Wednesday, December 31, 2008

बोलिभिया ः निरक्षरतामाथि विजयगाथा

Wednesday, December 31st, 2008 7:04:53 PM
पुरानो अंक
राशिफल
उडान तालिका
विदेशी विनिमय दर
महत्वपुर्ण टेलिफोन
पत्राचारकोलागी
मुख्यपृष्ठ
कभरस्टोरी
झन् नयाँ
देश
मोफसल
अर्थ
दृष्टिकोण
मध्यपृष्ठ
शाश्वत वाणी
विदेश
खेलकुद
सम्पादकीय
भनेको-सुनेको
पाठक-टिप्पणी
अन्तिम पृष्ठ
दृष्टिकोण
बोलिभिया ः निरक्षरतामाथि विजयगाथा सुपि्रयो चटर्जी
अन्य समाचार
- धावा नबोल न्यायालयमाथि प्रसंगवश : शोभाकर पराजुली
- संविधानमा आदिवासी जनजाति प्रावधान डा. कृष्ण भट्टचन
- सुपि्रयो चटर्जी अनुवाद : बिनु रिजाल 2008-12-31,Wednesday
विगत दुई शताब्दीका सरकारले गर्न नसकेको उपलब्धि इभो मोरालेसको सरकारले तीन वर्षमा हासिल गरेर देखायो । हो, बोलिभियालाई निरक्षरताको खाडलबाट मुक्त गर्न सफल भयो मोरालेस सरकार । ल्याटिन अमेरिकामा हैटीपछिको दोस्रो गरिब देश बोलिभिया हो, जो अब पूर्ण साक्षरता हासिल गर्ने तेस्रो ल्याटिन अमेरिकी राष्ट्र बनेको छ । बोलिभियाभन्दा अगाडि क्युबाले १९६१ मा र भेनेजुयलाले २००५ मा पूर्ण साक्षरता हासिल गरिसकेका छन् । बोलिभियामा शिक्षासम्बन्धी बृहत् सामाजिक परिचालन अभियान क्युबा र भेनेजुयलाको सहयोगमा सञ्चालन गरिएको हो । ती देशका सामग्रीका सहयोगमा आठ लाख १९ हजार चार सय १७ -९९.५) प्रतिशत जनता साक्षर भएका छन् । यसका लागि देशका नौ प्रान्तमा २८ हजार चार सय २४ केन्द्र स्थापना गरिएका थिए । क्युबाका एक सय ३० सल्लाहकार र भेनेजुयलाका ४७ सल्लाहकारले बोलिभियाको साक्षरता अभियानमा सहयोग गरेका थिए । क्युबाले ३० हजार टेलिभिजन सेट, त्यही संख्यामा भिडियो, १७ जोडी क्यासेट र सहजकर्ताका लागि म्यानुअल तथा १२ लाख वर्णमालाका पाठ्यपुस्तक सहयोग गरेको थियो । कयौँ सीमान्तीकृत जनता विद्युत् सुविधा नभएका दुर्गम स्थानमा बस्ने भएकाले उनीहरूका लागि क्युबा र भेनेजुयलाले आठ हजार तीन सय ५० सोलार प्यानल पनि सहयोग गरेका थिए । बोलिभिया आफैंले ४६ हजार चार सय ५७ सहजकर्ता र चार हजार आठ सय १० सुपरिवेक्षक परिचालन गरेको थियो । साक्षरता अभियानका क्रममा उनीहरूले क्युबाली अडियो, भिजुयल र 'यस आई क्यान' पद्धति प्रयोग गरेका थिए । यो साक्षरता अभियान महिलामाथि केन्दि्रत गरिएको थियो । किनभने, देशका ८५ प्रतिशत निरक्षर जनसंख्या महिला थिए । बोलिभियाको 'नेसनल अल्फाबेटाइजेसन कार्यक्रम'ले सञ्चालन गरेको यो साक्षरता अभियानको कुल खर्च तीन करोड ६७ लाख ...... लागेको थियो । बोलिभियाली, क्युबाली र भेनेजुयलावासी स्वयंसेवकले साक्षरता अभियानका लागि गरेको कडा परिश्रम शब्दमा वर्णन गर्न नसकिने खालको छ । क्युबा र भेनेजुयलाका स्वयंसेवकले आफ्नो देशभन्दा टाढा रहेर अत्यन्त ठन्डी तथा अप्ठेरो परिस्थितिसँग जुध्दै दुई वर्ष काम गरेका थिए । बोलिभियाको भिन्न वातावरणमा काम गर्दाको अनुभव यसरी सुनाउँछन् एक क्युबाली स्वयंसेवक, 'अप्ठेरो तर अत्यन्त सुन्दर अनुभव !' देशका सबैखाले स्थानमा साक्षरता कक्षा सञ्चालन गरिएका थिए । अतिप्राचीन भग्नावशेष फेला परेको क्वालाको चुक्वेसाकामा स्थानीय समुदायले म्युजियम स्थापना गरेका थिए । त्यहाँका वृद्धाश्रममा पनि साक्षरता कक्षाहरू सञ्चालन गरिएका थिए । एक ठाउँमा त सार्वजनिक स्थलमा यौनकर्मीलाई समेत साक्षरता कक्षा लिइएको थियो । मोरालेस सरकारका विपक्षीको नियन्त्रण रहेका जिल्लामा भने सहयोग पाउन अप्ठेरो भएको थियो । राष्ट्रले पूर्ण साक्षरता हासिल गरेको ऐतिहासिक दिनमा पनि दक्षिणपन्थी शक्तिले यसलाई केवल प्रोपोगान्डा भन्दै अस्वीकार गरेको देखियो । क्युबाका नेता फिडेल क्यास्त्रो र बोलिभियाका राष्ट्रपति इभो मोरालेसबीच डिसेम्बर २९, २००५ मा भएको बैठकमा यो साक्षरता अभियानको खाका कोरिएको थियो । यसको दुई महिनाभित्र, २००६ फेब्रुअरीको मध्यतिर क्युबाका सल्लाहकार बोलिभिया पुगेका थिए । यसै क्रममा मार्च १ तारिखको दिन कामिरीको सान्ता क्रुज डिपार्टमेन्टबाट साक्षरता अभियान कार्यक्रम सुरु गरिएको थियो । जुन महिनामा त कोचाबाम्बाबाट साक्षरता अभियानबाट पहिलो ब्याजका विद्यार्थी साक्षर भएर निस्किएका थिए । स्मरणीय छ, क्युबाको शैक्षिक पद्धति भेनेजुयलाको साक्षरता अभियानमा पनि प्रयोग गरिएको थियो । बोलिभियामा स्थानीय भाषाको आवश्यकतालाई समेट्दै क्युबाली शैक्षिक पद्धति लागू गरिएको हो । दुई लाख क्वेचुवा भाषीमध्ये अन्त्यमा २४ हजारले, तीन लाख याहामारा भाषीमध्ये ३० हजारले मात्र मातृभाषामा पढेका थिए । अन्य धेरैजसो मानिसले स्पेनिस भाषामा नै पढेका थिए । विगतमा यी भाषामा पढ्दा लज्जाबोध गरिने कारणले यस्तो भएको अभियानकर्ता बताउँछन् । साक्षरता कार्यक्रमको अर्काे चरणमा यस्तो भाषिक समस्यालाई पनि हल गर्ने अभियानकर्ता बताउँछन् । पूर्ण साक्षरतापछिको कार्यक्रम फेब्रुअरी २००९ देखि 'एस आई क्यान किप गोइङ' -हो, म गर्न सक्छु, निरन्तर अगाडि बढ) मूल नारासहित सुरु गरिँदै छ । यसको लक्ष्य भर्खरै साक्षर भएका जनतालाई स्पेनिस भाषा, गणित, भूगोल र इतिहासका प्राथमिक कक्षा पढाउनु हो । साक्षरता अभियानबाट सुरु भएको शिक्षा कार्यक्रमलाई माध्यमिक तहसम्म पुर्‍याउने र जनताको प्राविधिक सीप र ज्ञानलाई वृद्धि गर्दै लैजाने सरकारको महत्त्वाकांक्षी लक्ष्य रहेको छ । बोलिभियाको २००९ मा अनुमोदन गरिने नयाँ संविधानले प्रारम्भिक विश्वविद्यालय -पि्र-युनिभर्सिटी) तहसम्म सबैलाई निःशुल्क शिक्षाको प्रत्याभूति गर्नेछ । 'मानिसले लेख्न र पढ्न जानेसम्म कोही पनि अज्ञानी हुँदैन,' पूर्ण साक्षरता हासिल गरेको ऐतिहासिक अवसरमा कोचाबाम्बामा २० डिसेम्बरमा आयोजना गरिएको कार्यक्रममा मोरालेसले भनेका छन् । उपनिवेशवादले जनतालाई, विशेष गरी आदिवासी जनता -नेटिभ इन्डियन) लाई साक्षर गराउन नचाहेकाले निरक्षरता लामो समयदेखि कायम रहेको पनि मोरालेसले आरोप लगाएका छन् । बोलिभियाले पूर्ण सारक्षता हासिल गरेको उपलक्ष्यमा आयोजना गरिएको कार्यक्रममा पाराग्वेका राष्ट्रपति फर्डिनान्डो लुगो पनि उपस्थित भएका थिए । पाराग्वेमा रेड इन्डियन जातिको बाहुल्य रहेको छ, जसको अधिकांश जनसंख्या अशिक्षित छ । पाराग्वेका राष्ट्रपति लुगोले ल्याटिन अमेरिकाको चासोको विषय निरक्षरतामाथि बोलिभियाले विजय हासिल गरेको उपलब्धि आफैंमा गौरवको विषय भएको बताएका छन् । राष्ट्रपति लुगोको वचन र प्रयास हेर्दा पाराग्वेमा पनि साक्षरता कार्यक्रम विस्तारित हुने निश्चित छ । यसले इक्वेडर र पेरुका आदिवासी जनतालाई पनि सारक्षता कार्यक्रमको माग गर्न प्रोत्साहित गर्नेछ । क्युबाको शैक्षिक पद्धति अर्जेन्टिनाजस्ता अन्य देशमा पनि प्रयोग भएको छ । तर, अझै ल्याटिन अमेरिकाका असंख्य जनता निरक्षर रहन बाध्य छन् । ल्याटिन अमेरिकाको आर्थिक शक्ति मानिएको ब्राजिलमा करिब दुई करोड जनता निरक्षर छन् ।



Sunday, December 28, 2008

कथास्रष्टाको जीवनदृष्टि र सौन्दर्यबोध

डा गोपीन्द्र पौडेल
कथाको रचनाप्रक्रियासँग कथास्रष्टा अनिवार्य रूपमा गाँसिएको हुन्छ । एउटा कथाकारले कस्तो कथाको रचना कुन पद्धतिअनुरूप गर्दछ भन्ने सवाल निकै महत्त्वपूर्ण मानिन्छ । कथारचनाका सन्दर्भमा अगाडि आउने 'के कसरी’ भन्ने प्रश्न रचनाप्रक्रियासँग सम्बन्धित छ भने त्यसको ठोस उत्तर कथाकार स्वयंले दिने गर्दछ । कलात्मक कार्यमा संलग्न कथास्रष्टाको जीवनजगत्सम्बन्धी जस्तो दृष्टिकोण र बुझाइ रहेको छ । सोहीअनुरूप उसले सौन्दर्यानुभूति प्राप्त गरेको हुन्छ । एउटा कथास्रष्टाले सुदूर अतीतदेखि लिएर सुदूर भविष्यलाई कथामा प्रस्तुत गर्न सक्छ । एउटा कथाकार अन्तदर््रष्टा पनि हो त्यसैले ऊ मानवजीवनका अन्तरकुन्तरमा पस्ने गर्दछ । कथास्रष्टाले आफू बाँचेको वस्तुजगत्बाटै सौन्दर्यात्मक चेतना प्राप्त गर्ने हुनाले उसको जीवनजगत्सम्बन्धी बुझाइले नै सौन्दर्यचेतको निर्धारण गर्दछ । एउटा यथार्थवादी कथाकार समाजमा सम्पन्न हुने समस्या क्रियाकलापका सन्दर्भमा मूकदर्शक मात्र बन्दैन बरु ऊ त्यस्ता क्रियाकलापमा सक्रिय सहभागी बन्दछ । यतिबेला उसले जीवनजगत्का द्वन्द्वहरूमाथि हस्तक्षेप गर्नुका साथै तिनको कलात्मक पुनसिर्जन मात्र होइन हरेक घटनाका सन्दर्भमा तिनको कारण र परिणामको समेत व्याख्या गर्दछ । -खापचेाको, १९८६ : १९) । वस्तुतः सामाजिक जीवनका समस्या क्रियाकलापसँग कथाकारले नै उच्चतम सौन्दर्यानुभूति प्राप्त गर्न सक्ने देखिन्छ । कथास्रष्टाले प्राप्त गर्ने जीवनदृष्टि र सौन्दयर्भबोधका सन्दर्भमा मुख्य चार वटा पक्ष महत्त्वपूर्ण देखिन्छन् । ती तत्वहरू हुन् : -क) दार्शनिक एवं वैचारिक स्पष्टता, -ख) श्रम र वर्गसंघर्षमा संलग्नता, -ग) सौन्दयौबोधात्मकता र सिर्जनात्मक सीप र -घ) वर्गीय चिन्तन र चेतना ।
यसरी हेर्दा कथास्रष्टाले अवलम्बन गर्ने जीवनदृष्टिका सन्दर्भमा दार्शनिक एवं वैचारिक दृष्टिकोण पहिलो आवश्यकता हो । यहाँ दार्शनिक स्पष्टताको तात्पर्य ऐतिहासिक एवं द्वन्द्वात्मक भौतिकवादी दर्शनसम्बन्धी स्पष्टता हो भने वैचारिक दृष्टि भन्नाले यही दर्शनलाई पथप्रदर्शक मान्ने कम्युनिष्ट विचार हो र यसैको साहित्यिक संस्करणका रूपमा समाजवादी-यथार्थवाद वा प्रगतिवादलाई आत्मसात् गर्नु हो । जीवनजगत्लाई बुझ्ने र बदल्ने दर्शन भनेकै माक्र्सवादी दर्शन हो, ऐतिहासिक एवं द्वन्द्वात्मक भौतिकवादी दर्शन हो । वस्तुतः यही दर्शन र क्रान्तिकारी विचारधाराको अवलम्बन एउटा प्रगतिवादी कथास्रष्टाका लागि अनिवार्य आवश्यकता हो । राल्फ फक्सले उपन्यासको चर्चाका सन्दर्भमा एउटा उपन्यासकारले व्यक्तिको भाग्यको कथा त्यतिबेलासम्म लेख्न सक्दैन जबसम्म उसले वास्तविक, वैचारिक र दार्शनिक अवधारणा प्राप्त गर्दैन भन्ने उल्लेख गर्नुले -फक्स, १९८० : २५) पनि एउटा कथास्रष्टा यसबाट असम्पृक्त हुन सक्दैन । जीवन सञ्चालनका सम्पूर्ण क्रियाकलापलाई नियन्त्रण र निर्देशन गर्ने मूलतत्व भनेकै जीवनदृष्टि हो भने त्यही द्वन्द्ववादी दृष्टिकोणबाटै सौन्दर्यधात्मकता र सिर्जनात्मक सीपको पनि विकास हुन्छ । यदि कथास्रष्टामा उच्चउदात्त वैचारिक दृष्टि छैन भने उसले जीवनजगत्लाई वस्तुसम्मत रूपमा बुझ्न सक्दैन । जीवनजगत्लाई बुझ्न र बदल्न सिकाउने दर्शनका बारेमा कथास्रष्टा अनिविज्ञ छ भने उसले कसको कथा लेख्ने, किन कथा लेख्ने र कसका लागि लेख्ने भन्ने प्रश्नको उत्तर खोज्न सक्दैन । त्यसैले प्रथमोप्रथम कथास्रष्टाले उन्नत एवं वैज्ञानिक दर्शनचिन्तनलाई आत्मसात गरेको हुनुपर्छ ।
सिङ्गो मानवसमाज वर्गमा विभक्त छ । वर्गीय समाजमा राजनीतिक, साहित्यिक, सांस्कृतिकलगायतका सम्पूर्ण क्रियाकलापहरू वर्गीय हुने गर्दछन् । समाजमा विद्यमान दुई वर्गका बीचको द्वन्द्वकै परिणाम मानवसमाज आजको पुँजीवादी हुँदै समाजवादी युगतर्फ उन्मुख रहेको छ आफूले अवलम्बन गरेको वर्गीय सोचअनुरूप नै कथास्रष्टाले अन्तर्वस्तुको चयन गर्दछ । तर व्यवहारमा केही फरक दृष्टान्त पनि देखिन्छन् । द्वन्द्वात्मक भौतिकवादी दर्शनलाई स्वीकार्ने र आफूलाई क्रान्तिकारी आदर्शको नजिकमा पनि उभ्याउने तर व्यवहारमा सर्वहारा वर्गीय आचरण र क्रियाकलापबाट असम्पृक्त रहने कथाकार र पाठकका बीच अनुभूतिको मेल हुँदैन । त्यस्तो अवस्थामा कथामार्फत सम्प्रेषित विचारको कुनै औचित्य पनि रहादैन । त्यसैले मैनेजर पाण्डेयले पनि लेखक र पाठकका बीच विश्वदृष्टिकोणका साथै कलात्मक एवं सामाजिक चेतनामा समेत एकता हुनुपर्ने उल्लेख गरेका छन् -पाण्डेय १९९७ : ३८) ।
यसबाट लेखनसिर्जनामा पनि वर्गीय पक्षधरता तथा वर्गीय आन्दोलनमा संलग्नताबिना वर्गीय चिन्तनको अभिव्यक्ति हुन नसक्ने देखिन्छ । वर्गसंघर्षका सघन प्रक्रियामा संलग्न हुँदा सिर्जनाका लागि थप ऊर्जा प्राप्त हुने र क्रान्तिको समयमा खाँदाखाँदै र हिंड्दाहिंड्दै पनि कथा लेख्न सकिने धारणा कथाकार ऋषिराज बराल व्यक्त गर्दछन् -बराल, २०६३ : ख) । विगतको जनयुद्धका क्रममा सक्रिय सहभागिता देखाएका ऋषिराज बराल, सीपी गजुरेल, गंगा श्रेष्ठ, सरल सहयात्री, अन्जान विरही, सरला रेग्मीका कथाले यसैको पुष्टि गर्दछन् । वस्तुतः श्रमप्रक्रिया र वर्गसंघर्षमा प्रत्यक्ष संलग्न स्रष्टाले जुन रूपमा जीवनसंघर्षलाई नजिकैबाट अनुभूत गर्नसक्छ त्यो सञ्चारमाध्यममार्फत पढेसुनेको भरमा हुनु सम्भव छैन ।
साहित्यसिर्जनाको मूल स्रोत नै श्रम र संघर्ष हुनाले त्यसमा स्रष्टाको संलग्नता भएन भने उसले तत्सम्बन्धी सौन्दर्यचेत प्राप्त गर्न सक्दैन । श्रम र संघर्षमा जीवन बिताउने स्रष्टाले तत्सम्बन्धी गहन अनुभूति संगाल्ने र कथाचनाका क्रममा ती अनुभूतिसँग खेल्ने गर्दछ । श्रमजीवी जनता नै आमूल परिवर्तनका अगुवा हुनाले श्रम र संघर्षका क्रममा जनतासँग एकाकार हुनु नै उनीहरूका समग्र अनुभूतिसँग एकाकार हुनु हो । त्यसबेला कथास्रष्टाले प्राप्त गरेको सौन्दर्यचेत बढी भन्दा बढी तीव्र हुनुको कारण कथास्रष्टा र पाठकका बीचको दूरी न्यून हुन गई कथाकृति पनि सम्प्रेष्य बन्न पुग्छ । श्रममुखी र संघर्षमुखी जीवन भनेको सक्रिय जीवन हो । त्यसैले एउटा महान् लेखक त्यस्तो व्यक्ति हुनु सम्भव छैन जो आफ्नो कालको सक्रिय जीवनपद्धतिबाट उदासिन रहने गर्दछ । -फक्स उही : १३०) । स्रष्टाले सामाजिक सत्यको सत्वबोधन गर्नका लागि सत्यको अन्वेषण र सिर्जनात्मक संघर्ष पनि गर्नु आवश्यक छ । कलाकार आफ्नो देश तथा वर्गको संवेदनशील ग्रहणकर्ता हो र ऊ आफ्नो युगको आवाज पनि हो, त्यसैले उसको कर्तव्य विगत, वर्तमान र भविष्यलाई अधिकतम् रूपमा बुझ्नु हो भने यसनिम्ति उसमा ऐतिहासिक राजनीतिक, आर्थिक तथा सामाजिक ज्ञान पनि आवश्यक छ -गोर्की, १९७७ : ४२) ।
दार्शनिक एवं वैचारिक रूपमा माक्र्सवादी विश्वदृष्टिकोणलाई अवलम्बन गर्ने, सर्वहारा वर्गको पक्षमा आफूलाई उभ्याउने तथा श्रम र संघर्षलाई आफ्नो जीवनशैली बनाउने सबै मान्छे स्रष्टा हुँदैनन् । त्यसैले स्रष्टामा हुने फरक गुण भनेकै सौन्दर्यबोधात्मकता र कथास्रष्टाले समाज र जीवनका समस्त क्रियाकलापको निरीक्षण गर्न, त्यसलाई कलाविम्बमा प्रस्तुत गर्ने र कथाकृतिका माध्यमबाट परिवर्तनधर्मी चेतनाको सम्प्रेषण गर्न सक्दछ । कलाकारको मुख्य कार्य भनेकै सिर्जनात्मक सीपका माध्यमबाट मान्छेको वैयक्तिक जीवनलाई सामूहिकतामा बदल्न, मान्छेलाई सार्वभौमिकताको दिशातर्फ प्रेरित गर्नु तथा मान्छेको खोसिएको एकतालाई प्रतिष्ठित गर्नु हो । -फिसर, १९९० ः ४७) । एउटा कथास्रष्टाको जीवनदृष्टि उसको सिर्जनाका माध्यमबाट प्रस्तुत हुने भएकाले उसको सम्वेदनात्मक अन्तर्जगत्को पनि महत्त्वपूर्ण भूमिका हुने गर्दछ, त्यसैले एउटा कलाकारमा स्पष्ट विश्वदृष्टिकोणसँगै सिर्जनात्मक गुण पनि अपरिहार्य मानिन्छ ।
यदि कथास्रष्टा सिद्धान्तनिष्ठ छ भने उसले संसारका परस्पर विपरीत गुणका वस्तुको अध्ययन गरेर प्रमुख विरोधी शक्तिहरूलाई आफ्नो जीवनमार्ग संयोजन गर्ने कथानायक चयन गर्न सक्दछ -लुकाच, २०३१ : ११६) । तर कथाकार जीवनजगत्का महत्त्वपूर्ण घटना, संघर्ष र तत्सम्बन्धी अनुभूतिबाट विमुख रहेको छ भने उसले कथामार्फत जीवन्त विचारको उदेबोधन गर्न सक्दैन । कथाकारमा अन्तर्निकित यथार्थवादी दृष्टिकोणले नै कथामार्फत् यथार्थवादी चेतनाको सम्प्रेषण हुने गर्दछ । त्यसैले कथाको रचनात्मक सम्बन्धलाई कथाकारको विश्वदृष्टिकोण तथा जीवनजगत्बारेको अनुभवका बीचमा रहेको अन्तर्द्वन्द्वबाट पृथक गराउन सकिन्न् -गौतम, २०४१ ः४७) । वस्तुतः कथास्रष्टाको सिर्जनात्मक अन्तर्जगत् तथा बाहृय यथार्थका बीचको वस्तुनिष्ठ संयोगजनका माध्यमबाट कथाकृतिको जन्म हुन्छ र अन्तर्बाहृय यथार्थको योग तथा कलात्मक सिर्जनाले कथारचनामा महत्त्वपूर्ण भूमिका खेल्दछ । माक्र्सवादी विचार र सिद्धान्तको वकालत गर्दैमा कुनै पनि स्रष्टा प्रगतिवादी कथाकार बन्दैन, त्यसैले कथाकार बन्नका लागि आफूले अवलम्ब्न गरेको जीवनदर्शन र जनस्तरबाट प्राप्त गहन एवं मार्मिक अनुभूतिको सम्मीश्रण आवश्यक छ जसका माध्यमबाट समग्र सिर्जनात्मक गुणलाई आत्मसात गर्न सकिन्छ । यथार्थको चरित्र गतिशील हुनाले यथार्थको प्रत्यङ्कनको तात्पर्य मानवीय प्रतिलिपि उतार्नु होइन । यथार्थलाई बुझ्न भनेको यसको गतिशील चरित्रलाई ठम्याउनु हो । समग्र वस्तुजगत् गतिशील भएपछि यथार्थ पनि गतिशील हुने गर्दछ, त्यसैले सामाजिक विकासको द्वन्द्वात्मक प्रक्रियालाई नठम्याइ यथार्थलाई ठम्याउन सकिन्न । यथार्थको त्यही गतिशील चरित्रका कारण इतिहासको एक कालखण्डमा नयाँ बनेको यथार्थ अर्को कालखण्डमा पुरानो हुनसक्छ र त्यसको प्रभाव न्यून हुनसक्छ । समाज र युगजीवनलाई प्रभावव पार्ने यथार्थका विभिन्न पाटामध्ये जसले तत्कालीन मानवसमाजलाई प्रभावित गर्छ र बढीभन्दा बढी सम्वेद्य तुल्याउँछ त्यही त्यतिबेलाको नयाँ यथार्थ हुन्छ र प्रतिनिधि यथार्थ बन्न पुग्छ । उदाहरणस्वरूप भन्नुपर्दा २००७ सालको राजनीतिक आन्दोलनले सिर्जना गरेको परिवेश झण्डै २०१५ सालसम्म प्रतिनिधि यथार्थ वा नयाँ यथार्थका रूपमा विद्यमान रहन पुग्यो । त्यस्तै २०५२ सालदेखि थालिएको जनयुद्धको सघन प्रक्रियाले पनि विगतको यथार्थका जीवनमूल्यलाई विस्थापित गर्दै नयाँ यथार्थको जन्म हुन पुग्यो । अद्यावधि त्यसको प्रभाव ताजै छ र त्यसैको परिणामस्वरूप यतिबेला सिङ्गो मुलुक र रूपान्तरणको प्रक्रियामा छ । वस्तुतः समयसापेक्ष रूपमा परिवर्तन हुने यथार्थको स्वरूपलाई ठम्याउन सकियो भने मात्रै कथारचनाका सन्दर्भमा त्यसको प्रारूपीकरण गर्न सजिलो हुन्छ ।

अग्निशिखासंग हारेको मृत्यु

रघु पन्त
अस्तिको दिनमात्र ठमेलतिर लम्क“दै गर्दा थ“हिटीको मूलसडकको एउटा अग्लो घरतिर आ“खा पुग्यो । त्यो घरलाई देख्नासाथ म एकछिन टक्क रोकिए“ । मेरो स्मृतिपटलमा र्सर्रर पुराना दिन सिनेमाको रिलझैं घुमे । थ“हिटी, क्वाबहालको त्यो अग्लो घरको सबभन्दा माथिल्लो तलामा ०३४ भन्दा अघिदेखि नै रामेशदाइ बस्नुहुन्थ्यो । त्यसबेला रामेशदाइको त्यो कोठा साहित्यिक र सांस्कृतिक गतिविधिको एउटा केन्द्रजस्तै थियो । त्यो कोठामा रामेश, मञ्जुल, म, अग्निशिखा -शुकदेव नेपाल), मोहन श्रेष्ठ, तर्ीथ नेउपाने, सुन्दर जोशी, श्याम तमोट, हिमाञ्चल भट्टर्राई लगायत थुप्रै साथी नियमित जम्मा हुन्थ्यौं । पछि त्यो टोलीमा सुनील पौडेल, आरबी थहा“जु, अच्युत फुया“ल -आभास), ओम श्रेष्ठ आदि पनि थपिनुभयो । त्यो अग्लो घरको माथिल्लो तलामा आ“खा घुमाउ“दा-घुमाउ“दै मेरो आ“खाअघि पुराना दिनका साथै पुराना साथीहरूको अनुहार पनि नाच्ो । रामेश, मञ्जुल, अग्निशिखा, श्याम तमोट...आदि-आदि । 'संकल्प' र 'झिसमिसे'को कार्यालय रामेशदाइको त्यही कोठा थियो । प्रेसमा छापिएका पत्रिकाका प्रति त्यही कोठामा ल्याइन्थ्यो र त्यही“बाट देशभर वितरण गरिन्थ्यो ।
दुब्लो-पातलो अग्निशिखा त्यसबेला शिक्षा मन्त्रालयमा काम गर्नुहुन्थ्यो । 'संकल्प' र 'झिसमिसे'का कैयौं अंकमा अग्निशिखाका विभिन्न रचना र उहा“ले अनुवाद गर्नुभएका कथा छापिएका थिए । उहा“को घर त्यसबेला बालुवाटारमा थियो, पछि त्यो घर बेचेर चावहिल र्सर्नुभयो ।
सरकारी कर्मचारी भएकाले शुकदेव नेपालले साहित्यिक नाम अग्निशिखा राख्नुभएको थियो । पञ्चायतको जगजगी भएको त्यसबेलामा पनि अग्निशिखा डराउनुहुन्थेन । हामी त्यसबेला विश्वप्रसिद्ध साहित्यिक र चर्चित पुस्तकहरूका साथसाथै बेइजिङ रिभ्यु, चाइनिज र सोभियत लिटरेचर, इन्डियाबाट निस्कने समकालीन तिसरी दुनिया“, थर्ड वर्ल्ड युनिटीका साथसाथै वामपन्थी आन्दोलनसम्बन्धी पुस्तक र पत्रपत्रिका खोजी-खोजी पढ्थ्यौं ।
केही समयपछि अग्निशिखाको सक्रियतामा हिमाञ्चल भट्टर्राईको प्रकाशन-सम्पादनमा हामीले अर्काे तीन महिने साहित्यिक पत्रिका 'अनुभूति' पनि निकाल्यौं ।
'संकल्प', 'झिसमिसे' र 'अनुभूति'को सम्पादन हामी थ“हिटीको त्यही अग्लो घरको रामेशदाइको कोठाबाट गथ्र्यौं । त्यसबेला छापिने प्रत्येक रचना चाहे कथा, कविता, निबन्ध वा सम्पादकीय जे होउन्, एकजनाले लेखेपछि हामी सामूहिक छलफल गर्थ्याैं र त्यसक्रममा कहिलेकाहीं घन्टौं लामो बहस हुने गथ्र्यो ।
त्यसबेला सांस्कृतिक-साहित्यिक क्षेत्रको काम हर्ेन भनेर भूमिगत रूपमा बनाइएको कमिटीको म सचिव थिए“ । मैले त्यसबेला पार्टर्ीीे मुखपत्रका रूपमा निस्कने र्'वर्गसंर्घष्ा' र टाइप पेपरमा कार्बन राखेर हातले लेखेर तयार पारिएका दस्तावेज अग्निशिखालाई लगेर दिन्थे“ । त्यस्ता कतिपय दस्तावेज साइकल चढेर पुर्‍याउन म उहा“को अफिसमै पुग्थे“ । त्यसबेला उहा“को अफिस नक्सालनिर थियो । उहा“ नडराइकन ती दस्तावेज अफिसमै लिनुहुन्थ्यो । अध्ययनमा रुचि राख्ने अग्निशिखा आर्टमुभी -कलासिनेमा) हरू हर्ेन रुचाउनुहुन्थ्यो ।
थ“हिटीको रामेशदाइको कोठामा बसेर हामीले कविता लेख्यौं, गीत सुन्यौं र छलफल गर्‍यौं । हिटरमा कालो चिया पकाउ“दै-पिउ“दै कविता र गीत सुन्ने-सुनाउने गरिएका जोश र जा“गरले भरिएका ती दिन सा“च्ची नै गजबका थिए । त्यसबेला हुने छलफलले हामीलाई प्रफुल्ल, उत्साहित र जोशिलो बनाउ“थ्यो । जब कहिलेकाहीं कुनै राम्रो कविता, कथा वा गीत हामी सुन्थ्यौं, तब रामेशदाइ 'ल स्वाद पर्‍यो, अब एककप चिया यसै उपलक्ष्यमा खाऊ“' भन्दै हिटरमा चियाको कितली बसाल्नुहुन्थ्यो ।
०४६ को आन्दोलन सफल भएर बहुदलीय व्यवस्था पुनःस्थापना भएपछि अग्निजी जागिर छाडेर खुलारूपले पत्रकारितामा देखापर्नुभयो । जनताका लागि कम्युनिष्ट राजनीति र गतिविधिमा आफूलाई होम्नु उहा“को जीवनको उद्देश्य थियो भने पत्रकारिता र लेखन उहा“को रुचि थियो । अन्तर्रर्ााट्रय मामला र विश्व कम्युनिष्ट आन्दोलनका योद्धाहरूबारे खोजमूलक रचना लेख्न उहा“ सिद्धहस्त हुनुहुन्थ्यो ।
अग्निले पार्टर्ीीग आफ्नालागि कहिल्यै माग राख्नुभएन । बरु जति सकिन्छ, आफ्नोतर्फाट पार्टर्ीीई दिने प्रयत्न गर्नुभयो । पार्टर्ीीे प्रत्येक सफलतालाई आफ्नो सफलता ठान्ने उहा“ पार्टर्ीी भोग्नुपरेका अप्ठेरा समाधान होउन् भनेर जहिले पनि चिन्तित र क्रियाशील हुनुहुन्थ्यो ।
विवाद र झगडामा पर्न नचाहने शान्त स्वभाव भएका अग्नि कहिलेकाहीं खुलेर हा“स्नुहुन्थ्यो । त्यस्तो बेला कहिलेकाहीं उहा“ रमाइला र दार्शनिक पाराका कुरा पनि गर्नुहुन्थ्यो । अग्निशिखाले कहिले पनि आफ्नो कलमलाई आफ्नालागि प्रयोग गर्नुभएन । सहज, सरल र मित्रवत् भएर प्रस्तुत हुने शालीन स्वभाव उहा“को विशेषता थियो ।
असोज ६ गते बिहानै साढे पा“च बजेतिर जब प्रदीप नेपालले फोन गरेर 'अग्निशिखा रहनुभएन' भन्ने दुःखद समाचार सुनाउनुभयो, तब म छा“गाबाट खसेजस्तो भए“ । पार्टर्ीीेन्द्रीय कार्यालयमा पहिला दिनहु“जसो हुने भेटघाट उहा“ले 'नया“ पत्रिका'मा बढी समय दिन थालेपछि अलि पातलिएको थियो । उहा“लाई नभेटेको झन्डै एक महिनाजति भएको थियो ।
त्यस दुःखद समाचारले म एकछिन रन्थनिए“, तर दुःखद भए पनि त्यो खबर अरू केही साथीलाई टेलिफोनबाट दिएर म गंगालाल हृदय केन्द्रतिर हानिए“, जहा“ अग्निशिखाको शव थियो । अग्निशिखाको चावहिलका छिमेकी र साथी कवि आत्माराम शर्माले मलाई तानेर कुनामा लानुभयो र दुःखित स्वरमा भन्नुभयो- 'गएको वैशाखमा शार्दुल भट्टर्राई, गोविन्द वर्तमान, निर्मल कुइ“केल, शिव भट्टर्राई, अग्निशिखा र म सुन्दरीजल घुम्न गएका थियौं । त्यसबेला अग्निशिखाले गफ गर्दागर्दै बूढो भएर, रोग लागेर र थलिएर मर्न नपरोस्, बिरामी भएर लामो समय अरूले स्याहार्ने अवस्था आयो भने म त बरु स्वैच्छिक मरण छान्छु भन्नुहुन्थ्यो ।'

एब्स्ट्रयाक्ट चिन्तन प्याजको अमूर्ततामा लामिछाने

चूडामणि काफ्ले

पृष्ठभूमि
शङ्कर लामिछाने आधुनिक नेपाली साहित्यका उल्लेखनीय प्रतिभा हुन् । नेपाली साहित्यमा उनको योगदान अविस्मरणीय छ । विशेषतः लेखक शङ्कर लामिछानेको कलमबाट आधुनिक नेपाली निबन्ध विधाले नयाा दिशा प्राप्त गरेको देखिन्छ । उनका निबन्धहरू शाश्वत साहित्यिक मूल्ययुक्त छन् । वर्तमान युगका बौद्धिक समस्याहरूलाई निजात्मक र नवीन ढााचामा प्रस्तुत गरिएका उनका निबन्धहरू न्ोपाली साहित्यका अमर रचना हुन् । नेपाली निबन्धजगत्का यस किसिमका अमर स्रष्टा लामिछानेको निबन्धकारिता एवं उनको चर्चित निबन्धरचना एब्स्ट्रयाक्ट चिन्तन प्याजको विश्लेषण गर्ने सन्दर्भमा यस समालोचनाको विषयप्रवेश भएको हो ।
शङ्कर लामिछानेःव्यक्तिवृत्त
शङ्कर लामिछाने वि.सं. १९८४ साल चैत महिनामा काठमाडौामा जन्मेका छन् । उनले आइ.एस्सी.सम्मको औपचारिक शिक्षा हासिल गरेका भए पनि उनका साहित्यिक रचनाहरू उच्च बौद्धिक स्तरका हुन् । गुठी अड्डा, नेपाल-भारत सांस्कृतिक केन्द्र, घरेलु शिल्पकला बिक्री भण्डार, होटल शङ्कर, शङ्कर ट्राभल्स एन्ड टुर्स आदि संस्था र कार्यालयहरू च्ााहार्दा चाहार्दै पनि आˆनो गुजारा चलाउन क्युरियो पसल खोल्ने लामिछाने आˆनो जीवनलाई जटिलता र अमूर्तताको पुञ्ज प्याजसाग तुलना गर्दछन् । नेपाली साहित्यका कविता, कथा, निबन्ध आदि विधामा आˆनो कलम दगुराएर प्रतिभा प्रदर्शन गर्ने लामिछानेको निबन्ध विधा चाहिा अति नै पि्रय रहेको अनुभव हुन्छ । यस विधामा उनले नयाा नयाा प्रयोग गरेका छन् । निबन्धमा आख्यानात्मक स्पर्श प्रदान गर्ने लामिछानेलाई चर्चाको शिखरमा पुर्‍याउने विधा पनि निबन्ध नै हो । लामिछानेको प्रथम पुस्तकृत कृति एब्स्ट्रयाक्ट चिन्तन प्याज -२०२४) नै हो । यस कृतिले त्यस वर्षको नेपालको प्रतिष्ठित पुरष्कार मदन पुरस्कार हासिल गरेको देखिन्छ । आˆनो प्रथम कृतिबाट नै उत्कृष्ट पुरस्कार हासिल गर्ने निबन्धकार लामिछानेको प्रतिभाको परिचय यसैबाट झल्किएको हो । यसरी आरम्भिक चरणमा नै निबन्ध विधामा नयाा हलचल ल्याउने र नवीन क्षितिज समुद्घाटन गर्ने लामिछानेको निबन्धकारिता उत्तरवर्ती निबन्धकृतिहरू -बिम्ब प्रतिबिम्ब र गोधूली संसार २०२८)मा निकै परिपक्व र विकसित बनेको देखिन्छ । नेपाली साहित्यमा अमूल्य योगदान दिई आधा शताब्दी पनि आयु बित्न नपाउादै २०३२ साल माघ १० गते उनले आˆनो भौतिक देह परित्याग गरी अजर र अमर कृतिहरूमा आफूलाई रूपान्तरण गरेका छन् ।
शङ्कर लामिछानेको निबन्धकारिता
शङ्कर लामिछाने आधुनिक युगका र नौलो प्रवृत्ति भएका निबन्धकार हुन् । उनका निबन्धमा परम्परागत निबन्धका विषयवस्तु तथा शैलीसम्बन्धी विशेषता पाइादैनन् । उनका निबन्धले नयाा किसिमको विषयवस्तु प्रस्तुत गरेका छन् भने निबन्धलेखन कलामा नवीनताको झलक दिएका छन् । उनका निबन्धमा पाठकले नयाा स्वाद प्राप्त गरेका छन् । उनी बौद्धिक लेखक हुन् । उनका निबन्धमा आधुनिक युगका बुद्धिजीवीहरूको रङ घोलिएको हुन्छ । आधुनिक युगका अस्तव्यस्तता, विसङ्गति र जटिलताहरूलाई आˆना निबन्धमा उतार्न उनले सफलता हासिल गरेका छन् । निबन्धकार लामिछाने आधुनिक युग र यसका विशेषताहरूसाग सुपरिचित देखिन्छन् । यस युगका विविध विषय -ज्ञान, विज्ञान, कला, साहित्य आदि) र तिनमा आएका नवीनतम परिवर्तनसाग उनको परिचय देखिन्छ । पेरिसमा कोरिएको अमूर्त कला, अल्जेरियाका अल्बेयर कामुद्वारा लेखिएको नवीनतम साहित्यिक कृति, वर्तमान युगको राजनीति, विज्ञान र प्रविधि आदि जुनसकै विषय पनि उनको अध्ययनमा समेटिएका छन् । यस्ता बौद्धिक स्रष्टाका कृतिहरू पढ्न पाउनु नेपाली पाठकको सौभाग्य नै हो । उनी निजात्मक निबन्धकार हुन् । उनको निजात्मकतामा आख्यानात्मक गुण पनि समाविष्ट छन् । आधुनिक युगका बौद्धिक निबन्धकारको शैलीमा पनि बिल्कुल नवीनता पाइन्छ । आधुनिक युगको नवीनतम मानिने चेतनप्रवाह शैलीको प्रयोगले उनका निबन्धहरू विशिष्ट बन्न पुगेका छन् । जीवनका जटिलता र अमूर्ततालाई अभिव्यक्त गर्न उनका लागि यो शैली नै सहयोगी बनेको देखिन्छ । निबन्धकार लामिछाने आˆना निबन्धमा आफू स्वयम् प्रस्तुत भएका छन् । आफूलाई इमानदारितापूर्वक अभिव्यक्त गर्नु उनको निबन्धकारिताको मुख्य धर्म हो । आफूलाई निबन्धमा व्यक्त गर्ने क्रममा उनी भावनाका उत्ताल तरङ्गहरूमा मडारिनुभन्दा विचारका गम्भीर महासागरमा डुबुल्की लगाउनुमा सन्तुष्ट हुन्छन् । आˆनै जीवनका आस्था, आकाङ्क्षा, असन्तुष्टि र नैराश्यहरूलाई निजात्मकतामा घुलमिल गरी उत्कृष्ट निबन्ध सिर्जना गरी प्रशंसा पाउने खुबी निबन्धकार लामिछानेमा रहेको देखिन्छ । पूर्वीय तथा पाश्चात्य ज्ञान, विज्ञान, कला, साहित्य, संस्कृति, दर्शन आदि क्षेत्रका बिम्ब, प्रतीक र मिथकबाट निबन्धलाई सिंगार्ने उनी आधुनिक युगका उत्कृष्ट निबन्धकारका अग्रपङ्क्तिमा रहेका छन् । नेपाली निबन्ध विधालाई नयाा किसिमको चिन्तन, नयाा किसिमको विषयवस्तु र नयाा किसिमको शैली/प्रस्तुति प्रदान गरेर नयाा मोड दिने लामिछाने यस विधाका अविस्मरणीय, अजर र अमर स्रष्टाका रूपमा सुपरिचित बन्न पुगेका छन् ।
निबन्धको संरचना
एब्स्ट्रयाक्ट चिन्तन प्याज निबन्ध विभिन्न २७ अनुच्छेदहरूमा रचिएको छ । निबन्धसङ्ग्रहकै शीर्षक यस निबन्धबाट राखिएको छ । २०२४ सालको मदन पुरस्कार प्राप्त गर्ने यस सङ्ग्रहको चित्रकलामा प्रचलित अमूर्त शैलीमा रचिएको छ । यो निबन्ध प्रसिद्ध कलाकार वा लेखक लैनसिंह वाङ्देलको आग्रहमा लेखिएको हो । आधुनिक युगका जटिलता र जीवनका अस्तव्यस्ततालाई प्रतिबिम्बित गर्ने यस निबन्धमा लामिछानेले आफू र आˆनो वास्तविकतालाई राम्रोसाग व्यक्त गरेका छन् । आजको मानिस परम्पराबाट निकै अगाडि पुगिसकेको छ । उससाग आˆना वैयक्तिक समस्यादेखि विश्वस्तरीय विभिन्न जटिलताहरू गाासिएका छन् । अहिलेको मानिसको जीवन सरल र सहज छैन । जटिलतम समस्याहरू उसभित्र अटेसमटेस भई अमूर्त रूपमा कोचिएर बसेका छन् । यही मुख्य विषयवस्तुलाई निबन्धकार लामिछानेको यस निबन्धका २७ अनुच्छेदहरूमा प्रतिपादन गरिएको छ । वर्तमान जीवनका विविध समस्याहरूलाई अभिव्यक्त गर्ने यो निबन्ध नेपाली साहित्यका पाठकका बीचमा निकै चर्चित रहेको देखिन्छ ।
निबन्धको सन्दर्भ
अघिल्लो दिन निबन्धकार शङ्कर लामिछानेको काठमाडौाको नयाासडकमा प्रसिद्ध कलाकार तथा साहित्यकार लैनसिंह वाङदेलसाग भेट हुन्छ । वाङ्देलले लामिछानेको चर्चित लेख शङ्कर लामिछाने ः शङ्कर लामिछानेको दृष्टिमा पढेको र राम्रो लागेको प्रसङ्ग कोट्याउाछन् । उनले लामिछानेको चर्चित लेख यथार्थवादी भएको बताउादै एउटा अमूर्त शैलीको निबन्ध फेरि लेख्न आग्रह गर्दछन् । आफू अमूर्त कला कोर्ने वाङदेलले अमूर्त शैलीको निबन्ध लेख्न गरेको आग्रहलाई उनले हाासेर टारिदिन्छन् । त्यसको लगत्तै उनको भेट नेपाली कविताका सुप्रसिद्धद्घ स्रष्टा केदारमान व्यथित -१९७१-२०५५) साग हुन्छ । उनले हातमा हिमानी पत्रिकाको बाहिरी मुखपृष्ठको अमूर्त कलाको डिजाइन लिएका थिए । नेपाली साहित्यका चर्चित लेखक लामिछानेलाई व्यथितले एक दुई दिनभित्रै एउटा राम्रो कथा लेखेर दिन अर्को आग्रह गरे । व्यथितको आग्रहलाई पनि उनले बाङदेललाई जस्तै हाासेर टारिदिन्छन् । वास्तवमा कस कससाग कस्तो हाासो कसरी हाास्नुपर्दछ भन्ने कलाकारितामा लामिछाने पोख्त छन् । वाङ्देल र व्यथितलाई हाासेर टारे पनि उनीहरूका अलग अलग आग्रह र अनुरोधले उनको मानसिकतामा चाहिा उखेल्नै नसक्ने गरी गडिसकेका थिए । यिनै दुई मूर्धन्य कलाकार र साहित्यकारको प्रेरणाको परिणामस्वरूप यस निबन्धको रचना भएको हो ।
वर्तमान युगका जटिलताको अभिव्यक्ति
यस निबन्धमा लेखकले आधुनिक युगका जटिलतम अवस्थाहरूलाई अभिव्यक्त गरेका छन् । यस सन्दर्भमा बाङदेल र व्यथितलाई कृष्णले यशोदालाई विश्वरूप देखाएजस्तै लामिछानेले देखाएको अमूर्त विश्वरूपको चर्चा निकै रोचक र मार्मिक छ । लेखक लामिछानेले यहाा आधुनिक युगका मानिसका जटिल जीवनको प्रतिनिधित्व गर्दै आˆनो बहुरूप -विश्वरूप)को वर्णन गरेका छन् । ऊ
-शङ्कर) बीसौा शताब्दीको एक बुद्धिजीवी हो । मध्यमवर्गीय परिवारको सदस्य ऊ विवाहित र दुई छोराछोरीको बाबु हो । तन्देरी र स्वस्थ देखिने ऊ सिर्जनशील व्यक्तित्वको धनी छ । सभ्य नेपाली नागरिक ऊ जीवनका जिम्मेवारीका विविध समस्याहरूबाट ग्रस्त छ । ऊ परम्परा र आधुनिकताको द्वन्द्वात्मक चपेटामा परेको छ । उसका एकातर्फ आˆना परम्परागत मूल्य, मान्यता र आदर्शहरू छन् भने अर्कातर्फ आधुनिक युगका उपलब्धिहरू पनि प्रशस्त छन् । ऊ यी दुई युगका बीचको दशगजामा उभिएको हुन्छ । ऊ न त आˆनो परम्परा न्ौ त्याग्न सक्छ न त आधुनिकताबाट नै टाढा रहन सक्छ । त्यसैले वर्तमान समयको मानिस नयाा र पुरानो पुस्ताको दशगजामा बुाख्याचाजस्तै ठिङ्ग उभिएको छ ।
अहिलेको मानिस आˆनो परिवेशमा मात्र उभिएको हुादैन । उसका मनमस्तिष्कमा पूरै विश्व अटाएको हुन्छ । देशविदेशका घटना र दुर्घटनाहरूबाट ऊ प्रेरित, प्रभावित र उत्तेजित बन्दछ । ऊ देशविदेशका सम्पूर्ण अखवारमा प्रकाशित खबरहरू पढ्ने गर्दछ । संसारका महान् राजनेता, दार्शनिक, वैज्ञानिक, सात्यिकार, कलाकारहरूका चिन्तन, आविष्कार र सिर्जनाका बारेमा उसलाई निकै चासो छ । यस अतिरिक्त विश्वका सम्पन्न-विपन्न तथा साना-ठूला देशका समस्याका साथसाथै आˆनै छोराको स्वास्थ्यस्थितिका बारेमा उसलाई निकै चिन्ता छ । यसैले आजको मानिस सङ्गतिका वृत्तमा अटाउन सक्तैन र उसका समस्याहरूलाई मूर्त वा यथार्थ रूपमा अङ्कन गर्न पनि सकिने स्थिति छैन । वर्तमान युगका यस किसिमका वास्तविकतालाई प्रस्तुत निबन्धमा लेखकले स्पष्टरूपमा अभिव्यक्त गरेका छन् । आजको मानिस प्रत्येक दिन बिहान सागसब्जी वा तरकारी किन्ने समस्याले पिरोलिएको हुन्छ । दिउासो ऊ वैभवशाली बन्ने सपनामा मस्त बनेको हुन्छ र सााझमा ऊ थकानले निस्लोट भएको हुन्छ । उसका प्राप्ति र उपलब्धिहरू यिनै हुन् । आजको आधुनिक युगको जीवनशैली यस्तै भावना, चिन्तन र क्रियाकलापहरूलेयुक्त हुन्छ । यस्तै अमूर्त र जटिल परिस्थितिबाट उसका पल-प्रतिपल गुजि्ररहेका हुन्छन् ।
निबन्धकार लामिछानेका विचारमा आधुनिक मानव स्वयम् ईश्वर वा भगवान् हो । यो संसार उसैको सृष्टि हो । ऊ स्वयम्मा ईश्वरत्वको आभास भएको अनुभव गर्दछ । मानिसले आफैालाई ईश्वर हुा भन्ने उद्घोष गरे पनि मानवताबाट भने ऊ निकै टाढा पुगेको छ । मानवीय गुण हराइसकेको आजको मानिस अमानव बन्न थालिसकेको छ । वर्तमान समाजमा जाति, धर्म, सम्प्रदाय आदिका लक्ष्मणरेखाहरू खिचिएका छन् । अदृश्य रङले कोरिएका यी रेखाहरू रङ्गविहीन र अमूर्त छन् । लेखकले हजार वर्षपछि यस किसिमका विभाजक रेखाहरू नामेट हुनेछन् र विश्वसमाज एकै वृत्तमा अटाउनेछ भन्ने पूर्वानुमान गरेका छन् । त्यस बेलामा कसैले पनि अहिलेको जस्तो दशगजा क्षेत्रमा उभिनु नपर्ने विचार निबन्धकारको छ । वर्तमान परिस्थितिलाई उनले दशगजामा अवस्थित पञ्चमुखी शिवलिङ्गका बारेमा दुई मुलुकका बीचमा भएको खिचातानी र द्वन्द्वका दृष्टान्तबाट स्पष्ट पारेका छन् । सिमानाका रेखाहरू रङ्गविहीन र अमूर्त भएझैा वाङ्देल, व्यथित र लामिछानेका कला, कविता र निबन्धमा अमूर्तता रहनु कुनै नौलो कुरा होइन । मानिसको जीवन नै अमूर्तताको पर्याय बनेको छ । आधुनिक मानिसका सोचाइ, व्यवहार र गतिविधिहरू अमूर्ततामा आधारित हुनाले उसका रचना, सिर्जना र कला स्वतःअमूर्त बन्छन् भन्ने धारणा निबन्धकार लामिछानेको देखिन्छ । अतः लामिछानेको हासाइ पनि अमूर्त छÙ वाङ्देल, व्यथित र आˆना छोराका लागि उनी बेग्लाबेग्लै हाासो हाास्न बाध्य छन्Ù विवश छन् । वास्तवमा यही नै आधुनिक मानिसको अमूर्त जीवनपद्धतिको नौलो उदाहरण हो ।
प्याजसाग तुल्य आधुनिक जीवनपद्धति
निबन्धकार शङ्कर लामिछानेले वर्तमान यथार्थवादी कला वा साहित्यमा समाज वा मानिसको चित्रणलाई पत्रैपत्र भएको गन्धयुक्त प्याजसाग तुलना गरेका छन् । प्याजको अस्तित्व पत्रैपत्रमा कायम रहेको हुन्छ । यो एक किसिमको रङ्गविहीन र दुर्गन्धयुक्त वस्तु हो । मानिसको जीवन पनि लेखकको विचारमा प्याजजस्तै हुन्छ । मानिसको जीवन विभिन्न समस्याहरू, उसका थरीथरीका सोचाइहरू र अनुभूतिहरूले संश्लिष्ट बनेको हुन्छन् । उसको मस्तिष्कमा फुक्नै नसक्ने गरी ग्रन्थिहरू गुजुल्टिएका हुन्छन् । उसको हृदयमा सागाल्नै नसक्ने भावनाहरू गुटमुटिएका हुन्छन् । यसै गरी उसभित्र सुल्झाउनै नसकिने विचारका शृङ्खलाहरू अल्भिmएर बसेका हुन्छन् । ती पत्रहरू निकै बेर लगााएर सुल्झाए पनि एकतमासको आाखै पोल्ने, जीवनमा नै एक प्रकारको वाक्कलाग्दो दुर्गन्ध फैलिन्छ । मानौा हामी त्यहाा प्याजकै पत्र उप्काइरहेका छौा- आाखा मिची मिची र आासु काढ्दै । प्याजका पत्रहरू पल्टाउादै जाादा अन्त्यमा कुनै ठोस वस्तु फेला पर्दैन, फेला पर्छ केवल शून्य । मानवजीवनको अन्तिम परिणति पनि शून्य नै हो भन्ने निबन्धकार लामिछानेको चिन्तन यस निबन्धमा अभिव्यक्त छ । अतः आजको मानवजीवन प्याजसाग तुल्य छ भन्ने लेखकको धारणा यस निबन्धले स्पष्ट पारेको छ ।
युगको प्रतिबिम्ब ः अमूर्त जीवनपद्धति
निबन्धकार शङ्कर लामिछानेले प्रस्तुत निबन्धमा आजको युगका मूल्य र मान्यतालाई प्याजसाग तुल्य ठानेका छन् । आजको मानिस विकीर्णतामा छिरलिएको छ । युगीन जटिलताहरूले उसको जीवनलाई अमूर्त बनाइदिएका छन् । तिनले मानिसलाई प्याजजस्तै तुल्याइदिएका छन् । वास्तवमा आजका मानिसको कहालीलाग्दो परिस्थितिलाई कलाकार, कविलेखक र स्रष्टाहरूले आˆना रचनाको विषयवस्तु बनाउनु अत्यन्त जरुरी भइसकेको छ । समाजका विषयवस्तु र संवेदनाहरूलाई समेटेर लेखिएको वा सिर्जना गरिएको रचना नै शाश्वत मूल्यले युक्त हुनसक्छ । त्यसैले लेखक कलाकार वाङ्देललाई र कवि व्यथितलाई युगीन प्रतिबिम्ब प्याजबारे अमूर्त कला सिर्जना गर्न र त्यसै भावमा महाकाव्यको रचना गर्न आग्रह गर्दछन् । वर्तमान युगका यथार्थताहरूलाई अभिव्यञ्जित गर्ने ती रचना अमर बन्ने लेखकको धारणा छ । तिनै रचनाका माध्यमबाट वाङ्देल, व्यथित र लामिछाने पनि अजर अमर बन्ने हुादा यसबारे वाङ्देल, व्यथित र लामिछानेले कुची र कलम चलाउनै पर्ने विचार उनले निबन्धमा प्रकट गरेका छन् । यस किसिमको युगीन विषयवस्तुले भरिएको कृति लेख्न नसक्ने लेखकको अबको इतिहासमा कुनै स्थान नहुने कुरा सङ्केत गर्दै निबन्धकार लामिछानेले आˆना नयाा कृतिका माध्यमबाट लेखक वा कलाकार इतिहासमा अमर रहन सक्ने वास्तविकताप्रति सङ्केत गरेका छन् ।
निष्कर्ष
यस निबन्धमा निबन्धकार शङ्कर लामिछानेले विषयवस्तु तथा शैली दुवै अमूर्त किसिमको अागालेका छन् । लेखक वा कलाकार यथार्थवादी हुादाहुादै पनि जीवनका विभिन्न समस्या र जटिलताहरूबाट टाढा रहन सक्तैनन् । वर्तमान विश्वको यस किसिमको बाध्यताले उनीहरूको चिन्तन, विषयवस्तु र शैलीलाई अमूर्त बनाएको हो । संसारको प्रत्येक मानिस घरेलु परिस्थितिदेखि विश्वस्तरीय विभिन्न समस्याहरूबाट प्रतिक्षण प्रभावित र प्रेरित हुन्छ । मानिसका मन र मस्तिष्क पनि त्यसबाट अछुतो र अप्रभावित रहन सक्तैनन् । यिनै जटिलता र अमूर्तताबाट प्रेरित र प्रभावित लेखक कलाकारहरूबाट रचित/सिर्जित कला वा साहित्य स्वाभाविक रूपमा अमूर्त बन्छ भन्ने निष्कर्ष यस निबन्धले अघि सारेको छ ।

अविरल बग्दछ इन्द्रावती अविरल बग्दैन जीवन

जयदेव भट्टराई

'अविरल बग्दछ इन्द्रावती' रमेश विकलले भनेजस्तै इन्द्रावती अविरल बगिरहेछ । इन्द्राबती जस्तै मान्छेको जीवन हुँदो रहेनछ । कतै न कतै पुगेर रोकिनुपर्ने, पूर्ण विराम लाउनै पर्ने, विश्राम लिनैपर्ने । रमेश विकल अविरल साहित्यमा लागेर ८१ वर्षको उमेरमा रोकिनु भयो । अविरल बगिरहेको जीवनमा मङ्सिरको अन्तिम साता निमोनियाले अर्धविराम लगाइ दियो उहाँको जीवनमा साहित्य र समाजका लागि सक्रिय छँदाछँदै रोगले गालेपछि उपचारार्थ अस्पताल भर्ना गरिनुभएका रमेश विकल २०६५ सालको पुस २ गते दिनको ३ः३० बजे बित्नुभयो, मृत्युले उहाँको जीवनमा पूर्णविराम लगाइदियो । नेपाली भाषा र साहित्यको क्षेत्रमा ठूलो योगदान दिए पनि, सरल र सादा जीवन बाँचे पनि, आˆना सिर्जना र साधनाले धेरैको मन जिते पनि रमेश विकलले रोगसँग लड्न सक्नु भएन, मृत्युलाई जित्न सक्नु भएन । यही यथार्थ, कटु यथार्थ बुझ्दाबुझ्दै भन्नैपर्छ रमेश विकल अब हामीबीच रहनु भएन । मान्छेको जीवन पनि अविरल हुँदो हो त रमेश विकलले लेख्नुपर्ने हो- 'अविरल बग्दछ जीवन ।' ।
'अविरल बग्दछ इन्द्रावती' रमेश विकलले भने जस्तै उहाँका रचना-कृति, योगदान सेवाबाट अविरल बाँचिरहनु हुन्छ उहाँ हामी माझ । २००५ सालमा 'सन्देश' हस्तलिखित पत्रिकाबाट साहित्यिक यात्राको थालनी गरी 'मेरो अविरल जीवन गीत' को दोस्रो भाग, उपन्यासको अनुवाद गर्दै हुनुहुन्थ्यो उहाँ बिरामी हुनुअघिसम्म पनि । ८१ वर्षे जीवनमा ६० वर्ष अविरल साहित्यमा लगाउने रमेश विकलले सङ्गीत र कलामा पनि रुचि देखाउनु भयो, प्राध्यापन र सम्पादन, अनुवाद र सङ्घ-संस्थासँग आवद्ध भएर पनि रमेश विकल अविरल सक्रिय रहनु भयो । यति सिर्जनशील, यति सक्रिय, यति समर्पित र यति पि्रय स्रष्टालाई गुमाउनु पर्दाको पीडा भोग्दैछ यतिखेर साहित्यिक जगत् । काठमाडौँको गोकर्णेश्वरमा पुस २ गतेको राति उहाँको बलिरहेको शव देखेपछि धेरैले गह्रौँ मन लिएर भएपनि स्वीकारे अन्ततः रमेश विकल रहनु भएन ।
१९८५ सालको भाइटीकामा काठमाडौँको गोकर्ण आरुबारीमा जन्मिनुभएका रमेश विकलले आˆनो कर्मक्षेत्र पनि त्यसैलाई बनाउनु भयो र उहाँकै इच्छा अनुसार उहाँको अन्तिम संस्कार पनि गोकर्णमै गरियो । अविरल जन्मिरहेछन् मान्छेहरू, अविरल मरिरहेछन् मान्छेहरू । रमेश विकलको जन्म र मरण इतिहासमा उल्लेख्य बन्न पुगेको छ । सबैको जन्म र सबैको मरण उल्लेख गरेर साध्य पनि छैन र अर्थ पनि छैन । ६० वर्षसम्म भाषा-साहित्य, कला-सङ्गीत, राजनीति, पात्रकारिता, प्रशासन आदि क्षेत्रमा लागेर यो मुलुकका लागि योगदान दिने साधक उल्लेख्य हुन्छन् नै, अनुकरणीय हुन्छन् र प्रेरणाका स्रोत पनि हुन्छन् । रमेश विकललाई भेटेर, उहाँलाई देखेर अनि उहाँका रचना, कृति पढेर कतिले आफूलाई साहित्यमै लगाए । रमेश विकलका ४ छोरी २ छोरा, यी मध्ये पत्रकारिता र साहित्यमा निरन्तर लाग्ने विजय चालिसे अनि यात्रा संस्मरण लेख्न रुचाउने महेन्द्र चालिसेलाई हेर्ने हो भने भन्न सकिन्छ अविरल चलिरहन्छ कलम ।
चन्द्रशेखर उपाध्याय र छायादेवी चालिसेले आˆनो छोरा रामेश्वरलाई स्नातकसम्म पढाए पनि रमेश विकलले नेपाली साहित्यमा स्नातकोत्तर गर्नेहरूलाई नै पढाउनु भयो । विद्यावारिधि गर्नेहरूसमेत स्रष्टा रमेश विकल पढ्छन् र पढ्ने गर्छन् । आमाबाबुले राखिदिएको रामेश्वर चालिसे नाम, घरायसी नाम रामबाबु, साहित्यिक नाम रमेश विकल, छद्मनाम रवि चालिसे, पत्रकारितामा रविबाबु आदिबाट फैलिनुभएका रमेश विकलले आˆनो विशेष परिचय 'नयाँ सडकको गीत' जस्ता कथासङ्ग्रह अविरल बग्दछ इन्द्रावती जस्ता उपन्यास, सातसूर्य एकफन्को जस्ता यात्रा संस्मरण, बालसाहित्य र हास्यव्यङ्ग्य, अनुवाद र आत्मजीवनीबाट बनाउनुभयो । यी सबै लेखनबाटै रमेश 'विकल' रमेश विकल बन्नुभयो । कुनै पीडा दुःख भोगेर होइन कि अरूले भिक्षु, गोठाले, पिडाली आदि राखेको देखेर उहाँले पनि 'विकल' उपनाम राख्नुभयो । यही नाम उहाँले आफैँ राखेको नाम रमेश विकल नै आज धेरैले चिनेको नाम बन्न पुग्यो ।
अनुदित अवस्थामै 'नयाँ सडकको गीत' कथा सङ्ग्रहका लागि मदन पुरस्कार पाउने रमेश विकलको पहिलो कृति २०१६ सालमा 'बिरानो देशमा' -कथा सङ्ग्रह) छापियो नयाँ सडकको गीत, एउटा बूढो भ्वाइलेन आशावरीको धूनमा, आज फेरि अर्को तन्ना फेरिन्छ, उर्मिला भाउजू, शव सालिक र सहस्र बुद्ध, हराएका कथाहरू प्रकाशित भइसके कथाकार रमेश विकलका । यस्तै उपन्यासकार विकलका सुनौली, अविरल बग्दछ इन्द्रावती, सागर उर्लन्छ सगरमाथा छुन जस्ता उपन्यासहरू अनि 'अब अगाडि बढ्नु, अझ अगाडि बढ्नु छ व्यङ्ग्य निबन्ध सङ्ग्रह प्रकाशित छ । सात सूर्य एक फन्को, नीलगिरी छायामा यात्रा संस्मरण, सप्तरङ्गी -२०३९), मान्छे, वैभव र मृत्यु -एकाङ्की सङ्ग्रह), सरदार भक्ति थापा मिल्किएको मणि पूणर्ाङ्की नाटकहरू प्रकाशित छन् उहाँका । मेरो अविरल जीवन गीत -भाग-१) आत्म जीवनीका स्रष्टा विकलका डेढ दर्जनभन्दा बढी बालसाहित्यका कृतिहरू प्रकाशित छन् । ज्याक लण्डनको उपन्यास अनुवाद गरी 'समुद्री हुँडार' पmान्स हुनियाको पीटर र ब्वाँसो आदि कृतिको अनुवाद पनि प्रकाशित भइसकेका छन् रमेश विकलका ।
मदन पुरस्कार, महेन्द्र प्रज्ञा पुरस्कार, नूरगङ्गा पुरस्कार, कृष्णमणि पुरस्कार आदि पुरस्कार लगायत विभिन्न साहित्यिक सङ्घ संस्थाबाट अभिनन्दित भइसक्नु भएका रमेश 'विकल' मूलतः नेपाली साहित्यमा कथाकार, उपन्यासकार, नाटककार, बाल साहित्यका स्रष्टा आदिका रूपमा चर्चित हुनुभयो । वामपन्थी राजनीतिमा सक्रिय भएर लाग्ने रमेश विकलले पटक-पटक थुनिनु पर्‍यो । कलाकारिता र सङ्गीतमा त्यत्तिकै रुचि लिने उहाँले प्रचार विभाग, जनक शिक्षा सामग्री केन्द्र, परीक्षा नियन्त्रण कार्यालय, पाठ्यक्रम विकास केन्द्रमा अनि त्रिभुवन विश्वविद्यालयमा प्राध्यापन गरी जीवनको आधा उमेर जागिरमै बिताउनु भयो । एउटा मान्छेले यतिबिघ्न क्षेत्रमा हात हाले पनि साहित्य क्षेत्रमा रमेश विकलको कलम निरन्तर चलिरहृयो, यस क्षेत्रमा उहाँले अविरल ध्यान दिनुभयो । प्रगतिशील लेखक सङ्घ, भैरव पुरस्कार गुठी, साहित्य सदन, नेपाल बालसाहित्य समाजका अध्यक्ष, प्राज्ञ सदस्य, साझा प्रकाशनका सञ्चालक आदि पनि हुनुभयो उहाँ । उत्साह जस्तो पत्रिकाको सम्पादक रमेश विकलले विभिन्न पत्र-पत्रिकाको सम्पादन पनि गर्नुभयो । आफूले जीवनमा आर्जेको सम्पत्तिबाट 'रमेश विकल प्रतिष्ठान' को स्थापना गर्ने रमेश विकलको योगदानको बारेमा थोरै शब्द खर्चेर पुग्दैन ।
अविरल बग्दछ इन्द्रावती भनेजस्तै रमेश विकलले अविरल चल्दछ जीवन भनेर लेख्नु भएन । उहाँलाई थाहा थियो-मृत्यु अवश्यम्भावी छ भनेर । उहाँलाई यो पनि थाहा थियो मान्छे उमेरले बाँच्ने होइन कीर्ति र कृतिले बाँच्छ भनेर । रमेश विकल कृतिले बाँच्नुहुन्छ- अविरल बाँच्नुहुन्छ, कीर्ति फैलाएर बाँच्नु भएको छ, अविरल बाँच्नुहुन्छ । विरानो देशमा जानु भएपनि अविरल बग्दछ इन्द्रावतीको माध्यमबाट बाँच्नुहुन्छ र बाँच्नुहुन्छ आˆना अन्य कृतिका माध्यमबाट । आˆना पाठक-शुभचिन्तक, हितैषी, परिवारजन सर्वत्र उहाँ अविरल सम्झिरहने नाम बन्नुभएको छ ।

प्यारो विजय दाइ

मञ्जुल

"विजय दाइ ! मैले तपाईंको कोही किन बर्बाद होस् पढेको छु ।" मैले खुशी भएर विजय दाइलाई भनेँ । विजय दाइ- नेपाली साहित्यका पि्रय कवि, उपन्यासकार, कथाकार र नाटककार नयाँसडकको पिपलबोटमुनि उभिनुभएको थियो । उहाँको नजिकै उभिएर, हुनसम्म खुसी भएर म उहाँसँग कुरा गरिरहेको थिएँ । त्यसरि कुरा गर्न पाउँदा मलाई गज्जबको आनन्द लागिरहेको थियो । त्यति बेर उहाँलाई हेर्दा मलाई लाग्यो- उहाँ एउटा विशाल पहाड हुनुहुन्छ । भव्य हिमाल । उहाँ कलकल गर्दै बग्ने नदी हुनुहुन्छ । अटुट नदी । विशाल आकाश हुनुहुन्छ । अपार निलिमा । उहाँ सूर्योदय हुनुहुन्छ । त्यस्तै सूर्यास्त । दुवै । उहाँ मनोहर इन्द्रेनी हुनुहुन्छ । घामपानी । उहाँ चराहरू हुनुहुन्छ र तिनीहरूको सुन्दर उडान । "कहाँ पढ्नुभएको ?" उहाँले उत्सुक भएर सोध्नुभयो ।
"भोजपुरमा ।" मैले भनेँ ।
"ओहो Û भोजपुरमा मेरो किताब पढ्छन् Û"
विजय दाइले यसरी आश्चर्य मानेर आˆनो किताब र भोजपुरको बारेमा आˆनो धारणा राखेको देख्दा म आफैँ आश्चर्यमा परेँ । इलाम, भोजपुर, पाल्पा, धरान, विराटनगर, वीरगञ्ज, जनकपुर, भद्रपुर त्यो बेला निकै नामी ठाउँहरू थिए साहित्यको लागि । विजय मल्ल जस्तो स्रष्टाका किताबहरू भोजपुरमा पढिनु कुनै आश्चर्यको कुरै थिएन । "पढ्छन् नि दाइ तपाईंका किताबहरू भोजपुरमा । मन पराएर पढ्छन् । मैले पनि भोजपुरमै पढेको ।"
मैले विजय दाइलाई मन पराउने भोजपुरका थुप्रै-थुप्रै पाठकहरूलाई सम्झेँ । ओहो Û कस्तो लोकपि्रय हुनुहुन्थ्यो उहाँ भोजपुरमा । भोजपुरका पाठकहरूको माझमा ।
यो कुरा आजभन्दा एकचालीस, बयालीस वर्ष अगाडिको कुरा हो । मलाई लाग्छ विजय दाइ काठमाडौँबाट तराईतिर त जानुभएको थियो होला -या जानुभएको थिएन मलाई थाहा छैन) तर पहाडतिर चाहिँ शायद जानुभएको रहेनछ । नत्र किन यस्तो कुरा गर्नुहुन्थ्यो होला र भोजपुरको बारेमा Û
भोजपुर जान त्यतिबेला त्यति सजिलो थिएन । आज त बाटो बनिसकेको छैन मोटरको, त्यति बेलाको कुरै के Û साहित्यकारहरूले नेपालमा घुमफिर गर्ने, भेटघाट गर्ने, विभिन्न ठाउँहरूमा गएर साहित्यिक सभा-गोष्ठीहरूको आयोजना गर्ने चलन पनि त्यत्ति बसिसकेकै थिएन ।
साहित्यमा कसैले केही गर्नु पर्‍यो भने ओइरिनु पथ्र्यो सबैले काठमाडौँमा ।
दिनहरू एकदम फरक थिए ।
नेपाली साहित्यका लागि कि थियो वातावरण काठमाडौँमा कि थियो दार्जिलिङमा त्यति बेला ।
विजय दाइसँग मेरो सङ्गत बढ्दै गयो । मैले उहाँको उपन्यास अनुराधा पनि पढेँ । उहाँका कथाहरू पनि पढेँ । पत्रिकामा छापिने नयाँ नयाँ कथाहरू पनि पढेँ । पत्रिकामा छापिने नयाँ नयाँ कथाहरू झन् पढ्थेँ । कथाहरूले पार्नु प्रभाव पार्थे मलाई । कविहरूमा त उहाँ र वाशुशशी दाइ मलाई खूब मनपर्ने कविहरू हुनुहुन्थ्यो ।
उहाँलाई अन्याय अत्याचार भनेको पटक्कै मन नपर्ने । उहाँ क्रान्ति र परिवर्तनको प्रेमी । नेपालीहरूमा पनि साह्रै ठूलो हृदय भएको नेपाली । यो कुरा पनि थियो - उहाँप्रति मलाई आकषिर्त गर्ने । अर्को कुरा जे लेखे पनि विजय दाइले एकदमै कलात्मक पाराले, साह्रै मन छुने गरी लेख्ने । प्रयोग गर्दा प्रयोगको लागि प्रयोग नगर्ने, मीठो गरी सुन्दर विचार व्यक्त गर्न प्रयोग गर्ने । यो कुराले पनि मलाई साह्रै आकषिर्त गथ्र्यो उहाँको लेखन प्रति । विजय दाइलाई मैले व्यक्तिगत भेटहरूमा, गोष्ठीहरूमा, ठूलाठूला सेमिनारहरूमा, अफिसरहरूमा भेटेको छु । दाइ मेरा लागि सधैँ एकसमान हुनुहुन्थ्यो । गज्जब Û
उहाँले मलाई माया गरेर भन्नुहुन्थ्यो - कसरी चिठ्ठीहरू लेखिए, कसरी प्रेमपत्रहरू लेखिए, कसरी कथाहरू लेखिए र कसरी लेखियो उपन्यास अनुराधा । उहाँले आत्मीय भएर ती सब कुराहरू गर्दा मलाई लाग्नु आनन्द लाग्थ्यो । धेरै भाइ बहिनीहरू मलाई आफूभन्दा साना भाइ बहिनीहरूलाई माया गर्ने, उनीहरूसँग मिल्ने दाइको रूपमा लिन्छन् । तर मैले मेरा अग्रज दाइ र दिदीहरूबाट जुन माया पाएँ त्यो वा त्यस्तो माया मैले आफूभन्दा साना भाइ बहिनीहरूलाई दिन सकेकै छैन ।
एकदिन भर्खर भर्खरै उघि्रँदै गरेको बिहानी । म रानीपोखरीतिर आउँदै थिएँ विजय दाइ ठमेलतिर जाँदै हुनुहुन्थ्यो । ठ्याक्क भेट भयो हाम्रो राष्ट्रिय नाचघरतिर । मलाई साह्रै माया गरेर भन्नुभयो, "मञ्जुल भाइ Û मैले छेकुडोल्मा पढेँ नि- एकसासमा । थालेपछि नरोकीकन ।" अझ मायालु भएर बडो स्नेहले भन्नुभयो, "नबुझनिे शब्द एउटै छैन । पढ्दा नमीठो लाग्ने वाक्य पनि एउटै छैन । सुन्दर छ अत्यन्त सुन्दर Û" अनि मुसुक्क हाँसेर भन्नुभयो, "तर मैले क्यै बुझनिँ भाइ ।" अनि जोडले हाँस्नुभयो ।
एउटा कुरा विजय दाइको बारेमा मलाई भन्न मन लागेको छ । यदि म रङ्गकर्मी वा नाट्य-निर्देशक भएको भए उहाँको पाटनलाई साथै परेवा र कैदीलाई नाट्यरूपमा जरुर मञ्चन गर्ने थिएँ । कालजयी नाट्यकृति हुने थिए ती । तिनीहरूलाई मञ्चितरूपमा हेरेर नरुने को हुन्थे होला Û ती कथाहरूले छिट्टै पाए हुन्थ्यो अशेष मल्ल, सुनिल पोखरेल वा अनुप बरालजस्ता नाट्य-निर्देशकहरू ।
म सिनेमा बनाउन जान्ने भए त सिनेमामा ढालिहाल्थेँ यी दुई कालजयी कृतिहरूलाई ।
मैले विजय दाइको कुमारी शोभा कस्तो मन पराएर पढेको थिएँ । एकेडेमीबाट छापिएकोमा दुःख पनि मानेको थिएँ किनकि त्यहाँबाट छापिएका कृतिहरू एक संस्करणदेखि दोहोरिएर छापिँदा रहेनछन् । कस्तो नराम्रो ।
कुनै राम्रासे प्रकाशनले विजय दाइको रचना-समग्र निकालिदिए कस्तो राम्रो हुन्थ्यो होला Û त्यसरी घैंटोमा घाम लाग्ने प्रकाशकहरू कहिले पाइएलान् नेपालमा पनि Û आजभोलि पनि म विजय दाइलाई मेरो हृदयको ढोका घरक्क खोलेर नयाँसडकको पिपलबोटतिर जाँदै गरेको देख्छु- भेटन् नयाँ नयाँ स्रष्टाहरूलाई ।

एउटा विरानो देशमा विकल सर र पुरानै नयाँ सडकमा हामी

वसन्तप्रकाश उपाध्याय

शायद अविरल बग्दैन जिन्दगी । जिन्दगीले कुन मोडमा कहाँ पुगेर 'फुलस्टप' लगाउँछ पत्तो नै हुँदैन । जिन्दगीभन्दा बरू दिगो हुँदोरहेछ इन्द्रावतीको वहाव । यही तथ्य प्रमाणित गर्नुभयो । रमेश विकलले । इन्द्रावती झै उहाँ अविरल बग्न सक्नुभएन ।
जीवन स्पन्दित भएर साहित्यकार रमेश विकल हामीबीच हामीलाई खबरदारी गर्न उपलब्ध नभए पनि उहाँको सिर्जनात्मक सुकीर्ति कहिलै मर्नेछैन । यसैकारण अजर, अमर अस्तित्वको प्रत्याभूति कवि लेखकका रूपमा जसरी रमेश विकलको नाममाथि गर्नसकिन्छ, उसैगरी मुलुकको नेपाली वाङ्मयले उहाँको उपस्थितिलाई कहिले बिर्सन र नकार्न सक्नेछैन ।
दावी र विश्वासका कुरा पृथक् पृथक् हुन्छन् । विकल सरदेखि रामेश्वर चालिसेको चिनारी, बालमनोविज्ञानसँगै प्रगतिवादी साहित्यको लेपन जे जे भनिए पनि ध्रुवसत्यको सूर्यमा फन्काहरू जस्तै भ्वाइलिनका धूनहरूमा उहाँ भेटिनु हुनेछ । खासगरी साहित्यिक मन, मस्तिष्क र मुटुले अनुभूत नगरी रमेश विकललाई साङ्गोपाङ्गो नाप्न सकिँदैन ।
काव्यात्मक अनुभूतिको स्वप्निल दस्तावेजरूपि कथाहरू, सङ्गत-विसङ्गत विगत- वर्तमानका नाट्यशिल्पसँगै आगतको सुन्दर-सपाट चित्र कोर्न खप्पिस साहित्यकार विकलको बहुआयमिक सफलता खुद्रा मानसिकता र ढुकुरे छात्तीले आँक्न र नाप्न सकिँंदैन । यो जगजागेर प्रसङ्ग हो ।
नेपाली वाङ्मयका हरेक विधागत विविधतामा उहाँको संलग्नताकै कारणले हुनुपर्छ एकपटक साहित्यकार लीलबहादुर क्षेत्रीले आˆनै लवजमा गरेको टिप्पणी म सम्झन्छु । साहित्यकार क्षेत्रीले भन्नुभएको थियो 'यो मान्छे' उतातिर जन्मेको भए उसले 'डल्लै' दुनियाँ खान्थ्यो बुझनुभो त । त्यतिखेर म 'मधुपर्क' मासिक पत्रिकामा कार्यरत थिएँ र भेटघाट क्रममा साहित्यकार क्षेत्रीलाई मनपर्ने नेपाली लेखको नाम र कारण सोध्दैथिएँ ।
ब्रहृमपुत्र छेउछाउका ती सरस्वतीपुत्र जस्तै अविरल बग्ने इन्द्रवतीको शब्दचित्र उतार्ने उन्नायक रमेश विकलका कैयौँ सिर्जनाले 'पुरा-भारतीय उपमहाद्वीप मात्र नभएर समग्र विश्व साहित्य इतिहासमा नै प्रभावी उपस्थिति प्रमाणित गर्नसक्ने खुवी भएको बताउनेहरू पनि कम छैनन् । हाम्रो दुर्भाग्य र त्यसैको आत्मग्लानिपूर्ण नियति कस्तो देखिएको छ भने हामीले बसन्तऋतु नआइकन कहिलै काग र कोइली छुट्याउनै सकेनौँ ।
अझ खासगरी नेपाली वाङ्मयको सन्दर्भमा त काग र कोइली वसन्तऋतु आउँदा पनि धेरै कम छुट्टनिसकेको छ भने अधिकांश कोइली कोटिका स्रष्टाहरूको परख मृत्युशैय्यामा चढिसकेपछि मात्र हुनसकेको छ । यही तथ्यको पुष्ट्याइँ धेरै तह र तप्काबाट हुन्छ नै । राज्य संयन्त्रलाई छाडेर स्थानीय र वाङ्मयसाधकका दृष्टिले गरेको सत्प्रयासलाई हेर्ने हो भने 'विकल सर'ले भने सशरीर र भौतिकरूपमा धेरै विडम्वनालाई चिर्ने सुअवसर पाउनु भएको पाइन्छ । जन्मस्थानका दृष्टिले काठमाडौँ, आरूबारी र जोरपाटी क्षेत्रका उत्साही साहित्यकारहरूसँगै थुप्रै शुभेच्छुकहरूका कारण उहाँको नाममा गरिएको र देखाइएको समर्पण उल्लेखनीय यथार्थ प्रतीत हुन्छ ।
सायद यही यथार्थबोध र वास्तविकतालाई आत्मसात गरेरै हुनुपर्छ रमेश विकलले तथाकथित प्राज्ञहरूको थलोको रूपमा चिनिने भूमिको श्रद्धाञ्जलि खोज्नुभएको रहेनछ । आˆना सिर्जना जस्तै सरल, शालिन र सौम्य जीवनशैली रूचाउनुहुने साहित्यकार विकलले मृत्युपछि एउटा विरानो देशमा जाँदाजाँदै पनि उही तामझाम वेगरकै शिष्ट सोच संस्कार रूचाउनुभयो । यसैकारण त उहाँ बाँचुञ्जेल मात्र नभएर मृत्युपर्यन्त पनि एउटै चिनारी उभिनुभयो, यति भन्न सकिन्छ ।
एउटा संयोग साहित्यसँगै चित्रकारिता अनि चित्रकारिता पछि गीत-सङ्गीतको सौखिन उहाँका स्वभावलगायत कैयौँ दैनिन्दिय हामी थाहा पाउँछौँ । साहित्यिका विकलका लेखन मार्फत् उठाइएका मुद्दाहरूका पीडा र परिस्थिति केलाउन अनि उहाँले उठाउनु भएका दृष्टिकोण र मान्यताहरूलाई नजिकबाट चिन्नु हुने र बुझ्नुहुने साहित्यकार एवं अग्रज पत्रकार विजय चालिसे जो नाताले साहित्यको विकलका जेष्ठ सुपुत्र हुनुहन्छ । उहाँका कारण हामी गोरखापत्रमा कार्यरतहरूका लागि सदैव एउटा पारिवारिक सदस्य कै रूपमा दर्जनौँ दर्जन पटक साहित्यकार विकलसँग जम्का भेट हुँदै रहृयो । मधुपर्कदेखि गोरखापत्र र युवामञ्चलगायत मनोरम अप्सरामा समेत आफूले सम्पादन सहकर्मीका रूपमा उहाँको आलेख प्रकाशनार्थ माग्दा सधैँ साहित्यकार विकलले हामीलाई उत्साही गराइरहनु भयो । एक प्रकारले हाम्रा लागि त उहाँ त्यस्तो लेखक, साहित्यकारका रूपमा हुनुहुन्थ्यो जो 'नयाँ सडकको गीत' लाई प्राथमिकताकासाथ ताजगी बनाउन चाहनुहुन्थ्यो भन्ने लाग्छ । शायद समय, परिस्थिति र देश-काललाई पनि यस्तै मञ्जुर भएको हुनुपर्छ । यसैकारण त हिजोको 'नयाँसडक' आज न्यूरोड भए पनि प्रकरान्तरले नयाँ नेपालको प्रारूपमा फेरि नयाँसडक बन्ने तरखमा भएझँै लाग्छ । यद्यपि आउँदा दिनमा फरक यत्ति मात्र हुनेछ न्यूरोडले पुनः नयाँसडकको संरचनामा गीत गाए पनि विकल सरले त्यसलाई देख्न र लेख्न पाउनु हुने छैन । तैपनि हामी सम्भिmरहनेछौँ उहाँलाई । अलिविदा विकल-सर