Monday, September 7, 2009
लामो बाटो र धेरै कुइनेटा छिचोलेँछु
प्रस्तुति: दीपक सापकोटा
निबन्धकार युवराज नयाँघरेले 'एक हातको ताली’ निबन्ध कृतिका लागि विसं २०६५ को मदन पुरस्कार पाएका छन् । नयाँघरे झर्रो र विशुद्ध नेपाली अनुहार भएका निबन्ध लेख्छन् । शंकर लामिछानेको एब्स्ट्रयाक्ट चिन्तन प्याजले निबन्धमा मदन पुरस्कार पाएको लामो समयपछि युवराज नयाँघरेले यसको बिँडो थामेका छन् । पुरस्कार घोषणा भएको भोलिपल्ट अर्थात् शनिबार नयाँघरे बागबजारमा भेटिए । त्यही मौका छोप्यौँ हामीले । छोटो भलाकुसारीमा निबन्धबारे उनले बोलिदिए,'निबन्धका विषय त बादलभित्रका झिल्का रहेछन् ।’
मदन पुरस्कार पाउँदा कस्तो अनुभूति भयो ?
खबर सुन्दा सुरुमा त विश्वासै लागेन । त्यसवेला झमझम पानी पर्दै थियो । म वसन्तपुर दरबारमुनि थिएँ । एकजना पाठकले फोन गरेर सुनाए । म त चकित परेँ । यो मेरो स्वप्न योजना थियो । जहिलेदेखि मैले लेख्न थालेको थिएँ, त्यसैवेलादेखि देखेको सपना पूरा भएजस्तो लाग्यो ।
मदन पुरस्कार पाएको उचाइको यो बिन्दुमा उभिएर तलतिर हेर्नुपर्दा कस्तो महसुस हुन्छ ?
मैले दुःखका गोरेटोहरू हेरेजस्तो ंलाग्यो । दुःखका अग्ला जँघार, फग्लेटाहरू फ्ल्यास्ब्याकमा आए र सँगसँगै गए । पसिना चुहिएका क्षण सम्झन्छु । निकै लामो बाटो र धेरै कुइनेटा छिचोलेँछु भन्ने लाग्यो ।
जिन्दगीमा सपना के थियो ?
सानोमा पहाड घर इलाममा छँदा म भैंसी चराउन जान्थेँ । भैंसीमाथि चढेर सामान्य ज्ञानको पुस्तक पढ्थेँ । त्यसवेला मदन पुरस्कार पाउने लेखकबारे पनि पढिन्थ्यो । तर, मलाई लेखक बन्छु भन्ने थिएन । रेडियोमा समाचार वाचक बन्छु भन्ने लाग्थ्यो ।
शंकर लामिछानेको निबन्धसंग्रह 'एब्स्ट्रयाक्ट चिन्तन प्याज’ले मदन पुरस्कार पाएको लामो समयपछि तपाईंको निबन्धले मदन पुरस्कार पाएको छ । त्यसपछि लगभग मरेको निबन्ध विधा अब ब्युँझिएको हो ?
मदन पुरस्कार पाएको शंकर लामिछानेको एब्स्ट्रयाक्ट चिन्तन प्याजले अहिलेसम्म पनि नेपाली निबन्धमा एउटा प्रतिक्रिया उत्पन्न गराइरहेको छ । फेरि लामो समयपछि मैले पाएँ । यो एउटा आइसब्रेक हो । निबन्धलाई हिजोको आँखाले हेरिन्थ्यो । यसमा हामीले नयाँपन ल्यायौँ । निबन्ध पढ्न नचाहने पुस्तालाई पनि पढ्न बाध्य गरायौँ । समाजले पढेछ पनि । निबन्ध फेरि ब्युँझिएछ ।
तपाईंको 'एक हातको ताली’सँगको प्रतिस्पर्धामा कुन पुस्तक थियो ?
मलाई सबै त थाहा छैन । तर, लेखक नारायण ढकालको 'पे्रतकल्प' उपन्यास थियो भन्ने सुनेको थिएँ । त्यो उपन्यास पनि निकै राम्रो थियो ।
एउटाले मदन पुरस्कार पाएपछि प्रतिस्पर्धाका अरू किताबचाहिँ कमजोर भएका हुन् ?
त्यसो होइनन् । अरू किताब पनि निकै राम्रा छन् । सबै बराबर हुन् । जाँचकीको आँखा र मनलाई कुनले छोयो, त्यति मात्र फरक हो ।
निबन्धलाई हेला गरिएको थियो, तपाइंको निबन्धले मदन पुरस्कार पाएपछि अब नेपाली निबन्धको गति कस्तो हुन्छ ?
ऊर्जाशील बाटो समाउँछ निबन्धले । गम्भीर विधामा पनि लाग्नुपर्ने रहेछ भन्ने प्रभाव लेखकहरूमा पर्नेछ । हल्काफुल्का साहित्य लेख्ने जमात पनि गम्भीर विधामा आउने संकेत हो यो । अब निबन्धमा पनि लाग है भनेर हरियो झन्डा देखाइएको हो ।
'एक हातको ताली’को हिरो न्याङरुङे कटुवाल एक हातले चिया बनाउँछ र अर्को हातले ताली बजाएर पार्टीलाई सघाउँछ । त्यस पात्रले केलाई संकेत गर्छ ? उसको मनोदशा के हो ?
त्यो यर्थाथ पात्र हो । नेता सिपी मैनालीसँगै पछि लागेर सहर पसेको एउटा कार्यकर्ता हो, न्याङरुङे कटुवाल । सिपी झन्डा हल्लाउँदै महल पसे । तर, देश र राजनीतिलाई माया गर्ने न्याङरुङे एक हातले भएपनि ताली बजाएर राजनीति र नेताहरूलाई स्वागत गरिरह्यो । न्याङरुङे एउटा निर्धो पात्र हो, जो देशका ठूला परिर्वतन टोलाएर हेरिरहन्छ ।
पाठकहरूको भनाइ छ, तपाईंका निबन्ध नबुझिने हुन्छन् । तपाईंका निबन्धमा शब्दहरूको मात्र खेती हुन्छ पनि भन्छन् । शब्दार्थ पहिलो पाइलो हो । शब्दै नबुझीकन भाव कसरी बुझ्ने ?
म ठेला चलाउने, सडकमा बसेर मकै भुट्ने वर्गका लागि कहिल्यै साहित्य लेख्दिनँ । मेरा निबन्ध नबुझिने हुँदैनन् । बौद्धिक वर्गले मेरा निबन्ध बुझ्छन् । निबन्ध त मेरो जिन्दगीको साधना हो । ज्ञानको सिर्जना एकरातमा आउँदैन । ती निबन्ध जन्माउन मैले कयौं रात खर्चिएको छु ।
तपाईं अमेरिकामा दुई वर्ष बस्नुभयो, अमेरिकामा बस्ने नेपालीका दुःख पनि निबन्धमा लेख्नुभएको छ ?
नेपालीका दुःख उस्तै रहेछन् । त्यहाँ नेपाली सुखी छन्, तर खुसी छैनन् । त्यहाँ पनि कुरा काट्ने समाज छ । हेला गर्ने समाज छ । नेपालीहरूलाई समस्या छ भूमि छोड्नुको । जीवन भद्रगोल छ उता । म त रमाउन सकिनँ र फर्किएँ । ती दुःख मैले निबन्धमा लेखेको छु । ती निबन्ध अब प्रकाशित हुनेछन् ।
यदि युवराज नयाँघरे अमेरिकामै रमाएको भए, यी संयोग जुर्थे होलान् ?
अँह, जुर्दैनथो संयोगहरू । म उतै कतै शून्यमा बिलाउँथे होला । उता जीवन छ, तर यान्त्रिक छ । यन्त्रले बनाएको कमारो जीवन होइन रहेछ । हामीलाई त नेपाली शीतमा टेक्नु छ, भैंसीको पिठ्यँुमा चढ्नु छ, गाईको भकारो सुँघ्दै हिँड्नु छ । र, ती सबै नेपालमा मात्रै पाइन्छन् । उता त उराठलाग्दा प्रविधिसँग जिस्किनु मात्र छ ।
तपाईं दैनिक लेख्नुहुन्छ कि कुनै निश्चत समय छ ?
दैनिक त कहाँ लेख्नु ? मेरो योजना वर्षको दुईवटा राम्रो निबन्ध लेख्नु हो । एक शब्दले पनि बीउको काम गर्छ । कुनै ठूलो कुरा चाहिँदैन । लेख्नका लागि वातावरण, परिवेश बनाउन समय लाग्ने रहेछ । लेखकले दैनिक लेख्नहुन्न । अति लेख्नु हानिकारक हो । थोरै सन्तान पाएकी आमा शक्तिशाली हुन्छिन् । र, धेरै सन्तान पाएकी आमा रोगी । त्यसैले लेखक पनि थोरै सन्तानकी आमाजस्तै शक्तिशाली हुनुपर्छ ।
लेखाइमा रुचि कसरी बस्यो ? रुचि बढाउने कोही थिए ?
लेख्नमा म कसैबाट पनि प्रेरित भइनँ । यो त एउटा कला रहेछ । मेरो कलाले बाटो खोजिरहेको रहेछ । गाउँमा भैंसी चराउन जाँदा, रूखका पातहरू हल्लेको देख्दा मेरो मनमा अनेक कुराहरू खेल्थे । म जुरेली कराएको सुनिरहन्थेँ, खोलाको बालुवामा अक्षरहरू लेख्थेँ । बरू लेखाइमा मेरी आमाको केही प्रभाव थियो कि जस्तो लाग्छ । मेरी निरक्षर आमा 'गुणरत्नमाला' गुन्गुनाउनुहुन्थ्यो । त्यो सुनेर पनि रमाइलो लाग्थ्यो । मैले स्कुल पढ्दै विश्व-साहित्यका किताबहरू पढ्न पाएँ, खोलाका सुसाहट र चराका सुसेलीले लेख्नतिर डोर्याए सायद ।
कसरी आउँछन् लेख्ने विषय वा लेख्नेवेला कुनै विशेष तयारी हुन्छ ?
विषय त बादलभित्रका झिल्का रहेछन् । घटनाले छुन्छ अनि लेखिन्छ । मैले सधैं देखिरहेको दृश्यले पनि कतै चिमोटिरहेको हुन्छ । मेरा लेखाइ समाजका चोटहरूको अभिव्यक्ति हो । लेख्न त्यस्तो खासै तयारी हुँदैन ।
तपाइं कथा, कविता कहिल्यै पनि लेख्नुहुन्न, निबन्धमा मात्रै किन यस्तो सम्मोहन ?
निबन्धमा निर्बन्ध हुन पाइन्छ । यो बन्धन नभएको उडान हो । अरू लेखाइमा पात्रसँग अल्भि
mनुपर्ने हुन्छ । स्वतन्त्र हुन पाइन्न । मलाई त्यही स्वतन्त्र उडानले छोयो ।
मदन पुरस्कारको साख जोगाइरहन सक्छु जस्तो लाग्छ ?
यो साख जोगाउन सक्छु । झन् अब मेरो काँधमा जिम्मेवारी थपिएको छ । एउटा लक्ष्य पनि छ, टाढाको । अब अरू पहाड ताकेर हिँड्नु छ । मलाई अरू विधामा फड्को मार्ने मन छ ।
नेपाली साहित्यमा सौन्दर्य कति भेटिन्छ ?
मेरा निबन्धलाई म सौन्दर्यप्रधान बनाउने कोसिसमा रहन्छु । सौन्दर्य मेरा निबन्धका मुटु हुन् । अरू नेपाली साहित्यमा पनि सौन्दर्य हुन्छ । तर, हामीले आफ्नो साहित्यमा जीवनका सौन्दर्य भेट्न सकेनौँ । जीवनका लय र सौन्दर्य ल्याउन सकेनौँ हामीले ।
साहित्यले समाजको चरित्र निर्माण गर्छ कि गर्दैन ?
चरित्र निर्माण गर्ने जिम्मा साहित्यले लिएको छ कि छैन, त्यो नै एउटा प्रश्न छ । चरित्र निर्माण गर्ने अध्यात्मले हो । अराजकहीन समाज निर्माण साहित्यले गर्दैन । ठेक्कापट्टा होइन साहित्य ।
लेखनका कुन विधाले साहित्यको धरातल माथि उठाउँछ ?
आख्यान र गैरआख्यान दुवैले, हाम्रो कला, शिल्प, भाषा माथि उठाउन सक्छ । हाम्रो भाषाको सौन्दर्यले नयाँ पुस्तालाई माथि उठाउन सक्नुपर्छ ।
यहाँ राम्रा समीक्षक छैनन्, लेखाइको कुनै प्रतिक्रिया आउँदैन । लेखकले आफूलाई कसरी सुर्धादै लैजाने ?
पाठक छैनन् भन्न मिल्दैन । बरू लेखकले मिहिनेत गरेका छैनन् । समीक्षकको अभाव छ । आफ्नो लेखाइ सुर्धान नैतिकता चाहियो । लेखक इमानदार हुनुपर्यो ।
निबन्धहरूका रचनागर्भ के हुन् ?
समाजका विसंगति हुन मेरा निबन्धहरू । कसैले पनि सम्बोधन नगरेको विषयलाई निबन्धमा लेखेँ । राजनीतिले उपेक्षा गरेको, संस्कृतिले छिःछि, दुर्दुर गरेको दुनियाँ मेरो निबन्धमा लेखेको हुँ ।
Friday, September 4, 2009
ब्रिटेन युद्धताका एक युवतीको प्रेमकथा
त्यतिवेला म अठार वर्षकी थिएँ । सन् १९४० को गर्मी महिनाको एक दिन म घरमा कुचो लगाइरहेकी थिएँ । झ्यालबाट मैले उसलाई सडकमा हिँडिरहेको देखेँ । ऊ अर्थात् एल्फ अर्थात् मेरो सपनाको राजकुमार । म उसलाई देख्यो कि ट्वाल्ल परेर हेर्थेँ । तर, उसका अगाडि पर्ने र बोल्ने हिम्मत हुँदैनथ्यो । त्यतिवेलाको लन्डनमा युवतीहरू यस्तै हुन्थे । लज्जालु र डराउने ! अहिले त पहिलो भेटको पहिलो मिनेटमै 'आई लभ यू' भन्न बेर मान्दैनन् ठिटाठिटीहरू । अझ कोहीकोही त चुम्बन गर्न पनि पछि पर्दैनन् पहिलो भेटमै ।
त्यस दिन पनि उसलाई आँखाबाट ओझेल नहुन्जेल हेरिरहेँ । उसप्रति यस्तरी माया उम्लेर आउँथ्यो कि हुने भए म उसका कदममा छताछुल्ल पोखिन्थेँ होला । तर, त्यसै दिन मेरो प्रेमको दुनियाँ जलेर खरानी भयो...।
ऊ गएको दस मिनेटजति पछि फेरि बाटोमा देखियो । तर, यसपटक उसको पाखुरामा एन्जी झुलिरहेकी थिई । ऊ मस्की मस्की कुरा गरिरहेकी थिई । हे भगवान् ! यो एन्जी भन्ने डन्किनीले मेरो सपनाको राजकुमारलाई खोसी ! मेरा आँखा यसै यसै भरिएर आए । मलाई भाउन्न हुन थाल्यो । एन्जी र म एउटै स्कुलमा पढ्थ्यौँ । मलाई एन्जी फिटिक्कै मन पर्दैनथ्यो । चकचक गरिरहनुपर्ने, फतर फतर बोलिरहनुपर्ने एन्जी स्कुलमा बद्नाम थिई । तेह्र/चौध वर्षको उमेरदेखि नै ऊ स्कुलका बढी उमेरका केटाहरूसित लठारेर हिँड्थी । कतिपटक मेरो नोटबुक चोरेकी थिई यसले । र, आज मेरो प्रेममा लामो हात गरी यसले । कुकुर्नी !
यसै वर्ष ब्याटल अफ बि्रटेन सुरु भयो । र, हाम्रा दुर्दिन सुरु भए ।
ब्याटल अफ बि्रटेन जर्मन एयर फोर्सले बि्रटेनविरुद्ध गरेको हवाई हमला हो । बि्रटेनको रोयल एयर फोर्सभन्दा जर्मन एयर फोर्स उत्कृष्ट छ भन्ने सावित गर्न जर्मनीले बि्रटेनमाथि हवाई हमला गरेको थियो ।
हवाई हमलाको संकेत दिने साइरन बज्नासाथ हामी हवाई हमला हुँदा लुक्न बनाइएका सार्वजनिक सुरक्षास्थल, पब्लिक एयर रेड सेल्टरतिर कुदिहाल्थ्यौँ । मान्छेहरू सेल्टरतिर भेडाबाख्राझैं बुर्कुसी मारेर कुद्थे । म र मेरी आमा पनि कुद्थ्यौँ । कहिलेकाहीँ त रातरातभरि सेल्टरमा बस्नु पर्थ्यो । अरूवेला भने दुई/तीन घन्टासम्म सेल्टरमा बसिन्थ्यो । एक रात दुई बजेतिर हामी सेल्टरबाट घर फर्किंदै थियौँ । तर, बाटोमा त यौटा विस्फोट नभएको बम तेर्सिएको रहेछ । त्यस रात हामी आमा-छोरी छिमेकीका घरमा बस्यौँ ।
सेल्टरमा हाम्रो बेहाल थियो । मैले बि्रटिस जनतालाई यति दयनीय कहिल्यै देखेकी थिइनँ । सेल्टर दुई तखता भएको दराजजस्तो ठाउँ हुन्थ्यो । माथ्लो तखतामा पुरुष बस्थे भने तल्लो तखतामा महिला । सेल्टरमा चर्पी या नुहाइधुवाइ गर्ने ठाउँ हुँदैनथे । भाँडाकुँडा माझ्ने सानो ठाउँ भने हुन्थ्यो । त्यहाँ नुहाउन सकिँदैनथ्यो किनभने त्यो ठाउँ ह्वांगै थियो । हामी तीन सातासम्म एउटै लुगा लगाउँथ्यौँ ।
एक दिन सेल्टरमा बसेका वेला आमाले 'लुगा नफेरी भएन, असाध्यै मैलो भयो' भन्नुभयो । तर, सेल्टरका व्यवस्थापकले कसैलाई घर जान दिँदैनथे । ऊ चिया खान गएको मौका छोपी हामी गुपचुप तरिकाले आफ्नो घरभित्र पस्यौँ । अँध्यारोमा जब आमाले आफ्नो भित्री लुगा खोलिन्, पूरै कोठा ह्वास्स गनायो । मैले झन्डै वान्ता गरेकी ! आमाले हतार हतार लुगा फेर्नुभयो । हामी घरबाहिर निक्लनै लागेका थियौँ, कि अचानक हामीलाई घरमा केही गडबड भएको छ भन्ने लाग्यो । चोटामा उक्लेर हेरेको त हाम्रो टाउकोमाथि खुल्ला आकाश थियो ! बमबारीमा परेर घरको छानो उडेको थियो । बचेखुचेका बोक्न सक्ने चीजबीज त लानै पर्यो भनेर हामी घरभित्र यताउति गर्न थाल्यौँ । घरभित्र घर थिएन, घरको भग्नावशेष मात्र थियो । दराजका घर्रासमेत काँचका टुक्राले भरिएका थिए ।
भोलिपल्ट मेरा दाइ हामी बसेको छिमेकीको घरमा आए । उनी पुलिस थिए । हाम्रो हालत देखेर असाध्यै दुःखी भए उनी । दाइले हामीलाई मेल्टन मोब्रे पठाउने व्यवस्था मिलाए । हवाई हमलाको खतरामा रहेका बस्ती उठाएर मेल्टन मोब्रेमा सारिन्थ्यो । त्यहाँ मेरी भाउजू र भतिजी पनि थिए । यसरी हामी लन्डनबाट मेल्टन मोब्रे पुग्यौँ । भाउजू हामी आएकाले गद्गद् थिइन् ।
मैले ग्रान्थममा रहेको एक हतियार कारखानामा काम पाएँ । हिस्पानो भनिने बन्दुक बनाउनु मेरो काम थियो । पहिलो दिन कारखानामा मलाई ठुल्ठूला मेसिन चलाउनेबारेमा एक घन्टाजति प्रशिक्षण दिइयो । बेलुका काम सकिएपछि आफ्नो कार्डमा हाजिरी चिह्न लगाई माग्नु पर्थ्यो। यसका लागि मैले हाजिरी चिह्न लगाउने कर्मचारीको कोठाको झ्यालमा टकटक गरेँ । झ्याल खोलियो र झ्याल खोल्ने मान्छे थियो- उही मेरो सपनाको राजकुमार ! मेरो मुटु भट्याक-भट्याक हल्लिरहेको थियो । म थर्थरी कामिरहेकी थिएँ । उसलाई यसरी यहाँ भेटुँला भनेर मैले कल्पनासम्म गरेकी थिइनँ । म असाध्यै खुसी भएकी थिएँ । तर, मैले झल्याँस सम्झेँ कि ऊ त एन्जीको पे्रमी पो हो त ! उसले मेरो कार्डमा हाजिरी चिह्न लगाउँदै गर्दा मैले सोधेछु, 'तिम्री प्रेमिका एन्जीको हालखबर के छ नि ?' प्रश्न गर्न नपाउँदै उसले रिसाएको जस्तो गरेर भन्यो, 'के को प्रेमिका नि ? त्यो धोकेवाजलाई मैले उहिल्यै छोड्दिसकेँ । उसले एकैपटक दुईजनासित प्रेम गरेकी रहिछ ।' अब उसलाई मैले प्राप्त गर्ने सम्भावना बलियो भएर देखापर्यो ।
तर, त्यस कारखानामा सयजना जति महिला कामदार थिए । उनीहरू सबै ऊ भनेपछि मरिहत्ते गर्थे । लन्डनमा एक एन्जी थिई भने यहाँ एक सय एन्जी थिए ।
तर, हरेकपटक मेरो कार्डमा चिनो लगाउँदा उसको अनुहार रातो हुन्थ्यो । केही बोल्न, केही बताउन या केही व्यक्त गर्न खोजेझैं देखिन्थे उसका आँखा ।
हामी बिहानदेखि साँझ नपरुन्जेल काम गर्थ्यो । एक साँझ हाजिरी चिनो लगाउन गएका वेला उसले 'भोलि हामी सिनेमा हेर्न जाऔँ न' भन्यो । मैले नाइँ भन्ने कुरै थिएन ।
सिनेमाको नाम थियो- वान हन्ड्रेड मेन एन्ड अ गर्ल । डिएना डर्बिनको पहिलो फिल्म थियो त्यो । उनी गजबकी अभिनेत्री थिइन् । सुन्दर र सान्दार । हामीले सिनेमाको भरपुर आनन्द लियौँ । त्यस दिन मैले धोको फुकाएर कुरा गरेँ । उसले पनि आफ्नो बारेमा धेरै थोक बतायो । उसले आफू कारखानाका कुनै पनि महिला त के, संसारका कुनै पनि महिलासँग प्रेम गर्न नसक्ने बतायो । उसले भन्यो, 'म तिमीलाई चाहन्छु ।'
यसरी सुरु भयो युद्धकालमा हाम्रो पिरती ।
त्यसको केही महिनापछि हामीले बिहे गर्ने निधो गर्यौँ । एल्फले लाइसेस्टरमा मलाई स्वयंवरेऔंठी लगाइदियो । म उन्नाईस लागेकी थिएँ । बिहे त गर्ने नै भन्यौँ हामीले, तर बिहेको विधि पुर्याउन चाहिने सरसामग्रीको एकदम अभाव थियो । कतैबाट अलिकति रेसमी कपडा ल्याइयो र अड्कोपड्को तेलको धुप गरेर बेहलीको पहिरन तयार गरियो । मेरो दाजुसित क्यामेरा थियो । फोटो खिच्ने जिम्मा उनले लिए । आमा र मैले चिनी र अन्डाको जोहो गर्न सुरु गरेका थियाँै विवाहको केकका लागि । विवाहको दिन मैले त बिदा पाएँ, तर एल्फले भने आधा दिनको मात्रै बिदा पाए । हाम्रो विवाह भव्य रूपले सम्पन्न भयो । यस अर्थमा भव्य होइन कि हामीले बढी तामझाम गरेका थियौँ । यस अर्थमा भव्य कि युद्धकालमा पिरती सफल भएको थियो ।
gkcbinodbikram@gmail.com
Thursday, August 6, 2009
मेरो अनुरोध कसैले सुनेन

एउटा मान्छेले जीवनमा सामान्यतया एउटै राष्ट्रिय गान गाउँछ । ऐतिहासिक परिवर्तनको घुम्तीवरिपरि बाँच्ने ज्यानले दुईटा गाउने अवसर पाउन सक्छ, अहिलेको नेपाली पुस्ताले जस्तै । तर, अम्बर गुरुङले भने एउटै जीवनमा चार-चारवटा राष्ट्रिय गान गाए । दार्जिलिङमा जन्मे-हुर्केका अम्बरले भारतमा बि्रटिस उपनिवेश रहँदा थोमस अर्गस्टिन आर्नेले कम्पोज गरेको बेलायती गान 'गड सेभ आवर ग्रासियस क्विन...' गाए, भारत स्वतन्त्र भएपछि रवीन्द्रनाथ टैगोरको 'जन गण मन...' गाए । दार्जिलिङको सरकारी जागिर छाडेर नेपाल फर्केपछि बखतवीर बुढापिर्थीले तयार पारेको धुनमा चक्रपाणि चालिसेका शब्द 'श्रीमान् गम्भीर नेपाली...' मा उनले स्वर मिलाउन थाले ।
अम्बर गुरुङलाई लागेको थियो, राष्ट्रिय गानका रूपमा यही 'श्रीमान् गम्भीर नेपाली' गाउँदा-गाउँदै एकबारको जुनी जानेछ । तर, जीवनमा कहिल्यै नसोचेको सन्जोग आयो उनीसामु । त्यो हो, आफूले गाउने राष्ट्रिय गानको धुन आफैँ सिर्जना गर्ने । हुन त, अम्बरलाई नेपालमा निम्ता गरेर ल्याएको राजा महेन्द्रले हो । (नेपाल आगमनपछि नेपाली गीत-संगीतमा उनको विशिष्ट योगदान पनि पुग्यो) तर, गुरुङलाई नयाँ राष्ट्रिय गानको धुन सिर्जना गर्न राजाले नै त के दिन्थे र ? जनयुद्ध र जनआन्दोलनको आँधीले राजतन्त्र गल्र्यामगुर्लुम पारेपछि मात्रै अम्बरले त्यो महान् अवसर पाए । नीति-नियममा हेरफेर भयो, शासन-प्रशासन बदलियो । त्यही क्रममा सरकारले राजाको स्तुतिको सट्टा नयाँ राष्ट्रिय गान चयन गर्यो । छानिएको व्याकुल माइलाको गीत 'सयौँ थुँगा फूलका हामी...' का लागि अम्बरले नै धुन सिर्जना गरे । अहिले औपचारिक कार्यक्रममा उनी आफैँले तयार पारेको त्यही राष्ट्रिय धुन गुनगुनाउँछन् । 'आफैँले राष्ट्रिय धुन बनाउनुपर्ला भनेर मैले सोचेकै थिइनँ,' अम्बरले भने, 'देशमा यस्तो परिवर्तन होला भनेर नेताहरूले त कल्पना गरेका थिएनन्, मैले कसरी कल्पना गर्नु ?
राष्ट्रिय धुनको आयु
कल्पना नगरे पनि अम्बर गुरुङ राष्ट्रिय धुनका सर्जक भएका छन् । उनले राष्ट्रिय धुन सिर्जना गर्नुअघि नेपालकै अघिल्ला धुन र अरू मुलुकका राष्ट्रिय धुनबारे पनि अध्ययन गरे । राजदूतावासका कार्यक्रमहरूमा, विदेश गएको मौकामा र आफ्नै खोजीमा उनले अरू देशका राष्ट्रिय गान सुनेका थिए । नेपालकै पुरानो धुनको पनि उनले अध्ययन गरे । राणाकालमा नेपालमा अंग्रेजहरूकै राष्ट्रिय धुन बजाइन्थ्यो । अंग्रेजहरूको सम्मानमा उनीहरूकै धुन बजाउने चलन थियो । 'धुन त आफ्नै हुनुपर्छ,' त्यतिबेला अंग्रेजहरूले नै टिप्पणी गरे । अनि, मात्रै तत्कालीन शाही सेनाका ब्यान्डमास्टर बखतवीर बुढापिर्थीको धुन तयार भयो, जसमा पछि चक्रपाणि चालिसेले शब्द लेखे । 'कसैले बुढापिर्थीले तयार पारेको भन्छन्, कसैले यन पाठानले हो भन्छन्,' गुरुङले भने, 'तर, अंग्रेजको धुनको सट्टा नेपाली धुन नै हुनुपर्छ भनेर त्यो तयार पारिएको थियो ।' राष्ट्रिय गान वा धुन परिस्थितिले बदल्छ भन्ने लाग्छ गुरुङलाई । उनलाई थाहा छ, एउटा परिस्थितिले 'श्रीमान् गम्भीर..' जन्म्यो । अर्को परिस्थितिले त्यसैलाई हटाइदियो । देशको राजनीतिक परिवर्तनले राष्ट्रिय गानमा परिवर्तन गरिदियो । नबदलिने राष्ट्रिय गान बनाउन सकिन्छ कि सकिँदैन ? संगीतकारसँग त्यस्तो आइडिया पनि त हुन सक्छ ! 'नबदलिने राष्ट्रिय गान भन्ने हुँदैन,' गुरुङले ढुक्कैसित भने, 'अहिलेको राष्ट्रिय धुन पनि फेरिन सक्छ ।' आफैँले तयार पारेको धुनप्रति पनि उनको अविश्वास रहेछ ।
त्यसो भए, अहिलेको राष्ट्रिय गान कहिले र कस्तो अवस्थामा फेरिन्छ त ? 'देशको परिस्थिति फेरियो भने यो फेरिन्छ । अहिलेको जस्तो राजनीतिक व्यवस्था रहेन भने यो गान पनि रहन्न,' उनले भने, 'देशमा कम्युनिस्ट व्यवस्था आयो भने कम्युनिस्ट गान नै बनाउँछन्, यो गान र धुन फेरिन्छ ।'
राष्ट्रिय धुनका विशेषता
पञ्चायतकालमा देशभक्तिका भाव भएका गीतलाई रेडियोमा राष्ट्रिय गीत भनेर बजाइन्थ्यो । त्यो अम्बर गुरुङलाई चित्त बुझेको थिएन । उनले तत्कालीन प्रशासकसँग अनुरोध पनि गरे, 'यी गीतलाई राष्ट्रिय गीत होइन, देशभक्तिपूर्ण गीत भन्नुपर्छ । के यी गीतबाहेक अरू सबै अराष्ट्रिय गीत हुन् त ?' तर उनको आग्रहलाई कसैले टेरपुच्छर लगाएन । धेरै पछि मात्रै त्यस्ता गीतलाई देशभक्ति गीत वा स्वदेश-गान भन्न थालियो । त्यतिबेलादेखि नै उनलाई राष्ट्रिय गानप्रति चासो बढेको थियो । अहिले उनीसित राष्ट्रिय गानको विशेषताबारे लामो अध्ययन र आफ्नै अनुभव छ । 'राष्ट्रिय गान त छोटो पनि हुनुपर्यो, सरल पनि हुनुपर्यो, सबैले सजिलै गाउन सक्ने पनि हुनुपर्यो,' अम्बरले भने, 'हाई स्केल हुन पनि भएन, लो स्केल हुन पनि भएन । बूढाबूढीदेखि केटाकेटीसम्मले गाउन सक्ने हुनुपर्छ । हाम्रो संस्कृति पनि झल्कनुपर्यो ।' अम्बरले भन्दै गए, 'राष्ट्रिय गानमा विचार र भावनाको संयोजन हुनुपर्छ, हाम्रो गौरवगाथा हुनुपर्छ, आफैँ मनन गर्न मिल्ने खालको हुनुपर्छ ।' र, उनले फेरि त्यही दोहोर्याए, 'मुख्य कुरो सबैले सजिलै गाउन सक्ने खालको हुनुपर्छ ।'
अम्बरले आफैँले धुन सिर्जना गर्दा के-के कुरामा ख्याल पुर्याए त ? 'मलाई धुन बनाउन सरकारले जम्मा ४५ दिन दिएको थियो । मैले यो धुन हर्ष, पर्व, शोक, संकट सबै राष्ट्रिय घटना वा अवसरमा बजाउन मिल्ने हुनुपर्छ भन्नेतिर ख्याल पुर्याएँ । यो अहिलेको धुन राष्ट्रिय शोकमा बिस्तारै बजाउन मिल्छ ।' अधिकांश देशका राष्ट्रिय धुनहरू सेना वा प्रहरीले ब्यान्डमा बजाउने खालका छन् । अम्बरले भने नेपालकै अघिल्लो राष्ट्रिय धुनभन्दा फरक खालको सिर्जना गरेका छन् । भने, 'हलुका शास्त्रीयपन र वीररसको रागमा आधारित छ यो अहिलेको धुन ।'
धुन सिर्जना प्रक्रिया
आन्दोलन सफल भएपछिको सरकारले पुरानो राष्ट्रिय गान खारेज गरेपछि नयाँ राष्ट्रिय गान बन्ने भयो । सरकारका अधिकारीले कवि/लेखकलाई 'ल, तपाईंहरू मिलेर दिनुस्' भने । त्यसरी कुरा मिलेन । अनि, सरकारले कविहरूलाई आ-आफ्ना गीत बुझाउन आवेदन डाक्यो । प्रतिस्पर्धाबाट छनोट गर्ने कुरा आएपछि धेरैले सहभागिता जनाएनन् । 'त्यसो गर्दा आफ्नो गीत छनोटमा परेन भने वरिष्ठ कवि-लेखकलाई आत्मग्लानि र अपमानबोध हुन्थ्यो,' राष्ट्रिय गान छनोट समितिका सदस्यसमेत रहेका अम्बरले भने, 'त्यही भएर धेरै राम्रा-राम्रा गीतकार/कविले नै गीत बुझाएनन् ।'
पछि १२ सयभन्दा बेसी गीत आए र त्यसपछि अम्बर गुरुङसहितको समितिले व्याकुल माइलाको 'सयौँ थुँगा फूलका हामी' छान्यो । 'मलाई त्यो गीत कसको भन्ने थाहा थिएन,' अम्बरले भने, 'तर, गीत विवादमा आयो ।' कतिले त गीत स्तरीय र सुललित नै छैन पनि भनेका थिए । अम्बरलाई पनि त्यस्तै लागेको थियो कि ? 'मैले त खै के भन्ने ? त्यो त हामी आफैँले छनोट गरेको थियौँ । छनोट भनेको त्यहाँ जस्ता गीत आए, तिनैबीच छान्ने न हो,' उनले प्रतिप्रश्न गरे, 'मैले त जस्तो गीत दिए पनि धुन बनाउनुपथ्र्यो । त्यो अब व्याकुलको भाग्यमा लेखेको रहेछ भन्नुस् न ।' अम्बरले अहिलेको गीतको भाव, गीति-संरचना र मर्मको कुनै प्रशंसा गरेनन् । उनी छनोट समितिमा रहँदा 'अम्बरले आफ्नै संगीतको 'रातो र चन्द्र सूर्य' गीत राष्ट्रिय गानमा राख्छ भन्दै बाहिर खुबै कुरा काटिए । 'मैले किन आफ्नै गीत राख्थेँ र ? मैले त प्रस्टै भनेको थिएँ, त्यस गीतको संगीतले हुँदैन, शब्दचाहिँ हुनसक्छ । वास्तवमा भन्ने हो भने त्यो जति राम्रो राष्ट्रिय भावनाको गीत त मैले अर्को देखेकै छैन ।'
छानिएको गीतमाथि धुन बनाउने जिम्मा पहिले नेपाली सेना र प्रहरीलाई दिइयो । यो अम्बरलाई थाहा थिएन । पछि सरकारी अधिकारीले नै अम्बरलाई पनि धुन बनाउनू भने । संस्कृतिविद् सत्यमोहन जोशीले पनि अम्बरलाई धुन तपाईंले नै बनाउनुपर्छ भनेर अनुरोध गरे । 'मैले बनाएको धुन सबैले मान्ने हो भने बनाउँछु, नत्र विवाद गर्ने वा पछि नराख्ने हो भने बनाउँदिनँ भनेँ,' उनले भने, 'तर, मलाई अम्बरले अहम् देखायो भनेर आलोचना र विरोध पनि गरियो । राष्ट्रिय गानको धुन सिर्जना गर्न पाउनु मेरा लागि पनि ऐतिहासिक र महान् अवसर थियो ।' त्यसपछि फेरि तत्कालीन संस्कृतिमन्त्रीले तपाईंले नै बनाइदिनुपर्छ भनेर अनुरोध गरे । अम्बरले आफूले धुन बनाउने हो भने त्यसको क्राइटेरिया के हो ? सुविधा/पारिश्रमिक के कसो हुने हो भनेर सरकारलाई सोधे । 'सरकारले मलाई एस्टिमेट बुझाउनू भन्यो । त्यसपछि मात्रै मैले राष्ट्रिय धुन बनाउने काम सुरु गरेँ ।'
त्यतिबेला सरकारले अम्बर गुरुङलाई तीनवटा भिन्दा-भिन्दै धुन बनाउन भन्यो । उनलाई गीत तीनवटै धुनमा राखिनेछ भनियो । 'उनीहरूले तीनवटा धुन तयार पार्दा लाग्ने प्राविधिक खर्च, वाद्यवादकको पारिश्रमिक, गायकगायिकाको पारिश्रमिक र तपाईंको पारिश्रमिक सबै दिन्छौँ भनेका थिए,' अम्बरले भने, 'त्यसपछि मैले तीनवटै धुन बनाएँ । तीनवटा धुन छनोट गर्नुअघि मैले १२ वटा धुनको तयारी गरेको थिएँ, म त्यसबेला बिरामी पनि परेँ । अन्तिमका तीन धुन मैले मेरा साथीहरू, साहित्यकार, बुद्धिजीवीलाई बोलाएर सुनाएँ । सरकारका प्रतिनिधिले पनि सुने । र, अब हामीले छनोट गर्छौं भनेर लिएर गए ।' धुन लगिसकेपछि अम्बरले कुनै पारिश्रमिकको माग गरेनन् । सरकारले आफैँ निर्णय गरेर व्याकुल माइला र अम्बरलाई पाँच-पाँच लाख रुपैयाँ पुरस्कार दियो । र, त्यही धुन अहिले नेपाली जनमनमा लछप्पै भिजेको छ, जुन धुनले चीनको ओलम्पिकमा पनि विश्वभरिमै नवौँ स्थान हासिल गरेको थियो ।
आफूले छानेका तीनवटा धुन सरकारलाई बुझाएपछि अम्बर गुरुङलाई लागेको थियो, अब सरकारले विशेषज्ञद्वारा अध्ययन गराएर धुन छनोट गर्नेछ । तर, त्यसो भएन । मन्त्रीहरूले आफैँ सुनेछन् र यही ठीक भनेर निर्णय गरिदिएछन् । 'उनीहरूलाई संगीतको शास्त्रबारे के थाहा ?' अम्बरले दुःख मान्दै भने, 'मन्त्रीहरूमा संगीतविज्ञ कोही थिएनन् । गिरिजाप्रसादले यही धुन ठीक छ भन्नुभएछ, अनि त्यही छानेछन् ।' अम्बरलाई चाहिँ कुन राम्रो लागेको थियो ? अहिलेको धुनभन्दा अरू अझ राम्रा पो थिए कि ! 'म त आफ्नै सिर्जनालाई यो राम्रो र त्यो खराब कसरी भनौँ ? तर, अरू बाँकी धुन पनि मलाई धेरै राम्रा लागेका थिए । मैले त्यत्रो मिहिनेत गरेर तयार पारेको थिएँ । तर, हचुवामा अध्ययनै नगरी छनोट गर्ने तरिका मलाई मन परेन,' उनले भने ।
गीत र धुन तयार भइसकेपछि अम्बर गुरुङको अर्को चाहना पनि थियो- राष्ट्रिय गानको पहिलो प्रस्तुति भव्य रूपमा गर्ने । बानेश्वरको अन्तर्राष्ट्रिय सम्मेलनकेन्द्रको ठूलो हलमा विद्यार्थी, प्राध्यापक, नेता, मन्त्री, कर्मचारी, प्रहरी, सेना सबैलाई एकैचोटि गाउन लगाउने र सारंगी, पियानो, बाँसुरी, भ्वायलिन, गितार आदि सबै बाजामा एकैचोटि बजाएर उद्घाटन गर्नुपर्छ भनेर उनले अनुरोध पनि गरेका थिए । 'तर, मेरो अनुरोध कसैले सुनेन,' गुरुङले गुनासो गरे, 'अब भइहाल्यो भने, कसैले पनि मेरो कुरा टेरेनन् ।'
अम्बर गुरुङ राष्ट्रिय धुनका सर्जक मात्रै होइनन्, नेपाली सुगम संगीतको इतिहासमा उनको झन्डै आधा शताब्दी लामो योगदानको बेग्लै उचाइ छ । दार्जिलिङबाट 'नौलाख तारा' गाउँदै सुरु गरेको सांगीतिक यात्रामा उनले सयौँ गीतमा संगीत दिइसकेका छन् । दर्जनौँ गीत आफैँ लेखेका छन् र दर्जनौँमा आपै
"m स्वर भरेका छन् । देशले अम्बरको योगदान पाएको छ । अम्बरले चाहिँ यो देशबाट के पाए ? 'म त यो देशको ऋणी छु,' उनले देशसँग गुनासो गरेनन् । सरकारबाट केही अपेक्षा बाँकी पो छ कि ! उनले भने, 'नेपाल र नेपालबाहिरका सारा नेपालीहरूको यो अपार माया पाएर म औधि खुसी छु । जनताकै तहबाट खुसी छु, राज्यको के कुरा !'
जनस्तरबाट पाएको प्यारले पुलकित भएका अम्बर अहिले पनि संगीत सिर्जनामा व्यस्त छन् । आफ्नो समयका स्रस्टा शंकर लामिछाने, भूपि शेरचन, हरिभक्त कटुवाल भएको भए राष्ट्रिय गान पनि कति गम्भीर र भावपूर्ण लेखिँदो हो भनेर उनी कल्पना गर्छन् । तर, उनीसित आफ्नो जमाना पनि छैन, नयाँ राष्ट्रिय धुन सुन्नलाई समकालीन साथीहरू पनि छैनन् । युग नयाँ छ, रीतिथिति नयाँ छ र रेडियो-टेलिभिजनमा प्रत्येक दिन बज्ने आफैँले सिर्जेको राष्ट्रिय धुन पनि नयाँ छ ।
सङ्गीतस्रोता
sangeet.srota@gmail.com
एउटा युग, एउटा इतिहास

अशेष मल्ल
अहिलेझैँ थिएन, त्यसबेलाको साहित्यिक वातावरण । एउटा कविले अर्को कविलाई नचिन्ने प्रश्नै उठ्दैनथ्यो । थोरै जनसंख्या, थोरै साहित्यकार सायद एउटै परविारझैँ लाग्थ्यो । मैले काठमाडौँ प्रवेश गरेको त्यो '३० को प्रारम्भिक वर्ष । भूपीका विद्राेही कविताहरू, सरल र सम्प्रेषणीय कविताको एउटा धार अनि मोहन कोइराला प्रवृत्तिको अर्को धार । '३० को प्रारम्भिक वर्ष जब हामी युवा कविहरू कवितामा सक्रिय हुन खोजिरहेका थियौँ, हामीलाई भूपीको धारले छोयो । तत्कालीन पञ्चायती प्रणालीले उब्याएको विद्रोही भाव, केवल त्यही असन्तोष, पीडा र सकसले निम्त्याएका अनुभूतिहरू कविताका विषय हुन्थे । अमूर्त प्रस्तुतिभन्दा अलि भिन्नै हाम्रा कविताका प्रस्तुतिहरूले हामीलाई ह्वात्तै परििचत गरायो तत्कालीन साहित्यिक माहोलमा । लगातारको साहित्यिक जमघटले लाग्थ्यो, एउटा सिंगो परविार थियो साहित्यकारहरूको । र, अहिले सम्झन्छु, कवि केदारमान व्यथित जो त्यसबेला हाम्रालागि कविताको सिंगो हिमाल थिए । जीवन्त व्यक्तित्व उनका कविताका मूल्यांकन गर्ने समालोचकहरू छन्, मेरो विषय त्यो होइन । अहिले मैले सम्झन खोजेको प्रसंग बेग्लै छ । बेग्लै यस अर्थमा कि उनी त्यसबेलाका हामीजस्ता युवा कविहरूका लागि एउटा बलियो प्रेरणा दिने व्यक्तित्वका रूपमा चिनिन्थे । अनायास उनलाई नै सम्झनु पर्ने कारण अनेक छन् । हामी सबैले बिर्सियौँ त्यो पुस्तालाई । एउटा कविले अर्को कविलाई चिन्न नसकिएको वर्तमान कविका लामो सूचीमा कसले कसलाई चिन्ने ? कसले कसलाई सम्झने ? एउटा पुस्तक छापिँदा चर्चाको शिखर चुम्ने त्यसबेला सायद थोरै साहित्यकार हुनु मात्रै कारक तत्त्व पक्कै थिएन । एकअर्काप्रतिको सम्मान भाव र अग्रजप्रति पछिल्लो पुस्ताको आस्था पनि त्यत्तिकै कारण थियो । केदारमान व्यथित त्यसमाथि त्यस्ता कवि थिए, जो आफूपछिका सर्जकहरूलाई माया मात्रै होइन, स्वयं सम्मान गर्थे । आफूपछिका पुस्ता, खासगरी युवा पुस्तालाई अग्रजले पनि सम्मान गर्नुपर्छ भन्ने मैले दुई जना मेरा अग्रज कविहरूबाट सिकेँ, ती हुन् केदारमान व्यथित र कवि वासु शशि । यी दुई कविहरूको सानिध्यले मलाई धेरै कुरा सिकाएको छ । अहिले कवि केदारमान व्यथितका प्रसंगहरू लेख्ने जमर्को गर्दैछु । केदारमान व्यथित, जसलाई मैले '३० कै प्रारम्भमा भेट्न पाएँ । त्यसबेला वृद्धावस्थातिर उक्लिरहेका उनको शारीरकि व्यक्तित्व नै प्रभावशाली लाग्थ्यो । उनको कविता वाचन प्रस्तुतिकलाले श्रोताहरू स्तब्ध हुन्थे । जब उभिन्थे मञ्चमा कविता वाचनका लागि, त्यो वृद्धावस्थामा पनि उनी कण्ठस्थ वाचन गर्थे । धाराप्रवाह कविता वाचन गर्ने उनको कला अद्भुत थियो । जब केही बोल्थे, मानौँ कवितै वाचन गररिहेजस्तो । उनी निडर थिए, पञ्चायतको उत्कर्ष कालमा पनि प्रशासन, मन्त्री वा सत्ता पक्षका जमेर आलोचना गर्थे । चाँदनी शाहका कमजोर कविताहरूका अतिशयोक्ति प्रशंसा गर्नेहरूको त्यो समयमा कैयौँपटक गोष्ठी, सभाहरूमा व्यथितले भनेको सुनेको छु, 'पारजिातले जस्तो लेख्न अझै धेरै सिक्नु छ चाँदनी शाहले ।' राजपरविारका सदस्यलाई यति मात्रै पनि भन्नु वास्तवमै साहसै चाहिन्थ्यो, त्यसबेला । हुन त भन्नेहरू भन्थे व्यथितलाई पञ्चायतकै पक्षधर हुन् भनेर । भन्थे, राजपरविारकै आशीर्वाद रहेका प्रसंगहरू । पञ्चायतीकालमै शिक्षा र गृहमन्त्री भइसकेका पनि हुन् उनी । महेन्द्रले प्रज्ञा-प्रतिष्ठानको पहिलो कुलपति पनि नबनाएका होइनन् ।तर, मैले उनीसँगको सानिध्यमा राजाको गुनगान वा पञ्चायतका गन्धहरू कहिल्यै अनुभव गरनिँ । उनको विगतसँग म सायद परििचत थिइनँ । मैले भेटेको कवि व्यथित '३० को दशकतिर जतिबेला म देख्थेँ, उनको निडरता । साहित्यप्रतिको उनको लगाव र साहित्यकारहरूका लागि खुलेरै लाग्ने प्रवृत्ति । वृद्धावस्थाका दिनहरूमा पनि उनको लेखन कहिल्यै निष्त्रिmय भएन । लेखनको निरन्तरता एउटा सबल पक्ष त छँदै थियो तर उनी केवल लेखेरै मात्रै सन्तोष मान्दैनथे । उनमा एउटा अद्भुत सांगठनिक गुण थियो । कविका पक्षमा वकालत गर्ने, कविहरूको निरन्तर भेला गराउने । उनको घर स्वयं एउटा काव्यिक थलो लाग्थ्यो । निरन्तरको काव्यिक भेला खासगरी युवा कविहरूको जमघट । अरू कविहरू आफ्ना कविता सुनाउन आतुर हुन्छन् तर कवि व्यथित अरूका कविता सुन्न आतुर हुन्थे । कवि व्यथितको उत्तरार्द्ध कवितै कवितामा बितेको देखेँ मैले ।अहिले पुस्ता-पुस्ताबीच खाडलझैँको स्िथति छ साहित्यमा । सायद संख्यात्मक दृष्टिले धेरै साहित्यकर्मीहरू जन्मिसकेका छन् । पुस्तक विमोचन नभएको कुनै दिन छैन । पुस्तक प्रकाशनको भीड छ अहिले । पढेर भ्याइनसक्नु पुस्तकहरू छन् अहिले । फाट्टफुट्ट छापिनुको त्यसबेला रूपरेखाले धानेको थियो । मधुपर्क, गरिमा क्रमशः झाँगिँदै गए । थोरै प्रकाशन, धेरै चर्चा सायद स्वाभाविक पनि हो । अहिलेको जस्तो विद्युतीय सञ्चारमाध्यमको भीड पनि त थिएन । अहिलेजस्तो महँगीको भीड पनि त थिएन । जीवनको दौडधुप र व्यग्रता पनि त थिएन तथापि केदारमान व्यथितजस्ता व्यक्तित्व नहुँदा हुन् त त्यसबेला पनि त्यो गोलबद्ध र पारविारकि स्िथति कहाँ हुन्थ्यो र ! त्यसबेला पनि त व्यथितकै समकालीन कविहरू एक्लै रमाउन चाहन्थे । कवि व्यथित तर तीभन्दा भिन्दै थिए । सायद साहित्यकै अभिभावक । यसो हुनुमा अग्रजप्रतिको सम्मानभाव त पक्कै जरुरी छ तर जरुरी छ, आफूमुनिका पुस्ताप्रति अग्रजको माया र सम्मानभाव पनि । यस अर्थमा कवि व्यथितको स्वभाव अद्भुत थियो । युवा पुस्तालाई त्यति धेरै माया थोरै अग्रजहरू मात्रै गर्छन् । माया केवल भावनामा होइन । केवल शब्दमा होइन । एउटा अद्भुत क्षमता थियो कवि व्यथितमा, युवा पुस्तासँगै हातेमालो गरी हिँड्ने । दम्भहीन, स्वार्थहीन हृदयको नाता । सायद यसैले उनी अभिभावकझैँ लाग्थे । अग्रजसँगको गहिरो नाताको त्यो अचम्मलाग्दो नमुना लाग्थ्यो ।'३० को प्रारम्भिक वर्ष काव्यिक भेलाको प्रसंगलाई सम्झन पर्दा अहिले पनि रोमाञ्चित हुन्छु म । बृहत् काव्यिक भेला कहिले धरान-धनकुटा । कहिले विराटनगर । कहिले पोखरा, कहिले नेपालगन्ज त कहिले पाल्पा । राजधानीका झन्डैझन्डै सबै नाम चलेका कविहरू अनि अन्यत्रबाट पनि नाम चलेका प्रायः सबै भेला हुँदाको त्यसबेला अब त सपनाजस्तो लाग्छ । धुलाबारीको त्यो बृहत् काव्यिक भेला, नेपालगन्जको त्यो अद्भुत भेला । बसका बस, दुई-तीनवटा बसभर िकविहरू जन्तीको लर्कोझैँ । न प्रगतिशील कविहरूको मात्र जमघट, न अप्रगतिशीलहरूको मात्र जमघट, साराका सारा कविहरूका ती भेला, गोष्ठी, सम्मेलन, '३० को दशकपछि क्रमशः पातलिँदै पातलिँदै एउटा घेराभित्रको सीमामा बाँधिएर गयो । ती भेलामा केदारमान व्यथितको पुस्तादेखि नयाँ पुस्तासम्मको सहभागिता आकर्षणका केन्द्रविन्दु त हुन्थे नै, सबैबीचको मित्रवत व्यवहार र एउटा पारविारकि स्िथति अहिले खोज्दा खोइ कहाँ भेटिएला ?केदारमान व्यथितलाई सम्भ“mदा यसरी एउटा सिंगो समय स्मृतिमा ब्यूँझेर आउँदोरहेछ । एउटा युग हाँकेर सानदार जीवन बाँचेको त्यो व्यक्तित्व अब स्मृतिबाट पनि हराउँदै बिलाउँदै जाँदो छ । कसले कसलाई सम्भिmने ? लथालिंग छ प्रज्ञाप्रतिष्ठान । मौन छन् अग्रजहरू । वैयक्तिक प्रयासले बाँचिरहेको छ साहित्य ।नेतृत्व राजनीतिमा मात्र किन, साहित्यमा पनि चाहिँदो रहेछ । वकालत गरििदने त्यो व्यक्तित्व जसले बोल्दा मात्र पनि लथालिंग हुनुबाट जोगिन सकोस् । खोइ त्यो व्यक्तित्व ? गत साल माओवादी सरकारबाट गरएिको प्रज्ञाप्रतिष्ठानको त्यो नियुक्ति, त्यो लथालिंग र अमर्यादित क्ष्ाण । यस्तै बेला हो, अग्रजले बोलिदिनुपर्ने । अग्रजले सम्हालिदिनु पर्ने । अग्रजले खबरदारी गरििदनुपर्ने । केदारमान व्यथित यस अर्थमा त्यही कोटीका अग्रज थिए, जसको खबरदारीमा पत्याउन गाह्रो पर्दैनथ्यो र राजनीतिज्ञ, मन्त्री वा कुनै सत्तालाई एकछिन सोच्न बाध्य पार्दथे । सबैमा कहाँ हुन्छ र त्यो खुबी, त्यो क्षमता । साहित्य लेखेरै मात्रै कहाँ पुग्दो रहेछ र ! पुस्तक छापिएरै मात्रै कहाँ हुँदो रहेछ र ! तिनको पनि व्यवस्थापन हुनुपर्ने रहेछ, नत्र लथालिङ्ग हुँदो रहेछ ।कविता त अहिले पनि लेखिएकै छ । पुस्तक त छापिएकै छन् । स्तरीयताका प्रश्नमा कसैले औँला ठड्याउनुपर्ने अवस्था पक्कै छैन । तर पनि समग्रमा राष्ट्रले एउटा थिति बसाइदिनुपर्ने हो । सिस्टम हो चाहिने । नेता, पार्टी वा सत्ताले आफैँ सीमा खोज्दो रहेछ । आफ्नै वृत्त खोज्दो रहेछ । डोर्याउने त्यो व्यक्तित्व त कवि नै चाहिँदो रहेछ । व्यथितजस्तो । ...सायद यसैले सम्भिmरहेछु, त्यो विशाल व्यक्तित्व ।
प्रतीक्षा अर्को युगको !
रमण घिमिरे
मालिकहरूको तरबारलेटाउको काट्छ कि फूल ? भ्रममा परेँ म
हजुरहरूको बन्दुकले विचार ढाल्छ कि मान्छे ? भ्रममा परेँ म
यस राज्यलाई प्रजाले बनायो कि राजाले ? भ्रममा परेँ म ।
त्यतिबेला कवि श्रवण मुकारुङले कथेको यस कविताले साहित्यिक जमातहरूमा मात्र होइन, आमजनमानसमा समेत तरंग ल्याएको थियो । श्रवणले इतिहासको एउटा सामान्य पात्र बिसे नगर्चीलाई कवितामा ब्यूँझाएर समग्र देशकै विचलन र अव्यवस्थाको हृदयस्पर्शी चित्रण गरेका थिए । जनआन्दोलनअघि नेपालमै छापिएको यस कवितालाई उछिन्ने अर्को कविता त्यसपछि जन्मिएन । आन्दोलनको सेरोफेरोमा राजाको शासनका विरुद्धमा थुप्रै साहित्यिक-सांस्कृतिक कार्यक्रमहरू भए । धेरै कविले अनेकौँ कविताहरू वाचन गरे । तर, श्रवणको 'बिसे नगर्चीको बयान'को प्रभाव र स्तरको उचाइभन्दा माथि उक्लन सक्ने कविताहरू सुनिएनन् । २००७ सालको क्रान्तिताका कवि गोपालप्रसाद रमिालले लेखेको 'एक जुगमा एक दिन एकचोटि आउँछ' कविताले त त्यस समयदेखि आजसम्म नेपाली काव्य संसारमा हलचल ल्याई नै रहेको छ । तर, कवितामा भनेझैँ सम्पूर्ण समाजलाई एउटै सिर्जनामा बाँध्न सक्ने रचना भने साँच्चि नै एक जुगमा एकपल्ट मात्र आएको अनुभूति हुन्छ ।०३६ सालको जनआन्दोलनका बेला कवि हरभिक्त कटुवालले लेखे ..........
ःबन्धन र बाध्यतामा बाँच्नु पनि के बाँच्नू ?
आँसु लुकाई गहमा हाँस्नु पनि के हाँस्नू ?
साँच्चै भन्ने हो भने ०३६ को कालखण्डपछि '६० को दशकसम्म अनेकौँ कविहरू जन्मिए र तिनका कलमले गन्तीहीन कविताहरू रचे । कविता स्तरका दृष्टिले फितलै भएका पनि होइनन् । तर, आमपाठक, जो साहित्यिक शिल्प र सौन्दर्यसँगै आफ्नो समयलाई पनि बुझन् कविता पढ्छ, त्यस्ता पाठकलाई सम्झाइरहने सारै थोरै कविता लेखिए । त्यसैले, ००७ सालको कवि रमिालको 'एक जुगमा...' र ०३६ सालको हरभिक्तको 'बन्धन र बाध्यता'पछि एकैचोटि लामो समयलाई फड्को मारेर जन्मेको कविता हो, मुकारुङको 'बिसे नगर्ची...' ।कविता नलेखिएका होइनन् । झन् ०४६ पछि त कविताहरूको ओइरो लाग्यो । "अहिले त कविहरूको पल्टन छ, राष्ट्रियता र प्रजातन्त्रका पक्षमा यिनीहरूले पल्टनी गररिहेछन्," ०४६ सालको 'सडककविता-क्रान्ति'का एक आन्दोलनकारी, कवि भवानी घिमिरे भन्छन्, "अब राज्यको रक्षा सेनाले होइन, कविले गर्छन् ।" तर, तिनका कविताले पल्टनी नगरेको धेरै भयो । "मानिसको ध्यान तान्ने मार्मिक कविता नलेखिएका हुन् या मार्मिक कवितामा मानिसको ध्यान केन्दि्रत हुन नसकेर हो तर प्रतिनिधिमूलक कविता सुन्न नपाएको धेरै भयो ।" समालोचक कृष्णचन्द्रसिंह प्रधानका यी भनाइले नेपाली कविताको पाठक र कविलाई नङ-मासुको साइनोमा गाँस्ने क्रम भंग भएको अनुभव हुन्छ । '३० को दशकदेखि झन्डै '४० को अन्त्यसम्म कविहरूमा आपसी भेटघाट र भलाकुसारी बाक्लै हुने गथ्र्यो । एकअर्काका कविता सुन्ने र विचार साट्ने परम्पराले नेपाली कवितालाई एउटा न्यानो बाटोमा स्नेहपूर्वक डोर्याउने काम गररिहेको थियो । नयाँसडकको पीपलबोटमुनि हरेक सन्ध्या साहित्यकारहरूको जमघट हुने गथ्र्यो । यसले सिर्जनामा लाग्न मात्र होइन, एउटा स्रष्टालाई अर्को स्रष्टासँग जोड्न पनि सघाइरहेको थियो । "त्यसबेलाका केही ठाउँ र वातावरणले सर्जकलाई आपसमा गाँसेको थियो," कवि घिमिरे सम्झन्छन्, "तर, व्यस्तता र समयको अभावका कारण आज त्यो क्रम समाप्त भयो ।" कवि श्रवण मुकारुङका विचारमा कथित 'वाद' र 'गुट'ले विभाजनका रेखा कोरेका हुन् । "यो सिर्जनाको शून्य समय हो, के लेख्ने भन्ने दोधार छ कविलाई ।" श्रवण आफ्ना यी भनाइहरूसँग के पनि थप्छन् भने गोपालप्रसाद रमिालको 'एक जुगमा एक दिन', हरभिक्तको 'बन्धन र बाध्यता' या उनी स्वयंको 'बिसे नगर्ची' होस्, विशेष अवस्थामा जन्मिने सिर्जना हुन् । त्यसैले यस्ता कालजयी सिर्जनाहरूको सधैँ अपेक्षा गर्नु उचित छैन । हो, विचार र अभिव्यक्तिले शासन गररिहेको आजको जमानामा कविताले मानिसको विचारलाई आफ्नै शैलीमा भुटिरहेको हुन्छ । कविताले मानिसलाई विचारमा बाँधेर भूमण्डलीय दृष्टिकोणको व्यापक क्षितिजतर्फ डोर्याउँछ । तर, नेपाली कवितामा धीत मर्ने पुरानो रसमा भिज्दै आएको त्यो पुस्ता वा त्यस कालखण्डलाई नजिकबाट अध्ययन गर्दै आएको यो पुस्ता आजको सिर्जनाबाट तृप्त हुन सकिरहेको छैन । किन त ? "पहिलो त भेटघाटको उपयुक्त थलोको अभावले नै यसो भएको हो," प्रधान सम्झना गर्छन्, "त्यसबेला रन्जना गल्लीको रश्मि रेस्टुँरा या पीपलबोट, मोनआमी भिडियो पसलछेउको सानो चिया पसल होस्, त्यहाँ गएर कवि-लेखकहरू आ-आफ्ना अभिव्यक्ति साटासाट गर्थे ।" यी पक्षहरूको अनुपस्िथतिले आजको समयचेतनाको उर्वरता र प्रविधिको विकास अनुकूल सिर्जनाहरू जन्मिन सकिरहेका छैनन् । कवितै नलेखिएको अवस्था पनि होइन र सशक्त कविताहरू पनि आइरहेका छैनन् । तर, कवि गोपालप्रसाद रमिालको 'एक जुगमा एकचोटि'को आशय घिसि्रघिस्री हिँडिरहेको छ । सुन्दा या पढ्दा नै मानिसलाई मनमस्ितष्क उचाल्ने कविताको अभाव छ अहिले । "छोटोमा पनि धारलिो कविता आउन सकेको छैन ।" समालोचक प्रधानका विचारमा 'सुन्न नचाहँदानचाहँदै पनि सुन्न कर लाग्ने' कविता आउन सकेनन् । 'सडककविता क्रान्ति'का एक सशक्त योद्धा अशेष मल्ल त्यसबेला उनीहरूका कविता सुन्न एउटै श्रोता विभिन्न ठाउँमा आउने गरेको अनुभव सुनाउँछन् । उनका विचारमा त्यसबेला पञ्चायतको क्रूर चरणमा कविताले नै मुक्तिका लागि शंख फुकेको थियो । मुक्ति खोजिरहेका जनता कवितामा सानो विरोध आउँदा पनि जुर्मुराउँथे । शासकहरू पनि सानो कुरामा उत्तेजित हुन्थे । विषयवस्तुका हिसाबले त्यसबेलाका कविताहरू सशक्त भएको ठान्छन् मल्ल ।आज पनि सशक्त कविताहरू त लेखिँदैछन् । कवि भूपीको डोबमा पाइला राख्दै अघि बढेको पुस्ता-कवि चेतना र अभिव्यक्तिका रूपमा पहिलेकै तुलनामा परस्िकृत रूपमा आइरहेको छ । तर, समाजलाईर् नै आन्दोलित पार्ने र एउटा युगलाई नै डोर्याउने अर्थमा सारै थोरै कविताहरू आइरहेछन् । कतै कविता अर्को कुनै युगको प्रतीक्षामा त छैन ?

Thursday, June 25, 2009
समय : सांझ
कवि इश्वरवल्लभको अन्तर्वार्ता लिन्छु भन्दाभन्दै आफ्नै हातबाट चिप्लंदै गएको समय सीमान्तमा कैद गर्दै छौं आजको यो सांझ । मेरो शब्दबिम्बमा सदा कविताको बोधिवृक्षमुनि समाधिस्थ वस्तुता’, सम्पूर्णताका अग्रगामी जीवनधुन, आफ्नै परम्परासंग सचेत प्रश्नहरूको पहाडबिम्ब कविर् इश्वरवल्लभको कवितामय संसारमा तपाईं देवताको प्रेमनिवेदन सुन्न सक्नुहुनेछ र हृदयभरि रहस्यमय जीवनगीत बजिरहनेछ ।
हजार सपनाहरूको माया लागेर आउंछ
बांच्ने रहरजस्तो फेरि भएर आउंछ
इश्वर वल्लभनमस्कार दाइ ! नमस्कार ! मैले नगरेको गल्तीको माफ गर्नुस् है ! जामले गर्दा चार मिनेट ढिलो भएं ।कवयित्री गीता कार्की र इश्वर दाइ र म एउटै टेबुललाई केन्द् बनाएर बसेका छौं
- दाइलाई यो सांझ कस्तो लागिरहेछ ?
कुराकानीको समायोजनको यो अनुष्ठान राम्रो लागिरहेछ ।
- जीवनको यो मोडमा आइपुग्दा तपाईं आफ्नो जिन्दगीलाई आफ्नै जिन्दगीको सापेक्षतामा कसरी हेरिरहनुभएको छ ?
अहिलेबाट अहिले वर्तमानलाई हेर्दा समकालिक यो जिन्दगी छ नि, त्यो एक किसिमको अध्ययनको विषय नै भएको छ । तात्कालिक केही भन्न एकदम गाह्रो हुन्छ । सायद अरूले भन्छन् भने मलाई थाहा छैन । तर मैले आफूलाई भित्र हेर्नै पर्छ, घोरिनु नै पर्छ ।
- त्यसो हो भने यो जिन्दगीसम्म आइपुग्दा आफ्नो विगतको चाहिं कसरी मूल्याङ्कन गर्नुहुन्छ त ?
मेरा ती बितेका पाइलाहरू जुन रूपले यहांसम्म र्सर्दै आएं, मेरो उमेरको सापेक्षमा, त्यही उमेरसापेक्षति अरू बाहिरी जगत्को सापेक्षमा अलि दार्शनिक रूपले भन्ने हो भने यो जिन्दगी एक किसिमको रहस्य-रहस्यजस्तो पनि लाग्छ; होइन, यसलाई अभावुक भएर भावनाहीन भएर छामेर हेर्दा वास्तविकताका रूपमा भन्ने हो भने सापेक्षकि रूपमा यो जगत्संगै गांसिएको यथार्थ वस्तुगत लाग्छ । कुनै त्यस्तो विशेषण दिनपर्छजस्तो मलाई लाग्दैन ।
- दाइले कविता लेख्दा रहस्य’ वा वस्तु’ केलाई समाउनुहुन्छ ?
होइन, लेखनमा त आग्रह पो गरेका छौं । आग्रह भनेको जीवनसित आग्रह । कहिले-कहिले लेख्दाखेरि अलिकति पहिले नै तिमीहरू के लेख्छौ -’ भन्दा जीवन’ लाई लेख्छौं भनेर भन्यौं । त्यो बेलामा सोझै अर्थ लगाएर भन्दा जीवन’ भन्यौं र जीवन त्यो तपाईं बुझनेले पनि जीवन बुझयो, म भन्नेले पनि जीवन त भनें तर सांच्चै नै त्यसलाई हृदयङ्गम गर्ने हो भने सुन्नेले पनि एउटा ठूलो आकाशतिर जानुपर्छ, भन्नेले पनि ठूलो एउटा क्षितिजतिर जानैपर्छ । शब्द पो जीवन’ भयो त । दुवैतिर त्यसको गहिराइ, त्यसको विशालताको व्याख्या गर्न अर्कै समय चाहिन्छ ।
- तपाईं तेस्रो आयाम’ का एक सारथि । जीवनलाई बुझने सांचो तेस्रो आयाम’ अर्थात् गहिराइ’ लाई तेस्रो आयामका सर्न्दर्भमा प्रस्तुत गर्न सक्नुभयो त ?
मैले अहिलेसम्म सकेको छैन । हामीले यस्तो गर्ने’ भनेर आदर्श राख्यौं, अर्थात् जीवनलाई सम्पूर्ण’ गर्नुपर्छ भन्यौं त कहिले जीवनलाई जस्तो छ त्यस्तै लिनुपर्छ भन्यौं, कहिले मानसिक परिप्रेक्ष्यको सापेक्षमा हेर्नुपर्छ पनि भन्यौं । त्यो भन्ने क्रममा आयामदेखि यहांसम्म आइपुग्दा अघि भनेजस्तो त्यो रहस्य त हुदै हो, त्यसलाई व्याख्या गर्न त सकिंदैन तर व्यावहारिक रूपमा आदर्श’ चाहिं उभ्याउंदाखेरि हामीले के भन्यौं भने जिन्दगीको सम्पूर्णता हुनुपर्छ है । एकाङ्गी होइन जिन्दगी भनेर भन्यौं । सम्पूर्णता निर्माण गर्ने क्रममा जतिसक्दो हामीले गर्यौं तर अहिले आएर त्यो कुरा पूर्ण भयोजस्तो लाग्दैन ।
- त्यसो हो भने कतै तपाईं पनि इन्द्रबहादुर र्राईजस्तै लीला’ तिरै लाग्नुभएको त होइन ?
लीला’ मेरा लागि एउटा समस्या भएको छ । इन्द्रबहादुर र्राईले कुन्नि के सोचेर लीला’ भन्नुभयो, त्यसलाई रूपरेखामा लेख्नु पनि भयो । एउटा विचारका रूपमा अभ्रि्राय प्रस्तुत गर्दै आउनुभएको छ । मलाई भने के समस्या पर्यो भने उहां कुन चिन्तनको अवधारणामा लीला’ भनेर अघिल्तिर बढ्दै हुनुहुन्छ, त्यस सम्बन्धमा मेरो राम्रो संवाद भइसकेको छैन । तर लीला’ को वास्तविक सिद्धान्त म कहिले-कहिले प्राविधिक रूपमा सोच्छु कि यो पूर्वीय लीला हो या पश्चिमी लीला हो । पश्चिमतिर त लीला’ लाई लीला’ नभनीकन इल्युजन’ अर्थात् भ्रम पनि भन्छन् । हाम्रो पूर्वमा त्यो भ्रम होइन । त्यसमा त विचित्रताहरू हुन्छन् । इन्द्रबहादुर र्राईले त भगवान् श्रीकृष्णको उदाहरण पनि दिनुहुन्छ । कंसको सभामा जांदा कृष्णलाई बलियो मान्छेले पहलमान देख्यो, आमाहरूले देख्दा वात्सल्यपूर्ण सुन्दर सुकुमार देखे । यसरी अन्य त्यस्तैहरूले सापेक्षकि रूपमा कृष्णलाई देखे । त्यो लीलात्मकता हो भनेर उहांले व्याख्या गर्नुभयो तर जहांसम्म साहित्यिक चिन्तनको हिसाब छ, मैले त त्यतातिर सोचेको छैन । लीलाकै कुरा गर्ने हो भने त महाभारत, रामायणलाई जित्नै सक्तिनं । त्यहांबाट छुट्टयाएर मैले भिन्न मेरो सोचको लीला’ बाहिर ल्याउनुपर्यो; त्यतातिर लाग्न मलाई गाह्रै पर्छ । त्यतातिर म सोच्दिनं पनि, जांदिनं पनि ।
- त्यसो हो भने जिन्दगीलाई सम्पूर्णमा व्यक्त गर्न नसक्नुलाई कुन नाम दिनुहुन्छ त ?जिन्दगीलाई ज्यादाभन्दा ज्यादा त व्यक्त गरिरहेछु । जिन्दगीमा त्यो गर्छुभनेर आदर्श सोच्यो भने त्यो हुदैन होला तर जब तपाईं सोच्नुहुन्छ, तपाईं त्यहां प्रतिबद्ध हुनुहुन्छ; ज्यादाभन्दा ज्यादा तपाईं त्यसलाई अनुभूत गरेर तपाईं अभिव्यक्त गरिहाल्नुहुन्छ र अभिव्यक्तिको निरन्तरतामा त्यसको प्रतिशत बढ्न थाल्छ । जति प्रतिशत बढयो, त्यति नै पूर्णतातिर अघि बढ्छ ।
- तपाईंको विचारमा पूर्णता कहिले होला त ?
अहिले हुदैन, छिटो हुदैन, त्यो धेरै प'र छ तर अघिल्तिर बढ्दा म एकबाट अघि बढेर दुइमा पुगें भने दुइसम्म त बढयो नि । एउटा रेखीय हिसाबले तीनमा पुग्दा दुइदेखि अगाडि नै बढेको हुन्छ । यदि त्यो तीनलाई पूर्ण मान्नुभयो भने मान्नुभयो तर नमान्नुभयो भने त्यसपछि अनन्त छ भनेर मान्नुस् । यसैले अघिल्तिर त सरेकै हो । सायद, मेरा कविताहरू, सायद मेरा चिन्तनहरू, सायद मेरा मात्र होइनन्; अरूका पनि त्यही नै हुन् एक " दुइ " तीन' अर्थात् यात्राहरू आदर्शतिर अगाडि बढ्दछन् ।
- सापेक्षकि बढाइ त छ, यसको अर्थ अन्त चाहिं छैन होइन त दाइ ?
अनन्त छ । अनन्तको अन्त कसरी होला र ।
- तपाईं गद्यमा त्यत्तिकै सशक्त हुनुहुन्छ । कथा पनि लेख्नुभएको छ र निबन्ध पनि लेख्नुभएको छ । यहांले सबैभन्दा सन्तुष्टि कुन विधामा पाउनुभएको छ ?
सन्तुष्टि त कहीं पनि छैन । सायद, मलाई सन्तुष्टि अझै मिलेको छैन, सन्तुष्ट त हुंदिनं पनि होला । किनभने यो क्रमले सन्तुष्ट हुनुको कुनै अर्थ नै छैन । फेरि, कविता लेख्नु भनेको, कथा लेख्नु भनेको ध्यान गर्नु पनि होइन । ध्यानमा सन्तुष्टि देख्छु म यद्यपि ध्यान गर्ने मान्छेमा सन्तुष्टि आयो कि आएन, मलाई त्यो अनुभव पनि छैन तर मैले कविता लेखेर सन्तुष्ट कहिल्यै पनि भएको छैन, कथा लेखेर सन्तुष्ट कहिल्यै पनि भएको छैन । सायद, लेख्ने क्रम नै त्यस्तो हो कि । सन्तुष्ट नहुंदाखेरि नै लेखिन्छ कि । त्यही रूपले लेखिरहेको छु ।
- सन्तुष्टि मिल्दै नमिल्ने हो भने किन लेख्ने त ?
त्यो कस्तो हो भने समुı नै भेटेपछि फेरि के खोज्नु पानी । समुı भेट्ने क्रममा पो छौं त । त्यसो हुनाले नभेटुन्जेल त्यता पुग्नुलाई प्रयत्न गरिरहेछौं । अर्को भाषा छ लेख्न लत लागेपछि लेखिन्छ तर र्सार्थक-अर्सार्थक कुरा होइन यो । त्यो किन लेखिन्छ भन्ने प्रश्नको उत्तर सायद एउटा लेख्ने मान्छेले दिन सक्दैनजस्तो लाग्छ, मलाई ।
- जे होस्, सन्तुष्टिको पूर्णविराम खोज्दै हुनुहुन्छ ?
सन्तुष्टितिर अग्रसर हुदै छु होला तर पाइन्छ कि पाइंदैन, त्यो भिन्दै कुरा हो तर अघिल्तिर त जांदै छु, कतै जांदै छु यद्यपि सन्तुष्टि नै प्राप्त हुन्छ भन्ने विश्वास त छैन; जान चाहिं जांदै छु ।
- यसको अर्थ जीवनलाई सम्पूर्णतामा व्यक्त गर्न सकिएन, होइन त ? सकिन्न' सकिन्न, गाह्रो छ । जीवनलाई सम्पूर्णतामा अथवा कवितालाई सम्पूर्णतामा अथवा कथालाई सम्पूर्णतामा हामी भन्न सक्दैनौं ।
- त्यसो हो भने तेस्रो आयामको सम्पूर्णताको सफलता प्रश्न चिन्ह रह्यो ?
हो, अहिलेसम्म प्रश्न चिन्ह नै रह्यो । अस्ति इन्द्रबहादुर दाइ काठमाडौं आउनुभएको थियो । उहांले लीला’ को कुरा गर्नुभयो । त्यो बेलामा मैले उहांहरूकै सामुन्ने के भनें भने आयाम’ लाई हामीले बनाएकै यस बेलासम्म पचास वर्षपुग्न आंटयो, अहिलेसम्म मैले आयामलाई बिट मार्न सकेको छैन । फेरि मैले अर्को नयां सिद्धान्त लिएर हिंडें भने त्यसलाई बिट मार्नु त कहां हो कहां' । यथार्थिक रूपमा अब म भ्याउंदिनं । तब बिट मार्नै सक्दिनं भने यो आयामलाई नै पहिले म बिट मारूं; त्यसलाई सकूं; भयो, पुग्यो भनेर भनूं र त्यसपछि उमेरले भ्यायो भने अर्कोतिर हेर्छुत्र म लाग्दिनं ।
- बिट मार्ने प्रयास त भइरहेको छ नि । त्यो प्रयासका सर्न्दर्भमा तपाईंको लेखन कतातिर गइरहेको छ नि ?
लेखनको सम्पूर्णता, लेखनको एउटा सबै पक्षबारे म अचेल सोच्दै छु, सोच्न बाध्य भएको छु । कुन रूपले भने पहिला म कविताहरू मात्र लेख्थें, त्यो बेलामा कहिलेकाहीं आफूलाई लाग्थ्यो म कवि भइरहेको छु, साहित्यकार भइरहेको छु जस्तो लाग्थ्यो तर अहिले आएर हेर्छुजेसुकै लेखिराखेको छु, धेरै कुरा लेखिराखेको छु र यी विषयहरूलाई सभा-समारोहमा भनी पनि राखेको छु । यतिखेर मलाई पनि आफूलाई हेर्ने, र्स्पर्श गर्ने एउटा समस्या पो जन्मेको छ । मजस्तो मान्छेलाई त्यस्तो समस्या आइरहन्छजस्तो लाग्छ- म के हुं ? म कवि हुं । कवि मात्र होइन; म कथाकार हुं । कथाकार मात्र हैन; म गीतकार हुं ।गीतकार मात्र पनि होइन तर सबै कुरा मैले लेखेको छु, अन्य गद्य पनि लेख्छु । ती सम्पूर्णमा म के हुं त । अब मैले आंफैंलाई विश्लेषण गर्नुपर्यो र मैले एउटा आफ्नो विशेषण पो खोज्नुपर्यो । मजस्तो मान्छेले आफ्नो विशेषण खोज्नुपर्ने, भनूं उत्तरआधुनिक अवस्था पो आइपर्यो कि जस्तो पो लाग्दै छ ।
- त्यसो हो भने तपाईं उत्तरआधुनिकताको बहुलवादमा विश्वास गर्नुहुन्छ ?
त्यो एउटा व्यवहार अर्थात् स्वभावमात्र हो, उत्तरआधुनिकताको । मलाई त उत्तरआधुनिक भन्दा कस्तो लाग्छ भने जुन दिन आधुनिकको आयु सक्यो भनेर कसैले घोषणा गर्छ भने, त्यो उत्तरआधुनिक सोचाइ हो ।
- कसैले तोक्दैमा त्यो उत्तरआधुनिक हुन्छ त ?
यदि कसैको सोचले प्रतिनिधित्व बोक्छ भने, त्यो उत्तरआधुनिक भयो । जस्तो डेरिडा, सस्युरदेखि नित्सेसम्म नै किन नहोस् उनीहरू स्वयम् उत्तरआधुनिक थिएनन् तर उत्तरआधुनिक चिन्तनले त्यसलाई समातेर तान्दै छ भने, त्यसलाई यहांसम्म आकषिर्त गरेर आज सोचको एउटा विषय र आधार बनाउंदै छ भने त मैले भनेजस्तै भो नि ।
- तपाईंका विचारमा उत्तरआधुनिक धारणाहरू के-के हुन् त ?
परम्परालाई सचेत प्रश्न गर्नासाथ त्यो उत्तरआधुनिक सोच हुन्छ । उत्तरआधुनिक हुनलाई चार सय वर्षचाहिंदैन, तत्काल जुन दिन घोषणा गरेर भन्नुहुन्छ कि मैले यो आधुनिकतापछिको एउटा अर्को चीज गरें, त्यहींबाट उत्तरआधुनिक अवस्था सुरु हुन्छ । त्यो अनुभव म गरिरहेछु । वास्तविकता त्यही हो किनभने उत्तरआधुनिकतामा विनिर्माणको कुरो छ, निर्माणको कुरो छ । त्यो के हो त भन्दाखेरि हामीले अस्ति गरेका संरचनात्मक कामहरूलाई प्रश्न गरेका हौं । किनकि कुनै संरचनामाथि प्रश्न गर्नासाथ असंरचना हुन्छ, विसंरचना हुन्छ । हिजोको जिन्दगीलाई जब व्याख्या गर्न थालिन्छ, त्यो उत्तरआधुनिक सोच हुन्छ अनि अहिलेसम्मको उत्तरआधुनिकको स्वभाव र उत्तरआधुनिकताको व्याख्या त त्यस्तै नै हो ।
- यसको अर्थ अस्तिको पृष्ठभूमिसहित सचेतताको प्रारम्भ जहांबाट हुन्छ, त्यो उत्तरआधुनिक सोच हो ?
हो, अस्तिसम्मको चेतना जो तपाईंले अनुभव गर्नुभयो; हृदयङ्गम गर्दै हुनुहुन्छ, त्यो चेतनाभन्दा अझै अर्कै चेतना पनि छ भनेर तपाईंले जोड्नासाथ पछिको आधुनिक स्वाभाविक रूपले उत्तरआधुनिक भइहाल्छ । जब म यी जम्मै मेरा कुराहरू आधुनिक भन्न थाल्छु, जब म यी कुराहरूलाई नयां दृष्टिकोणको भन्न थाल्छु, जब मैले मेरा छिमलसित चालीस-पचास वर्षगरेका कामहरू अलिकति भएन, यसलाई अलिकति थप्दा पनि हुन्छ भन्नासाथ त्यहां अर्को विचार सुरु हुन्छ । त्यो अर्को विचारलाई विशेषण दिने हो भने त्यो अस्तिको-हिजोसम्मको विचारभन्दा त अर्को विचार भयो नि । भन्नुस् त बहिनी । त्यो उत्तरआधुनिक विचार हो कि होइन ।- त्यसो हो भने तपाईं आफ्नो लेखनमा विशेषणको खोजी गर्दै हुनुहुन्छ ?हो, अघि मैले भनें; विशेषण चाहिन्छ है । यो समयलाई पनि विशेषण चाहिन्छ । जस्तो उत्तरआधुनिक विचार कम्युनिस्टहरू मन पराउंदैनन् किनभने उसको जो एकै ठाउंमा, एउटै पोखरीभित्र बस्ने बानी हुन्छ नि; त्यसमाथि आघात पर्छ, उसको मार्क्स मर्छ, उसको लेनिन हार्छ अनि उसले उत्तरआधुनिकता मन पराउंदैन । जुन दिन लेनिन पनि चेन्ज हुन्छ, मार्क्स पनि चेन्ज हुन्छ उसको विचारमा पनि नयां विचार थप्न सकिन्छ अर्थात् विचार हटाउन सकिन्छ; त्यो पक्षले सोचेको दिन त्यो उत्तरआधुनिक सोच हो, त्यो सायद वास्तविक सोच पनि हो ।
- उत्तरआधुनिकताका सर्न्दर्भमा कसको चेतनाको सुरुआतलाई तपाईं उत्तरआधुनिक मान्नुहुन्छ ?अचेल उत्तरआधुनिक हल्लाहरू नेपालमा पनि खुब आइरहेको छ; त्यो हल्लाभित्र म पनि छु, हामी सबै छौं । कहिलेकाहीं यो उत्तरआधुनिक कहां सुरु भयो भनेर सोच्छु । धेरैले लिन्छन् डेरिडाको नाम । यिनले सबै स्थितिहरूलाई सिद्धान्तीकृत गरेर सम्प्रेषण गरे, एउटा दृष्टि दिए र सबैले सोच्नुपर्ने, चिन्तन गर्नुपर्ने कुराहरू आयो । यथार्थ त पहिलेदेखि नै छंदै थियो तर डेरिडा, सस्युरलगायतका समूहले सिद्धान्तीकृत व्याख्या गर्न थालेपछि डेरिडाको नाम आएको हो । त्यही रूपमा हामी डेरिडालाई मान्छौं, म मान्छु । फेरि चालीस-पचास वर्षहिले हामीले आयाम’ गर्दा डेरिडा पनि भर्खरर्-भर्खर केही गर्दै थिए । त्यो बेलामा हामीलाई डेरिडा अर्थात् कोही पनि थाहा थिएन । त्यति बेला हामी आयाम’ मा के भन्थ्यौं भने- "पुरानाहरूको पूर्णविराम लाग्यो; हामी जम्मै नयां वाक्यहरू हौं ।" उत्तरआधुनिक सोच त वहां भइसकेका पो रहेछौं त । त्यसो हुनाले उत्तरआधुनिक सिद्धान्त बनाउनु डेरिडाको विशेषता हो तर उत्तरआधुनिकताको सुरु त पहिले नै भइसकेको थियो र हामीमा पनि भइसकेको थियो ।
- नेपाली कवितासाहित्यमा तेस्रो आयाम’ नै उत्तरआधुनिकताको स्पष्ट सिद्धान्तीकृत प्रारम्भ-विन्दु हो भनेर ठोकुवा गरे हुन्छ ?
त्यसो गर्दा के हुन्छ भने तेस्रो आयामले गरेका यात्राहरू र अभ्रि्राप्तिहरू एउटा खोपामा लगेर हालेजस्तो हुन्छ । हामीलाई उत्तरआधुनिक हुनुपर्ने केही जरुरी छैन । मैले त स्वभाव पो थियो भनेको त । जम्मै आयाम उत्तरआधुनिकले लग्यो भने त त्यो त खोपाभित्र छिर्छ । आयाम’ आंफैं एउटा विशेषण लिएर अघिल्तिर बढेको छ, उल्लाई उत्तरआधुनिक हुनु केही आवश्यक छैन तर भाषा, विचार र प्रश्नका दृष्टिले उत्तरआधुनिक सोच चाहिं त्यहां पनि थियो ।
- निबन्धकार या कवि कुन रूपमा चिनाउंदा आफूलाई खुसी लाग्छ ?
सबै कुरा आवश्यकताले लेखिए पनि मलाई कवि हुनु बढी मन पर्छ । कविता क्षेत्रसंग बढी नजिक हुन खोज्छु कि जस्तो लाग्छ । कविहृदय सबै विधाको पहिलो र्सत पनि हो ।
- २०२९ सालको मदन पुरस्कार प्राप्त तपाईंको कविता-कृति आगोका फूलहरू हुन् आगोका फूलहरू होइनन्’ शीर्षकले सानोमा म निकै छोइएकी थिएं । कहां फुल्छन् होला आगोका फूलहरू - भन्दै आंफैंलाई प्रश्न सोधेकी थिएं । लाग्छ, त्यतिखेरबाटै मेरो मन-मस्तिष्क कवितामय बनेको थियो र इश्वरवल्लभको आवाजले मलाई कविताको मोह जगाएको थियो । के तपाईं स्वयम्लाई पनि आफ्ना अरू कृतिहरूका तुलनामा त्यो कृतिको शीर्षक साह्रै सुन्दर लाग्दैन
लाग्छ, एकदम लाग्छ । झन्नै-झन्नै त्यो शीर्षक प्रकाशकका तर्फबाट एक जना साहित्यकारले छोटो पारिदिन खोज्नुभएकोथियो । "मलाई यही नै मन पर्यो, मेरो आग्रह नै यही शीर्षक हो" भनें, अनुनय नै गरें त्यसपछि त्यो शीर्षक यथावत् बांच्यो । त्यो शीर्षकको सौर्न्दर्य अहिले पनि झन् सम्पूर्ण व्याप्त भएजस्तो लाग्छ । हुन् र होइनन्को ध्वनिले जीवन र जगत्को सम्पूर्ण स्वभावै दिन्छ । यही सोचले जन्माएको हो, त्यो शीर्षक ।- तपाईं साहित्यलाई कसरी परिभाषित गर्नुहुन्छ -पहिले-पहिले त ठूलो-ठूलो अनि भावुक कुराजस्तो गरिन्थ्यो तर अहिले त अभिव्यक्ति’ नै जस्तो लाग्छ, जहां शब्दबिम्बहरू माध्यम हुन्छन् ।
- साहित्य र जीवनको अर्न्तर्सम्बन्धलाई एकै शब्दमा भन्नुपर्दा तपाईं के भन्नुहुन्छ ?
अघिकै शब्द अभिव्यक्ति’ नै भन्दा हुदैन र ।- अभिव्यक्ति त रङ्ग अनि धुनका माध्यमबाट पनि गरिन्छ नि ।
तर साहित्यको आफ्नो परिभाषा चाहिएन र ?
साहित्यमा शब्दबिम्बहरू हुन्छन् । यसभन्दा बढी तपाईंलाई व्याख्या गरिरहनुपर्दैनजस्तो लाग्छ ।
- यहांले लेखनमा के-कस्ता जोखिमहरू उठाउनुभएको छ ?
तेस्रो आयामका सर्न्दर्भमा धेरै उठाएका छौं । सबैले मानेर आएको छन्द बहिष्कारको जोखिम, वस्तुता खोज्ने क्रममा भाषा भत्काउने जोखिम, विचारको जोखिम जसमा हामीले सम्पूर्ण कवितालाई बिम्ब भन्यौं । त्यति बेला त परम्परामा प्रश्नचि≈न उठाउंदा हामीलाई भाषा भत्काउने, भांच्ने भनेर आरोप लागेको थियो । तर परम्पराभन्दा अलग सोचेकाले नै आज हामी यहां छौं ।
जोखिम उठाउंदा के-कस्ता अप्ठयाराहरू सहनुपर्यो त ?
एउटा व्यावहारिक उदाहरण दिऊं- त्यसबेला दार्जिलिङमा वैरागी काइंला, इन्द्रबहादुर र्राई हामीहरू हुंदा एउटा निमन्त्रणापत्र पठायौं । त्यसमा मुन्तिर लेखिएको थियो- "तिमीहरूलाई मन परे आऊ, कुरा सुन्छौ भने आऊ नत्रभने नआए पनि हुन्छ ।" मान्छेहरू आएनन् । डेढ सय दुइ सय आउंथे तर त्यति बेला मात्र दस जना आए तर हामीले मजासंग कविता पनि सुनायौं ।
- तेस्रो आयामका त्रिमुर्तिहरू संगै यात्रा गर्नुभयो तर यहांले आफूलाई कुन अर्थमा बेग्लो ठान्नुहुन्छ ?
आयामको आन्दोलनमा हामी एउटै धरातलमा उभिएर पनि अहिले हाम्रो विचार आ-आफ्नै पखेटामा उडेको छ । त्यसैले इन्द्रबहादुर इन्द्रबहादुर नै हो, वैरागी काइंला वैरागी काइंला नै हो र्रर् इश्वरवल्लभर् इश्वरवल्लभ नै हो ।
- लेखकले रचना सिर्जना गरेपछि लेखकको मृत्यु हुन्छ भन्छन् नि ?
बडा भावुक भएर सोच्ने हो भने लेखक आफ्ना कृतिबाट अलग्गिन चाहंदैन अर्थात् कविको मृत्यु स्वीकार हुदैन तर यथार्थिक रूपमा त लेखक कृतिबाट अलग नै हुन्छ अर्थात् लेखक मर्छ । कृति लेख्दाखेरिको लेखक तत्क्षणदेखि बाहेक ऊ कृतिबाट अलग्गिइसकेको हुन्छ । तर लेखकमा कृतिसंग सम्बद्ध नोस्ताल्जिक अनुभूति भने जरुर हुन्छ । यसैले यो अनुभूति नहुने हो भने त लेखक सांच्चै मरेको हो भन्नुपर्ने हुन्छ ।
- कृति सिर्जना गरेपछि लेखक वस्तुगत रूपमा कृतिमा हुदैन अर्थात् मर्छ भन्नुभएको हो ?
हो, त्यसैले विषयीगत भएर सोच्ने देकार्तेसंग सधैं हाम्रो वैचारिक झगडा रह्यो । वस्तुतालाई उसले जहिले पनि प्रहार गर्यो । हो, म’ भएर नै अरू हुन्छ भन्नु सत्य रहे पनि म-तिमी नरहे सापेक्षकि रूपमा पो वस्तु रहन्न तर यथार्थमा म-तिमी नरहे पनि वस्तु त रहन्छ । यसरी हामीले सोचाइको प्रयोगशालामा लगेर यो कुरा भनेका हौं । वास्तवमा उत्तरआधुनिक कुरा वस्तुता नै थियो । अहिले इन्द्रबहादुर राई भन्नुहुन्छ- तिमीले सोचेका थियौ वस्तुता’ । वस्तुता’ मेरै शब्द हो ।- स्पष्ट भन्नुपर्दा तेस्रो आयाममा वस्तुता’ तपाईंको शब्द रहेछ । सम्पूर्णता र चित्र -बिम्ब) भने क-कसका हुन् त ?इन्द्रबहादुर र्राई झयाप्प समाउने, निक्खर, शुद्ध भन्ने गर्नुहुन्थ्यो, यर्सथमा सम्पूर्णता उहांकै हुनुपर्छ । फेरि वैरागी दाजु बिम्बको कुरा गर्नुहुन्थ्यो, त्यसैले बिम्ब उहांको हो भन्नु पर्छ तर होइन हामी सबैको हो । खै, हामीले शब्द त बांडयौ कि बांडेनौं थाहा भएन ।- मैले सुनेकी थिएं कि तपाईंहरू कृत्रिम विरही बनेर, कोठामा बसेर कविता लेख्नुहुन्थ्यो रे, हो ?त्यसो त होइन, हामीले त्यसो गरेनौं । जिन्दगीमा मलाई विरह चाहिं पटक्कै लागेन; माया, मोह, स्नेह लाग्यो । हामीले केटीहरू त मन पार्यौं नि त, उनीहरूले मन पारेन पनि हामीलाई । त्यस्ता घटनाहरू त घटे । यो उमेरसम्म इतिहास पर छोडेर आएपछि के-के गर्यो त भन्दा घटनाहरू त हुन्छन् नि । विरह शब्द पो नमिलेको हो कि । फेरि कतिवटा कुरा त गोप्य पनि राख्नर्ुपर्छ नि ।कतिवटा कुरा भनेरभन्दा लुकाई राख्दा आनन्द आउंछ ।.
- यहांको प्रेमजीवन र वैवाहिक जीवनको सम्बन्ध चाहिं के छ ?
यो चिठीहरू छ नि । मैले त लेखेकै छैन भनेको । डर लाग्थ्यो, सत्य ।- सत्य हो ?घरमा पांच जना नानी भएपछि श्रीमतीलाई म यहां सन्चै छु’ भनेर त लेखें नि ।त्यसलाई प्रेमपत्र मानेर छापे हुन्छ तर खास मेरो जो आदर्शको प्रेमपत्र छ नि । त्यस्तो सायद मैले लेखेको छैनजस्तो लाग्छ ।.
- आदर्शको प्रेमपत्र कतै कवितामा लेख्नुभएको त होइन ?
कवितामा त्यस्तो रोमान्टिक अनुभूति पोख्याजस्तो त लाग्दैन तर दुइ-चार ठाउं कतै -दुइटा फूल द्यौरालीमा संगै राखेजस्तो लाग्छकतै टाढा जांदाखेरि संगै हिंडेजस्तो लाग्छगीत लेख्दाखेरि नि छेउमा त हुदै हुदैन । सांच्चै भयो भने त किन गीत लेखिराख्नुपर्यो नि ।
- गीत चाहिं तपाईंको प्रेमपत्र बनेछ क्यारे ?
माथिको गीत त हाम्रो लोककथै त हो नि । इन्द्रबहादुर र्राईले कठपुतलीको मन’ कथा लेखेर पुरानो कथालाई नयां बनाउनुभयो । हामी सायद, पुरानै प्रेमलाई नयां प्रेम बनाउंछौं । त्यही नै प्रेम गर्ने तरिका हो कि क्या हो ।धेरै भइसक्यो जीवनमा पीडाफेरि आज केको खुसी याद आयोखै यी भावहरू के हुन् । प्रेम गर्या हो र । मन त पथ्र्यो, सत्य मन पथ्र्यो तर के भनूं, कसो भनूं डर लाग्थ्यो । अस्वीकृतिको डर जहिले पनि लागिराख्थ्यो । सत्य । अरूलाई पनि लाग्छ होला । नाइं’ भनेपछि म हारेंजस्तोको डर त हुने नै भयो ।
- त्यसो त यहांले आफ्नो कविताको संसारमा, गीतको संसारमा, आफ्नो लेखनको संसारमा जहिले पनि आफूलाई जित्ने मान्छेका रूपमा मात्र राख्नुभएको रहेछ नि ?
अर्कालाई हराएर के जित्नु - जित्नुबाहेक अरूलाई हराउनु नै छैन क्या । मेरो जितमा अर्काको हार नै छैन । सत्य भनेको, मैले कसैलाई हराएकै छैन । मसंगै हिंडेकाहरू को-को कता-कता हराए भने त्यो त मैले हराएको होइन नि ।
- आफूले हिंडिसकेका बाटाहरू र्फर्केर हेर्दा कति घुमाउरो र अप्ठयारो देख्नुहुन्छ ?
कहिलेकाहीं यसो हेर्छुकस्तो-कस्तो बाटो घुम्दै-फदिर्ै यहांसम्म आइपुगें, कति जंघारहरू नाघें । कहिले हेर्दा भ्रमै हो, यहां आइपुग्नु थियो; आइपुगेंजस्तो लाग्छ तर कहिले-कहिले अरूलाई नपरेकाहरू पनि पो परे कि ।जस्तो लाग्छ ।
- अहिले वर्तमान राजनीतिक अवस्थामा नेपाली साहित्य कसरी हिंडिरहेको छ ?
मलाई अहिले-अचेल विसङ्गतिहरू बढेजस्तो लाग्छ । साहित्य जीवनसितै बस्छ तर यथार्थमा अहिले त्यति सजिलो जिन्दगी छैन नि त । बिहान मान्छे मारिएको समाचार सुन्यो, दिउसो कतै कविता सुनायो । आफ्नै देशमा, आफ्नै परिसरमा दुइटा कतै मान्छे मारिन्छ, कतै दुइटा माला लगाइन्छ । दुइटा मान्छे मर्दा दुइटा माला लगाउन सक्दा रहेछौं हामी । हामी साहित्यकारको स्वरूप त्यस्तो भइरहेछ । यही ठाउंमा शब्दमा होइन यथार्थमै खान नपाएर बसिरहेको छ मान्छे; यही ठाउंमा ठूला-ठूला भाषण गरीकन, ठूला-ठूला सिद्धान्तका कुरा गरेर बसिरहेको छ । यही विरोधभासमा बांचिरहेका छौं, अहिले । यस्तो बेला राजनीतिले साहित्यलाई प्रभाव त पारेकै छ तर पारे पनि मभित्र एउटा प्रश्न जन्मिएको छ कि कवि सांच्चै यो जगत्कै हो कि होइनजस्तो पो लागिरहेछ त ।लेखिएको कविता सांच्चै कविता हो कि होइन । पो भइराखेको छ त, लगाएको माला सांच्चै माला हो कि होइन । लागिरहेछ; उता समाचार त्यस्तो आइरहेछ ।
यर्सथमा जीवन-जगत्संग साहित्यको सम्बन्ध के त ?
आंफैंसित प्रश्न हो, यो । युरोपतिर त पहिलो-दोस्रो विश्वयुद्धको भयङ्कर विसङ्गतिपश्चात् अस्तित्ववादको जन्म भयो, ठूला-ठूला लेखकहरू आए तर यस्तो लक्षण-सङ्केत पनि त यहां छैन । यसरी विसङ्गति नै अघिल्तिर आइरहेको छ ।
- तपाईंका विचारमा मृत्युबोधले जिन्दगीलाई कत्तिको अर्थपूर्ण बनाउंछ ?
आफ्नो मृत्युबोध त अर्काको मृत्यु देखेर बुझने हो । सायद, विशेष मृत्युबोध अब हुदैन होला । पहिला त के भन्थें भने- आफ्नो मृत्यु अरूले मर्नै सक्दैन भनेर बडा फिलिसोफाइज गर्थें, अहिले त आफ्नो मृत्यु अरूले मरिराखेको पो देखिरहेको छु त । मेरो मृत्यु पनि सापेक्षकि हो त भनेर प्रश्न पो गरिरहेछु त । फेरि मर्नु दुख्नु त होइन नि । सक्नु पो हो त । त्यसैले मृत्युलाई छुट्टै व्याख्या पो गर्नुपर्छजस्तो छ ।- तपाईंले आफूलाई छुट्टै राखेर दर्शक बनेर आफ्नो मूल्याङ्कन गरिदिनुहोस् न ?
कविर् इश्वरवल्लभलाई दर्शक बनेर हेर्दा एउटा सफल मान्छे चाहिं लाग्दैन । एउटा अपूर्ण मान्छे नै अघिल्तिर बढिरहेजस्तो लाग्छ । यद्यपि जसलाई म पूर्ण देख्छु; त्यो पनि सापेक्षकि अपूर्ण हुन सक्छ ।
वास्तवमै कोही पनि स्वयम्मा पूर्ण अनुभव गर्न किन सक्तैन, मान्छे । जिन्दगी यातनागृह त होइन नि । फेरि पनि किन स्वचेतनाका प्रश्नहरूले किचिएको हुन्छ, मान्छे'हुन्छ-हुदैन, हो-होइन अर्थात् हुनु-नहुनुको यी र यस्तै सूक्ष्म दूरीमा जिन्दगी थाती राख्दै गहिरिंदो रातको व्यस्त सडकमा दाइलाई पुर्याएर म र गीता र्फकन्छौं । कसो-कसो दाइको हार्दिकता झङ्कृत भइरह्यो मनभरि' . Nepali Kala Sahitya.Com bata

Subscribe to:
Posts (Atom)