनले झलनाथलाई हटाएर मदन भण्डारीलाई महासचिवमा निर्वाचित गर्यो ।मदन भण्डारीका बारेमामदन भण्डारीले त्यतिखेर प्रतिपादन गरेको बहुदलीय जनवाद सिंगो माक्र्सवादविरुद्धको प्रहार थियो । तर, त्यतिखेर कतिपय आफूलाई कम्युनिस्ट भन्नेहरूले त्यो कुरा बुझ्न सकेनन् । बहुदल भर्खरै आएकाले पनि उनको बहुदलीय जनवादप्रति आकर्षण बढ्नु स्वाभाविक थियो । वास्तवमा मदनलाई पुँजीवादीहरूले सम्मान गर्नु स्वाभाविक थियो, तर हामी माक्र्सवादीले उनलाई सम्मान गर्ने ठाउँ नै थिएन । उनले माक्र्सवादीलाई गरेको दमनको पीडा मलाई मात्र थाहा छ । तर, उनको केही सुन्दर पक्ष पनि छन् । उनले विरोधीको भनाइ पनि सुन्थे । जब मालेको चौथो महाधिवेशनबाट उनी महासचिव चुनिए, त्यसपछिको पहिलो बैठकमा मैले पञ्चायती निरंकुशताविरुद्ध लड्न वाममोर्चा बनाउनुर्ने र कांग्रेससँग मिलेर जानुपर्ने प्रस्ताव राखँे, त्यसलाई मदनले पारित गराए । एमालेको बारेमा एमालेले जनआन्दोलन २ सफल पारी शान्ति स्थापना गर्न महत्त्वपूर्ण भूमिका खेलेको भए पनि यसको राजनीतिक नीति र योजना स्पष्ट छैन । एमालेको नीति नै ढुलमुले र अस्थिर छ । उसको चरित्र पनि त्यस्तै प्रकृतिको छ । एमालेले आफ्नो कार्यनीति सच्चाएर आफूलाई कम्युनिस्ट पार्टीका रूपमा स्थापित गर्छ भन्नेमा आशावादी हुन सकिन्छ । CP Mainali
प्रस्तुति: सागर पण्डित

Subscribe to:
Posts (Atom)